Showing posts with label thokar. Show all posts
Showing posts with label thokar. Show all posts

Monday, September 21, 2015

Kalinchok, Dolakha, Nepal


Last year, I visited religion place Kalinchok, Dolakha. It was great experienced. Kalinchok is a small piece of heaven. Natural beauty. It is around 150 km from Kathmandu(capital city of Nepal).

Friday, August 21, 2015

राहतमा मरेको आसा

‘भुँईचालो गएको चार महिनाभयो । त्यति नै समय भो घर बिहीनभएको पनि । यो अबधिमा कति सहयोग, राहत, त्रिपालका कुरा भए । कति‘नयाँ कटेरो घर’बने । कतिलाई राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग घोषणा भो । नेपाली हेलिकप्टर आए । विदेशी हेलीकप्टर आए । हाम्रो हालत उस्तै छ । जस्ताको तस्तै ।’ गोपेकान्छा नेवारको भनाई हो ।
काठमाडौबाट १३० किलो मिटर पूर्वमा पर्ने दोलखाको शैलुङ गोपेकान्छा नेवारको ठेगाना हो । सानो च्याप्से ज्यान भएका उनी औसत नेपालीभन्दा होचा छन् । ४५ बर्षमै ६० भन्दाबढिका देखिन्छन् । दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्छन् । साइनोमाउनी मेरा मितमामा हुन्, मामाकामित । त्यसैले मेरो लागिउनी‘बाइआस्याङ’अर्थात नेवार मामा ।
तिनै मामासँग फोनमाकुरा भो । उनले भोगेको कुरा भन्दै गए । ‘सक्नेलाई रैछ यो राहत र सहयोग पनि । म लगातार भैसे (गाविस कार्यलय भएको ठाउँ) गएको छु । ठूला मान्छे, नेता सबैलाई भनेको छु । पाएको केही छैन । यत्रो दिन कसरी बित्यो कि भगवानलाई थाहा छ कि मलाई ।’ उनको स्वरमा पिडा र रिस दुबै मिसिएको थियो ।
‘जिल्लामा भन्दिने मान्छे छैनन् । टाढा पनिभयौ । के पाइन्छ होला र ? एक बन्डेल जस्ता आफैले ल्याएँ । त्यो पनि उधारो । कहिले तिर्न सक्छु त्यो पनि थाहा छैन । घर भित्र आहाल छ । पानी जोडले पर्दा सबै घर भित्र पुग्छ । घाम लाग्दा त ठीकै छ जता बसे पनि भो । पानीपर्दा टाउको जोगाउने ठाउँ छैन । आलु झारले खाइसक्यो । गोड्नु पर्ने । मकैको हालत पनि त्यस्तै छ । घरको काम गरौँगर्न मन लाग्दैन । केही काम भएको छैन । बस्ने मेलो मिले काम त दुई दिनमै सिध्याउनेथे ।’ यो उनको मात्रै पिडा होइन भुकम्प पिडीत धेरैको साझा समस्या हो ।
‘जिन्दगीमा कतिदुःख खेप्नु छ ? भन्न सकिदैन । जिन्दगीभर दुःख गरेर बनाएको घर लडेको छ । बिहान बेलुकीचुल्हो बाल्न समस्या छ । आफ्नो काम सकेर अरुकोमा गएर केही कमाउला भन्नेथ्यो । त्यो पनिभएन । घरमा भाराभुरी(छोराछारी) मात्र छन् ।चामाल पनि भनेको बेलापाइँदैन । महंगो पनि छ ।’ पिडा एक होइन अनेक छन् ।
शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ । आफ्नै सवारी साधन भए अझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामा हिले र हिउँदोमा धुले हुने सडक छ । त्यही सडकसँगै जाडिएको गाउँमा छ बाइआस्याङको घर । तर ६ घन्टा पुगिने गाउँमा सरकार पुग्न चार महिना हुँदापनि सकेको छैन ।


‘बाइआस्याङ’ले सरकारी राहत नपाएकै चाही होइनन् । भुइचालो गएको एक महिना पछि एक पाकट चाउचार र दुईहजार उनको नाममा थियो । चाउचाउ र पैसालिने दिन उनी अन्तै काममा थिए । त्यसैले गाउँलेले उनको नामको चाउचाउ खाए । पैसा भने उनले पाए । ‘हाम्रो गाउँमा १५  रुपैया पर्ने चाउचाउ राहतपाए पछि खुशीहुने कि रिसाउने ? गुण लाएको भन्ने कि हेपेको ?’ त्यो पछि ‘बाइआस्याङ’ले केहीपाएका छैनन् ।
देशमा अहिले संविधान बन्ने कुरा छ । कहिले केमा सहमति कहिले केमा बिमति । यस्तै खबर छापिने, भिनिने, सुनिने बेला छ । भुकम्पले घर भत्किएर रात भरि पानीले भिजोको कुरा भन्ने र सुन्ने फुर्सत कसैलाई छैन । पकाउँदा पकाउदै गरेको चामाल पानीले आगो मारेर भोकै बस्नु परेको कुरा पनि कसैलाई सुन्ने फुर्सत छैन । गरिबलाई यो बेला संविधान भन्दा पनि जस्ता पाताचाहिको छ । दिनमा नभए पनि रातमा एक निन्द्रापानीले नभिजि सुत्न सक्ने ओभानो ओछ्यान चाहिएको छ । तर उनी जस्ताका कुरा कस्ले सुन्ने ?
सरकारले घर भत्केकालाई १५ हजार दिने भन्ने सुनेको पनि धेरै भैसक्यो । त्यो पैसाआएर अरुले नै खाए कि अरुले पनिपाएका छैनन् । अब ‘बाइआस्याङ’ले सुध्न छाडिदिइसके । यदि मनमा दया मायाभएको भए यो पानीझरि भन्दापहिला नै कहीबन्दो बस्तगथ्र्यो होलानी । ठूला मान्छेले सुविधापाएकै छन् । हाम्रो पिडा कस्लाई के मतलब छ र ? दिने भएदिदा हुननी । नदिने भएरै त हो ।तीनका छोरीछोरीले खानपाएकै छन् ।बस्न पाएकै छन् । हामी गरिबलाई हेर्ने कस्ले हो र ?तिनलाई परेको भएपो थाहाहुन्थ्यो ।’
जिल्लाबाट बाडिएको एक पाकेट चाउचाउ र सरकारले दिने १५ हजारमा के फरक छ?त्यति पैसाले महंगी र कालोबजारीले आकाश छोएको बेला छाप्रो बनाउन सक्छ ? सामाजिक संजालमा रमाइलोको लागि सस्तो, किफायती, भुकम्प प्रतिरोधी, गुणै गुणले भरिएको कागजी घर बनाए जस्तो हो र साँच्चैको घर बनाउन ? थपथाप आफैले गर्छन् भन्ने सरकारलाई लाग्छ भने जिन्दगी भर अरुको भारी बोकेर जीवनधान्ने ‘बाइआस्याङ’कसरी थप्लान?
केही पहिले गाउँ बिकास समितिका सचिबलाई गाउँमा नआएको भन्दै खुट्टा भाँच्छु भन्दिए रे । त्यही कुराले गाउँमा गाविस सचिब आउँदैनन रे । ‘बाइआस्याङ’ले भने ‘अहिले सम्म कुन सचिब गाउँगएर बसेका छन् ? अरु बेला पनि तिनले सदरमुकाम छोडे ज्वारो आउँथ्यो । नौनारी गलेर आउँथ्यो । अहिले घर भत्किा छन् आफन्तबितेका छन् । भनेको बेला न सहयोग छ न सापाटी । रिसको झोकमाअलि ठूलो स्वरमा केहीभन्दियो होलानी ।’
बिरामीभएकै बेलामाऔषधीखाएनिको हुन्छ । ज्यानलाई सुबिस्ता, आराम हुन्छ । त्यही औषधी अरु बेलाआए बिरामी बनाउँछ । सरकारले केही सहयोग गर्ने बेलाबर्षा नै हुन पर्ने हो । तर अहिलेसम्म ‘वरको सिन्का पर सारेको’ छैन । यो बेला भएनभने तङ्गरिएको मान्छेलाई औषधीखा भन्यो भने के हुन्छ ? सरकार अभिभाबक भएकोले यो विपतिमा आश गरेका हुन् । तर पुग्न पर्ने ठाउँमा अहिले सम्मपुगेको छैनन् ।
प्रश्न उठ्दैछ त्यत्रो देशी बिदेशीले बोकेर झारेको राहतकतागयो ?सक्नेले बजाए । मौका त्यहिथियो । कमाउनेकोे पनि । जोगाउनेकोपनि । देशमा सक्नेहरुले नाफामानाफाखाने मौका भुकम्पभो । थोरै रुपैयामापाउने त्रिपालपाइनमुस्किलभो । जस्तापाताउस्तै भो । खाने चामाल महंगीयो । कडाकार्बहीगर्ने सरकारले भनेका ‘बाइआस्याङ’ले पनि सुने । तर उनले पैसापाउने र चामाल सस्तिने दुबै कुरा पत्याएका छैनन् ।
भुकम्पबाट १५ जिल्ला बढि प्रभाबित छन् । दोलखामामात्रै ५० हजार भन्दा बढि घर भत्किएका छन् । बर्षाले कति परिबार दिनदिनै भिज्छ यसको हिसाबकिताब कसैसँग छैन । जनताको बिजोग माथिबिजोग थपिएको छ । सरकार गरे जस्तो भने जस्तो गरेर बस्दैछ । ढिला सुस्तिको पराकाष्ट छ । के गर्दै भनेर कसैले सोधे सजिलो उतर छ । संविधानबनाउँदै । देशको प्रगतिको लागिबन्ने होला संविधान । नियमकानुनत्यहीअनुसार बन्छहोला । त्यो भबिष्यका कुरा हुन् ।तर बर्तमानजनतादिनदिनै पिडामा छ । अरु केहीनभएपनि १५ हजार त सजिलै जनताले पाएपनिथोरै भएपनि राहत अनुभबगर्थे होलान् ।
‘बाइआस्याङ’कोभत्किएको घरकच्चि सडक सँगै छ । उनको भत्किएको घर हेर्दैकति राहतको सामाग्री‘सक्ने मान्छे हुने’ गाउँमागयो । यस्ता राहतबाट कतिलाई फाइदा भयो ?कतिले दुई गजको त्रिपाल पाए हिसाब किताब छैन । तरभत्किएको घरको छेउमै एक बन्डेल जस्ताले बनेको उनको पिडा बढेको छ । घटेको छैन । भलैरेडियो, टेलिभिजन, सामाजिक संजाल र अनलाइनतिर राहतबाँडेका फोटा र भिडियोहरु अपलोड हुन कम भो ।

Tuesday, July 3, 2012

सवारी



थापाथलीबाट हतारिदै रत्नपार्क जाँदै थिएँ । मुलसडक सुनसान थियो । लाग्यो थापाथली इन्जिनियरङका बिद्यार्थीले आन्दोलन गरे होलान् । पढाई र आन्दोलन कुन बढि हुन्छ क्याम्पसमा भने आन्दोलन भन्ने जवाफ आउने पढाई पराम्पारा छ हाम्रो । तर्क दिनेले नेपाली माटो सुहाउने पढाई शैली पनि भन्लान् । अनि कपि राइट हाम्र्रै भन्लान ।
गाडिमा जाने हो भने थापाथलीबाट रत्नपार्क पुग्न मुस्किलले दस मिनेट लाग्छ । त्यसो हुनु एउटा शर्त छ, गाडि जाम पर्नु भएन । पैदलै जाने हो भने पनि आधा घन्टामा रत्नपार्क पुगिन्छ । त्यसैले म आधा घन्टा पहिले नै निस्किएँ ।
गाडि नभए पछि हिड्नुको बिकल्प थिएन । त्यसैले एकसुरले थापाथली चोकबाट त्रिपुरेश्वर तिर लम्किनै लागेको बेला झप्प पछिल्तिरबाट कसैले तान्यो । तनाई मज्जाकै थियो । उसको तनाईले म झन्डै लडेको । कुन चाहि चिनेको होला रोक्न यसो गरेको होला भनेर पछिल्तिर फर्कन्छु त शशस्त्रको हल्दार साहेव पो मलाई तानिरहेका रहेछन् ।
ओइ केटा आँखा गोजीमा हालेर हिडेको छस् ?
सडकैमा हेरेर हिडेको छु त । के भयो ।
आँखा सडकमा भएको भए देखेनस हामीलाई ।
किन नदेख्नु देखेको हो । अरु बेला पनि बस्थ्यौ आज पनि बसेछौ अनि फरक के भो र ?
होइन आज फरक छ ।
के फरक छ?
आज राष्ट्रिपति महोदयको सवारी छ । त्यसैले अहिले जान मनाही छ ।
यसो पारी हेरेको मान्छे हिडिराखेका छन् । औलो पारी तिर पार्दै मैले अघि तानेको रिस फेर्दै झर्किएँ ।
हो त पारीको पारी हिड्ने वारीको वारी । बाटो तर्न मनाही छ ।
होइन म जानु पर्छ ।
तिमीले जिद्दी गरेर हुन्छ जान पाउदैनौ ।

उनले मलाई यसरी हेरे मानौ मेरो हातमा बम छ र म उनैलाई ताकेर हानिहाल्छु । पुग्न त पारी नै हो । उता साथी मलाई रत्नपार्कमा पुग्नु छ । मलाई सधै आरोप लाग्छ बेलामा आउँदैनस् । समयको महत्व थाहा नभएको मानिस । जान खोज्यो हल्दार महोदय मज्जाले अठ्याएर भन्छ तैले पर्खनुपर्छ । रिसको पारो चढ्यो । गर्नु के ? फेरी चुप लागेर बस्नुको बिकल्प भएन । ती भुडे हल्दारसँग तर्क गर्नु भन्दा चुपचाप बस्नु उत्तम झै लाग्यो । हुनत त ती भुडे हल्दारको पनि दोष थिएन । उनलाई माथिबाट आदेश आयो । बाटो रोक भने । उनले त्यसै गरे । उनीसँग के रिसाउनु ।

सडकमा हेर्यो खाली छ । कति खेर ती राष्ट्रपति कति खेर हुइकिने हुन् कुनै पत्तो छैन । बिस्तारै बस्दा बस्दै मान्छेका हुल धेरै भए । सबैले सडक पार गर्न माग राखे । हुदैन भन्नलाई प्रहरी माथि प्रहरी थपिए । यति गरुन्जेल पाँच मिनेट जति बितेको हुदो हो ।

माग माथी माग आए पछि पाखा लागेर बसेका असइ खुइया गर्दै आए । उनको वाकीटकीमा के भने । अनि हामीलाई सडक पार गर्न दिए । हिड्दा हिड्दै कसैले भने यस्तै गर्छन र त बम हान्नु पर्ने । अरु कसैले भने राजा गएर के भो अर्को राजा आएछन त ।
पैदलै रत्नपार्क पुग्न लाग्दा पनि राष्ट्रपति महोदय आएका थिएनन् । थापाथलीबाट रत्नपार्क पुग्नु भनेको कम्तिमा आधा धन्टा होला । अनि मलाई लाग्यो राष्ट्रपति पहोदयले शितलनिबासमा सुरुवालको इजार कस्दै गर्दा तिनका भरौटे कुरौटेले काठमाडौको बाटो खाली गराउने रहेछन् । महोदयले दौराको तुना कस्दै गर्दा कति सडकमा म जस्तै मनुवालाई त्यसरीनै घिर्सादा हुन् । कति सवारी साधानको आइसीमा तिरेर आधा दिन लाइनमा बसेर हालेको इन्धन सकिदो हो ? हुन त यस्तो कुराको हिसाव किताव गर्ने न सरकारले गर्छ न राष्ट्रपतिले । तिनलाई आफू हिड्ने सडक खुल्ला भए भयो अरुका बाल मतलब ।

कुनै दिन कतै मैले सुनेको थिएँ राष्ट्रपतिका अमृत बाणी । उनले भनेका थिए । म किसानको छोरो । मैले सानो हुँदा भैसी चढेको हुँ चराएको हुँ । मलाई सबै नेपालीको जीवनशैली थाहा छ । यदि त्यसो भए उनले किन त्यात्रो समय काठमाडौका यत्रा धेरैलाई सास्ती दिएका होलान् । हुन त ती हिजो जनता थिए अब राजा भए भनौ शासक भए । शासक र शासितको फरक नै त्यही होला कि ?

