Sunday, November 4, 2012

The walking calendar: Govinda Aryal

How many dates and occasions can a normal human being remember? Perhaps the dates and their occasions of two-three days or, at most, one to two months. But Govinda Aryal, a resident of Bichyauli, Chitwan, can recall the dates and occasions of the past 12 years. He also never forgets anyone, even if he has only met that person once. When he meets the person again, he can perfectly recall the exact date, time and happenings during their first meeting. Hence, this memory genius has earned the pet name ‘calendar’ amongst his friends, which comes as no surprise.

Govinda was visually impaired from birth. Also, his body hasn’t developed physically. He is currently studying in the tenth grade at Jhuwani Secondary School, Bichyauli. With a strong academic performance, he has always stood first in class, ever since he enrolled. His teacher Susmita Bhattarai says that his interest in studying is the main reason behind his success. “Teaching a student like him is a matter of pride,” says Bhattarai. Govinda sincerely listens to what is being taught by his teachers and writes them down. He is the epitome of the fact that hard work leads to success.

Govinda can recall all the dates and occasions from the first day at school up until the recent days. “I don’t know how, but I can remember every day starting from day one at school,” Govinda says, adding, “If I think some day is important, I never forget it, no matter how long it has been. My friends are amazed by this.”

Govinda’s favorite subjects are Nepali and social studies. He has never secured lower than 70 per cent in these subjects. He shares that he finds geometry a bit difficult as it involves drawing and one can’t make pictures in Braille. That’s why he is not being able to do as well in mathematics as in other subjects. “I can easily write in other subjects. It isn’t tough. But we are required to draw in geometry and science,” Govinda says, adding that there is no other option for him, apart from skipping those questions. He does understand what is being said, but can’t make out how the drawings are supposed to look like. Hence, he secures low marks.

Helpful, Govinda eagerly shares his knowledge with his friends. He lives in the school hostel which has been allotted for visually-impaired students. The hostel accommodates around two dozens of students like him. However, he has to study with the normal students. The government has enforced a special education mechanism whereby visually impaired and differently-abled students can study together. “I can’t see what is written on the board but my friends read it out and I write them down,” says Govinda.

He aspires to become a teacher in the future. Although he is visually impaired, he wishes to help pull out many children from the darkness, towards the light, through education. Govinda’s friends take a liking towards him because of his helpful nature. One of his classmates, Sushil Ale also believes that Govinda will grow up to be a good teacher.

“Even now, if he has to explain something, he elucidates well with examples. He already has the characteristics of a teacher,” says Sushil.

Wednesday, October 3, 2012

An excellent school in a remote Himalayan village

School: Sharda Secondary School
Address: Sailung, Dolakha
Exams results: 100% in SLC

The school building is yet to be completed. The windows and doors aren’t fixed in. The roof leaks when it rains. The students’ desks and benches are not very comfortable, either. In short, the physical infrastructure isn’t very good.

But the school operates everyday. Its teachers are hard working and provide proper encouragement to the students. The villagers also praise the school and its teachers.

Dolakha’s Sailung village is popularly known as a tourist village. Though the village is remote, tourists keep coming there. Some 127 kilometers from Kathmandu to the east, the village is mostly populated by Tamang and Newar communities. They would not place much importance on sending their children to school. Only a few students got the opportunity of sitting for the SLC examinations.

Students of Sharda Secondary School in Sailung, Dolakha attending classes while other students of the same school look through the windows.

However, there have been changes in this regard for sometime now. The reason behind this is Sharda Secondary School.

The school has participated in the SLC examinations thrice till now and 100% of the students have passed in the first two boards. The previous year, around 90% of the students got through the exams. At present, there are 350 students studying in the school.

Sharda Secondary School is the first secondary school of the Village Development Committee. Before the school started, the village’s children had to attend a school in a different village. They were forced to walk 4 to 5 hours everyday just to reach the school. After the school’s establishment in their own village, this problem has lessened to a great degree, informs the school’s teacher, Dhan Bahadur Tamang.

Probably due to the long walk to the school in the next village, hardly any of the Sailung village’s students reached class five.
“It was very difficult for students to make it to class five,” says Tamang. “They either had to rent a room in the other village or they had to walk five hours everyday.”

This problem has reduced since the school opened. The level of education is also good. The SLC results achieved by Sharda School have made it the talk of the district. After producing results like those of expensive private schools, people have been praising the teachers of the school.

Kumar Tamang, member of the school’s managing committee, believes that it is due to the hard work of the teachers and the students that such good results have materialized.

“Our students were participating in SLC examinations for the first time. We were very apprehensive of the results. But the outcome was surprising,” says Kumar. 12 students sat for the examinations in the first year. The result was 100%.

“Many people couldn’t believe that a school such as ours, which was lacking in good physical infrastructure, had produced such results,” says Kumar.

The next year, 22 students gave the examinations and the result was still 100%. This year, 90% of the students passed the examinations. Teachers say that the result this year wasn’t what they had expected.

Sharda Secondary School is now counted as one of the best schools in the district. Students are happy that their school is good. 7th grader Ritu Magar feels happy that her school is so popular. “I have many friends at school now. Our teachers teach us daily. They even take extra classes. Now everything is good,” says Ritu.

Since the village has a good school now, there is no need for students to walk to another village. Till a few years ago, it was difficult to meet a villager who had passed his SLC examinations. These days all the students in the village attend school.

Schoolteacher Tamang says, “Just some time ago, it was the village’s dream to have education up to the 10th class. Now with such good SLC results, we’ve started gaining a name in the district. This is good news.”

Friday, September 14, 2012


पाँच कक्षाको परिक्षा जिल्ला स्तरिय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ तर तीन जनामा ।
पढाइमा म त्यति राम्रो थिइन । नेपालीमा लेख्दा म आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको अहिलेको एसएलसी जतिकै थियो मेरा लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई त खासै मतलव थिएन । तर मेरा बाको लागि । मेरो स्कुलको लागि । अनि मेरो शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो ।
तर उनीहरुले गरेको गेसमा म सजिलै पास हुने बिद्यार्थीमा थिइन । मैले पाँच पास गर्न भयंकर कायापलट गरेर पढ्नु थियो । खास समस्या मेरो अग्रेजीको थियो । कति भने म एम र एन उस्तै मान्थे । कुनमा के लेख्ने थाहा पाउँदैनथे । हुँदा हुँदा मलाई आफ्नै नाम अग्रजीमा लेख्दा पनि कहिले आउने कहिले बिर्सिने हुन्थ्यो ।
हामीलाई अंग्रजी पढाउने सर थिए बासुदेव कार्की । उनी बिद्यालयको हेड मास्टर थिए । अनि अग्रेजी पढाउथे । उनले जसो भन्यो त्यस्तै भनेर भाका हालेर गाउनु पथ्र्यो । पाठहरु गीत हुन्थे । गाउन आउने । लेख्न नआउने । त्यो कितापको कुन पेजको, के भनेको थाहा नहुने । पहिलो रोलनम्वर भएको साथीको भने अलि राम्रो अग्रजी थियो । उ अंग्रजीमा आफ्नो नाम सmरर लेख्न सक्थ्यो । अझ वाआमा, स्कुल र हेडमास्टरको नाम लेख्न सक्थ्यो ।
स्कुलले पास हुने आस गरेको कोही थियो भने उही थियो । उ हिसाव बिषयमा पनि राम्रो थियो । जोड घटाउ भाग सबै गर्ने । पक्का पास हुने बिद्यार्थीमा उही थियो । दास्रोमा भएको साथी म जस्तै थियो । तर केही केहीमा अलि राम्रो ।
जाँचको पहिलो दिन वाले मलाई पवटी पुर्याउने भए । जाँच बिहानको ११ वजे देखि थियो । हामी बिहानै सात वजे भात खाएर ओरालो लाग्यौ ।
आज के को जाँच?
नेपाली ।
भोली ?
अग्रजी ।
तंले नेपाली कतिको पढेको छस् ?
अलि अलि ।
अंग्रजी नी ?
अलि अलि ।
हिसावको कहिले हुन्छ नी ।
पर्सी ।
अनि हिसाव तंलाई कस्तो आउँछ नी ?
अलि अलि ।
तंलाई सबै कुरा अलि अलि आउँछ खान चाही किन टन्ने खाको ?
पवटीमा पुग्नु मेरो गाउँबाट ओरालो, ओरालो अनि फेरी ओरालो बाटो झर्नु थियो । बाटोमा बा अघि अघि मेरो इन्टरभ्यु लिदै थिए । म पछि पछि एन्सर दिदै थिएँ । कहिले कही त बाको प्रश्न सुनेर बिचैमा घरतिर फर्केउ कि जस्तो पनि लाग्थ्यो । फेरी त्यो राम्रो समाधान पनि थिएन ।
ठूलो स्कुल धेरै बिद्यार्थी । बल्ल बल्ल परिक्षा कोठा थाहा पाइयो । त्यत्रो संख्यामा बिद्यार्थी । हेर्दै अचम्म । हामी पढ्ने कक्षा कोठामा तीन जना । त्यसमा पनि कहिले कही साथीहरु नआउँदा दुई जना मात्रै । जाँचको कक्षाको बिद्यार्थी त कति हो कति । मलाई लाग्यो यति धेरै बिद्यार्थी पनि रैछन् । मेरो पुरै गाउँमा यति धेरै बिद्यार्थी छैनन् कि ?
यति धेरै बिद्यार्थी । बल्ल बल्ल थाहा पाएको कोठामा पस्ने बित्तिकै केही असजिलो भो । बाले ढोका सम्म छाडेर बाहिर बसे । त्यसो नभएको हुदो हो त म भाग्थे कि ?
 बसेर कहिल्यै जाँच दिएको थिइन । पहिलो दिन अचम्मै लाग्यो । जता हेर्यो त्यतै मान्छे । स्कुल बिल्डिङ नै १२ वटा । म पढेको स्कुलमा एउटा मात्र माटोले बनाएको जस्तापाताले छाएको छाप्रो थियो । बस्नको लागि मेच टेबल थिएन । बिकल्पमा घरैबाट सानो पिर्का बोकेर जानु पथ्र्यो । पछि पछि भने कक्षा कोठाको झ्याललाई ओछ्याएर राम्रो बस्ने ब्यबस्था गर्यो । अझ राम्रो बनाउन दुई छेउमा ढुङ्गाको खुट्टा बनायौ । अनि हाम्रो ब्यबस्थित तरिकाको झ्याले बेन्च बन्यो । तर पवटीमा त्यसतो थिएन । मज्जाको फलामको मेच थियो ।
को काँ बस्ने भन्ने ब्यबस्था पहिले नै भित्तामा कागजमा लेखेर टाँसिएको थियो । मसँग पवटी स्कुल भन्दा पनि अझ तल दियालेखर्कको बिद्यालयको केटी परिन् । पहिलो दिन नेपाली जसो तसो चल्यो । तर मलाई लाग्यो म नजान्ने भनेको म भन्दा पनि नजान्ने त तिनी पो परिछन् । जे कुरा पनि थाहा नभएको सोधि रहने । बल्ल बल्ल जाँच सकियो । बा ढोका अघि नै थिए ।
तिनले सोधे कस्तो भो ?
राम्रो । मेरो एक शब्दको उत्तर ।
राम्रै त लेखिस् ?
बालाई मेरो जवाफमा शंका लागेछ । हो राम्रो भो । सोधेको सबैको उत्तर लेखेको छु ?
भोक लाग्यो ?
बल्ल बाले सही कुरा सोधे झै भो । आफुलाई यत्रो धेरै मान्छेको बिचमा पस्दा पस्दै के भाको भाको जस्तो लागेकोथ्यो । प्रश्न आए पछि थाहा भो भोक लागेको रैछ । अनि यत्रो बेर खेपेर बल्ल निस्किदै गर्दा बाले गरेको कुरा मज्जा लागेर आयो ।
लाग्यो ।
लु हिन उता पसल छ चिउरा खालास् ।
अरु बेला बाले खालास भनेको चिउराको अर्थ अर्कै हुन्थ्यो । आज राम्रै हो । त्यसैले बाको पछि पछि हिडियो । बेलुकी मात्रै घर आइ पुगियो । बिहान हिडेको मान्छे । बेलुकी झन्डै मान्छे नचिन्ने भए पछि मात्रै पुगिने । चिउरा चपाएर लागेको उकालो घरैमा आए पछि मात्रै सकिने । उकालोको उकालै ।
अर्को दिनको हिजो झै । बिहान उठ्यो । पढ्नु चिट बनाउनु त्यस्तै हो । कुद्नुको हतारो छ । खाना खाएर बा अघि अघि लम्किए । म फुच्चे पछि पछि ।
उनि आफ्नो तालमा हिडका छन् । केही नसोधुन भन्ने आफुलाई लागेको छ । आज संसारकै गार्यो बिषय अग्रेजीको जाँच हो । आफुलाई फुट्टो आउँदैन । न हेडमास्टरको नाम लेख्न आउँछ न प्यारेन्टको नाम लेख्न आउँछ । स्कुलको नाम आउने कुरै भएन । हुँदा हुँदा काजी मात्रै लेख्न आउँछ सानो लेख्न आउँदैन ।
पाँच कक्षामा फेल हुनु भन्दा पहिले मेरो नाम सानोकाजी थियो । किन त्यस्तो नाम राखेका हुन् मलाई थाहा भएन । म जे थिएँ त्यही सानोकाजी थिए । सायद काजीको राम्रै हैकम चल्ने भएकोले बाले राखेका हुन् कि ? तर त्यसो नहुनु पर्ने हो ती बा काजीलाई साह्रै मान्दैनथे । सामान्ती भन्थे । त्यसैले म कसरी सानोकाजी भएँ त्यो थाहा भएन । जे हास् म सानो काजी थिएँ ।
मलाई तामाङ अग्रेजीमा लेख्न आउँथ्यो । काजी पनि लेख्न आउँथ्यो । तर सानो लेख्न आउँदैनथ्यो । कसरी लेख्ने लेख्ने ।
तेरो आज केको जाँच रे ?
अग्रेजीको ।
तंलाई कतिको आउँछ ?
भने पछि तंलाई आउँदैन ?
खै अलि अलि आउँछ ।
के आउँछ ?
ए बि सि डि............ जेड ।
अनि अरु ?
ओएनई वान, वान माने एक । टीडब्लुओ टु, टु माने दुई ।
ए राम्रै छ कि के हो ?
मलाई गीत गाउन मात्र आउँथ्यो । लेख्नेमा भुत्तो भाङ्गो नआउने । बाले सम्झेछन् राम्रै रैछ केटोको अग्रेजी ।
जाँच हलमा छिर्न मन थिएन । मलाई थाहा थियो लेख्न आउने कुरा थोरै थियो । अरु त अरु आफ्नै नाम लेख्न नसक्नेलाई अरु के थाहा हुने र ? पस्नु पर्यो । कपि आयो । अरुले के लेखे जेहोस् लेखे । मैले त केही पनि लेखिन । चुपचापै बसि रहेँ । कोइसन आयो । कोइसन पढेको जस्तो गरेँ । आउने केही होइन । के कुन कता लेख्ने पत्तो छैन ।
अघि पछि सबै तिर हेरेँ । छेउमा बस्ने केटीले साधि तिमी कति नम्वरको कोइसन गर्छौ ?
तिमी चाही कतिको गर्छौ नी ? उल्टो प्रश्न पल्टाइदिएँ । अलि हल्का भो । अनि बल्ल नाम लेख्ने प्रयास गरेँ । काजी तामाङ मात्रै आउँछ अरु मरि गए आउँदैन । गर्ने के हो ? काजीको पाजी दिमाग चल्यो । कता कताबाट एउटा कुरा सम्झेँ । हामीले एउटा कथा पढ्नु पथ्र्यो । स्मल हाउस र क्रो भनेर । बासु मास्टरले एसएमएएलएल स्मल, स्मल माने सानो भनेर पढाएको कता कताबाट सम्झिएँ ।
सोचे स्मल माने पनि सानो अनि म यसै उसै सानो । स्मलै लेखे के हुदो हो ? ठीकै हुदो हो स्मलकाजी लेखे त आखिर माने पढ्यो भने त सानो काजी न हो । एक घन्टा जति टाइम लागाएर काइते जुक्ति निक्लियो । मैले गार्हो मानेर लेखे नेम लेखेको ठाउँमा स्मलकाजी । अरु त केही लेखिन ।
छेउकी केटीसँग सोध्ने मन पनि भएन । यो थाहा पाएपछि बाले के गर्ने हुन् डर भो । अनि खाली कपि बोकेर बुझाएँ । बालाई केही सोधेनन् । चिउरा ख्याए । उकालो हिडाए ।
रिजेन्ट आयो फेल भाको । बालाई मदेखेर भन्दा पढाउने मास्ट रिस उठेछ । गएर सोधेछन् केमा फेल भो ? नाम डवल लेखेछ । मास्टरले उत्तर दिएछन् । के लेखेछ ? स्मल काजी ।

