Showing posts with label article of gocool. Show all posts
Showing posts with label article of gocool. Show all posts

Wednesday, July 27, 2016

बाघ

बाघ

आमा भन्थिन् ‘कहिले पनि बाघ देखेको छैन नभन्नु । त्यसो भने बाघ रिसाउँछ । जंगलको बाटो हिड्दा सिध्याउँछ ।’
साथीभाइ कुरा गर्थे । ‘आज हाम्रो गाउँबाट बाघले कुकुर लग्यो । बाख्रा खायो । लमक्क लम्केर तानेको । कस्तो डरलाग्दो ।’
ओइ केटा तैले बाघ देखेको छस् ? साथीभाइ सोध्थे ।
‘आपत’ ।
‘देखेको छैनस् ?’
‘चुप’ ।
‘त्यत्रो गाउँमा बाघको जगजगी छ तैले बाघ देखेकै छैनस् ।’
स्कुल सकेर घर जाँदा पुरै जंगलै जंगल जानु छ । म जंगलको राजालाई देखेको छैन भन्ने वई फुच्चे आज बाख्रा कुकुर नखाएर तंलाई नै खाइ दिन्छु पो भन्ला कि ?
‘देखेको छु नि पाटेपाटे हुन्छ । नङ्ग्रा हुन्छ । हाम्रो घरको काली कुकुरनी लैजदा देखेको ।’ लौ जा जे पर्यो भन्दिएँ । ज्यान त बचाउनै पर्यो । किताबमा बंगाल टाइगर भनेर पढेको कुरालाई बढाइ चढाइ दिएँ । केटाहरु ट्वा ।
धेरै पछि काठमाडौ आइयो । घुम्ने ठाउँ धेरै । स्वयाम्भु, पशुपति, एयरपार्ट, हनुमानढोका । सबै भन्दा जान मन लागको जाउलाखेलमा सदरचिडियाखाना । जनवार धेरै छन् त्यसमा बाघ पनि छ । किताबमा पढेको । लौ बाघ हेरिने भो । जिन्दगीको एउटा डर सकिने भो । ढुक्कले बाँचिने भो । मनमा रमाइलो भो । टिकट काटेर सरसर बाघ हेर्न गइयो । अग्लो पर्खाल छ । तारबार छ । मान्छेका भिड छन् । बाघले पानी खाने पोखरी छ । सुत्ने मुढो पनि छ । तर बाघ छैन । लौ फसाद यत्रो मान्छे त बाघको दर्शनका लागि पो छन् । एक घन्टा कुरियो बाघ निक्लदैन । दुई घन्टा कुरियो बाघ निक्लदैन । मान्छे आका छन् एक छिन बसेका छन् फेरी अरु जनवार हेर्न गएका छन् । आफू बाघ नहेरी नजाने भनेर बसेको बस्यै छ । साँझै पर्न लाग्यो बाघ निक्लेन । अब फर्कनुको बिकल्प भएन ।
कोठामा दाइले फ्याट्टै सोधे ‘आइ केटा देखिस बाघ ?
‘चुप’ ।
‘देखिनस् ?’
‘चुप ’ ।
‘लौ यो त चिडियाखाना गएर पनि बाघै नदेखि आएछ ।’
दाइले कुरा बुझे । यो पटक पनि बचियो ।
त्यस पछि धेरै समय सहर तिरै बित्यो । पछि मात्र थाहा भो । हाम्रो गाउँमा पाटेबाघ अर्थात बङ्गाल टाइगर नहुने रैछ । हामी लेकाली भएको फाइदा । म स्कुल पढ्ने बेलामा बाख्रा, कुकुर खाने त चितुवा पो रहेछ । बाघै हेर्नको लागि नेपालकै धेरै बाघ भएको बर्दिया निकुञ्ज पनि पुगियो । जंगल घुमाउने साथीको उपनाम नै बर्दिया टाइगर । उनले अरु बेला देखिने ठाउँमा हामीलाई लगे । बाघको हिडेको पाइतालाको छाप देखियो । बाघ देखिएन । साथीले भने ‘तंपाईहरु अनलक्की ।’
फेरी अर्को मौका जुर्यो चितवन निकुञ्ज घुम्ने । नेपालको दोस्रो धेरै बाघ भएको ठाउँ । नाम त जंगल सफारी । त्यत्रो जंगलमा गाडीमा बाघ हेर्न हिडेको । के देखिन्थ्यो ? देखिएन । घुमाउने गाइडले गैडा देखाए । त्यसैमा चित्त बुझाइयो ।
केही समय भयो कोरिया आएको । रमाइलो गर्ने ठाउँ त कति छन् कति । पैसा न चाहियो । छलफल भो । निष्कर्ष निस्कियो इभरल्यान्ड जाने ।  रोलरकास्टर खेल्ने ।
सिटमा बसियो । हिडेको इसारा भो । तेस्रो तेस्रो ठीकैथ्यो । एक्कासी सिधै आकाश तिर चढ्यो । लौ ज्यान धरापमा छ । त्यति सोच्न पाएको थिएन । आकाशमै पुगे झै भयो । रोकिन्छ कि झै गरेर सिधै तल खस्यो । बाँच्नु यति रैछ कि क्या हो । के के न रमाइलो गरौला भनेर आको । खाइस । फेरी उस्तै आकाशमा पुगेको छ । फेरी सिधै तल बजारेको छ । होसहवास छैन । केही कुरा नै देखिन्न । पिलिक्क गर्छ । टाउकोमै ठोकिएला जस्ता काठका बाटो छन् । ठोक्कि पो हाल्यो । ठोक्किदैन । खसिपो हाल्यो । खसिदैन । अब चाही पक्का मरिन्छ भन्ने ठोकुवा गर्ने बेलामा बिस्तारै स्पिड कम भो । रोकियो । अघि माथी पुर्याउँदै फाल्दै गर्दा आफ्नो जीउ र खुट्टा आफैसँग छैन जस्तो लागेकोथ्यो । हेरेको रैछ । बस बाँचियो । जिन्दगीभरको लागि पुग्यो रोलरकोस्टर ।

‘के गर्र्ने ?’
‘केही नगर्ने ।’
‘फर्कने ?’
त्यत्रो पैसा तिरेको कताको एउटा खेल खेलेर फर्कनु ?
हेरेको जुपेटेरिया रे । लौ छिरौ । जे त देखिन्छ ।
मान्छेको लाइन छ । एक छिन बसेर फर्किन खोजेको आफू भन्दा पछि पनि लाइन थपिए । भैगो केही न केही त कसो नदेखिएला । लाइनमा बस्दा चराका स्वर बजेको बज्यै छ । आफूत अघि घुमेको रोलरकोस्टरको धङधङी छदैछ । चराचुरुङी त कसो नदेखिएला । आधा घन्टा जति कुरे पछि टाटेपाटे बाघ जस्तै गाडी आयो ।
जालीले साँघुरो गल्लीबाट गाडी अघि बढ्यो । तारेबारको घेरामा एउटा ढोकामा खुल्यो । गाडी छिर्यो । त्यो ढोका बन्द भो । अर्को ढोकाबाट गाडी दुई मिनेट हिड्यो होला । लमक्क लमक्क लम्कदै गरेको बाघ पो छ । लौ किताबमा पढेको, फिल्म हेरेको कति जोड जबरजस्ती गर्दा पनि नदेखेको बाघ छ । अग्लो । ज्यान मिलेको । टाटेपाटे । विस्वासै लागेन ।
पाँच मिनेट गाडी गुड््यो होला । सिंह पनि देखा पर्यो । जंगलको राजा भनेको सुनेको । मान्छेको बसमा परेपछि के लाग्छ ? भालु त सानो सानो मिठाई जस्तो खानाको लागी दुई हात जोडेर नमस्कार गरे झै पो गर्छ । अगाडी गयो थरी थरीका जनवार छन् । आफ्नै तालका । जे होस आफूलाई भने नेपालमा हेर्न नपाइएको बाघ हेर्न पाइयो । पचासहजार वन खर्च भए पनि एभरल्यान्ड घुमेर पैसा फिर्ता भो । गर्मी बिदामा एक दिन घुम्नु भए हुन्छ तंपाई पनि ।

Friday, August 21, 2015

राहतमा मरेको आसा

‘भुँईचालो गएको चार महिनाभयो । त्यति नै समय भो घर बिहीनभएको पनि । यो अबधिमा कति सहयोग, राहत, त्रिपालका कुरा भए । कति‘नयाँ कटेरो घर’बने । कतिलाई राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग घोषणा भो । नेपाली हेलिकप्टर आए । विदेशी हेलीकप्टर आए । हाम्रो हालत उस्तै छ । जस्ताको तस्तै ।’ गोपेकान्छा नेवारको भनाई हो ।
काठमाडौबाट १३० किलो मिटर पूर्वमा पर्ने दोलखाको शैलुङ गोपेकान्छा नेवारको ठेगाना हो । सानो च्याप्से ज्यान भएका उनी औसत नेपालीभन्दा होचा छन् । ४५ बर्षमै ६० भन्दाबढिका देखिन्छन् । दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्छन् । साइनोमाउनी मेरा मितमामा हुन्, मामाकामित । त्यसैले मेरो लागिउनी‘बाइआस्याङ’अर्थात नेवार मामा ।
तिनै मामासँग फोनमाकुरा भो । उनले भोगेको कुरा भन्दै गए । ‘सक्नेलाई रैछ यो राहत र सहयोग पनि । म लगातार भैसे (गाविस कार्यलय भएको ठाउँ) गएको छु । ठूला मान्छे, नेता सबैलाई भनेको छु । पाएको केही छैन । यत्रो दिन कसरी बित्यो कि भगवानलाई थाहा छ कि मलाई ।’ उनको स्वरमा पिडा र रिस दुबै मिसिएको थियो ।
‘जिल्लामा भन्दिने मान्छे छैनन् । टाढा पनिभयौ । के पाइन्छ होला र ? एक बन्डेल जस्ता आफैले ल्याएँ । त्यो पनि उधारो । कहिले तिर्न सक्छु त्यो पनि थाहा छैन । घर भित्र आहाल छ । पानी जोडले पर्दा सबै घर भित्र पुग्छ । घाम लाग्दा त ठीकै छ जता बसे पनि भो । पानीपर्दा टाउको जोगाउने ठाउँ छैन । आलु झारले खाइसक्यो । गोड्नु पर्ने । मकैको हालत पनि त्यस्तै छ । घरको काम गरौँगर्न मन लाग्दैन । केही काम भएको छैन । बस्ने मेलो मिले काम त दुई दिनमै सिध्याउनेथे ।’ यो उनको मात्रै पिडा होइन भुकम्प पिडीत धेरैको साझा समस्या हो ।
‘जिन्दगीमा कतिदुःख खेप्नु छ ? भन्न सकिदैन । जिन्दगीभर दुःख गरेर बनाएको घर लडेको छ । बिहान बेलुकीचुल्हो बाल्न समस्या छ । आफ्नो काम सकेर अरुकोमा गएर केही कमाउला भन्नेथ्यो । त्यो पनिभएन । घरमा भाराभुरी(छोराछारी) मात्र छन् ।चामाल पनि भनेको बेलापाइँदैन । महंगो पनि छ ।’ पिडा एक होइन अनेक छन् ।
शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ । आफ्नै सवारी साधन भए अझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामा हिले र हिउँदोमा धुले हुने सडक छ । त्यही सडकसँगै जाडिएको गाउँमा छ बाइआस्याङको घर । तर ६ घन्टा पुगिने गाउँमा सरकार पुग्न चार महिना हुँदापनि सकेको छैन ।