Saturday, June 30, 2012

जुनबेशीको नुन चिया


जुनबेशीको नुन चिया

प्राकृतिक रुपमा निक्कै रमणिय ठाउँका रुपमा चिनिएको सोलुखुम्वु बिकट पनि छ । यो जिल्लाको धेरै ठाउँ पुग्न कि त प्लेन चढ्नु पर्छ कि त पैदल । धेरै ठाउँमा अहिले खडक खन्ने काम त भएको छ तर डोजर भन्दा अरु केही गुड्दैन । सोलुखुम्वु सगरमाथा हिमाल पर्ने जिल्लाको रुपमा चिन्छन् । सगरमाथा बाहेक पनि धेरै ठाँउ निक्कै रमाइला छन् ।
सोलुखुम्वुको सदरमुकाम फाप्लुमा प्लेनबाट ओर्लिदा नुम्वुर हिमालको  चिसाले स्वागत गर्छ । चिसो मौसममा बाक्लै लुगा चाहिए पनि सधै न्यानो लुगा भने चाहिन्छ । घुम्नका लागि फाप्लुमा धेरै कुरा छन् । जस्तो बुद्धधर्मालम्वीहरुका लस्करै गुम्वा छन् । मन लागे एक छिन घुमेर आनन्द लिन सकिन्छ ।
फाप्लु नजिकैको दोर्पुसल्लेरी  सानो नेवारी गाउँ हो । कुनै बेला सल्लेरीमा ब्यापार गर्न छिरेका नेवारहरुको बस्तिमा अहिले भने गाउँमा भएको मिडिया क्रान्तिको गाउँ भएको छ । उनीहरु आफै मिलेर सोलु खोलाबाट बिजुली निकालेका छन् । त्यसैले काठमाडौमा जस्तो लोडसेडिङको समस्या सल्लेरीमा छैन । गाउँमा रेडियो सोलु छ, योङस्टार केवल टेलीभिजन छ, अनि सोलु समाचार पत्रिका र सोलु अनलाइन न्युज पोर्टल छ । अनि दोर्पुसल्लेरी गाउँ सदरमुकाममा भएको इन्टरनेट सेवाको हब केन्द्र हो ।
यति धेरै सञ्चारका साधन सञ्चालन गर्न एउटै गाउँले सक्नु राम्रो सफलता भएको स्थानिय क्लव योङस्टारका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठ बताए । उनी भन्दै थिए हामी यहाँका सबै राम्रो कुरामा एक भएर काम गर्छौ । सबै मिले पछि असम्भव झै लाग्ने काम पनि सजिलै हुदो रहेछ । त्यसैले पनि अहिले हामी शायद नेपालकै राम्रो सञ्चार सुबिधा भएको गाउँमा पर्छो होला । उनले यसो भनि रहँदा उनको हात भने सामाजिक सञ्जाल फेसवुक चलाउने ब्यस्त थिए ।
फाप्लु गाउँमा बनेको घरहरु आकार्षण काठबाट बनेका छन् । झ्याल, ढोका र घर भित्रको भागमा कलात्मक रुपले बुट्टा कुदिएका छन् । हेर्नेलाई हेरि रहौ जस्तो । बस्ने ठाउँमा बसौ बसौ जस्तो । जुन घर हेर्यो त्यो घर राम्रो । ललिपुरबाट घुम्नको लागि आएकी प्रतिशारा शाक्यलाई पनि घरको कला निक्कै मन प¥यो रे । सक्ने भए यस्तै घर बनाउनु हुन्थ्यो । शहर तिरका सेमेन्टको घर वाक्क लाग्दो छ । सिमेन्टै सिमेन्टको घरहरु बिचमा जन्मिएकी उनले सुनाइन । रमाइलो त यतै छ । काठको घर बनाउनु यताका मानिसको बाध्यता हो । यस्ता घरहरु निक्कै न्यानो भएकोले पनि यस्ता घर धेरै बन्छन् ।
फाप्लु नजिकैको अर्को रमाइलो ठाँउ जुनबेसी हो । शेर्पा बस्ती भएको यो ठाउँमा हिमाली र शेर्पा  संस्कृतिको हेर्न सकिन्छ । यो ठाँउमा पुग्न फाप्लुबाट तीन घन्टाको पैदलबाटो कस्सिएर हिड्नुपर्छ नत्र चार देखि पाँच घन्टा ।
फाप्लु र जुनबेशीको बाटैमा पर्ने बेनी पनि निक्कै रमाइलो ठाँउ छ । चढ्नको लागि घोडा पाइने । हिड्न नसक्नेहरुको लागि घोडा चढेरै रमाइलो बाटो काट्ने थलो बन्न सक्छ । काठमाडौ देखि घुम्नको लागि आएका अर्जुन श्रेष्ठलाई पनि यो ठाँउ निक्कै मन प¥यो रे । गज्जवको ठाँउ रहेछ यहाँ बस्ने हो भने सबै मनका पीर नै भुल्ने । सस्तैमा घोडा पनि चढ्न पाइने रहेछ ।
प्लेन र सल्लरीमा मोटरबाटो नआउदा सम्म यताका मानिस सबैले जिरीबाट काठमाडौ जानको लागि  हिड्ने बाटो अचेल भने सुन्य छ । कटारी सल्लेरी सडकले यताबाट मान्छे हिड्न छाडे त्यसैले पहिले जस्तो छैन । नत्र धेरै त प्लेनबाटै जान्छन् बेनीमा पसल गरेर बसेकी जुनमाया तामाङले गुनासो गरिन् । मानिसलाई जसरी सजिलो हुन्छ त्यसै गर्ने न हो । पहिले कि प्लेन कि हवाइजहाज । त्यसको बिकल्प थिएन काठमाडौको लागि ।
बाटो भने सबै ढुङ्गा बिछ्याएर बनाइका हिडी रहुँ झै लाग्ने ।  बिच बिचमा बस्नका लागि चौतरा छन् । अनि पिउने हो भने चिसो पानीको धारा छन् । माने र छ्र्योतेनसँगै रहेको दर्जीले बौद्ध धर्मालम्बीहरुको बस्ति बाक्लो रहेको अट्कल गर्न सकिन्छ । यस्तो कुरा हेर्नको लागि दायाँबायाँ जानै पर्दैन बाटैमा छन् । हिड्नेहरुले माने छ्यार्तेनलाई दाया बनाएर घुम्नु पर्छ रे । यसो गरे यात्रा शुभ हुने बिस्वास छ । बाटोमा हिड्नेहरु त्यसरी नै हिड्छन् ।
जुनबेशी कुनै बेला निक्कै चलेको पर्यटकीय ठाँउ अहिले भने सुनसान छ । कुनै बेला जुनबेशीमा बस्ने बास नेपालीले पाउँदैनथे । यो कुनै बेलाको कथा झै भैसक्यो । सानो र चिटिक्क परेको शेर्पा गाउँ अहिले बैस सकिएको मान्छे झै छ । लमतन्न र चुपचाप । तैपनि बेला बेलामा मानिसहरु जुनबेशीको प्राकृतिक सुन्दतरताले लोभ्याएर ल्याइपुर्याउँछ । मान्छेहरु पुगेपछि दुई तीन दिन बस्छन् मस्तले ।
पहिले लुक्ला प्लेन नचल्दा जिरीबाट पर्यटक यही बाटो भएर सगरमाथा आधार क्षेत्रमा जान्थे । जुनबेशी पर्यटकका लागि आराम गर्ने थलो थियो । त्यसैले अहिले पनि यहाँ राम्रै सुबिधा भएको होटेलहरु छन् । जुनबेलोशीमा होटेल चलाएर बसेकी दावा शेर्पाले सुनाइन हाम्रो गाउँको गुम्वा सोलुखुम्वु भरिकै पुरानो गुम्वा र बौद्धधर्मालम्बीको पुरानो गुम्वा मध्यको हो । त्यसैले सगरमाथा जाने मान्छे मात्र होइन धार्मिक आस्था भएको मानिसहरु पनि यता आउन सक्छन् । अचेल त यताबाट होइन सिधै प्लेनबाट बेसक्याम जान सकिन्छ । त्यसैले मानिसहरुले यताको बाटो छोडे । अब हामी मात्र छौ कहिले कही मात्र अरु मानिसहरु यता आइपुग्छन् ।
जुनबोशीमा शेर्पा खाना ज्यादै मिठो गरि पाक्छ । त्यसो त तँपाईले देशी बिदेशी खानको अर्डर दिए नबन्ने नै चाही होइन । चिसो ठाउँ भएकोले चिया मज्जैले पिउनु पर्छ । चिया पनि एक थरी होइन थरी थरी । कालो चिया,सेतो चिया,नुन चिया,कागती मिसाएर बनएको हट लेवन । मिनु लामो छ । अनि बनेका चियाको स्वाद मज्जाको छ । त्यो भन्दा मज्जाका मानिसका मन छन् । धेरै शेर्पाहरु बिदेशमा छन् । होटेल घर धान्ने काम शेर्पिनीहरु हुन् ।  धेरै पहिले देखि गाउँमा होटेल चलाएर बसेकी आङफुटी शेर्पाले सुनाईन अरु धेरै गाउँ जस्तै हो हाम्रो गाउँ पनि । सक्नेहरु कमाउन बिदेशमा छन् हामी यता । तर धन्दा नमान्नुस अरु राम्रो बनाउन नसके पनि शेर्पाले पिउने नुनचिया मिठो बनाउछौ । कि कस्तो लाग्यो ?

Tuesday, June 12, 2012

आमा बा


आमा बा


ठ्याक्कै कालिङचोकको डाँडोमा घाम हुँदा आमा भन्थिन एक भारी घाँस काट्ने समय छ । तिमीहरु कुखरालाई खोरमा राख म काटेर आइ हाल्छु । हामीले कुखरा खोरमा छोप्न नपाउदै उनी घाँसको भारी बोकेर आउथिन । मलाई लाग्थ्यो आमाले दिउसै काटेर राखिकि थिइन । भारि हालिन, बोकिन र आइन । एक भारि घाँस काटेर आउँदा पनि केही काम नगरेको देखे पछि उनी भन्थिन चुदे नागा चुङ आखाम्वा । तिला कान ख्वासी थान्साई ? जाबो यति कुखरा छोप्न नसक्नेलाई के भात ख्याएर राख्नु ।

मलाई लाग्थ्यो । आमाले झै भारी बोक्न सक्ने भाको भए म घाँस बोक्न जान्थे । अनि आमालाई कुखरा छोप्न लाउँथे ।

कुखरा छोप्ने काम त्यति सजिलै थिएन । काठमाडौमा लोकल भनेर भाँडामा राखेर बोच्ने भन्दा फरक खालका थिए ती कुखरा । दिन भरि छाड्यो पाखा भित्ता कता पुग्ने कता । तिनलाई खोज्न बेलुका भरि लाग्ने । अबस्था यस्तो हुन्थ्यो पहिले कुखरा खोज्ने हिडेका हामी दाजुभाइ दिदी बहिनीको पल्टन कुखरा खोज्दा खोज्दै आफै हराउँथ्यो । अरु नै कुरामा ध्यान जान्थ्यो । कुखराको वाल मतलव ।

हाम्रो घरका ठ्याक्कै अघि नासपातीको रुख छ । त्यो कहिले देखि थियो मलाई थाहा छैन । आमाले काट्ने घाँस बारी नासपातीको रुख तल थियो । जव उनी नासपातीको रुख छेउमा हुन्थिन हामीलाई हाम्रो डिउटी याद हुन्थ्यो । कुखराका याद आउँथ्यो । त्यो बेला पल्टन फेरी डिउटीमा त फर्किन्थ्यो तर समय घर्किसके पछि । आमा त्यसरी नै भन्थिन तिला कान ख्वासी..............।

मेरो गाउँ भन्दा तल पैती भन्ने क्षेत्री गाउँ छ । त्यहाँ मेरी दिदीको मित आमा थिइन । उनी किन मित आमा भएको मलाई थाहा भएन । स्याउको रुख झै मैले जाने देखि नै मित आमा । ती नै मित आमाकोमा आमा गइरहनु हुन्थ्यो ।  आमा पैती जानु भनेको हामीलाई खेल्नका छुट हुनु थियो ।
पैती जाने दिन आमाले घाँस दिउसै ल्याउथिन् । हाम्रो लागि बन्ने खाजा पनि छिट्टै पाक्थ्यो । कालिञ्चोक भन्दा निक्कै तल चरिकोटैमा घाम हुदै आमा ओरालो लाग्थिन । हाम्रो बेलुकीको काम सधै झै उस्तै हुथ्यो एक नासे । अर्थात कुखरा गोठालो ।
कुखराका भाले हामी दाजुभाइ दिदीबहिनीको पल्टन भन्दा निक्कै बलियो थियो । गाउँका मान्छेहरु हाम्रो भालेलाई हेरेर भन्थे लौ कुकुर पो भोटे भनेको सुन्थे भाले पनि रैछ । अनि ति थप्थे यो भालेले स्याललाई उल्टो झम्टेला । गाउँ भरि हाम्रो घरको भाले अजङग भनेर चर्चा थियो । हाम्रो डिउटीमा त्यो भाले पनि पथ्र्यो । दाजुभाइ दिदी बहिनी पल्टनको लागि काम लरोतरो थिएन ।
हामीले छोप्न नसके पछि आमा हामीलाई ठूलो आँखा पारेर हेर्थिन अनि भन्थिन् तिला कान ख्वासी थान्साई ।
मलाई लाग्थ्यो मेरी आमाले गर्न नसक्ने केही छैन । जस्तो कि भात पकाउने, मिठो तरकारी पकाउने, हाम्रो लुगा धुने, अरुको बारीमा नपस्ने गरि भैसी चराउने, बारीमा धेरै मान्छे भन्दा छिटो र राम्रो गरि आलु गोड्ने, मकै गोड्ने, थाङरो राख्ने, भैसे दुहुनी कति हो कति । सम्झेर र भनेर साध्य छैन । बेला बेलामा तिनी गीत पनि गाउँथिन ।
तोरसेला शैलुङ लारिमी
खस्रुक धोङला टारिमी
सिल्वागा सिल्वा लामा खाम
ए पापी खाइखाई दोजिमाले
पाङ आयाङनी सेमला ताम ।
माथी माथी शैलुङ लेकमा,
खस्रुक रुखको फेदमा,
शितल हावा चलि रह्यो,
मनको कुरा भन्नुथ्यो आफ्नै मनमा रहि रह्यो ।

आमाले गर्ने कामको लिस्ट एउटा होइन कति हो कति । कहिले कही रमाइलो गर्न मन लाग्यो भने पन्ध्र पन्ध्र दिनमा लाग्ने फस्कू गोठपानीको हाटमा जान्थिन् ।
गोठपानी हाम्रो गाउँ देखि झन्डै एक घन्टाको टाढाको बाटो पैदल जानु पर्ने ठाउँ थियो । वरीपरि चौतरी बिचमा खाली ठाँउ । गाउँटोलका मान्छेहरु आफूलाई चाहिएको सामान ल्याउथे । अरुलाई दिन्थे । यो हाट एक खालको सामान साटासाट गर्ने थलो थियो ।
आमा हाटमा घरमा केही सामान चाहियो भने जान्थिन् । आमा हाट जानु भनेको हामी पल्टनको लागि मौसम अनुसारको फलफूल खान पाउनु थियो । बर्षाको बेलामा छ भने पदेल भन्ने साना साना दाना भएको फल आउँथ्यो ।  केरा आँप त भन्नै परेन । अनि जाडोको बेलामा भए सुन्तला फल्थे । आमा हाट जानु भनेको हाम्रो लागि साँच्चैको रमाइलो दिन थियो । मलाई आमाले त्यहाँ गएर कसरी ल्याउँथिन थाहा थिएन ।
हाट जाने दिन । बिहानै आमा गोठको काम गर्थिन । अनि नुहाएर नयाँ लुगा लगाउँथिन । हाम्रो नयाँ लुगा राख्ने ठूलो सन्दुक थियो । त्यसमा प्राय साँचो लाग्थ्यो । त्यो खोल्ने बन्द गर्ने अधिकार पनि आमालाई मात्र थियो । उनले सन्दुक खोले पछि बा र उनको पुरानो फोटो हेर्ने र नयाँ लुगाको गन्ध मलाई खुब मज्जा लाग्थयो । त्यसैले म उनलाई जिद्दी गररै पनि सन्दुक खोल्न लगाउँथे । हो त्यही सन्दुक बाट आमा नयाँ लुगा झिकेर लाउँथिन् । उनले अघिल्लो दिनै छुट्याएको आलुको पोको हुन्थ्यो । त्यो भन्दा पहिला हाम्रा लागि के खाने के काम गर्ने ? सबैको लिस्ट उनीसँग हुन्थ्यो । उनी सम्झाउथिन । हामी हुन्न भन्दैनथेउँ । किनभने हाम्रो एक हुन्नले पदेल, केरा, आँप अथवा सुन्तला नआउने हुन सक्थ्यो । भलै हामी काम गर्दैनथ्यौ ।
आमा हाटबाट बेलुकी फर्कनुहुन्थ्यो । आमा आउने समय हामी घाम हेरेरै थाहा पाउँथ्यौ । हाम्रो घरबाट बिस्तारै घाम स्याउको डाँडोमा पुग्थ्यो । अनि हाट लाग्ने गोठपानी, अनि चरिकोट, अनि कालिञ्चोक अनि चाही हिमालमा । त्यस पछि रात पथ्र्यो । आमा हाट गएको बेलाको दिनको घाम धेरै बिस्तारै हिड्थ्यो । अरु बेला मैले यति कम तरिकाले घाम हिडेको याद थिएन ।
बेलुकी फर्के पछि आमालाई कामको चाप उस्तै हुन्थ्यो । हाम्रो पल्टने टोलीको दैनिकी खासै फरक थिएन । हाटको परिकार खायो कुखरो धपायो ।
एक पटक आमासँग मलाई पनि पदेल फल्ने हाट जान मन लाग्यो । मलाई पनि आँप, केरा टिपेर मस्काउने सुर चल्यो । मैले आमालाई भने । उनले नकारिन । बित्ता नाङ तावा आरे तिल्ला हाट नी ? एक बित्ता भएको छैनस किन जाने हाट ?
मेरो पदेललाई मस्काउने प्लान चौपाट भो । मेरो दिमागले भन्यो लो केटो आमालाई नभनि पछि पछि दौडि ।
आमाले हामीसबैलाई अरु बेला झै काम के गर्ने कसरी सबै भनिन् । उनी आलुको सानो पोको बोकेर ओरालो झरिन । उनले स्याउको रुख काटे पछि म पनि नयाँ लुगा लगाएर दौडिएँ । पल्टजनको कप्तानी ठूली दिदीको हुन्थ्यो । उनी हामी भन्दा ठूली भएकीले पनि उनलाई धेरै कुरा थाहा हुन्थ्यो ।
मैले नयाँ लुगा लगाउने बेला सम्म बा घरमा थिएनन । उनी कति खेर घरमा हुन्छन् र कहिले कता गफमा भुल्छन् थाहा थिएन । तिनका लािग चरिकोटको घामको मतलव थिएन । न त गौरीशंकर न कालिञ्चोक नै । उनी गफिए पछि गफिन्थे गफिन्थे । घरमा भने आमाको स्वर सुन्ने बित्तिकै बा चुप हुन्थे । मैले थाहा पाए देखि बाले आमाको कुरा काट्दैनथे । आमाले बालाई घरको काम गर भन्दैनथिन । तिनै बा कतैबाट टुप्लुक्क आइपुगेछन् । मैले स्याउको रुख काट्न पाएको थिइन । तिनले भने पाराङ खाना ? कता माइलो ?
बासँग म दोहोरो कुरा गर्दैनथे । लौ बित्यास यी बा बेसाइतमा कताबाट झुल्किए । म चुपचाप ओरालो झरे । उनले दिदी अर्थात मेरा प्लाटुन कमान्डरलाई आदेश दिए । न्यू यायो । त्यसलाई फर्का ।
दिदी आइन । म झन दौदिए । आमा त्यो बेलासम्म पैतीको मित आमाको घर पुगेकी हुदी हो । दिदी मलाई फर्काउन दोडिइन । म बाटै बाटो नभइ कान्ला कान्ला उफ्रीएँ ।
दिदी पनि उफ्रिइन । एक कान्ला अर्को कान्ला फेरी अर्को । एकै छिनमा मलाई हाटको भन्दा पनि कान्ला उफ्रिदाको रमाइलो बढ्यो । अनि बाटो तिर नदौडिएर कान्ला कान्ला उफ्रिएँ । पहिले पहिलेका कान्ला साना थिए । फुत्त फुत्त फुत्किएँ । एउटा भने निक्कै अग्लो रहेछ ।
मैले दिदी तिर हेरेँ उनी तीन कान्ला माथीबाट म तिर दौडिदै थिइन । म तिन कान्ला मुनि थिएँ । मलाई लाग्यो अरु झै सानो कान्ला हो यो पनि । जम्प ठोकेँ । कान्ला निक्कै अग्लो रहेछ । मेरो ब्यालेन्स बिग्रियो । म मकैको छड्केमा बज्रएँ ।
हाम्रो तिर मकैको ढोड काट्ता खुर्पाले छड्के पारेर फेदमा काट्छन् । त्यो फेदको छड्के निक्कै तिखो हुन्छ । त्यही तिखो छड्केमा ठूलो कान्लाबाट म लडेँ । चसक्क केहीले घोचे झै भयो । लडेकै ठाउँबाट दिदीले दुई कान्ला माथि देखिइन । म जुरुक्क उठ्न खोजेँ अर्को कान्लामा उफ्रिन । कता कता पेटमा दुखे जस्तो भो । केही असजिलो भयो ।
दिदी बेकारमै धेरै कान्ला उफ्रिन परेकोले निक्कै रिसाएकी थिई । उनले बसेको देखेर ठानिछन् यो थाक्यो । उनले सानो तितेपातीको सिरकाना बोकेर रिसाउँदै आइन ।
म भाग्न चाहन्थे उठ्न सकि रहेको थिइन । दिदीले म लडेकै ठाउँमा एक बजाइन । झन्न भो । म दिदीको तितेपाले सिरकना खोस्न चाहथेँ । तर त्यो पनि सकिन । यो सबै यति छिटो भयो कि सायद तीस सेकेन्ड लागेको हुदो हो ।
एक्कासी रिसाएकी दिदी कालो निलो भइन । तिल्ला का ? के को रगत । मैले कम्मर तिर हेरेँ । हात चिसो चिसो भयो । अघि चसक्क भएको ठाउँमा जोडले झड्का आयो । यसो हेरेको रगत आएछ ।
त्यस पछि मात्र मलाई थाहा भयो मेरो कोखा भन्छन क्यारे मृगौला भएको छेउमा ढोडको छड्केले घोचेछ । अघि सम्मको मेरो फुर्ती सेलाउन एक सेकेन्ड लागेन । एक्कसी पिडा यति बढ्यो कि मेरो आँखा ओरीपरि पिलपिल केही नाचे झै देख्न थाले । दिदी रुदै चिच्याइन । मैले दिदीलाई थोरै देखे देखे जस्तो नदेखे नदेखे जस्तो हुदै जान थाल्यो ।
होस खुल्दा म खाटमा सुतेको थिएँ । मलाई आमाले हेरि रहेकी थिइन । अरे हाटमा पदेल किन्न हिडेकी आमा र म आफै हाटमा पदेल टिपेर खान हिडेको मान्छे यस्तो ठाउँमा पो भेट । पेटको देब्रे तिर निक्कै असजिलो भएको थियो ।
दिन बेलुका भएको हुन पर्छ । चरिकाट नजिकै देखिएको थियो । मैले जिन्दगीमा त्यति नजिक चरिकोट देखेको थिइन ।
तिरमिर तिरमिर देखेको दिदी त्यहाँ थिइनन् । बा आँखा तरेर बसेका थिए । आमाको अनुहार ठीट लाग्दो थियो । मैले आँखा खोले पछि भनिन पाराङ सुखाजी । माइला दुख्यो । मलाई दुख्ने भन्दा बढि असजिलो भएको थियो । मैले त्यही भने । आमाको अनुहारमा मेरो भन्दा बढि पिडा थियो ।
डक्टर आए । मलाई फेरी जाँचे । सामान्य घाउ भएको कुरा गरे । यो भाइ आत्तिएर बेहोस भएको हो । खासै चिन्ता गर्नु पर्दैन । अलि कति भित्र छड्के छिरेको भए केटोकाृे मृगौला नै जान्थ्यो । तर अहिले छाला मात्र फाटेको छ केही हुदैन । दुई तीन हप्ता रेष्ट गरे ठीक हुन्छ ।
उनले औषधी दिए । बाले मलाई बिस्तारै खाट बाट ओराले अनि डोकोमा राखे । बाले मलाई बोकेर अघि अघि लागे आमा पछि पछि । त्यो ठाउँबाट हिड्दा घाम कालिञ्चोकमा पुगेको थियो । म घरैमा भएको भए यो बेला आमाले ल्याएको पदेल मस्काउने बेला थियो । अनि सधा झै लोकल कुखराको डिउटी ठोक्ने बेला थियो । तर यो काम मैले आज गर्नु थिएन । कुखरा खोज्दा खोज्दै हामी डफ्फा हराउने खेल खेल्नु पनि थिएन । मलाई त बाले डाकोमा तकिया सहित बोकेर हिडेका छन् । म आमालाई हेर्छु उनले एउटा पाको बर्कोको सहयताले बोकिकी छिन् । अनि मेरो पछि पछि हिडेकी छिन ।
यही आमाले गर्दा त हो नी हुन्छ हिड हाडमा भनेको भए न बाले फर्का भन्थे न कान्लाबाट खसिन्थ्यो । न अहिले पछि पछि हिड्न पथ्र्यो न बाले मलाई यसरी डाकोमा बोक्थे । म बाको ढाडमा बसेर यस्तो सोच्दै थिएँ ।
एक घन्टा जति उकालो लागे पछि बाले भने तं आउन खोजेको गोठपानी यही हो । मैले साचेको गाठपानीमा पदेलका रुख , केरा, अम्वा, आँपका बिरुवा थिए । अनि हाटमा आउने मान्छे अलिकति आलु दिएर मज्जाले टिप्थे । अनि खान्थे खाएर बाँकी चाही घरमा लैजान्थे जस्तो कि हाम्री आमाले हाम्रो लागि ल्याउथिन् । तर त्योस्तो केही थिएन थियो त केवल खाली ठूलो चौर मात्र थियो । दुईवटा चौतरा र यति नै पिपलका रुख । बस त्यति । मेरो दिमागी गाठपानीले हावा खायो । अनि आफूले यही गोठपानीको कारण सास्ती ।
बिस्तारै घामले हिमाल काट्यो अध्यारो बढ्न थाल्यो । अघि सम्म पछि पछि देखिने आमा दखिन छाडिन । बा आमा केही बोल्दैनन् । म जाबो डाकोमा बसेको मान्छे के बोल्नु ? अनि बोल्नु पनि के बोल्नु ? गोठपानी पछि च्यासे, अध्यरी खोला, पैती र हाम्रो गाउँ । बाटो लामो छ भन्ने मलाई पक्का थियो ।
चुपचाप अध्यरी खोलाको भिर कटियो । अनि खोलामा काठको साँघु थियो । बा बाले भने
य चु पटि नै चिउ ङा केमझाङ दोसी याइला । तिमी यतै बस म पारी यसलाई बिसाएर आउँछु ।
आमाले भनिन् ङा स्योङ ध्यामनुन् खाला । म खोलाबाटै आउछु ।
बा मानेननु । बाले मलाई चौतरीमा पु¥याएर राखे । अनि आमालाई लिन गए ।