Tuesday, September 4, 2012

Bird photos Exhibition in Nepal

नेपालमा अहिले सम्म आठ सय एकहत्तर थरि चरा पाइन्छन् । त्यस मध्ये झन्डै डेढ सय जति चरा खतरामा छन् । यसलाई बचाई राख्नको लागि समयमै जनचेतना बढाउनु पर्छ । यस्तै जनचेतनाको प्रयास भने सुरु भएको छ । यो भिडियो त्यसैको प्रयास मध्ये एउटा हो । 

Hyai song a cultural documentary

A cultural documentary coming soon......................

Sunday, August 26, 2012

Cleaning it up!

 Once a village of the Ghale kings in Nepal, Ghale Gaun is as clean as the pristine mountains one can see from the village.

Foreigners and Nepalis alike who visit this place fall in love with it and the locals have a big role to play when it comes to its cleanliness. Students of Ghale Uttar Girls Elementary School also play an active role in keeping the village clean and dirt free.

In school, cleaning is part of the routine of the students. The teachers and students decide the place together and then the cleaning begins on the decided place every Friday.

Principal of Ghale Uttar Girls Elementary School, Yamuna Ghale, has always been interested in social work and wants her students to learn it too. “We want our students to learn the practical way of life and not just what is served in the books,” she says, adding, “We are all very happy with this. This has also helped improve relationship between friends and they are more helpful now.” According to her, the students are very happy with the work they are involved in.

Children in Ghale Gaun cleaning the common field area in the village. The campaign initially launched by Ghale Uttar Girls Elementary School is also being replicated by other schools nearby.  

The village was not as clean as it is now. Lil Bahadur Ghale remembers the old days and says, “Our village was pretty grimy before. The spot where the view point is now above the hills was used by the villagers in the past as the place to defecate.”

People, back in the days, believed that one should not defecate or urinate in and near the house and hence, never built any toilets in the property. But things have changed now and so has the mentality. All the households have clean toilets now and the children are coming together to clean the place. The villagers are very happy with the outcome, especially when they see the children taking an active role in keeping the place clean.

There are around 125 houses in Ghale Gaun and the route has been constructed with stone slabs all the way. There is also a common field where the villagers and students get together and it’s up to the children and their teachers to clean the route and the field. “I love it when everybody is cleaning the place together,” said Pavitra Ghale, a grade give student, adding, “This is our place and we must keep it clean.”

Famous for its sceneries, the people and its culture, Ghale Gaun is an attraction to a lot of tourists and according to Pavitra, they must keep it clean for the guests who come from faraway places to enjoy the mountains. “We do our best when we’re working and if its’ a difficult job, we have our teachers to help us in each and every step of the way,” shares she. The Mothers Group (Ama Samuha), who took up the responsibility of keeping the place clean initially, is also very proud of the children.

The only spot in Nepal where Gurung culture and heritage is very prominent, Ghale Gaun is an attraction to a lot of foreigners and locals alike. “I think the young ones are doing very good and we are ready to join them to make sure that our village is clean,” puts Dirga Gurung, a local of the village. According to him, the job the Mothers Group and the students are doing are worth applauding and that together, they can do even better.

The campaign initially launched by Ghale Uttar Girls Elementary School is also being replicated by other schools nearby. Shobha Adhikari, teacher at Uttar Girls Higher Secondary School, informed that even students in higher grades will be involved in the cleaning campaigns soon. “Our school is also encouraging the students to do some social work. I think this will teach the students a lot about keeping the place, where you live, clean,” she shares.

A campaign started by the children of the village can easily be replicated in many places in Nepal. A grade five student, Bista believes so too. “We are small but we believe that we’ve done something big. If we do it together, the work is very easy,” she said. 

Saturday, August 25, 2012

Wednesday, August 8, 2012


पत्रकारितामा बढि सुनिने शब्दमा प्रोक्सिमिटी अर्थात निकटता पनि एउटा हो । समाचारको महत्व घटना भएको नजिकका मानिसलाई जति बढि हुन्छ त्यति टाढाकोलाई नहुन सक्छ । त्यसैले नजिकका मिडियाले घटनाका बारेमा सके सम्म डिटेलमा भन्छ । लेख्छ । छाप्छ । अनि पाठक, स्रोता, दर्शकलाई पनि त्यो कुराले छुन्छ । असर पार्छ । चासो जगाउँछ । त्यसैले समाचार बनाउँदा निकटताका कुरा हेरिन्छ । यो चलन विश्व भरिनै प्रयोगमा छ । निकटता समाचारमा मात्र सिमित छैन । यो जनजीवनमा पनि छ ।
म मेरो समुदायको मानिसलाई भेटेँ भने जति नजिकका कुरा गर्न सक्छु अर्को समुदायको बारेमा नभन्न सक्छु । वा सोधे पनि के हुदो रहेछ भन्ने जान्नका लागि सोधेको हुन सक्छु । गएको शनिबार मेरो कामको लिस्ट केही थिएन । हुनत अरु बेला पनि मेरो शनिबार पुरै फुर्सदमा बित्ने दिन हो पुरा छुट्टि ।
तामाङ पत्रकारको भेटघाट र छलफल छ । शुक्रवार फोन गरेर साथीले सुनाए । मिले आउनु । केही कुरा बुझिएला । नयाँ कुरा सिकिएला । नयाँ साथीसँग चिनजान होला । हो सुत्नु भन्दा यो बेश । मलाई पनि लाग्यो । निकटताले काम गर्यो ।
कार्यक्रम गर्ने हल झन्डै भरिएको थियो । पचास देखि पचहत्तरजना अड्थ्यो होला हलमा । ओहो कति धेरै काठमाडौ भित्रै काम गर्ने तामाङ पत्रकार । हुन त काठमाडौ भित्र झन्डै तीन दर्जन रेडियो घन्किएका छन् । एक दर्जन पुग नपुग टेलीभिजन छन् । ठूला र झोलामा अफिस भएका पत्रिकाको संख्या झन ठूलो छ । जे भए पनि तामाङ पत्रकार धेरै थिए ।
बुझ्दै जाँदा थाहा भयो । त्यहाँ धेरै ठूला मिडियोका ठूला तामाङ पत्रकार थिएनन् । त्यसो भनेर उपस्थित भएकाहरुको मान मर्दन गर्न खोजेको चाहि होइन । उपस्थित भएका धेरै तन्नेरी थिए । शायद ती पत्रकारिताका उल्टो पिरामिड र फाइभ डब्लु वान एचको प्रक्टिस भर्खर सुरु गर्दै थिए । एबिसीका बारेमा सिक्दै थिए । जेहोस ठूला मिडियाका ठूला तामाङ पत्रकार थिएनन् ।
तीनलाई लागेको हुदो हो । कहाँको म प्रमोशन भैसकेको पत्रकार अनि कहाँको भर्खर न्युज भनेको न्युको बहुवचन वा चारै तिर पुर्ब पश्चिम उतर दक्षिणमा भएका घटनालाई लिएर लेखेने कुरा अर्थात न्युज भन्ने कुरा सिक्दै गरेको तामाङ पत्रकार । कतिले अनुभवकै आधारमा जात नै फरक अनुभव गरेको पनि हुँदो हो । यो कार्यक्रम हेरेपछि मलाई धेरै पहिले सुनेको कथाको याद आयो ।
कुनै जंगलको कथा । जंगलमा बाघको परिवार थियो । के भएर हो कुन्नी बाघनीले बच्चा जन्माउने बितिकै बिछोडिन पुग्यो । कतैबाट चर्दै त्यही ठाउँमा बाख्राका बथान आइपुगे । पहिले त बाघको बच्चा डमरुलाई देखेर ती डराए । फेरी बिचारा डमरु भोक र हतासीले झन्नै सास जाने अबस्था देखेर बाख्राहरुले सहयोग गरे । बिस्तारै डमरु हुर्कियो । उसले शिकार गर्न सिकेन घाँस खान सिक्यो । बाँख्रा जसरी जान्छ खान्छ हिड्छ त्यही सिक्यो । डमरु बाघ बन्दै गए पनि उसले आफु बाँघ हुँ भन्ने बिर्सियो ।
धेरै पछि कतैबाट अर्को हुल बाघ बाख्राको छेउमा आइपुग्यो । बाख्राको बथानमा भएको बाघ पनि बाख्रासँगै भाग्यो । त्यो देखेर बाघहरु छक्क परे । अनि कुनै छिटो दौडिने बाघले उसलाई समात्यो । बाख्रे बाघ डरायो । अतालियो । तर समाउने बाघले उसलाई भन्यो उ बाख्रा होइन बाघ हो । तर बाख्रे बाघलाई यो कुरा पत्यार लागेन । अनि नजिकैको सफा पानीमा लगेर दुबैले अनुहार हेरे । हो ठ्याक्कै अनुहार उस्तै देखियो । बल्ल बाख्रे बाघलाई लाग्यो उ साँच्चैको बाघ हो । अनि उ गर्जियो ।
मुलधारमा पत्रकारिता गर्ने धेरै जनजाति पत्रकारले पनि आफ्नो समुदायका कुरा लेख्न, भन्न र बोल्न अहिले सम्म सिकेका छैनन् । तिनलाई मुलधारको धङघङी छ । जस्तो बाघलाई बाख्रा हुँ भन्नेथ्यो । त्यसैले तिनलाई आफ्नो समुदायका कुरा भन्न पर्यो भने लाज लाग्छ । आफ्नो समुदायका मानिससँग भेट गर्यो भने मान घटेको अनुभव गर्छन् ।
बहुलबादी समाज र पत्रकारिताका कुरा हामीले गरेको धेरै भयो । तर त्यसको स्वाभाबिक प्राक्टिस भएको छैन । अहिले सम्म बिभिन्न बिटका कुरा गरे पनि जनजातिका बिट भर्खर सुरु भएको होला । कतिमा त त्यो छैन पनि होला । भएकामा दिइएका बिटबाट कति समाचार, फिचर, बिचार आउँदो हो ?
दोलखाको तामाङको बारेमा म जति जान्छु अर्को समुदायका मानिसले जान्ने संभावना कम हुन्छ । त्यसैले दोलखाको समुदायका बारेमा मैले जति लेखुला, भनुला, अनुभव गरौला वा खोजौला त्यो अरु समुदायकाले नगर्न सक्छ । त्यसैले यस्तो बिषयमा लेख्न, भन्न, खोज्न पर्यो भने म उपयुक्त हुन सक्छु । त्यसैले आफ्नो जात र जातिका बारेमा लेख्ने, भन्ने, खोज्ने जिम्मा त्यही समुदायका पत्रकारलाई दिए राम्रो हुने पक्का छ । तर अहिले सम्म ठूला मिडियाले त्यसरी जिम्मेवारी दिने आँट पनि गरेका छैनन् । यदि कसैले ब्यतिगत प्रयास नै त्यस्तो प्रयास गर्यो भने पनि त्यो पत्रकार बिग्रियो । त्यो जातिय भयो । त्यसको मान मनितो मुलधारबाट छुट्यिो । अनि पाखे भो । त्यसैले पनि मुलधारका धेरैलाई मनमा केही गरौ भन्ने भएर पनि लेख्ने बोल्ने र भन्ने साहस नभएको हुनु पर्छ ।
हाम्रो समाज धेरै जातजाती, धर्म संस्कृति बोकेको छ भनिन्छ । तर कुनै पनि जनजातिका समाचार फिचर भएर आएको देखिन्न । कतिले लेखे पनि होलान् डेक्सबाट काटिएर पाँच सय शब्द पचासमा झरेको हुनसक्छ । जनजाति पत्रकारले लेख्दा हाति हुने छापिदा, भनिदा, देखाइदा मुसा भएर आउने पनि हुँदो हो । अनि अलि चुस्त दुरुस्त आकर्षक बनाउन नसकिएको पनि हुँदो हो । अरु जातिले नै राम्रो स्टोरी बनाउने भए किन अहिले सम्म आएका छैनन् ? फ्रिमा भोलिन्टियर काम गर्ने यत्रा धेरै पत्रकार मोफेसल र काठमाडौमा छन् । तीनलाई पैसा नदिए पनि हिसाव दिए चित बुझाउँछन् । अनि किन गर्न नसकेको त संस्कृति र संस्कारको साँच्चैको डेप्थ रिपोर्टिङ । किन निस्किन नसकेको इस्यु नै इस्यु भएर पनि कुनै दमदार स्टोरी ?
तामाङ पत्रकारको जमात देखेर मलाई लागेको हो धेरै त खल्तिका पैसाले चिया खाएर रिर्पोटिङ गर्दा हुन् । पेटलाई पेटीले कसेर भोक नलागेको अनुभुति गरेर हिड्दा हुन् । तीनलाई आफ्नो समाजका केही लेख्न, बोल्न, देखाउन मन  हुँदो हो । त्यो गर्ने सिप कति होला ? त्यस्ता सिपलाई तिर्खान जान्ने आफ्ना समुदायका ठूला पत्रकारले केही सिकाए राम्रै गर्दा हुन् । राम्रै स्टोरी बोक्दा हुन् । राम्रै इस्यु बनाउँदा हुन् । त्यसो भए साँच्चैको बहुआयमिक समाजको झल्को देखिदो हो । समाबेशी पत्रकारिता पनि सुरु हुदो हो । अनि मुलधार र फरक धारको सिमाना मेटिदो हो । हिजो सम्म चेलीबेटी मात्रै बेचेर बस्छ भन्ने तामाङ गाउँको डम्फुको कथा आउँदो हो । ताम्वाको जिन्दगीको गतिलो स्टोरी बन्दो हो ।
तर अहिले सम्म भएको छैन । जान्ने तामाङ पत्रकार आफुलाई बाख्रा नै सम्झि बसेका छन् । तर समाज सधै उस्तै पाराको हुदैन । धेरै थोरै त परिवर्तन भैरहेकै हुन्छ । हिजो सम्म बिचारा भनिने समुदाय अहिले हामी बिचारा मात्र होइनौ भन्ने भएका छन् । उदाहरण तामाङ समुदाय आफै हो ।
अहिले तामाङ पत्रकारको संख्या निक्कै छ । संख्यात्मकसंगै गुणात्मक संख्या पनि बढ्ने नै भयो । आफ्नो समुदायका कुरा अरु समुदायमा बुझाउने शैली पनि बिस्तारै बिकास हुन्छ नै । त्यसका लागि सबैले सहयोग र होस्टेमा हैसे गर्नु पर्छ । बिशेष गरेर जो तामाङ समुदायबाट मुलधारे पत्रकारिता गरेका छन् । जस्को लेखाई दमदार छ वर्ड इकोनोमी राम्रो छ । जस्ले अरु समुदायकालाई तामाङ र तामाङ दुनिया बुझाउन सक्छन् । त्यसो गरे सार्थक निकटता पनि देखिदो हो ।

