Sunday, July 31, 2011

दिगो शान्तिका लागि आर्थिक विकास

उसँग पैसा छ र त बिदेश जान्छ त्यो पैसा यही लगनी गर्ने हो भने हामी बिदेशमा गाको पैसा यही कमाउन सक्छौ । नारायण नेपालः मोरङ

हेर्नुस पैसा भन्दा पनि ठूलो जोस जागर चाहिने हो । अमरदिप कुमार साहः धनुषा ।

आखिर एक प्रसेन्ट पनि हाम्रो फार्मले मासुजन्यमा बृद्धि ग¥यो भने देखिन हामीे आम्दानी भएको ठान्छौ ।

यस्तो बाहिर बंगुरको कार्यक्रम बाहिर कतै छैन । चन्दे्रश्वर यादवः सर्लाही ।

हाम्रो आर्थिक अबस्था पहिलाको भन्दा राम्रो भयो । सुमित्रा माझीः सर्लाही ।

पैसा कमयो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । राममणी कुसवाहः धनुषा ।

काम गर्दा खेरी इमान्दार बन्नु प¥यो । सिनसियर बन्नु प¥यो । श्रीराम दासः पर्सा ।

म भारी बोक्छु । मलाई किसान भन्न लाज लाग्दैन । निरज प्रधान ।

आँट छ । हरेस कुनै काम बाट खाएको छैन । इन्दलप्रसाद यादवः बाँके ।

म यो काम गर्न सक्छु भन्ने आँट हुन प¥यो । टिकाबहादुर खड्काः मकवानपुर ।

परिवारले सालको तीनचार लाख आम्दानी भनेको राम्रो कुरा हो । नारायण नेपालः मोरङ ।

असम्भव भन्ने केही छैन । सम्भव नै सम्भव छ । मात्र के हो मान्छेले चासो राख्नु प¥यो । एकमाया बिकः बाँके ।





दिगो शान्तिका लागि आर्थिक विकास

नेपाल मानव विकासको सूचकांकमा १३८ औं स्थानमा छ । एकजना नेपालीले औसतमा बार्षिक ३१ हजार रुपैयाँ आम्दानी गर्छन ।

स्रोत र साधनका हिसाबले भने नेपाल निकै धनी छ । यहाँ आर्थिक विकासका प्रशस्त संभावनाहरु छन । तर उपयुक्त कार्यक्रम र अवसर नपाउँदा धेरै नेपाली या त विदेशिएका छन, अथवा रोजगारीको खोजिमा भौतारिइरहेका छन । शहरी क्षेत्रका मानिसहरुको जीवनस्तर केही सरल भएपनि नेपालका दुर्गम गाउँको अवस्था अत्यन्तै नाजुक छ । खानाको कमी र यसकै कारण लाग्ने रोगले बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन । महिला र केटाकेटीहरु यस्तो समस्याबाट बढी पीडित छन ।

तर सबै ठाउँको अवस्था एउटै छैन । केही मानिसहरु प्रतिकुल परिस्थितिमा पनि आफू र समुदायलाई फाइदा हुने काम गरिरहेकाछन ।

नेपालको नक्शामा बाँके जिल्ला देखाउने

मध्यपश्चिम नेपालको बाँके जिल्ला । दुई छोरीकी आमा एकमाया विश्वकर्मा बागेश्वरीको मनकामना गाउँमा बस्छिन । १० बर्ष अघिसम्म एकमायालाई महिलाले घरबाहिर गएर काम गर्न सक्छन भन्ने विश्वास थिएन । घर बाहिरको सबै काम परिवारका पुरुष सदस्यले गर्थे । श्रीमानको जागिरमा निर्भर एकमायाले केही गर्नुपर्छ भन्ने नै ठानिनन् । तर विक्रम संवत २०५७ सालमा उनका श्रीमान दैलेखको नौमुले आक्रमणमा परे । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान मारिएपछि उनले जीवनमा नसोचेको दुःख पाइन ।

एकमाया विकः
श्रीमानमा आश्रित हुनुपर्थ्यो । उहाँको डेथपछि सबै जिम्मेवारी मलाई आयो । उहाँको काजक्रिया देखि सबै जिम्मेवारी आयो । त्यतिबेला नानीहरु साना साना अवस्थामा थिए ।

एक्ली एकमायालाई सहयोग गर्ने कोही भएन । पैसा बिना गुजारा नचल्ने ठानी उनी घरबाट बाहिर निस्किइन । दिदीबहिनीहरुसँग सल्लाह गरिन, समूह बनाइन र महिनाको १० रुपैयाँ जम्मा गर्न थालिन ।

एकमाया बिकः
पैसा भएर पनि पैसा बचत नर्गने यस्तो खालको थियो परिपाटी । किन बचत गर्नुप¥यो र ? भएपछि बैंक व्यालेन्स गरे भैईहाल्छ आवश्यक परे बैंकबाट ल्याए भईहाल्छ । भन्ने खालको मात्र थियो कन्सेप्ट ।
राजमणि विक
हाम्रै पैसा जम्मा गरेर के हुन्छर ? घरैमा जम्मा गरे पनि हुन्छ भन्ने कुरा पनि भयो पहिला । अहिले चाही बुझ्दै आए ।

मन मिल्ने दिदीबहिनीहरुको समूहको नाम नै मिलीजुली बचत समूह रह्यो । अहिले यो समूहमा ७ सय सदस्य छन । एकमायाको घरबाट सुरु भएको बचत अभियान ३ वटा गाउँ विकास समितिमा पुगिसकेको छ । मिलीजुली स्वाबलम्वन कृषक बहुउद्धेश्यीय सहकारी संस्था कानूनी रुपमै दर्ता भएको छ । सहकारीमा अहिले ४१ लाख रुपैयाँ नगद छ । यसले बार्षिक झण्डै डेढ करोड रुपैयाँ बराबरको सहायता पुर्याएको छ ।

एकमाया विक ः
यो १ करोड २९ लाखको कारोवार गरिरहदाखेरि यो क्षेत्रको विकासको करा गर्ने हो भने कति करोड पुग्या छ । नदेखिने के जिविसको कुरा गाविसको कुरा जानेर विभिन्न संघसंस्थाका कुराहरु तिनिहरुले ल्याएका डोनरहरुका करा गर्ने हो भने त यहाँ कति करोड कति करोडको विकास भएको छ ।

एकमाया यो सहकारीकी अध्यक्ष हुन । सहकारीले सदस्यहरुलाई दिएको ऋण सही ठाउँमा प्रयोग भए नभएको पनि हेर्छिन उनी । यहाँबाट पैसा लानेहरु सबै गरिब छन ।

महिलाहरुको समूहले, नजिकैको नेपालगञ्ज बजारमा खपत हुने तरकारी र मासु उत्पादन गर्छ । समूहमा काम गर्ने बानी नै एकमाया र उनका सहयोगीहरुको सफलताको कडी हो । उनीहरु साना साना समूह बनाएर काम गर्छन । आएको आम्दानी बाँडेर लिन्छन ।

एकमाया विक ः
सस्तो व्याजमा आफैले लगाएको व्याजमा आफ्नै पैसा चलाएर भनेको भाकामा तिर्छ आन्दानी गरेर ।

उनीहरु ठूला कुरामा लगानी गर्दैनन ।

एकमाया विक ः
करोड रुपैयाँ कमाउनेहरुले के गर्छ भनेर पैसावालाहरुसंग काम गर्छन । पुँजीपतिसंग काम गर्छन । तर हामी न्युन आए भएका मान्छेहरुसंग भोली के खाने भन्ने मान्छेमाहरुसंग हामी काम गर्छौ ।

उनीहरुले गर्ने कामले गाउँ र समुदायलाई सहयोग गर्छ । मध्य असारमा किसानलाई मल चाहिन्छ । तर किसानलाई चाहिएको बेला बजारमा मल पाइदैन । किसानहरु बढी मुल्य तिरेर मल किन्न बाध्य हुन्छन । यो समस्या समाधानका लागि सहकारीले मल खरिद गर्ने निधो गर्यो । बजारमा मल नभएका बेला समेत यहाँका किसानले सहकारीबाट सजिलै मल पाएका छन । यसबाट सहकारीलाई फाइदा त भएकै छ, किसानले पनि भनेको बेला चाहिएको सामान पाएका छन ।