अध्यारी यति धेरै थियो । मलाई एकाएक डर लाग्यो । अघि बाको ढाडमा बस्दा सम्म मैले केही बिचार गरेको थिइन । अघि सम्म नसुनेको अध्यारी एकाएक झन ठूलो झन ठूलो सुनिन थाल्यो । जता हे¥यो वनझाँक्री र भूत मात्रै । पहिले पहिले बाआमाले सुनाएका भुतका कथा पनि एकै पटक दिमागमा निस्कियो ।
बालाई न रात न दिन । जति खेर पनि बेफ्रिकी घुमी हिड्थे । गाउँका मान्छे भन्थे थेवालाई केहीको डर छैन । एक्लै जता पनि हिड्छ । न भूतको डर न चोरफटाहाको । बा भन्थे मन तगडा भए पछि केही हुन्न । तर ती नै बा एक दिन अलि बिरामी भएर उठे । उनले भने मलाई शेर्पा घर छेउको मानेको भूतले समयो ।
उनी यस्ता कुरा कमै भन्थे । झन हाम्रो डफ्फाले सुन्ने गरि त उनी डर या भुतका कुरा एक दम कम गर्थे । त्यो दिन उनले अघिल्लो रातका कुरा सुनाए ।
म पाडेखानीबाट फर्केदैथे ।
उनले भनेको पाडेखानी हाम्रो गाउँबाट नजिकैको अर्को गाउँ थियो । त्यहाँबाट मेरो घरमा आउनका लागि बिचमा एउटा सानो शेर्पा गाउँ पार गर्नु पथ्र्यो । शेर्पाका घर छेउमा खोला र वन थियो । त्यही वनमा शेर्पाहरु मरे पोल्नका लागि चिहान र सम्झनामा माने बनाएका छन् ।
मेरो पछि कोही थियो । बिस्तारै पतकार बजाएर हिड्ने । उ मेरो पछि पछि थियो । कति खेर कति खेर चाही तामाको भाँडा बोके झै टिङटिङ आवाज पनि आउँथ्यो । धेरै समय यस्तो सुने पछि मैले रोकिएर बोलाएँ । को हो भनेँ तर उतर आएन । यो क्रम दुई तीन चोटी नै चल्यो । म बसे उ आउँदैन । हिडे पतकरमा मान्छे हिडे झै गरि बज्छ चिरिप चिरिप ।
अनि मलाई पक्का भो यो मान्छे होइन । मलाई भुत हुन्छ भन्ने त थाहा थियो तर दिन नलागि त्यसले केही गर्न सक्दैन भन्ने लाग्थ्यो । मलाई लाग्यो आज मेरो दिन सकिएछ कि केहो ? फेरी लाग्यो सास हुन्जेल आस । त्यसैले मारि हाल्यो भने पो नत्र पछि नफर्कि हिड्नु जाति भनेर म हिडेँ । हिँडे के भन्नु कुदेँ । म कति कुदेछु भने एकै सासमा घर आइपुगेछु । त्यही भुतले मेरो यो हालत बनायो ।

आइ पाराङ मेरजीको तिला हो ? आइ माइला निदाइस कि के हो ?
बाले यसो भन्दा बल्ल होस आयो । डरले सबै तिर भुतै भुत देखेको डाँडा पाखा फेरी रुख र हाँगा भए । लौ डरको के कुरा गर्नु । बाले फेरी मलाई अघि झै बोके । आमा पछिल्तिर हिडिन् । आँध्यरो भैसकेकोले अब हामीले उज्यालोको ब्यबस्था गर्नु पर्ने भो ।
उकालोको बिचैमा घट्टे बाजेको घर थियो । उनले घट्ट थापेकैले उनको नाम त्यस्तो राखिएको थियो । ती बाजे छोरा छोरी १२ जना थियो । छोरी ९ छोरा तीन । ती बाजे मेरा बाका साथी थिए । हो हामी तिनै बाजेको घरमा उज्यालो राँको खोज्न जाने भयौ ।
त्यो बेला सम्म ब्यट्रिबाट चल्ने टर्च त्यति चल्तिमा थिएन । अगुल्टो नजिकै भए अगुल्टो हल्लाएर दौडिने चलन थियो । अलि टाढै भए काठको फल्याक चिरेर आगोमा निक्कै सेकाइन्थ्यो । अनि त्यसैमा आगो लगाएर राँको बनाएर हिड्ने चलन थियो । हामीले पनि त्यसै गर्यो । बल्ल बल्ल राँको बालेर घर पुगियो । यस्ता सम्झना धेरै छन् बाआमाका । तंपाई र मेरो, हामी धेरैको मिल्छ होला ।

Wednesday, May 23, 2012

गजल



गजल 



के रहर हुन्छ र मन मरेको बेला
आफ्ना मुटु अन्तै घर सरको बेला 



कति दुःख बाँकी नै छ यात्रा भरिमा
अध्यारो उज्यालिने जुन झरेको बेला



साथी भाइ साहरा अप्ठ्यारोमा न हो
चाहियो किन लौरो खोला तरेको बेला 



पिडा कति हुन्छ सोचे मात्र पुग्छ
आलो घाउ माथि नुन छरेको बेला



जेष्ठ ७, २०६९, थोकरबस्ती, डेराटोल


Tuesday, May 22, 2012

असजिलो पत्रकारिता




असजिलो पत्रकारिता
गोकुल ध्वर्जे तामाङ

पत्रकारिता आवाज बिहिनको आवाज हो अनि सत्य तथ्य कुरालाई भन्नु, लेख्नु, देखाउनु उसको धर्म र कर्म हो । तर बेला बेलामा यो धर्म र कर्मबाट पत्रकार चिप्लिएको चर्चा हुन्छ । अनि पत्रकारिता आवाज बिहिनको आवाज नभएर केही शिक्षित र दीक्षितको पर्चाकारितामा बद्लिन्छ भनिन्छ ।
पत्रकारको कुनै जात हुदैन । थर हुदैन । न त कुनै धारणा नै हुन्छ । उ जहाँ जान्छ कुनै बिचार बोकेर जादैन । उ त्याहाँ जे भएको हो त्यो सुन्छ, खिच्छ, रेकर्ड गर्छ । कुनै बिबादित कुरा छ भने चेक गर्छ । अनि फेरी डवल चेक गर्छ । भेरिफाई गर्छ । सत्य तथ्य कुरा निकाल्छ । अनि छाप्छ, भन्छ, देखाउँछ । यो थेउरीमा थन्किाएका कुरा भए । नेपालको पत्रकारिताको कुरा गर्ने हो भने यहाँको पत्रकारिता कहिल्यै आवज बिहिनको आवाज हुन सकेन ।
नेपालको पत्रकारिताका बाजे गोरखापत्र नै शासकको जय गान गाउन सुरु गरिएको थियो । त्यो गोरखापत्रे पत्रकारिताको संस्कार देशमा जे जस्तो शासन ब्यबस्था आए पनि परिवर्तन भएन । यो जहिले पनि हुने खाने र राजधानीका कुरा मात्र ठूला ठूला ब्यानरमा छाप्छन् । यो संस्कार अहिले ब्यबसायिक भन्ने सञ्चार माध्यमले बिस देखि उन्नाइस गरे होलान् त्यो भन्दा फरक भएको छैन । हिजो शासकका गुणगान गाउने पत्रकारिताको केही मोडेल परिवर्तन भएर साहुजी ब्यापारीका आदेशमा चल्ने पत्रकारिता भए होलान् ।
अहिले ब्यबसायिक पत्रकारिताका कुरा गर्ने थलो धेरै छन् । पत्रकारका नाममा केही बिदेशी दाताबाट कुम्ल्याउने सक्ने पनि छन् । तर बास्तबिक पत्रकारिता गर्नेहरु अहिले पनि ९० दिनमा महिना नपुगेको अबस्था छ । अनि तिनका मनमा थोरै तलव पाउने लालसा धेरै छ न कि आवाज बिहिनका कुरा सुन्ने र भन्ने ।
धेरै पत्रकारहरु गुण दोष सत्य तथ्य भन्दा पनि आफ्नो कान नछामि दौडिने जमात भएको छ । यसको उदाहरण भरखरै रिपोर्टस क्लवमा मन्चन भयो ।
नेपाल जनजाती महासंघ लगाएतका संस्थाले तीन दिने नेपाल बन्दको आयोजना ग¥यो । पहिलो दिन केही ठाँउमा भन्नेहरु ¬¬¬¬ठाँउठाँउमा पनि भन्छन् पत्रकार माथि दुर्बब्यहार भयो । कतै सवारी साधान तोडियो । त्यही कुरा बुझ्न जनजाति महासंघका महासचिव आङकाजी शेर्पालाई पत्रकारको क्लव डाकिएछ । उनको भन्दिएछन् नेपाल पत्रकार महासंघका धेरै पत्रकार बाहुन, क्षेत्रीका कुरा मात्र भन्छ, लेख्छ, सुनाउँछ । त्यसैले यो संस्था ब्राह्मण पत्रकार महासंघ भयो । रिपोर्टिङमा गएको पत्रकार एक जना रिपोर्टर जुरुक्क उठेर आङकाजी आउट भनेछन् । साथ दिने अरु पनि भए । आङकाजी आउट, इस्यु अफ द डे भयो । कतिले लाइभ गरे । कतिले थपथाप गरेर समाचार बनाए । तर कसैले समाचार संकलन गर्न गएको पत्रकारले बक्ताको बिचार र कुरा मन नपरेरै आउट भन्न मिल्ने कि नमेल्ने कुराको बहस गरेनन् । न त एक शब्द खर्चिए न कुनै पत्रकारिताका पण्डित भन्ठान्नेले नै यो कुराका बारेमा बोले ।
अव प्रश्न उठेको छ पत्रकार आफैले स्टेजमा बोल्ने वक्ता बोलेको आधारमै आउट भन्नु बहिस्कार गर्छु भन्नु कुन खालको पत्रकारिता हो । रिपोर्टिङ गर्ने कुन तरिका हो । यसको बारेमा पनि बहस हुन पर्छ । यदि पत्रकारिता नै गरेका भए ती महानुभावले आङकाजी शेर्पाले यसो भने भनेर उनको संस्थामा गएर लेखे, देखाए, बजाए हुदो हो । पहिले पहिले पनि उनले त्यस्ता खाले बाइट बोलेका भए खोजेर हेरे हुदो हो । अनि त्यस्ता सन्कि जनजाती नेता भनेर भने हुदो हो । यदि जान्ने पत्रकार भए उनले भने जस्तै बाहुनका समाचार मात्रै आएछन् त भनेर कन्टेन्ट एनालाइसिस गरे हुदो हो । रेडियो र टेलीभिजन नसके पनि पत्रिकाको सकिन्थ्यो होला । देशका राष्ट्रिय, लोकप्रिय, धेरै बिक्रि हुने, बिस्वासिलो, दैनिकहरुको एक महिना देखिको बिषय हेरे हुदो हो । तिनमा निस्किाएका लेख रचाना पढे हुदो हो । अनि गुदी कुरा निकालेर आङकाजी सही छन् कि बाहियात भने, लेखे हुदो हो । देखाए हुदो हो । त्यसो भए आउट भन्नु भन्दा पत्रकारको ओज त बडथ्यो नै आङकाजी सत्य असत्य पनि छुटिन्थे । त्यस्तो सम्भव नभए कार्यक्रममै बोलेको बाइट चार चोटी दर्शकलाई वाक्क लागे पनि देखाए हुदो हो । त्यसो गरे पत्रकार महोदयलाई चार महिना रोकिएको तलव एकै पटक पाएको आनन्द आउँदो हो ।
देशको चौथो अंग भन्ने पत्रकारका समस्याका र चुनौतीका बारेमा बोल्ने नेपाल पत्रकार महासंघ छ । महासंघ अरु बेला गुपचुप बस्छ । मानौ पत्रकार कुटिए मारिए मात्र त्यो बोल्छ अरु बेला त्यो कुम्भकर्ण हो । बिउझन पत्रकारको घरपरिवारमा चुल्हो नबोलेको कुराले छुदैन । छोराछोरीको स्कुल फि तिर्न नसकेर स्कुलबाट गलहत्याएको कुराले छुदैन । छुन्छ त कुटेका र मारेका कुराले मात्र छुन्छ । महासंघको सचिव जगत नेपाल एउटा रेडियो अन्तबार्तामा हाम्रा पत्रकारले आठ महिना देखि तलव नपाए पनि रिपोर्टिङ गरेका कुरा गरे । तिनलाई धम्क्याउने, कुट्ने, सवारी साधान तोडफोड गर्ने काम एकदम अक्ष्यम्य अपराध हो । त्यो आङकाजीले सिध्याउने धम्क्यो । उनले थपे ।
सबै पत्रकारको जिम्मा बोकेर हिडेको महासंघलाई थाहा हुन पर्ने हो । आङकाजीले धम्क्याएका मात्र हुन् । तिनले कतिलाई सिध्याउँछन् । उनी तिर क्यामारा तरस्याएर बसे भो । त्यो राम्रो इन्भेस्टिगेटिभ रिपोर्टिङ हुन्छ नै । तर आठ आठ महिना तलव नपाउने पत्रकार बन्नु, जनजातीको दुई चार धकाल धकेल भन्दा चर्को कुरा हो । जावो एक जनाले धम्क्याएकै भरमा बेलुकी पुरै मण्डला थर्काउन सक्ने महासंघ यत्रो महिना तलव नपाउँदा के हेरेर बस्छ ? हक हितका कुरा उठाउनु पर्दैन । खाली आङकाजीका कुरैलाई मात्र चर्को बनाउनु पर्छ ?
कुट्नु, तर्साउनु, धम्क्याउनु आफैमा कुनै कुराको समाधान होइन । त्यस्तो कामको बिरोध गर्नु पर्छ । तर दिनदिनै नयाँ इस्सु र नयाँ एङगोल खोज्ने पत्रकारले आफ्नो आङको भैसी देख्ने बेला अझै आएको छैन ? बोल्नु चाहि आवाज बिहिनका कुरा गर्ने अनि काम चाही ठूलाबडा शासक र साहुजीका मात्रै चाप्लुसी गर्ने पत्रकारिता कहिले सम्म चल्ला ? आमसञ्चारबाटै आफ्नो धारणा बनाउने दर्शक पाठक स्रोताले कस्तो धाराणा बनाउला ? यो चाहि असजिलो उतर बन्दैछ नेपाली पत्रकारिताको लागि ।