Saturday, July 28, 2012

होच्याउने शैली

हिजो आजका कुरा । कुनै बेलाको चर्चित टेलीभिजन कार्यक्रम । अहिले यो रेटिङमा कता पर्छ थाछैन । जेहोस फेरी सुरु भएको छ । सन्तोष पन्तको निर्देशन रहने यो कार्यक्रम २७ जुन २०१२ मा भएको अंकको बारेमा केही भन्न मन लाग्यो । कार्यक्रमको कथा दुई समुदाय बिचमा हुने अन्तरजातिय बिबाहामा छ ।
शेर्पाको छोरीलाई क्षेत्रीको छोरोले मन पराउँछ । कति भने ज्यान दिन तयार छ । क्षेत्री समाजलाई सहयोग गर्नका लागि केही शेर्पा तयार छन् । त्यसले दुबै परिवार मागी बिबाह गर्ने पक्का भएको छ । कथाको ट्युइस्ट सुरु हुन्छ एउटा शेर्पा केटोबाट । जो केटीको नातामा दाइ हुन्छ । उ स्वपहिचानको कुरा गर्छ । आफ्ना साथीभाईलाई शेर्पाजातिको बारेमा भन्छ । उ क्षेत्रीलाई मन पराउँदैन । त्यो पात्र बिस्तारै गिर्दै जान्छ । उ साइनोमा केटीको दाइ पर्छ । कति सम्म भने शेर्पाको छोरी मनपराउने केटालाई अपहरण गराउँछ ।
अपहरणकारी शेर्पा नै छन् । ती पढ्न नसकेर कुट्न थालेका अर्थात थगुण्डागर्दीमा लागेको भनिन्छ । कथा बढ्दै जाँदा डरलाग्दो गरि हिजोआजको कुरा चल्छ । सिधै उनी भन्छन् तिमीले पैसा बिदेशीको पैसा खाएकोले पहिचानको कुरा गरेका हौ । तिमी शेर्पाहरु बिदेशीको पैसाको लागि त तुरुन्त बिहे गर्छौ हो कि होइन ? कार्यक्रममा अरु शेर्पा पात्र छन् । त्यसको प्रयोग शेर्पालाई नै मुर्ख, अबुझ, स्वाठ भन्नका लागि तयार पारिएको छ । त्यसको अर्थ हुन्छ क्षेत्री बाहुन समुदायका पात्र महान हुन् । ती बुझकी छन् । संसार चिनेका छन् । पढेलेखेका छन् ।
उनको यो कार्यक्रमको उदेश्य के हो त्यो थाहा भएन । तर शायद उनले दुई समुदाय बिचमा सुमधुर समन्धका कुरा देखाउन खोजेका होलान् । उनले जसरी पात्रहरु बनाएका छन् । कथाको उठान जसरी हुन्छ । त्यो आफैमा संकुचित सोचबाट निक्लिएको छ ।
जति सुपात्र राम्रा छन् ति सबै खस क्षेत्री छन् । जति कुपात्र छन् ति सबै शेर्पा छन् । अपहरण गर्छ शेर्पाले । डलर खान्छ शेर्पाले । पढ्न सक्दैन शेर्पाले । हुँदा हुँदा सामाजिक समन्ध खलल पुर्याउँछ शेर्पाले । यस्तो कथा बनाएर पन्तले कस्तो सामाजिक सुसम्बन्धको कुरा गरेका हुन् ? कस्तो सामाजिक सन्देश दिन खोजेका हुन् ? यो कार्यक्रमले सामाजिक समन्ध सुमधुर बनाउँछ कि बिर्गाछ ? नेपालमा बिदेशी पैसा बिना चल्ने संस्था र मान्छे खोज्न दिउसै टुकी बाल्न पर्दो हो । देश नै पुरै अर्काको अनुदानमा चलेको छ । त्यस्ता देशको के क्षेत्री, के बाहुन, के जनजाती ? तंलै पैसा खाइस हेर म चोखो छु भन्नु आफ्नो आङ्को भैसी नदेख्ने शैली हो ।
धेरैलाई थाहा हुन पर्ने हो नेपालमा चल्ने जति संघसंस्था छन् कोही न कोहीले अनुदान दिएका छन् । कस्ले कति लिएको छ त्यो फरक होला । कामको शैली फरक होला नत्र भने सबैले पाएकै छन् । अनि त्यसो भए जनजातीले पैसा ल्याएर पहिचानको कुरा गर्यो भन्नु कहाँ सम्मको बुझाइ हो ।
लामो समय देखि कला क्षेत्रमा भएका पन्तलाई थाहा हुनु पर्ने हो । कुपात्र जति सबै जनजाति अर्थात शेर्पा मात्रै हुदैनन् । बिहेकै कुरा गर्ने हो भने क्षेत्री समाजमा जति संकुचित रुपमा हेरिन्छ शेर्पाकोमा छैन । शेर्पाका छोराछोरी मन मिल्यो भने ल्याउँछन जान्छन् । लभ म्यारिज यो समुदायको लागि नौलो होइन । बरु क्षेत्री बाहुनका छोरीछोरीको लागि यो कम्तिमा पनि शेर्पालाई भन्दा नौलो हो । बिहेको कुरामा जति शेर्पा समुदायमा छुट छ त्यति अहिले पनि क्षेत्री बाहुनमा छैन ।
अर्को कुरा पहिचानको । अहिले सबैले यो बिषयमा छलफल र चर्चा गरेका छन् । तीनले पनि नेपाल बन्द गराएका हुन् । हिजो सम्म आदिबासी जनजाति भन्दा नाक खुम्च्याउनेहरु तरबार बोकेर पहिले कहिल्यै नलाएको दौरासुरुवाल ढल्काएर हिडेकै हुन् । अनि दोचा र बख्खु लगाउनेलाई गाली किन ?
कुपात्र र सुपात्र जुनसुकै सामाजमा छ । हुन्छन् । खाली हेर्ने नजर मात्र राम्रो हुन पर्यो । कि पन्त जीले भन्न सक्नु पर्यो म क्षत्री समाज वा बाहुन समाजको पात्र कलाकार हुँ । अरु समाजको बाल मलाई ।
मलाई लाग्छ पन्त जीलाई धेरै चोटी हङकङ बोलाउने राई थिए होलान् अमेरिका बोलाउने शेर्पा थिए होलान् युरोप बोलाउने मगर थिए होलान् । ती सुपात्र थिए कि सबै कुपात्र ? तीनले गरेको मान मनितो अनि दौडधुप गरेर उठाएको आनासुकी पनि खल्तिमा परेको हुन पर्ने हो ।
नेपालमा नकारात्मक पात्र चाहियो भने थेप्चो नाक, चिम्सो आँखा, गालो अनुहार, गठिलो शरीर चाहिन्छ अर्थात जानजति चाहिन्छ । तर समाजमा हेर्यो भने देखि नकारात्मक काम गर्नेमा लामो नाक, ठूलो आँखा, टन्न दारी जुङ्गा भएको लाम्चो अनुहार भएका पनि कम छैनन् । यदि त्यसो हो भने किन पर्दामा बिभेद त ?
पर्दाकै कुरा सापाट लिने हो भने हो जनजातिले धेरै पढ्न सकेनन् । धेरै निर्देशक बन्न सकेनन् । आफ्ना कुरा भन्न सक्ने ठाउँमा भएनन् । त्यसैले अरुले दिन चियाबिस्कुटमा अभिनय गर्यो आफैलाई गाली गर्यो ।
सभ्य र सुसंस्कार वाला समाज त्यही बेला बन्छ जब सबैले सबैको सम्मान गर्छन । कोही माथी या तल हुदैन । दोचा बख्खु लाए पनि दौरा सुरुवाल लाए पनि सम्मान र इज्जत उस्तै हुन्छ । गनेमानेकै कलाकारमा पर्ने पन्तले झै एउटा समुदायको बेइज्जेत गरेर समाज सुमधुर पक्कै बन्दैन । कम्तिमा यसमा पक्का भए हुन्छ ।