मलको समस्या समाधान भएपछि एकमायाको टोलीले किसानलाई पर्ने अर्को अप्ठ्यारोमा काम गर्ने सोचाई बनायो । राम्रो काम गरेको थाहा पाएपछि सहकारीलाई सघाउन विभिन्न संघसंस्था आए । यसरी आएको ३० लाख रुपैयाँ उनीहरुले सिंचाइका लागि प्रयोग गर्ने भएका छन । आकाशे पानीको भरमा खेति गर्ने यहाँका किसानहरुले सहकारीको समेत गरि ३३ लाख रुपैयाँ खर्च गरेर सिंचाइका लागि बोरिङ गर्ने भएका छन ।

यो सहकारीले गाउँमा पर्ने साना साना अप्ठ्यारामा काम गर्छ । उनीहरु करोड लगानी गरेर लाखको कुरा गर्दैनन् । उनीहरु त दश रुपैयाँ जम्मा गरेर करोडको कुरा गर्छन ।

एकमाया विक ः
नगरे पछि हात बाँधेर बस्नुभयो भने काही पनि गर्न सकिदैन । गर्न केही खोज्यो भने धेरै उपाय छन् धेरै अवसरहरु छन् । धेरै बाटोहरु छन् । धेरै कुरा गर्न सकिन्छ ।

प्रताव विक ः
म त एकदमै गर्व गर्छ । नि दिदी प्रति त । जहाँपनि म हेर्छु । उहाँको बोल्नेदेखि लिएर वहाँ एकदमै
परफेक्ट हुनुहन्छ ।



नेपालको नक्सामा बाँकेबाट हेटौंडा आउने

एकमायाको घर भन्दा ६ सय किलोमिटर पूर्व मध्य नेपालको हेटौंडामा बस्छन टिका बहादुर खड्का । उनी दोलखाको दुर्गम गाउँ फस्कुबाट आएका हुन । विगतको द्वन्द्वका बेला प्रशासनले बिद्रोही भएको ठानेपछि टीकाको परिवार नै गाउँमा बस्न सकेन । ९ बर्ष अगाडि गाउँ छोडेर हेटौंडा आउँदा उनीसँग बाबुआमा र एउटा भाइ बाहेक सम्पत्तिको नाममा अरु केही थिएन ।

गाउँको मानिस सानै भएपनि हेटौंडा बजारमा बिरानो भए । परिवार र आफ्नो पेट पाल्न कामको खोजिमा हिंडे । स्नातक सम्म पढेका टिका कुरिअरमा आएका चिठ्ठी घर घरमा पुर्याउने काममा लागे । साइकलमा सामान ओसारेर पसल पसल पुर्याए । हेटौंडा सिमेन्ट उद्योगमा काम गरे ।

कामको खोजीमा भौतारिंदै गर्दा टिकाका भाईले ग्रिल उद्योगमा काम पाए । मेहनती शंकरले थोरै समयमै सिप सिके ।

शंकर खड्का ः
आफ्नै ग्रील उद्योग भन्नेथ्यो एउटा यहाँ यसो ख्याल ख्यालमै साथी भाइको नाताले आउदा आउदै मैले छ महिना जति काम गरे ।

अरुकोमा काम गर्दा हार खाइसकेका टिकाले भाइको सिपबाट धेरै गर्न सकिने देखे । अनि सुरु भयो उनीहरुको जीवन फेर्ने अभियान । आफूसँग भएको र साथीभाइसँग मागेको ३० हजार रुपैयाँले ६ बर्ष अगाडि सुरु गरेको ग्रील उद्योगबाट अहिले महिनाको डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।

टिका बहादुर खड्का ः
पैसा नभएको हुनाले सेकेन्डह्यन्ड मेनि हामीले २० हजारमा किन्यौ । अन्य लागनी भने अन्य ब्यतिmसँग खोसखास गरेर पनि थोरैथोरै सामान ल्याउने अनि त्यसलाई पठाइ हालेपछि फेरि पैसा लिएर सुरुमा लगभग ३० हजारको हाराहारीमा हामीले सञ्चालन ग¥यौ ।

अहिले उनीहरुलाई कामको खाँचो छैन । छ बर्ष बित्दा नबित्दै समझदारी ग्रील उद्योग हेटौंडा बजारको राम्रो उद्योगमा गनिन थालेको छ ।

सानो घरको बसाई र खान पनि नपुग्ने कमाईले पिरोलिएको मन ग्रील उद्योगको आम्दानी पछि शान्त बनेको छ । भएको सम्पति ल्याउन नपाएपनि हेटौडाको ढुङ्गेधारा टोलमा दुई तल्ले घर बनाएका छन् उनीहरुले ।

शंकर खड्का ः
पहिला त हाम िअब चियासिया खान पनि गा¥हो थियो । २०५९ सालमा हामी दोलखाबाट यहाँ आयौ । हामीलाई धेरे गा¥हो थियो । पहिला अब प्लस्टार गरेको घरमा बसिन्थ्यो भने अब मार्बल हालेको घरमा बसिन्छ । पहिला एक तल्ले घरमा बसिन्थ्यो भने अहिले दुइ तल्ले घरमा बसिन्छ । हिजो अस्ति साइकल चढ्थ्यौ भने अहिले अब मोटरसाइकल चढेर एकदम आरामसँग जस्तो भन्यो त्यस्तै गरेर हाम िहिड्न सक्ने भएका छौ ।

मेहनती टिकाको परिवार नै काममा व्यस्त हुन रुचाउँछन । त्यसैले उनीहरुले नयाँ बनाएको घरमै पसल खोलेका छन । आज त्यही किराना पसल सुरु भएको पहिलो दिन हो ।

यो पसल चाहिँ टिकाका बुबाको जिम्मामा छ ।

टिकाको अगुवाईमा यो परिवारले हेटौंडामा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ ।

नेपालको नक्सामा हेटौंडाबाट वीरगञ्ज जाने ।

हेटौंडा छेउको भारतीय सिमा नजिक पर्ने वीरगन्ज बजारमा बस्छन श्रीराम दास । १० बर्ष अगाडि सशस्त्र विद्रोहीले उनका बुबाको हत्या गरे । गाउँ अशान्त भयो । श्रीरामको परिवार गाउँमा बस्न सकेन । उनीहरु सदरमुकाम विरगञ्जमा आए । श्रीराम त्यतिबेला बैंगलोरमा बिबिए पढ्दै थिए । यहीबेला परिवारको सबै जिम्मेवारी श्रीरामको काँधमा आयो । जसोतसो पढाई सकेर उनी नेपाल आए । अहिले उनी यो क्षेत्रकै पुरानो विरगन्ज कमर्स क्याम्पसमा पढाउँछन । इमान्दार र लगनशिल श्रीरामलाई काम थालेको केही समय पछिनै क्याम्पसले थप जिम्मेवारी दियो । उनी व्यवस्थापन लगायतका जिम्मेवारी सहित क्याम्पसका संयोजक बने ।

बिहान त उनी व्यस्त भए । तर दिउँसोको समय त्यतिकै बच्यो । दिगो शान्तिका लागि व्यावहारिक शिक्षाको महत्व बुझेका श्रीरामले स्कुल खोल्ने विचार गरे ।

श्रीराम दास ः
यहाँको शिक्षाको गुणस्तर लो थियो । मलाई कता कता चित बुझेन । शिक्षा पनि त्यस्तो हुन प¥यो नि पैसा तिर्न । किन भने त्यही मान्छेहरु यहाँ एक हजार नतिरेर बाहिर बिसौ हजार तिर्छन काठमाडौमा चार पाँच हजार तिर्छन । यहाँ तिर्न मान्दैनन् त्यो के कारण भने यहाँको गुणस्तर राम्रो नभएर हो ।

साना साना नानीहरुलाई खेलाउँदै पढाउँदै गर्न बिर्ता बजारमा मन्टेश्वरी स्कुल खोले ।

श्रीराम दास ः
हामीले बिस देखि रोक्दा रोक्दै ३५ पुग्यो । १५ दिन थपियो । हाम्रो बिचार थियो कि थोरै राखेर गुणस्तरिय शिक्षा दिने । तर गार्जिएनको रिक्वस्टले गर्दा टार्न सकिएन ।

वीरगञ्जका लागि यो पढाई नौलो थियो । वीरगञ्जवासीको माया पाएपछि यो बर्षदेखि मन्टेश्वरी कक्षासँगै कक्षा ८ सम्मको पढाई पनि सुरु गरेका छन ।