Thursday, May 17, 2012

‘शायद’ राम्रो बन्न सकेन


‘शायद’ राम्रो बन्न सकेन

सुरज सुब्बा चल्तिका फिल्म लेखक थिए । फिल्म उद्योग रुपि जाहाजमा उनी पछिल्ला एउटा डिपाटमेन्टमा थिए । त्यसैको आधारमा जाहाज त चल्थ्यो तर कहाँ सम्म के कस्तो स्पिड बनाउन गतिको निर्धारण गर्दैनथे । अर्थात उनी क्याटनसिपको रुपमा चलचित्र रुपि जाहाजको अघिल्ला सिटमा थिएनन् ।
धेरै बर्षको नेपाली चलचित्रको ह्याउ हेरे पछि उनले फिल्मरुपी जहाजको अघिल्लो सिटमा आएर केही राम्रो गर्ने हल्ला गरे । अनि उनले बनाएको फिल्ममा युवाका कथा भन्नका लागि कुनै जमनामा चलेको भनिएका फिल्म क्याप्टन अर्थात निर्देशक र अहिलेका एक टेलीभिजन साहुजीको दालरोटी खाने (पत्रिकामा पढे अनुसार) हाकिमका छोरा संयम पुरीलाई लिए ।
फिल्म रुपी जहाजमा उनले जुन मेहनतका साथ प्रोमो र पोस्टर बनाए त्यो हेर्दा केही नयाँ बनाएछन् भन्ने धेरैलाई लाग्छ । तर उनको जहाज रुपी फिल्म छिर्र्ने हो भने यस्तो लाग्छ यात्रा गर्नु भन्दा पहिले सम्म ढुक्क भएको यात्री जव जहाज भित्र छिर्छ उसको यात्रा अघि जाँदैन भन्ने भान हुन्छ । यात्रा केही अघि बढेपछि त ज्यानकै खतरा हुन्छ । अर्थात यो फिल्म हेर्नेले पैसा र समय दुबै गुमाउँछ नहेर्नेले बचाउँछ ।
फिल्म जव सुरु हुन्छ त्यही देखि नै देखाएका दृश्य के का लागि भनेर लेखक सुब्बा कन्फ्युज छन् । एउटा दर्शक भएर भन्दा फिल्ममा प्रयोग हुने दृश्यले पल्लिा भागका कथालाई जस्फिाइ गर्नका लागि अघिल्ला दृश्य राखिन्छ । सुब्बाको फिल्ममा यस्ता धेरै दृश्य छन जसलाई हटाए फिल्म चुस्त दुस्त हुन्छ ।
निर्माता सुनिल रावल आफै हिरो भएकाले पनि सुब्बालाई गा¥यो भएको हुन सक्छ । उनको साथीको फन्टुसीले कथा कता बगेको हो भन्ने निक्कै कन्फ्युज गराउँछ । मलाई थाहा भए अनुसार ड्रग्स खानेहरु दस बर्ष पहिले चाहि थिएनन भन्ने होइन । उनले अहिलेको पुस्ता खतमै खतम र दस बर्ष अघिका राम्रै राम्रा बनाएका छन् ।
फिल्मीका सबै पात्र स्ट्याबलिस्ट छैनन् न त कुनै ठाउँ नै छ । मुख्य पात्रहरुकै बारेमा आफै बोल्छन् दृश्यमा देखाइदैन । उनले पुरै कलेजको कथा भन्ने फिल्म भरि नाम कतै देखाउदैनन ।
कीर्तिपुरको सेन्टरडिपार्टकै भवनमै खिचिएको भए पनि कुनै बेनामी कलेजको बोर्ड लगाउन सकिन्थ्यो होला । दृश्यहरु यस्ता छन् कि काठमाडौको सैनिक मञ्च देखाएर दोस्रो इनडार सर्ट प्रहरी कोठा देखाइन्छ । प्रहरी थानामा बस्ने कोठाको दुई मिनेट जति एकै फ्रेम राखिन्छ । अनि पात्रहरु आउने जाने गर्छन् शायद टाइमल्याप्स भन्छन क्यारे देखाउन खोजिएको होला अनि यो दृश्य के का लागि ?
बाबु भोगटी र करिष्मा शायदमा किन आए ? छुट्टिमा घुम्न जाँदा प्वाक्क भेट्ने बाबु बर्षो खोज्दा कता थिए । बिद्यालयको उद्घाटन बोलाउने नाचगान गर्ने तर न बिद्यार्थी न बिद्यालय ।
फिल्मको कुनै तयारी थिएन भन्ने फिल्मको लोकेसन हेरे हुन्छ । अधिकांश समय दोलखाको खरिढुङ्गा देखाए पनि अपुग दृश्य नेपाली फिल्मको खुल्ला स्टुडियो चौभारमा खिचिएको छ । ठाउँ फरक भएकोले जबरजस्त जता पायो त्यतै जोड्ने पराम्पराको सेतु यो फिल्म बन्न सक्छ ।
प्रिन्सिपल बनेका युबराज लामा फिल्म भरिनै अनुहार नबिगारी बोल्दैनन् यस्तो लाग्छ उनी एकदमै कारकापमा अभिनय गर्दैछन् । सुब्बालाई ताली कति मन पर्दो रहेछ भने जस्ले जे भने पनि तालि बजाउन लगाउँछन् । पढाउने शिक्षकलाई गाले गरे पनि तालि, कुटाकुट गरे पनि ताली, हुँदा हुँदा मिटिङ बसेको बेलामा पनि राम्रो कुरा गरे ताली ।  फिल्म भरि प्रयोग भएको र्पास्व संगीत र म्युजिक प्रयोग यति धेरै छ कि दर्शक वाक्क हुन्छन् । संयोम पुरीको टीम आयो कि शायद शायद कराउने अनि युवराज लामा आयो कि गुरु ब्र्र्रंम्ह् .... । निर्माला रावल जति ठाउँमा चढ्छन सबै गाडी फरक फरक छ । उनले एक पटक हामी यसो गर्छौ भन्दा बाहेक फिल्म भरि देखिने रावलको त्यति धेरै गाडि छानी छानी चढ्ने न त ब्यतित्व बनाएका छन् न त्यस्तो काम नै । प्रहरीको हातको बन्दुक पड्काएर आत्महत्या गरेका दृश्य झन बिजोग लाग्दो छ । हाम्रो प्रहरीले बोक्ने बन्दुग फिल्ममा देखाए जस्तो सजिलै पट्किदैन । त्यो सामान्य मानिसलाई पनि थाहा हुन पर्ने हो ।
सुब्बाले बनाएको फिल्म हेर्दा कागको कथाको याद आउँछ । कुनै बेला काग राम्ररी आफ्नै तालमा सुरु सुरु हिड्थ्यो । एक दिन उसलाई हाँसको हिडाई मन प¥यो । कागलाई लाग्यो मेरो तालले हिडेर हुदैन म पनि हाँस ढलक ढलक ढल्किएर हिड्नु पर्छ । कागले हाँसको हिडाइ कपि गरे जानेनन् । आफ्नो पनि बिर्सियो । त्यही भएर काग फुत्रुक्क फुत्रुक्क उफ्रिने भयो । सुब्बा साहेवले पनि युवाका कथा लिए । दोस्तको छोरालाई हिरो बनाए । चोक चोकमा केही छ भन्ने पोष्टर डिजाइन गरे । तर उनले हाँसका कुरा देखाउन हाँसको तौर तरिका सिकेनन् । त्यसैले उनको शायद काग बन्यो फुत्रुक्क फुत्रुक्क उफ्रिने ।
पात्रहरु नयाँ र युवा छन् । संयम पुरीलाई निर्माता साहेवले खासै रोल दिएका होइनन् । पुरीले केही ठाउँमा राम्रै अभिनय गरेका छन् । पुराना कलाकार करिष्मा, युवराज, कबिता, बाबु, झरनाको अभिनय दमदार छैन । बरु फिल्म भरि जमेका भने वीलसन राई छन् । उनले पुरै फिल्म धानेका छन् भन्दा फरक पर्दैन । सञ्जय लामाको खिचाइ काम चलाउ छ । स्याडोजको संगीत चर्का छन् । जस्लाई निर्देशकले बिनाप्रसंगै बजाइ दिन्छन् ।
अरु कलाकारलाई नयाँ छन् । राम्रो अभिनय सिक्दै होलान् । एकै स्किनमा एकै फिल दुखीत मुडमा हुन पर्ने भए पनि अरु मुडमै देखिन्छन् । अभिनय मन छुने छैन ।



Saturday, May 12, 2012

सामाजिक सञ्जालमा देशका कुरा

सामाजिक सञ्जालमा देशका कुरा
गोकुल ध्वर्जे तामाङ

फेसबुकमा अचेल निक्कै चल्ने गर्छ संघियताको कुरा । धेरै जस्तो खस र बाहुन साथीहरुले यसको प्रयोग जातिय आधारमा बन्ने भनिएको राज्य पुर्नसंरचनासंग जोडेको देख्छु । उनीहरुले जातिय संघियता माग्नेलाई कतै सुंगुरसँग जोडेका छन् भने कतै बिदेशबाट ल्याएको डलरले कराएको आवाज भनेको छन् । उनीहरुले सके सम्म तल्लो सस्तको शब्द र फोटोलाई प्रयोग गरेका छन् । अनि धेरैले चाही यो देश टुक्राउने अराष्ट्रिय तत्वको रुपमा जोडेका छन् ।
धेरैलाई सचेत नेपालीलाई थाहा हुन पर्ने हो यस्तो कार्य आफैमा बेठीक हो । अनि यसरी बेढंगले बेलज्जा पुर्बक इन्फमेसन सेयर देशको माया देखाउँदैमा अढाइ सय बर्ष भन्दा लामो समय देखि पेलिएको आदिबासी जनजाति, दलित, मधेसीका कुरालाई कम आक्न सकिन्नन । ती पेलिएका थिएनन् भन्ने पनि होइन ।
मलाई आज सम्म कुनै आदिबासी जनजातिले देश टुक्राउछौ भनेको सुनेको छैन । ती धादिङका तामाङ होस या कास्कीको गुरुङ अथवा पुर्बका राई लिम्वु नै किन नहोस । त्यसो नभनेकै अबस्थामा खस र बाहुन साथीहरुलाई कस्ले भन्दो रैछ देश टुक्राउने कुरा ?
इतिहास हेर्ने हो भने आदिबासी जनजातिको इतिहास खस र क्षेत्रीको भन्दा पुरानो छ । धर्ती या देशको माया खस र क्षेत्रीलाई जति लाग्छ त्यो भन्दा कम जनजातिलाई लाग्छ भन्ने मलाई लाग्दैन । के यो देश खस र क्षेत्रीको देश भक्ति भाबले मात्रै नटुक्रिएको हो ? अनि देशको जिम्मा खस क्षेत्री र बाहुनलाई मात्रै छ ? 
देश टुक्राउँछ भन्ने एक तर्फी भनाइले ढोङ्गी देश भक्त आफैले आफैलाई बनाउने भन्दा अरु बनाउदैन । बरु बहस हुन पर्छ हिजो देशको शासन बिरुद्ध बोलेकैले झन्डै अढाइ सय बर्ष पहिले देखि पिपा बन्ने तामाङका अनि कुरा हुन पर्छ जागिर खानैका लागि पुरै आफ्नो परिबेश जात बदल्न बाध्य तामाङ गुरुङका । मधेसमा जन्मेकैले जहिल्यै दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य मधेसीका । किन उनीहरुलाई पटक पटक दबाइयो ? किन उनीहरु मूलधारमा आएर काम गर्न सकेनन् ? अनि तिनलाई मुलधारमा कसरी ल्याउने ?
जातिय आधारमै बर्गका बिभेद छ । त्यसलाई कम गर्नका लागि बहस, छलफल, अन्तरक्रिया हुन आवश्यक छ । नेपाली  मिडियाको प्रयोग हुन पर्छ । जस्ले जति जानको छ त्यो सिप दिमाग देश बनाउन लगाउने हो कि बिर्गान बेला र मौका आहिले आएको छ । बनाउने हो भने खस बाहुनले हिजो हेपिएका चेपिएकालाई माथि उठाउनु पर्छ । अधिकार माग्नेलाई बिखन्डनकारी , देशघाती भनेर भन्ने होइन । समान अधिकार दिनका लागि सहयोग गर्नु पर्छ । यसरी सहयोग गरे समाजमा अमन चैन हुन्छ । समान समाबशी र दीगो रुपमा स्थायी शान्ति आउँछ ।
जनजातिले भनेका देश टुक्राउने होइन । मूलधारका बाहुन, खस जतिकै हुन भनेको हो । शासन ब्यबस्थामा भाग लिन पाउँ भनेको हो । नेपाली भएकैले जति खस र बाहुन समुदायले पाएका छन् हामी पनि त्यही बराबर हुन चाहान्छौ भनेको हो । यसो भन्दा देश टुक्राउन खोज्दैछ भन्नु कतिको जायज हो ? के जानजाति दलित मधेशी फेरी पनि राणा दरबारिया वा पञ्चायत ब्यबस्थाको बेलामा भए जस्तै शासनमा शासित भएर चुप लागे चाहि देशमा हिन्दू धर्मले मान्ने राम राज्य नै हुन्छ ?
हिजो देखि चलि आएकै चलन हो अधिकार खोज्ने जो कोही शासन सत्तामा बस्नेहरुका आँखामा पापी, अधर्र्मी हुन् । राणा कालमा अधिकार माग्नेलाई देशद्रोह र राजगाथ ताकेको अभियोग लागेकै हो अनि पञ्चायत कालमा अराष्ट्रिय तत्व भएकै हो । अहिले लोकतान्त्रिक गणतन्त्र आएको बेलामा शासन सत्ताका छेउछाउमा बस्नेहरु अधिकार माग्ने जनजातिलाई देश टुक्राउने बिखण्डनकारीका रुपमा देखाउँदैछन् । प्रस्तुत गर्दैछन् ।
देशको उन्नत रेखा कोर्ने काममा एउटै घरको परिवार सबै समान भए घर राम्रो होला कि नराम्रो । सबै मिलेर पिछडी परेका आदिबासी जनजाति, मधेसी, दलितलाई अग्रअधिकार दिएर सबै समान होऔ भनिएको हो । अनि देशको उन्नत भबिष्यका लागि सहकार्य गरौ भनिएको हो ।
हाम्रो देश बहु भाषा संस्कृति र संस्कार बोकेको भनेर भनिए पनि अहिले देश एउटै बनाउनु पर्छ भन्नेहरु एउटै भाषा एउटै भेष भनेर उफ्रिदै छन् । हिजो राजा महेन्द्रका राष्ट्रयता भन्दा चर्को यो राष्ट्रयता आफै कतिको जायज होला ?
खुकुरी, तरबार र भाला प्रर्दशन गरेर देशमा एकता आउँदैन । न त त्यस्ता फोटा अरुलाई टयाग गर्दैमा । त्यो दुनिया सबैलाई जगजाहेर छ । हिजो हिजो भएका देशका क्रान्ति समाजलाई राम्रो बनाउनकै लागि भएका हुन् । अहिले हामी जनताले जनतालाई जनताद्धारा गरिने भनिएको शासन पद्धतीमा छौ । त्यसैले आआफ्नो बेली राख्न पाउनु सबैको अधिकार हो ।
सामाजिक सञ्जाल अहिलेको आफ्नो बिचार पोख्न सकिने एउटा सजिलो माध्यम हो । यसमा जायज तर्क गरेर समाजलाई देशलाई केही राम्रो पनि गर्न सकिन्छ । अनि अरुलाई बिखण्डनकारी भनेर अफै बिखण्डन गर्न पनि सकिन्छ । यो समय हामी मिलेर केही गर्ने बेला हो । त्यो केही गर्न नसके पनि सामाजिक सञ्जाल मार्फत गलत इन्फरमेसन र समाजलाई उत्तेजित पार्न खालको काम नगरेकै राम्रो । होइन भने यो दोहोरो होला ।
अरु कुरा पछिल्ला भेटमा गरौला । तंपाईको असल प्रतिक्रियाको अपेक्षा । जय होस ।

Tuesday, May 1, 2012

लोपउन्मुख जाती सोनाहा



लोपउन्मुख जाती सोनाहा 

प्रशस्त धान फल्ने राजापुरको पाताभारमा छ कमला सोनाहाको घर । अरु मानिसले अन्न भण्डार मान्ने बर्दियामै बसेपनि कमलाको खेतीपाती छैन । आठ जनाको परिवार पाल्न उनी घर छेउबाट बग्ने कर्णाली नदीमा भर पर्छिन ।

कमला सोनाहा
घरमा केही हुदैन । खेती किसानी छैन । एक कठ्ठामा कहाँ पुग्छ खान । आठ परियार ।

कमला जस्तै १२ सय जति मानिसहरुको जीविका खोलाको वालुवामा सुन खोजेरै चल्छ । खोलामा सुन खोज्ने भएकैले उनीहरुलाई सोनाहा भन्ने गरिएको हो । अहिले सोनाहा जाति अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । खोलाको बालुवामा सुन खोज्ने बाहेक माछा मार्नु उनीहरुको परिवार पाल्ने अर्को उपाय हो ।

कुनै समय सोनाहाहरु धेरै माछा र सुन पाइने खोलामा घुम्दै हिंड्थे । अनि खोलाकै छउेछाउ बस्ने ठाँउ बनाउँथे । माछा र सुन पाइने खोला नै उनीहरुको जीवन थियो । तर अहिले समय फेरिएको छ । दिनरात बिना रोकावट हिंडडुल गर्न पाइने ठाँउमा तारबार लागेको छ । खोला र वनक्षेत्र कतै निकुञ्ज बनेको छ, कतै सामुदायिक वन । सबैका आफ्नै सिमाना छन, अनि त्यही अनुसारका नियम बनेका छन् । वन र खोलालाई आफ्नो जीवन ठान्ने सोनाहाहरु अहिले तीनै ठाउँमा छिर्न नपाउने भएका छन । बर्षौ देखि घर ठानेको खोला पराइ भएको छ । साथिजस्तो वनक्षेत्र डरलाग्दो भएको छ ।

कमला सोनाहा ।
पहिले त दिन्थ्यो केही भन्दैनथ्यो । अहिले त निकुञ्ज लागि गयो । गाएर आफूलाई पनि डरलाग्छ ।

महेन्द्र सोनाहा
कोही धम्कि देखाउने कोही हप्काएर पनि गर्न नदिने । कोही अलिकता तरकारी माछा नख्वाए धम्क्याउने । सानो जाति भएपछि हेप्ने गरेका छन् ।
समिती पनि ठूला मान्छे पनि भन्छन् माछा साछा खुवाउ । लागि पछि ख्वाउने हो नलागे पछि । आफू खान सामस्या हुन्छ कहिले कही ।

हुनेखानेका लागि एक छाक माछा नै खुवाएको हो । तर सोनाहाका लागि भने त्यही माछा नै रुपैयाँ हो अन्न हो । यसरी परिवारको जीविकोपार्जन साधन नै सित्तैमा खुवाएर सकिएपछि उनीहरु संकटमा पर्दैछन ।

समयसँगै बनेका नियमले सोनाहाको जीवन फेरिंदैछ । खोलाकिनारमा घुमी हिंड्ने उनीहरु एकै ठाउँमा बसोबास गर्ने भएका छन । तर खानलाउन भने उनीहरु अझै पनि खोलामै निर्भर छन ।

महेन्द्र सोनाहा
हाम्रा पुर्बजहरु नदीको छेउछाउमा हुर्केको हौ । त्यही भएर नदीको छेउछाउ हुन्छौ । हाम्रो खेती नै हो । त्यही भएर हामी त खेतीको छेउछाउमा बस्ने प¥योनी । अरु खेतीबारी त छैन हाम्रो । हाम्रो खेती भनेकै यही हो माछा र सुन । यसैको आधारमा हामी बाँचेका छौ ।

कमला सोेनाहाको घरमा चार जना राम्रैसँग काम गर्ने उमेरका छन् । परिवारै मिलेर तीन दिनभरि वालुवा चाल्दा तीन सय रुपैयाँ बराबरको एकलाल सुन जम्मा हुन्छ । पुरै परिवारले महिना भरि काम गर्दा बढीमा तीन हजार रुपैयाँ सम्म कमाइ हुन्छ । यति पैसाले घरको सबै काम चलाउनु पर्छ ।

घरछउबाट बग्ने कर्णाली भन्दा बढी सुन र माछा पाइने खोला पनि छन् । तर त्यहाँ जान पाईदैन । कहिले काँही पुगी हाले निकुञ्जले समात्छ । गएको बर्ष कमलाको भाइ संरक्षित क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र माछा मार्दै गर्दा समातिए । निकुञ्जले उनलाई झन्डै एक महिना थुनामा राख्यो । उनीहरुले अहिले सम्म एकमुष्ट नेदेखेको पाँच हजार रुपैयाँ तिर्नु प¥यो ।

कमला सोनाहा ।
तिनीहरुले त भयङ्कर पैसा तिरे । पाँचहजार हो क्यारे । दुई जानाले पाँचहजार तिरे ।

उनीहरु सुन खोज्दा बालुवा चाल्छन् र त्यही छाडिदिन्छन् । यसरी चालिएको बालुवा केही समय पछि पहिले कै अवस्थामा बस्छ । यसले खोलालाई कुनै क्षति पुर्याउँदैन । तर सोनाहाका यस्ता कुरा निकुञ्ज र सामुदायिक वनले पत्याउँदैन ।

महेन्द्र सोनाहा
वालुवा पनि लाग्दैनौ ढुङ्गा पनि लग्दैनौ लाने त त्यति न हो । अरु त त्यतै छाडि दिने हो ।

सुन खोज्ने कुरामा आपसी झगडा नहोस भनेर सोनाहाहरुले खोलाको बालुवा भएको गाउँ भागबन्डा गरेका छन । सबैले आफ्नो भागको खोलामा मात्र बालुवा चाल्न पाउँछन् । राजापुरमा बस्नेहरुका धान फल्ने मलिला खेत छन तर सोनाहाहरुका भने खेत होइन आफैंले भाग लगाएको खोलाको बगर छ ।

खुमलाल सोनाहा ।
त्यति खेर फिरी थियो । हाम्रो पुर्खाहरुले त्यही निर हामी बसेकै ठाँउमा सानो सानो झुप्रा पारेर बस्थे । गाउँमा नजानेबरु । नजिकै गाउँ भएपनि नदिमै डेरा पारेर बसने । जंगलमा पनि त्यसस्तो कटानी नगर्ने । बगरमा पानीले बगाउर ल्याएको रुखको हाँगा काटेर स्यानो स्यानो झुप्रो बनाउने । सुन चल्ने माछा मार्ने पहिले देखि । खेती तिर त्यति ध्यान दिएनन् । पहिला बासिन्दा पनि कम थियो भन्थे हाम्रा पुर्खाहरु । सबै भन्दा पहिला सोनाहाहरुले नै बस्थे ।