‘बाइआस्याङ’ले सरकारी राहत नपाएकै चाही होइनन् । भुइचालो गएको एक महिना पछि एक पाकट चाउचार र दुईहजार उनको नाममा थियो । चाउचाउ र पैसालिने दिन उनी अन्तै काममा थिए । त्यसैले गाउँलेले उनको नामको चाउचाउ खाए । पैसा भने उनले पाए । ‘हाम्रो गाउँमा १५  रुपैया पर्ने चाउचाउ राहतपाए पछि खुशीहुने कि रिसाउने ? गुण लाएको भन्ने कि हेपेको ?’ त्यो पछि ‘बाइआस्याङ’ले केहीपाएका छैनन् ।
देशमा अहिले संविधान बन्ने कुरा छ । कहिले केमा सहमति कहिले केमा बिमति । यस्तै खबर छापिने, भिनिने, सुनिने बेला छ । भुकम्पले घर भत्किएर रात भरि पानीले भिजोको कुरा भन्ने र सुन्ने फुर्सत कसैलाई छैन । पकाउँदा पकाउदै गरेको चामाल पानीले आगो मारेर भोकै बस्नु परेको कुरा पनि कसैलाई सुन्ने फुर्सत छैन । गरिबलाई यो बेला संविधान भन्दा पनि जस्ता पाताचाहिको छ । दिनमा नभए पनि रातमा एक निन्द्रापानीले नभिजि सुत्न सक्ने ओभानो ओछ्यान चाहिएको छ । तर उनी जस्ताका कुरा कस्ले सुन्ने ?
सरकारले घर भत्केकालाई १५ हजार दिने भन्ने सुनेको पनि धेरै भैसक्यो । त्यो पैसाआएर अरुले नै खाए कि अरुले पनिपाएका छैनन् । अब ‘बाइआस्याङ’ले सुध्न छाडिदिइसके । यदि मनमा दया मायाभएको भए यो पानीझरि भन्दापहिला नै कहीबन्दो बस्तगथ्र्यो होलानी । ठूला मान्छेले सुविधापाएकै छन् । हाम्रो पिडा कस्लाई के मतलब छ र ? दिने भएदिदा हुननी । नदिने भएरै त हो ।तीनका छोरीछोरीले खानपाएकै छन् ।बस्न पाएकै छन् । हामी गरिबलाई हेर्ने कस्ले हो र ?तिनलाई परेको भएपो थाहाहुन्थ्यो ।’
जिल्लाबाट बाडिएको एक पाकेट चाउचाउ र सरकारले दिने १५ हजारमा के फरक छ?त्यति पैसाले महंगी र कालोबजारीले आकाश छोएको बेला छाप्रो बनाउन सक्छ ? सामाजिक संजालमा रमाइलोको लागि सस्तो, किफायती, भुकम्प प्रतिरोधी, गुणै गुणले भरिएको कागजी घर बनाए जस्तो हो र साँच्चैको घर बनाउन ? थपथाप आफैले गर्छन् भन्ने सरकारलाई लाग्छ भने जिन्दगी भर अरुको भारी बोकेर जीवनधान्ने ‘बाइआस्याङ’कसरी थप्लान?
केही पहिले गाउँ बिकास समितिका सचिबलाई गाउँमा नआएको भन्दै खुट्टा भाँच्छु भन्दिए रे । त्यही कुराले गाउँमा गाविस सचिब आउँदैनन रे । ‘बाइआस्याङ’ले भने ‘अहिले सम्म कुन सचिब गाउँगएर बसेका छन् ? अरु बेला पनि तिनले सदरमुकाम छोडे ज्वारो आउँथ्यो । नौनारी गलेर आउँथ्यो । अहिले घर भत्किा छन् आफन्तबितेका छन् । भनेको बेला न सहयोग छ न सापाटी । रिसको झोकमाअलि ठूलो स्वरमा केहीभन्दियो होलानी ।’
बिरामीभएकै बेलामाऔषधीखाएनिको हुन्छ । ज्यानलाई सुबिस्ता, आराम हुन्छ । त्यही औषधी अरु बेलाआए बिरामी बनाउँछ । सरकारले केही सहयोग गर्ने बेलाबर्षा नै हुन पर्ने हो । तर अहिलेसम्म ‘वरको सिन्का पर सारेको’ छैन । यो बेला भएनभने तङ्गरिएको मान्छेलाई औषधीखा भन्यो भने के हुन्छ ? सरकार अभिभाबक भएकोले यो विपतिमा आश गरेका हुन् । तर पुग्न पर्ने ठाउँमा अहिले सम्मपुगेको छैनन् ।
प्रश्न उठ्दैछ त्यत्रो देशी बिदेशीले बोकेर झारेको राहतकतागयो ?सक्नेले बजाए । मौका त्यहिथियो । कमाउनेकोे पनि । जोगाउनेकोपनि । देशमा सक्नेहरुले नाफामानाफाखाने मौका भुकम्पभो । थोरै रुपैयामापाउने त्रिपालपाइनमुस्किलभो । जस्तापाताउस्तै भो । खाने चामाल महंगीयो । कडाकार्बहीगर्ने सरकारले भनेका ‘बाइआस्याङ’ले पनि सुने । तर उनले पैसापाउने र चामाल सस्तिने दुबै कुरा पत्याएका छैनन् ।
भुकम्पबाट १५ जिल्ला बढि प्रभाबित छन् । दोलखामामात्रै ५० हजार भन्दा बढि घर भत्किएका छन् । बर्षाले कति परिबार दिनदिनै भिज्छ यसको हिसाबकिताब कसैसँग छैन । जनताको बिजोग माथिबिजोग थपिएको छ । सरकार गरे जस्तो भने जस्तो गरेर बस्दैछ । ढिला सुस्तिको पराकाष्ट छ । के गर्दै भनेर कसैले सोधे सजिलो उतर छ । संविधानबनाउँदै । देशको प्रगतिको लागिबन्ने होला संविधान । नियमकानुनत्यहीअनुसार बन्छहोला । त्यो भबिष्यका कुरा हुन् ।तर बर्तमानजनतादिनदिनै पिडामा छ । अरु केहीनभएपनि १५ हजार त सजिलै जनताले पाएपनिथोरै भएपनि राहत अनुभबगर्थे होलान् ।
‘बाइआस्याङ’कोभत्किएको घरकच्चि सडक सँगै छ । उनको भत्किएको घर हेर्दैकति राहतको सामाग्री‘सक्ने मान्छे हुने’ गाउँमागयो । यस्ता राहतबाट कतिलाई फाइदा भयो ?कतिले दुई गजको त्रिपाल पाए हिसाब किताब छैन । तरभत्किएको घरको छेउमै एक बन्डेल जस्ताले बनेको उनको पिडा बढेको छ । घटेको छैन । भलैरेडियो, टेलिभिजन, सामाजिक संजाल र अनलाइनतिर राहतबाँडेका फोटा र भिडियोहरु अपलोड हुन कम भो ।

Thursday, April 9, 2015

तामाङनी आमाको जवाफ थियो : मे सिजिम, स्या थाबा

कक्षा ९ मा पढ्दै थिएँ । पढाइ नभएका बेला साथीहरुबीच कक्षामै हाजिरीजवाफ प्रतियोगिता गथ्र्यौं । पाठ्यपुस्तकबाटै प्रश्न सोधिन्थ्यो । एक दिन मैले प्रश्न गरेँ, ‘पेलेको न्वारनको नाम के हो ?’ सबै साथी हाँसे । फेरि प्रश्न दोहो¥याएँ । दोस्रोपटक झन् बढी हासेँ । भए छ के भने, मैले न्वारन नभनेर ‘नहुँरन’ भनेँछु । यो शब्द तामाङ बोलीचालीमा न्वारनकै अर्थमा प्रयोग हुन्छ । धेरै फरक थिएन, बुझ्नका लागि । तर, पनि साथीहरू हाँसे । त्यसको केही समयपछि कक्षा नौको अन्तिम परीक्षा भो । नजितामा म तेस्रो भएँ । मलाई पढाउने शिक्षकले अबिर लाउँदै भने, ‘लौ भाइले न्वारन भन्न नजाने पनि लेख्न जानेछौ । तामाङको छोरा भए पनि ।’
अर्को प्रसंग छ । तामाङले गाई–गोरुको मासु खान्छन्, विशेषगरी बाक्लो बस्तीतिरका तामाङले । बूढी तामाङनी गोरुको मासु काट्दै थिइन् । कसैले देखेर नजिकको प्रहरीमा भन्दिए । प्रहरी आए । र, बूढीलाई सोधे । के गरेको आमै ? बूढीले उत्तर दिइन्, ‘मे सिजिम । स्याथाबा ।’
प्रहरीले तामाङ भाषा बुझेनन्, नेपालीमा सोधे । आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’
प्रहरीले बुढीलार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् । सुरुमै कुनै प्रहरीले तामाङ भाषा बुझेको भए अनाहकमा आमाले जेल बस्नुपर्दैनथ्यो ।
भाषाको कारण दुवै प्रसंगमा समस्या परेको हो । एउटा मेरो आफ्नो भोगाइ हो, अर्को सुनिदै आएको प्रसंग । यस्ता समस्यालाई लेख्दै गइयो भने लामो हुन्छ । प्रसंग एक होइन, अनेक छन् । जानेर नजानेर वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जनजाति, मधेसी र दलितले समाजमा समस्या भोग्दै आएका छन्, सदियौँदेखि । यसरी समस्या भोगेका नेपालीले नयाँ संविधानमार्फत नहेपिने ग्यारेन्टी खोजेका थिए । एउटा शब्द शुद्ध उच्चारण नगरेकै भरमा हेयको दृष्टिले नहेरिने वातावरण खोजेका हुन् । तामाङको छोरा भएकै आधारमा कक्षामा राम्रो गर्दा अचम्म मान्नुपर्ने वातावरण नहोस् भन्ने खोजिएका हुन् ।
आज नेपाली समाजमा जटिल सवाल उठेको छ— यस्ता समस्या कम गर्दै जाने कि यसलाई कुनै समस्या नै नमान्ने भन्ने । के हाम्रो समाज कुनै पनि परम्परा, आचरण, व्यवहारमा साँच्चै सवालै उठाउन नमिल्ने गरी मिलेकोे छ त ? छ भने, अहिले किन राष्ट्रिय राजनीतिमा अनेक सवाल उठेको छ ?
तामाङनी आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’ प्रहरीले आमालार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
के नयाँ बन्ने संविधानले उत्पीडनमा परेका जाति, समुदाय, क्षेत्रलाई सम्बोधन गर्न आवश्यकै छैन त ?
अहिले संघीयताको बहस चर्को रूपमा उठेको छ । उत्पीडितहरुले राज्यमा आफ्नो पहिचान खोजेका छन् । पहिचान भनेको, मरेको गाईगोरुको मासु खाँदै आएका जातिलाई राज्यले त्यही रुपमा चिन्नु अर्थात् परिचय पाउनु हो । दलित, मधेसी, जनजातिको के कारणले शासन र प्रशासनमा पहुँच पुगेन भनेर बुझ्नु हो । र, त्यसलाई सम्बोधन गर्नु हो । यो सम्बोधन भनेको, जाति, समुदाय, भाषा, क्षेत्रका आधारमा राज्य अर्थात् संघ बनाउनु हो । यो कुनै जनताबीच वैमनस्यता उत्पन्न गराउने विधि होइन । यो त उत्पीडनमा परेका जाति, समुदाय, भाषा, क्षेत्रलाई राज्यको मूलधारमा समेट्ने विधि हो । यसले नेपाली जनताबीचको भाइचारालाई समाप्त गर्दैन । तर, मानिसहरु यो कुरा बुझ्न तयार छैनन् ।
देशमा पछाडि परेका अनेक जाति, समुदाय र क्षेत्र छन् । त्यस क्षेत्रकै समुदायको हालिमुहाली हुने गरी संघीयता बनाउन सकिन्छ । अहिलेको माग पनि यही हो ।
अर्को प्रसंग हेरौँ । एक दशकपहिले, दोलखाको बाक्लो तामाङ बस्ती ध्याङसुका ठोकरको विद्यालयमा कार्की थरका शिक्षक थिए । जो तामाङ भाषामा नेपाली विषय पढाउँदै थिए । सबै विद्यार्थी तामाङ भएकाले नेपालीमा मात्र पढाउँदा विद्यार्थीले नबुझेर उनी हैरान भए छन् । जति पढाए, रटाए पनि परीक्षामा पास नहुने । स्थानीय अभिभावकसँग मिलेर उपाय निकालियो, सकेजति किताब तामाङ भाषामै पढाउने । यसले विद्यार्थीले प्रगति पनि गरेछन् । तर, केन्द्रको सरकारलाई के थाहा, तामाङ विद्यार्थीलाई कसरी पढाउनुपर्छ भन्ने ? अनि, सजिलै भन्दियो— यो तामाङ बोल्न जान्दैन, पढ्दैन् । अनि, राज्यमा अधिकार खोज्छ ।
अहिलेको बहस यही हो, उत्पीडित समुदायको आवाज यही हो । कि कसरी राज्यको मूलनीतिमा आफूहरु पनि समिटिने !
कुरो गहिरो छ । आज रेस्टुरेन्टमा मरेको भैँसीको मःमः खाने, महँगोमा मोबाइलबाट सेल्फी खिच्ने, फेसबुकमा गरिबको तस्बिरमा दयाका शब्द अंग्रेजीमा व्यक्त गर्ने, अंग्रेजी स्कुलमा पढेका धनाढ्य र धनाढ्यका सन्तानले यो मर्म बुझ्दैनन् । त्यसैले राजनीतिज्ञले नै यसलाई बुझ्न आवश्यक छ । तर, अहिले देशका नेताले सदियौँदेखि उत्पीडनमा परेका जनतालाई उपेक्षा गर्न खोज्दै छ ।
तामाङ समुदायमा मामा र फुपूका चेलाचेली विवाहका लागि चल्छ । यो पुरानो चलन हो । अझ यो नाताबीच उमेर मिल्छ भने विवाहको पहिलो अधिकार नै हुन्छ भनिन्छ । यो संस्कार तामाङलगायत अन्य कतिपय जातिको पनि मौलिक पहिचान हो । यसले छोराछोरीको इच्छा र अधिकारको हरण गर्ला, त्यो आफ्नै ठाउँमा छ । तर, कुनै जमाना थियो, आफ्नी चेली आफ्नैमा सुरक्षित हुन्छे । त्यहीअनुरुप पनि यो चलन बस्यो होला । यो चलनलाई भने राज्यले सम्बोधन गर्न चाहेन । किनभने, यस्तो चलन नमान्नेहरुकै राज्य थियो । यो संस्कारलाई हेयका दृष्टिले हेरिँदै आइयो । कतिसम्म भने सरकारले नेपालको हाडनाता करणीसम्बन्धी नियम बनाउँदा जनजातिको यो संस्कारलार्ई वैधता दिएको थिएन । तर, अहिले भने सच्चिएको छ ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् ।
यस्ता धेरै थिचोमिचो भोग्दै आएका जनजातिले नयाँ बन्ने संविधानमा आफ्नो पहिचानसहितको राज्य खोजिरहेका छन् । मान्छेहरु तर्क गर्छन्, त्यसो भए, चेपाङ र दलितलाई पनि राज्य दिने ? तामाङलाई राज्य दिन भनेर कुनै क्षेत्रमा तामाङलाई राजा बनाउ, लिम्बुलाई राजा बनाउ, मगरलाई राजा बनाउ, मधेसीलाई राजा बनाउ, भनेको कहाँ हो र ? उत्पीडितलाई राज्यको मूलधारमा ल्याउ भनेको पो । कसरी ल्याउने भन्नेबारे बहस गरौँ । नयाँ बन्ने संविधानमा सम्मानजनक स्थान सबैलाई दिउँ । तर, अहिलेका राजनीतिक दल यो कुरा बुझ्न तयार छैनन् ।
देशमा दशवर्ष जनयुद्ध भयो । जसमा साथ दिने जनजाति नै बढी थिए होलान् सायद । ०६२/६३ जनआन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको माओवादीले दलित, मधेसी र आदिवासी जनजातिकै आवाज बोल्यो ।
मरेकोलाई म¥यो र भन्न नजानेर जेल बस्नुपर्ने बाध्यतालाई हटाउँछौ भन्यो । राज्य नै दिने जस्तो कुरा पनि गर्यो । तर, अहिले क्रमशः उत्पीडितको कुरा क्रमशः ओझेल पर्र्दै गएको छ । माओवादीले उत्पीडित वर्गको समस्यालाई बोकेर हिँड्न जानेन । हुन सक्छ, महलको बाससँगै बिर्सियो ।
पछाडि परेका समुदायले अधिकार मागेर शासकलाई हटाउनुपर्छ भन्दा ‘ठेलागाडामा चढेर अमेरिका हिँड्ने मान्छे’ भनेर भद्दा जोक गर्नेहरु फेरि सत्तामा पुगे ।
अहिले उनीहरु उत्पीडनमा परेका जनतालाई गिज्याइरहेछन्, अनेक ठट्टा गरेर । उत्पीडित वर्ग शासक वर्गको इसारामा कतिञ्जेल नाचेर बस्ला सोच्नुपर्ने बेला आएको छ ।