गाउँ ठाउँका विद्यालयमा शिक्षाको गुणस्तर घटेका बेला उनले यहाँ स्कुल सुरु गरेका छन । मेहनती शिक्षक र चुस्त व्यवस्थापन भए पढाई राम्रो हुने उनको अनुभव छ । त्यसैले त स्कुल सुरु गरेकै बर्ष यहाँ २५० जना भन्दा बढी विद्यार्थि भर्ना भएका छन ।

दास परिवार नै शैक्षिक क्षेत्रमा लागेको छ । कुमुदिनी एकेडेमीमा पढाउने श्रीमती समेतको सल्लाहमा श्रीराम स्कुल व्यवस्थापन र स्तरीय शिक्षाको योजना बनाउँछन ।

विजया दास ः
उहाँको गरेको देखेर हामीलाई पनि हौसला आउँछ । उहाँको गरेको देखेर हामीलाई केही गरौ कि प्लस मैले गरेको काम उहाँलाई सहयोग पुग्छ भने म एनिहाउ कुनै काम गर्न तयार छु ।

एकबेला भनेजस्तो काम नपाएका १८ जना मानिसहरु यहाँ काम गरिरहेका छन । श्रीरामको सानो प्रयासले उनी र यहाँको समाजलाई आर्थिक र शैक्षिक दुवै हिसाबले सहयोग भएको छ । यो स्कुलले विभिन्न कामका लागि महिनाको दुई लाख रुपैयाँ सम्म तिर्छ । अनि यसबाट भएको आम्दानीले एकबेला अप्ठ्यारो स्थितिमा परेको श्रीरामको परिवारलाई राहत मिलेको छ ।

नेपालको नक्सामा वीरगञ्जबाट सर्लाही जाने ।

वीरगञ्ज भन्दा पूर्व सर्लाहीको चन्द्रनगरका रामकेवल माझी हरेक मंगलबार बंगुरको स्वास्थ्य जाँच गराइरहेका भेटिन्छन । ३२ वटा बंगुर भएको यो फार्म रामकेवल अध्यक्ष भएको सर्वोदय सहकारीले संचालन गरेको हो । रामकेवल एकबेला राजनीतिक उद्धेश्यका साथ गाउँ गाउँ घुमिहिंड्थे । तत्कालिन सरकारले खोजी गर्न थालेपछि उनी भूमिगत भए । समय फेरियो, रामकेवल पनि फेरिए । सिद्धान्तले भन्दा उद्यम गरेर दिगो शान्ति र समावेशी विकास हुने ठाने उनले । समुदाय र देशको विकास विकासका लागि आर्थिक गतिविधिमा सामेल भएका रामकेवललाई अहिले टाउको उठाउने फुर्सद छैन । एकछिन ढिला भए फार्मका ३२ वटै बंगुर एकै स्वरमा कराउन थाल्छन ।

बोलेर दुनियाँ बनाउने सपना देखेका रामकेवल अहिले काम गरेर मात्रै समाज बन्ने रहेछ भन्नेमा पुगेका छन ।

रामकेवल माझी ः
खाँडी मुलुकमा गएर कति हानी लिएको छ । भन्नुुस न । उहाँहरुसंग गएर सोध्नुस न के के दशा भोगेको छ । के के दुःख भोगेको छ । भन्नुस न त्यसको अपेक्षा त हाम्रो यहाँ आनन्दले बसेको छ । पैसा भनेको डलरमा आउँछ । पनि नेपाली त आउँछ । नि डलर नआएपनि नेपालीमा त पक्कै आउछ ।

चन्द्रनगरमा मुसहरहरुको बाक्लो बस्ति छ । समाजले दलित भनेर हेला गरेको यो बस्तीका मानिसको पुस्तौनी ज्ञान हो सुँगुर पालन । तर अव्यवस्थित सुँगुर पालनले खासै फाइदा दिन सकेको थिएन । छाडा छोडिएका सुँगुरले गर्ने फोहोर गाउँको अर्को समस्या थियो । उनीहरु केही गर्न सक्ने अवस्थामा थिएनन् ।

रामकेवल माझी ः
आफु भन्दा ठुला जातको नक्कल गर्न नपाउँने, होटल व्यावसाय गर्न नसकिने, अनि परिवर्तन हुँदै गयो आर्थिकीकरण हुँदै गयो अब के गरु त भन्ने भन्दाखेरी आर्थिकरुपमा यिनिहरु कसरी बढौ भनेर यिनिहरु सोच राखेर यिनिहरु सुगुर पाल्ने काम सुरुभयो । त्यो सुगुरबाट हाम्रो समाजको ठूलाबडाहरु घृणा गर्न थाले ।

अहिले रामकेवलको दिन आफ्नै तरिकाले बित्छ । हप्ताभरि गर्ने कामको समय तालिका छ उनीसँग । कसले के काम गर्ने भन्ने प्रष्ट छ ।

एकबिहानै बंगुर र खोरको सरसफाइबाट दिन सुरु हुन्छ ।

त्यसपछि बंगुरलाई दाना खुवाइन्छ ।

बिहानको आठ बजे भित्रै यो काम सक्नुपर्छ ।

बंगुर पाल्दा निस्केको फोहोरबाट गोबरग्याँस निकाल्न काम सुरु गरिएको छ ।

बंगुर पालनबाट सुरु भएको सर्वोदय सहकारीमा ५० जना जति संगठित भएका छन । रामकेवलको एक्लो प्रयासमा सहभागी हुनेहरुको संख्या बढीरहेको छ ।

बंगुरका बच्चा बोकेर यहाँसम्म ल्याउनेहरु यो अभियानमा सक्रिय छन । कामका लागि उनीहरुले अन्यत्र जानु परेको छैन ।

रामचन्द्र कापर ः
काँखमा बोकेर ल्याएको अहिले बोक्न सकिराखेको छैन । ठुलो भएछ । आन्दानी आउने बेला भईसकेको छ । पहिला ५÷६ किलो सम्मको थियो वयट अहिले ५०÷६० किलो पुगिसकेको छ ।
हामीहरु भने थ्यो एजेन्टलाई बिदेश जानलाई मलाई भन्थ्यो एजेन्टले भन्यो एक लाख देखि डेढ लाख सम्म पर्छ । तपाइलाई मैले भने मेरो यो राँगा र टायर सुद्दा उठाउनुस पाँच लाख दिन्छु । भन्दा उसले अह म मात्र तपाईलाई उडाउँछु । टायर र राँगालाई उठाउँन सक्दिन । त्यो भन्दा हामीलाई यही ठिक छ ।

दुई बर्षअघि पाल्न थालेयता उनीहरुले १२ वटा बंगुर बेचे । यसबाट झण्डै १ लाख रुपैयाँ आम्दानी भयो । अब भने यसले राम्रै आम्दानी गर्नेछ ।

रामकेवल माझी ः
६महिनामा तपाईको एभरेजको हिसाबमा माउ हेरी हेरी हुन्छ । तै पनि एभरेजमा १० वटा पाठापाठी हुन्छ । २ सय पाठापाठी आउँछ । ठाउँ सम्म पुगे भने देखिन २ सयको ३ हजारले जोडौ अब कति हुन्छ ?