सुन खोजेरै .... बर्ष बिताएकी कमला आफैले भने जम्मा अढाई लालको फूली लगाएकी छिन् । उनले चालेको सुनबाट धेरैले आफ्नो शरीर सजाएका छन । कहिलेकाहीँ उनलाई पनि आफैले निकालेको सुन लाउने रहर लाग्छ ।

कमला सोनाहा ।
रहर लाग्दैन ? सुन बनाउने सुन बनाएपछि त पेटमा के हाल्ने । बच्चा पनि देख्नु प¥यो पेट पनि देख्नु प¥यो ।
मन त हुन्छ नी लाउने । रहर लाग्छ अब आफैले धोएको आफैले लाउने पाए राम्रो हुन्छ । मन त कति लाग्छ कति होइन ।
सुनै हो यो ढाइलाल । कानको होइन ।
पेटै त ठूलो हो । पेट नभरौ भने पेटले मान्दैन । हामी त एक दिन दुई दिन बसि हाल्छौ । बच्चाहरु कहाँ मान्छन् । बच्चा त ल्याउ ल्याउ भनेर भात आभा भन्छन् ।

सधैँ खान लाउनकै समस्या पर्ने सोनाहा थारुहरुसँग मिल्दाजुल्दा छन । उनीहरुको संस्कार र संस्कृति केही नजिक भएपनि सोनाहाहरुको इतिहास थारुको भन्दा पुरानो छ । भाषा र जीवनशैली फरक छ । फरक भाषा, संस्कृति र संस्कार भएकैले उनीहरु छुट्टै जनजातिमा गनिनु पर्ने हो । तर अहिलेसम्म उनीहरुलाई छुट्टै जनजातिको सुचिमा राखिएको छैन । राज्यले उनीहरुलाई बेग्लै पहिचान दिन सकेको छैन ।

खुमलाल सोनाहा ।
हाम्रो जाति पनि सुचिकृत पनि भाको छैन । थारु हो भन्छन् । थारुसँग हाम्रो भाषा मिल्दैन । पेशा मिल्दैन । रहनसहन पनि मिल्दैन । धेरै फरक छ थारुसँग तर थारुमा राख्नु भाछ उहाँहरुले ।

सोनाहामा आदिवासी जनजातिका धेरै गुण छन । त्यही गुण मध्ये एउटा हो, चाडवाडमा रमाइलो गर्ने । अरुबेला मनभरि दुःख बोके पनि चाडवाडमा उनीहरु सके सम्म रमाइलो गर्छन । आज फागु पुर्णिमा हो । यहाँ होलीको तयारी हुदैछ । यस चाडलाई उनीहरु बिशेष रुपले मनाउँछन् । रातभर नाचगान गर्दै गाउँ घुम्छन । यसरी होलीको दिन घरघरमा आउने टोलीलाई सकेको दक्षिणा दिने चलन छ ।

बर्दियाको राजापुर क्षेत्र सोनाहाहरुको बसोबास भएको क्षेत्र हो । यसबाहेक कन्चनपुरमा पनि सोनाहाको सानो बस्ती छ । तर कन्चनपुरका सोनाहा माछा मार्दैनन् र सुन पनि चाल्दैनन् ।

कुनै बेला निर्बाध रुपमा घुम्न पाइने खोला र जंगलमा बनेका नियमले सुन खोज्न र माछा मार्न नपाए पछि सोनाहालाई निक्कै समस्या परेको छ ।

सुदिप जान
बिगत चारपाँच बर्ष देखिको अनुभव सोनाहाहरुसँग हेर्दा चाही निकुञ्जसँगको द्धन्द्ध चाही हामीले बाहिरबाट हेर्दा चाही माछा मार्न दिएन सुन चाल्न दिएन भन्ने मात्रै छ । तर निकुञ्जको सामाजिक प्रभाव यसको ठूलो संस्कृति नै नास हुने एउटा पक्ष निकुञ्जको सामाजिक प्रभाव यसको एउटा पक्ष निकुञ्जको नीति अभ्यास पनि रैछ । किनभने जवजव सोनाहा खोला र सुन चाल्ने पेशा र माछा मार्ने पेशा हराउँदै उहाँहरुको संस्कृति पनि हराउँदै जान्छ । कति इन्डिया जानु पर्ने बाध्यता छ । इन्डिया प्रिपेशा गर्नु पर्ने अबस्था छ । उहाँहरुको पराम्परागत पेशामा रोक लाग्ने बितिक्कै महत्वपूर्ण कुराचाही पराम्परागत ज्ञान र अभ्यास पनि हराउँदैछ । त्यसैले सोनाहामा ठूलो चासो छ किनभने हाम्रो अस्तित्व पहिचान चाही खतारा छ भन्ने कुरा ।

नेपालले २०६४ सालमा आदिवासी जनजातीको हक अधिकारको सुरक्षा गर्ने आइएलओ महासन्धिमा हस्तक्षर गरेको छ । यो महासन्धी कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हो । यसमा परापुर्व कालदेखि जल, जंगल र जमिनमा निर्भर आदिबासीलाई विस्थापित  गर्न नहुने कुरा प्रष्ट रुपमा लेखिएको छ । तर सरकारी नियमकै कारण अहिले सोनाहाहरुले निर्वाध रुपमा माछा मार्न र सुन चाल्न पाएका छैनन् ।

राजकुमार चौधरी
उहाँको जिबिकापार्जनको एउटा मात्र वय भनेको सुन चाल्न र माछा मार्न बाहेक केह िपनि भएको छैन । उहाँहरु भन्नु हुन्छ । हामीले कहिल्यै पनि जंगल फडानी गरेनौ । हाम्रो जिविका पार्जनको एक मात्र यही हो । यसमा हामीले पाउनु पर्छ । भन्ने एक मात्र माग हो । मलाइृ चाही आइएलओ १६९ ले पनि दिनै पर्छ । जस्को उहाँको अग्रधिकार छ । जल जमिन जंगलसँग प्रत्यक्ष सरोकार भएकोलाई बन्चित गर्न पाईदैन ।

हामीलाई यो महासन्धिले यो यो अधिकार दिएको छ भन्दा पनि हामीलाई थाहा छैन भन्ने कुराहरु निकुञ्जका प्रतिनिधिबाट सामुदायिक उपभोक्ताबाट आउँछ । त्यो चाही राम्रो हाइने जस्तो लाग्छ ।
अप्रत्यक्ष रुपमा सबै निकुञ्जकै बिकासको निम्ति वाताबरणको कुरा सामाजिक कुरा हुन्छन् कसरी निकुञ्जलाई फाइदा हुन्छ लागु त्यसरी नै लागु गरेको देखिन्छ । कुनै पनि पुर्बधार बनको छैन ।

आफ्नो जीवन धान्ने पेशामा अवरोध आएपछि सोनाहाहरुले पटकपटक बिरोध गरे । बिरोध साम्य पार्न उनीहरुलाई बिनारोकतोक माछा मार्न र सुन खोज्न दिइने भनियो । तर निकुञ्ज भित्र खोलामा माछा मार्ने लाइसेन्स दिदा भने थुप्रै सर्त राखियो ।

सोनाहालाई माछा मार्ने लाइसेन्स दिएको केही महिनामा निकुञ्जमा गैडा मारियो । गैंडा मारेको अभियोगमा दुई जना सोनाहा पक्राउ परे । त्यसपछि माछा मार्ने सबै लाइसेन्स नबिकरण नै गरिएन ।
खुमलाल सोनाहा ः
यो निकुञ्जले पनि माछा मान देको छैन । २०६४ सालमा लाइसेन्स दियो । बिचमा आएर गैडाको आरोप लगाएर आर्मीहरु पनि थिए मार्ने गिरोहमा । त्यसमा दुईवटा सोनाहा थिए । त्यसैले सबे सोनाहाको लाइसेन्स खोस्दे । त्यसपछि लाइसेन्स देको छैन । एकदम अप्ठ्यारो छ। जाल नाउहरु फुटाइदिन्छ । अनि यता तिर सामुदायिक जंगल पनि छन् । सामुदायिक जंगल पनि सुन चाल्न दिदैनन् ।

खोलासँग जीवन जोडिएका सोनाहाहरुको अस्तित्व संकटमा पर्दैछ । पुस्तौं पुस्ता देखिको सोनाहा र प्रकृतिसँगको समन्ध राज्यले टुटाउँदैछ ।

सुदिप जान
निकुञ्जले माछा मार्न नदिने यो पराम्परागत पेशालाई खोस्दिएको छ । अहिले भर्खर हेर्दा पनि सुन चाल्न पनि निकुञ्जले खोस्दिए । यो जिबिकाको मात्रै कुरा पनि होइन । जिबिका र संस्कृति एकदमै जोडिदिएको छ । सोनाहाको दृष्टिकोणबाट हेर्दा प्रकिति भनेको बाहिर उता निकुञ्ज र यो बाहिर बस्ति भन्ने नै होइन । मैले बुझेको ।
सोनाहाले प्रकृति बुझ्दाखेरी खोला जंगल आफ्नो जिबिका संस्कृति सबै जोडिएर हेर्छ । जीवनशैली रहनसहन उहाँहरुको दृष्टिकोण हेर्दाखेरी संस्कृति र प्रकृति चाही एउटै रैछ कुरा ।

सोनाहाहरु अहिले जीवन धान्ने विकल्पको खोजीमा छन् । आफुले बोल्दा कसैले नसुन्ने र आफ्नो पक्षमा बोलिदिने कोही नहुदा उनीहरु निरास छन् ।

राजकुमार चौधरी
निकुञ्जै भएपनि त्यहाँहरुको पेशाको जर्गेना हुनुपर्छ । हिजो देखि जुन उहाँहरुले परापुर्बक काल देखि जनजिबिकाको बाटो छ त्यसबाट चाही बन्चित गरिनु हुदैन ।

आर्थिक अबस्था निक्कै कमजोर भएका सोनाहाहरुसँग सम्पतीका नाममा टुडी भनिने सुन चाल्ने काठ, वालुवा छान्ने छबना र पानी हाल्ने ओदाना हुन्छ । अनि माछा मार्न चाहिने चौदी भनिने जाल उनीहरुको मुख्य सम्पत्ति हो । अलि धनिमानिसँग भने खोला वारपार गर्न चाहिने काठको लाउ अर्थात डुङ्गा पनि हुन्छ ।
माछा मारेर हाल्ने चोयाको जाडी बोकेर सोनाहाका बालबालिकाहरु खोलामै घुमिरहेका हुन्छन । उनीहरु बिद्यालय भर्ना त भएका छन् तर पढ्न भने जाँदैनन्् । बाबुआमासँगै माछा नमारे उनीहरुले भोकै बस्नुपर्ने हुन्छ ।

घुमीघुमी माछा मार्न र सुन खोज्न नपाउँदा घरछेको कर्णालीमा माछा र सुन दुवै घटिरहेको छ ।

कमला सोनाहा ।
नाउ समाएर लागि हाल्छन् । चौदी समाएर लगि हाल्छन् । नाउ र चौदी लगेपछि कस्मा माछा मार्ने ? सबै भन्दा हाम्रो ठूलो त्यही हो हो कि होइन । हाम्रो सबै भन्दा ठूलो त्यही हो ।

खोलामा पस्नै नपाएपछि उनीहरुको संस्कार मासिंदैछ, पहिचान हराउँदैछ । यस्तै अवस्था रहे केही बर्षमै सोनाहाको संस्कृति मेटिनेछ । अनि सोनाहाहरु पनि लोप हुनेछन् । आफ्नो छुट्टै परम्परा भएको यो जाति नै हराउने छ कहिल्यै नभेटिने गरि  ।

Tuesday, February 14, 2012

छोटा कबिता

तिम्रो र मेरो फरक
तिमी मेरो
फोन काटेर
रात भर
मस्तले सुत्न सक्छौ
म त्यही कारण
रात भर आखाँ
झिमिक्क नगरि कटाउँछु ।


लतमा परेको म
तिमीलाई फोन गर्ने
त्यही भएर त
हर बेला हातैमा
मोवाइल र तिम्रो मात्रै हुन्छ डायल कल ।

इनबक्स
भरिएको म्यासेजले
घरि घरि हसाउँछ
तिमी पनि यस्तो म्यासेज लेख्थेउ भनेर ।


कहिले कही
नभएको हुन्थ्यो जस्तो लाग्छ धेरै कुरा
जस्तो कि तिम्रो नम्वर ।


कि त ब्यस्त
कि त उठ्दैन भन्ने थाहा पाएर पनि
तिमीलाई फोन गरिरहन्छु
कि यो पटक त उठिहाल्ला भनेर ।

Sunday, January 8, 2012

नयाँ बर्ष

नयाँ बर्ष

न्युइएर इभको
धङधङीले धेरैको टाउको ह्याङ भएको
डान्स पाटीमा नाच्दै गर्दा
पकेट रित्तिएको
नयाँ बर्षको नयाँ दिन ।

धेरैलाई कार्यक्रम जुधेरै हैरान
यतालाई भनेको समय उताले मागेपछि
यताका त रिसाउँछन् नै उताका पनि ।

होटेल, डस्किोथेक, दोहोरी, गजल
जे जस्ता नामका बारहरुमा
नामै नसुनेका देखि सुनेको सम्म
दुर्ई गुणा वा त्यो भन्दा धेरै
बोतलहरु फोरिएका हुनसक्छन् ।

केही थान बदेल भनिने बंगुर
बफ भनिने राँगा भैसी
भेडे खोर्सनीमा मिसिएर चिकेन चिल्ली
बन्ने भिटामिन खुवाइका
केही चल्ला तन्नेरी कुखरा
अनि अझै केही थान बाख्राखसी
बढि काटिए नयाँ बर्षमा ।

नयाँ बर्षमा
भन्नै मन नभए पनि ह्याप्पि न्युइएर ।

बोल्नेका लागि
कमाउनेका लागि
एउटा रमाइलो मौका ।

धेरै घरका श्रीमितीहरुका लागि
फेरी एक पटक रात भर
वान्तै आउने गन्ध बोकेर
लमतन्न परेर धुर्नेसँग सिङ्गै बिताउने रात
अथवा नसामा चुर भएर
भने जस्तै भएर प्रस्तुत हुने दिन ।

प्रमिकाहरुलाई
नयाँ नयाँ ठाँउ घुम्ने प्रस्ताव
नयाँ नयाँ कुराको उपहार ।

धेरैका लागि धेरै
नयाँ बर्ष ।

अर्को फाइदा र घाटामा बितेको सयम
अनि अर्को एउटा त्यस्तै समय
नयाँ बर्ष ।

Sunday, November 27, 2011

यो देखाउने रेडियो हो

यो देखाउने रेडियो हो

गोकुल ध्वर्जे तामाङ

यो रेडियो लोकतन्त्र हो । अनि हामी धादिङबेसीबाट बोलिरहेका छौ । यसरी मैले बोलेको पनि झन्डै चार बर्ष नाघेछ । यस बीचमा थोपल र आँखु खोलामा धेरै पानी बगिसक्यो । अनि धेरै कुरामा परिवर्तन आए ।
यस बीचमा धादिङबेसीमा अरु रेडियो पनि थपिएका छन् । अरु कुराको धेरै विकास नभएपनि नेपालको पत्रकारितामा रेडियोले दक्षिण एसियामै राम्रो फड्को मारिसकेको छ भनिन्छ । तर यस्को ब्याबसायिकताको कुरा गर्ने हो भने हामीले धेरै पटक सोच्नु पर्छ हाम्रो रेडियोको अबस्था कस्तो छ ?

रेडियोमा काम गर्दा ताका रेडियोकै लागि स्वर भएकोमा स्थानिय शर्मीला थापा थिइन । भर्खरको युवा ( हुन त म पनि खासै उमेर ढल्केर कपाल पाकेको त होइन) तैपनि म भन्दा कमकी । धेरै पछि उनीसँग फोनमा कुरा गर्न पाइयो उनले भनिन् मैले रेडियो छाडिदिएँ अरु नै काम गर्र्र्दैछु ।

अर्का सम्भावना बोकेका बिमलराज ढकाल थिए । उनमा प्रतिभा नै भन्दा पनि केही गरौ भन्ने जोस थियो । त्यसले सजिलै भन्न सकिन्थ्यो उनी काम गर्न र खटिन सक्ने मानिस थिए । उनको बारेमा पछि बुझ्दा थाहा भयो उनी त्यो रडियो छाडेर बिदेश गएछन् ।

यी दुबै प्रतिनिधी मात्रै हुन् जो रेडियोमा धेरै टिक्न सकेनन् । कारण सजिलो छ हाम्रो उदाहरणिय भनिएको धेरै रेडियोले खटेर काम गर्नेलाई बाँच्न सक्ने गरी केही गर्न सक्ने अबस्था छैन । अनि रेडियोमा काम गर्नेहरुमा पहिलेका केही महिनाको जोश जाँगर सकिन्छ अनि सुरु हुन्छ मनमा तनाव । अनि भोको पेटको रडियोकारिता कहिले सम्म चल्न सक्छ ? यो रेडियो लोकतन्त्रको मात्रै कुरा होइन । नेपालमा भएका चार सय भन्दा माथि रेडियो मध्ये ८० प्रतिशत रेडियोको साझा समस्या हो ।

रेडियो स्याङजाका स्टेशन म्यानेजर रमेश गोदार काठमाडौमा एउटा कार्यक्रममा भेट भए । पहिले देखि कै चिनजान भएको कुरा गर्दै जाँदा रेडियोको कुरा भयो । उनले अरु भन्दा बढि समस्या रेडियोकर्मीलाई टिकाउन भएको कुरा गरे । उनले भने के ढाट्नु हामी पैसा दिन सक्दैनौ । हाम्रामा सिक्छन् पोखरामा पैसामै काम गर्छन । नजा भन्न सक्ने अबस्था छैन ।

धादिङको बाटोमा अरु कुनै जिल्ला जाँदा म सधै रेडियो सुन्ने जमर्कोमा हुन्छु । त्यसमा रेडियो लोकतन्त्र पनि पर्छ । तर यो बिचमा मैले कहिलेकही स्याइसुइ गरेर सुनेको बाहेक बाटोमा दौडिदा कहिल्यै सुन्न पाइन । म रेडियोमा हुदा राजमार्ग छेउका धेरै गाउँले त्यो रेडियो सुन्न सक्थे ।

शायद यो बर्षको बैसाख तिर हुन पर्छ लोकतन्त्रमा काम गर्ने लक्ष्मी भुजेलसँग भेट भयो । गफगाफ पछि भनिन् म त हप्ताको एक पटक मात्रै कार्यक्रम चलाउँछु । त्यो पनि रेडियोको माया लाग्छ र पो । अहिले त खै रडियोको पावर पनि कम गरेर चलाको रे । त्यही धादिङबेसीमै सुनाउन पनि गारो ।

चार बर्ष अघि उतm रेडियो पाँचसय वाट क्षमतामा चल्थ्यो ।

पत्रकारिताका गुरु पी खरेल भनिरहन्छन् अव रेडियोको छाँटकाट हुने दिन आउँदैछ । साच्चैको जस्ले समुदायका कुरा भनेर यो चाँही मेरो रेडियो हो भन्ने बनाउन सक्दैनन् त्यस्ता रेडियो बन्द हुन्छ । त्यसैले स्थानिय रेडियोले काठमाडौमा डलर झार्न हामीले यति धेरै रडियोसँग नेटवर्क गरेको छौ भनेर धाक लाउने काठमाडौका ठूला ठान्ने रेडियोको लिस्टमा एउटा रेडियो जोडिने भन्दा स्थानिय मानिसका सरोकारका कुरालाई प्रभावकारी रुपमा कसरी भन्ने बारेमा चिन्ता गर्न सक्नु पर्छ । अनि रेडियोमा काम गर्नेले रेडियोमै काम गरेर कसरी बाँच्छ भन्ने कुराको ग्यारेन्टी पनि गर्न सक्नु पर्छ ।

