Showing posts with label aankhijhyal. Show all posts

Tuesday, September 4, 2012
Bird photos Exhibition in Nepal
Saturday, July 7, 2012
Aankhijhyal
लेखन र निर्देशन
गोकुल ध्वर्जे तामाङ
कार्यकारी निर्माता
सुशील मैनाली
सम्पादन
सरुण तुलाधार
क्यामरा
चन्द्र माझी
वातावरणको कुरा गर्दा सफा शहर सबैको कल्पनामा आउँछ । तर शहर सफा गर्न कल्पना गरेर पात्रै पुग्दैन । सबैले केही न केही गर्नुपर्छ । अनि साँच्चिकै वातावरण जोगाउन लाग्ने हो भने सबै मिल्नैपर्छ । कुनै समारोह वा विशेष दिवसका दिन गरिने कामले एकछिनलाई सन्तोष मिल्ला तर अभियानकै रुपमा यो काम नगरे भोलीदेखि यो मुद्धा बिर्सनेको संख्या निकै बढी हुन्छ । अनि यस्तो अभियान केही समय अगि गरिएको नगर सफाई अभियान भन्दा पनि भिन्दै हुनु जरुरी छ । काठमाडौंमा परापुर्व काल देखि नै सिठी नख ः भन्ने चाड मनाइन्छ । यो दिन कुवा, इनार, पोखरी सफा गर्ने चलन छ । यस्ता अभियान र चाडमा के फरक छ त ?
लेखन तथा निर्देशन
शोभा मानन्धर
कार्यकारी निर्माता
सुशील मैनाली
सम्पादन
सरुण तुलाधर
क्यामरा
बिकुराम तजले
चन्द्र माझी
Tuesday, July 5, 2011
बालबालिकाको पुस्तकालय
बालबालिकाको पुस्तकालय
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
पुर्णबहादुर केसी, प्रधनाध्यापक, ब्रम्ह प्राबि , कोल्हुवा, नवलपरासी
बोटेमाझी र जनजाति बिद्यार्थी आउँछन् ............................. ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।
थमनारायण शर्मा ,अध्यक्ष, ब्रम्ह प्राबि , कोल्हुवा, नवलपरासी
लाइबेरीले फाइदा भएको छ ........................................... ।
पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।
नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।
मुना महतो , प्रधानाध्यापक, दुर्गा प्राबि, बाघखोर, नवलपरासी ।
कथाको किताब मन पर्ने........................................... ।
यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
छन्नुराम महतो , प्रधानाध्यापक, दुर्गा प्राबि, बाघखोर, नवलपरासी ।
पढ्ने बानी नभएकोले बिद्यार्थीले .................... ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।

बाह्य पुस्तकले बिद्यार्थीको धेरै ज्ञान बढाएको............................ ।
यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
बुद्धिराम महतो , प्रधानाध्यापक, सिहनाथ प्राबि,बरौली, नवलपरासी ।
हाम्रोमा ८० प्रतिशत भन्दा बढि बिद्यार्थी थारु छन् ...................................... ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।

Sunday, July 3, 2011
लोपउन्मुख जाती सोनाहा ।
लोपउन्मुख जाती सोनाहा ।
प्रशस्त धान फल्ने राजापुरको पाताभारमा छ कमला सोनाहाको घर । अरु मानिसले अन्न भण्डार मान्ने बर्दियामै बसेपनि कमलाको खेतीपाती छैन । आठ जनाको परिवार पाल्न उनी घर छेउबाट बग्ने कर्णाली नदीमा भर पर्छिन ।
कमला सोनाहा
घरमा केही हुदैन । खेती किसानी छैन । एक कठ्ठामा कहाँ पुग्छ खान । आठ परियार ।
कमला जस्तै १२ सय जति मानिसहरुको जीविका खोलाको वालुवामा सुन खोजेरै चल्छ । खोलामा सुन खोज्ने भएकैले उनीहरुलाई सोनाहा भन्ने गरिएको हो । अहिले सोनाहा जाति अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । खोलाको बालुवामा सुन खोज्ने बाहेक माछा मार्नु उनीहरुको परिवार पाल्ने अर्को उपाय हो ।
कुनै समय सोनाहाहरु धेरै माछा र सुन पाइने खोलामा घुम्दै हिंड्थे । अनि खोलाकै छउेछाउ बस्ने ठाँउ बनाउँथे । माछा र सुन पाइने खोला नै उनीहरुको जीवन थियो । तर अहिले समय फेरिएको छ । दिनरात बिना रोकावट हिंडडुल गर्न पाइने ठाँउमा तारबार लागेको छ । खोला र वनक्षेत्र कतै निकुञ्ज बनेको छ, कतै सामुदायिक वन । सबैका आफ्नै सिमाना छन, अनि त्यही अनुसारका नियम बनेका छन् । वन र खोलालाई आफ्नो जीवन ठान्ने सोनाहाहरु अहिले तीनै ठाउँमा छिर्न नपाउने भएका छन । बर्षौ देखि घर ठानेको खोला पराइ भएको छ । साथिजस्तो वनक्षेत्र डरलाग्दो भएको छ ।
कमला सोनाहा ।
पहिले त दिन्थ्यो केही भन्दैनथ्यो । अहिले त निकुञ्ज लागि गयो । गाएर आफूलाई पनि डरलाग्छ ।
महेन्द्र सोनाहा
कोही धम्कि देखाउने कोही हप्काएर पनि गर्न नदिने । कोही अलिकता तरकारी माछा नख्वाए धम्क्याउने । सानो जाति भएपछि हेप्ने गरेका छन् ।
समिती पनि ठूला मान्छे पनि भन्छन् माछा साछा खुवाउ । लागि पछि ख्वाउने हो नलागे पछि । आफू खान सामस्या हुन्छ कहिले कही ।
हुनेखानेका लागि एक छाक माछा नै खुवाएको हो । तर सोनाहाका लागि भने त्यही माछा नै रुपैयाँ हो अन्न हो । यसरी परिवारको जीविकोपार्जन साधन नै सित्तैमा खुवाएर सकिएपछि उनीहरु संकटमा पर्दैछन ।
