Wednesday, February 20, 2013

गुलाब


गुलाब

सबै फूललाई
मेरो जति सम्मान हुन्न होला ।

स्विकार भो भने
प्रेमिकाको मायाको हातमा हुन्छु
स्विकार नभए झोकमा
कुल्चिन्छन् लातले धुलो धुलो हुने गरि ।

किनबेच
मस्त फूल्दा पो हुन्छ
सुके पछि के हेर्थे ?

पटक पटक बिर्सन्छन् मान्छेहरु
म काँडैमा फूल्छु भन्ने ।