नत्र भने भात होटेल जस्तो उद्घाटन गरेकै दिन देखि सामुदायिक रेडियोका शेयर होल्डर बनेका समुदायका साउजीहरुको जोशमा थपघट हुने बित्तिकै रेडियोको प्रशारण हुने क्षमता पनि तलमाथि भैरहन्छ । अरु ब्यापारबाट फाइदा भयो पाँचसय वाट बनायो घाटा लाग्यो ५० वाटमा झा¥यो ।

रेडियोको विकाससँगै ब्यबसायिकता भयो भने नेपालका धेरै रेडियो लोकतन्त्रहरुका दिन होला नत्र भने झन ५० वाट पछि बन्द गर्नुको बिकल्प हुदैन । अनि त्यसबेला रेडियो खोलेर ठूलो साहुजी, ठूलो पार्टी वा धेरै नाफा कमाउँछु भनेर देखाउनको लागि रेडियोको “र”थाहा नै नपाई खोल्नेहरुले पैसाको नास र स्थानिय जनशक्तिको श्रमशोषण भन्दा केही गर्ने छैनन् । रिसानी माफ ।

Wednesday, November 23, 2011

Tuesday, November 22, 2011

नसुनेको आवाज

नसुनेको आवाज

खरले छाएको झुप्रेबस्ती । अरुले सुर्खेतको झुप्रा भने पनि उनीहरु आफैले भने शान्तिपुर नाम राखेका छन् । भेरी नदीको किनारमा छ पुरै बस्ति । बर्षाको बेला उर्लिएर आउने भेरीले घरबास उठाउछ । हिउँदमा त्यही खोलाले छोडेको ठाउँ उनीहरुका लागि जिवन धान्ने अवसर बनेको छ । भेरीको यही बगरले दिलाएको अवसरका भरमा लगभग ६० घर बादीहरु आफ्नो दैनिकी चलाइरहेका छन् ।

यहाँका ६० घर बादीको आफ्m्नो सम्पति भन्नु नै हरेक घरका लागि भागबण्डा गरेको बालुवा भएको भेरीको बगर हो ।

कुनै बेला धनिमानिका घरमा नाच्ने र गाउने पेशा गर्थे बादीहरु । धनिमानी खुसि भएर दिएको अनाज र पैसाबाट गुजरा चलाउँथे । गाउन बजाउन सिपालु भएकैले उनीहरुलाइ बादी भनियो । नाचगान गर्दा महिलाहरु नाच्ने गाउने गर्थे भने पुरुषहरु मादल बनाउने र कहिलेकाँही सँगै गाउने गर्थे ।

समयसँगै नाचगान र मादल बनाएर जिवन धान्न मुस्किल भयो । खेतीपातिका लागि खेतबारी थिएन । विकल्पमा बादी महिलाहरुले यौन ब्यबसाय सुरु गरे । अनि कुनै बेला धनिमानीका घरमा नाच्दै गाउँदै बैठक सम्म पुग्ने बादीहरु पानी नचल्ने जातका रुपमा दरिए ।

एक्सनएड नेपालले दस बर्ष अगाडि गरेको अध्ययनमा ८ सय वादी महिलाहरु मध्ये झण्डै एक तिहाईले खुल्ला रुपमै आफू यौन ब्यबसाय गर्ने बताएका थिए । अहिले यसरी खुल्ला रुपमा यौनब्याबसाय गर्नेको संख्या निक्कै कम भैसकेको छ । उनीहरु सिप अनुसार अरु नै पेशा गरिरहेका छन् ।

दस बर्ष अघि लिइएको जनगणनामा बादीको संख्या चार हजारको हाराहारीमा थियो । त्यस भन्दा अगाडिको जनगणनामा भने ७ बादी रहेको पाइएको थियो । यसरी संख्या कम हुनुको कारण भने बादीहरुले आफूलाई समाजले हेप्ने डरले अन्य थर लेख्न थालेकाले हो । तर बादीका लागि काम गर्ने संघसंस्था भने नेपाल भर ७० हजारको हाराहरीमा वादीको जनसंख्या रहेको बताउँछन । उनीहरु विभिन्न ठाउँमा छरिएर बसोवास गरिरहेका छन ।

जताजता बसेपनि बादीहरुको अबस्था भेरी किनारको जस्तै छ । उनीहरुसँग बस्नको लागि न त राम्रो घर छ, न खान पुग्ने खेतबारी नै छ । बिहान उठेदेखि बेलुकी नसुतेसम्म काममा नखटे छाक टार्न मुस्किल छ । तर यहाँ बस्ने सबैका सपना भने उस्तै छन् ।

बादी जाति भारतबाट १४ औ शताब्दी तिर नेपाल छिरेका थिए । पश्चिम नेपालको चौध जिल्लामा उनीहरुको बसोबास छ । सल्यान, रुकुम, रोल्पा, जाजरकोट हुदै २००७ साल पछि भने तराइका जिल्लाहरु कैलाली, कन्चनपुर र दाङ तथा सुर्खेत तिर उनीहरु बसोबासका लागि झरेका हुन् ।

सरकारले सबै बालबालबालिकालाई अनिवार्य बिद्यालय भर्ना गराउँने भनको पनि धेरै भयो । यही लक्ष्य सहित अहिले देशमा तीन बर्षे शैक्षिक योजना लागु भैरहेको छ । यतिबेला भर्ना अभियानका लागि घरघरमा जाने भनेर सरकारले सबै विद्यालय बन्द गरेको छ । कागजमा ९३ प्रतिशत बालकालिका विद्यालय भर्ना भएको तथ्याङ्क सरकारसँग छ । बाँकी बालबालिकालाई अबको दुई बर्षमा भर्ना गराउने योजना बनेको छ । सरकारले बालबालिकालाई कक्षा दश सम्मको शिक्षा निशुल्क गरेको छ । अनि दलित र बिपन्नका लागि शैक्षिक छात्रबृत्ति समेतको ब्यास्था छ । तर यो बस्तिका बालबालिका पढाउने बिद्यालय स्थापनाको काममा यहाँका मानिसहरुले निकै झञ्जट व्यहोरेका छन ।

यो बस्तीका सबै अभिभावक मिलेर आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने सपना साँचेर यो बिद्यालय बनाउने योजना बनाए । तर बिद्यालय बनाउने काम त्यति सजिलो भएन । आर्थिक सङ्कलनका लागि बिभिन्न संघ संस्थासँग धाउनु पर्यो । आधारभूत आवश्यकता र बालबालिकाले शिक्षा पाउने अधिकार कागजमै रह्यो । जिम्मेवार निकायले यो काम सुरु नै गरेन । अनि आफैले भने खोलामा बालुवा बोक्न आउने गाडीसँग थोरै चन्दा उठाए । यसरी राम्रै कामका लागि चन्दा मागेपनि नियम विपरित भनेर उनीहरुलाई प्रशासनले दुःख दियो ।

बाइटः

गरिबलाई मात्रै लाग्ने कानून यहाँ पनि लाग्यो । तैपनि उनीहरुले हरेस खाएनन् ।

अहिले यहाँ राज्यको उपस्थिती जनाउने एक मात्र कुरा स्थानीय वासिन्दाले बनाएको बिद्यालय मात्र छ । तीन कोठा भएको यो बिद्यालयमा ५ कक्षा सम्म पढाइ हुन्छ । पढाउने शिक्षकको थोरै छन, अनि बिद्यार्थीको संख्या चाहिँ निक्कै बढी छ ।

पाँच कक्षा पास भएपछि यहाँका बिद्यार्थीले अर्को समस्या झेल्नु पर्छ ।

धेरै समय यौनब्यापारमा लागेका बादी महिलाहरु समयसँगै परिवर्तन हुदैछन् । सानासाना बालिकाहरु बिद्यालय धाउदैछन् ।

दाङको कालाखोला क्षेत्र कुनै बेला निक्कै बदनाम थियो । राजमार्गसँगै जोडिएको यो गाउँमा बादी महिलाहरु योनब्याबसाय गर्थे । यहाँ बस्ने तर यौनब्याबसाय नगर्नेहरुलाई पनि आफ्नो घर कालाखोला भन्ने हिम्मत आउँदैनथ्यो ।

तर समय फेरिएको छ । अहिले यहाँका बालबालिका नियमित बिद्यालय जान्छन । अनि कुनै बेला यौनब्याबसाय गरेरै केही गर्छु भन्ने महिलाहरु अरुनै काममा लागेका छन् ।

अरु काममा लाग्ने भन्दैमा समस्या सकिएको छैन । अहिले पनि धेरै बादी पुरुषहरु बेरोजगार छन् । उनीहरुले महिलालाई गर्ने ब्याबहार राम्रो छैन ।

पहिले यौनब्याबसायमा लाग्नेहरुलाई बाँझोपनको समस्या छ । बच्चा बच्ची भएका छैनन । घरझगडा सुरु भएको छ ।

समस्या त्यतिमै सकिदैन । ठूलै सख्याका बादी महिलाहरु एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । तर उनीहरु अस्पताल सम्म नजाने भएकाले यस्तो संख्या एकिन भएको छैन ।

आफूले भोगेका समस्यालाई लिएर बादीहरुले चार बर्ष अघि काठमाडौमा लामै आन्दोलन गरे । देशभरीबाट आएका महिलाहरु कठमाडौं आए । यो आन्दोलन एक महिना १८ दिन चल्यो । सिंहदरवरमा बस्नेले कहिल्यै बादीको कुरा नसुनेको भनेर उनीहरु सिंहदरबारको गेटमा चढे । आन्दोलनमा खपिनसक्नु दुःख पाए ।

आन्दोलनलाई मथ्थर पार्न सरकारले निक्कै राम्रा कुरा गर्यो । घरबासको ब्यबस्था दिने बचन दियो । बादीका बालकालिकालाई निशुल्क पढ्न पाउने घोषणा गर्यो । तर यतिका समय सकिदा पनि उनीहरुको जीवन जस्ताको तस्तै छ । उनीहरुले आफ्ना लागि आफैं स्कुल बनाउनु परिरहेको छ ।

चौध जिल्लाका बादीहरुले सरकारबाट घर बिकास कार्यक्रमका नाममा १५ हजार रुपैयाँ पाए, अन्य ठाउँकाले त्यही पनि पाएनन ।

समस्यै समस्यामा रहेका बादीहरुले आशा भने मारेका छैनन् । कुनै दिन राज्यले आफ्ना कुरा सुनिदियो भने उनीहरुसँग आफ्नै सानो चिटिक्क परेको घर र परिवार पाल्न पुग्ने घरखेत हुनेछ । तर त्यो दिन कहिले आउने हो भन्ने चाहीँ उनीहरु कसैलाई थाहा छैन ।

Sunday, August 14, 2011

गजल

कहिले पाउने हो भाउ जिन्दगीको

कहिले पाउने हो भाउ जिन्दगीको ।
तर्ने कसरी हो नाउ जिन्दगीको ।

छक्का पन्जा बिनै खाल बस्या छु
लाग्छ कसरी खै दाउ जिन्दगीको ।

अरु देब्रे चल्दा आफु दाहिने तिर
कसरी हो मिल्ने पाउ जिन्दगीको ।

कति कट्ला जोवन यसै गरि गरि
भेटाउने कसरी गाउँ जिन्दगीको ।

Friday, August 12, 2011

दिगो शान्तिको लागि आर्थिक बिकास

देशमा चलेको शशस्त्र द्धन्द्धबाट धेरै कुरा नराम्रो भयो । कतिले आफन्त गुमाए कतिले आफ्नो घरबार । यस्ता दुःखपीडाको पाउनेको संख्या लाखौ भए । तर केही युवाले युद्धको घाउलाई शक्तीमा बदले । जीवनमा केही राम्रो काम गरे । आफ्नो जीवन सुधारे अनि समाजको लागि पनि उधारणिय बने । यस्तै युवाको कथा समेटिएको डकुमन्ट्रि हो दिगो शान्तिको लागि आर्थिक बिकास ।


नेपाल टेलिभिजनमा साउन ३२ गते बुधबार बेलुकी ७.३० बजे ।
एभिन्यूज टेलिभिजनमा भदौ २ गते शुक्रबार बेलुकी ६.३० बजे ।
कान्तिपुर टेलिभिजनमा भदौ ३ गते शनिबार बेलुकी ६.३० बजे ।
अनि तराई टेलिभिजनमा भदौ ४ गते आइतबार बेलुकी ७ बजे ।


प्रशारण हुँदै छ हेर्ने प्रयास गर्नु होला ।

Thursday, August 4, 2011

फेसबुक कुमारी भाग २

कतै धान फलेर पहेलपुर त कतै तरकारी साग सब्जीले हरियो खेत । हरिया सागपात चाहियो कि खेतमा गयो टिप्यो ल्यायो पकायो । समस्या केही थिएन । जव पहिलो पटक गोर्खेली युद्ध गर्ने आए । खेतमा भएको धेरै कुरा नासियो । धेरै कुराको समस्या भएपनि सबै भन्दा समस्या तरकारीको प¥यो । खेतका खेत भएका हरिया सागसब्जी यता र उताका फौजले कच्याककुच्युक पारे । कुदेर गएर टिपेर खानु पर्ने तरकारी नभएपछि सबैलाई समस्या भो । यु्द्धमा गोर्खलीले हारे । कीर्तिपुरबासीले फेरी युद्ध हुने छनक पाए । त्यसैले खेतका सबै सागलाई ल्याएर कुच्याउदै गाड्ने र सुकाउने गर्ने थाले । कहिल्यै यसरी नराखिएको सागको स्वाद निक्कै अनौठौ लाग्यो । तेस्रो पटकको प्रयासमा गोर्खालीले कीर्तिपुरलाई जित्यो । गोर्खालीले पनि गुन्दु्रकको स्वाद चाखे अनि नेपाल भरि पु¥याए । हो त्यही कीर्तिपुरकी थिइ ज्ञानु माली ।

नेवारनी भएर पनि नेवार जस्तो नलाग्ने अनुहार । म त्यसैमा झुक्किएको थिएँ शायद अरु पनि झुक्किदा हुन ।
एक अर्कामा एड भएको झण्डै एक महिना हामीले केही कुरा गरेनौ । म बेला बेलामा उनको प्रोफाइल अपडेड भने हेर्थे । अरुका कमेन्ट पनि ।

मार्च महिनाको पहिलो सोमबार । अफिसमा मेरो खासै काम थिएन भनौ काम गरि सकेर म फुर्सदमै थिएँ । फेसबुक चेक गर्दा उनी पनि अनलाइन थिइन । कुराकानी समान्य भो हाइहेल्लो । अनि घरपरिवारको कुरा भो । उनको घरमा बा आमा त भैहाले अनि बिहे भैसकेको दिदी र एक दाइ थिए । वा ठेक्का पट्टामा काम गर्थे र सानो तिनो राजनैतिक कार्यकर्ता । दाइले पनि बाकै बाटो समातेका थिए ।

राजनीतिमा उनको पटक्कै रुचि छैन रे । त्यसैले उनको र उनको बाको कुरा खासै मिल्दैन रे । संगीत पनि सबै खालको उतिकै मन पर्ने कुरा सुनाइन । पढाइ एम ए सोसोलोजी अनि अहिले काम एउटा नाम चलेकै आइएनजिओमा । उनले बिचैमा लेखिन भोली पनि यस्तै समयमा कुरा गर्ने है । हुन्न भन्नु मेरो केही थिएन । ओके भनेर लगआउट गरे ।

काठमाडौ समय यस्तै न हो कुन्नि के भएर हो त्यो समय बिजुली आएन । म अनलाइन भइन ।
त्यो दिन मलाई याद छ त्यो ठ्याक्कै त्यो शायद मार्च महिनाको दोस्रो हप्ता थियो । म शायद त्यो भन्दा अगाडि काभ्रेको खार्पाचोक गाउँ घुमेको फोटाहरु अपलोड गरेको थिए । केही मिल्ने साथीलाई ट्याग पनि । उनलाई पनि मैले ट्गाय गरेको थिएँ । उनले कमेन्टमा ढटुवा भनेर लेखिकी रहिछिन् ।

मैले कमेन्टलाई खासै ध्यान दिएर हेरेको थिइन । त्यो दिन पनि उनीसँग अनलाइन भेट भयो । मैले औपचारिकताबस हाइ भने उनले उतर दिइनन । मैले फेरी के भयो भनेर लेखेँ । उनले उतर दिइनन । मलाई लाग्यो आफ्नो एकाउन्ट खोलेर कतै गइछिन । आधा घन्टा फेरी अघिकै कुरा लेखेँ ।

म तिमीसँग बोल्दिन । उताबाट टाइप भएर आएको अक्षर ।
किन नी ?
तिमी अघिल्लो हप्ता अनलाइन आउछौ भनेर नआएको होइन ।
हो तर मेरो बाध्यता थियो के गर्नु ?
के हो नी त्यस्तो बाध्यता तिमी मलाई भन्न सक्दौन थियौ त ?
भन्न त चाहान्थे फेसबुक भन्दा हाम्रो केही कन्ट्याक थिएन । त्यसैले भन्न सकिन ।
त्यसो भए मेरो नम्वर लिउ न त ।
मैले केही नभनी उताबाट नम्बर टाइप भएर आयो ।
यो पटकको अनलाइन भेटमा पहिलो भन्दा अलि बढि घरयासी कुरा भए ।

हामी एक अर्काको घरपरिवारको बारेमा सकेसम्म लेखिरहेका थियौ । हामीले लगभग चार घन्टा एक अर्कोको कुरा लेखालेख ग¥यौहोला । उनले लेखेको कुराको सार यस्तो थियो ।

दिदी र मेरो उमेर फरक २० बर्षको । दिदीको बिहे भएको पनि निक्कै बर्र्ष भैसकेको तर अहिले पनि माइतमै बस्ने । । कारण भिनाजुको उमेर । निक्कै बढी । त्यसमा पनि एउटा नरमाइलो कथा । मेरो कान्छा बाजेको एउटै मात्र छोरी मिखा फुपु । उनको बेभाको निक्कै समय पछि सम्म पनि कुनै सन्तान भएनछन् । फुपाजुहरु निक्कै सम्पन्न र धनि काठमाडौ महाबौद्धका । असनमा चल्ने दुईवटा पसल । दुबै पसलमा सबै कुरा पाइने । पासः पसः भने पछि उनका पसललाई त्यताका सडकमा बस्ने कुकुरले पनि देखाउथे भन्ने चलन थियो रे । दुबै पसलबाट प्रशस्तै पैसा कमाई हुने ।

फुपुबाट सन्तान नभएपछि घरको करकरले उहाँ माइतै बस्न थाल्नु भयोरे । अनि फुपाजुको घरमा दास्रो बिहे गर्ने भन्ने कुरा घरमा निक्कै चल्योरे । फुपुसँग सल्लाह गर्न पाजु ससुराली अर्थात हाम्रो कान्छा बाजेको घर आउनु भयो रे ।

मैले सुने अनुसार उहाँ मिखा फुपुलाई एकदम माया गर्नु हुन्थ्योरे । बिहेको कुराले फुपुलाई भन्दा बढि उहाँलाई चिन्ता भाको रे । अनि फुपाजुले पसल घर छाडेर भागेर दोलखा बजारमा जाने कुरा पनि फुपुलाई राख्नु भएको थियो रे । तर फुपुले माइतीको नाकको लागि भन्दै अर्की ल्याएपनि आफुलाई कुनै अप्ठ्यारो नहुने बताएपछि फुपाजु अर्की बिहेको लागि तयार भाको रे ।
फुपाजु ससुराली खलकमा निक्कै मनपराइको ज्याईमा पर्थे ।
मेरो हजुरबालाई पनि ज्वाई निक्कै मन परेको थियो रे । मैले थापाउदा पनि हजुवा ती फुपाजु भनेपछि हुरुक्कै हुन्थे । अनि हजुरबाले नै ज्वाईका लागि केटी मै खोज्दिन्छु भनेर सम्धीसँग भेटेछन् । अनि केटी खोज्दा धेरै केटी भएपनि हजुरबाले कसैलाई मन पराएनछन् । अन्त्यमा उनले नै नाता नातै रहोस भनेर मेरी दिदी नातिनीको बिहेका लागि कुरा चलाएछन् । नाताले फुवाजु र भदाहीको बिहे नहुने तर पनि हजुरबाले सम्धीलाई धेरै कुराले सम्झाएछन् । त्यो बेला हजुरवालाई सम्धीले भनेका थिए रे पहिले बाबुसँग सम्धी भैसकेको नाता कसरी छोरालाई पनि सम्धी भन्नु ?