समयसँगै बनेका नियमले सोनाहाको जीवन फेरिंदैछ । खोलाकिनारमा घुमी हिंड्ने उनीहरु एकै ठाउँमा बसोबास गर्ने भएका छन । तर खानलाउन भने उनीहरु अझै पनि खोलामै निर्भर छन ।
महेन्द्र सोनाहा
हाम्रा पुर्बजहरु नदीको छेउछाउमा हुर्केको हौ । त्यही भएर नदीको छेउछाउ हुन्छौ । हाम्रो खेती नै हो । त्यही भएर हामी त खेतीको छेउछाउमा बस्ने प¥योनी । अरु खेतीबारी त छैन हाम्रो । हाम्रो खेती भनेकै यही हो माछा र सुन । यसैको आधारमा हामी बाँचेका छौ ।
कमला सोेनाहाको घरमा चार जना राम्रैसँग काम गर्ने उमेरका छन् । परिवारै मिलेर तीन दिनभरि वालुवा चाल्दा तीन सय रुपैयाँ बराबरको एकलाल सुन जम्मा हुन्छ । पुरै परिवारले महिना भरि काम गर्दा बढीमा तीन हजार रुपैयाँ सम्म कमाइ हुन्छ । यति पैसाले घरको सबै काम चलाउनु पर्छ ।
घरछउबाट बग्ने कर्णाली भन्दा बढी सुन र माछा पाइने खोला पनि छन् । तर त्यहाँ जान पाईदैन । कहिले काँही पुगी हाले निकुञ्जले समात्छ । गएको बर्ष कमलाको भाइ संरक्षित क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र माछा मार्दै गर्दा समातिए । निकुञ्जले उनलाई झन्डै एक महिना थुनामा राख्यो । उनीहरुले अहिले सम्म एकमुष्ट नेदेखेको पाँच हजार रुपैयाँ तिर्नु प¥यो ।
कमला सोनाहा ।
तिनीहरुले त भयङ्कर पैसा तिरे । पाँचहजार हो क्यारे । दुई जानाले पाँचहजार तिरे ।
उनीहरु सुन खोज्दा बालुवा चाल्छन् र त्यही छाडिदिन्छन् । यसरी चालिएको बालुवा केही समय पछि पहिले कै अवस्थामा बस्छ । यसले खोलालाई कुनै क्षति पुर्याउँदैन । तर सोनाहाका यस्ता कुरा निकुञ्ज र सामुदायिक वनले पत्याउँदैन ।
महेन्द्र सोनाहा
वालुवा पनि लाग्दैनौ ढुङ्गा पनि लग्दैनौ लाने त त्यति न हो । अरु त त्यतै छाडि दिने हो ।
सुन खोज्ने कुरामा आपसी झगडा नहोस भनेर सोनाहाहरुले खोलाको बालुवा भएको गाउँ भागबन्डा गरेका छन । सबैले आफ्नो भागको खोलामा मात्र बालुवा चाल्न पाउँछन् । राजापुरमा बस्नेहरुका धान फल्ने मलिला खेत छन तर सोनाहाहरुका भने खेत होइन आफैंले भाग लगाएको खोलाको बगर छ ।
खुमलाल सोनाहा ।
त्यति खेर फिरी थियो । हाम्रो पुर्खाहरुले त्यही निर हामी बसेकै ठाँउमा सानो सानो झुप्रा पारेर बस्थे । गाउँमा नजानेबरु । नजिकै गाउँ भएपनि नदिमै डेरा पारेर बसने । जंगलमा पनि त्यसस्तो कटानी नगर्ने । बगरमा पानीले बगाउर ल्याएको रुखको हाँगा काटेर स्यानो स्यानो झुप्रो बनाउने । सुन चल्ने माछा मार्ने पहिले देखि । खेती तिर त्यति ध्यान दिएनन् । पहिला बासिन्दा पनि कम थियो भन्थे हाम्रा पुर्खाहरु । सबै भन्दा पहिला सोनाहाहरुले नै बस्थे ।
सुन खोजेरै .... बर्ष बिताएकी कमला आफैले भने जम्मा अढाई लालको फूली लगाएकी छिन् । उनले चालेको सुनबाट धेरैले आफ्नो शरीर सजाएका छन । कहिलेकाहीँ उनलाई पनि आफैले निकालेको सुन लाउने रहर लाग्छ ।
कमला सोनाहा ।
रहर लाग्दैन ? सुन बनाउने सुन बनाएपछि त पेटमा के हाल्ने । बच्चा पनि देख्नु प¥यो पेट पनि देख्नु प¥यो ।
मन त हुन्छ नी लाउने । रहर लाग्छ अब आफैले धोएको आफैले लाउने पाए राम्रो हुन्छ । मन त कति लाग्छ कति होइन ।
सुनै हो यो ढाइलाल । कानको होइन ।
पेटै त ठूलो हो । पेट नभरौ भने पेटले मान्दैन । हामी त एक दिन दुई दिन बसि हाल्छौ । बच्चाहरु कहाँ मान्छन् । बच्चा त ल्याउ ल्याउ भनेर भात आभा भन्छन् ।
सधैँ खान लाउनकै समस्या पर्ने सोनाहा थारुहरुसँग मिल्दाजुल्दा छन । उनीहरुको संस्कार र संस्कृति केही नजिक भएपनि सोनाहाहरुको इतिहास थारुको भन्दा पुरानो छ । भाषा र जीवनशैली फरक छ । फरक भाषा, संस्कृति र संस्कार भएकैले उनीहरु छुट्टै जनजातिमा गनिनु पर्ने हो । तर अहिलेसम्म उनीहरुलाई छुट्टै जनजातिको सुचिमा राखिएको छैन । राज्यले उनीहरुलाई बेग्लै पहिचान दिन सकेको छैन ।
खुमलाल सोनाहा ।
हाम्रो जाति पनि सुचिकृत पनि भाको छैन । थारु हो भन्छन् । थारुसँग हाम्रो भाषा मिल्दैन । पेशा मिल्दैन । रहनसहन पनि मिल्दैन । धेरै फरक छ थारुसँग तर थारुमा राख्नु भाछ उहाँहरुले ।
सोनाहामा आदिवासी जनजातिका धेरै गुण छन । त्यही गुण मध्ये एउटा हो, चाडवाडमा रमाइलो गर्ने । अरुबेला मनभरि दुःख बोके पनि चाडवाडमा उनीहरु सके सम्म रमाइलो गर्छन । आज फागु पुर्णिमा हो । यहाँ होलीको तयारी हुदैछ । यस चाडलाई उनीहरु बिशेष रुपले मनाउँछन् । रातभर नाचगान गर्दै गाउँ घुम्छन । यसरी होलीको दिन घरघरमा आउने टोलीलाई सकेको दक्षिणा दिने चलन छ ।
बर्दियाको राजापुर क्षेत्र सोनाहाहरुको बसोबास भएको क्षेत्र हो । यसबाहेक कन्चनपुरमा पनि सोनाहाको सानो बस्ती छ । तर कन्चनपुरका सोनाहा माछा मार्दैनन् र सुन पनि चाल्दैनन् ।
कुनै बेला निर्बाध रुपमा घुम्न पाइने खोला र जंगलमा बनेका नियमले सुन खोज्न र माछा मार्न नपाए पछि सोनाहालाई निक्कै समस्या परेको छ ।
सुदिप जान