Wednesday, July 25, 2012


कतै सुनेको थिएँ जागिर भनेको जाने र गिरने दुई शब्दबाट बनेको । यसमा केही सत्यता सत्यता छ तर पुरै होइन । खल्तिमा लक्कु अर्थात आनासुकि नभएपछि खानै पर्छ भन्छन् यो । जवानी भएकालाई त केमा जागिर छ भन्ने कुरैले कस्ती कन्या भन्ने सम्म जुराउँछ रे । यो नखाँदा जति सजिलो हुन्छ खाए पछि भने गा¥हो । बाले काठमाडौ छिर्दा सेतो टिका र खादा लगाइदिदै भनेका थिए राम्रा बिषय पढ्नु । म जब गाउँबाट सहर पसे मनमा केही कुरा थिएन जो साँच्चै सहरमा बसेर पुरा गरौ । तर एउटा कुरा भने मलाई सधै लाग्ने गरेको थियो म पत्रकार बन्न पाए । त्यही भएर मिलाएर मैले त्यही बिषयमा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिएका थिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो केही पढ्ला भनेको त यो नामै नसुनेको पत्रकार । ती छक्क परेछन् । म पत्रकार हुन्छु भन्ने बनाउने काम भने पानसोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो । त्यो पनि रेडियो नेपाल । त्यही रेडियो हो मलाई पत्रकार बन्न हौस्याउने । म कति रडियो सुन्थे भने त्यो रेडियोमा बज्ने सबै कार्यक्रम कुन बेला, कति खेर, कति मिनेटमा बज्छ थाहा पाउँथे । अरु त अरु म कति बज्यो समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल ,बच्चु कैलास, प्रेमध्वज प्रधान देखि लालबहादुर खाती , प्रेमराजा महत,बमबहादुर कार्की । ती सबै म पालै पालो जे आयो त्यही सुन्थे । मेरा बा भन्थे लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस । म बाको अघि बुझे भन्थे । तर मलाई आधुनिक ,पप जे भएपनि चल्ने बानी थियो । त्यसैले म बा नभाको बेलामा बजाइदिन्थे जोडले । बाले रेडियो नवजा भन्नुको पनि कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्को जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया अर्थात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम ।  अनि त बाको पारो किन नतातोस । तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमा त मैले बजाएको सुन्नु हुन्थ्यो । मैले धेरै चर्को बजाउदा मात्र झर्किदै भन्नुहुन्थ्यो यसले गरिखादैन काम कुरो एकातिर कुम्लो बोकी ठीमी तिर । रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै थर्काउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे हेर्थे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर । ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिएकी झै लागि रहन्थे । त्यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै उहाँ त्यतिकै बस्नु भएको थियो । लाउरेले हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरवाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढालियो । अनि अरु कुरा धेरै बनाए । मलार्ई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जाग्रम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो । नाम पनि भने लाहुरेले जापनिज जम्बो क्यासेट । लाउरेले अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो ....... । घरमा भएका सबै जना खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्को पटक बिदामा आउँदा ल्याउने कुरा गरे । हजुवाको भाले भोज बिफल भो । त्यसको एक बर्ष जति पछि होला ति लाउरे फेरी आए । पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । सानो लुगाले सिलाएको झोलामा हालेको पानसोनिक थियो । उसले हजुरबालाई दिएको बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के । सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो समन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिनु भएन । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे । खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न कर लाग्यो । अनि त मेरो अधिकारै भो चलाउने । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा चल्थ्यो कि के हो स्या आउँथ्यो । त्यसलाई मिलाउने सिप मेराबाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई अह्राए । मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रियप्रशारण कतिमा ,पोखराको कतिमा, सुर्खेतको कतिमा अनि कति बजे । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ? मैले भन्दिए म रेडियोमा काम गर्छु यसरी नै बोल्नेमा । बाले मेरो कुरा पत्याएनन् । गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ । पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपनानै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुने गेट सजिलो हो कहिल्यै भनेन । तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेसै भने खाइन । त्यस बिचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । कार्यक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज । बोल्दा पनि मेरो शुद्धाशुद्धि राम्रो थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो बेतलबी । मेरो भागमा एउटा कार्यक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै हर्टफेल । कार्यक्रम रेर्कडेड थियो ।स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसाबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिपार्ट बजाउँथे । म दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको कार्यक्रम लाइभ थियो । उनले यसरी नै कार्यक्रम गरे । टेक्निसियन हाँसी हासी कार्यक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ कार्यक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निे सियनले सिकाए एयरफोन लगाउन लगाए । अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीबाट दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रिट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने । टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्किदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए । अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिटको अक्षर यताउती हल्लेझै पो भोे । अनि डर यसरी बढ्यो कि सासै बन्दै होला झै । नमस्कार नै भन्न नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा मेरो पसिना पसिना जिउभरी ।  धेरै समयमा पनि भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ । बोली पनि चाहिन्छ नी  । अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् हाकिमहरु पनि । उनको कुराले सिँहदरबार छिर्दा आफै सिँह झै सम्झेको म अब बिरालो भन्दा पनि तल झरे । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेकर्ड गरुँ है । उनले ठूलो आँखा तरे । मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी कार्यक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदा पनि प्राक्टिस गरिएको थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि । मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो । अनि स्टुडियोमा छिरेँ ।  टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के ? मैले केही बोलिन । उनले फेरी स्टुडियोमा छिर्न र बोल्न भने । अनि यदि यसमा बिग्रेमा आफुले केही गर्न नसक्ने कुरा गरे । भित्र छिरेर मैले पनि खरर पढेँ । उनी छक्क परे । आधा घन्टाको कार्यक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस बाह्रा मिनेट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ । अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थियौ कि के हो ? त्यसपछि सुरु भएको पत्रकारिताको जागिर अहिले सम्म जारि छ फरक यति हो कहिले कता कहिले कता । अनि गालि गर्ने मानिसहरु फेरिएका छन् कतै सम्पादक कतै प्रेसका साहुजी ।

Monday, July 23, 2012


मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल । 

होस हराएर केही भुइमा खोजेझै 
हराइरहन्छ धन्टौ मान्छेहरु 
काइलीको भट्टीमा 
सुटुक्क कसैलाई सुइको नदिइ
दुई बोतल रित्याएर 
फेरी रेडलेवलको 
एक पेग लिन हुलका हुल साथीलाई सुनाएर  
दिउसो छोराको महिना फि नतिरी सोजिन्छन् ठमेल । 

एक पेग मस्त मातिन्छन् 
अनि बाहना हुन्छ टन्न खाएको 
भुल्छन् काइलीका भट्टीहरु 
भुलाउँछ ठमेलले । 

प्रत्येक इभहरुमा 
भुइमा जवनी छरिन्छ 
रुपैया,डलर,युरो,भारु, डिनार, रियाल, युयान
येन सब चल्छ सब । 

यहाँ कसरी कमाएको कुरा हुदैन
पसिना बगाए पनि रगत छदाए पनि । 
तिमीसँग छ भने सबथोक छ 
मसाजका तरिका छन् मसाज गर्नेका बिकल्प छन् 
बस्ने कोठा देखि चुठ्ने भाँडा सम्म । 

खानेका तरिका खानाका परिकार
अनेक छन् अनेक 
नबोलिने भाषा छैन
नपाक्ने परिकार पनि
यो ठमेल हो ठमेल । 

अन्त रात पर्दा 
यहाँ उज्यालो हुन्छ
अन्त गर्ने नहुने कुरा यहाँ सजिलै हुन्छ । 

हर गल्लि र कुनामा
नक्कल हुन्छ नक्कल 
छेउमै भएको असन खुइलिएर भत्किनै लागेको बेला
अझ तन्नेरी झै बसिरहेको ठमेल 
फुलेको कपाल ठाडो पारेर 
रिक्की मार्टन शैलीमा 
चाउरिएको छालामा 
जबरजस्त तन्काउने कस्मेटिक दलेर । 

मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल । 

Wednesday, July 18, 2012


अटोमा केही लेख्दिन्छौ । दस कक्षाको अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ । एकाएक सबै जसो साथीले अटो किने बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने कुरा हुन्थ्यो । मन पर्ने फिल्म हिरो हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न त्यो बेला एक थान गैडा चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथान गैडा पनि चाहिन सक्थ्यो । त्यसैले यो रेडिमेट अटो धेरै साथीको लागि सजिलो भएन । बिकल्पमा आफैले त्यस्ता अटो तयार गर्ने सजिलो उपाय थियो । त्यो बेला बोक्लो कभर भएको इगलछाप कापी बिस रुपैयामा पाइन्थ्यो । त्यसलाई साथीहरुले फोटो टास्ने ठाउँ बनाए, रुचि र गीतसंगीतका कुरा लेख्ने मिल्ने बनाए । आउनेहरुले गुलाफ, कमल जस्ता फूल फुलाए । हिरो हिराइनका बारेमा लेख्न मिल्ने बनाए । अनि रेडिमेड अटोलाई माथ ख्याउने गरि आफैले सस्तो र सजिलै अटो बनाए ।
अटोमा राजेश हमाल हुन्थे । उनको रामकृष्ण, एक नम्बरको पाखे, अल्लारे, सिमाना र अरु हुन्थे । राजेशलाई साथ दिन जल शाह, करिष्मा मानन्धर, मेलिना मानन्धर, जस्ता हिराइनका ताती हुन्थ्यो । यस्ता हिरो हिराइन एक रुपैयामा किन्न पाइन्थ्यो । जति बढि टास्यो त्यति राम्रो ।
आफैले बनाएको अटो आफ्नो रुची अनुसार बन्यो । रंगीचंगी साइनपेनले अक्षर मिलाएर लेख्यो । कतै रातो कतै हरियो कतै निलो हेर्दै पढ्न मन नभएकालाई पनि पढौ पढौ लाग्ने । लेख्न मन नभएकोलाई पनि लेखौ लेखौ लाग्ने ।
हुँदा हुँदा बिद्यालयको अन्तिम हप्तामा दिनमा एक जनाको भन्दा बढिको अटो भर्ने दिन आयो । तर लेख्ने के भनेर सम्झीदा सम्झिदा एउटै साथीको अटो भर्न एक हप्ता जति लाग्थ्यो । एक दिन अटो दिने साथीसँग भए गरेका कुरा मिलाएर लेख्ने अनि अर्को दिन अलि अलि मुतmक, कबिता कतैबाट साभार गरेरै भए पनि लेख्ने । आफूले भन्दा पहिले लेख्ने साथीका लेखाइ पनि हेर्न पथ्र्यो नै । पहिले लेखेका साथीका माथ खाने गरि लेख्न पर्ने तर काम सजिलो भने थिएन ।
लेख्ने ब्याहोरा भने जस्ले जसरी लेखे पनि एकै झै हुन्थ्यो । कहिले कही कक्षाका मन परेको केटा केटी पर्यो भने चाही थारै डवल मिनिङ लाग्ने सम्बोधन र ब्यहोरा लेख्थे । जस्तो कि प्रिय साथी । धेरै साथीले लेखे मनका कुरा । धेरै काल दिन सम्झने कसम खाए । अरुले लेखेका कुरा पढ््ता लाग्थ्यो बिद्यालय बेकारमा छोड्न लागिएछ । यो एसएलसी पनि कति छिटो आएको । अनि बेला बेलामा परेको झगडा र तुष छ भने पनि सबै कुरा कुनै जादुको छु मन्तरले सकाए जस्तै सकाएकोथ्यो अटोले ।
अटो भर्ने र बोक्ने काम एसएलसी जाँच एक दुई हप्ता अघि सम्म चल्यो । चरिकोट दोलखाको सदरमुकाममा एसएससीको सेन्टर थियो । द्धन्द्धका कारण नेपाल भरिको जाँच सदरमुकाममा हुन्थ्यो । सदरमुकाम भनेको पैसा भए मोज मस्ति र कसैको करकाप नहुने ठाउ थियो । मज्जाको ठाँउ । त्यहाँ दिनदिनै बिद्यालय जानु थिएन । हामीलाई आइरन गेट आइरन गेट भनेर कराउने मास्टर थिएनन् । थियो त मस्ति थियो । बाआमाले टिउसन पढाउन दिएको पैसा थियो । कोठा भाडाको लागि दिएको पैसा त झन हुने नै भयो । मनलाग्यो पढ्यो मन लाग्यो घुम्यो मन लाग्यो साथीको अटो झिक्यो । भाव भाङ्गी मिलाएर वाक्य खर्चियो ।
मेरो कक्षामा ३२ जना बिद्यार्थी थिए । ती मध्ये २० भन्दा बढिको अटो तयार थिए । मेरो अटो बनाउने रहर रहरै भयो । मलाई लाग्थ्यो मेरो अटो फरक हुन पर्छ । त्यसैले म चरिकोटबाटै अटो किनेर ल्याउने सुरमा थिएँ । म नगए पनि बालाई ल्याउन लाउने सुरमा थिएँ ।
नभन्दै एक दिन बा चरिकोट जाने भए । उनलाई अटोको बारेमा के भन्ने । यो पढ्न चाहिने हो भन्ने कि लेख्न । अनि त्यति साह्रो महंगो कपिमा झन राजेश हमाल चप्काएर फूल कबिता, रंगिन अक्षर लेखेको देखे तिनले मलाई के भन्लान् । मैले सिधै उनलाई यो कुरा भन्न सकिने अबस्था भएन ।
अब मैले मेरो सोर्स प्रयोग गरेँ आमा । कति प्रयास गरेर आमालाई अटोको महिमा कण्ठ गराएँ । पहिलो त आमाले राम्ररी अटो भन्न नआएर हैरान । अनि सम्झाउन उनलाई मैले बाक्लो कापी हो त्यसलाई अटो भन्ने कुरा सम्झाएँ । उनी मेरो कुरामा राजी भइन ।
चरिकोटबाट बा फर्किए । म ढुक्क थिएँ आमाले भने पछि नहुने केही थिएन । जाबो बा न थिए । आमाले मेरो लागि अटो भने पछि हुन्न भन्ने हिम्मत कस्को ? त्यसैले म फुरुङ थिएँ । मसँग जस्तो राम्रो अटो अरुको नहुुने भो भन्नेमा । बाले मलाई बोलाए । एक मन त डर भो । स्पष्टिकरण माग्लान कि भनेर । तर अर्को मनले भन्यो जाबो स्पष्टिकरणमा के छ ? शानदार अटोमा पो छ ।
तिनले झोलाबाट झिकेर मेरो हातमा थमाए । त्यो बाक्लो इलग छाप कपि थिएन । न मैले सोचेको अटो नै थियो । तिनले त लामो र बाक्लो लेख्ने कपिपो ल्याएछन् । न रुनु न हास्नु । न लिनु न फाल्दिनु । परेन फसाद । मेरो सपना चकानाचुर भयो । बाले भने होइन केटो चरिकोट भरि खोजियो त्यत्रो दुई सय जाने एउटै कपि त भेटिएन त ।
आमा खोज्दै म गोठैमा पुगेँ । उनी भैसी दुदै थिइन । दुनिया हारेको अनुभव भाको मलाई आमासँग गुनासो थियो । एक सास नबिसाई पोखेँ । उनले भनिन अनि त्यही कपिमा लेख्न । मलाई बिहान तंले भनेको नामनै आएन । त्यसैले दुई सय पर्ने एउटा कपि हुन्छ रे ल्याइदिनु भनेकै थिएँ त । ल्याइदिएनन् ?
बा चरिकोट जानु भन्दा अघिल्लो दिन त्यत्रो अटो महिमा । बेकार भो । उनले सम्झाइन एक महिना पछि तंआफै किन हुदैन । नहुनु के थियो । त्यसपछि मलाई अटो बनाउने रहरै मर्यो । बरु साथीकामा भर्दै लेख्दै आनन्द भो ।
यस्तो अटो भरेको पनि दस बर्ष बितेछ । हामी साथीहरु पनि छुटिएको पनि त्यति नै भो । कहिले कही आक्कल झुक्कल साथीहरु भेटिदा सन्चो बिसन्चोको मात्रै कुरा हुन्छ । अनि कस्ले कति के गर्यो भन्ने पनि । बिद्यालय, अटो त सबैले बिर्से नै होला । समयसँगै । मसँग अटो भएन । तर अटोको सम्झना आलै छ ।
अटो भर्दा सबै भन्दा गार्हो मुक्तक कबिता लेख्नु थियो । अरुले साथीले कता कताबाट लेख्थे थाहा भएन । लेख्न चाही लेख्थे ।
पसलै जानु सुन्तला खानु हातैले उदारी
रातीको लेखाई बतिको छेकाइ पढ्नु है सुधारी ।
आकाशमा उड्ने चरिलाई के थाहा समुन्द्रको गहिराई
धोका दिनेलाई के थाहा मायाको बुझाई ।।
खोला बगे पनि बालुवा रहिरहन्छ
मान्छे टाढा भए पनि सम्झना आइ रहन्छ ।।।