Sunday, July 31, 2011

दिगो शान्तिका लागि आर्थिक विकास

उसँग पैसा छ र त बिदेश जान्छ त्यो पैसा यही लगनी गर्ने हो भने हामी बिदेशमा गाको पैसा यही कमाउन सक्छौ । नारायण नेपालः मोरङ

हेर्नुस पैसा भन्दा पनि ठूलो जोस जागर चाहिने हो । अमरदिप कुमार साहः धनुषा ।

आखिर एक प्रसेन्ट पनि हाम्रो फार्मले मासुजन्यमा बृद्धि ग¥यो भने देखिन हामीे आम्दानी भएको ठान्छौ ।

यस्तो बाहिर बंगुरको कार्यक्रम बाहिर कतै छैन । चन्दे्रश्वर यादवः सर्लाही ।

हाम्रो आर्थिक अबस्था पहिलाको भन्दा राम्रो भयो । सुमित्रा माझीः सर्लाही ।

पैसा कमयो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । राममणी कुसवाहः धनुषा ।

काम गर्दा खेरी इमान्दार बन्नु प¥यो । सिनसियर बन्नु प¥यो । श्रीराम दासः पर्सा ।

म भारी बोक्छु । मलाई किसान भन्न लाज लाग्दैन । निरज प्रधान ।

आँट छ । हरेस कुनै काम बाट खाएको छैन । इन्दलप्रसाद यादवः बाँके ।

म यो काम गर्न सक्छु भन्ने आँट हुन प¥यो । टिकाबहादुर खड्काः मकवानपुर ।

परिवारले सालको तीनचार लाख आम्दानी भनेको राम्रो कुरा हो । नारायण नेपालः मोरङ ।

असम्भव भन्ने केही छैन । सम्भव नै सम्भव छ । मात्र के हो मान्छेले चासो राख्नु प¥यो । एकमाया बिकः बाँके ।





दिगो शान्तिका लागि आर्थिक विकास

नेपाल मानव विकासको सूचकांकमा १३८ औं स्थानमा छ । एकजना नेपालीले औसतमा बार्षिक ३१ हजार रुपैयाँ आम्दानी गर्छन ।

स्रोत र साधनका हिसाबले भने नेपाल निकै धनी छ । यहाँ आर्थिक विकासका प्रशस्त संभावनाहरु छन । तर उपयुक्त कार्यक्रम र अवसर नपाउँदा धेरै नेपाली या त विदेशिएका छन, अथवा रोजगारीको खोजिमा भौतारिइरहेका छन । शहरी क्षेत्रका मानिसहरुको जीवनस्तर केही सरल भएपनि नेपालका दुर्गम गाउँको अवस्था अत्यन्तै नाजुक छ । खानाको कमी र यसकै कारण लाग्ने रोगले बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन । महिला र केटाकेटीहरु यस्तो समस्याबाट बढी पीडित छन ।

तर सबै ठाउँको अवस्था एउटै छैन । केही मानिसहरु प्रतिकुल परिस्थितिमा पनि आफू र समुदायलाई फाइदा हुने काम गरिरहेकाछन ।

नेपालको नक्शामा बाँके जिल्ला देखाउने

मध्यपश्चिम नेपालको बाँके जिल्ला । दुई छोरीकी आमा एकमाया विश्वकर्मा बागेश्वरीको मनकामना गाउँमा बस्छिन । १० बर्ष अघिसम्म एकमायालाई महिलाले घरबाहिर गएर काम गर्न सक्छन भन्ने विश्वास थिएन । घर बाहिरको सबै काम परिवारका पुरुष सदस्यले गर्थे । श्रीमानको जागिरमा निर्भर एकमायाले केही गर्नुपर्छ भन्ने नै ठानिनन् । तर विक्रम संवत २०५७ सालमा उनका श्रीमान दैलेखको नौमुले आक्रमणमा परे । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान मारिएपछि उनले जीवनमा नसोचेको दुःख पाइन ।

एकमाया विकः
श्रीमानमा आश्रित हुनुपर्थ्यो । उहाँको डेथपछि सबै जिम्मेवारी मलाई आयो । उहाँको काजक्रिया देखि सबै जिम्मेवारी आयो । त्यतिबेला नानीहरु साना साना अवस्थामा थिए ।

एक्ली एकमायालाई सहयोग गर्ने कोही भएन । पैसा बिना गुजारा नचल्ने ठानी उनी घरबाट बाहिर निस्किइन । दिदीबहिनीहरुसँग सल्लाह गरिन, समूह बनाइन र महिनाको १० रुपैयाँ जम्मा गर्न थालिन ।

एकमाया बिकः
पैसा भएर पनि पैसा बचत नर्गने यस्तो खालको थियो परिपाटी । किन बचत गर्नुप¥यो र ? भएपछि बैंक व्यालेन्स गरे भैईहाल्छ आवश्यक परे बैंकबाट ल्याए भईहाल्छ । भन्ने खालको मात्र थियो कन्सेप्ट ।
राजमणि विक
हाम्रै पैसा जम्मा गरेर के हुन्छर ? घरैमा जम्मा गरे पनि हुन्छ भन्ने कुरा पनि भयो पहिला । अहिले चाही बुझ्दै आए ।

मन मिल्ने दिदीबहिनीहरुको समूहको नाम नै मिलीजुली बचत समूह रह्यो । अहिले यो समूहमा ७ सय सदस्य छन । एकमायाको घरबाट सुरु भएको बचत अभियान ३ वटा गाउँ विकास समितिमा पुगिसकेको छ । मिलीजुली स्वाबलम्वन कृषक बहुउद्धेश्यीय सहकारी संस्था कानूनी रुपमै दर्ता भएको छ । सहकारीमा अहिले ४१ लाख रुपैयाँ नगद छ । यसले बार्षिक झण्डै डेढ करोड रुपैयाँ बराबरको सहायता पुर्याएको छ ।

एकमाया विक ः
यो १ करोड २९ लाखको कारोवार गरिरहदाखेरि यो क्षेत्रको विकासको करा गर्ने हो भने कति करोड पुग्या छ । नदेखिने के जिविसको कुरा गाविसको कुरा जानेर विभिन्न संघसंस्थाका कुराहरु तिनिहरुले ल्याएका डोनरहरुका करा गर्ने हो भने त यहाँ कति करोड कति करोडको विकास भएको छ ।

एकमाया यो सहकारीकी अध्यक्ष हुन । सहकारीले सदस्यहरुलाई दिएको ऋण सही ठाउँमा प्रयोग भए नभएको पनि हेर्छिन उनी । यहाँबाट पैसा लानेहरु सबै गरिब छन ।

महिलाहरुको समूहले, नजिकैको नेपालगञ्ज बजारमा खपत हुने तरकारी र मासु उत्पादन गर्छ । समूहमा काम गर्ने बानी नै एकमाया र उनका सहयोगीहरुको सफलताको कडी हो । उनीहरु साना साना समूह बनाएर काम गर्छन । आएको आम्दानी बाँडेर लिन्छन ।

एकमाया विक ः
सस्तो व्याजमा आफैले लगाएको व्याजमा आफ्नै पैसा चलाएर भनेको भाकामा तिर्छ आन्दानी गरेर ।

उनीहरु ठूला कुरामा लगानी गर्दैनन ।

एकमाया विक ः
करोड रुपैयाँ कमाउनेहरुले के गर्छ भनेर पैसावालाहरुसंग काम गर्छन । पुँजीपतिसंग काम गर्छन । तर हामी न्युन आए भएका मान्छेहरुसंग भोली के खाने भन्ने मान्छेमाहरुसंग हामी काम गर्छौ ।

उनीहरुले गर्ने कामले गाउँ र समुदायलाई सहयोग गर्छ । मध्य असारमा किसानलाई मल चाहिन्छ । तर किसानलाई चाहिएको बेला बजारमा मल पाइदैन । किसानहरु बढी मुल्य तिरेर मल किन्न बाध्य हुन्छन । यो समस्या समाधानका लागि सहकारीले मल खरिद गर्ने निधो गर्यो । बजारमा मल नभएका बेला समेत यहाँका किसानले सहकारीबाट सजिलै मल पाएका छन । यसबाट सहकारीलाई फाइदा त भएकै छ, किसानले पनि भनेको बेला चाहिएको सामान पाएका छन ।

मलको समस्या समाधान भएपछि एकमायाको टोलीले किसानलाई पर्ने अर्को अप्ठ्यारोमा काम गर्ने सोचाई बनायो । राम्रो काम गरेको थाहा पाएपछि सहकारीलाई सघाउन विभिन्न संघसंस्था आए । यसरी आएको ३० लाख रुपैयाँ उनीहरुले सिंचाइका लागि प्रयोग गर्ने भएका छन । आकाशे पानीको भरमा खेति गर्ने यहाँका किसानहरुले सहकारीको समेत गरि ३३ लाख रुपैयाँ खर्च गरेर सिंचाइका लागि बोरिङ गर्ने भएका छन ।

यो सहकारीले गाउँमा पर्ने साना साना अप्ठ्यारामा काम गर्छ । उनीहरु करोड लगानी गरेर लाखको कुरा गर्दैनन् । उनीहरु त दश रुपैयाँ जम्मा गरेर करोडको कुरा गर्छन ।

एकमाया विक ः
नगरे पछि हात बाँधेर बस्नुभयो भने काही पनि गर्न सकिदैन । गर्न केही खोज्यो भने धेरै उपाय छन् धेरै अवसरहरु छन् । धेरै बाटोहरु छन् । धेरै कुरा गर्न सकिन्छ ।

प्रताव विक ः
म त एकदमै गर्व गर्छ । नि दिदी प्रति त । जहाँपनि म हेर्छु । उहाँको बोल्नेदेखि लिएर वहाँ एकदमै
परफेक्ट हुनुहन्छ ।



नेपालको नक्सामा बाँकेबाट हेटौंडा आउने

एकमायाको घर भन्दा ६ सय किलोमिटर पूर्व मध्य नेपालको हेटौंडामा बस्छन टिका बहादुर खड्का । उनी दोलखाको दुर्गम गाउँ फस्कुबाट आएका हुन । विगतको द्वन्द्वका बेला प्रशासनले बिद्रोही भएको ठानेपछि टीकाको परिवार नै गाउँमा बस्न सकेन । ९ बर्ष अगाडि गाउँ छोडेर हेटौंडा आउँदा उनीसँग बाबुआमा र एउटा भाइ बाहेक सम्पत्तिको नाममा अरु केही थिएन ।

गाउँको मानिस सानै भएपनि हेटौंडा बजारमा बिरानो भए । परिवार र आफ्नो पेट पाल्न कामको खोजिमा हिंडे । स्नातक सम्म पढेका टिका कुरिअरमा आएका चिठ्ठी घर घरमा पुर्याउने काममा लागे । साइकलमा सामान ओसारेर पसल पसल पुर्याए । हेटौंडा सिमेन्ट उद्योगमा काम गरे ।

कामको खोजीमा भौतारिंदै गर्दा टिकाका भाईले ग्रिल उद्योगमा काम पाए । मेहनती शंकरले थोरै समयमै सिप सिके ।

शंकर खड्का ः
आफ्नै ग्रील उद्योग भन्नेथ्यो एउटा यहाँ यसो ख्याल ख्यालमै साथी भाइको नाताले आउदा आउदै मैले छ महिना जति काम गरे ।

अरुकोमा काम गर्दा हार खाइसकेका टिकाले भाइको सिपबाट धेरै गर्न सकिने देखे । अनि सुरु भयो उनीहरुको जीवन फेर्ने अभियान । आफूसँग भएको र साथीभाइसँग मागेको ३० हजार रुपैयाँले ६ बर्ष अगाडि सुरु गरेको ग्रील उद्योगबाट अहिले महिनाको डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।

टिका बहादुर खड्का ः
पैसा नभएको हुनाले सेकेन्डह्यन्ड मेनि हामीले २० हजारमा किन्यौ । अन्य लागनी भने अन्य ब्यतिmसँग खोसखास गरेर पनि थोरैथोरै सामान ल्याउने अनि त्यसलाई पठाइ हालेपछि फेरि पैसा लिएर सुरुमा लगभग ३० हजारको हाराहारीमा हामीले सञ्चालन ग¥यौ ।

अहिले उनीहरुलाई कामको खाँचो छैन । छ बर्ष बित्दा नबित्दै समझदारी ग्रील उद्योग हेटौंडा बजारको राम्रो उद्योगमा गनिन थालेको छ ।

सानो घरको बसाई र खान पनि नपुग्ने कमाईले पिरोलिएको मन ग्रील उद्योगको आम्दानी पछि शान्त बनेको छ । भएको सम्पति ल्याउन नपाएपनि हेटौडाको ढुङ्गेधारा टोलमा दुई तल्ले घर बनाएका छन् उनीहरुले ।

शंकर खड्का ः
पहिला त हाम िअब चियासिया खान पनि गा¥हो थियो । २०५९ सालमा हामी दोलखाबाट यहाँ आयौ । हामीलाई धेरे गा¥हो थियो । पहिला अब प्लस्टार गरेको घरमा बसिन्थ्यो भने अब मार्बल हालेको घरमा बसिन्छ । पहिला एक तल्ले घरमा बसिन्थ्यो भने अहिले दुइ तल्ले घरमा बसिन्छ । हिजो अस्ति साइकल चढ्थ्यौ भने अहिले अब मोटरसाइकल चढेर एकदम आरामसँग जस्तो भन्यो त्यस्तै गरेर हाम िहिड्न सक्ने भएका छौ ।

मेहनती टिकाको परिवार नै काममा व्यस्त हुन रुचाउँछन । त्यसैले उनीहरुले नयाँ बनाएको घरमै पसल खोलेका छन । आज त्यही किराना पसल सुरु भएको पहिलो दिन हो ।

यो पसल चाहिँ टिकाका बुबाको जिम्मामा छ ।

टिकाको अगुवाईमा यो परिवारले हेटौंडामा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ ।

नेपालको नक्सामा हेटौंडाबाट वीरगञ्ज जाने ।

हेटौंडा छेउको भारतीय सिमा नजिक पर्ने वीरगन्ज बजारमा बस्छन श्रीराम दास । १० बर्ष अगाडि सशस्त्र विद्रोहीले उनका बुबाको हत्या गरे । गाउँ अशान्त भयो । श्रीरामको परिवार गाउँमा बस्न सकेन । उनीहरु सदरमुकाम विरगञ्जमा आए । श्रीराम त्यतिबेला बैंगलोरमा बिबिए पढ्दै थिए । यहीबेला परिवारको सबै जिम्मेवारी श्रीरामको काँधमा आयो । जसोतसो पढाई सकेर उनी नेपाल आए । अहिले उनी यो क्षेत्रकै पुरानो विरगन्ज कमर्स क्याम्पसमा पढाउँछन । इमान्दार र लगनशिल श्रीरामलाई काम थालेको केही समय पछिनै क्याम्पसले थप जिम्मेवारी दियो । उनी व्यवस्थापन लगायतका जिम्मेवारी सहित क्याम्पसका संयोजक बने ।

बिहान त उनी व्यस्त भए । तर दिउँसोको समय त्यतिकै बच्यो । दिगो शान्तिका लागि व्यावहारिक शिक्षाको महत्व बुझेका श्रीरामले स्कुल खोल्ने विचार गरे ।

श्रीराम दास ः
यहाँको शिक्षाको गुणस्तर लो थियो । मलाई कता कता चित बुझेन । शिक्षा पनि त्यस्तो हुन प¥यो नि पैसा तिर्न । किन भने त्यही मान्छेहरु यहाँ एक हजार नतिरेर बाहिर बिसौ हजार तिर्छन काठमाडौमा चार पाँच हजार तिर्छन । यहाँ तिर्न मान्दैनन् त्यो के कारण भने यहाँको गुणस्तर राम्रो नभएर हो ।

साना साना नानीहरुलाई खेलाउँदै पढाउँदै गर्न बिर्ता बजारमा मन्टेश्वरी स्कुल खोले ।

श्रीराम दास ः
हामीले बिस देखि रोक्दा रोक्दै ३५ पुग्यो । १५ दिन थपियो । हाम्रो बिचार थियो कि थोरै राखेर गुणस्तरिय शिक्षा दिने । तर गार्जिएनको रिक्वस्टले गर्दा टार्न सकिएन ।

वीरगञ्जका लागि यो पढाई नौलो थियो । वीरगञ्जवासीको माया पाएपछि यो बर्षदेखि मन्टेश्वरी कक्षासँगै कक्षा ८ सम्मको पढाई पनि सुरु गरेका छन ।

गाउँ ठाउँका विद्यालयमा शिक्षाको गुणस्तर घटेका बेला उनले यहाँ स्कुल सुरु गरेका छन । मेहनती शिक्षक र चुस्त व्यवस्थापन भए पढाई राम्रो हुने उनको अनुभव छ । त्यसैले त स्कुल सुरु गरेकै बर्ष यहाँ २५० जना भन्दा बढी विद्यार्थि भर्ना भएका छन ।

दास परिवार नै शैक्षिक क्षेत्रमा लागेको छ । कुमुदिनी एकेडेमीमा पढाउने श्रीमती समेतको सल्लाहमा श्रीराम स्कुल व्यवस्थापन र स्तरीय शिक्षाको योजना बनाउँछन ।

विजया दास ः
उहाँको गरेको देखेर हामीलाई पनि हौसला आउँछ । उहाँको गरेको देखेर हामीलाई केही गरौ कि प्लस मैले गरेको काम उहाँलाई सहयोग पुग्छ भने म एनिहाउ कुनै काम गर्न तयार छु ।

एकबेला भनेजस्तो काम नपाएका १८ जना मानिसहरु यहाँ काम गरिरहेका छन । श्रीरामको सानो प्रयासले उनी र यहाँको समाजलाई आर्थिक र शैक्षिक दुवै हिसाबले सहयोग भएको छ । यो स्कुलले विभिन्न कामका लागि महिनाको दुई लाख रुपैयाँ सम्म तिर्छ । अनि यसबाट भएको आम्दानीले एकबेला अप्ठ्यारो स्थितिमा परेको श्रीरामको परिवारलाई राहत मिलेको छ ।

नेपालको नक्सामा वीरगञ्जबाट सर्लाही जाने ।

वीरगञ्ज भन्दा पूर्व सर्लाहीको चन्द्रनगरका रामकेवल माझी हरेक मंगलबार बंगुरको स्वास्थ्य जाँच गराइरहेका भेटिन्छन । ३२ वटा बंगुर भएको यो फार्म रामकेवल अध्यक्ष भएको सर्वोदय सहकारीले संचालन गरेको हो । रामकेवल एकबेला राजनीतिक उद्धेश्यका साथ गाउँ गाउँ घुमिहिंड्थे । तत्कालिन सरकारले खोजी गर्न थालेपछि उनी भूमिगत भए । समय फेरियो, रामकेवल पनि फेरिए । सिद्धान्तले भन्दा उद्यम गरेर दिगो शान्ति र समावेशी विकास हुने ठाने उनले । समुदाय र देशको विकास विकासका लागि आर्थिक गतिविधिमा सामेल भएका रामकेवललाई अहिले टाउको उठाउने फुर्सद छैन । एकछिन ढिला भए फार्मका ३२ वटै बंगुर एकै स्वरमा कराउन थाल्छन ।

बोलेर दुनियाँ बनाउने सपना देखेका रामकेवल अहिले काम गरेर मात्रै समाज बन्ने रहेछ भन्नेमा पुगेका छन ।

रामकेवल माझी ः
खाँडी मुलुकमा गएर कति हानी लिएको छ । भन्नुुस न । उहाँहरुसंग गएर सोध्नुस न के के दशा भोगेको छ । के के दुःख भोगेको छ । भन्नुस न त्यसको अपेक्षा त हाम्रो यहाँ आनन्दले बसेको छ । पैसा भनेको डलरमा आउँछ । पनि नेपाली त आउँछ । नि डलर नआएपनि नेपालीमा त पक्कै आउछ ।

चन्द्रनगरमा मुसहरहरुको बाक्लो बस्ति छ । समाजले दलित भनेर हेला गरेको यो बस्तीका मानिसको पुस्तौनी ज्ञान हो सुँगुर पालन । तर अव्यवस्थित सुँगुर पालनले खासै फाइदा दिन सकेको थिएन । छाडा छोडिएका सुँगुरले गर्ने फोहोर गाउँको अर्को समस्या थियो । उनीहरु केही गर्न सक्ने अवस्थामा थिएनन् ।

