Showing posts with label indigenous people of nepal. Show all posts
Showing posts with label indigenous people of nepal. Show all posts

Thursday, April 9, 2015

तामाङनी आमाको जवाफ थियो : मे सिजिम, स्या थाबा

कक्षा ९ मा पढ्दै थिएँ । पढाइ नभएका बेला साथीहरुबीच कक्षामै हाजिरीजवाफ प्रतियोगिता गथ्र्यौं । पाठ्यपुस्तकबाटै प्रश्न सोधिन्थ्यो । एक दिन मैले प्रश्न गरेँ, ‘पेलेको न्वारनको नाम के हो ?’ सबै साथी हाँसे । फेरि प्रश्न दोहो¥याएँ । दोस्रोपटक झन् बढी हासेँ । भए छ के भने, मैले न्वारन नभनेर ‘नहुँरन’ भनेँछु । यो शब्द तामाङ बोलीचालीमा न्वारनकै अर्थमा प्रयोग हुन्छ । धेरै फरक थिएन, बुझ्नका लागि । तर, पनि साथीहरू हाँसे । त्यसको केही समयपछि कक्षा नौको अन्तिम परीक्षा भो । नजितामा म तेस्रो भएँ । मलाई पढाउने शिक्षकले अबिर लाउँदै भने, ‘लौ भाइले न्वारन भन्न नजाने पनि लेख्न जानेछौ । तामाङको छोरा भए पनि ।’
अर्को प्रसंग छ । तामाङले गाई–गोरुको मासु खान्छन्, विशेषगरी बाक्लो बस्तीतिरका तामाङले । बूढी तामाङनी गोरुको मासु काट्दै थिइन् । कसैले देखेर नजिकको प्रहरीमा भन्दिए । प्रहरी आए । र, बूढीलाई सोधे । के गरेको आमै ? बूढीले उत्तर दिइन्, ‘मे सिजिम । स्याथाबा ।’
प्रहरीले तामाङ भाषा बुझेनन्, नेपालीमा सोधे । आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’
प्रहरीले बुढीलार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् । सुरुमै कुनै प्रहरीले तामाङ भाषा बुझेको भए अनाहकमा आमाले जेल बस्नुपर्दैनथ्यो ।
भाषाको कारण दुवै प्रसंगमा समस्या परेको हो । एउटा मेरो आफ्नो भोगाइ हो, अर्को सुनिदै आएको प्रसंग । यस्ता समस्यालाई लेख्दै गइयो भने लामो हुन्छ । प्रसंग एक होइन, अनेक छन् । जानेर नजानेर वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जनजाति, मधेसी र दलितले समाजमा समस्या भोग्दै आएका छन्, सदियौँदेखि । यसरी समस्या भोगेका नेपालीले नयाँ संविधानमार्फत नहेपिने ग्यारेन्टी खोजेका थिए । एउटा शब्द शुद्ध उच्चारण नगरेकै भरमा हेयको दृष्टिले नहेरिने वातावरण खोजेका हुन् । तामाङको छोरा भएकै आधारमा कक्षामा राम्रो गर्दा अचम्म मान्नुपर्ने वातावरण नहोस् भन्ने खोजिएका हुन् ।
आज नेपाली समाजमा जटिल सवाल उठेको छ— यस्ता समस्या कम गर्दै जाने कि यसलाई कुनै समस्या नै नमान्ने भन्ने । के हाम्रो समाज कुनै पनि परम्परा, आचरण, व्यवहारमा साँच्चै सवालै उठाउन नमिल्ने गरी मिलेकोे छ त ? छ भने, अहिले किन राष्ट्रिय राजनीतिमा अनेक सवाल उठेको छ ?
तामाङनी आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’ प्रहरीले आमालार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
के नयाँ बन्ने संविधानले उत्पीडनमा परेका जाति, समुदाय, क्षेत्रलाई सम्बोधन गर्न आवश्यकै छैन त ?