Saturday, February 7, 2015

साइत

बाबुको के बिचार छ त ?
चिया पिउँदै कुरा सुरु भो ।
त्यो भन्दा पहिले सामान्य अनौपचारिक कुराकानी भएका थिए अफिस र आफन्तका ।
मनमा भएका कुरा कताबाट सुरु गर्ने हो । धक लागि रहेको छ । फिल्म हेर्दा केटीलाई आफ्नो विवहाको कुरा गर्दा ‘क्लोजअप’मा औलाले भुँई कोट्याएको देखाउँथे । केटाले विहेको कुरामा के गर्थे ? मैले फिल्ममा देखेको थिइन । लौ फसाद के गर्ने होला ? बिहेका कुरा देखाउँदा केटीका अरु रुप पनि देखाइन्छ । फिल्ममा । अरुका घरमा जाने भएकोले माइतीघरको यादमा रुने । जबरजस्ती जानपर्ने जस्ता । म अरुको घर जाने होइन ल्याउने हुँ । कस्तो ‘सिन’ हाल्दा हुन् यस्तो ‘प्लट’मा । क्यामरा हुँदो हो त मेरै अनुहारको ‘बिगक्लोजअप’ रेकर्ड गरे के फरक पर्दो हो र ? कुराकानी बिस्तारै अघि बढ्दैछ ।
हुनेवाला ससुराबासँग कुरा गर्दैछु । साथीभाइको अनौपचारिक गफगाफमा केटीलाई ‘पट्याउन’ भन्दा बढि गा¥हो त केटी बालाई ‘पट्याउन’ हो भन्छन् । साथीहरु थप सल्लाह गर्छन । बासँग बोल्दा सानो स्वर निकालेर बोल्नु । जे बोल्दा पनि हजुर हजुर भन्नु । धेरै भन्दा धेरै सम्मान गर्नु । नत्र गा¥हो हुन्छ । जीवन डामाडोल हुन्छ । केटीका बालाई रिस उठे राम्रै हिड्ने मान्छेलाई पनि किन बाङ्गो हिडेको भन्छन् रे । राम्रै बोल्नेलाई तोते बोली रैछ भन्छन् रे ।
मेरो भागमा अहिले केटी बा ‘पट्याउने’ ‘प्लट’ परेको छ । यो कुनै फिल्म होइन । साथीभाइले भने जस्तो सजिलो पनि छैन । फेरी यसो सम्झन्छु । अनुभबी साथीहरुले भनेका हुन क्यारे । सुनेको कुरा । यतिखेर ज्यान हेर्दा केही भएको छैन । त्यस्सै काले मान्छे । अलि कालो भएको हुँदो हुँ । अरु राम्रो छु । ठीक छु । भित्र भित्रै भरपुर अप्ठ्यारो छ । असजिलो छ । ज्वरो आएको छ । यस्तो परिस्थितीलाई सहज बनाउँदै हुनेवाला ससुराबाले भने ‘लौ ठीकै छ छोरीले हामीसँग सामान्य कुरा गरेकी छे । तंपाईहरु एक अर्कालाई मन पराउने थाहा पायौ ?’
कुरा त्यतिकै रोकियो । अब थप तं भन केटो भन्न खोजेका त होलान् । भन्न केही खोज्यो । मुखबाट शब्द निस्कदैन । भित्रभित्र डल्लो पर्छ । पेट भन्दा माथीबाट भन्छु भनेर घाँटीसम्म आउँछ । त्यही रोकिन्छ । के भन्ने ? कसरी भन्ने ? मन त पराकै हो । डेटिङ पनि हिडेकै हो । छोरीका बालाई के के कुरा सुनाउने ? के घटाउने । कसरी छोरीसँगको प्रेमकहानी भन्ने ।
अरु पनि अप्ठ्यारा छन् । हुनै लागेको भैनसकेको ससुरालाई के भनेर सम्बोधन गर्ने । बा भन्ने कि अंकल भन्ने ?  अहिले सम्म बोल्दा नमस्कार र हाइहेल्लो सामान्य मात्र चलेको छ सम्बोधन बिना । जे त पर्ला । असजिलो गर्दैै सानो स्वरले एक वाक्य बोलेँ ‘हो हामी मन पराउँछौ बा ।’ बिहेकै कुरा चलेपछि श्रीमतीको बा मेरो पनि ससुराबा हुनक्यारे लौजा । बा नै सम्बोधन गरेँ । यो एक वाक्य बोल्नलाई हुने वाला श्रीमतीलाई प्रेम प्रस्ताव राख्दा भन्दा गाह्रो भो ।
बाले सम्बोधनमा आपति जनाएनन् । सासुआमा पनि हामीलाई सुन्दै चिया खाँदै थिइन । अब उनले कुरा थपिन । ‘तंपाईहरु एक अर्कालाई मन पराएको मान्छे हो । हामीले धेरै के भन्नु । कसरी जीवन चलाउने भन्ने पनि तंपाईहरुकै हातमा छ । तै पनि हामीले औपचारिकता पुरा गर्नु पर्छ । जति सक्यो छिटो विवहा गर्नु पर्यो ।’
एक छिन सन्नटा छायो । सायद हुनेवाला ससुराबाले थप केही बोल्ला कि भनेर खाली छोडेको हुनु पर्छ । कोठामा खाजा बोकेर मेरी प्रेमिका बन्न लागेको श्रीमती आइन । सासुआमाले खाजा मेरो अघिल्तिरको टेबुलमा राखिन । सासुआमा र बाले आफ्नो प्लेटमा थोरै राखे । न कपाकप खानु न नखानु ।
‘खानु बाबु खाजा ।’ सासुआमा बोलिन् ।
ससुराबा बोलेकै छैनन् । हुनेवाला श्रीमती खाजा राखेर कोठा बाहिर कता हो कता । जे पर्ला खाजा खान हात लम्काएँ ।
ससुराबाले बोले । ‘सधै लभ गरेर मात्रै पनि हुदैन । ब्यवहारिक हुन पर्यो । हाम्रो जातपात मिलेकै छ । साइत हेरेर दिन जुराउनु पर्यो बाबु ।’ पुरै ‘क्लाइमेक्स’को वाक्य ससुराबाले भने ।
फिल्ममा हुँदो हो त यो अबस्था आउनलाई के के हुँदो हो । द्धन्द्ध हुँदो हो । केटी पट्याउन कति काइते काइदा आपनाउनु पर्दो हो । केटी पक्ष र केटा पक्षको कुरा मिलाउन कति गाह्रो हुँदो हो । मेरो त त्यस्तो केही मसलेदार कथा बिना नै क्लाइमेक्समा पुग्यो । जीवन कथा । खाजा कपाकप खादैगर्दा अलि जोस भरिएर आयो । हिन्दी फिल्ममा भनेको झै प्यार किया तो डरना क्या ।
‘हुन्छ । लामालाई डाकेर साइत जुराऔ । मेरो त सबै परिवार गाउँमै हुनुहुन्छ । म मात्रै यता तिर (काठमाडौ) हो ।’
‘अनि के भो त बाबु ?’
मेरो कुरा पुरा नसक्दै हुनेवाला ससुराबाले प्रश्न राखे ।
के भो भन्नु बिहेको दिन फिक्स गर्न अलि असजिलो भो । तामाङहरुको मामालाई नसोधी यस्ता कुरामा ठोस निर्णय हुदैन । मामाहरु आफ्नै तालको भाउ खोज्छन् । भए आफ्नै मामाको छोरी विहे गर्नु पर्ने हो । नभए पनि तिनलाई डालो लान पर्ने हो । अनि यो दिन कस्तो छ ? सोधनी हुनु पर्ने हो । तिनको चित बुझे पछि भन्छन् ठीक छ । भन्जाको विहेको दिन ठीक छ । नत्र तिनले अनेक कुरा भन्छन् । उस्तै परे विहे क्यान्सिल ।
धेरै मामा हुनेलाई सजिलो हुन्छ । एउटा नभए अर्को मामा मान्छन् । आफ्नो त भएको मामा पनि एउटै छ । ती मानेनन् भने । मामा पछि आमा छन् । आमालाई छोराले बुहारी ल्याओस भन्ने छ । तर बुहारी आमाले भने जस्तो हुन पर्छ । ‘घाँस,दाउरा छिटो गर्ने । मेलापातमा दौडिने । पाखुरी बजाएर खाने बुहारी ल्याउनु पर्छ बुझिस् ।’ आमाको माग छ । बा मेरा विहेको बारेमा खासै कुनै माग गर्दैनन् । एक पटक अरुसँगै कुरा गर्दा सुनेकोथे । ‘पढेको छ । ल्याउँला नी आफैले हेरेर ।’ बिचारा बा आमाले एक पटक हकारे भने आफ्नो भनाई चेन्ज गर्न बेर लाउँदैनन् ?
यसो अनासुकीको बिचार गर्छु । म कमाउने मान्छे । खल्ति रितो छ । खातामा पनि केही छैन । तैपनि आटे पछि आट्यो । ‘बिहे गर्न र घर बनाउन कमाएर राख्दैन मान्छेले‘ कतै सुनेको भनाईले हौसला बढायो ।
अघि सम्म एक्लिएको जस्तो लागेको कोठामा सबै आफ्नै लागे । हुन लागेकी श्रीमती कोठामा आउँला कि भनेर हेरेँ । आइनन् । किचन तिर तेलमा केही झानेको स्वर सुनेँ । झ्वाई । सोचेँ किन खाना पकाउन हतारिकी होली । जिन्दगीभर खाना खान त बाँकी छ । एक छिन सँगै बसेकी भए भैहाल्थ्यो । तर अर्को मनले सोचेँ । उनलाई पनि गाह्रो छ नी । आमा बासँग बसेर आफ्नै बिहेको बारे कुरा गर्न ।
अब अघि जस्तो अप्ठ्यारो हराउँदै गयो । बिस्तारै सबै सजिलो हँुदै गए । मनका कुरा राख्न सक्छु जस्तो भो । साइत हेरियो लामासँग । खै कुन कुन ‘छ्याई’ हेर्दै साइत निकाले माघ २५ । बिहे भए पनि दुई बर्ष बित्यो ।