एकबेला सिन्को नसार्ने श्रीमानले काम गरेको देख्दा रामकेवलकी श्रीमती दंग छिन ।

सुमित्रा माझी ।
पहिला सर के थियो भने राजनीति गरेको बेला मान्छेहरुले गाउँ र अरु मान्छेको पैसा ठगेर खान्छ भन्थे तर अब बंगुर पालन गरेपछि अब यस्तो कसैले भन्दैन ।

रामकेवल काममा लागेपछि छोराछोरीले पढ्न पाएका छन । माझी परिवारकी एउटी छोरी काठमाडौंमा नर्सिङ पढ्दैछिन । एक छोरा र एक छोरी सदरमुकाम मलंगवामा बसेर पढीरहेका छन ।

रामकेवलले गरेको प्रयासले उनको परिवार मात्रै होइन सम्पूर्ण गाउँ र यहाँको मुसहर जाति नै आत्मानिर्भर बन्ने बाटोमा लागेको छ ।

नेपालको नक्सामा सर्लाहीबाट मोरङ जाने ।

पुर्वी नेपालको झापा जिल्लामा जन्मेका नारायण नेपालले २२ बर्ष भारतीय सेनामा काम गरे । जागिरबाट फर्केपछि उनी सशस्त्र विद्रोहको मोर्चामा सामेल भए । शान्ति स्थापनाका लागि विद्रोही पक्ष र सरकारी पक्षबीच सम्झौता भएपछि उनी लडाकु शिविरमा बसे । शिविरमा बसिंरहँदा उनको मन शान्त भएन । आफू, समाज र देशको दिगो विकास र शान्तिका लागि आर्थिक गतिविधिमा सामेल हुनु उपयुक्त ठाने नारायणले । कमजोर बन्दै गएको परिवारको आर्थिक अवस्था सुधार्न र शान्तसँग बस्न उनले शिविर छोडे । पैसाको खडेरी छँदैथियो । उनले जागिर खाँदा सिकेको च्याउ खेति गर्ने तरिका सम्झिए । त्यही सिपलाई व्यावसायिक रुप दिन झापा छोडेर विराटनगरतिर हान्निए । मनभरि केही गर्छु भन्ने आँट थियो तर खल्तीमा जम्मा ४० हजार रुपैयाँ थियो ।

विराटनगर उपनगरपालिका वडा नं. १५ मा त्यसै खेर गएको खाली जग्गा भाडामा लिए । आफु बस्न र च्याउ फलाउन छुट्टा छुट्टै दुइवटा छाप्रो बनाए । च्याउको बिउ भारतको कानपुरबाट मगाए ।

च्याउ त फल्यो तर बिकेन । मानिसलाई पल्काउन उनले सुरुमा सस्तोमा च्याउ बेचे । स्वाद र यसको फाइदा थाहा पाएपछि च्याउको माग बढ्यो, भनेजस्तै भाउमा च्याउ बेच्न पाइयो ।

नारायण नेपाल ः
विराटनगरमा पहिले तीस चालिस किलो च्याउ बेच्न धै धै पथ्र्यो । मुस्किल पथ्र्यो । फनफनी घुम्नु पथ्र्यो मैले तर ३० ४० किलो च्याउ हौइन २०० किलो च्याउ बेच्न नि गाह्रो छैन ।

अहिले बजारमा च्याउ लान ढिला भयो कि नारायणको मोबाइलमा फोन आइहाल्छ ।

राधिका राई ः
पचार पाकेट सय पाकेट पनि बिक्छ । च्याउ उत्पाद नै हुदैन । च्याउ ल्याने नै नारायण नेपाल भने पनि हुन्छ अरुले च्याउ दिनै सक्दैन ।
नारायण सफल भएपछि च्याउ खेति गर्न चाहानेको संख्या बढ्यो । अहिले उनी च्याउ खेति गर्न चाहानेलाई सिकाउन टाढा टाढासम्म जान्छन ।

उनको चर्चा मात्रै भएन । आम्दानी पनि बढ्यो । भाडामा लिएको जग्गा किने । अहिले त्यही जग्गामा पक्की घर बनाएका छन ।

नारायण नेपाल ः
जति पनि लेवर खर्च र या माल मेटिरियलको र्खाहरु लाग्यो त्यो दिन भरि ७ ८ जना लेबरले यहा काम गदथ्यो र ठेकेदार थियो । म तिन बजे उठेर म त्यही झोपडीमा च्याउ टिप्थेँ । अब त्यही च्याउ म बिहान ७ बजे लगे बेच्थे । र आठ बजे मिस्त्रिहरु आउँथे । म चुप लागेर बस्थे र बेलुका त्यही पैसा लेवरहरुलाई दिन्थे । उनीहरु थाहा पाउँदैनथ्यो त्यो कुरो ।

च्याउ खेति गर्न धेरै ठाउँ चाहिँदैन । अनि बल लगाएर गर्नुपर्ने काम पनि हुँदैन । त्यसैले अशक्त अवस्थामा समेत परिवारकै सदस्यले यो काम गर्न सक्छन ।

राधिका नेपाल ः
उहाँ आर्मीमा हुदा म पनि गको थिए। हामी परिवारै त्यही थियौ । उहाँले सिक्न प¥यो भन्दा मैले नै समर्थन गरे । मेरो चाहि भावना के थियो भने आर्मीमा भए पनि नेपालमा गएर केही गर्नू छ बाह्य कुरा पनि केही सिक्नु पर्छ भन्ने सोचाइ मेरो पनि थियो ।

नारायणले खान पल्काएको च्याउको बजार अहिले इलाम, धरान, इटहरी सम्म फैलिएको छ ।

च्याउ खेतीलाई उनले उद्योगकै रुपमा दर्ता गरेका छन् । राधिका च्याउ स्वादका पारखीको छनौटमा पर्छ । अनि च्याउ खेति गर्ने तरिका सिकाउन पनि नारायण नेपाल नै सबैको प्राथमिकतामा पर्छन । त्यही भएर नारायणले बर्षेनी चार लाख जतिको आम्दानी घरै बसी बसी गर्छन ।

आर्थिक विकास र उन्नतिका लागि गाउँ ठाउँमै बसेर केही गर्ने मानिसहरु थुपै्र भेटिन्छन । तर समयसँगै उनीहरुको ज्ञान हराएर जान्छ । उपयुक्त नीति र कार्यक्रम तथा प्रोत्साहनको अभावमा उनीहरु मध्ये धेरै पेशाबाट पलायन हुन्छन । यि किसान र उद्यमी सफल हुनाका धेरै रहस्य छन । केही समय अघि रेडियो सगरमाथा र स्थानीय रेडियोको पहलमा विराटनगर, हेटौंडा र नेपालगञ्जमा यिनै सफलताका कथा सुन्न र सुनाउन अनुभव आदान प्रदान कार्यक्रम समेत गरियो ।

समिटको बाइट ः


मान्छेमा इच्छाशक्ति र सीप, ज्ञान छ भने त्यो जग्गा जमिन पुँजी नभएपनि गर्न सकिन्छ ।

सुरुमाचाही हामीले भाडामा बसेर गाईपालनको क्षेत्रमा काम गयौं र अहिले हामीसंग २० २५ वटा गाई छ । लगभग दिनमा एक डेढ सय दुध घरैबाट गछौं ।

सहकारी त्यही हो जो सहकार्य गर्नसक्छ ,सहकार्य गर्न सक्छ ।

जनशक्तिको कमि होईन हाम्रो मानसिकतामा कमि छ ।

सकियो इच्छाशक्ति भयो भने हामी जे पनि गर्न सकिन्छ ।

कृषिको बिकासको लागी सरकारको निति स्पस्ठ हुनप¥यो ।

हाम्रो देशको युवाशक्ति कस्तो खालको छ भन्नुहन्छ भने एक करोड पैसा एकै रातमा चाहियो ।

नेपाललाई बचाउने भनेको कृषि नै हो । नेपाली युवालाई रोजगारी दिने सम्पुर्ण कुरा कृषि नै छ ।

साँच्चै देशको माया गर्ने हो भने देशको समस्यालाई बुझै र समस्याको समाधान गरौं ।

कुनै पनि मानिसको आर्थिक बिकास हुनुभनेको सामाजिक र साँस्कृतिक बिकास हुँन उतिकै आवश्यक छ । जव सम्म सामाजिक बिकास हुँदैन तब सम्म आर्थिक बिकास हुँदैन ।

सबभन्दा पहिलो त्यो युवाहरुमा कमाउने क्षमता भईदियो भने हाम्रो गाउको बिकास हैन व्यक्तिको उत्थानमात्र होइन देशकै राष्टकै उत्थान हुन्छ । यदि पैसा कमायो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । त्यो दुई पैसा अरुलाई गयो भने अरुले पनि त्यो चाहाना बोक्छ । त्यो सीप आउछ । उसमा कुनै यदि रोजगारका कार्य संञ्चालन गर्दछ भने त्यो अरुले पनि हेरेर अरुलाई पनि देखाउँछ ।

उन्नतिको लागी राजनिति भन्दा पनि आर्थिक बिकासलाई नै जोड दिनु पर्छ भन्ने मलाई लाग्छ ।

