Friday, August 21, 2015

राहतमा मरेको आसा

‘भुँईचालो गएको चार महिनाभयो । त्यति नै समय भो घर बिहीनभएको पनि । यो अबधिमा कति सहयोग, राहत, त्रिपालका कुरा भए । कति‘नयाँ कटेरो घर’बने । कतिलाई राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग घोषणा भो । नेपाली हेलिकप्टर आए । विदेशी हेलीकप्टर आए । हाम्रो हालत उस्तै छ । जस्ताको तस्तै ।’ गोपेकान्छा नेवारको भनाई हो ।
काठमाडौबाट १३० किलो मिटर पूर्वमा पर्ने दोलखाको शैलुङ गोपेकान्छा नेवारको ठेगाना हो । सानो च्याप्से ज्यान भएका उनी औसत नेपालीभन्दा होचा छन् । ४५ बर्षमै ६० भन्दाबढिका देखिन्छन् । दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्छन् । साइनोमाउनी मेरा मितमामा हुन्, मामाकामित । त्यसैले मेरो लागिउनी‘बाइआस्याङ’अर्थात नेवार मामा ।
तिनै मामासँग फोनमाकुरा भो । उनले भोगेको कुरा भन्दै गए । ‘सक्नेलाई रैछ यो राहत र सहयोग पनि । म लगातार भैसे (गाविस कार्यलय भएको ठाउँ) गएको छु । ठूला मान्छे, नेता सबैलाई भनेको छु । पाएको केही छैन । यत्रो दिन कसरी बित्यो कि भगवानलाई थाहा छ कि मलाई ।’ उनको स्वरमा पिडा र रिस दुबै मिसिएको थियो ।
‘जिल्लामा भन्दिने मान्छे छैनन् । टाढा पनिभयौ । के पाइन्छ होला र ? एक बन्डेल जस्ता आफैले ल्याएँ । त्यो पनि उधारो । कहिले तिर्न सक्छु त्यो पनि थाहा छैन । घर भित्र आहाल छ । पानी जोडले पर्दा सबै घर भित्र पुग्छ । घाम लाग्दा त ठीकै छ जता बसे पनि भो । पानीपर्दा टाउको जोगाउने ठाउँ छैन । आलु झारले खाइसक्यो । गोड्नु पर्ने । मकैको हालत पनि त्यस्तै छ । घरको काम गरौँगर्न मन लाग्दैन । केही काम भएको छैन । बस्ने मेलो मिले काम त दुई दिनमै सिध्याउनेथे ।’ यो उनको मात्रै पिडा होइन भुकम्प पिडीत धेरैको साझा समस्या हो ।
‘जिन्दगीमा कतिदुःख खेप्नु छ ? भन्न सकिदैन । जिन्दगीभर दुःख गरेर बनाएको घर लडेको छ । बिहान बेलुकीचुल्हो बाल्न समस्या छ । आफ्नो काम सकेर अरुकोमा गएर केही कमाउला भन्नेथ्यो । त्यो पनिभएन । घरमा भाराभुरी(छोराछारी) मात्र छन् ।चामाल पनि भनेको बेलापाइँदैन । महंगो पनि छ ।’ पिडा एक होइन अनेक छन् ।
शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ । आफ्नै सवारी साधन भए अझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामा हिले र हिउँदोमा धुले हुने सडक छ । त्यही सडकसँगै जाडिएको गाउँमा छ बाइआस्याङको घर । तर ६ घन्टा पुगिने गाउँमा सरकार पुग्न चार महिना हुँदापनि सकेको छैन ।