साइत
बाबुको के बिचार छ त ?
चिया पिउँदै कुरा सुरु भो ।
त्यो भन्दा पहिले सामान्य अनौपचारिक कुराकानी भएका थिए अफिस र आफन्तका ।
मनमा भएका कुरा कताबाट सुरु गर्ने हो । धक लागि रहेको छ । फिल्म हेर्दा केटीलाई आफ्नो विवहाको कुरा गर्दा ‘क्लोजअप’मा औलाले भुँई कोट्याएको देखाउँथे । केटाले विहेको कुरामा के गर्थे ? मैले फिल्ममा देखेको थिइन । लौ फसाद के गर्ने होला ? बिहेका कुरा देखाउँदा केटीका अरु रुप पनि देखाइन्छ । फिल्ममा । अरुका घरमा जाने भएकोले माइतीघरको यादमा रुने । जबरजस्ती जानपर्ने जस्ता । म अरुको घर जाने होइन ल्याउने हुँ । कस्तो ‘सिन’ हाल्दा हुन् यस्तो ‘प्लट’मा । क्यामरा हुँदो हो त मेरै अनुहारको ‘बिगक्लोजअप’ रेकर्ड गरे के फरक पर्दो हो र ? कुराकानी बिस्तारै अघि बढ्दैछ ।
हुनेवाला ससुराबासँग कुरा गर्दैछु । साथीभाइको अनौपचारिक गफगाफमा केटीलाई ‘पट्याउन’ भन्दा बढि गा¥हो त केटी बालाई ‘पट्याउन’ हो भन्छन् । साथीहरु थप सल्लाह गर्छन । बासँग बोल्दा सानो स्वर निकालेर बोल्नु । जे बोल्दा पनि हजुर हजुर भन्नु । धेरै भन्दा धेरै सम्मान गर्नु । नत्र गा¥हो हुन्छ । जीवन डामाडोल हुन्छ । केटीका बालाई रिस उठे राम्रै हिड्ने मान्छेलाई पनि किन बाङ्गो हिडेको भन्छन् रे । राम्रै बोल्नेलाई तोते बोली रैछ भन्छन् रे ।
मेरो भागमा अहिले केटी बा ‘पट्याउने’ ‘प्लट’ परेको छ । यो कुनै फिल्म होइन । साथीभाइले भने जस्तो सजिलो पनि छैन । फेरी यसो सम्झन्छु । अनुभबी साथीहरुले भनेका हुन क्यारे । सुनेको कुरा । यतिखेर ज्यान हेर्दा केही भएको छैन । त्यस्सै काले मान्छे । अलि कालो भएको हुँदो हुँ । अरु राम्रो छु । ठीक छु । भित्र भित्रै भरपुर अप्ठ्यारो छ । असजिलो छ । ज्वरो आएको छ । यस्तो परिस्थितीलाई सहज बनाउँदै हुनेवाला ससुराबाले भने ‘लौ ठीकै छ छोरीले हामीसँग सामान्य कुरा गरेकी छे । तंपाईहरु एक अर्कालाई मन पराउने थाहा पायौ ?’
कुरा त्यतिकै रोकियो । अब थप तं भन केटो भन्न खोजेका त होलान् । भन्न केही खोज्यो । मुखबाट शब्द निस्कदैन । भित्रभित्र डल्लो पर्छ । पेट भन्दा माथीबाट भन्छु भनेर घाँटीसम्म आउँछ । त्यही रोकिन्छ । के भन्ने ? कसरी भन्ने ? मन त पराकै हो । डेटिङ पनि हिडेकै हो । छोरीका बालाई के के कुरा सुनाउने ? के घटाउने । कसरी छोरीसँगको प्रेमकहानी भन्ने ।
अरु पनि अप्ठ्यारा छन् । हुनै लागेको भैनसकेको ससुरालाई के भनेर सम्बोधन गर्ने । बा भन्ने कि अंकल भन्ने ?  अहिले सम्म बोल्दा नमस्कार र हाइहेल्लो सामान्य मात्र चलेको छ सम्बोधन बिना । जे त पर्ला । असजिलो गर्दैै सानो स्वरले एक वाक्य बोलेँ ‘हो हामी मन पराउँछौ बा ।’ बिहेकै कुरा चलेपछि श्रीमतीको बा मेरो पनि ससुराबा हुनक्यारे लौजा । बा नै सम्बोधन गरेँ । यो एक वाक्य बोल्नलाई हुने वाला श्रीमतीलाई प्रेम प्रस्ताव राख्दा भन्दा गाह्रो भो ।
बाले सम्बोधनमा आपति जनाएनन् । सासुआमा पनि हामीलाई सुन्दै चिया खाँदै थिइन । अब उनले कुरा थपिन । ‘तंपाईहरु एक अर्कालाई मन पराएको मान्छे हो । हामीले धेरै के भन्नु । कसरी जीवन चलाउने भन्ने पनि तंपाईहरुकै हातमा छ । तै पनि हामीले औपचारिकता पुरा गर्नु पर्छ । जति सक्यो छिटो विवहा गर्नु पर्यो ।’
एक छिन सन्नटा छायो । सायद हुनेवाला ससुराबाले थप केही बोल्ला कि भनेर खाली छोडेको हुनु पर्छ । कोठामा खाजा बोकेर मेरी प्रेमिका बन्न लागेको श्रीमती आइन । सासुआमाले खाजा मेरो अघिल्तिरको टेबुलमा राखिन । सासुआमा र बाले आफ्नो प्लेटमा थोरै राखे । न कपाकप खानु न नखानु ।
‘खानु बाबु खाजा ।’ सासुआमा बोलिन् ।
ससुराबा बोलेकै छैनन् । हुनेवाला श्रीमती खाजा राखेर कोठा बाहिर कता हो कता । जे पर्ला खाजा खान हात लम्काएँ ।
ससुराबाले बोले । ‘सधै लभ गरेर मात्रै पनि हुदैन । ब्यवहारिक हुन पर्यो । हाम्रो जातपात मिलेकै छ । साइत हेरेर दिन जुराउनु पर्यो बाबु ।’ पुरै ‘क्लाइमेक्स’को वाक्य ससुराबाले भने ।
फिल्ममा हुँदो हो त यो अबस्था आउनलाई के के हुँदो हो । द्धन्द्ध हुँदो हो । केटी पट्याउन कति काइते काइदा आपनाउनु पर्दो हो । केटी पक्ष र केटा पक्षको कुरा मिलाउन कति गाह्रो हुँदो हो । मेरो त त्यस्तो केही मसलेदार कथा बिना नै क्लाइमेक्समा पुग्यो । जीवन कथा । खाजा कपाकप खादैगर्दा अलि जोस भरिएर आयो । हिन्दी फिल्ममा भनेको झै प्यार किया तो डरना क्या ।
‘हुन्छ । लामालाई डाकेर साइत जुराऔ । मेरो त सबै परिवार गाउँमै हुनुहुन्छ । म मात्रै यता तिर (काठमाडौ) हो ।’
‘अनि के भो त बाबु ?’
मेरो कुरा पुरा नसक्दै हुनेवाला ससुराबाले प्रश्न राखे ।
के भो भन्नु बिहेको दिन फिक्स गर्न अलि असजिलो भो । तामाङहरुको मामालाई नसोधी यस्ता कुरामा ठोस निर्णय हुदैन । मामाहरु आफ्नै तालको भाउ खोज्छन् । भए आफ्नै मामाको छोरी विहे गर्नु पर्ने हो । नभए पनि तिनलाई डालो लान पर्ने हो । अनि यो दिन कस्तो छ ? सोधनी हुनु पर्ने हो । तिनको चित बुझे पछि भन्छन् ठीक छ । भन्जाको विहेको दिन ठीक छ । नत्र तिनले अनेक कुरा भन्छन् । उस्तै परे विहे क्यान्सिल ।
धेरै मामा हुनेलाई सजिलो हुन्छ । एउटा नभए अर्को मामा मान्छन् । आफ्नो त भएको मामा पनि एउटै छ । ती मानेनन् भने । मामा पछि आमा छन् । आमालाई छोराले बुहारी ल्याओस भन्ने छ । तर बुहारी आमाले भने जस्तो हुन पर्छ । ‘घाँस,दाउरा छिटो गर्ने । मेलापातमा दौडिने । पाखुरी बजाएर खाने बुहारी ल्याउनु पर्छ बुझिस् ।’ आमाको माग छ । बा मेरा विहेको बारेमा खासै कुनै माग गर्दैनन् । एक पटक अरुसँगै कुरा गर्दा सुनेकोथे । ‘पढेको छ । ल्याउँला नी आफैले हेरेर ।’ बिचारा बा आमाले एक पटक हकारे भने आफ्नो भनाई चेन्ज गर्न बेर लाउँदैनन् ?
यसो अनासुकीको बिचार गर्छु । म कमाउने मान्छे । खल्ति रितो छ । खातामा पनि केही छैन । तैपनि आटे पछि आट्यो । ‘बिहे गर्न र घर बनाउन कमाएर राख्दैन मान्छेले‘ कतै सुनेको भनाईले हौसला बढायो ।
अघि सम्म एक्लिएको जस्तो लागेको कोठामा सबै आफ्नै लागे । हुन लागेकी श्रीमती कोठामा आउँला कि भनेर हेरेँ । आइनन् । किचन तिर तेलमा केही झानेको स्वर सुनेँ । झ्वाई । सोचेँ किन खाना पकाउन हतारिकी होली । जिन्दगीभर खाना खान त बाँकी छ । एक छिन सँगै बसेकी भए भैहाल्थ्यो । तर अर्को मनले सोचेँ । उनलाई पनि गाह्रो छ नी । आमा बासँग बसेर आफ्नै बिहेको बारे कुरा गर्न ।
अब अघि जस्तो अप्ठ्यारो हराउँदै गयो । बिस्तारै सबै सजिलो हँुदै गए । मनका कुरा राख्न सक्छु जस्तो भो । साइत हेरियो लामासँग । खै कुन कुन ‘छ्याई’ हेर्दै साइत निकाले माघ २५ । बिहे भए पनि दुई बर्ष बित्यो ।

