Sunday, July 15, 2012

स्कुलमा ब्याबहारिक शिक्षा



केशव केसी सौलयुवक माध्यमिक बिद्यालय, बुङमतीमा २ कक्षामा पढ्छन् । उनी शिक्षकले भनेका कुरा लामो समय सम्म सम्झन सक्दैनन् । अनि अरु बिद्यार्थी जस्तो छिटो लेख्न र पढ्न पनि सक्दैनन् । त्यसैले बिद्यालयले उनीलाई सके सम्म ब्यबहारिक रुपमा सिकाउने प्रयास गरेको छ । बिद्यालयमा केशव झै मानसिक र शारीरिक अबस्था कमजोर भएका ३८ बिद्यार्थी छन् । सबै बिद्यार्थीलाई रुचि अनुसार खेल्ने र बजाउने सामाग्री दिइन्छ ।
धेरै बिद्यार्थीलाई गीतसंगीत मन पर्छ । कोही बाजा बजाउछन कोही गीत गाउँछन् । यस्ता गाउँदै बजाउदै सिकाउने हो भने उनीहरुले धेरै कुरा सजिलै सिक्छन् । लामो समय सम्म सम्झन्छन् । शारीरिक र मानसिक रुपमा कमजोर भएका बिद्यार्थीलाई पढाउन शिक्षकले बिशेष खालको तालिम लिएका छन् ।
पढाउने बेलामा उनीहरु र सामान्य बिद्यार्थीलाई संगै राखेर पढाए पनि उनीहरुलाई बुझाउन थप सयम लाग्छ । धेरै बर्ष देखि शारीरिक र मानसिक बिद्यार्थीलाई पढाई रहेका दयाराम महर्जनले सुनाए । बाजाकै तालमा कति चोटी कुन बाजा कसरी बजाउने भनेर गन्न सिकाउन सकिन्छ । उनीहरु यस्तो शिक्षण शैलीमा रमाउँछन् । ध्यान दिएर सिक्छन् । त्यसैले पनि हामीलाई सिकाउन सजिलो भएको छ । उनले थपे ।
केशवलाई तबला बजाउन आउँछ । उनले तबला बजाउन थालेको पनि दुई बर्ष भन्दा बढि भैसक्यो । उनी परेको बेलामा बाँसुरी पनि बजाउँछन् । यस्तो काम गर्न उनलाई निक्कै मन पर्छ । मलाई तबला बजाउन आउँछ । धेरै राम्रो चाहि होइन । म केही गीतहरुलाई सुहाउने बजाउन सक्छु । मजस्तै बाजा बजाउन सक्ने साथीहरु अरु पनि छन् । हामी सबै जना मिलेर बजाउँदा बस्दा रमाइलो लाग्छ । उनले अनुभव सुनाए ।
उनीहरु मध्ये गीत गाउन जान्नेमा चाहि रमेश थापा छन् । उनी आँखा देख्दैनन् । साथीहरुले बाजा बजाएपछि मलाई गीत गाउन मन लाग्छ । अनि जब गीत गाउँछु निक्कै आनन्द लाग्छ । गीत झै पढाईका कुरा पनि सम्झन सकिन्छ । त्यसैले पनि मलाई पढाइ र गीत उस्तै लाग्छ । उनले अनुभव सुनाए । पढाईसँगै गीतगाउनमा राम्रो गर्ने उनको रहर छ ।
शारीरिक र मानसिक रुपमा कमजोर बिद्यार्थीका समस्या फरक फरक छन् । उनीहरुलाई सुहाउदो खेल सामाग्री दिइएको छ । यस्ले गर्दा उनीहरुलाई सजिलै समय कटाउन र नयाँ कुरा सिक्न सजिलो भएको छ । स्थानिय सुर्जलक्ष्मी महर्जन उनीहरुले बजाएकोे गाएको सुन्न बेला बेलामा आउँछिन् । उनीहरुले सामान्य मानिसको झै राम्रो त होइन तर आफ्नै स्तरको राम्रो गाउँछन् बजाउँछन् । त्यसैले बेला बेलामा म पनि यसो सयम मिल्दा छिर्छु । उनीहरुसँग कुरा गर्दा पनि रमाइलो हुन्छ । रमाइलो कुरा गर्छन् ।
यस्ता बिद्यार्थीलाई बिद्यालयमै खाने बस्ने ब्यबस्था गरेको छ । त्यसमा लाग्ने खर्च दस जना बिद्यार्थीको सरकारले दिन्छ । अरुको ब्यतिगत रुपमा सहयोग गर्नेहरुबाट चलिरहेको शिक्षक महर्जन बताउँछन् । हामीलाई अझ धेरै बिद्यार्थी राखेर पढाउने मन छ तर समस्या आर्थिक पक्षको पनि हुन्छ । अहिले हामीले यो भन्दा धेरै बिद्यार्थी राख्न सक्ने अबस्था छैन । भबिष्यमा आर्थिक पक्ष सुधार भए हामी अझ बिद्यार्थी राखेर पढाउन सक्छौ । उनले भने ।

No comments:

Post a Comment