हरेक नेपालीलाई काम गर्न गाह्रो हुन्छ । किन भने समाजले चाही कुनै पनि सानो काम ग¥यो भने त्यो व्याक्तिलाई होच्याएर बोलाउछ । यदि हजुरहरु कोहि हुनुहन्छ भने तपाइले पनि आफ्नो छोराछोरीलाई साने काम गर्न दिनु हुन्न । किन भने त्यसको समाजले चाँही होच्याउछ । फलानोको छोराले यस्तो काम गरेछ । हो त्यसकारण यस्तो सानो काम गर्नेलाई नै होच्याउछ । भनेपछि हरेक व्यक्तिले काम गर्न दिइदैन त्यसकारण हरेक व्यक्ति उद्यमशील बन्न खोज्दा खोज्दै पनि सानो कामको दृष्टिकोणले पनि काम गर्न गाह्रो हुन्छ ।

एक घारबाट मैरी पालन सुरु गरें र अहिले म संग ५० घार मैरी छ । र म अहिले मैरीबाट गर्दै जाँदा राम्रो आन्दानी हुँै गयो । त्यसले गर्दा अहिले म मैरी पालन पेसामा चाही अग्रसर भएर लागी राख्या छु ।

अनि अहिले यो पेसा नहँुने यो भनैं न यो असार श्रावन पैसा नहुँने बेलामा अहिले भटाभट पैसा लिदै छु ।

किन हिरो हँुन पुग्नु भो उहाँहरु ? भने उहाँहरुले आर्थिक बिकासमा आफ्नो पेसालाई लिएर जोड्न पुग्नु भो । उहाँले तरकारी खेती गर्न भयो के हो तरकारी खेती ? तरकारी खेती गर्दाखेरी आर्थिक सफल कसरी पाउनुभयो उहाँहरुलाई मात्र तरकारी खेत ीगर्ने चोच कसरी आयो ? अरु किसान साथीहरुलाई किन आएन ? अरु किसानहरुलाई किन आएन ? हाँडी खोलाको नरहरी नन्दन दाईहरुले उत्पादन गरेको ३ रुपैँयाको १५ रुपैँया किन पाएन १५ रुपैँया हामीहरुले किन लिन प¥यो ? त्यही विषयको चिजको खोजको बिचमा यसलाई जोडेर अझ आर्थिकरुपमा अगाडी लानुको निम्ती जम्मैले जम्मैकुरा जानेको हँुदैन । मैले जानेको कुरा भन्दा नजानेको कुरा धेरै छ ।

सबै मान्छेमा एउटा सिप हुन्छ कला हुन्छ । हैन त्यसले त्यो कलालाई प्रयोग गर्न जान्नु पर्छ । यदि त्यो ग¥यो भने पक्कै पनि राम्रो हुन्छ ।

आफ्नो देशको उत्पादन भएको सामन जति चाही आफ्नै देशमा खपत गरेर अनि मात्रै देशबाट अन्य देशबाट ल्यानु पर्ने जस्तो लाग्छ ।

आफै रोजगार गर्न सकियो भने मात्रै स्वरोजगारी हुन सक्छ । सानो सानो छरिएर रहेका पुजीहरुलाई सङ्कलन गर्दै उनीहरुलाई अबश्यकता अनुसार त्यहा के गर्न सकिन्छ ? उनीहरुको आबश्यक्ता केहो? थारै भएपनि पुँजी गरेर उत्पादन बढि गर्न सकिने कामा मैले प्ररित गरेको छु ।

एउटा मसँग गोरु थियो । त्यो बेचेर एउटा साने पसल गराएँ । त्यो पसल गराएर चाही अब त्यसैबाट कमाउदा कमाउदै अहिले मानौन सानो किराना पसल भन्दा अलि चलेको छ । त्यो पसलबाट आफ्नो बालबच्चा बुवा आमा अरु जो जति छ सबै पाली राख्यो छु ।


जीवन राम्रो बनाउने भन्ने चहना सबैको हुन्छ । त्यस्तो खालको जो मान्छेसँग त्यो खालको टोरेन्ट पावर हुन्छ नी धैर्यता हुन्छ नी एकदमै कम मान्छेमा हुन्छ । त्यस्तो टोरेन्ट पावर त ।

उहाँहरु लगाएत अन्य पिडितहरुलाई कसरी समेट्ने यो आर्थिक सवालमा । आर्थिक बिकासको सवालमा चाही कसरी समेट्ने भन्ने कुराहरुको सवाल चाही छलफल गर्नुपर्ला ।

द्धन्द्धपिडित पहिलाहरु धेरै अगाडि सारिरहनु भएको अबस्था र अरु एकल महिलाहरुलाई अगाडी लाने के सोच बनाउने भएको छ । अरु एकल महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ ।

खाडि मुलुक गएर काम गर्नेको एकदुई जनाले बाहेक मजबुरी गर्ने हो । त्यहाँ गएर यहाँ यसएससी पास गरेको सर्टिफिकेट देखाएर त्यहाँ कुर्सीमा बस्ने जागिर पाइदैन । त्यति मेहनेत गर्ने हो भने यहाँ आफूसँग भएको दस कट्ठा एक बिगहा जमिलाई सदुपयोग गर्ने हो भने त्यहाँबाट ल्याउने जति खान लाउन प्रशस्त पुग्छ ।

उहाँहरु एउटा आत्मवल उच्च पारेर आउनु भएको ब्यातित्व हुनुहुन्छ । यसरी द्धन्द्धबाट पिडित भएर पनि उहाँहरुले आफ्नो मनलाई सानो पार्नु भएको छैन । आत्मबल उच्च पारेर उद्यमसिलतामा लागेर उद्यमशिलताबाट हामी अगाडी बढ्न सक्छौ र आफ्नो परिवारलाई अगाडि बढाउन सक्छौ । आफ्नो भाबि सन्ततीलाई राम्रो किसिमले शिक्षादिक्षा उपलब्ध गराएर एउटा सही मार्ग प्रशस्त गर्न सक्छौ भन्ने उहाँहरुको उच्चबल रहेको पाइयो ।

सोनाम सिं स्याङतान
सदस्य, स्थानिय शान्ति समिति, मकवानपुर

अब त्यसलाई बाटो देखाउने कुराहुन सक्छ । भने कतिपय आफ्नो खुट्टामा उभिन सक्ने छैन भने प्याकेजमा प्रंोग्राम चाही आर्थिक लगानीको प्रोग्राम दिन प¥यो । के के गर्नेु प¥यो त्यसको क्यटगोरी गरेर भनौ समस्यालाई सही कुराको समस्या के हो भनेर समस्याको निर्धारण गरेपछि त्यो अनुसारको चही समस्याहरुको समाधान सरकारले चही ध्यान दिनुपर्छ ।

सबै नागरिकहरु आफ्नो खुट्टामा उभिन सक्ने हुन सकोस । कम्तिमा आफै योग्य नहुँदा सम्म यहाँ बिभिन्न ढंगले उत्पीडनमा परेका छन् । त्यो नीतिगत समस्याको समाधान राज्यले गर्नु पर्छ । त्यसको भोली चाही आफ्नो खुट्टामा उभेर गास बास कपास स्वास्थ्या रोजगारहरु जस्ता आधारभूत समस्याहरु आबश्यक्ताबाट बिमुख हुन नपरोस नागरिकहरु ।


एकमाया, टिका, श्रीराम, रामकेवल र नारायण सबैको सफलताका पछाडि कडा परिश्रम, लगनशिलता र मेहनत लुकेको छ । एकपटक अस्तव्यस्त भएको जीवनलाई आर्थिक विकासकै माध्यामबाट अघि बढाउन उनीहरु सफल भएका छन । आर्थिक विकासको यो बाटो नअपनाएका भए उनीहरु सबैका उदाहरणीय बन्ने थिएनन । उनीहरुले गरेको काम आफू स्वयं, परिवार र समाजका लागि फाइदाजनक छ । अनी दिगो शान्ति र समुन्नत समाजको बाटोमा लाग्छु भन्नेहरुका लागि प्रेरणादायी पनि ।

Thursday, July 7, 2011

फेसवुक कुमारी

फेसवुक कुमारी भाग एक


फेसबुकमा रमाउनेमा पर्छु म । मिल्थ्यो भने निन्द्रामा पनि चलाएर निदाउथे कि जस्तो लाग्छ ।
तर केही समय अघि म गाउँतिर घुम्न निस्किएकोले लगअन गर्न नपाएको धेरै दिन नै भएछ । इनबक्स भरी धेरै म्यसेज आएर थन्किएछन् । ट्याग भएर आएका केही फोटा र केही साथीका रमाइला कमेन्टहरु पनि । एक जना साथी छन् संकल्प माइला । उनी बेला बेलामा लेखि रहन्छन् ब्यतिगत भोगाइ । उनको लेख्ने तरिका रमाइलो लाग्छ । उनले पनि एउटा कथा झै लाग्ने भोगाइ पठाएका रहेछन् ।