बिगत चारपाँच बर्ष देखिको अनुभव सोनाहाहरुसँग हेर्दा चाही निकुञ्जसँगको द्धन्द्ध चाही हामीले बाहिरबाट हेर्दा चाही माछा मार्न दिएन सुन चाल्न दिएन भन्ने मात्रै छ । तर निकुञ्जको सामाजिक प्रभाव यसको ठूलो संस्कृति नै नास हुने एउटा पक्ष निकुञ्जको सामाजिक प्रभाव यसको एउटा पक्ष निकुञ्जको नीति अभ्यास पनि रैछ । किनभने जवजव सोनाहा खोला र सुन चाल्ने पेशा र माछा मार्ने पेशा हराउँदै उहाँहरुको संस्कृति पनि हराउँदै जान्छ । कति इन्डिया जानु पर्ने बाध्यता छ । इन्डिया प्रिपेशा गर्नु पर्ने अबस्था छ । उहाँहरुको पराम्परागत पेशामा रोक लाग्ने बितिक्कै महत्वपूर्ण कुराचाही पराम्परागत ज्ञान र अभ्यास पनि हराउँदैछ । त्यसैले सोनाहामा ठूलो चासो छ किनभने हाम्रो अस्तित्व पहिचान चाही खतारा छ भन्ने कुरा ।
नेपालले २०६४ सालमा आदिवासी जनजातीको हक अधिकारको सुरक्षा गर्ने आइएलओ महासन्धिमा हस्तक्षर गरेको छ । यो महासन्धी कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हो । यसमा परापुर्व कालदेखि जल, जंगल र जमिनमा निर्भर आदिबासीलाई विस्थापित गर्न नहुने कुरा प्रष्ट रुपमा लेखिएको छ । तर सरकारी नियमकै कारण अहिले सोनाहाहरुले निर्वाध रुपमा माछा मार्न र सुन चाल्न पाएका छैनन् ।
राजकुमार चौधरी
उहाँको जिबिकापार्जनको एउटा मात्र वय भनेको सुन चाल्न र माछा मार्न बाहेक केह िपनि भएको छैन । उहाँहरु भन्नु हुन्छ । हामीले कहिल्यै पनि जंगल फडानी गरेनौ । हाम्रो जिविका पार्जनको एक मात्र यही हो । यसमा हामीले पाउनु पर्छ । भन्ने एक मात्र माग हो । मलाइृ चाही आइएलओ १६९ ले पनि दिनै पर्छ । जस्को उहाँको अग्रधिकार छ । जल जमिन जंगलसँग प्रत्यक्ष सरोकार भएकोलाई बन्चित गर्न पाईदैन ।
हामीलाई यो महासन्धिले यो यो अधिकार दिएको छ भन्दा पनि हामीलाई थाहा छैन भन्ने कुराहरु निकुञ्जका प्रतिनिधिबाट सामुदायिक उपभोक्ताबाट आउँछ । त्यो चाही राम्रो हाइने जस्तो लाग्छ ।
अप्रत्यक्ष रुपमा सबै निकुञ्जकै बिकासको निम्ति वाताबरणको कुरा सामाजिक कुरा हुन्छन् कसरी निकुञ्जलाई फाइदा हुन्छ लागु त्यसरी नै लागु गरेको देखिन्छ । कुनै पनि पुर्बधार बनको छैन ।
आफ्नो जीवन धान्ने पेशामा अवरोध आएपछि सोनाहाहरुले पटकपटक बिरोध गरे । बिरोध साम्य पार्न उनीहरुलाई बिनारोकतोक माछा मार्न र सुन खोज्न दिइने भनियो । तर निकुञ्ज भित्र खोलामा माछा मार्ने लाइसेन्स दिदा भने थुप्रै सर्त राखियो ।
सोनाहालाई माछा मार्ने लाइसेन्स दिएको केही महिनामा निकुञ्जमा गैडा मारियो । गैंडा मारेको अभियोगमा दुई जना सोनाहा पक्राउ परे । त्यसपछि माछा मार्ने सबै लाइसेन्स नबिकरण नै गरिएन ।
खुमलाल सोनाहा ः
यो निकुञ्जले पनि माछा मान देको छैन । २०६४ सालमा लाइसेन्स दियो । बिचमा आएर गैडाको आरोप लगाएर आर्मीहरु पनि थिए मार्ने गिरोहमा । त्यसमा दुईवटा सोनाहा थिए । त्यसैले सबे सोनाहाको लाइसेन्स खोस्दे । त्यसपछि लाइसेन्स देको छैन । एकदम अप्ठ्यारो छ। जाल नाउहरु फुटाइदिन्छ । अनि यता तिर सामुदायिक जंगल पनि छन् । सामुदायिक जंगल पनि सुन चाल्न दिदैनन् ।
खोलासँग जीवन जोडिएका सोनाहाहरुको अस्तित्व संकटमा पर्दैछ । पुस्तौं पुस्ता देखिको सोनाहा र प्रकृतिसँगको समन्ध राज्यले टुटाउँदैछ ।
सुदिप जान
निकुञ्जले माछा मार्न नदिने यो पराम्परागत पेशालाई खोस्दिएको छ । अहिले भर्खर हेर्दा पनि सुन चाल्न पनि निकुञ्जले खोस्दिए । यो जिबिकाको मात्रै कुरा पनि होइन । जिबिका र संस्कृति एकदमै जोडिदिएको छ । सोनाहाको दृष्टिकोणबाट हेर्दा प्रकिति भनेको बाहिर उता निकुञ्ज र यो बाहिर बस्ति भन्ने नै होइन । मैले बुझेको ।
सोनाहाले प्रकृति बुझ्दाखेरी खोला जंगल आफ्नो जिबिका संस्कृति सबै जोडिएर हेर्छ । जीवनशैली रहनसहन उहाँहरुको दृष्टिकोण हेर्दाखेरी संस्कृति र प्रकृति चाही एउटै रैछ कुरा ।
सोनाहाहरु अहिले जीवन धान्ने विकल्पको खोजीमा छन् । आफुले बोल्दा कसैले नसुन्ने र आफ्नो पक्षमा बोलिदिने कोही नहुदा उनीहरु निरास छन् ।
राजकुमार चौधरी
निकुञ्जै भएपनि त्यहाँहरुको पेशाको जर्गेना हुनुपर्छ । हिजो देखि जुन उहाँहरुले परापुर्बक काल देखि जनजिबिकाको बाटो छ त्यसबाट चाही बन्चित गरिनु हुदैन ।
आर्थिक अबस्था निक्कै कमजोर भएका सोनाहाहरुसँग सम्पतीका नाममा टुडी भनिने सुन चाल्ने काठ, वालुवा छान्ने छबना र पानी हाल्ने ओदाना हुन्छ । अनि माछा मार्न चाहिने चौदी भनिने जाल उनीहरुको मुख्य सम्पत्ति हो । अलि धनिमानिसँग भने खोला वारपार गर्न चाहिने काठको लाउ अर्थात डुङ्गा पनि हुन्छ ।
माछा मारेर हाल्ने चोयाको जाडी बोकेर सोनाहाका बालबालिकाहरु खोलामै घुमिरहेका हुन्छन । उनीहरु बिद्यालय भर्ना त भएका छन् तर पढ्न भने जाँदैनन्् । बाबुआमासँगै माछा नमारे उनीहरुले भोकै बस्नुपर्ने हुन्छ ।
घुमीघुमी माछा मार्न र सुन खोज्न नपाउँदा घरछेको कर्णालीमा माछा र सुन दुवै घटिरहेको छ ।
कमला सोनाहा ।