Sunday, July 15, 2012

स्कुलमा ब्याबहारिक शिक्षा

केशव केसी सौलयुवक माध्यमिक बिद्यालय, बुङमतीमा २ कक्षामा पढ्छन् । उनी शिक्षकले भनेका कुरा लामो समय सम्म सम्झन सक्दैनन् । अनि अरु बिद्यार्थी जस्तो छिटो लेख्न र पढ्न पनि सक्दैनन् । त्यसैले बिद्यालयले उनीलाई सके सम्म ब्यबहारिक रुपमा सिकाउने प्रयास गरेको छ । बिद्यालयमा केशव झै मानसिक र शारीरिक अबस्था कमजोर भएका ३८ बिद्यार्थी छन् । सबै बिद्यार्थीलाई रुचि अनुसार खेल्ने र बजाउने सामाग्री दिइन्छ ।
धेरै बिद्यार्थीलाई गीतसंगीत मन पर्छ । कोही बाजा बजाउछन कोही गीत गाउँछन् । यस्ता गाउँदै बजाउदै सिकाउने हो भने उनीहरुले धेरै कुरा सजिलै सिक्छन् । लामो समय सम्म सम्झन्छन् । शारीरिक र मानसिक रुपमा कमजोर भएका बिद्यार्थीलाई पढाउन शिक्षकले बिशेष खालको तालिम लिएका छन् ।
पढाउने बेलामा उनीहरु र सामान्य बिद्यार्थीलाई संगै राखेर पढाए पनि उनीहरुलाई बुझाउन थप सयम लाग्छ । धेरै बर्ष देखि शारीरिक र मानसिक बिद्यार्थीलाई पढाई रहेका दयाराम महर्जनले सुनाए । बाजाकै तालमा कति चोटी कुन बाजा कसरी बजाउने भनेर गन्न सिकाउन सकिन्छ । उनीहरु यस्तो शिक्षण शैलीमा रमाउँछन् । ध्यान दिएर सिक्छन् । त्यसैले पनि हामीलाई सिकाउन सजिलो भएको छ । उनले थपे ।
केशवलाई तबला बजाउन आउँछ । उनले तबला बजाउन थालेको पनि दुई बर्ष भन्दा बढि भैसक्यो । उनी परेको बेलामा बाँसुरी पनि बजाउँछन् । यस्तो काम गर्न उनलाई निक्कै मन पर्छ । मलाई तबला बजाउन आउँछ । धेरै राम्रो चाहि होइन । म केही गीतहरुलाई सुहाउने बजाउन सक्छु । मजस्तै बाजा बजाउन सक्ने साथीहरु अरु पनि छन् । हामी सबै जना मिलेर बजाउँदा बस्दा रमाइलो लाग्छ । उनले अनुभव सुनाए ।
उनीहरु मध्ये गीत गाउन जान्नेमा चाहि रमेश थापा छन् । उनी आँखा देख्दैनन् । साथीहरुले बाजा बजाएपछि मलाई गीत गाउन मन लाग्छ । अनि जब गीत गाउँछु निक्कै आनन्द लाग्छ । गीत झै पढाईका कुरा पनि सम्झन सकिन्छ । त्यसैले पनि मलाई पढाइ र गीत उस्तै लाग्छ । उनले अनुभव सुनाए । पढाईसँगै गीतगाउनमा राम्रो गर्ने उनको रहर छ ।
शारीरिक र मानसिक रुपमा कमजोर बिद्यार्थीका समस्या फरक फरक छन् । उनीहरुलाई सुहाउदो खेल सामाग्री दिइएको छ । यस्ले गर्दा उनीहरुलाई सजिलै समय कटाउन र नयाँ कुरा सिक्न सजिलो भएको छ । स्थानिय सुर्जलक्ष्मी महर्जन उनीहरुले बजाएकोे गाएको सुन्न बेला बेलामा आउँछिन् । उनीहरुले सामान्य मानिसको झै राम्रो त होइन तर आफ्नै स्तरको राम्रो गाउँछन् बजाउँछन् । त्यसैले बेला बेलामा म पनि यसो सयम मिल्दा छिर्छु । उनीहरुसँग कुरा गर्दा पनि रमाइलो हुन्छ । रमाइलो कुरा गर्छन् ।
यस्ता बिद्यार्थीलाई बिद्यालयमै खाने बस्ने ब्यबस्था गरेको छ । त्यसमा लाग्ने खर्च दस जना बिद्यार्थीको सरकारले दिन्छ । अरुको ब्यतिगत रुपमा सहयोग गर्नेहरुबाट चलिरहेको शिक्षक महर्जन बताउँछन् । हामीलाई अझ धेरै बिद्यार्थी राखेर पढाउने मन छ तर समस्या आर्थिक पक्षको पनि हुन्छ । अहिले हामीले यो भन्दा धेरै बिद्यार्थी राख्न सक्ने अबस्था छैन । भबिष्यमा आर्थिक पक्ष सुधार भए हामी अझ बिद्यार्थी राखेर पढाउन सक्छौ । उनले भने ।

Sunday, July 8, 2012

REDD Documentary

जलवायु परिवर्तनको मुख्य कारक हो कार्वन उत्सर्जन । त्यही कार्वनलाई सोसेर रुख बिरुवाले आफुलाई चाहिने खाना बनाउँछ । वायुमण्डलमा भएको कार्वनको मात्रा घटाउँछ । यो प्रकृयालाई नै कार्वन संचिति भनिन्छ । वनको दिगो व्यवस्थापन गर्दै वनमा कार्वन संचिति बढाए वापत भुक्तनी दिने संयन्त्रलाई रेड प्लस भनिन्छ । रेड प्लसका बारेमा अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र इसिमोडको सहयोगमा तयार पारिएको डकुमेन्ट्री ।

लेखन तथा निर्देशन
गोकुल ध्वर्जे तामाङ

कार्यकारी निर्माता
सुशील मैनाली

सरुण तुलाधर

बिकुराम तजले

Saturday, July 7, 2012


हरित अर्थतन्त्र दिगो विकासको मूल मन्त्र भन्ने नाराका साथ जुन ५मा विश्व वातावरण दिवस मनाइयो । अनि यहीबेला नेपालले सन् २०१३ र १४ को लागि नेपालले कम बिकसित देशको तृत्व गर्ने अवसर पायो । अबका दिनमा अन्तरराष्ट्रिय जगतमा आफ्ना मुद्धा उठाउन नेपालले के गर्नुपर्ला ।

लेखन र निर्देशन 
गोकुल ध्वर्जे तामाङ

कार्यकारी निर्माता
सुशील मैनाली

सरुण तुलाधार

चन्द्र माझी 

वातावरणको कुरा गर्दा सफा शहर सबैको कल्पनामा आउँछ । तर शहर सफा गर्न कल्पना गरेर पात्रै पुग्दैन । सबैले केही न केही गर्नुपर्छ । अनि साँच्चिकै वातावरण जोगाउन लाग्ने हो भने सबै मिल्नैपर्छ । कुनै समारोह वा विशेष दिवसका दिन गरिने कामले एकछिनलाई सन्तोष मिल्ला तर अभियानकै रुपमा यो काम नगरे भोलीदेखि यो मुद्धा बिर्सनेको संख्या निकै बढी हुन्छ । अनि यस्तो अभियान केही समय अगि गरिएको नगर सफाई अभियान भन्दा पनि भिन्दै हुनु जरुरी छ । काठमाडौंमा परापुर्व काल देखि नै सिठी नख ः भन्ने चाड मनाइन्छ । यो दिन कुवा, इनार, पोखरी सफा गर्ने चलन छ । यस्ता अभियान र चाडमा के फरक छ त ? 

लेखन तथा निर्देशन
शोभा मानन्धर

कार्यकारी निर्माता
सुशील मैनाली

सरुण तुलाधर

बिकुराम तजले
चन्द्र माझी

Tuesday, July 3, 2012


थापाथलीबाट हतारिदै रत्नपार्क जाँदै थिएँ । मुलसडक सुनसान थियो । लाग्यो थापाथली इन्जिनियरङका बिद्यार्थीले आन्दोलन गरे होलान् । पढाई र आन्दोलन कुन बढि हुन्छ क्याम्पसमा भने आन्दोलन भन्ने जवाफ आउने पढाई पराम्पारा छ हाम्रो । तर्क दिनेले नेपाली माटो सुहाउने पढाई शैली पनि भन्लान् । अनि कपि राइट हाम्र्रै भन्लान ।
गाडिमा जाने हो भने थापाथलीबाट रत्नपार्क पुग्न मुस्किलले दस मिनेट लाग्छ । त्यसो हुनु एउटा शर्त छ, गाडि जाम पर्नु भएन । पैदलै जाने हो भने पनि आधा घन्टामा रत्नपार्क पुगिन्छ । त्यसैले म आधा घन्टा पहिले नै निस्किएँ ।
गाडि नभए पछि हिड्नुको बिकल्प थिएन । त्यसैले एकसुरले थापाथली चोकबाट त्रिपुरेश्वर तिर लम्किनै लागेको बेला झप्प पछिल्तिरबाट कसैले तान्यो । तनाई मज्जाकै थियो । उसको तनाईले म झन्डै लडेको । कुन चाहि चिनेको होला रोक्न यसो गरेको होला भनेर पछिल्तिर फर्कन्छु त शशस्त्रको हल्दार साहेव पो मलाई तानिरहेका रहेछन् ।
ओइ केटा आँखा गोजीमा हालेर हिडेको छस् ?
सडकैमा हेरेर हिडेको छु त । के भयो ।
आँखा सडकमा भएको भए देखेनस हामीलाई ।
किन नदेख्नु देखेको हो । अरु बेला पनि बस्थ्यौ आज पनि बसेछौ अनि फरक के भो र ?
होइन आज फरक छ ।
के फरक छ?
आज राष्ट्रिपति महोदयको सवारी छ । त्यसैले अहिले जान मनाही छ ।
यसो पारी हेरेको मान्छे हिडिराखेका छन् । औलो पारी तिर पार्दै मैले अघि तानेको रिस फेर्दै झर्किएँ ।
हो त पारीको पारी हिड्ने वारीको वारी । बाटो तर्न मनाही छ ।
होइन म जानु पर्छ ।
तिमीले जिद्दी गरेर हुन्छ जान पाउदैनौ ।