Tuesday, April 29, 2014

आमा र मोवाइल


मेरी आमाले चलाउने सबै भन्दा लेटेस्ट टेक्नोलोजी भनेको मोवाइल होला । आमा मोवाइलको अंक चिन्दिनन् । अक्षर चिन्ने कुरै भएन ।

खाली फोन उठायो कुरा गर्यो । कसैको फोन आएन भने त्यतिकै राख्यो । फोन गर्न मनलाग्यो अक्षर चिन्नेलाई गुहार्नु पर्ने । जान्नेकोमा धाउनु पर्ने । चिठ्ठीपत्रको जमनामा चिठ्ठी वोकेर ठूलावडाको धाए जसरी ।

आमालाई जंग चलेछ । म आफै फोन गर्न सक्ने वन्छु । अनि त्यो बेलामा सम्म उनलाई रिसिभकलको कि मात्रै थाहा थियोे । त्यस पछि उनले डायल कि चिनिन । फोन उठाउन मन लागेन भने नउठाउने फान व्यस्त छ भन्ने कि पनि चिनिन । लामो लामो नम्वर सिक्न भने असजिलो भयो ।

हामीले उपाय निकाल्यौ । मोवाइलमा भएको सेम्वोल चित्रहरु राखेर नम्वर सेभ गर्ने । अनि त कुरै सकियो ।
हामीले मिलाएर नम्वर सेभ गरिदियौ । जेठो छोरा अलि पुड्के छ नम्वर भकुन्डो । माइला कता जान्छ के गर्छ आमालाई थाहा छैन त्यसैले पात । साइला अलि फटाहा छ सर्प । कान्छा अलि कुरा दोहोरो गर्छ दोहोरो धर्का । दिदीको नम्वर पनि सेभ गर्नु पर्यो । दिदी विवाहित त्यसैले भिनाजुको समेत गरि दुईटा टाउको । मामा, हजुआमा सबै गरि झन्डै १५ जना भन्दा बढिको नम्वर सेभ भो ।

अव जस्ले फोन गर पनि चित्र आए पछि चिन्थिन लौ फलनाको फोन आयो । आमालाई दुःख दिन मिसकल मार्छौ । आमा थाहा पाउनु हुन्छ । ग्याद आरे ? काम छैन केटा ?

अव अर्को उपाय पनि सिकिन फोन गर्ने । हामीले उपाय निकाल्यौ एउटै मात्र अंक हानेर फोन गर्ने । स्पिड डायल भन्छ क्यारे । आठ जनाको स्पिड डायलले धान्यो । अर्को उपाय पनि सिकायौ । नम्वर सेभ भएको चित्र हेर्ने अनि डायल गर्ने । त्यो पनि उनले सिकिन् ।

जहाँ इच्छा त्यहाँ उपाय भनेको त्यस्सै होइन रहेछ । । अव आमाले सजिलै थाहा पाउँछिन दुई टाउका आयो भने दिदीको फोन । पात आयो भने माइला ।

आमाको मुख हेर्ने औशी । विहानै उठेर फोन गरेँ । परदेशी भैखाको छोरोले गर्ने त्यति न होला ? फोन उठेन । शायद आमा काली भैसीको दूध दुदै थिइन कि ?

एक पछि गरुला भनेर फोन दोहोर्याइन । के के काममा व्यस्त भएर आमालाई फोन गर्न विर्सेछु । खाना खाने बेलामा फोन आयो ।
तिला लावन मुला? के गर्दैछस ?
घइमा खावा घिम्री ? घर कहिले आउँछस् ?

म सनै छदा आमा मलाई सधै पढ भन्नु हुन्थ्यो । दाजुभाइ दिदी वहिनी मिलेर पढ्थ्यौ । पढ्नु के थियो गीत गाउँथ्यो । आमा अक्षर नचिन्ने तर कखराको गीत भन्न सक्ने । आमाले भन्थिन । हामी कपिमा अक्षर हेर्थ्यौ । क हामी सबैको आँखा क मा हुन्थ्यो । ख हामी सबैको आँखा ख मा ।

हामी विस्तारै अरु धेरै कुरा सिक्यो । पढ्नका लागि सदरमुकाम हुदै राजधानी छिर्यौ । दिदीको विहे भो । अरु दाइभाइको कथा मेरो भन्दा फरक छैन । हामी आफैमा व्यस्त भै टपल्यौ । अव हामीले चिन्ने अक्षर धेरै भयो । नेपाली मात्रै होइन अंग्रजी पनि चिन्ने भयौ । छोराछोरी बढे पछि आमाले कसैलाई कखराको गीत सुनाउन परेन । आजकाल विर्सिइन जस्तो छ ।

हामी सहर छिरेर केके सिक्यौ । कम्प्युटर, फोटोग्राफी, भिडियोग्राफी के के हो के के ? सिक्नु पनि त्यस्तै छ । आमाको जिन्दगीमा धेरै फेरवदल छैन । जति सन्तानको छ । अँ सँच्ची मेरो त फेसवुक पनि छ । मेरी आमा फेसवुक चलाउने त कुरै भएन । आमालाई सम्झिएर फोटो अपलोड गर्ने कति भए कति । तर स्टाटस लेख्ने पनि धेरै भए । जति घन्टा फेसवुकमा आमालाई सम्झेर विताइयो । त्यति घन्टा आमालाई कुनै कुरा सम्झाइएको छैन होला ।

जे होस आमाहरु आफूलाई नआए पनि सन्तानलाई सिकाउँछन् । सन्तानले जानेको कुरा आमालाई सिकाउने फुर्सत थोरैसँग मात्रै छ । म अपवाद होइन । जेहोस आमाले कुनै बेला अक्षर नजानीकनै  गीतको शैलीमा सिकाको कखरा नै अहिले म कम्प्युटरमा टाइप गरिरहेछु ।

Tuesday, April 15, 2014

चिसापानी ।

‘उकालो नभए के हुन्थ्यो ?’
सुन्दरीजलको उकालो चढ्दै गर्दा सोधिएको प्रश्न ।
‘के हुनु कि त सम्म नी ।’
सुन्दरीजलबाट चिसापानी जानको लागि उकालो चढ्दै थियौ । औपचारिक अनौपचारिक गफगाफले यात्रा बढ्दै गयो ।
काठमाडौ धुँवाधुलोको सहर । जतागयो त्यतै धुलो छ । प्रदुषण केमा छैन ? स्वास फेर्दा हावा र धुलोको मात्रा बरावर हुन्छ । त्यसैले एक दिन भए पनि स्वच्छ हावामा स्वास फेर्न निस्किएका छौ ।
सुन्दरीजलमा गाडीवाट ओर्लने वितिकै नक्सा राखिएको छ । पर्यटकलाई सजिलो होस भनेर । जान सकिने संभावित गन्तव्य लेखिएको छ । अनि पैदल हिडेर पुग्न सकिने संभावित समय पनि ।
हामी पुग्नु पर्ने चिसोपानी । झन्डैे २२ किलोमिटर । संभावित लाग्ने समय लेखिएको पाँच घन्टा छ । तर सुन्दरीजलबाट हिडेर चिसोपानी पुग्नेहरुको अनुभवले भन्छ त्यति सजिलै यात्रा सकिदैन । ‘कस्सिएर हिड्ने मानिसलाई लाग्ने समय हो त्यो । अरुलाई त धेरै लाग्छ । पैदल हिड्न वानी छुटेकोले छ सात आठ घन्टा हिडे पछि मात्र चिसोपानी पुगिन्छ ।’ हामीसँगै हिडेका मोहोन केसीले भने । उनी पहिले पनि चिसापानी पुगेसकेका थिए ।
सुन्दरीजलवाट आधा घन्टा उकालो चढे पछि शिवपुरीनागार्जुन राष्ट्रिय निकुञ्जको गेट आउँछ । नेपालीले १० रुपैया र विदेशीले भने २५० रुपैया तिरे पछि निकुञ्ज छिर्न पाइन्छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १५९ वर्ग किलोमिटर फैलिएको छ । ‘राजधानीसँगै जोडिएको निकुञ्ज विश्वमै छैनन् । सन् १९७५ देखि वन्यजन्तु आरक्षको रुपमा संरक्षित क्षेत्र हो शिवपुरी । सन् २००२ देखि भने राष्ट्रिय निकुञ्ज वन्यो ।’ सहायक वार्डेन नारायण रुपाखेतीले निकुञ्जको इतिहास भने ।
निकुञ्ज भित्र प्रत्येक वर्ष ८ लाख भन्दा बढि मानिस पुग्छन् । विदेशीको संख्या थोरै छ । ‘धेरै स्वदेशी नै निकुञ्ज घुमेका छन् । राजधानीमा ४० लाख भन्दा बढि मानिसको वसोवास भएको अनुमान गरिन्छ । यी मध्ये धेरै मानिस वनभोज खानकै लागि भएपनि शिवपुरी निकुञ्ज पुगेकै छन् ।’ रुपाखेतीले थपे ।
शिवपुरी नागार्जुन निकुञ्जको सबै भन्दा अग्लो ठाउँ २७ सय ३२ मिटर अग्लो शिवपुरी डाँडो हो । चिसोपानी पुग्नलाई भने २४ सय ५१ मिटरको भञ्ज्याङ काटे पुग्छ । हामी उकालो चढ्दैछौ ।
निकुञ्ज भित्र छिरे पछि देखिन्छ काठमाडौ वासीका लागि पानी ल्याउन वनाइको ड्याम । वागमतीमा वग्नु पर्ने पानी काठमाडौमा पिउनेको लागि लगे पछि ड्याम भन्दा तल चुहिएर वग्ने थोरै पानी मात्र छ । वग्नु पर्ने पानी नवगे पछि वागमतीमा ढल वग्ने नै भयो ।
निकुञ्ज भित्रको पानीले उपत्यकाको आधा माग धान्छ । दैनिक ३० लाख लिटर पानी काठमाडौलाई पु¥याउदै आएको छ । पानी मात्र होइन वनवनस्पतिका लागि पनि निकुञ्ज राम्रो छ । १२ सय ५० थरिका वनस्पति, २२ थरिको स्थनधारी जनावार, ३११ थरिका चराचुरुङ्गी, १०२ थरिको पुतली, १२९ थरिका च्याउ पाइन्छ ।
सुन्दरीजल चिसापानी गाडी गुड्ने कच्चिवाटो वनेको छ । नियमित गाडी नचले पनि सामान ओर्सानको लागि निकुञ्ज भित्रैबाट बाटो वनाइको छ । तर पैदल यात्रीहरुका लागि भने खुटकिला वनाईका वाटा छन् । मोटरसाइकलमै चिसापानी हुइकिनेको संख्या पनि राम्रै छ ।
‘भोक लाग्यो । उकालो कसरी चढ्नु ?’
ड्याम नपुग्दै कराउन थाले । सिधै उकालो नचढेको धेरै भएछ । हे¥यो सबै जना पसिना पसिना भएर भिजेका छन् ।
‘अव माथिल्लो गाउँ पुग्ने वितिकै खाने हो ।’ फेरी अनुभवी मोहोन वोले ।
‘खाना खाने हो । वरु पाइन्छ कि पाइदैन ?’
‘यत्रो ट्रेकिङ रुट पनि खान नपाइने ? त्यस्तो त हुदैन नी ।’ गफिदै उकालो लाग्दैछौ ।
निकुञ्ज भित्रको गाउँ हो मुलखर्क । वाटोमा पर्ने प्राय सवै घरमा सानातिना होटेल छन् । धेरै थरिका परिकार नवने पनि नेपाली खाना जता पनि पाक्छ ।
खाना खाने होटेलका साहु नारायण श्रेष्ठले भने ‘यो गाउँ सके पछि चिसोपानी नपुग्दासम्म कुनै पसल छैन । विचमा चाहिने सामान यतै किन्नु होला ।’ घुमाउरो आफ्नो विज्ञापन भए पनि हाम्रा लागि राम्रो जानकारी थियो । पानी र केही विच बाटोमा खान मिल्ने समान किन्यौ ।
जंगलमा गुराँस कतै फुलेका थिए । गाउँ छोडे पछिको वाटो वन भित्र छ । रुखै रुख । खसु्रक, गुराँस, उतिस, सल्लाका  । कुनै वेला शिवपुरीको वनको रुख काठमाडौका वासिन्दाको दाउरा पाइने ठाउको रुपमा चिनिन्थ्यो । ‘त्यसरी रुख काटिए पछि वन सकिनै लागेको थियो । सुन्दरीजलवाट माथि हेरे वन कतै कतै मात्र देखिन्थ्यो ।’ नारायणले सम्झिए ।
वन्यजन्तु आरक्षको स्थापना भए पछि भने वनको स्वरुप फेरियो । हेर्दाहेर्दै घना वन भयो । हामी घना वनको वाटोमा हिड्दैछौ ।
‘फोन त टिप्दै टिप्दैन रैछनी ।’
‘मज्जा भो त्यसो भए ।’
समूहमा भएका साथीहरुको गुनासा थिए ।
झन्डै ६ घन्टामा भन्ज्याङ पुग्यो । सबैले झै हामीले पनि भन्ज्याङको देवीलाई ढुङगा र स्याला चढायौ । पुरानो मान्यता अनुसार यसो गरे आएको दशाग्रह देवीले हाटाइदिन्छिन रे । साथीहरुले भने यत्रो हिडेर थाकिएको छ देवीहामीलाई हिड्ने शक्ति देउ ।
देउराली कटे पछि ओरालो । अनि हिमालका लाइन देखिए ।
‘कुन कुन हिमाल हो ?’
थाहा भए पो वाल्नु । चुप ।
पछि जान्नेले भने अन्नपुर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल राम्रैसँग दखिन्छन् । अरु पनि धेरै हिमालहरु छन् ।
देवीले शक्ति नदिए पनि पाइला आफै लम्किए । सात घन्टामा चिसापानी पुग्यो ।
नुवाकोटमा पर्ने चिसापनी काठमाडौ र सिन्धुपाल्चोकको सिमानामा छ । ‘चिसापानीकै बाटो भएर कुनै वेला तिव्वतसम्मको व्यापार हुन्थ्यो । अहिले गोसाइकुन्ड, हेलम्वु, लाङटाङ राष्ट्रिय निकुञ्ज पदलै जान प¥यो भने सुन्दरीजल चिसापानी हुदै जाने हो । चिसापानीबाट नगरकोट, धुलिखेल हुदै पनौती निस्कने ट्रेकिङ रुट चलेको छ ।’ चिसापानीमा होटल चलाउदै आएका साधुरामले भने ।
चिसापानीमा होटलहरु छन् । सुविधायुक्त देखि सामान्यसम्म । हिमालका रेञ्ज देखिन्छन् । देउरालीबाट देखिने भन्दा अझ बढि । प्राय चिसो भैरहेने भएकोले भएकोले चिसापानी नाम रहेको भनाई स्थानीयको छ ।
भोलिपल्ट हामी वागमतीको सुरु भएको नागमती भएर फर्कने भयौ । स्थानीयहरु ठूलो धाप र सानो धाप भन्छन् । अहिले विभिन्न संघसंस्थाको सहयोगमा धापलाई ठूलो पोखरी वनाइने योजना छ । यदि योजना अनुसारको काम भए छिट्टै काठमाडौको वासिन्दाले बोटिङ गर्न पोखरासम्म धाउनु पर्ने छैन । पोखराको विकल्प वन्न सक्छ धाप ।
दुई दिन स्वच्छ ठाउँमा स्वास फेरेपछि काठमाडौ फर्कदा मनमा कता कता नरमाइलो लागे पनि यात्रा रमाइलो भयो । फर्कने क्रममा मुलखर्क गाउँमा तामाङ भाषा राम्रो गीत लेखिएको थियो । आफू तामाङ नै भएकोले भावानुवाद गरेर साथीहरुलाई सुनाएँ ।
गाउँ पनि राम्रो वन राम्रो
तंपाई आउनु भो झन राम्रो
हरियाली वचाउछौ
स्वच्छ हावा पठाउँछौ ।
प्राकृतिक सुन्दरता हेर्नलाई
स्वच्छ हावा फेर्नलाई
माया हामीलाई लाउनु है
फेरी फेरी पनि आउनु है । ।