नाउ समाएर लागि हाल्छन् । चौदी समाएर लगि हाल्छन् । नाउ र चौदी लगेपछि कस्मा माछा मार्ने ? सबै भन्दा हाम्रो ठूलो त्यही हो हो कि होइन । हाम्रो सबै भन्दा ठूलो त्यही हो ।
खोलामा पस्नै नपाएपछि उनीहरुको संस्कार मासिंदैछ, पहिचान हराउँदैछ । यस्तै अवस्था रहे केही बर्षमै सोनाहाको संस्कृति मेटिनेछ । अनि सोनाहाहरु पनि लोप हुनेछन् । आफ्नो छुट्टै परम्परा भएको यो जाति नै हराउने छ कहिल्यै नभेटिने गरि ।

Wednesday, June 8, 2011
शैलुङको शक्ति
शैलुङको शक्ति
भदौको महिनामा देवी देउता घुम्न निस्कन्छन रे । त्यही भएर टाढा टाढाबाट आएका धामीझाँक्रीहरु अहिले शैलुङ डाँडामा जम्मा भएका छन । यो झरीमा उनीहरु यहाँ जम्मा हुनुको एउटै रहस्य हो यिनै बाहिर निस्किएका देवी देउताबाट ज्ञान लिनु । आफूले गर्दै आएको परम्परा कायाम राख्ने र आफूसँग भएको विद्यालाई अझ बढाउने आकांक्षा लिएर विभिन्न ठाउँका झाक्रीहरु यहाँ जम्मा भएका छन ।
दोलखाको शैलुङ क्षेत्रमा भाद्र शुक्ल पुर्णीमा भन्दा तीन दिन अगाडि देखि नै मानिसहरुको घुईंचो लाग्छ ।
रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अघि सत्यजुगमा पराम्परा के रैछ भने सबै देबी देउता चाही नाग पञ्चमीमा भत्रिने रे अनि सबै बर्ता तिर्थ गर्ने घुम्ने कोही बिद्या लिने ज्ञान लिने आफ्नो लिएर जाने रैछ नी त हजुर ।
यो बेलामा शैलुङ नजाने झाँक्री निकै कम हुन्छन । अहिले मानिसहरुमा धामीझाँक्रीले बिरामी निको गराउँछ भन्ने अन्धविश्वास कम हुँदै गएको छ । तर पनि यो नेपाली समाजको निक्कै पुरानो संस्कृति हो, विश्वास हो ।
डिभी ७
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
अगी अगीकाले त थुर्मी उडाउथे कुखुराको फुल उडाउने हामै्र आँखाले देखियो । अहिले कहीकाले पनि सक्दैनन् ।
कथामा सुनेका यस्तै विद्या सिक्न उनीहरु यहाँ आएका हुन । झाक्रीको कुरालाई एकैछिन बिर्सिदिने हो भने शैलुङ साँच्चिनै निकै कुरा सिक्न सकिने ठाउँ हो ।
दोलखाको शैलुङ क्षेत्र काठमाडौबाट १३५ किलोमिटर मात्र टाढा छ । यहाँ जाने बाटो अप्ठ्यारो छ । तर त्यतिकै रमाइलो पनि । यहाँ जाने जो कोहीले मगमग बासना आउने बुकी फूल देख्न र छुन पाउँछन । यो फूलले शैलुङको तामाङ समुदायमा निकै महत्व राख्छ । दशैंमा उनीहरु यही बुकीफूल टाउकोमा सिउरिन्छन । तामाङहरु जमरा राख्दैनन् । बुकेफूलले नै जमराको काम गर्छ ।
बिहान ६ बजेको यो समयमा आकाश खुल्ला छ । हामीले यो क्षेत्रमा बग्ने कोशी नदीको शाखा तामाकोशीको शिर देख्यौ । अनि दोलखाको सदरमुकाम चरिकोट पनि । तर गौरिशंकर हिमाल भने बादलले ढाकेछ ।
उकाली चढ्दै जाँदा जात्रा भर्न जाने मानिसहरुको संख्या पनि बढीरहेको छ ।
शैलुङ क्षेत्र रामेछाप र दोलखा दुइवटै जिल्लामा पर्छ । यहाँको जंगल निक्कै बाक्लो र ठूलो छ । जंगल धेरै जातिका औषधिजन्य जडिबुटीहरु छन ।
नेपाली हाते कागज बनाउन प्रयोग गरिने लोक्ता पनि यहाँ प्रशस्त पाइन्छ । यि लोक्ताका विरुवा हुन । सबै हुर्कन पाए भने पाँच सात बर्षमा यहाँ लोक्ताको निकै ठूलो भण्डार हुनेछ । जंगलको उकालो बाटोमा कतै कतै चियापसल पनि छन । मानिस धेरै नहिंडने हुनाले यस्ता चिया पसलहरु प्राय बन्द हुन्छन ।
बाटो भरिको एकमात्रै चिया पसल हो । आज जात्रा भएकोले मानिसको भिड हुने नै भयो । बिहानै देखि उकालो हिंडेर जात्रा भर्न जाने सबै भोकाएका छन । पसलमा बस्ने कसैलाई फुर्सद छैन । कोही माल्पुवा बनाइरहेका छन । कोही शैलुङको चिसो काटन सघाउने चिया बनाउँदैछन । भोक लागेकाले होलो यहाँ त जे खाए पनि मिठै हुने रहेछ ।
ठिङग्रे सल्ला, गोब्रे सल्ला र खस्रुको जंगलका बीच बीचमा नेपालको पहिचान बोकेको गुराँस पनि छ । बैसाख जेठ महिना भएको भए यहाँ फूलेको गुराँसले जंगल रातै हुने थियो ।
यो चाहिँ स्थानीय भाषामा छिरु भनिने फूल हो । धेरै फूलको बास्ना आउँछ । फूलका पारखी र सौखिनहरु यसलाई टिप्ने र सुँघ्ने गर्छन । तर छिरु फूलको भने बासना आउँदैन । बरु यसको निकै कडा गन्ध पो आउँछ । धेरैलाई यसको गन्धले टाउको दुखाउँछ । त्यसैले लेकतिर जाँदा देखिने सबै फूल सुँघ्नु पनि हुँदैन ।
यो निकै चिसो ठाउँ हो । यहाँ अन्न उत्पादन हुँदैन । तर अहिले गर्मीको याम भएकाले मानिहरुले बारीमा आलु काउली लगाएका छन । चिसो सुरु हुनासाथै उनीहरु बेंशीको घरतिर झर्छन ।
यहाँ भने बाँको पाकेर रातै भएछ । यो फल बंगुरको प्रिय भोजन हो । तर बंगुर नहुने ठाउँमा भएकाले यसले जंगलमा यसरी पाक्ने मौका पाएछ ।
बिहानै हिंडेका हामी अब भने शैलुङतिर पुगेका छौं । यो शैलुङ सुरु हुने ठाउँको महादेबको ओडार हो । सत्ययुगमा यतातिर घुम्न आउँदा महादेब यही ओडारमा धुनी लगाएर बस्ने गरेको कहानी सुन्न पाइन्छ ।
यो चाहिँ गोदावरी खुल्ने ओडार । ओडारमा रहेको यो ढुङ्गाबाट १२ बर्षमा एकचोटि दुध बग्छ भनिन्छ । त्यही नै हो गोदाबारी खुलेको ।