उनले मलाई यसरी हेरे मानौ मेरो हातमा बम छ र म उनैलाई ताकेर हानिहाल्छु । पुग्न त पारी नै हो । उता साथी मलाई रत्नपार्कमा पुग्नु छ । मलाई सधै आरोप लाग्छ बेलामा आउँदैनस् । समयको महत्व थाहा नभएको मानिस । जान खोज्यो हल्दार महोदय मज्जाले अठ्याएर भन्छ तैले पर्खनुपर्छ । रिसको पारो चढ्यो । गर्नु के ? फेरी चुप लागेर बस्नुको बिकल्प भएन । ती भुडे हल्दारसँग तर्क गर्नु भन्दा चुपचाप बस्नु उत्तम झै लाग्यो । हुनत त ती भुडे हल्दारको पनि दोष थिएन । उनलाई माथिबाट आदेश आयो । बाटो रोक भने । उनले त्यसै गरे । उनीसँग के रिसाउनु ।

सडकमा हेर्यो खाली छ । कति खेर ती राष्ट्रपति कति खेर हुइकिने हुन् कुनै पत्तो छैन । बिस्तारै बस्दा बस्दै मान्छेका हुल धेरै भए । सबैले सडक पार गर्न माग राखे । हुदैन भन्नलाई प्रहरी माथि प्रहरी थपिए । यति गरुन्जेल पाँच मिनेट जति बितेको हुदो हो ।

माग माथी माग आए पछि पाखा लागेर बसेका असइ खुइया गर्दै आए । उनको वाकीटकीमा के भने । अनि हामीलाई सडक पार गर्न दिए । हिड्दा हिड्दै कसैले भने यस्तै गर्छन र त बम हान्नु पर्ने । अरु कसैले भने राजा गएर के भो अर्को राजा आएछन त ।
पैदलै रत्नपार्क पुग्न लाग्दा पनि राष्ट्रपति महोदय आएका थिएनन् । थापाथलीबाट रत्नपार्क पुग्नु भनेको कम्तिमा आधा धन्टा होला । अनि मलाई लाग्यो राष्ट्रपति पहोदयले शितलनिबासमा सुरुवालको इजार कस्दै गर्दा तिनका भरौटे कुरौटेले काठमाडौको बाटो खाली गराउने रहेछन् । महोदयले दौराको तुना कस्दै गर्दा कति सडकमा म जस्तै मनुवालाई त्यसरीनै घिर्सादा हुन् । कति सवारी साधानको आइसीमा तिरेर आधा दिन लाइनमा बसेर हालेको इन्धन सकिदो हो ? हुन त यस्तो कुराको हिसाव किताव गर्ने न सरकारले गर्छ न राष्ट्रपतिले । तिनलाई आफू हिड्ने सडक खुल्ला भए भयो अरुका बाल मतलब ।

कुनै दिन कतै मैले सुनेको थिएँ राष्ट्रपतिका अमृत बाणी । उनले भनेका थिए । म किसानको छोरो । मैले सानो हुँदा भैसी चढेको हुँ चराएको हुँ । मलाई सबै नेपालीको जीवनशैली थाहा छ । यदि त्यसो भए उनले किन त्यात्रो समय काठमाडौका यत्रा धेरैलाई सास्ती दिएका होलान् । हुन त ती हिजो जनता थिए अब राजा भए भनौ शासक भए । शासक र शासितको फरक नै त्यही होला कि ?

Saturday, June 30, 2012

जुनबेशीको नुन चिया

जुनबेशीको नुन चिया

प्राकृतिक रुपमा निक्कै रमणिय ठाउँका रुपमा चिनिएको सोलुखुम्वु बिकट पनि छ । यो जिल्लाको धेरै ठाउँ पुग्न कि त प्लेन चढ्नु पर्छ कि त पैदल । धेरै ठाउँमा अहिले खडक खन्ने काम त भएको छ तर डोजर भन्दा अरु केही गुड्दैन । सोलुखुम्वु सगरमाथा हिमाल पर्ने जिल्लाको रुपमा चिन्छन् । सगरमाथा बाहेक पनि धेरै ठाँउ निक्कै रमाइला छन् ।
सोलुखुम्वुको सदरमुकाम फाप्लुमा प्लेनबाट ओर्लिदा नुम्वुर हिमालको  चिसाले स्वागत गर्छ । चिसो मौसममा बाक्लै लुगा चाहिए पनि सधै न्यानो लुगा भने चाहिन्छ । घुम्नका लागि फाप्लुमा धेरै कुरा छन् । जस्तो बुद्धधर्मालम्वीहरुका लस्करै गुम्वा छन् । मन लागे एक छिन घुमेर आनन्द लिन सकिन्छ ।
फाप्लु नजिकैको दोर्पुसल्लेरी  सानो नेवारी गाउँ हो । कुनै बेला सल्लेरीमा ब्यापार गर्न छिरेका नेवारहरुको बस्तिमा अहिले भने गाउँमा भएको मिडिया क्रान्तिको गाउँ भएको छ । उनीहरु आफै मिलेर सोलु खोलाबाट बिजुली निकालेका छन् । त्यसैले काठमाडौमा जस्तो लोडसेडिङको समस्या सल्लेरीमा छैन । गाउँमा रेडियो सोलु छ, योङस्टार केवल टेलीभिजन छ, अनि सोलु समाचार पत्रिका र सोलु अनलाइन न्युज पोर्टल छ । अनि दोर्पुसल्लेरी गाउँ सदरमुकाममा भएको इन्टरनेट सेवाको हब केन्द्र हो ।
यति धेरै सञ्चारका साधन सञ्चालन गर्न एउटै गाउँले सक्नु राम्रो सफलता भएको स्थानिय क्लव योङस्टारका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठ बताए । उनी भन्दै थिए हामी यहाँका सबै राम्रो कुरामा एक भएर काम गर्छौ । सबै मिले पछि असम्भव झै लाग्ने काम पनि सजिलै हुदो रहेछ । त्यसैले पनि अहिले हामी शायद नेपालकै राम्रो सञ्चार सुबिधा भएको गाउँमा पर्छो होला । उनले यसो भनि रहँदा उनको हात भने सामाजिक सञ्जाल फेसवुक चलाउने ब्यस्त थिए ।
फाप्लु गाउँमा बनेको घरहरु आकार्षण काठबाट बनेका छन् । झ्याल, ढोका र घर भित्रको भागमा कलात्मक रुपले बुट्टा कुदिएका छन् । हेर्नेलाई हेरि रहौ जस्तो । बस्ने ठाउँमा बसौ बसौ जस्तो । जुन घर हेर्यो त्यो घर राम्रो । ललिपुरबाट घुम्नको लागि आएकी प्रतिशारा शाक्यलाई पनि घरको कला निक्कै मन प¥यो रे । सक्ने भए यस्तै घर बनाउनु हुन्थ्यो । शहर तिरका सेमेन्टको घर वाक्क लाग्दो छ । सिमेन्टै सिमेन्टको घरहरु बिचमा जन्मिएकी उनले सुनाइन । रमाइलो त यतै छ । काठको घर बनाउनु यताका मानिसको बाध्यता हो । यस्ता घरहरु निक्कै न्यानो भएकोले पनि यस्ता घर धेरै बन्छन् ।
फाप्लु नजिकैको अर्को रमाइलो ठाँउ जुनबेसी हो । शेर्पा बस्ती भएको यो ठाउँमा हिमाली र शेर्पा  संस्कृतिको हेर्न सकिन्छ । यो ठाँउमा पुग्न फाप्लुबाट तीन घन्टाको पैदलबाटो कस्सिएर हिड्नुपर्छ नत्र चार देखि पाँच घन्टा ।
फाप्लु र जुनबेशीको बाटैमा पर्ने बेनी पनि निक्कै रमाइलो ठाँउ छ । चढ्नको लागि घोडा पाइने । हिड्न नसक्नेहरुको लागि घोडा चढेरै रमाइलो बाटो काट्ने थलो बन्न सक्छ । काठमाडौ देखि घुम्नको लागि आएका अर्जुन श्रेष्ठलाई पनि यो ठाँउ निक्कै मन प¥यो रे । गज्जवको ठाँउ रहेछ यहाँ बस्ने हो भने सबै मनका पीर नै भुल्ने । सस्तैमा घोडा पनि चढ्न पाइने रहेछ ।
प्लेन र सल्लरीमा मोटरबाटो नआउदा सम्म यताका मानिस सबैले जिरीबाट काठमाडौ जानको लागि  हिड्ने बाटो अचेल भने सुन्य छ । कटारी सल्लेरी सडकले यताबाट मान्छे हिड्न छाडे त्यसैले पहिले जस्तो छैन । नत्र धेरै त प्लेनबाटै जान्छन् बेनीमा पसल गरेर बसेकी जुनमाया तामाङले गुनासो गरिन् । मानिसलाई जसरी सजिलो हुन्छ त्यसै गर्ने न हो । पहिले कि प्लेन कि हवाइजहाज । त्यसको बिकल्प थिएन काठमाडौको लागि ।
बाटो भने सबै ढुङ्गा बिछ्याएर बनाइका हिडी रहुँ झै लाग्ने ।  बिच बिचमा बस्नका लागि चौतरा छन् । अनि पिउने हो भने चिसो पानीको धारा छन् । माने र छ्र्योतेनसँगै रहेको दर्जीले बौद्ध धर्मालम्बीहरुको बस्ति बाक्लो रहेको अट्कल गर्न सकिन्छ । यस्तो कुरा हेर्नको लागि दायाँबायाँ जानै पर्दैन बाटैमा छन् । हिड्नेहरुले माने छ्यार्तेनलाई दाया बनाएर घुम्नु पर्छ रे । यसो गरे यात्रा शुभ हुने बिस्वास छ । बाटोमा हिड्नेहरु त्यसरी नै हिड्छन् ।
जुनबेशी कुनै बेला निक्कै चलेको पर्यटकीय ठाँउ अहिले भने सुनसान छ । कुनै बेला जुनबेशीमा बस्ने बास नेपालीले पाउँदैनथे । यो कुनै बेलाको कथा झै भैसक्यो । सानो र चिटिक्क परेको शेर्पा गाउँ अहिले बैस सकिएको मान्छे झै छ । लमतन्न र चुपचाप । तैपनि बेला बेलामा मानिसहरु जुनबेशीको प्राकृतिक सुन्दतरताले लोभ्याएर ल्याइपुर्याउँछ । मान्छेहरु पुगेपछि दुई तीन दिन बस्छन् मस्तले ।
पहिले लुक्ला प्लेन नचल्दा जिरीबाट पर्यटक यही बाटो भएर सगरमाथा आधार क्षेत्रमा जान्थे । जुनबेशी पर्यटकका लागि आराम गर्ने थलो थियो । त्यसैले अहिले पनि यहाँ राम्रै सुबिधा भएको होटेलहरु छन् । जुनबेलोशीमा होटेल चलाएर बसेकी दावा शेर्पाले सुनाइन हाम्रो गाउँको गुम्वा सोलुखुम्वु भरिकै पुरानो गुम्वा र बौद्धधर्मालम्बीको पुरानो गुम्वा मध्यको हो । त्यसैले सगरमाथा जाने मान्छे मात्र होइन धार्मिक आस्था भएको मानिसहरु पनि यता आउन सक्छन् । अचेल त यताबाट होइन सिधै प्लेनबाट बेसक्याम जान सकिन्छ । त्यसैले मानिसहरुले यताको बाटो छोडे । अब हामी मात्र छौ कहिले कही मात्र अरु मानिसहरु यता आइपुग्छन् ।
जुनबोशीमा शेर्पा खाना ज्यादै मिठो गरि पाक्छ । त्यसो त तँपाईले देशी बिदेशी खानको अर्डर दिए नबन्ने नै चाही होइन । चिसो ठाउँ भएकोले चिया मज्जैले पिउनु पर्छ । चिया पनि एक थरी होइन थरी थरी । कालो चिया,सेतो चिया,नुन चिया,कागती मिसाएर बनएको हट लेवन । मिनु लामो छ । अनि बनेका चियाको स्वाद मज्जाको छ । त्यो भन्दा मज्जाका मानिसका मन छन् । धेरै शेर्पाहरु बिदेशमा छन् । होटेल घर धान्ने काम शेर्पिनीहरु हुन् ।  धेरै पहिले देखि गाउँमा होटेल चलाएर बसेकी आङफुटी शेर्पाले सुनाईन अरु धेरै गाउँ जस्तै हो हाम्रो गाउँ पनि । सक्नेहरु कमाउन बिदेशमा छन् हामी यता । तर धन्दा नमान्नुस अरु राम्रो बनाउन नसके पनि शेर्पाले पिउने नुनचिया मिठो बनाउछौ । कि कस्तो लाग्यो ?