राम्रो फोटो देखे पछि उनलाई एड रिक्वइस्ट पठाएँ । उनले त्यसलाई तुरुन्तै एसेप्ट गरिन । नाम थियो ज्ञानु माली । उनको इन्फोमा हेरे घर कीर्तिपुर रहेछ । कीर्तिपुर आफैमा ऐतिहासिक शहर । कुनै बेलाका शक्तिशाली राजा पृथ्वीनारायणलाई आच्छु आच्छु पारेको शहर । कुनै बेलाको पक्का नेवारी शहर । अहिले भने अरु जातकै मानिसको बसोबास धेरै भएको ठाउँ । अहिले पनि नेवारी शहरको पुरै अस्तित्व नै हराइ भने सकेको छैन । केही बाकी नै छ ।

अरु कारणले पनि बिशेष छ कीर्तिपुर । कहिल्यै भुइचालो नजाने शहर । अहिले सम्म पनि यहाँका मानिसले भुईचालो जाँदाको अनुभव गरेका छैनन् । अरु त अरु ९० सालको भुइचालोले काठमाडौ तहस नहस बनाउदा पनि यो शहरलाई केही गरेन ।

अनि नेपाली खानाको पर्यबाची बनेको गुन्दु्रक सुरु गरेको शहर । गुन्दु्रकको प्रसंग पृथ्वीनारायणले आक्रमण गर्दा ताकाको रे । त्यो बेलामा यो शहर माथिल्लो थुम्कामा थियो भने थुम्काबाट देखिने सबै भागमा खेती पाती । अहिले बिश्वबिद्यालय रहेको क्षेत्र , तीनथाना नैकाप र भत्केपटी सबै तिर खेती । शहर भएको ठाउँबाट जता हेरेपनि रमाइलो ।

कतै धान फलेर पहेलपुर त कतै तरकारी साग सब्जीले हरियो खेत । हरिया सागपात चाहियो कि खेतमा गयो टिप्यो ल्यायो पकायो । समस्या केही थिएन । जव पहिलो पटक गोर्खेली युद्ध गर्ने आए । खेतमा भएको धेरै कुरा नासियो । धेरै कुराको समस्या भएपनि सबै भन्दा समस्या तरकारीको प¥यो । खेतका खेत भएका हरिया सागसब्जी यता र उताका फौजले कच्याककुच्युक पारे । कुदेर गएर टिपेर खानु पर्ने तरकारी नभएपछि सबैलाई समस्या भो । यु्द्धमा गोर्खलीले हारे । कीर्तिपुरबासीले फेरी युद्ध हुने छनक पाए । त्यसैले खेतका सबै सागलाई ल्याएर कुच्याउदै गाड्ने र सुकाउने गर्ने थाले । कहिल्यै यसरी नराखिएको सागको स्वाद निक्कै अनौठौ लाग्यो । तेस्रो पटकको प्रयासमा गोर्खालीले कीर्तिपुरलाई जित्यो । गोर्खालीले पनि गुन्दु्रकको स्वाद चाखे अनि नेपाल भरि पु¥याए । हो त्यही कीर्तिपुरकी थिइ ज्ञानु माली ।

नेवारनी भएर पनि नेवार जस्तो नलाग्ने अनुहार । म त्यसैमा झुक्किएको थिएँ शायद अरु पनि झुक्किदा हुन ।
एक अर्कामा एड भएको झण्डै एक महिना हामीले केही कुरा गरेनौ । म बेला बेलामा उनको प्रोफाइल अपडेड भने हेर्थे । अरुका कमेन्ट पनि ।

बाँकी अर्को भेटमा ...................

Tuesday, July 5, 2011

बालबालिकाको पुस्तकालय

बालबालिकाको पुस्तकालय
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
पुर्णबहादुर केसी, प्रधनाध्यापक, ब्रम्ह प्राबि , कोल्हुवा, नवलपरासी
बोटेमाझी र जनजाति बिद्यार्थी आउँछन् ............................. ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।
थमनारायण शर्मा ,अध्यक्ष, ब्रम्ह प्राबि , कोल्हुवा, नवलपरासी
लाइबेरीले फाइदा भएको छ ........................................... ।

पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।
नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।
मुना महतो , प्रधानाध्यापक, दुर्गा प्राबि, बाघखोर, नवलपरासी ।
कथाको किताब मन पर्ने........................................... ।
यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
छन्नुराम महतो , प्रधानाध्यापक, दुर्गा प्राबि, बाघखोर, नवलपरासी ।
पढ्ने बानी नभएकोले बिद्यार्थीले .................... ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।
छन्नुराम महतो , प्रधानाध्यापक, दुर्गा प्राबि, बाघखोर, नवलपरासी ।
बाह्य पुस्तकले बिद्यार्थीको धेरै ज्ञान बढाएको............................ ।

यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
बुद्धिराम महतो , प्रधानाध्यापक, सिहनाथ प्राबि,बरौली, नवलपरासी ।
हाम्रोमा ८० प्रतिशत भन्दा बढि बिद्यार्थी थारु छन् ...................................... ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।

Monday, July 4, 2011

छोटा कबिता

छोटा कबिता

बर्षामा भिज्छौ
छोएर अंगअंग झर्छ
पानीका थोपा
कति मन हुदो हो
त्यसलाई पनि
तिम्रो जिउमै सुक्ने ।


सिमसिम सिमसिम
पानीको बेला
घुमको याद आयो
त्यही न थियो संसार हाम्रो ।


बलेसीको तप्कनी
एक एक गरि भुइमा
पछारिन्छ र हराउँछ भेलमा
मेरो माया पनि
त्यसरी नै भिडमा मिस्सिएछ र पो
भेटाउँदिन यो शहरमा ।



केही भाग्यमानी पानीका थोपा
भल बन्छन् र बग्दै जान पाउँछन्
धेरै अभागी थोपाहरु बिलाउँछन्
सुख्खा धुलोमा ।

Sunday, July 3, 2011

लोपउन्मुख जाती सोनाहा ।

लोपउन्मुख जाती सोनाहा ।

प्रशस्त धान फल्ने राजापुरको पाताभारमा छ कमला सोनाहाको घर । अरु मानिसले अन्न भण्डार मान्ने बर्दियामै बसेपनि कमलाको खेतीपाती छैन । आठ जनाको परिवार पाल्न उनी घर छेउबाट बग्ने कर्णाली नदीमा भर पर्छिन ।

कमला सोनाहा
घरमा केही हुदैन । खेती किसानी छैन । एक कठ्ठामा कहाँ पुग्छ खान । आठ परियार ।

कमला जस्तै १२ सय जति मानिसहरुको जीविका खोलाको वालुवामा सुन खोजेरै चल्छ । खोलामा सुन खोज्ने भएकैले उनीहरुलाई सोनाहा भन्ने गरिएको हो । अहिले सोनाहा जाति अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । खोलाको बालुवामा सुन खोज्ने बाहेक माछा मार्नु उनीहरुको परिवार पाल्ने अर्को उपाय हो ।

कुनै समय सोनाहाहरु धेरै माछा र सुन पाइने खोलामा घुम्दै हिंड्थे । अनि खोलाकै छउेछाउ बस्ने ठाँउ बनाउँथे । माछा र सुन पाइने खोला नै उनीहरुको जीवन थियो । तर अहिले समय फेरिएको छ । दिनरात बिना रोकावट हिंडडुल गर्न पाइने ठाँउमा तारबार लागेको छ । खोला र वनक्षेत्र कतै निकुञ्ज बनेको छ, कतै सामुदायिक वन । सबैका आफ्नै सिमाना छन, अनि त्यही अनुसारका नियम बनेका छन् । वन र खोलालाई आफ्नो जीवन ठान्ने सोनाहाहरु अहिले तीनै ठाउँमा छिर्न नपाउने भएका छन । बर्षौ देखि घर ठानेको खोला पराइ भएको छ । साथिजस्तो वनक्षेत्र डरलाग्दो भएको छ ।