विश्वासकै कुरो हो । यो ओडारमा भने पापीहरु छिर्न सक्दैनन रे । त्यसैले यसको नाम नै धर्म दुलो । बल्ल आइपुगियो साँच्चैको शैलुङ डाँडो । डाडैडाँडा भएको यो ठाउँलाई पनि कुहिरोले सबै ढाकिसकेछ ।
बाँकी संसारले जनै पूर्णिमा भनेर चिनेको भाद्र शुक्ल पुर्णीमामा यहाँ ठूलो मेला लाग्छ । तर यहाँको मेला अन्तको जस्तो नुहाउने र जनै लगाउन भने होइन । परम्परागत रुपमा विरामी निको पार्ने भनिएका धामीझाँक्रीहरुले शक्ति र विद्या लिने ठाउँ हो यो । त्यसैले त डाँडो छपक्कै ढाकिएको छ, शैलुङ वरपरका झाँक्रीहरुको जात्राले ।
तीन दिन अगि देखि नै आएका उनीहरु यहाँ आउनु भन्दा अगि चित्त शुद्धि र आत्माशुद्धिका लागि गुफा बस्ने गर्छन । एकान्त खोज्दै हिंड्ने सबैले यसरी नै गुफामा बसेर आत्मशुद्धि गर्न सके कति राम्रो हुने थियो । झाँक्री नै पिच्छे गुफा बस्ने दिन भने फरक फरक हुन्छ । कोही त सात दिन सम्म गुफामा बस्ने रहेछन । यसरी गुफा बस्दा शक्ति बढ्छ रे ।
सन्तबहादुर थोकरः फस्कु ९,निगाले, दोलखा
कस्तो भने देखि एक गुफामा अर्को गुफामा अर्केा गुफामा वाङलुङ आउने थपिदै थपिदै यो घरको जग लाए जस्तो अनि चोटा छाप्यो अजन अलिकति गा¥हो लयो भोली अलिकती झ्याल हाल्यो छाना छाउदै अनि धुरी टक्क मेट्ने जस्तो हो । ९.१५१६.०० उदेश्य आआफ्नो देउताको फरकफरक हुन्छ होला । शक्ति देउ ज्ञान बढ्न आउ धनसम्पति शक्ति देउ सबै पुराइ देउ भन्ने होला । देउता कोहीलाई देबी, केहीलाई नरुवोन, सुन झाँक्री इत्यादी आउँछ आउन त तर देउता फरक भएपनि माग र गरगहना एउटै हुन्छ सबैको ।
उनीहरुको गुफा बस्ने ठाउँ खोज्ने तरिका पनि भिन्न भिन्न रहेछ ।

त्यो ठाँउ कस्तो छान्ने पर्छ भने अब हिजो आज केही जलाको ठाँउ फेला पा¥यो । पाको गराउन प¥यो नी चेलालाई त्यो भुतभुते पन्छाएर त्यसैमा बति बालेर बसिन्छ च्यानमाथी । एउटा पराम्पराको कुरा के छ भने देखि त्यहाँ मसान बीरहरुलृ बास गरेको हुन्छ रे । त्यो बीर चलाइ आइज त्यो बीरहरुलाई परसर भन्छौ भनेर त्यसलाई राखेर बस्ने ।
झाँक्रीहरुको विस्वास फरक फरक छ । उनीहरुको अनुभवमा धेरै मानिसहरु अझै पनि यस्ता कुरामा बिस्वास गर्छन । देशका अन्य ठाउँको तुलनामा शिक्षा र विकासको ज्वालाले धपक्कै बलेको काठमाडौं उपत्यकाका झाक्रीहरुको पनि यता झरेका छन् ।
गंगाबहादुर कार्कीः कीर्तिपुरनगरपालिका, भत्केपाटी , काठमाडौ
हावाहरुको हेरौ भने त केही पनि देखिदैन । हावाको भरमा काम गर्नु पर्छ गरिन्छ । कस्ता कस्ता डाक्टरका श्रीमतीहरुलाई पनि डाक्टर त जान्ने हुन्छ नी त्यस्तालाई पनि हामीले गएर फुक्दा बिसेक हुन्छ । ३३.२४
अब डाक्टरले हेर्छ । हेरेपछि उसले औषधीहरु दिन्छ । निको हुदैन झारफूक गर्छ झाँकंं्रीले निको हुन्छ । अनी डाक्टरले मात्रै पनि हुदैन । झाँक्रीले मात्रै पनि हुदैन । लागु छ भने झाँक्री चाहियो अन्नबाट निस्केको छ भने बिरामी छ भने डाक्टर चाहियो ।
झाक्रीहरुको दावी कतिसम्म सत्य हो त्यो त मानिसको विश्वास मै भर पर्ला तर के कुरा पक्का हो भने, झाँक्री नहुने हो भने शैलुङको जात्रा खल्लो हुन्छ ।

अण्डा राखेको चाही के भने भाला त्रिशुल चाहीनी आफ्नो मालमतो घन्टा यस्तो रुदंक्षको माला चेला लिएर गुरु लिएर साथमा आउने बेलामा त्यो चार सुरमा राखेको चाही त्या कसैले त्यो धामीझाँक्री पनि कस्तो हुन्छ भने कसैले केही खेलेर त्यो कतिको जान्ने रैछ भनेर हान्छन्। के उताबाट केही उठाएर त्या हान्दा खेरी चाही शिकारी उठाएर हानेको हुन्छ । त्यो छेल्न राखेको हामीले ।
शैलुङ क्षेत्रको सबैभन्दा अग्लो डाडामा हामी पुगेका छौ । यहाँ रहेको ढुङ्गामा गुरु पद्यसंभबको पाइला भएको मानिन्छ । त्यसैले बौद्ध धर्मावलम्वीहरु पनि यो क्षेत्रलाई पवित्र ठान्छन । पद्यसंभवले बालेका १०८ वटा बत्ति अनुसार नै यहाँका डाँडा बनेका हुन भनिन्छ । यसरी सय भन्दा बढि डाँडा भएकैले यो क्षेत्रको नाम शैलुङ रहेको जनश्रृति छ ।
फरक मान्छे, फरक विश्वास । अनि पुण्य कमाउने होस, धर्म गर्ने होस वा पितृलाई तार्ने सबैका आ आफ्नै तरिका । बौद्ध धर्मालम्वीहरु यसरी जमिनमा सुतेर नाप्दै गर्ने परिक्रमालाई गोङदाप्पा भन्छन । यो उनीहरुले गर्ने उत्कृष्ट र सम्मानित ढोग हो ।
यहाँ चार पाँच सय बर्ष अगाडि बनेका मानेहरु पनि छन ।
यो पवित्र ठाउँ अब कुहिरोले ढपक्कै ढाकेको छ । छेउकै मान्छे पनि चिन्न गारो । मौसम खुलेका बेला यहाँबाट टाढा टाढा सम्म देखिने थियो । वित्रम संवत १९९० सालको भुईंचालो आउनु भन्दा अगाडि यहाँबाट काठमाडौंको १९ तले धरहरा समेत देखिन्थ्यो रे ।
भदौरे झरी बढदै छ । तर पनि झाँक्रीहरुले आफ्नै तालमा एकोहोरो नाच्न छाडेका छैनन् ।
धावा घिसिङ ः डडुवा ९,छागा, रामेछाप
म केही बर यहाँ छ लव्यभव्य त्यो हिसावले । मलाई फलिफप नै छ । म यहाँ आउदा खेरी म सात रात सात दिन गुफा बस्छु । म महादेव थानमा काँचो च्यानमा कि दोभानमा बस्दा खेरी मलाई चाही वर माग्दा खेरी मसानकाट्छु । मलाई वर दिइ रहेको छ ।