अहिले संघीयताको बहस चर्को रूपमा उठेको छ । उत्पीडितहरुले राज्यमा आफ्नो पहिचान खोजेका छन् । पहिचान भनेको, मरेको गाईगोरुको मासु खाँदै आएका जातिलाई राज्यले त्यही रुपमा चिन्नु अर्थात् परिचय पाउनु हो । दलित, मधेसी, जनजातिको के कारणले शासन र प्रशासनमा पहुँच पुगेन भनेर बुझ्नु हो । र, त्यसलाई सम्बोधन गर्नु हो । यो सम्बोधन भनेको, जाति, समुदाय, भाषा, क्षेत्रका आधारमा राज्य अर्थात् संघ बनाउनु हो । यो कुनै जनताबीच वैमनस्यता उत्पन्न गराउने विधि होइन । यो त उत्पीडनमा परेका जाति, समुदाय, भाषा, क्षेत्रलाई राज्यको मूलधारमा समेट्ने विधि हो । यसले नेपाली जनताबीचको भाइचारालाई समाप्त गर्दैन । तर, मानिसहरु यो कुरा बुझ्न तयार छैनन् ।
देशमा पछाडि परेका अनेक जाति, समुदाय र क्षेत्र छन् । त्यस क्षेत्रकै समुदायको हालिमुहाली हुने गरी संघीयता बनाउन सकिन्छ । अहिलेको माग पनि यही हो ।
अर्को प्रसंग हेरौँ । एक दशकपहिले, दोलखाको बाक्लो तामाङ बस्ती ध्याङसुका ठोकरको विद्यालयमा कार्की थरका शिक्षक थिए । जो तामाङ भाषामा नेपाली विषय पढाउँदै थिए । सबै विद्यार्थी तामाङ भएकाले नेपालीमा मात्र पढाउँदा विद्यार्थीले नबुझेर उनी हैरान भए छन् । जति पढाए, रटाए पनि परीक्षामा पास नहुने । स्थानीय अभिभावकसँग मिलेर उपाय निकालियो, सकेजति किताब तामाङ भाषामै पढाउने । यसले विद्यार्थीले प्रगति पनि गरेछन् । तर, केन्द्रको सरकारलाई के थाहा, तामाङ विद्यार्थीलाई कसरी पढाउनुपर्छ भन्ने ? अनि, सजिलै भन्दियो— यो तामाङ बोल्न जान्दैन, पढ्दैन् । अनि, राज्यमा अधिकार खोज्छ ।
अहिलेको बहस यही हो, उत्पीडित समुदायको आवाज यही हो । कि कसरी राज्यको मूलनीतिमा आफूहरु पनि समिटिने !
कुरो गहिरो छ । आज रेस्टुरेन्टमा मरेको भैँसीको मःमः खाने, महँगोमा मोबाइलबाट सेल्फी खिच्ने, फेसबुकमा गरिबको तस्बिरमा दयाका शब्द अंग्रेजीमा व्यक्त गर्ने, अंग्रेजी स्कुलमा पढेका धनाढ्य र धनाढ्यका सन्तानले यो मर्म बुझ्दैनन् । त्यसैले राजनीतिज्ञले नै यसलाई बुझ्न आवश्यक छ । तर, अहिले देशका नेताले सदियौँदेखि उत्पीडनमा परेका जनतालाई उपेक्षा गर्न खोज्दै छ ।
तामाङ समुदायमा मामा र फुपूका चेलाचेली विवाहका लागि चल्छ । यो पुरानो चलन हो । अझ यो नाताबीच उमेर मिल्छ भने विवाहको पहिलो अधिकार नै हुन्छ भनिन्छ । यो संस्कार तामाङलगायत अन्य कतिपय जातिको पनि मौलिक पहिचान हो । यसले छोराछोरीको इच्छा र अधिकारको हरण गर्ला, त्यो आफ्नै ठाउँमा छ । तर, कुनै जमाना थियो, आफ्नी चेली आफ्नैमा सुरक्षित हुन्छे । त्यहीअनुरुप पनि यो चलन बस्यो होला । यो चलनलाई भने राज्यले सम्बोधन गर्न चाहेन । किनभने, यस्तो चलन नमान्नेहरुकै राज्य थियो । यो संस्कारलाई हेयका दृष्टिले हेरिँदै आइयो । कतिसम्म भने सरकारले नेपालको हाडनाता करणीसम्बन्धी नियम बनाउँदा जनजातिको यो संस्कारलार्ई वैधता दिएको थिएन । तर, अहिले भने सच्चिएको छ ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् ।