कमला सोनाहा ।
पहिले त दिन्थ्यो केही भन्दैनथ्यो । अहिले त निकुञ्ज लागि गयो । गाएर आफूलाई पनि डरलाग्छ ।

महेन्द्र सोनाहा
कोही धम्कि देखाउने कोही हप्काएर पनि गर्न नदिने । कोही अलिकता तरकारी माछा नख्वाए धम्क्याउने । सानो जाति भएपछि हेप्ने गरेका छन् ।
समिती पनि ठूला मान्छे पनि भन्छन् माछा साछा खुवाउ । लागि पछि ख्वाउने हो नलागे पछि । आफू खान सामस्या हुन्छ कहिले कही ।

हुनेखानेका लागि एक छाक माछा नै खुवाएको हो । तर सोनाहाका लागि भने त्यही माछा नै रुपैयाँ हो अन्न हो । यसरी परिवारको जीविकोपार्जन साधन नै सित्तैमा खुवाएर सकिएपछि उनीहरु संकटमा पर्दैछन ।

समयसँगै बनेका नियमले सोनाहाको जीवन फेरिंदैछ । खोलाकिनारमा घुमी हिंड्ने उनीहरु एकै ठाउँमा बसोबास गर्ने भएका छन । तर खानलाउन भने उनीहरु अझै पनि खोलामै निर्भर छन ।

महेन्द्र सोनाहा
हाम्रा पुर्बजहरु नदीको छेउछाउमा हुर्केको हौ । त्यही भएर नदीको छेउछाउ हुन्छौ । हाम्रो खेती नै हो । त्यही भएर हामी त खेतीको छेउछाउमा बस्ने प¥योनी । अरु खेतीबारी त छैन हाम्रो । हाम्रो खेती भनेकै यही हो माछा र सुन । यसैको आधारमा हामी बाँचेका छौ ।

कमला सोेनाहाको घरमा चार जना राम्रैसँग काम गर्ने उमेरका छन् । परिवारै मिलेर तीन दिनभरि वालुवा चाल्दा तीन सय रुपैयाँ बराबरको एकलाल सुन जम्मा हुन्छ । पुरै परिवारले महिना भरि काम गर्दा बढीमा तीन हजार रुपैयाँ सम्म कमाइ हुन्छ । यति पैसाले घरको सबै काम चलाउनु पर्छ ।

घरछउबाट बग्ने कर्णाली भन्दा बढी सुन र माछा पाइने खोला पनि छन् । तर त्यहाँ जान पाईदैन । कहिले काँही पुगी हाले निकुञ्जले समात्छ । गएको बर्ष कमलाको भाइ संरक्षित क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र माछा मार्दै गर्दा समातिए । निकुञ्जले उनलाई झन्डै एक महिना थुनामा राख्यो । उनीहरुले अहिले सम्म एकमुष्ट नेदेखेको पाँच हजार रुपैयाँ तिर्नु प¥यो ।

कमला सोनाहा ।
तिनीहरुले त भयङ्कर पैसा तिरे । पाँचहजार हो क्यारे । दुई जानाले पाँचहजार तिरे ।

उनीहरु सुन खोज्दा बालुवा चाल्छन् र त्यही छाडिदिन्छन् । यसरी चालिएको बालुवा केही समय पछि पहिले कै अवस्थामा बस्छ । यसले खोलालाई कुनै क्षति पुर्याउँदैन । तर सोनाहाका यस्ता कुरा निकुञ्ज र सामुदायिक वनले पत्याउँदैन ।

महेन्द्र सोनाहा
वालुवा पनि लाग्दैनौ ढुङ्गा पनि लग्दैनौ लाने त त्यति न हो । अरु त त्यतै छाडि दिने हो ।

सुन खोज्ने कुरामा आपसी झगडा नहोस भनेर सोनाहाहरुले खोलाको बालुवा भएको गाउँ भागबन्डा गरेका छन । सबैले आफ्नो भागको खोलामा मात्र बालुवा चाल्न पाउँछन् । राजापुरमा बस्नेहरुका धान फल्ने मलिला खेत छन तर सोनाहाहरुका भने खेत होइन आफैंले भाग लगाएको खोलाको बगर छ ।

खुमलाल सोनाहा ।
त्यति खेर फिरी थियो । हाम्रो पुर्खाहरुले त्यही निर हामी बसेकै ठाँउमा सानो सानो झुप्रा पारेर बस्थे । गाउँमा नजानेबरु । नजिकै गाउँ भएपनि नदिमै डेरा पारेर बसने । जंगलमा पनि त्यसस्तो कटानी नगर्ने । बगरमा पानीले बगाउर ल्याएको रुखको हाँगा काटेर स्यानो स्यानो झुप्रो बनाउने । सुन चल्ने माछा मार्ने पहिले देखि । खेती तिर त्यति ध्यान दिएनन् । पहिला बासिन्दा पनि कम थियो भन्थे हाम्रा पुर्खाहरु । सबै भन्दा पहिला सोनाहाहरुले नै बस्थे ।

सुन खोजेरै .... बर्ष बिताएकी कमला आफैले भने जम्मा अढाई लालको फूली लगाएकी छिन् । उनले चालेको सुनबाट धेरैले आफ्नो शरीर सजाएका छन । कहिलेकाहीँ उनलाई पनि आफैले निकालेको सुन लाउने रहर लाग्छ ।

कमला सोनाहा ।
रहर लाग्दैन ? सुन बनाउने सुन बनाएपछि त पेटमा के हाल्ने । बच्चा पनि देख्नु प¥यो पेट पनि देख्नु प¥यो ।
मन त हुन्छ नी लाउने । रहर लाग्छ अब आफैले धोएको आफैले लाउने पाए राम्रो हुन्छ । मन त कति लाग्छ कति होइन ।
सुनै हो यो ढाइलाल । कानको होइन ।
पेटै त ठूलो हो । पेट नभरौ भने पेटले मान्दैन । हामी त एक दिन दुई दिन बसि हाल्छौ । बच्चाहरु कहाँ मान्छन् । बच्चा त ल्याउ ल्याउ भनेर भात आभा भन्छन् ।

सधैँ खान लाउनकै समस्या पर्ने सोनाहा थारुहरुसँग मिल्दाजुल्दा छन । उनीहरुको संस्कार र संस्कृति केही नजिक भएपनि सोनाहाहरुको इतिहास थारुको भन्दा पुरानो छ । भाषा र जीवनशैली फरक छ । फरक भाषा, संस्कृति र संस्कार भएकैले उनीहरु छुट्टै जनजातिमा गनिनु पर्ने हो । तर अहिलेसम्म उनीहरुलाई छुट्टै जनजातिको सुचिमा राखिएको छैन । राज्यले उनीहरुलाई बेग्लै पहिचान दिन सकेको छैन ।

खुमलाल सोनाहा ।
हाम्रो जाति पनि सुचिकृत पनि भाको छैन । थारु हो भन्छन् । थारुसँग हाम्रो भाषा मिल्दैन । पेशा मिल्दैन । रहनसहन पनि मिल्दैन । धेरै फरक छ थारुसँग तर थारुमा राख्नु भाछ उहाँहरुले ।

सोनाहामा आदिवासी जनजातिका धेरै गुण छन । त्यही गुण मध्ये एउटा हो, चाडवाडमा रमाइलो गर्ने । अरुबेला मनभरि दुःख बोके पनि चाडवाडमा उनीहरु सके सम्म रमाइलो गर्छन । आज फागु पुर्णिमा हो । यहाँ होलीको तयारी हुदैछ । यस चाडलाई उनीहरु बिशेष रुपले मनाउँछन् । रातभर नाचगान गर्दै गाउँ घुम्छन । यसरी होलीको दिन घरघरमा आउने टोलीलाई सकेको दक्षिणा दिने चलन छ ।

बर्दियाको राजापुर क्षेत्र सोनाहाहरुको बसोबास भएको क्षेत्र हो । यसबाहेक कन्चनपुरमा पनि सोनाहाको सानो बस्ती छ । तर कन्चनपुरका सोनाहा माछा मार्दैनन् र सुन पनि चाल्दैनन् ।

कुनै बेला निर्बाध रुपमा घुम्न पाइने खोला र जंगलमा बनेका नियमले सुन खोज्न र माछा मार्न नपाए पछि सोनाहालाई निक्कै समस्या परेको छ ।