रामकेवल माझी ः
आफु भन्दा ठुला जातको नक्कल गर्न नपाउँने, होटल व्यावसाय गर्न नसकिने, अनि परिवर्तन हुँदै गयो आर्थिकीकरण हुँदै गयो अब के गरु त भन्ने भन्दाखेरी आर्थिकरुपमा यिनिहरु कसरी बढौ भनेर यिनिहरु सोच राखेर यिनिहरु सुगुर पाल्ने काम सुरुभयो । त्यो सुगुरबाट हाम्रो समाजको ठूलाबडाहरु घृणा गर्न थाले ।

अहिले रामकेवलको दिन आफ्नै तरिकाले बित्छ । हप्ताभरि गर्ने कामको समय तालिका छ उनीसँग । कसले के काम गर्ने भन्ने प्रष्ट छ ।

एकबिहानै बंगुर र खोरको सरसफाइबाट दिन सुरु हुन्छ ।

त्यसपछि बंगुरलाई दाना खुवाइन्छ ।

बिहानको आठ बजे भित्रै यो काम सक्नुपर्छ ।

बंगुर पाल्दा निस्केको फोहोरबाट गोबरग्याँस निकाल्न काम सुरु गरिएको छ ।

बंगुर पालनबाट सुरु भएको सर्वोदय सहकारीमा ५० जना जति संगठित भएका छन । रामकेवलको एक्लो प्रयासमा सहभागी हुनेहरुको संख्या बढीरहेको छ ।

बंगुरका बच्चा बोकेर यहाँसम्म ल्याउनेहरु यो अभियानमा सक्रिय छन । कामका लागि उनीहरुले अन्यत्र जानु परेको छैन ।

रामचन्द्र कापर ः
काँखमा बोकेर ल्याएको अहिले बोक्न सकिराखेको छैन । ठुलो भएछ । आन्दानी आउने बेला भईसकेको छ । पहिला ५÷६ किलो सम्मको थियो वयट अहिले ५०÷६० किलो पुगिसकेको छ ।
हामीहरु भने थ्यो एजेन्टलाई बिदेश जानलाई मलाई भन्थ्यो एजेन्टले भन्यो एक लाख देखि डेढ लाख सम्म पर्छ । तपाइलाई मैले भने मेरो यो राँगा र टायर सुद्दा उठाउनुस पाँच लाख दिन्छु । भन्दा उसले अह म मात्र तपाईलाई उडाउँछु । टायर र राँगालाई उठाउँन सक्दिन । त्यो भन्दा हामीलाई यही ठिक छ ।

दुई बर्षअघि पाल्न थालेयता उनीहरुले १२ वटा बंगुर बेचे । यसबाट झण्डै १ लाख रुपैयाँ आम्दानी भयो । अब भने यसले राम्रै आम्दानी गर्नेछ ।

रामकेवल माझी ः
६महिनामा तपाईको एभरेजको हिसाबमा माउ हेरी हेरी हुन्छ । तै पनि एभरेजमा १० वटा पाठापाठी हुन्छ । २ सय पाठापाठी आउँछ । ठाउँ सम्म पुगे भने देखिन २ सयको ३ हजारले जोडौ अब कति हुन्छ ?

एकबेला सिन्को नसार्ने श्रीमानले काम गरेको देख्दा रामकेवलकी श्रीमती दंग छिन ।

सुमित्रा माझी ।
पहिला सर के थियो भने राजनीति गरेको बेला मान्छेहरुले गाउँ र अरु मान्छेको पैसा ठगेर खान्छ भन्थे तर अब बंगुर पालन गरेपछि अब यस्तो कसैले भन्दैन ।

रामकेवल काममा लागेपछि छोराछोरीले पढ्न पाएका छन । माझी परिवारकी एउटी छोरी काठमाडौंमा नर्सिङ पढ्दैछिन । एक छोरा र एक छोरी सदरमुकाम मलंगवामा बसेर पढीरहेका छन ।

रामकेवलले गरेको प्रयासले उनको परिवार मात्रै होइन सम्पूर्ण गाउँ र यहाँको मुसहर जाति नै आत्मानिर्भर बन्ने बाटोमा लागेको छ ।

नेपालको नक्सामा सर्लाहीबाट मोरङ जाने ।

पुर्वी नेपालको झापा जिल्लामा जन्मेका नारायण नेपालले २२ बर्ष भारतीय सेनामा काम गरे । जागिरबाट फर्केपछि उनी सशस्त्र विद्रोहको मोर्चामा सामेल भए । शान्ति स्थापनाका लागि विद्रोही पक्ष र सरकारी पक्षबीच सम्झौता भएपछि उनी लडाकु शिविरमा बसे । शिविरमा बसिंरहँदा उनको मन शान्त भएन । आफू, समाज र देशको दिगो विकास र शान्तिका लागि आर्थिक गतिविधिमा सामेल हुनु उपयुक्त ठाने नारायणले । कमजोर बन्दै गएको परिवारको आर्थिक अवस्था सुधार्न र शान्तसँग बस्न उनले शिविर छोडे । पैसाको खडेरी छँदैथियो । उनले जागिर खाँदा सिकेको च्याउ खेति गर्ने तरिका सम्झिए । त्यही सिपलाई व्यावसायिक रुप दिन झापा छोडेर विराटनगरतिर हान्निए । मनभरि केही गर्छु भन्ने आँट थियो तर खल्तीमा जम्मा ४० हजार रुपैयाँ थियो ।

विराटनगर उपनगरपालिका वडा नं. १५ मा त्यसै खेर गएको खाली जग्गा भाडामा लिए । आफु बस्न र च्याउ फलाउन छुट्टा छुट्टै दुइवटा छाप्रो बनाए । च्याउको बिउ भारतको कानपुरबाट मगाए ।

च्याउ त फल्यो तर बिकेन । मानिसलाई पल्काउन उनले सुरुमा सस्तोमा च्याउ बेचे । स्वाद र यसको फाइदा थाहा पाएपछि च्याउको माग बढ्यो, भनेजस्तै भाउमा च्याउ बेच्न पाइयो ।

नारायण नेपाल ः
विराटनगरमा पहिले तीस चालिस किलो च्याउ बेच्न धै धै पथ्र्यो । मुस्किल पथ्र्यो । फनफनी घुम्नु पथ्र्यो मैले तर ३० ४० किलो च्याउ हौइन २०० किलो च्याउ बेच्न नि गाह्रो छैन ।

अहिले बजारमा च्याउ लान ढिला भयो कि नारायणको मोबाइलमा फोन आइहाल्छ ।

राधिका राई ः
पचार पाकेट सय पाकेट पनि बिक्छ । च्याउ उत्पाद नै हुदैन । च्याउ ल्याने नै नारायण नेपाल भने पनि हुन्छ अरुले च्याउ दिनै सक्दैन ।
नारायण सफल भएपछि च्याउ खेति गर्न चाहानेको संख्या बढ्यो । अहिले उनी च्याउ खेति गर्न चाहानेलाई सिकाउन टाढा टाढासम्म जान्छन ।

उनको चर्चा मात्रै भएन । आम्दानी पनि बढ्यो । भाडामा लिएको जग्गा किने । अहिले त्यही जग्गामा पक्की घर बनाएका छन ।

नारायण नेपाल ः
जति पनि लेवर खर्च र या माल मेटिरियलको र्खाहरु लाग्यो त्यो दिन भरि ७ ८ जना लेबरले यहा काम गदथ्यो र ठेकेदार थियो । म तिन बजे उठेर म त्यही झोपडीमा च्याउ टिप्थेँ । अब त्यही च्याउ म बिहान ७ बजे लगे बेच्थे । र आठ बजे मिस्त्रिहरु आउँथे । म चुप लागेर बस्थे र बेलुका त्यही पैसा लेवरहरुलाई दिन्थे । उनीहरु थाहा पाउँदैनथ्यो त्यो कुरो ।

च्याउ खेति गर्न धेरै ठाउँ चाहिँदैन । अनि बल लगाएर गर्नुपर्ने काम पनि हुँदैन । त्यसैले अशक्त अवस्थामा समेत परिवारकै सदस्यले यो काम गर्न सक्छन ।

राधिका नेपाल ः
उहाँ आर्मीमा हुदा म पनि गको थिए। हामी परिवारै त्यही थियौ । उहाँले सिक्न प¥यो भन्दा मैले नै समर्थन गरे । मेरो चाहि भावना के थियो भने आर्मीमा भए पनि नेपालमा गएर केही गर्नू छ बाह्य कुरा पनि केही सिक्नु पर्छ भन्ने सोचाइ मेरो पनि थियो ।

नारायणले खान पल्काएको च्याउको बजार अहिले इलाम, धरान, इटहरी सम्म फैलिएको छ ।

च्याउ खेतीलाई उनले उद्योगकै रुपमा दर्ता गरेका छन् । राधिका च्याउ स्वादका पारखीको छनौटमा पर्छ । अनि च्याउ खेति गर्ने तरिका सिकाउन पनि नारायण नेपाल नै सबैको प्राथमिकतामा पर्छन । त्यही भएर नारायणले बर्षेनी चार लाख जतिको आम्दानी घरै बसी बसी गर्छन ।

आर्थिक विकास र उन्नतिका लागि गाउँ ठाउँमै बसेर केही गर्ने मानिसहरु थुपै्र भेटिन्छन । तर समयसँगै उनीहरुको ज्ञान हराएर जान्छ । उपयुक्त नीति र कार्यक्रम तथा प्रोत्साहनको अभावमा उनीहरु मध्ये धेरै पेशाबाट पलायन हुन्छन । यि किसान र उद्यमी सफल हुनाका धेरै रहस्य छन । केही समय अघि रेडियो सगरमाथा र स्थानीय रेडियोको पहलमा विराटनगर, हेटौंडा र नेपालगञ्जमा यिनै सफलताका कथा सुन्न र सुनाउन अनुभव आदान प्रदान कार्यक्रम समेत गरियो ।

समिटको बाइट ः


मान्छेमा इच्छाशक्ति र सीप, ज्ञान छ भने त्यो जग्गा जमिन पुँजी नभएपनि गर्न सकिन्छ ।

सुरुमाचाही हामीले भाडामा बसेर गाईपालनको क्षेत्रमा काम गयौं र अहिले हामीसंग २० २५ वटा गाई छ । लगभग दिनमा एक डेढ सय दुध घरैबाट गछौं ।

सहकारी त्यही हो जो सहकार्य गर्नसक्छ ,सहकार्य गर्न सक्छ ।

जनशक्तिको कमि होईन हाम्रो मानसिकतामा कमि छ ।

सकियो इच्छाशक्ति भयो भने हामी जे पनि गर्न सकिन्छ ।

कृषिको बिकासको लागी सरकारको निति स्पस्ठ हुनप¥यो ।

हाम्रो देशको युवाशक्ति कस्तो खालको छ भन्नुहन्छ भने एक करोड पैसा एकै रातमा चाहियो ।

नेपाललाई बचाउने भनेको कृषि नै हो । नेपाली युवालाई रोजगारी दिने सम्पुर्ण कुरा कृषि नै छ ।

साँच्चै देशको माया गर्ने हो भने देशको समस्यालाई बुझै र समस्याको समाधान गरौं ।

कुनै पनि मानिसको आर्थिक बिकास हुनुभनेको सामाजिक र साँस्कृतिक बिकास हुँन उतिकै आवश्यक छ । जव सम्म सामाजिक बिकास हुँदैन तब सम्म आर्थिक बिकास हुँदैन ।

सबभन्दा पहिलो त्यो युवाहरुमा कमाउने क्षमता भईदियो भने हाम्रो गाउको बिकास हैन व्यक्तिको उत्थानमात्र होइन देशकै राष्टकै उत्थान हुन्छ । यदि पैसा कमायो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । त्यो दुई पैसा अरुलाई गयो भने अरुले पनि त्यो चाहाना बोक्छ । त्यो सीप आउछ । उसमा कुनै यदि रोजगारका कार्य संञ्चालन गर्दछ भने त्यो अरुले पनि हेरेर अरुलाई पनि देखाउँछ ।

उन्नतिको लागी राजनिति भन्दा पनि आर्थिक बिकासलाई नै जोड दिनु पर्छ भन्ने मलाई लाग्छ ।

हरेक नेपालीलाई काम गर्न गाह्रो हुन्छ । किन भने समाजले चाही कुनै पनि सानो काम ग¥यो भने त्यो व्याक्तिलाई होच्याएर बोलाउछ । यदि हजुरहरु कोहि हुनुहन्छ भने तपाइले पनि आफ्नो छोराछोरीलाई साने काम गर्न दिनु हुन्न । किन भने त्यसको समाजले चाँही होच्याउछ । फलानोको छोराले यस्तो काम गरेछ । हो त्यसकारण यस्तो सानो काम गर्नेलाई नै होच्याउछ । भनेपछि हरेक व्यक्तिले काम गर्न दिइदैन त्यसकारण हरेक व्यक्ति उद्यमशील बन्न खोज्दा खोज्दै पनि सानो कामको दृष्टिकोणले पनि काम गर्न गाह्रो हुन्छ ।

एक घारबाट मैरी पालन सुरु गरें र अहिले म संग ५० घार मैरी छ । र म अहिले मैरीबाट गर्दै जाँदा राम्रो आन्दानी हुँै गयो । त्यसले गर्दा अहिले म मैरी पालन पेसामा चाही अग्रसर भएर लागी राख्या छु ।

अनि अहिले यो पेसा नहँुने यो भनैं न यो असार श्रावन पैसा नहुँने बेलामा अहिले भटाभट पैसा लिदै छु ।

किन हिरो हँुन पुग्नु भो उहाँहरु ? भने उहाँहरुले आर्थिक बिकासमा आफ्नो पेसालाई लिएर जोड्न पुग्नु भो । उहाँले तरकारी खेती गर्न भयो के हो तरकारी खेती ? तरकारी खेती गर्दाखेरी आर्थिक सफल कसरी पाउनुभयो उहाँहरुलाई मात्र तरकारी खेत ीगर्ने चोच कसरी आयो ? अरु किसान साथीहरुलाई किन आएन ? अरु किसानहरुलाई किन आएन ? हाँडी खोलाको नरहरी नन्दन दाईहरुले उत्पादन गरेको ३ रुपैँयाको १५ रुपैँया किन पाएन १५ रुपैँया हामीहरुले किन लिन प¥यो ? त्यही विषयको चिजको खोजको बिचमा यसलाई जोडेर अझ आर्थिकरुपमा अगाडी लानुको निम्ती जम्मैले जम्मैकुरा जानेको हँुदैन । मैले जानेको कुरा भन्दा नजानेको कुरा धेरै छ ।

सबै मान्छेमा एउटा सिप हुन्छ कला हुन्छ । हैन त्यसले त्यो कलालाई प्रयोग गर्न जान्नु पर्छ । यदि त्यो ग¥यो भने पक्कै पनि राम्रो हुन्छ ।

आफ्नो देशको उत्पादन भएको सामन जति चाही आफ्नै देशमा खपत गरेर अनि मात्रै देशबाट अन्य देशबाट ल्यानु पर्ने जस्तो लाग्छ ।

आफै रोजगार गर्न सकियो भने मात्रै स्वरोजगारी हुन सक्छ । सानो सानो छरिएर रहेका पुजीहरुलाई सङ्कलन गर्दै उनीहरुलाई अबश्यकता अनुसार त्यहा के गर्न सकिन्छ ? उनीहरुको आबश्यक्ता केहो? थारै भएपनि पुँजी गरेर उत्पादन बढि गर्न सकिने कामा मैले प्ररित गरेको छु ।

एउटा मसँग गोरु थियो । त्यो बेचेर एउटा साने पसल गराएँ । त्यो पसल गराएर चाही अब त्यसैबाट कमाउदा कमाउदै अहिले मानौन सानो किराना पसल भन्दा अलि चलेको छ । त्यो पसलबाट आफ्नो बालबच्चा बुवा आमा अरु जो जति छ सबै पाली राख्यो छु ।


जीवन राम्रो बनाउने भन्ने चहना सबैको हुन्छ । त्यस्तो खालको जो मान्छेसँग त्यो खालको टोरेन्ट पावर हुन्छ नी धैर्यता हुन्छ नी एकदमै कम मान्छेमा हुन्छ । त्यस्तो टोरेन्ट पावर त ।

उहाँहरु लगाएत अन्य पिडितहरुलाई कसरी समेट्ने यो आर्थिक सवालमा । आर्थिक बिकासको सवालमा चाही कसरी समेट्ने भन्ने कुराहरुको सवाल चाही छलफल गर्नुपर्ला ।

द्धन्द्धपिडित पहिलाहरु धेरै अगाडि सारिरहनु भएको अबस्था र अरु एकल महिलाहरुलाई अगाडी लाने के सोच बनाउने भएको छ । अरु एकल महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ ।

खाडि मुलुक गएर काम गर्नेको एकदुई जनाले बाहेक मजबुरी गर्ने हो । त्यहाँ गएर यहाँ यसएससी पास गरेको सर्टिफिकेट देखाएर त्यहाँ कुर्सीमा बस्ने जागिर पाइदैन । त्यति मेहनेत गर्ने हो भने यहाँ आफूसँग भएको दस कट्ठा एक बिगहा जमिलाई सदुपयोग गर्ने हो भने त्यहाँबाट ल्याउने जति खान लाउन प्रशस्त पुग्छ ।

उहाँहरु एउटा आत्मवल उच्च पारेर आउनु भएको ब्यातित्व हुनुहुन्छ । यसरी द्धन्द्धबाट पिडित भएर पनि उहाँहरुले आफ्नो मनलाई सानो पार्नु भएको छैन । आत्मबल उच्च पारेर उद्यमसिलतामा लागेर उद्यमशिलताबाट हामी अगाडी बढ्न सक्छौ र आफ्नो परिवारलाई अगाडि बढाउन सक्छौ । आफ्नो भाबि सन्ततीलाई राम्रो किसिमले शिक्षादिक्षा उपलब्ध गराएर एउटा सही मार्ग प्रशस्त गर्न सक्छौ भन्ने उहाँहरुको उच्चबल रहेको पाइयो ।

सोनाम सिं स्याङतान
सदस्य, स्थानिय शान्ति समिति, मकवानपुर

अब त्यसलाई बाटो देखाउने कुराहुन सक्छ । भने कतिपय आफ्नो खुट्टामा उभिन सक्ने छैन भने प्याकेजमा प्रंोग्राम चाही आर्थिक लगानीको प्रोग्राम दिन प¥यो । के के गर्नेु प¥यो त्यसको क्यटगोरी गरेर भनौ समस्यालाई सही कुराको समस्या के हो भनेर समस्याको निर्धारण गरेपछि त्यो अनुसारको चही समस्याहरुको समाधान सरकारले चही ध्यान दिनुपर्छ ।

सबै नागरिकहरु आफ्नो खुट्टामा उभिन सक्ने हुन सकोस । कम्तिमा आफै योग्य नहुँदा सम्म यहाँ बिभिन्न ढंगले उत्पीडनमा परेका छन् । त्यो नीतिगत समस्याको समाधान राज्यले गर्नु पर्छ । त्यसको भोली चाही आफ्नो खुट्टामा उभेर गास बास कपास स्वास्थ्या रोजगारहरु जस्ता आधारभूत समस्याहरु आबश्यक्ताबाट बिमुख हुन नपरोस नागरिकहरु ।


एकमाया, टिका, श्रीराम, रामकेवल र नारायण सबैको सफलताका पछाडि कडा परिश्रम, लगनशिलता र मेहनत लुकेको छ । एकपटक अस्तव्यस्त भएको जीवनलाई आर्थिक विकासकै माध्यामबाट अघि बढाउन उनीहरु सफल भएका छन । आर्थिक विकासको यो बाटो नअपनाएका भए उनीहरु सबैका उदाहरणीय बन्ने थिएनन । उनीहरुले गरेको काम आफू स्वयं, परिवार र समाजका लागि फाइदाजनक छ । अनी दिगो शान्ति र समुन्नत समाजको बाटोमा लाग्छु भन्नेहरुका लागि प्रेरणादायी पनि ।