मन न हो । बर्ष दिनभरि राम्रो हुने भएपछि कसले पो एक दिन मेहनत नगर्ला र ? तर यहाँ शत्ति पाउन र भक्ति देखाउन मात्रै होइन रमित हेर्न पनि मानिसहरु आएका छन । युवाहरुको यो जमात जात्रा हेर्नकै लागि निकै टाढाबाट आएको रहेछ ।
इन्द्रराज तमाङः जात्रा लाग्दो रैछ यो जनै पुर्नेमा त्यही भएर । त्यही भएर केरे मेला हेर्न आको साथीहरु धेरै हुनुहुन्छ । साथीहरुले जाऔ रे काभ्रेपलाञ्चोक देखि घाएर आको छु ।
यो चाहिँ पहिलो बुद्धले बचाएको बाघ । काभ्रेको नमोबुद्धमा अलपत्र परेको बाघको बच्चालाई बुद्धले आफ्नै मासु खुवाएर बचाएको कहानी सुन्न पाइन्छ । त्यही बाघ शैलुङमा आएर बसेको छ, ढुङ्गाको रुपमा । बुद्धसँग जोडिएका यस्ता प्रसंग यहाँ थुप्रै छन ।
शैलुङ चौरी पाइने ठाउँ हो । चौरीको दुधबाट बनाइने यहाँको छुर्पी निकै राम्रो र स्वादिलो पनि हुन्छ । तर यसपालीको जात्रामा छुर्पी एक दमै कम छ । सायद मानिसको जिवनशैलीमा भएको परिवर्तनसँगै यो पनि हराउँदै गएको होला । हाम्रा ज्ञान र परम्परा दिनदिनै यसरी नै हराउँदै गएका छन । यस्ता कुराको संरक्षण तिर कसैले चासो देखाएको छैन । बर्षौं लगाएर आर्जेको हिमालमा पनि बाँच्न सघाउने यस्ता ज्ञान मासिंदा हुने क्षतिको पूर्ति कहिल्यै होला र ।
बादल लाग्यो आकाशमा
यो शैलुङको डाडोमा दाजुभाइ भेट भयो ।
दोलखा दाजुभाइ भेट भयो
रामेछापको दाजुभाइ भेट भयो
इष्टमित्र भेट भयो ।
स्वयाम्भुको माने फनन
बौद्धको माने फनन
जंगली फूल क्या राम्रो
फूलेको फूल क्या राम्रो
झरेको आशु नराम्रो
फाबरे गीत गाउँ त्यो राम्रो ।
तामाङ जातिको फाबरे गीत ।
यस्तै गीत गाएकै भरमा माया प्रिती साटिन्थ्यो रे पहिले पहिले । त्यसैले जात्रामा गीत गाउन निक्कै तम्सिन्छन तामाङहरु ।
युवाहरु यो गीत गाउन जान्दैनन । गला, भाव र शब्दको मिठास हुने यस्ता गीत गाउने संस्कार हराउँदैछ । यसलाई बाजागाजा सहितका गीतले पन्छाउन खोज्दैछ ।
तामाङ जातीको फाबरे गीत पनि हराउँदो संस्कार र संस्कृतिको शिकार बन्दैछ ।
अनि बाँकी रहनेछ, जात्रेले फ्याँकेको फोहोर र डाँडामा शान्ति छर्ने तथा मृत नातेदारको सम्झना गराउने दर्जी मात्र ।
भदौको महिनामा देवी देउता घुम्न निस्कन्छन रे । त्यही भएर टाढा टाढाबाट आएका धामीझाँक्रीहरु अहिले शैलुङ डाँडामा जम्मा भएका छन । यो झरीमा उनीहरु यहाँ जम्मा हुनुको एउटै रहस्य हो यिनै बाहिर निस्किएका देवी देउताबाट ज्ञान लिनु । आफूले गर्दै आएको परम्परा कायाम राख्ने र आफूसँग भएको विद्यालाई अझ बढाउने आकांक्षा लिएर विभिन्न ठाउँका झाक्रीहरु यहाँ जम्मा भएका छन ।
दोलखाको शैलुङ क्षेत्रमा भाद्र शुक्ल पुर्णीमा भन्दा तीन दिन अगाडि देखि नै मानिसहरुको घुईंचो लाग्छ ।
रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अघि सत्यजुगमा पराम्परा के रैछ भने सबै देबी देउता चाही नाग पञ्चमीमा भत्रिने रे अनि सबै बर्ता तिर्थ गर्ने घुम्ने कोही बिद्या लिने ज्ञान लिने आफ्नो लिएर जाने रैछ नी त हजुर ।
यो बेलामा शैलुङ नजाने झाँक्री निकै कम हुन्छन । अहिले मानिसहरुमा धामीझाँक्रीले बिरामी निको गराउँछ भन्ने अन्धविश्वास कम हुँदै गएको छ । तर पनि यो नेपाली समाजको निक्कै पुरानो संस्कृति हो, विश्वास हो ।
डिभी ७
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
अगी अगीकाले त थुर्मी उडाउथे कुखुराको फुल उडाउने हामै्र आँखाले देखियो । अहिले कहीकाले पनि सक्दैनन् ।
कथामा सुनेका यस्तै विद्या सिक्न उनीहरु यहाँ आएका हुन । झाक्रीको कुरालाई एकैछिन बिर्सिदिने हो भने शैलुङ साँच्चिनै निकै कुरा सिक्न सकिने ठाउँ हो ।
दोलखाको शैलुङ क्षेत्र काठमाडौबाट १३५ किलोमिटर मात्र टाढा छ । यहाँ जाने बाटो अप्ठ्यारो छ । तर त्यतिकै रमाइलो पनि । यहाँ जाने जो कोहीले मगमग बासना आउने बुकी फूल देख्न र छुन पाउँछन । यो फूलले शैलुङको तामाङ समुदायमा निकै महत्व राख्छ । दशैंमा उनीहरु यही बुकीफूल टाउकोमा सिउरिन्छन । तामाङहरु जमरा राख्दैनन् । बुकेफूलले नै जमराको काम गर्छ ।
बिहान ६ बजेको यो समयमा आकाश खुल्ला छ । हामीले यो क्षेत्रमा बग्ने कोशी नदीको शाखा तामाकोशीको शिर देख्यौ । अनि दोलखाको सदरमुकाम चरिकोट पनि । तर गौरिशंकर हिमाल भने बादलले ढाकेछ ।
उकाली चढ्दै जाँदा जात्रा भर्न जाने मानिसहरुको संख्या पनि बढीरहेको छ ।
शैलुङ क्षेत्र रामेछाप र दोलखा दुइवटै जिल्लामा पर्छ । यहाँको जंगल निक्कै बाक्लो र ठूलो छ । जंगल धेरै जातिका औषधिजन्य जडिबुटीहरु छन ।
नेपाली हाते कागज बनाउन प्रयोग गरिने लोक्ता पनि यहाँ प्रशस्त पाइन्छ । यि लोक्ताका विरुवा हुन । सबै हुर्कन पाए भने पाँच सात बर्षमा यहाँ लोक्ताको निकै ठूलो भण्डार हुनेछ । जंगलको उकालो बाटोमा कतै कतै चियापसल पनि छन । मानिस धेरै नहिंडने हुनाले यस्ता चिया पसलहरु प्राय बन्द हुन्छन ।