यस्ता धेरै थिचोमिचो भोग्दै आएका जनजातिले नयाँ बन्ने संविधानमा आफ्नो पहिचानसहितको राज्य खोजिरहेका छन् । मान्छेहरु तर्क गर्छन्, त्यसो भए, चेपाङ र दलितलाई पनि राज्य दिने ? तामाङलाई राज्य दिन भनेर कुनै क्षेत्रमा तामाङलाई राजा बनाउ, लिम्बुलाई राजा बनाउ, मगरलाई राजा बनाउ, मधेसीलाई राजा बनाउ, भनेको कहाँ हो र ? उत्पीडितलाई राज्यको मूलधारमा ल्याउ भनेको पो । कसरी ल्याउने भन्नेबारे बहस गरौँ । नयाँ बन्ने संविधानमा सम्मानजनक स्थान सबैलाई दिउँ । तर, अहिलेका राजनीतिक दल यो कुरा बुझ्न तयार छैनन् ।
देशमा दशवर्ष जनयुद्ध भयो । जसमा साथ दिने जनजाति नै बढी थिए होलान् सायद । ०६२/६३ जनआन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको माओवादीले दलित, मधेसी र आदिवासी जनजातिकै आवाज बोल्यो ।
मरेकोलाई म¥यो र भन्न नजानेर जेल बस्नुपर्ने बाध्यतालाई हटाउँछौ भन्यो । राज्य नै दिने जस्तो कुरा पनि गर्यो । तर, अहिले क्रमशः उत्पीडितको कुरा क्रमशः ओझेल पर्र्दै गएको छ । माओवादीले उत्पीडित वर्गको समस्यालाई बोकेर हिँड्न जानेन । हुन सक्छ, महलको बाससँगै बिर्सियो ।
पछाडि परेका समुदायले अधिकार मागेर शासकलाई हटाउनुपर्छ भन्दा ‘ठेलागाडामा चढेर अमेरिका हिँड्ने मान्छे’ भनेर भद्दा जोक गर्नेहरु फेरि सत्तामा पुगे ।
अहिले उनीहरु उत्पीडनमा परेका जनतालाई गिज्याइरहेछन्, अनेक ठट्टा गरेर । उत्पीडित वर्ग शासक वर्गको इसारामा कतिञ्जेल नाचेर बस्ला सोच्नुपर्ने बेला आएको छ ।

Saturday, July 28, 2012

होच्याउने शैली



हिजो आजका कुरा । कुनै बेलाको चर्चित टेलीभिजन कार्यक्रम । अहिले यो रेटिङमा कता पर्छ थाछैन । जेहोस फेरी सुरु भएको छ । सन्तोष पन्तको निर्देशन रहने यो कार्यक्रम २७ जुन २०१२ मा भएको अंकको बारेमा केही भन्न मन लाग्यो । कार्यक्रमको कथा दुई समुदाय बिचमा हुने अन्तरजातिय बिबाहामा छ ।
शेर्पाको छोरीलाई क्षेत्रीको छोरोले मन पराउँछ । कति भने ज्यान दिन तयार छ । क्षेत्री समाजलाई सहयोग गर्नका लागि केही शेर्पा तयार छन् । त्यसले दुबै परिवार मागी बिबाह गर्ने पक्का भएको छ । कथाको ट्युइस्ट सुरु हुन्छ एउटा शेर्पा केटोबाट । जो केटीको नातामा दाइ हुन्छ । उ स्वपहिचानको कुरा गर्छ । आफ्ना साथीभाईलाई शेर्पाजातिको बारेमा भन्छ । उ क्षेत्रीलाई मन पराउँदैन । त्यो पात्र बिस्तारै गिर्दै जान्छ । उ साइनोमा केटीको दाइ पर्छ । कति सम्म भने शेर्पाको छोरी मनपराउने केटालाई अपहरण गराउँछ ।
अपहरणकारी शेर्पा नै छन् । ती पढ्न नसकेर कुट्न थालेका अर्थात थगुण्डागर्दीमा लागेको भनिन्छ । कथा बढ्दै जाँदा डरलाग्दो गरि हिजोआजको कुरा चल्छ । सिधै उनी भन्छन् तिमीले पैसा बिदेशीको पैसा खाएकोले पहिचानको कुरा गरेका हौ । तिमी शेर्पाहरु बिदेशीको पैसाको लागि त तुरुन्त बिहे गर्छौ हो कि होइन ? कार्यक्रममा अरु शेर्पा पात्र छन् । त्यसको प्रयोग शेर्पालाई नै मुर्ख, अबुझ, स्वाठ भन्नका लागि तयार पारिएको छ । त्यसको अर्थ हुन्छ क्षेत्री बाहुन समुदायका पात्र महान हुन् । ती बुझकी छन् । संसार चिनेका छन् । पढेलेखेका छन् ।
उनको यो कार्यक्रमको उदेश्य के हो त्यो थाहा भएन । तर शायद उनले दुई समुदाय बिचमा सुमधुर समन्धका कुरा देखाउन खोजेका होलान् । उनले जसरी पात्रहरु बनाएका छन् । कथाको उठान जसरी हुन्छ । त्यो आफैमा संकुचित सोचबाट निक्लिएको छ ।