Wednesday, January 1, 2014

कसम

कसम

कसमको मौसम झै
थरि थरिका भाषा र शैली
यो गर्ने त्यो नगर्ने
यो हुने त्यो नहुने
नयाँ वर्ष नयाँ तरिकाका कसमहरु ।

जोडी, थान, दर्जन
असंख्य कसमहरु
दुःखी नहुन दुःखी नबनाउने शर्तका कसमहरु
कसमका लागि वनेका थप नयाँ कसमहरु ।

पुरा नभएका पोहोरका कसमहरु
खुइलिएर बसेको राजधानीको मुटु घन्टाघर जस्तो
अलि अलि चुनले पोतिएर
नयाँ र बैशालु छु भन्ने भ्रममा परेको धरहरा जस्तो
ढिङ्ग उभिएको छ
जस्ताको तस्तै ।

मनभरि अर्कै कुरा राखेर
खर्चन्छन् तरिका तरिकाका नयाँ कसमका परिकारहरु
थाहा हुदा हुदै सत्य होइन भन्ने
मान्छेलाई लागेको छ रोग
एक छिन कसम खाने
अम्मलीले बेफाइदाको गीत गाउँदै
रित्याएको गिलास झै
खाली बनाएका सिसी झै ।

कसम साट्नका लागि
डिस्कोथेक, चोक, रेष्टुरेन्ट, वार, भट्टी, पार्क वा अन्तै कतै
झोक्किएर वा झोक्रिएर
खर्चिएकै छन् कसमका परिकारहरु
विक्री भएकै छ सबै तिर
मालामाल भएकै छन् कसमवाजहरु ।

ठाउँ र परिवेश न हो फरक
न वर्ग छ न जात
न तल छ न माथी
सबै एकै छन्
खाली भाषा फरक होला
बोली फरक होला ।

जेहोस नयाँ वर्षमा
फेरी कहिल्यै पुरा नहुने
कसम खानेहरुका बिच
म पनि उभिएको छु
अर्को कसम खान
पोहोरको फोहोर कसमलाई विर्सदै
फेरी खाँदैछु नयाँ कसम नयाँ सालमा ।

थोकरवस्ती डेराटोल ।

Wednesday, December 18, 2013

कोप १९


वातावरणीय विषयमा छलफल गर्न सदा झै यो बर्ष पनि पोल्यान्डको वार्सामा कोप अर्थात १९ औ जलवायु सम्मेलन भयो । विश्व भरिका सरकारी, गैह्रसरकारी तथा वातावरण विदहरुको सम्मेलनमा भेला भए । नोभेम्वर ११ देखि २२ तारिखसम्म चलेको सम्मलेनमा विश्व भरिका वातावरणीय समस्याका बारेमा छलफल भयो । तर सम्मेलनबाट खासै नयाँ र दीर्घकालीन निर्णय भने हुन सकेन ।
गरिव देशहरुमा जलवायु परिवर्तनको असर बढि परेको छ । धेरै असर भोग्न बाध्य गरिव देशहरुका कारण विश्वको जलवायु परिवर्तन भएको होइन । धनि देशमा भएका ठूला उद्योग कलकारखानाबाट निस्कने हरित गृहग्यासका कारण विश्वको तापमान बढिरहेको छ । हिमाली क्षेत्रका हिउँ पग्लदै छन् । समुन्द्रमा पानीको सतह बढ्दै छ । यस्तै यस्तै समस्याका कारण पराम्परागत जीवनशैली परिवर्तन हुदैछ । समय अनुसार अनुकुलित हुनका लागि नयाँ नयाँ तरिका अपनाउनु परिरहेको छ ।
आफू धनि बन्नका लागि खोलिएको उद्योगले विश्व भरि पारेको असरलाई कम गर्न जलवायु सम्मेलनमा कुरा चल्छ । धनि औद्योगिक देशले गरिव देशलाई क्षतिपुर्ति दिनु पर्ने माग उठ्छ । यो वर्ष पनि कोप १९मा पनि त्यस्तै विषयमा छलफल त भयो तर कुनै निष्कर्ष निस्कन भने सकेन । धनि औद्योगिक देशले गरिव देशका कुरा सुनेनन् ।
सन् १९९२ सालमा विश्व भरि भएका वातावरणीय समस्यालाई लिएर संयुक्त राष्टसंघीय खाका महासन्धी युनएफसिसिसी सुरु भएको हो । विश्व भरि नै वढ्दै गएको तापक्रम बृद्धिलाई कम गर्न महासन्धी भएको थियो । खाका महासन्धीलाई अझ स्पष्ट पार्नका लागि सन् १९९७ मा क्योटो महासन्धी भयो । धनि तथा औद्योगिक देशहरुले औद्योगिक क्षेत्रबाट निस्कने हरितगृह ग्यास कार्वनको काटौती गर्ने सहमति भयो ।
क्योटो महासन्धीलाई धेरै देशले हस्तक्षर गरे पनि विभिन्न कारणले महासन्धीमा भएका धेरै राम्रा कुरा व्यावहारमा लागु भएको छैन । धनि र औद्योगिक देशले हस्तक्षर गरे गरिव देशले पाउनु पर्ने क्षतिपुर्ती र उद्योगबाट निस्कने हरितगृह ग्यास कार्वन कटौतीका विषयमा भने विवाद बढाउँदै आएका छन् ।
नेपाल सन् २०१३, १४ को लागि अति कम विकसित देशहरुको अध्यक्षता गरिरहेको छ । यस्ता अन्तराष्टिय सभा सम्मेलनमा नेपालले आफू जस्तै ४५ देशका कुरा राख्नु पर्छ । यो पटक नेपालले धनि तथा औद्योगिक देशहरु समक्ष आफु र आफु जस्तै देशको माग र अडान प्रस्तुत गर्यो ।
धेरै छलफल र सम्झौता भए पनि विश्वमा जलवायु परिवर्तनको असर बढि रहेको छ । यस्तो असर कम गर्नका लागि हुने जलवायु सम्मेलनमा नेपाल जस्तो देशले आफ्नो अडान राख्न सक्नु पर्छ । नत्र यस्ता सम्मेलन विदेश भ्रमण गर्ने सजिलो मौका मात्रै हुने पक्का छ ।

Sunday, June 23, 2013

Student Participation helps in three plantation


  


Student Participation helps in three plantation 


GOKUL DORJEE TAMANG

Bishnu Lama was in Tokha bazaar recently with the intention of spreading awareness about saving the forest. She planted a sapling in Bhutkhel chaur.

Accompanying Bishnu were other students from Tokha. The students had gathered there to plant saplings in the Indreni Community Forest area. Around 500 students were present and they planted a variety of 400 different saplings.
Bishnu expressed her happiness at being able to plant a sapling and thus help conserve the forest. She said, “Our environment has undergone many negative effects because we haven’t planted any trees. The growing population is also leading to the decrease in forest area. If people plant saplings like we did then our country’s situation will be different.”


Photo Courtesy: Gokul Dorjee Tamang
School students plant trees on the anniversary of Indreni Community Forest in Tokha of Kathmandu district a few weeks ago. Direct participation of students helps in generating interest in conserving the forest area.


Another resident of Tokha, Anjali Maharjan planted a sapling of the Dhupi tree. Though she had studied about environment and forest conservation, this was the first time she had planted a sapling. “This is my first time planting seedlings with my friends and I’m proud of what we have done,” she said, “It feels good that we are putting into practice, what we have learnt in the classroom. It will be better if we can do this at least once a month.”

Indreni Community Forest had rallied the students for the plantation. Every year, it observes its annual celebration by planting saplings with locals and students. According to Babu Lal Dangol, Chairman of the community forest, the saplings planted by the students are easier to save. “If it’s us who plants the saplings then the students are not very interested in their welfare. But if they plant the saplings themselves, then they look after it and try their best to save it. They also visit their saplings. That’s why if the student participation increases in such matters then it is beneficial to the forest,” he shared his experience.

