Showing posts with label gocool thokar. Show all posts
Showing posts with label gocool thokar. Show all posts

Wednesday, February 20, 2013

गुलाब


गुलाब

सबै फूललाई
मेरो जति सम्मान हुन्न होला ।

स्विकार भो भने
प्रेमिकाको मायाको हातमा हुन्छु
स्विकार नभए झोकमा
कुल्चिन्छन् लातले धुलो धुलो हुने गरि ।

किनबेच
मस्त फूल्दा पो हुन्छ
सुके पछि के हेर्थे ?

पटक पटक बिर्सन्छन् मान्छेहरु
म काँडैमा फूल्छु भन्ने ।

Saturday, July 7, 2012

Aankhijhyal

हरित अर्थतन्त्र दिगो विकासको मूल मन्त्र भन्ने नाराका साथ जुन ५मा विश्व वातावरण दिवस मनाइयो । अनि यहीबेला नेपालले सन् २०१३ र १४ को लागि नेपालले कम बिकसित देशको तृत्व गर्ने अवसर पायो । अबका दिनमा अन्तरराष्ट्रिय जगतमा आफ्ना मुद्धा उठाउन नेपालले के गर्नुपर्ला ।

लेखन र निर्देशन 
गोकुल ध्वर्जे तामाङ

कार्यकारी निर्माता
सुशील मैनाली

सम्पादन
सरुण तुलाधार

क्यामरा
चन्द्र माझी 


वातावरणको कुरा गर्दा सफा शहर सबैको कल्पनामा आउँछ । तर शहर सफा गर्न कल्पना गरेर पात्रै पुग्दैन । सबैले केही न केही गर्नुपर्छ । अनि साँच्चिकै वातावरण जोगाउन लाग्ने हो भने सबै मिल्नैपर्छ । कुनै समारोह वा विशेष दिवसका दिन गरिने कामले एकछिनलाई सन्तोष मिल्ला तर अभियानकै रुपमा यो काम नगरे भोलीदेखि यो मुद्धा बिर्सनेको संख्या निकै बढी हुन्छ । अनि यस्तो अभियान केही समय अगि गरिएको नगर सफाई अभियान भन्दा पनि भिन्दै हुनु जरुरी छ । काठमाडौंमा परापुर्व काल देखि नै सिठी नख ः भन्ने चाड मनाइन्छ । यो दिन कुवा, इनार, पोखरी सफा गर्ने चलन छ । यस्ता अभियान र चाडमा के फरक छ त ? 

लेखन तथा निर्देशन
शोभा मानन्धर

कार्यकारी निर्माता
सुशील मैनाली

सम्पादन
सरुण तुलाधर

क्यामरा
बिकुराम तजले
चन्द्र माझी