‘बाइआस्याङ’ले सरकारी राहत नपाएकै चाही होइनन् । भुइचालो गएको एक महिना पछि एक पाकट चाउचार र दुईहजार उनको नाममा थियो । चाउचाउ र पैसालिने दिन उनी अन्तै काममा थिए । त्यसैले गाउँलेले उनको नामको चाउचाउ खाए । पैसा भने उनले पाए । ‘हाम्रो गाउँमा १५  रुपैया पर्ने चाउचाउ राहतपाए पछि खुशीहुने कि रिसाउने ? गुण लाएको भन्ने कि हेपेको ?’ त्यो पछि ‘बाइआस्याङ’ले केहीपाएका छैनन् ।
देशमा अहिले संविधान बन्ने कुरा छ । कहिले केमा सहमति कहिले केमा बिमति । यस्तै खबर छापिने, भिनिने, सुनिने बेला छ । भुकम्पले घर भत्किएर रात भरि पानीले भिजोको कुरा भन्ने र सुन्ने फुर्सत कसैलाई छैन । पकाउँदा पकाउदै गरेको चामाल पानीले आगो मारेर भोकै बस्नु परेको कुरा पनि कसैलाई सुन्ने फुर्सत छैन । गरिबलाई यो बेला संविधान भन्दा पनि जस्ता पाताचाहिको छ । दिनमा नभए पनि रातमा एक निन्द्रापानीले नभिजि सुत्न सक्ने ओभानो ओछ्यान चाहिएको छ । तर उनी जस्ताका कुरा कस्ले सुन्ने ?
सरकारले घर भत्केकालाई १५ हजार दिने भन्ने सुनेको पनि धेरै भैसक्यो । त्यो पैसाआएर अरुले नै खाए कि अरुले पनिपाएका छैनन् । अब ‘बाइआस्याङ’ले सुध्न छाडिदिइसके । यदि मनमा दया मायाभएको भए यो पानीझरि भन्दापहिला नै कहीबन्दो बस्तगथ्र्यो होलानी । ठूला मान्छेले सुविधापाएकै छन् । हाम्रो पिडा कस्लाई के मतलब छ र ? दिने भएदिदा हुननी । नदिने भएरै त हो ।तीनका छोरीछोरीले खानपाएकै छन् ।बस्न पाएकै छन् । हामी गरिबलाई हेर्ने कस्ले हो र ?तिनलाई परेको भएपो थाहाहुन्थ्यो ।’
जिल्लाबाट बाडिएको एक पाकेट चाउचाउ र सरकारले दिने १५ हजारमा के फरक छ?त्यति पैसाले महंगी र कालोबजारीले आकाश छोएको बेला छाप्रो बनाउन सक्छ ? सामाजिक संजालमा रमाइलोको लागि सस्तो, किफायती, भुकम्प प्रतिरोधी, गुणै गुणले भरिएको कागजी घर बनाए जस्तो हो र साँच्चैको घर बनाउन ? थपथाप आफैले गर्छन् भन्ने सरकारलाई लाग्छ भने जिन्दगी भर अरुको भारी बोकेर जीवनधान्ने ‘बाइआस्याङ’कसरी थप्लान?
केही पहिले गाउँ बिकास समितिका सचिबलाई गाउँमा नआएको भन्दै खुट्टा भाँच्छु भन्दिए रे । त्यही कुराले गाउँमा गाविस सचिब आउँदैनन रे । ‘बाइआस्याङ’ले भने ‘अहिले सम्म कुन सचिब गाउँगएर बसेका छन् ? अरु बेला पनि तिनले सदरमुकाम छोडे ज्वारो आउँथ्यो । नौनारी गलेर आउँथ्यो । अहिले घर भत्किा छन् आफन्तबितेका छन् । भनेको बेला न सहयोग छ न सापाटी । रिसको झोकमाअलि ठूलो स्वरमा केहीभन्दियो होलानी ।’
बिरामीभएकै बेलामाऔषधीखाएनिको हुन्छ । ज्यानलाई सुबिस्ता, आराम हुन्छ । त्यही औषधी अरु बेलाआए बिरामी बनाउँछ । सरकारले केही सहयोग गर्ने बेलाबर्षा नै हुन पर्ने हो । तर अहिलेसम्म ‘वरको सिन्का पर सारेको’ छैन । यो बेला भएनभने तङ्गरिएको मान्छेलाई औषधीखा भन्यो भने के हुन्छ ? सरकार अभिभाबक भएकोले यो विपतिमा आश गरेका हुन् । तर पुग्न पर्ने ठाउँमा अहिले सम्मपुगेको छैनन् ।
प्रश्न उठ्दैछ त्यत्रो देशी बिदेशीले बोकेर झारेको राहतकतागयो ?सक्नेले बजाए । मौका त्यहिथियो । कमाउनेकोे पनि । जोगाउनेकोपनि । देशमा सक्नेहरुले नाफामानाफाखाने मौका भुकम्पभो । थोरै रुपैयामापाउने त्रिपालपाइनमुस्किलभो । जस्तापाताउस्तै भो । खाने चामाल महंगीयो । कडाकार्बहीगर्ने सरकारले भनेका ‘बाइआस्याङ’ले पनि सुने । तर उनले पैसापाउने र चामाल सस्तिने दुबै कुरा पत्याएका छैनन् ।
भुकम्पबाट १५ जिल्ला बढि प्रभाबित छन् । दोलखामामात्रै ५० हजार भन्दा बढि घर भत्किएका छन् । बर्षाले कति परिबार दिनदिनै भिज्छ यसको हिसाबकिताब कसैसँग छैन । जनताको बिजोग माथिबिजोग थपिएको छ । सरकार गरे जस्तो भने जस्तो गरेर बस्दैछ । ढिला सुस्तिको पराकाष्ट छ । के गर्दै भनेर कसैले सोधे सजिलो उतर छ । संविधानबनाउँदै । देशको प्रगतिको लागिबन्ने होला संविधान । नियमकानुनत्यहीअनुसार बन्छहोला । त्यो भबिष्यका कुरा हुन् ।तर बर्तमानजनतादिनदिनै पिडामा छ । अरु केहीनभएपनि १५ हजार त सजिलै जनताले पाएपनिथोरै भएपनि राहत अनुभबगर्थे होलान् ।
‘बाइआस्याङ’कोभत्किएको घरकच्चि सडक सँगै छ । उनको भत्किएको घर हेर्दैकति राहतको सामाग्री‘सक्ने मान्छे हुने’ गाउँमागयो । यस्ता राहतबाट कतिलाई फाइदा भयो ?कतिले दुई गजको त्रिपाल पाए हिसाब किताब छैन । तरभत्किएको घरको छेउमै एक बन्डेल जस्ताले बनेको उनको पिडा बढेको छ । घटेको छैन । भलैरेडियो, टेलिभिजन, सामाजिक संजाल र अनलाइनतिर राहतबाँडेका फोटा र भिडियोहरु अपलोड हुन कम भो ।