Tuesday, June 12, 2012

आमा बा

आमा बा

ठ्याक्कै कालिङचोकको डाँडोमा घाम हुँदा आमा भन्थिन एक भारी घाँस काट्ने समय छ । तिमीहरु कुखरालाई खोरमा राख म काटेर आइ हाल्छु । हामीले कुखरा खोरमा छोप्न नपाउदै उनी घाँसको भारी बोकेर आउथिन । मलाई लाग्थ्यो आमाले दिउसै काटेर राखिकि थिइन । भारि हालिन, बोकिन र आइन । एक भारि घाँस काटेर आउँदा पनि केही काम नगरेको देखे पछि उनी भन्थिन चुदे नागा चुङ आखाम्वा । तिला कान ख्वासी थान्साई ? जाबो यति कुखरा छोप्न नसक्नेलाई के भात ख्याएर राख्नु ।

मलाई लाग्थ्यो । आमाले झै भारी बोक्न सक्ने भाको भए म घाँस बोक्न जान्थे । अनि आमालाई कुखरा छोप्न लाउँथे ।

कुखरा छोप्ने काम त्यति सजिलै थिएन । काठमाडौमा लोकल भनेर भाँडामा राखेर बोच्ने भन्दा फरक खालका थिए ती कुखरा । दिन भरि छाड्यो पाखा भित्ता कता पुग्ने कता । तिनलाई खोज्न बेलुका भरि लाग्ने । अबस्था यस्तो हुन्थ्यो पहिले कुखरा खोज्ने हिडेका हामी दाजुभाइ दिदी बहिनीको पल्टन कुखरा खोज्दा खोज्दै आफै हराउँथ्यो । अरु नै कुरामा ध्यान जान्थ्यो । कुखराको वाल मतलव ।

हाम्रो घरका ठ्याक्कै अघि नासपातीको रुख छ । त्यो कहिले देखि थियो मलाई थाहा छैन । आमाले काट्ने घाँस बारी नासपातीको रुख तल थियो । जव उनी नासपातीको रुख छेउमा हुन्थिन हामीलाई हाम्रो डिउटी याद हुन्थ्यो । कुखराका याद आउँथ्यो । त्यो बेला पल्टन फेरी डिउटीमा त फर्किन्थ्यो तर समय घर्किसके पछि । आमा त्यसरी नै भन्थिन तिला कान ख्वासी..............।

मेरो गाउँ भन्दा तल पैती भन्ने क्षेत्री गाउँ छ । त्यहाँ मेरी दिदीको मित आमा थिइन । उनी किन मित आमा भएको मलाई थाहा भएन । स्याउको रुख झै मैले जाने देखि नै मित आमा । ती नै मित आमाकोमा आमा गइरहनु हुन्थ्यो ।  आमा पैती जानु भनेको हामीलाई खेल्नका छुट हुनु थियो ।
पैती जाने दिन आमाले घाँस दिउसै ल्याउथिन् । हाम्रो लागि बन्ने खाजा पनि छिट्टै पाक्थ्यो । कालिञ्चोक भन्दा निक्कै तल चरिकोटैमा घाम हुदै आमा ओरालो लाग्थिन । हाम्रो बेलुकीको काम सधै झै उस्तै हुथ्यो एक नासे । अर्थात कुखरा गोठालो ।
कुखराका भाले हामी दाजुभाइ दिदीबहिनीको पल्टन भन्दा निक्कै बलियो थियो । गाउँका मान्छेहरु हाम्रो भालेलाई हेरेर भन्थे लौ कुकुर पो भोटे भनेको सुन्थे भाले पनि रैछ । अनि ति थप्थे यो भालेले स्याललाई उल्टो झम्टेला । गाउँ भरि हाम्रो घरको भाले अजङग भनेर चर्चा थियो । हाम्रो डिउटीमा त्यो भाले पनि पथ्र्यो । दाजुभाइ दिदी बहिनी पल्टनको लागि काम लरोतरो थिएन ।
हामीले छोप्न नसके पछि आमा हामीलाई ठूलो आँखा पारेर हेर्थिन अनि भन्थिन् तिला कान ख्वासी थान्साई ।
मलाई लाग्थ्यो मेरी आमाले गर्न नसक्ने केही छैन । जस्तो कि भात पकाउने, मिठो तरकारी पकाउने, हाम्रो लुगा धुने, अरुको बारीमा नपस्ने गरि भैसी चराउने, बारीमा धेरै मान्छे भन्दा छिटो र राम्रो गरि आलु गोड्ने, मकै गोड्ने, थाङरो राख्ने, भैसे दुहुनी कति हो कति । सम्झेर र भनेर साध्य छैन । बेला बेलामा तिनी गीत पनि गाउँथिन ।
तोरसेला शैलुङ लारिमी
खस्रुक धोङला टारिमी
सिल्वागा सिल्वा लामा खाम
ए पापी खाइखाई दोजिमाले
पाङ आयाङनी सेमला ताम ।
माथी माथी शैलुङ लेकमा,
खस्रुक रुखको फेदमा,
शितल हावा चलि रह्यो,
मनको कुरा भन्नुथ्यो आफ्नै मनमा रहि रह्यो ।

आमाले गर्ने कामको लिस्ट एउटा होइन कति हो कति । कहिले कही रमाइलो गर्न मन लाग्यो भने पन्ध्र पन्ध्र दिनमा लाग्ने फस्कू गोठपानीको हाटमा जान्थिन् ।
गोठपानी हाम्रो गाउँ देखि झन्डै एक घन्टाको टाढाको बाटो पैदल जानु पर्ने ठाउँ थियो । वरीपरि चौतरी बिचमा खाली ठाँउ । गाउँटोलका मान्छेहरु आफूलाई चाहिएको सामान ल्याउथे । अरुलाई दिन्थे । यो हाट एक खालको सामान साटासाट गर्ने थलो थियो ।
आमा हाटमा घरमा केही सामान चाहियो भने जान्थिन् । आमा हाट जानु भनेको हामी पल्टनको लागि मौसम अनुसारको फलफूल खान पाउनु थियो । बर्षाको बेलामा छ भने पदेल भन्ने साना साना दाना भएको फल आउँथ्यो ।  केरा आँप त भन्नै परेन । अनि जाडोको बेलामा भए सुन्तला फल्थे । आमा हाट जानु भनेको हाम्रो लागि साँच्चैको रमाइलो दिन थियो । मलाई आमाले त्यहाँ गएर कसरी ल्याउँथिन थाहा थिएन ।
हाट जाने दिन । बिहानै आमा गोठको काम गर्थिन । अनि नुहाएर नयाँ लुगा लगाउँथिन । हाम्रो नयाँ लुगा राख्ने ठूलो सन्दुक थियो । त्यसमा प्राय साँचो लाग्थ्यो । त्यो खोल्ने बन्द गर्ने अधिकार पनि आमालाई मात्र थियो । उनले सन्दुक खोले पछि बा र उनको पुरानो फोटो हेर्ने र नयाँ लुगाको गन्ध मलाई खुब मज्जा लाग्थयो । त्यसैले म उनलाई जिद्दी गररै पनि सन्दुक खोल्न लगाउँथे । हो त्यही सन्दुक बाट आमा नयाँ लुगा झिकेर लाउँथिन् । उनले अघिल्लो दिनै छुट्याएको आलुको पोको हुन्थ्यो । त्यो भन्दा पहिला हाम्रा लागि के खाने के काम गर्ने ? सबैको लिस्ट उनीसँग हुन्थ्यो । उनी सम्झाउथिन । हामी हुन्न भन्दैनथेउँ । किनभने हाम्रो एक हुन्नले पदेल, केरा, आँप अथवा सुन्तला नआउने हुन सक्थ्यो । भलै हामी काम गर्दैनथ्यौ ।
आमा हाटबाट बेलुकी फर्कनुहुन्थ्यो । आमा आउने समय हामी घाम हेरेरै थाहा पाउँथ्यौ । हाम्रो घरबाट बिस्तारै घाम स्याउको डाँडोमा पुग्थ्यो । अनि हाट लाग्ने गोठपानी, अनि चरिकोट, अनि कालिञ्चोक अनि चाही हिमालमा । त्यस पछि रात पथ्र्यो । आमा हाट गएको बेलाको दिनको घाम धेरै बिस्तारै हिड्थ्यो । अरु बेला मैले यति कम तरिकाले घाम हिडेको याद थिएन ।
बेलुकी फर्के पछि आमालाई कामको चाप उस्तै हुन्थ्यो । हाम्रो पल्टने टोलीको दैनिकी खासै फरक थिएन । हाटको परिकार खायो कुखरो धपायो ।
एक पटक आमासँग मलाई पनि पदेल फल्ने हाट जान मन लाग्यो । मलाई पनि आँप, केरा टिपेर मस्काउने सुर चल्यो । मैले आमालाई भने । उनले नकारिन । बित्ता नाङ तावा आरे तिल्ला हाट नी ? एक बित्ता भएको छैनस किन जाने हाट ?
मेरो पदेललाई मस्काउने प्लान चौपाट भो । मेरो दिमागले भन्यो लो केटो आमालाई नभनि पछि पछि दौडि ।
आमाले हामीसबैलाई अरु बेला झै काम के गर्ने कसरी सबै भनिन् । उनी आलुको सानो पोको बोकेर ओरालो झरिन । उनले स्याउको रुख काटे पछि म पनि नयाँ लुगा लगाएर दौडिएँ । पल्टजनको कप्तानी ठूली दिदीको हुन्थ्यो । उनी हामी भन्दा ठूली भएकीले पनि उनलाई धेरै कुरा थाहा हुन्थ्यो ।
मैले नयाँ लुगा लगाउने बेला सम्म बा घरमा थिएनन । उनी कति खेर घरमा हुन्छन् र कहिले कता गफमा भुल्छन् थाहा थिएन । तिनका लािग चरिकोटको घामको मतलव थिएन । न त गौरीशंकर न कालिञ्चोक नै । उनी गफिए पछि गफिन्थे गफिन्थे । घरमा भने आमाको स्वर सुन्ने बित्तिकै बा चुप हुन्थे । मैले थाहा पाए देखि बाले आमाको कुरा काट्दैनथे । आमाले बालाई घरको काम गर भन्दैनथिन । तिनै बा कतैबाट टुप्लुक्क आइपुगेछन् । मैले स्याउको रुख काट्न पाएको थिइन । तिनले भने पाराङ खाना ? कता माइलो ?
बासँग म दोहोरो कुरा गर्दैनथे । लौ बित्यास यी बा बेसाइतमा कताबाट झुल्किए । म चुपचाप ओरालो झरे । उनले दिदी अर्थात मेरा प्लाटुन कमान्डरलाई आदेश दिए । न्यू यायो । त्यसलाई फर्का ।
दिदी आइन । म झन दौदिए । आमा त्यो बेलासम्म पैतीको मित आमाको घर पुगेकी हुदी हो । दिदी मलाई फर्काउन दोडिइन । म बाटै बाटो नभइ कान्ला कान्ला उफ्रीएँ ।
दिदी पनि उफ्रिइन । एक कान्ला अर्को कान्ला फेरी अर्को । एकै छिनमा मलाई हाटको भन्दा पनि कान्ला उफ्रिदाको रमाइलो बढ्यो । अनि बाटो तिर नदौडिएर कान्ला कान्ला उफ्रिएँ । पहिले पहिलेका कान्ला साना थिए । फुत्त फुत्त फुत्किएँ । एउटा भने निक्कै अग्लो रहेछ ।
मैले दिदी तिर हेरेँ उनी तीन कान्ला माथीबाट म तिर दौडिदै थिइन । म तिन कान्ला मुनि थिएँ । मलाई लाग्यो अरु झै सानो कान्ला हो यो पनि । जम्प ठोकेँ । कान्ला निक्कै अग्लो रहेछ । मेरो ब्यालेन्स बिग्रियो । म मकैको छड्केमा बज्रएँ ।
हाम्रो तिर मकैको ढोड काट्ता खुर्पाले छड्के पारेर फेदमा काट्छन् । त्यो फेदको छड्के निक्कै तिखो हुन्छ । त्यही तिखो छड्केमा ठूलो कान्लाबाट म लडेँ । चसक्क केहीले घोचे झै भयो । लडेकै ठाउँबाट दिदीले दुई कान्ला माथि देखिइन । म जुरुक्क उठ्न खोजेँ अर्को कान्लामा उफ्रिन । कता कता पेटमा दुखे जस्तो भो । केही असजिलो भयो ।
दिदी बेकारमै धेरै कान्ला उफ्रिन परेकोले निक्कै रिसाएकी थिई । उनले बसेको देखेर ठानिछन् यो थाक्यो । उनले सानो तितेपातीको सिरकाना बोकेर रिसाउँदै आइन ।
म भाग्न चाहन्थे उठ्न सकि रहेको थिइन । दिदीले म लडेकै ठाउँमा एक बजाइन । झन्न भो । म दिदीको तितेपाले सिरकना खोस्न चाहथेँ । तर त्यो पनि सकिन । यो सबै यति छिटो भयो कि सायद तीस सेकेन्ड लागेको हुदो हो ।
एक्कासी रिसाएकी दिदी कालो निलो भइन । तिल्ला का ? के को रगत । मैले कम्मर तिर हेरेँ । हात चिसो चिसो भयो । अघि चसक्क भएको ठाउँमा जोडले झड्का आयो । यसो हेरेको रगत आएछ ।
त्यस पछि मात्र मलाई थाहा भयो मेरो कोखा भन्छन क्यारे मृगौला भएको छेउमा ढोडको छड्केले घोचेछ । अघि सम्मको मेरो फुर्ती सेलाउन एक सेकेन्ड लागेन । एक्कसी पिडा यति बढ्यो कि मेरो आँखा ओरीपरि पिलपिल केही नाचे झै देख्न थाले । दिदी रुदै चिच्याइन । मैले दिदीलाई थोरै देखे देखे जस्तो नदेखे नदेखे जस्तो हुदै जान थाल्यो ।
होस खुल्दा म खाटमा सुतेको थिएँ । मलाई आमाले हेरि रहेकी थिइन । अरे हाटमा पदेल किन्न हिडेकी आमा र म आफै हाटमा पदेल टिपेर खान हिडेको मान्छे यस्तो ठाउँमा पो भेट । पेटको देब्रे तिर निक्कै असजिलो भएको थियो ।
दिन बेलुका भएको हुन पर्छ । चरिकाट नजिकै देखिएको थियो । मैले जिन्दगीमा त्यति नजिक चरिकोट देखेको थिइन ।
तिरमिर तिरमिर देखेको दिदी त्यहाँ थिइनन् । बा आँखा तरेर बसेका थिए । आमाको अनुहार ठीट लाग्दो थियो । मैले आँखा खोले पछि भनिन पाराङ सुखाजी । माइला दुख्यो । मलाई दुख्ने भन्दा बढि असजिलो भएको थियो । मैले त्यही भने । आमाको अनुहारमा मेरो भन्दा बढि पिडा थियो ।
डक्टर आए । मलाई फेरी जाँचे । सामान्य घाउ भएको कुरा गरे । यो भाइ आत्तिएर बेहोस भएको हो । खासै चिन्ता गर्नु पर्दैन । अलि कति भित्र छड्के छिरेको भए केटोकाृे मृगौला नै जान्थ्यो । तर अहिले छाला मात्र फाटेको छ केही हुदैन । दुई तीन हप्ता रेष्ट गरे ठीक हुन्छ ।
उनले औषधी दिए । बाले मलाई बिस्तारै खाट बाट ओराले अनि डोकोमा राखे । बाले मलाई बोकेर अघि अघि लागे आमा पछि पछि । त्यो ठाउँबाट हिड्दा घाम कालिञ्चोकमा पुगेको थियो । म घरैमा भएको भए यो बेला आमाले ल्याएको पदेल मस्काउने बेला थियो । अनि सधा झै लोकल कुखराको डिउटी ठोक्ने बेला थियो । तर यो काम मैले आज गर्नु थिएन । कुखरा खोज्दा खोज्दै हामी डफ्फा हराउने खेल खेल्नु पनि थिएन । मलाई त बाले डाकोमा तकिया सहित बोकेर हिडेका छन् । म आमालाई हेर्छु उनले एउटा पाको बर्कोको सहयताले बोकिकी छिन् । अनि मेरो पछि पछि हिडेकी छिन ।
यही आमाले गर्दा त हो नी हुन्छ हिड हाडमा भनेको भए न बाले फर्का भन्थे न कान्लाबाट खसिन्थ्यो । न अहिले पछि पछि हिड्न पथ्र्यो न बाले मलाई यसरी डाकोमा बोक्थे । म बाको ढाडमा बसेर यस्तो सोच्दै थिएँ ।
एक घन्टा जति उकालो लागे पछि बाले भने तं आउन खोजेको गोठपानी यही हो । मैले साचेको गाठपानीमा पदेलका रुख , केरा, अम्वा, आँपका बिरुवा थिए । अनि हाटमा आउने मान्छे अलिकति आलु दिएर मज्जाले टिप्थे । अनि खान्थे खाएर बाँकी चाही घरमा लैजान्थे जस्तो कि हाम्री आमाले हाम्रो लागि ल्याउथिन् । तर त्योस्तो केही थिएन थियो त केवल खाली ठूलो चौर मात्र थियो । दुईवटा चौतरा र यति नै पिपलका रुख । बस त्यति । मेरो दिमागी गाठपानीले हावा खायो । अनि आफूले यही गोठपानीको कारण सास्ती ।
बिस्तारै घामले हिमाल काट्यो अध्यारो बढ्न थाल्यो । अघि सम्म पछि पछि देखिने आमा दखिन छाडिन । बा आमा केही बोल्दैनन् । म जाबो डाकोमा बसेको मान्छे के बोल्नु ? अनि बोल्नु पनि के बोल्नु ? गोठपानी पछि च्यासे, अध्यरी खोला, पैती र हाम्रो गाउँ । बाटो लामो छ भन्ने मलाई पक्का थियो ।
चुपचाप अध्यरी खोलाको भिर कटियो । अनि खोलामा काठको साँघु थियो । बा बाले भने
य चु पटि नै चिउ ङा केमझाङ दोसी याइला । तिमी यतै बस म पारी यसलाई बिसाएर आउँछु ।
आमाले भनिन् ङा स्योङ ध्यामनुन् खाला । म खोलाबाटै आउछु ।
बा मानेननु । बाले मलाई चौतरीमा पु¥याएर राखे । अनि आमालाई लिन गए ।