After the community forest leased the empty land of Bhutkhel in Tokha, they started planting in the area. New saplings are always planted during the annual celebration of the community forest. Last year’s participating students were seen happily sharing their experiences with the new ones. One of the previous students, Rohan Nakarmi had planted a Dhupi tree. “The tree that I planted is green now and I feel happy seeing its progress. That’s why I’m feeling much better this year seeing my plant grow. I come frequently to see how my tree is doing and it’s very satisfying to see it grow.”

However, not all plants survive. Many picnickers come to Bhutkhel chaur as do people for film shoots. The community forest should make laws to protect the plants, adviced Lasata Shrestha, who was busy planting a sapling of Blue Mimosa. “Sometimes even cows come here and cows can also eat these plants. There are many people here when there is a film shoot. Picnics are also frequently happening. If people are told not to go near the area where saplings are growing then only they will survive. People should be warned when they are buying tickets. They should be made to understand, otherwise what good comes out of just us planting trees?” she questioned.







Thursday, May 9, 2013

आमा


आमा

बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ । आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । दिउँसो एक छिनमै बादल आकाशमा देखा पथ्र्यो, अनि पानी दर्किन्थ्यो । पानीले भिजाउनै लाग्दा आमा घुम ओडेर हातमा छाता बोकेर आउँथिन् स्यास्या गर्दै । छाता पुयो बिमा अन्यान्वा । चु नाखी । छाता बोक भन्दा नबोक्ने । कुकुर । मेरो भन्नु केही थिएन । लाग्थ्यो कसरी मिल्यो आमाको कुरा ?

बर्खाको बेला भरपर्दो ओडान घुम हुन्थ्यो । घुम गाउँमै बनाउन सकिन्थ्यो । सालको पात र चोयाबाट । हाम्रो गाउँमा सालको रुख थिएनन् । छैनन् । सालको पात टिप्न बेसीमा झर्नुपथ्र्यो । बा बेसीमा पुगेर पात टिपेर ल्याउथे । पातलाई मिलाएर चोयामा राखिन्थ्यो । अनि तयार हुन्थ्यो पानी छेक्ने घुम ।
घुम ओड्नका लागि भरपर्दो भए पनि बोक्नको लागि भने झन्झटिलो हुन्थ्यो । एक त निक्कै भारी हुने घुम । अर्को सानो फुच्चे म । बोक्नका लागि त्यति सजिलो हुदैनथ्यो ।
छाता अलि सजिलो थियो । ओड्नका लागि घुम जति भरपर्दो नभए पनि । तर यो घुम जस्तो सजिलै हाम्रा गाउँमै तयार हुदैनथ्यो । छाता किन्नका लागि एक दिन हिडेर तामाकोशीबजार या मुडेबजार पुग्नु पथ्र्यो । अनि गतिलै पैसा पनि तिर्न पथ्र्यो । अनि यति महंगो छाता बिग्रिएमा बाको गाली पाइने डर हुन्थ्यो । त्यसैले पनि मलाई छाता गतिलो लाग्दैनथ्यो । भनौ मन भएर पनि मन लाग्दैनथ्यो ।
त्यस्मा पनि दुई पटक छाता बिगार्नेमा पर्थे म । बाले भरखरै बजारबाट किनेर छाता ल्याउनु भएको थियो  । कालो रंगको १६ वटा करंग भाको । ठूलो र महंगो छाता बा भन्दा अरुलाई बोक्ने अनुमति थिएन । बा पानी नपरे पनि छातालाई ढाडमा बोक्थे । इस्टकोटमा झुन्ड्याएर ।
एक दिन के परे कुन्नी बाले छाता बोकेनछन् । मेरो पालो पर्यो भैसी चराउने । सधै झै आमाले पानी पर्दा ओड्ने केही लिन भने पछि मैले बाको स्टकोटमा झुन्डिने छाता बोकेँ । आमाले नाइ भनिनन् ।
दिउँसो घाम लाग्यो । बोकेको छाता के गर्नु ? खोले । ठूलो थियो । एक छिन ओड्दा शितल भो । अनि एसो घुमाको रमाइलो लाग्यो । फेरी घुमाएँ झन रमाइलो लाग्यो । अनि त मेरो काम भैसी चराउनु होइन छाता घुमाउनु मात्रै भयो । दिन भरि छाता घुमाए पछि बेलुकी घर फर्किने बेलामा छाता बन्द गर्न खोजेको बन्द हुदैन् । जति बल लायो बन्द हुदै हुदैन । भए जतिको बल लाउँदा छाता त बन्द भयो भएको १६ करङले बाहिरको छाताको कपडालाई च्यद्दै निस्कियो । अव मसँग भएको बिकल्प भनेको रुनु मात्र हो । राएँ ।
आमा ढिलासम्म भैसी गोठमा नआएकोले खोज्दै आउदै रैछिन् । झन म रोएको सुनेर डराउदै आइछिन् । आइ तिला ताजी ? के भयो ?
मैले कही भनिन । छाता देखाएँ । त्यति महंगो छाता च्यतिदा भक्कु गाली अझ बढि थप्पर पनि पाइने हो कि भन्नेथ्यो । आमाले भनिन् लु लु आक्राउ । छार बालानी । ल ल नरो । नयाँ आउछ नी । ल अघिसम्म त्यत्रो मनमा डर बोकेर बसेको म आमाले एक पटक त्यति भन्ने बितिक्कै खुशीले बुरुक्क उफ्रिएँ । बेलुकी घरमा बाआए पछि आमाले मिलाएर भनिन् । दिन्छे चु मुइ च्याबारी निबाथ्यो । पाप्चिम । ढंग आरेवा । दिउसो यो भैसी चराउँदा कस्सेर लडेछ । ढंग नै छैन । अनि थपिन । मिलाएर छाता खुस्किएको कुरा सुनाइन ।
बाले अरु बेला भए के भन्थे आमाले भाती मिलाएर भने पछि केही भनेनन् । अर्को पटक पनि छाता भाँचेको छु ।

प्लास्टिक बोक्न सजिलो तर ओड्यो ओडे जस्तै नहुने । ठूलो सानो सानो काँडाले पनि प्वाल पारि हाल्ने । त्यसैले पनि मलाई प्लास्टिक मन पर्दैनथ्यो ।
गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदा घरमा दुध दही सधै हुने । गाउँ भरिका सबैका गोरु हुने । त्यसैले हाम्रो घरमा एक हल गोरु थिए । भैसीको पाडा पाडी गरि सात आठ ओटा गाईभैसी हेर्ने जिम्मा गोठालो जानेको हुन्थ्यो ।
म स्कुल जाने बेला आमाले यी सबै गाईभैसी चराउने, घाँस काट्न, हामी खुवाउने, पाहुनापात मिलाउने, मेलापात गर्ने सबै भ्याउँथिन । उनी भन्थिन खुट्टा उमारी दिने मात्र हाम्रो काम हो । उम्रपछि त कता पुग्छन् कता ।
आमाको दिन उस्तै छ । जस्तो म गाउँमा हुदा हुन्थ्यो । आमाको मुख हेर्ने औशीका दिन आज बिहानै ८ बजे उठेर फोन गर्दा आमाले हामीले भैङसीघारी भन्ने उत्तेसीघारीमा घाँसको भारी पु¥याएको कुरा सुनाउँदै थिइन ।
आमालाई केही कुराको गुनासो छैन । जन्माइन, हुकाइन, बढाइन, पढाइन । त्यसैले त आमा ।


Sunday, November 4, 2012

The walking calendar: Govinda Aryal



How many dates and occasions can a normal human being remember? Perhaps the dates and their occasions of two-three days or, at most, one to two months. But Govinda Aryal, a resident of Bichyauli, Chitwan, can recall the dates and occasions of the past 12 years. He also never forgets anyone, even if he has only met that person once. When he meets the person again, he can perfectly recall the exact date, time and happenings during their first meeting. Hence, this memory genius has earned the pet name ‘calendar’ amongst his friends, which comes as no surprise.

Govinda was visually impaired from birth. Also, his body hasn’t developed physically. He is currently studying in the tenth grade at Jhuwani Secondary School, Bichyauli. With a strong academic performance, he has always stood first in class, ever since he enrolled. His teacher Susmita Bhattarai says that his interest in studying is the main reason behind his success. “Teaching a student like him is a matter of pride,” says Bhattarai. Govinda sincerely listens to what is being taught by his teachers and writes them down. He is the epitome of the fact that hard work leads to success.



Govinda can recall all the dates and occasions from the first day at school up until the recent days. “I don’t know how, but I can remember every day starting from day one at school,” Govinda says, adding, “If I think some day is important, I never forget it, no matter how long it has been. My friends are amazed by this.”

Govinda’s favorite subjects are Nepali and social studies. He has never secured lower than 70 per cent in these subjects. He shares that he finds geometry a bit difficult as it involves drawing and one can’t make pictures in Braille. That’s why he is not being able to do as well in mathematics as in other subjects. “I can easily write in other subjects. It isn’t tough. But we are required to draw in geometry and science,” Govinda says, adding that there is no other option for him, apart from skipping those questions. He does understand what is being said, but can’t make out how the drawings are supposed to look like. Hence, he secures low marks.


Helpful, Govinda eagerly shares his knowledge with his friends. He lives in the school hostel which has been allotted for visually-impaired students. The hostel accommodates around two dozens of students like him. However, he has to study with the normal students. The government has enforced a special education mechanism whereby visually impaired and differently-abled students can study together. “I can’t see what is written on the board but my friends read it out and I write them down,” says Govinda.

He aspires to become a teacher in the future. Although he is visually impaired, he wishes to help pull out many children from the darkness, towards the light, through education. Govinda’s friends take a liking towards him because of his helpful nature. One of his classmates, Sushil Ale also believes that Govinda will grow up to be a good teacher.

“Even now, if he has to explain something, he elucidates well with examples. He already has the characteristics of a teacher,” says Sushil.

Wednesday, October 3, 2012

An excellent school in a remote Himalayan village



GOKUL DHORJE TAMANG
School: Sharda Secondary School
Address: Sailung, Dolakha
Exams results: 100% in SLC

The school building is yet to be completed. The windows and doors aren’t fixed in. The roof leaks when it rains. The students’ desks and benches are not very comfortable, either. In short, the physical infrastructure isn’t very good.

But the school operates everyday. Its teachers are hard working and provide proper encouragement to the students. The villagers also praise the school and its teachers.

Dolakha’s Sailung village is popularly known as a tourist village. Though the village is remote, tourists keep coming there. Some 127 kilometers from Kathmandu to the east, the village is mostly populated by Tamang and Newar communities. They would not place much importance on sending their children to school. Only a few students got the opportunity of sitting for the SLC examinations.





Students of Sharda Secondary School in Sailung, Dolakha attending classes while other students of the same school look through the windows.


However, there have been changes in this regard for sometime now. The reason behind this is Sharda Secondary School.

The school has participated in the SLC examinations thrice till now and 100% of the students have passed in the first two boards. The previous year, around 90% of the students got through the exams. At present, there are 350 students studying in the school.

Sharda Secondary School is the first secondary school of the Village Development Committee. Before the school started, the village’s children had to attend a school in a different village. They were forced to walk 4 to 5 hours everyday just to reach the school. After the school’s establishment in their own village, this problem has lessened to a great degree, informs the school’s teacher, Dhan Bahadur Tamang.

Probably due to the long walk to the school in the next village, hardly any of the Sailung village’s students reached class five.
“It was very difficult for students to make it to class five,” says Tamang. “They either had to rent a room in the other village or they had to walk five hours everyday.”

This problem has reduced since the school opened. The level of education is also good. The SLC results achieved by Sharda School have made it the talk of the district. After producing results like those of expensive private schools, people have been praising the teachers of the school.

Kumar Tamang, member of the school’s managing committee, believes that it is due to the hard work of the teachers and the students that such good results have materialized.

“Our students were participating in SLC examinations for the first time. We were very apprehensive of the results. But the outcome was surprising,” says Kumar. 12 students sat for the examinations in the first year. The result was 100%.

“Many people couldn’t believe that a school such as ours, which was lacking in good physical infrastructure, had produced such results,” says Kumar.

The next year, 22 students gave the examinations and the result was still 100%. This year, 90% of the students passed the examinations. Teachers say that the result this year wasn’t what they had expected.