बाटो भरिको एकमात्रै चिया पसल हो । आज जात्रा भएकोले मानिसको भिड हुने नै भयो । बिहानै देखि उकालो हिंडेर जात्रा भर्न जाने सबै भोकाएका छन । पसलमा बस्ने कसैलाई फुर्सद छैन । कोही माल्पुवा बनाइरहेका छन । कोही शैलुङको चिसो काटन सघाउने चिया बनाउँदैछन । भोक लागेकाले होलो यहाँ त जे खाए पनि मिठै हुने रहेछ ।
ठिङग्रे सल्ला, गोब्रे सल्ला र खस्रुको जंगलका बीच बीचमा नेपालको पहिचान बोकेको गुराँस पनि छ । बैसाख जेठ महिना भएको भए यहाँ फूलेको गुराँसले जंगल रातै हुने थियो ।
यो चाहिँ स्थानीय भाषामा छिरु भनिने फूल हो । धेरै फूलको बास्ना आउँछ । फूलका पारखी र सौखिनहरु यसलाई टिप्ने र सुँघ्ने गर्छन । तर छिरु फूलको भने बासना आउँदैन । बरु यसको निकै कडा गन्ध पो आउँछ । धेरैलाई यसको गन्धले टाउको दुखाउँछ । त्यसैले लेकतिर जाँदा देखिने सबै फूल सुँघ्नु पनि हुँदैन ।
यो निकै चिसो ठाउँ हो । यहाँ अन्न उत्पादन हुँदैन । तर अहिले गर्मीको याम भएकाले मानिहरुले बारीमा आलु काउली लगाएका छन । चिसो सुरु हुनासाथै उनीहरु बेंशीको घरतिर झर्छन ।
यहाँ भने बाँको पाकेर रातै भएछ । यो फल बंगुरको प्रिय भोजन हो । तर बंगुर नहुने ठाउँमा भएकाले यसले जंगलमा यसरी पाक्ने मौका पाएछ ।
बिहानै हिंडेका हामी अब भने शैलुङतिर पुगेका छौं । यो शैलुङ सुरु हुने ठाउँको महादेबको ओडार हो । सत्ययुगमा यतातिर घुम्न आउँदा महादेब यही ओडारमा धुनी लगाएर बस्ने गरेको कहानी सुन्न पाइन्छ ।
यो चाहिँ गोदावरी खुल्ने ओडार । ओडारमा रहेको यो ढुङ्गाबाट १२ बर्षमा एकचोटि दुध बग्छ भनिन्छ । त्यही नै हो गोदाबारी खुलेको ।
विश्वासकै कुरो हो । यो ओडारमा भने पापीहरु छिर्न सक्दैनन रे । त्यसैले यसको नाम नै धर्म दुलो । बल्ल आइपुगियो साँच्चैको शैलुङ डाँडो । डाडैडाँडा भएको यो ठाउँलाई पनि कुहिरोले सबै ढाकिसकेछ ।
बाँकी संसारले जनै पूर्णिमा भनेर चिनेको भाद्र शुक्ल पुर्णीमामा यहाँ ठूलो मेला लाग्छ । तर यहाँको मेला अन्तको जस्तो नुहाउने र जनै लगाउन भने होइन । परम्परागत रुपमा विरामी निको पार्ने भनिएका धामीझाँक्रीहरुले शक्ति र विद्या लिने ठाउँ हो यो । त्यसैले त डाँडो छपक्कै ढाकिएको छ, शैलुङ वरपरका झाँक्रीहरुको जात्राले ।
तीन दिन अगि देखि नै आएका उनीहरु यहाँ आउनु भन्दा अगि चित्त शुद्धि र आत्माशुद्धिका लागि गुफा बस्ने गर्छन । एकान्त खोज्दै हिंड्ने सबैले यसरी नै गुफामा बसेर आत्मशुद्धि गर्न सके कति राम्रो हुने थियो । झाँक्री नै पिच्छे गुफा बस्ने दिन भने फरक फरक हुन्छ । कोही त सात दिन सम्म गुफामा बस्ने रहेछन । यसरी गुफा बस्दा शक्ति बढ्छ रे ।
सन्तबहादुर थोकरः फस्कु ९,निगाले, दोलखा
कस्तो भने देखि एक गुफामा अर्को गुफामा अर्केा गुफामा वाङलुङ आउने थपिदै थपिदै यो घरको जग लाए जस्तो अनि चोटा छाप्यो अजन अलिकति गा¥हो लयो भोली अलिकती झ्याल हाल्यो छाना छाउदै अनि धुरी टक्क मेट्ने जस्तो हो । ९.१५१६.०० उदेश्य आआफ्नो देउताको फरकफरक हुन्छ होला । शक्ति देउ ज्ञान बढ्न आउ धनसम्पति शक्ति देउ सबै पुराइ देउ भन्ने होला । देउता कोहीलाई देबी, केहीलाई नरुवोन, सुन झाँक्री इत्यादी आउँछ आउन त तर देउता फरक भएपनि माग र गरगहना एउटै हुन्छ सबैको ।
उनीहरुको गुफा बस्ने ठाउँ खोज्ने तरिका पनि भिन्न भिन्न रहेछ ।
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
त्यो ठाँउ कस्तो छान्ने पर्छ भने अब हिजो आज केही जलाको ठाँउ फेला पा¥यो । पाको गराउन प¥यो नी चेलालाई त्यो भुतभुते पन्छाएर त्यसैमा बति बालेर बसिन्छ च्यानमाथी । एउटा पराम्पराको कुरा के छ भने देखि त्यहाँ मसान बीरहरुलृ बास गरेको हुन्छ रे । त्यो बीर चलाइ आइज त्यो बीरहरुलाई परसर भन्छौ भनेर त्यसलाई राखेर बस्ने ।
झाँक्रीहरुको विस्वास फरक फरक छ । उनीहरुको अनुभवमा धेरै मानिसहरु अझै पनि यस्ता कुरामा बिस्वास गर्छन । देशका अन्य ठाउँको तुलनामा शिक्षा र विकासको ज्वालाले धपक्कै बलेको काठमाडौं उपत्यकाका झाक्रीहरुको पनि यता झरेका छन् ।
गंगाबहादुर कार्कीः कीर्तिपुरनगरपालिका, भत्केपाटी , काठमाडौ
हावाहरुको हेरौ भने त केही पनि देखिदैन । हावाको भरमा काम गर्नु पर्छ गरिन्छ । कस्ता कस्ता डाक्टरका श्रीमतीहरुलाई पनि डाक्टर त जान्ने हुन्छ नी त्यस्तालाई पनि हामीले गएर फुक्दा बिसेक हुन्छ । ३३.२४
अब डाक्टरले हेर्छ । हेरेपछि उसले औषधीहरु दिन्छ । निको हुदैन झारफूक गर्छ झाँकंं्रीले निको हुन्छ । अनी डाक्टरले मात्रै पनि हुदैन । झाँक्रीले मात्रै पनि हुदैन । लागु छ भने झाँक्री चाहियो अन्नबाट निस्केको छ भने बिरामी छ भने डाक्टर चाहियो ।
झाक्रीहरुको दावी कतिसम्म सत्य हो त्यो त मानिसको विश्वास मै भर पर्ला तर के कुरा पक्का हो भने, झाँक्री नहुने हो भने शैलुङको जात्रा खल्लो हुन्छ ।
रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अण्डा राखेको चाही के भने भाला त्रिशुल चाहीनी आफ्नो मालमतो घन्टा यस्तो रुदंक्षको माला चेला लिएर गुरु लिएर साथमा आउने बेलामा त्यो चार सुरमा राखेको चाही त्या कसैले त्यो धामीझाँक्री पनि कस्तो हुन्छ भने कसैले केही खेलेर त्यो कतिको जान्ने रैछ भनेर हान्छन्। के उताबाट केही उठाएर त्या हान्दा खेरी चाही शिकारी उठाएर हानेको हुन्छ । त्यो छेल्न राखेको हामीले ।
शैलुङ क्षेत्रको सबैभन्दा अग्लो डाडामा हामी पुगेका छौ । यहाँ रहेको ढुङ्गामा गुरु पद्यसंभबको पाइला भएको मानिन्छ । त्यसैले बौद्ध धर्मावलम्वीहरु पनि यो क्षेत्रलाई पवित्र ठान्छन । पद्यसंभवले बालेका १०८ वटा बत्ति अनुसार नै यहाँका डाँडा बनेका हुन भनिन्छ । यसरी सय भन्दा बढि डाँडा भएकैले यो क्षेत्रको नाम शैलुङ रहेको जनश्रृति छ ।
फरक मान्छे, फरक विश्वास । अनि पुण्य कमाउने होस, धर्म गर्ने होस वा पितृलाई तार्ने सबैका आ आफ्नै तरिका । बौद्ध धर्मालम्वीहरु यसरी जमिनमा सुतेर नाप्दै गर्ने परिक्रमालाई गोङदाप्पा भन्छन । यो उनीहरुले गर्ने उत्कृष्ट र सम्मानित ढोग हो ।
यहाँ चार पाँच सय बर्ष अगाडि बनेका मानेहरु पनि छन ।
यो पवित्र ठाउँ अब कुहिरोले ढपक्कै ढाकेको छ । छेउकै मान्छे पनि चिन्न गारो । मौसम खुलेका बेला यहाँबाट टाढा टाढा सम्म देखिने थियो । वित्रम संवत १९९० सालको भुईंचालो आउनु भन्दा अगाडि यहाँबाट काठमाडौंको १९ तले धरहरा समेत देखिन्थ्यो रे ।
भदौरे झरी बढदै छ । तर पनि झाँक्रीहरुले आफ्नै तालमा एकोहोरो नाच्न छाडेका छैनन् ।
धावा घिसिङ ः डडुवा ९,छागा, रामेछाप
म केही बर यहाँ छ लव्यभव्य त्यो हिसावले । मलाई फलिफप नै छ । म यहाँ आउदा खेरी म सात रात सात दिन गुफा बस्छु । म महादेव थानमा काँचो च्यानमा कि दोभानमा बस्दा खेरी मलाई चाही वर माग्दा खेरी मसानकाट्छु । मलाई वर दिइ रहेको छ ।
मन न हो । बर्ष दिनभरि राम्रो हुने भएपछि कसले पो एक दिन मेहनत नगर्ला र ? तर यहाँ शत्ति पाउन र भक्ति देखाउन मात्रै होइन रमित हेर्न पनि मानिसहरु आएका छन । युवाहरुको यो जमात जात्रा हेर्नकै लागि निकै टाढाबाट आएको रहेछ ।
इन्द्रराज तमाङः जात्रा लाग्दो रैछ यो जनै पुर्नेमा त्यही भएर । त्यही भएर केरे मेला हेर्न आको साथीहरु धेरै हुनुहुन्छ । साथीहरुले जाऔ रे काभ्रेपलाञ्चोक देखि घाएर आको छु ।
यो चाहिँ पहिलो बुद्धले बचाएको बाघ । काभ्रेको नमोबुद्धमा अलपत्र परेको बाघको बच्चालाई बुद्धले आफ्नै मासु खुवाएर बचाएको कहानी सुन्न पाइन्छ । त्यही बाघ शैलुङमा आएर बसेको छ, ढुङ्गाको रुपमा । बुद्धसँग जोडिएका यस्ता प्रसंग यहाँ थुप्रै छन ।
शैलुङ चौरी पाइने ठाउँ हो । चौरीको दुधबाट बनाइने यहाँको छुर्पी निकै राम्रो र स्वादिलो पनि हुन्छ । तर यसपालीको जात्रामा छुर्पी एक दमै कम छ । सायद मानिसको जिवनशैलीमा भएको परिवर्तनसँगै यो पनि हराउँदै गएको होला । हाम्रा ज्ञान र परम्परा दिनदिनै यसरी नै हराउँदै गएका छन । यस्ता कुराको संरक्षण तिर कसैले चासो देखाएको छैन । बर्षौं लगाएर आर्जेको हिमालमा पनि बाँच्न सघाउने यस्ता ज्ञान मासिंदा हुने क्षतिको पूर्ति कहिल्यै होला र ।
बादल लाग्यो आकाशमा
यो शैलुङको डाडोमा दाजुभाइ भेट भयो ।
दोलखा दाजुभाइ भेट भयो
रामेछापको दाजुभाइ भेट भयो
इष्टमित्र भेट भयो ।
स्वयाम्भुको माने फनन
बौद्धको माने फनन
जंगली फूल क्या राम्रो
फूलेको फूल क्या राम्रो
झरेको आशु नराम्रो
फाबरे गीत गाउँ त्यो राम्रो ।
तामाङ जातिको फाबरे गीत ।
यस्तै गीत गाएकै भरमा माया प्रिती साटिन्थ्यो रे पहिले पहिले । त्यसैले जात्रामा गीत गाउन निक्कै तम्सिन्छन तामाङहरु ।
युवाहरु यो गीत गाउन जान्दैनन । गला, भाव र शब्दको मिठास हुने यस्ता गीत गाउने संस्कार हराउँदैछ । यसलाई बाजागाजा सहितका गीतले पन्छाउन खोज्दैछ ।
तामाङ जातीको फाबरे गीत पनि हराउँदो संस्कार र संस्कृतिको शिकार बन्दैछ ।
अनि बाँकी रहनेछ, जात्रेले फ्याँकेको फोहोर र डाँडामा शान्ति छर्ने तथा मृत नातेदारको सम्झना गराउने दर्जी मात्र ।
बालबालिकाको पुस्तकालय
बालबालिकाको पुस्तकालय
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।
पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।
नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।
यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।
यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।
पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।
नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।
यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।
यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।
Subscribe to:
Posts (Atom)