सुदिप जान
बिगत चारपाँच बर्ष देखिको अनुभव सोनाहाहरुसँग हेर्दा चाही निकुञ्जसँगको द्धन्द्ध चाही हामीले बाहिरबाट हेर्दा चाही माछा मार्न दिएन सुन चाल्न दिएन भन्ने मात्रै छ । तर निकुञ्जको सामाजिक प्रभाव यसको ठूलो संस्कृति नै नास हुने एउटा पक्ष निकुञ्जको सामाजिक प्रभाव यसको एउटा पक्ष निकुञ्जको नीति अभ्यास पनि रैछ । किनभने जवजव सोनाहा खोला र सुन चाल्ने पेशा र माछा मार्ने पेशा हराउँदै उहाँहरुको संस्कृति पनि हराउँदै जान्छ । कति इन्डिया जानु पर्ने बाध्यता छ । इन्डिया प्रिपेशा गर्नु पर्ने अबस्था छ । उहाँहरुको पराम्परागत पेशामा रोक लाग्ने बितिक्कै महत्वपूर्ण कुराचाही पराम्परागत ज्ञान र अभ्यास पनि हराउँदैछ । त्यसैले सोनाहामा ठूलो चासो छ किनभने हाम्रो अस्तित्व पहिचान चाही खतारा छ भन्ने कुरा ।

नेपालले २०६४ सालमा आदिवासी जनजातीको हक अधिकारको सुरक्षा गर्ने आइएलओ महासन्धिमा हस्तक्षर गरेको छ । यो महासन्धी कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हो । यसमा परापुर्व कालदेखि जल, जंगल र जमिनमा निर्भर आदिबासीलाई विस्थापित गर्न नहुने कुरा प्रष्ट रुपमा लेखिएको छ । तर सरकारी नियमकै कारण अहिले सोनाहाहरुले निर्वाध रुपमा माछा मार्न र सुन चाल्न पाएका छैनन् ।

राजकुमार चौधरी
उहाँको जिबिकापार्जनको एउटा मात्र वय भनेको सुन चाल्न र माछा मार्न बाहेक केह िपनि भएको छैन । उहाँहरु भन्नु हुन्छ । हामीले कहिल्यै पनि जंगल फडानी गरेनौ । हाम्रो जिविका पार्जनको एक मात्र यही हो । यसमा हामीले पाउनु पर्छ । भन्ने एक मात्र माग हो । मलाइृ चाही आइएलओ १६९ ले पनि दिनै पर्छ । जस्को उहाँको अग्रधिकार छ । जल जमिन जंगलसँग प्रत्यक्ष सरोकार भएकोलाई बन्चित गर्न पाईदैन ।

हामीलाई यो महासन्धिले यो यो अधिकार दिएको छ भन्दा पनि हामीलाई थाहा छैन भन्ने कुराहरु निकुञ्जका प्रतिनिधिबाट सामुदायिक उपभोक्ताबाट आउँछ । त्यो चाही राम्रो हाइने जस्तो लाग्छ ।
अप्रत्यक्ष रुपमा सबै निकुञ्जकै बिकासको निम्ति वाताबरणको कुरा सामाजिक कुरा हुन्छन् कसरी निकुञ्जलाई फाइदा हुन्छ लागु त्यसरी नै लागु गरेको देखिन्छ । कुनै पनि पुर्बधार बनको छैन ।

आफ्नो जीवन धान्ने पेशामा अवरोध आएपछि सोनाहाहरुले पटकपटक बिरोध गरे । बिरोध साम्य पार्न उनीहरुलाई बिनारोकतोक माछा मार्न र सुन खोज्न दिइने भनियो । तर निकुञ्ज भित्र खोलामा माछा मार्ने लाइसेन्स दिदा भने थुप्रै सर्त राखियो ।

सोनाहालाई माछा मार्ने लाइसेन्स दिएको केही महिनामा निकुञ्जमा गैडा मारियो । गैंडा मारेको अभियोगमा दुई जना सोनाहा पक्राउ परे । त्यसपछि माछा मार्ने सबै लाइसेन्स नबिकरण नै गरिएन ।
खुमलाल सोनाहा ः
यो निकुञ्जले पनि माछा मान देको छैन । २०६४ सालमा लाइसेन्स दियो । बिचमा आएर गैडाको आरोप लगाएर आर्मीहरु पनि थिए मार्ने गिरोहमा । त्यसमा दुईवटा सोनाहा थिए । त्यसैले सबे सोनाहाको लाइसेन्स खोस्दे । त्यसपछि लाइसेन्स देको छैन । एकदम अप्ठ्यारो छ। जाल नाउहरु फुटाइदिन्छ । अनि यता तिर सामुदायिक जंगल पनि छन् । सामुदायिक जंगल पनि सुन चाल्न दिदैनन् ।

खोलासँग जीवन जोडिएका सोनाहाहरुको अस्तित्व संकटमा पर्दैछ । पुस्तौं पुस्ता देखिको सोनाहा र प्रकृतिसँगको समन्ध राज्यले टुटाउँदैछ ।

सुदिप जान
निकुञ्जले माछा मार्न नदिने यो पराम्परागत पेशालाई खोस्दिएको छ । अहिले भर्खर हेर्दा पनि सुन चाल्न पनि निकुञ्जले खोस्दिए । यो जिबिकाको मात्रै कुरा पनि होइन । जिबिका र संस्कृति एकदमै जोडिदिएको छ । सोनाहाको दृष्टिकोणबाट हेर्दा प्रकिति भनेको बाहिर उता निकुञ्ज र यो बाहिर बस्ति भन्ने नै होइन । मैले बुझेको ।
सोनाहाले प्रकृति बुझ्दाखेरी खोला जंगल आफ्नो जिबिका संस्कृति सबै जोडिएर हेर्छ । जीवनशैली रहनसहन उहाँहरुको दृष्टिकोण हेर्दाखेरी संस्कृति र प्रकृति चाही एउटै रैछ कुरा ।

सोनाहाहरु अहिले जीवन धान्ने विकल्पको खोजीमा छन् । आफुले बोल्दा कसैले नसुन्ने र आफ्नो पक्षमा बोलिदिने कोही नहुदा उनीहरु निरास छन् ।

राजकुमार चौधरी
निकुञ्जै भएपनि त्यहाँहरुको पेशाको जर्गेना हुनुपर्छ । हिजो देखि जुन उहाँहरुले परापुर्बक काल देखि जनजिबिकाको बाटो छ त्यसबाट चाही बन्चित गरिनु हुदैन ।

आर्थिक अबस्था निक्कै कमजोर भएका सोनाहाहरुसँग सम्पतीका नाममा टुडी भनिने सुन चाल्ने काठ, वालुवा छान्ने छबना र पानी हाल्ने ओदाना हुन्छ । अनि माछा मार्न चाहिने चौदी भनिने जाल उनीहरुको मुख्य सम्पत्ति हो । अलि धनिमानिसँग भने खोला वारपार गर्न चाहिने काठको लाउ अर्थात डुङ्गा पनि हुन्छ ।
माछा मारेर हाल्ने चोयाको जाडी बोकेर सोनाहाका बालबालिकाहरु खोलामै घुमिरहेका हुन्छन । उनीहरु बिद्यालय भर्ना त भएका छन् तर पढ्न भने जाँदैनन्् । बाबुआमासँगै माछा नमारे उनीहरुले भोकै बस्नुपर्ने हुन्छ ।

घुमीघुमी माछा मार्न र सुन खोज्न नपाउँदा घरछेको कर्णालीमा माछा र सुन दुवै घटिरहेको छ ।

कमला सोनाहा ।
नाउ समाएर लागि हाल्छन् । चौदी समाएर लगि हाल्छन् । नाउ र चौदी लगेपछि कस्मा माछा मार्ने ? सबै भन्दा हाम्रो ठूलो त्यही हो हो कि होइन । हाम्रो सबै भन्दा ठूलो त्यही हो ।

खोलामा पस्नै नपाएपछि उनीहरुको संस्कार मासिंदैछ, पहिचान हराउँदैछ । यस्तै अवस्था रहे केही बर्षमै सोनाहाको संस्कृति मेटिनेछ । अनि सोनाहाहरु पनि लोप हुनेछन् । आफ्नो छुट्टै परम्परा भएको यो जाति नै हराउने छ कहिल्यै नभेटिने गरि ।