Sharda Secondary School is now counted as one of the best schools in the district. Students are happy that their school is good. 7th grader Ritu Magar feels happy that her school is so popular. “I have many friends at school now. Our teachers teach us daily. They even take extra classes. Now everything is good,” says Ritu.

Since the village has a good school now, there is no need for students to walk to another village. Till a few years ago, it was difficult to meet a villager who had passed his SLC examinations. These days all the students in the village attend school.

Schoolteacher Tamang says, “Just some time ago, it was the village’s dream to have education up to the 10th class. Now with such good SLC results, we’ve started gaining a name in the district. This is good news.”

Friday, September 14, 2012

स्मलकाजी




पाँच कक्षाको परिक्षा जिल्ला स्तरिय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ तर तीन जनामा ।
पढाइमा म त्यति राम्रो थिइन । नेपालीमा लेख्दा म आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको अहिलेको एसएलसी जतिकै थियो मेरा लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई त खासै मतलव थिएन । तर मेरा बाको लागि । मेरो स्कुलको लागि । अनि मेरो शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो ।
तर उनीहरुले गरेको गेसमा म सजिलै पास हुने बिद्यार्थीमा थिइन । मैले पाँच पास गर्न भयंकर कायापलट गरेर पढ्नु थियो । खास समस्या मेरो अग्रेजीको थियो । कति भने म एम र एन उस्तै मान्थे । कुनमा के लेख्ने थाहा पाउँदैनथे । हुँदा हुँदा मलाई आफ्नै नाम अग्रजीमा लेख्दा पनि कहिले आउने कहिले बिर्सिने हुन्थ्यो ।
हामीलाई अंग्रजी पढाउने सर थिए बासुदेव कार्की । उनी बिद्यालयको हेड मास्टर थिए । अनि अग्रेजी पढाउथे । उनले जसो भन्यो त्यस्तै भनेर भाका हालेर गाउनु पथ्र्यो । पाठहरु गीत हुन्थे । गाउन आउने । लेख्न नआउने । त्यो कितापको कुन पेजको, के भनेको थाहा नहुने । पहिलो रोलनम्वर भएको साथीको भने अलि राम्रो अग्रजी थियो । उ अंग्रजीमा आफ्नो नाम सmरर लेख्न सक्थ्यो । अझ वाआमा, स्कुल र हेडमास्टरको नाम लेख्न सक्थ्यो ।
स्कुलले पास हुने आस गरेको कोही थियो भने उही थियो । उ हिसाव बिषयमा पनि राम्रो थियो । जोड घटाउ भाग सबै गर्ने । पक्का पास हुने बिद्यार्थीमा उही थियो । दास्रोमा भएको साथी म जस्तै थियो । तर केही केहीमा अलि राम्रो ।
जाँचको पहिलो दिन वाले मलाई पवटी पुर्याउने भए । जाँच बिहानको ११ वजे देखि थियो । हामी बिहानै सात वजे भात खाएर ओरालो लाग्यौ ।
आज के को जाँच?
नेपाली ।
भोली ?
अग्रजी ।
तंले नेपाली कतिको पढेको छस् ?
अलि अलि ।
अंग्रजी नी ?
अलि अलि ।
हिसावको कहिले हुन्छ नी ।
पर्सी ।
अनि हिसाव तंलाई कस्तो आउँछ नी ?
अलि अलि ।
तंलाई सबै कुरा अलि अलि आउँछ खान चाही किन टन्ने खाको ?
पवटीमा पुग्नु मेरो गाउँबाट ओरालो, ओरालो अनि फेरी ओरालो बाटो झर्नु थियो । बाटोमा बा अघि अघि मेरो इन्टरभ्यु लिदै थिए । म पछि पछि एन्सर दिदै थिएँ । कहिले कही त बाको प्रश्न सुनेर बिचैमा घरतिर फर्केउ कि जस्तो पनि लाग्थ्यो । फेरी त्यो राम्रो समाधान पनि थिएन ।
ठूलो स्कुल धेरै बिद्यार्थी । बल्ल बल्ल परिक्षा कोठा थाहा पाइयो । त्यत्रो संख्यामा बिद्यार्थी । हेर्दै अचम्म । हामी पढ्ने कक्षा कोठामा तीन जना । त्यसमा पनि कहिले कही साथीहरु नआउँदा दुई जना मात्रै । जाँचको कक्षाको बिद्यार्थी त कति हो कति । मलाई लाग्यो यति धेरै बिद्यार्थी पनि रैछन् । मेरो पुरै गाउँमा यति धेरै बिद्यार्थी छैनन् कि ?
यति धेरै बिद्यार्थी । बल्ल बल्ल थाहा पाएको कोठामा पस्ने बित्तिकै केही असजिलो भो । बाले ढोका सम्म छाडेर बाहिर बसे । त्यसो नभएको हुदो हो त म भाग्थे कि ?
 बसेर कहिल्यै जाँच दिएको थिइन । पहिलो दिन अचम्मै लाग्यो । जता हेर्यो त्यतै मान्छे । स्कुल बिल्डिङ नै १२ वटा । म पढेको स्कुलमा एउटा मात्र माटोले बनाएको जस्तापाताले छाएको छाप्रो थियो । बस्नको लागि मेच टेबल थिएन । बिकल्पमा घरैबाट सानो पिर्का बोकेर जानु पथ्र्यो । पछि पछि भने कक्षा कोठाको झ्याललाई ओछ्याएर राम्रो बस्ने ब्यबस्था गर्यो । अझ राम्रो बनाउन दुई छेउमा ढुङ्गाको खुट्टा बनायौ । अनि हाम्रो ब्यबस्थित तरिकाको झ्याले बेन्च बन्यो । तर पवटीमा त्यसतो थिएन । मज्जाको फलामको मेच थियो ।
को काँ बस्ने भन्ने ब्यबस्था पहिले नै भित्तामा कागजमा लेखेर टाँसिएको थियो । मसँग पवटी स्कुल भन्दा पनि अझ तल दियालेखर्कको बिद्यालयको केटी परिन् । पहिलो दिन नेपाली जसो तसो चल्यो । तर मलाई लाग्यो म नजान्ने भनेको म भन्दा पनि नजान्ने त तिनी पो परिछन् । जे कुरा पनि थाहा नभएको सोधि रहने । बल्ल बल्ल जाँच सकियो । बा ढोका अघि नै थिए ।
तिनले सोधे कस्तो भो ?
राम्रो । मेरो एक शब्दको उत्तर ।
राम्रै त लेखिस् ?
बालाई मेरो जवाफमा शंका लागेछ । हो राम्रो भो । सोधेको सबैको उत्तर लेखेको छु ?
भोक लाग्यो ?
बल्ल बाले सही कुरा सोधे झै भो । आफुलाई यत्रो धेरै मान्छेको बिचमा पस्दा पस्दै के भाको भाको जस्तो लागेकोथ्यो । प्रश्न आए पछि थाहा भो भोक लागेको रैछ । अनि यत्रो बेर खेपेर बल्ल निस्किदै गर्दा बाले गरेको कुरा मज्जा लागेर आयो ।
लाग्यो ।
लु हिन उता पसल छ चिउरा खालास् ।
अरु बेला बाले खालास भनेको चिउराको अर्थ अर्कै हुन्थ्यो । आज राम्रै हो । त्यसैले बाको पछि पछि हिडियो । बेलुकी मात्रै घर आइ पुगियो । बिहान हिडेको मान्छे । बेलुकी झन्डै मान्छे नचिन्ने भए पछि मात्रै पुगिने । चिउरा चपाएर लागेको उकालो घरैमा आए पछि मात्रै सकिने । उकालोको उकालै ।
अर्को दिनको हिजो झै । बिहान उठ्यो । पढ्नु चिट बनाउनु त्यस्तै हो । कुद्नुको हतारो छ । खाना खाएर बा अघि अघि लम्किए । म फुच्चे पछि पछि ।
उनि आफ्नो तालमा हिडका छन् । केही नसोधुन भन्ने आफुलाई लागेको छ । आज संसारकै गार्यो बिषय अग्रेजीको जाँच हो । आफुलाई फुट्टो आउँदैन । न हेडमास्टरको नाम लेख्न आउँछ न प्यारेन्टको नाम लेख्न आउँछ । स्कुलको नाम आउने कुरै भएन । हुँदा हुँदा काजी मात्रै लेख्न आउँछ सानो लेख्न आउँदैन ।
पाँच कक्षामा फेल हुनु भन्दा पहिले मेरो नाम सानोकाजी थियो । किन त्यस्तो नाम राखेका हुन् मलाई थाहा भएन । म जे थिएँ त्यही सानोकाजी थिए । सायद काजीको राम्रै हैकम चल्ने भएकोले बाले राखेका हुन् कि ? तर त्यसो नहुनु पर्ने हो ती बा काजीलाई साह्रै मान्दैनथे । सामान्ती भन्थे । त्यसैले म कसरी सानोकाजी भएँ त्यो थाहा भएन । जे हास् म सानो काजी थिएँ ।
मलाई तामाङ अग्रेजीमा लेख्न आउँथ्यो । काजी पनि लेख्न आउँथ्यो । तर सानो लेख्न आउँदैनथ्यो । कसरी लेख्ने लेख्ने ।
तेरो आज केको जाँच रे ?
अग्रेजीको ।
तंलाई कतिको आउँछ ?
..................
भने पछि तंलाई आउँदैन ?
खै अलि अलि आउँछ ।
के आउँछ ?
ए बि सि डि............ जेड ।
अनि अरु ?
ओएनई वान, वान माने एक । टीडब्लुओ टु, टु माने दुई ।
ए राम्रै छ कि के हो ?
मलाई गीत गाउन मात्र आउँथ्यो । लेख्नेमा भुत्तो भाङ्गो नआउने । बाले सम्झेछन् राम्रै रैछ केटोको अग्रेजी ।
जाँच हलमा छिर्न मन थिएन । मलाई थाहा थियो लेख्न आउने कुरा थोरै थियो । अरु त अरु आफ्नै नाम लेख्न नसक्नेलाई अरु के थाहा हुने र ? पस्नु पर्यो । कपि आयो । अरुले के लेखे जेहोस् लेखे । मैले त केही पनि लेखिन । चुपचापै बसि रहेँ । कोइसन आयो । कोइसन पढेको जस्तो गरेँ । आउने केही होइन । के कुन कता लेख्ने पत्तो छैन ।
अघि पछि सबै तिर हेरेँ । छेउमा बस्ने केटीले साधि तिमी कति नम्वरको कोइसन गर्छौ ?
तिमी चाही कतिको गर्छौ नी ? उल्टो प्रश्न पल्टाइदिएँ । अलि हल्का भो । अनि बल्ल नाम लेख्ने प्रयास गरेँ । काजी तामाङ मात्रै आउँछ अरु मरि गए आउँदैन । गर्ने के हो ? काजीको पाजी दिमाग चल्यो । कता कताबाट एउटा कुरा सम्झेँ । हामीले एउटा कथा पढ्नु पथ्र्यो । स्मल हाउस र क्रो भनेर । बासु मास्टरले एसएमएएलएल स्मल, स्मल माने सानो भनेर पढाएको कता कताबाट सम्झिएँ ।
सोचे स्मल माने पनि सानो अनि म यसै उसै सानो । स्मलै लेखे के हुदो हो ? ठीकै हुदो हो स्मलकाजी लेखे त आखिर माने पढ्यो भने त सानो काजी न हो । एक घन्टा जति टाइम लागाएर काइते जुक्ति निक्लियो । मैले गार्हो मानेर लेखे नेम लेखेको ठाउँमा स्मलकाजी । अरु त केही लेखिन ।
छेउकी केटीसँग सोध्ने मन पनि भएन । यो थाहा पाएपछि बाले के गर्ने हुन् डर भो । अनि खाली कपि बोकेर बुझाएँ । बालाई केही सोधेनन् । चिउरा ख्याए । उकालो हिडाए ।
रिजेन्ट आयो फेल भाको । बालाई मदेखेर भन्दा पढाउने मास्ट रिस उठेछ । गएर सोधेछन् केमा फेल भो ? नाम डवल लेखेछ । मास्टरले उत्तर दिएछन् । के लेखेछ ? स्मल काजी ।