जति सुपात्र राम्रा छन् ति सबै खस क्षेत्री छन् । जति कुपात्र छन् ति सबै शेर्पा छन् । अपहरण गर्छ शेर्पाले । डलर खान्छ शेर्पाले । पढ्न सक्दैन शेर्पाले । हुँदा हुँदा सामाजिक समन्ध खलल पुर्याउँछ शेर्पाले । यस्तो कथा बनाएर पन्तले कस्तो सामाजिक सुसम्बन्धको कुरा गरेका हुन् ? कस्तो सामाजिक सन्देश दिन खोजेका हुन् ? यो कार्यक्रमले सामाजिक समन्ध सुमधुर बनाउँछ कि बिर्गाछ ? नेपालमा बिदेशी पैसा बिना चल्ने संस्था र मान्छे खोज्न दिउसै टुकी बाल्न पर्दो हो । देश नै पुरै अर्काको अनुदानमा चलेको छ । त्यस्ता देशको के क्षेत्री, के बाहुन, के जनजाती ? तंलै पैसा खाइस हेर म चोखो छु भन्नु आफ्नो आङ्को भैसी नदेख्ने शैली हो ।
धेरैलाई थाहा हुन पर्ने हो नेपालमा चल्ने जति संघसंस्था छन् कोही न कोहीले अनुदान दिएका छन् । कस्ले कति लिएको छ त्यो फरक होला । कामको शैली फरक होला नत्र भने सबैले पाएकै छन् । अनि त्यसो भए जनजातीले पैसा ल्याएर पहिचानको कुरा गर्यो भन्नु कहाँ सम्मको बुझाइ हो ।
लामो समय देखि कला क्षेत्रमा भएका पन्तलाई थाहा हुनु पर्ने हो । कुपात्र जति सबै जनजाति अर्थात शेर्पा मात्रै हुदैनन् । बिहेकै कुरा गर्ने हो भने क्षेत्री समाजमा जति संकुचित रुपमा हेरिन्छ शेर्पाकोमा छैन । शेर्पाका छोराछोरी मन मिल्यो भने ल्याउँछन जान्छन् । लभ म्यारिज यो समुदायको लागि नौलो होइन । बरु क्षेत्री बाहुनका छोरीछोरीको लागि यो कम्तिमा पनि शेर्पालाई भन्दा नौलो हो । बिहेको कुरामा जति शेर्पा समुदायमा छुट छ त्यति अहिले पनि क्षेत्री बाहुनमा छैन ।
अर्को कुरा पहिचानको । अहिले सबैले यो बिषयमा छलफल र चर्चा गरेका छन् । तीनले पनि नेपाल बन्द गराएका हुन् । हिजो सम्म आदिबासी जनजाति भन्दा नाक खुम्च्याउनेहरु तरबार बोकेर पहिले कहिल्यै नलाएको दौरासुरुवाल ढल्काएर हिडेकै हुन् । अनि दोचा र बख्खु लगाउनेलाई गाली किन ?
कुपात्र र सुपात्र जुनसुकै सामाजमा छ । हुन्छन् । खाली हेर्ने नजर मात्र राम्रो हुन पर्यो । कि पन्त जीले भन्न सक्नु पर्यो म क्षत्री समाज वा बाहुन समाजको पात्र कलाकार हुँ । अरु समाजको बाल मलाई ।
मलाई लाग्छ पन्त जीलाई धेरै चोटी हङकङ बोलाउने राई थिए होलान् अमेरिका बोलाउने शेर्पा थिए होलान् युरोप बोलाउने मगर थिए होलान् । ती सुपात्र थिए कि सबै कुपात्र ? तीनले गरेको मान मनितो अनि दौडधुप गरेर उठाएको आनासुकी पनि खल्तिमा परेको हुन पर्ने हो ।
नेपालमा नकारात्मक पात्र चाहियो भने थेप्चो नाक, चिम्सो आँखा, गालो अनुहार, गठिलो शरीर चाहिन्छ अर्थात जानजति चाहिन्छ । तर समाजमा हेर्यो भने देखि नकारात्मक काम गर्नेमा लामो नाक, ठूलो आँखा, टन्न दारी जुङ्गा भएको लाम्चो अनुहार भएका पनि कम छैनन् । यदि त्यसो हो भने किन पर्दामा बिभेद त ?
पर्दाकै कुरा सापाट लिने हो भने हो जनजातिले धेरै पढ्न सकेनन् । धेरै निर्देशक बन्न सकेनन् । आफ्ना कुरा भन्न सक्ने ठाउँमा भएनन् । त्यसैले अरुले दिन चियाबिस्कुटमा अभिनय गर्यो आफैलाई गाली गर्यो ।
सभ्य र सुसंस्कार वाला समाज त्यही बेला बन्छ जब सबैले सबैको सम्मान गर्छन । कोही माथी या तल हुदैन । दोचा बख्खु लाए पनि दौरा सुरुवाल लाए पनि सम्मान र इज्जत उस्तै हुन्छ । गनेमानेकै कलाकारमा पर्ने पन्तले झै एउटा समुदायको बेइज्जेत गरेर समाज सुमधुर पक्कै बन्दैन । कम्तिमा यसमा पक्का भए हुन्छ ।