अध्यारी यति धेरै थियो । मलाई एकाएक डर लाग्यो । अघि बाको ढाडमा बस्दा सम्म मैले केही बिचार गरेको थिइन । अघि सम्म नसुनेको अध्यारी एकाएक झन ठूलो झन ठूलो सुनिन थाल्यो । जता हे¥यो वनझाँक्री र भूत मात्रै । पहिले पहिले बाआमाले सुनाएका भुतका कथा पनि एकै पटक दिमागमा निस्कियो ।
बालाई न रात न दिन । जति खेर पनि बेफ्रिकी घुमी हिड्थे । गाउँका मान्छे भन्थे थेवालाई केहीको डर छैन । एक्लै जता पनि हिड्छ । न भूतको डर न चोरफटाहाको । बा भन्थे मन तगडा भए पछि केही हुन्न । तर ती नै बा एक दिन अलि बिरामी भएर उठे । उनले भने मलाई शेर्पा घर छेउको मानेको भूतले समयो ।
उनी यस्ता कुरा कमै भन्थे । झन हाम्रो डफ्फाले सुन्ने गरि त उनी डर या भुतका कुरा एक दम कम गर्थे । त्यो दिन उनले अघिल्लो रातका कुरा सुनाए ।
म पाडेखानीबाट फर्केदैथे ।
उनले भनेको पाडेखानी हाम्रो गाउँबाट नजिकैको अर्को गाउँ थियो । त्यहाँबाट मेरो घरमा आउनका लागि बिचमा एउटा सानो शेर्पा गाउँ पार गर्नु पथ्र्यो । शेर्पाका घर छेउमा खोला र वन थियो । त्यही वनमा शेर्पाहरु मरे पोल्नका लागि चिहान र सम्झनामा माने बनाएका छन् ।
मेरो पछि कोही थियो । बिस्तारै पतकार बजाएर हिड्ने । उ मेरो पछि पछि थियो । कति खेर कति खेर चाही तामाको भाँडा बोके झै टिङटिङ आवाज पनि आउँथ्यो । धेरै समय यस्तो सुने पछि मैले रोकिएर बोलाएँ । को हो भनेँ तर उतर आएन । यो क्रम दुई तीन चोटी नै चल्यो । म बसे उ आउँदैन । हिडे पतकरमा मान्छे हिडे झै गरि बज्छ चिरिप चिरिप ।
अनि मलाई पक्का भो यो मान्छे होइन । मलाई भुत हुन्छ भन्ने त थाहा थियो तर दिन नलागि त्यसले केही गर्न सक्दैन भन्ने लाग्थ्यो । मलाई लाग्यो आज मेरो दिन सकिएछ कि केहो ? फेरी लाग्यो सास हुन्जेल आस । त्यसैले मारि हाल्यो भने पो नत्र पछि नफर्कि हिड्नु जाति भनेर म हिडेँ । हिँडे के भन्नु कुदेँ । म कति कुदेछु भने एकै सासमा घर आइपुगेछु । त्यही भुतले मेरो यो हालत बनायो ।

आइ पाराङ मेरजीको तिला हो ? आइ माइला निदाइस कि के हो ?
बाले यसो भन्दा बल्ल होस आयो । डरले सबै तिर भुतै भुत देखेको डाँडा पाखा फेरी रुख र हाँगा भए । लौ डरको के कुरा गर्नु । बाले फेरी मलाई अघि झै बोके । आमा पछिल्तिर हिडिन् । आँध्यरो भैसकेकोले अब हामीले उज्यालोको ब्यबस्था गर्नु पर्ने भो ।
उकालोको बिचैमा घट्टे बाजेको घर थियो । उनले घट्ट थापेकैले उनको नाम त्यस्तो राखिएको थियो । ती बाजे छोरा छोरी १२ जना थियो । छोरी ९ छोरा तीन । ती बाजे मेरा बाका साथी थिए । हो हामी तिनै बाजेको घरमा उज्यालो राँको खोज्न जाने भयौ ।
त्यो बेला सम्म ब्यट्रिबाट चल्ने टर्च त्यति चल्तिमा थिएन । अगुल्टो नजिकै भए अगुल्टो हल्लाएर दौडिने चलन थियो । अलि टाढै भए काठको फल्याक चिरेर आगोमा निक्कै सेकाइन्थ्यो । अनि त्यसैमा आगो लगाएर राँको बनाएर हिड्ने चलन थियो । हामीले पनि त्यसै गर्यो । बल्ल बल्ल राँको बालेर घर पुगियो । यस्ता सम्झना धेरै छन् बाआमाका । तंपाई र मेरो, हामी धेरैको मिल्छ होला ।

Saturday, June 9, 2012

The sonaha and the environment

The sonaha and the environment

Kamala Sohana is from pathabhar of Rajapur in Bardia. Although Patabhar is famous for rice production there is hardly any land for farming here. Kamala's family depends on the Karnali River for their livelihood.
We don't have a house. All we have is one kattha plot. What can we grow on this small plot of land? She says as she sifts the sands on the riverbanks.
Besides Kamala, there are some 12, 00 other people called Sonahas in Rajapur who eke out their living by collecting gold particles from the sands or fishing in the Karnali River.
A few generations ago the Sonahas gold people were considered nomads who lived near rivers abundant with fish and gold dust. Now times have changed. The places where they used to moved around freely are now fenced for conserece into a crisis. Says Sudeep Jana, a doctoral researcher. It would be wrong to have a notion of biodiversity conservation by keeping them off from their natural habitats as they don't consider themselves separate from nature.
Nowadays, their brooks and forest areas have either been brought into the territory of the designated national parks or community forest. Boundaries have been fixed and these areas are governed by strict regulations.
Earlier we used to spend most of our time in the river. Now we're afraid of the national parks. We hear there are rules to follow and that the rules keep on changing. We don't even know what they are. Say Kamala.
The Sonahas, who depend heavily on rivers and forests, are barred from entering these very areas. Mahendra Sonaha of Golagaun says the forests have turned dangerous for them. I was born and grew up on these riverbanks. How are we going to survive if we're barred from going to the river? He questions.
With things getting increasingly difficult, the Sonahas have started looking for alternative means of making their living. Kamala's husband works in India. She says it has become a compulsion for Sonahas to take up other jobs.
The river where we used to go fishing it now the property of the national park. We can't survive if we don't find other jobs.
Sonahas live with very little income. Kamala's family, for example, has four persons who can work for living. But even if all of them go to work they can hardly collect gold particles worth rs 300. So the family can only make rs 3000 a month.
There are rivers where they can find more gold and fish then in Karnali. But these rivers too are restricted. If they are found inside, they will be arrested by the national park authorities.
Last year, Ghumlal Sonaha's brother was arrested while fishing inside the Bardiya National Park and was Detained for a month. Additionally, he had to pay a fine of Rs 5000, an amount his family had never seen or earned at one time.
It was very hard for us to arrange such a big amount of money. We borrowed money from neighbors and paid it to the it to the National park recounts Ghumlal.
The Sonahas leave the sand as it is after sifting the gold particles and the sand heaps come to their previous from on the banks, causing no harm to the natural course of the river. Mahendra Sonaha complains that the national park and the community forest authorities have never considered their point. Why only sift the sand. We don't take it with us.
The only possessions of the Sonahas are the tools they use for sifting sand to collect gold, fishing nets and wooden boats.
The indigenous people have never destroyed nature. The Sonahas have been living in the jungle for a very long time, but they were never found making homes in the forest areas, Jana's research says.
The regulations introduced by the national parks do not address them. Advocate Rajkumar Chaudhary says such a regulations have encroached upon their right.
Rules and regulations that make things difficult for people who traditionally depend on forests, land or rivers for a living should be changed. He says.
In his view, such problems need to be addressed now as Nepal has become a part to the ILO treaty four years ago which guarantees the rights of indigenous nationalities.
The Nepal government has an obligation to implement this treaty, which clearly states that the indigenous communities who depend on forests, water and land shall not be displaced from their original places. But Sonahas have been restricted from fishing or sifting the sand to collect gold (In their native land) Chaudhary says.
The Sonahas did convey their concerns to the national park officials, who provided licenses to allow them to collect gold and go fishing only during the day. But once somebody from the Sonaha community was cought assisting rhino poachers by the park authorities, their licenses haven't been renewed since then.
A villager got caught. We heard that the other two arrested were soldiers. We don't know what happened to them, but none of us got our licenses renewed. What kind of rule is this? Asks Ghumlal. We don't have anybody to speak for our right.
Some of the rules introduced by the authorities for conservation of biodiversity have made things difficult for so many indigenous communities. Their cultures and traditions are getting lost because of these interventions. The Sonahas are obviously going to be one of them if things continue like this. 

Sunday, June 3, 2012