Friday, June 24, 2011

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

चितवनको पश्चिमी भेगका सुख्खा जमिनमा सिंचाई गर्न पूर्वी चितवनको खगेडी खोलाबाट पानी ल्याईयो । सिंचाइका लागि ल्याएको नहरको पानी जमेर यहाँ ताल बन्यो । मुहानबाट २० हजार फिट टाढा बनेको यस तालको नाम नै बीसहजारी ताल रह्यो । समय बित्दै जाँदा यो क्षेत्र राम्रो सिमसार बन्यो । यहाँको ३२ सय हेक्टर मध्ये १ सय हेक्टर जमिन अझै पनि पानीले ढाकेको छ । यसको छेउमा १७ हजारी र २८ हजारी नामका ससाना ताल पनि छन ।

बिसहजारी सिमसार क्षेत्रमा अहिले १७ प्रजातिका माछा पाइन्छन । दुर्लभ घडियाल गोही र धेरै थरि चराको वासस्थान बनेको छ, यो तालक्षेत्र । ताल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको छ । त्यसैले यो क्षेत्र दुर्लभ पाटे बाघ र एक सिंगे गैंडाको समेत वासस्थान बनेको छ । धेरै प्रजातिका वनस्पति, जलचर, चराचुरुङ्गी र जनावर पाइने हुँदा यो क्षेत्र जैविक विविधताका हिसाबले अत्यन्त महत्वपूर्ण छ ।

सिमसार क्षेत्रको महत्व जैबिक बिबिधतामा मात्रै सिमित छैन । यो त स्थानीय मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । यस्ता सिमसार क्षेत्रहरु मध्ये धेरै धार्मिक र सांस्कृतिक महत्वका छन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त सबै सिमसार क्षेत्रले मानिसलाई कुनै न कुनै रुपमा आर्थिक फाइदा दिएको छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
बिसहजारी तालको फाइदा गाउँलाई र देशलाई नै ................. छ ।

यो तालको अर्को आकर्षण भनेको हिउँदमा जाडो छल्न र बच्चा हुर्काउन आउने परदेशी चराहरु हुन । जैबिक बिबिधताले भरिपूर्ण यो ताल संरक्षणकै लागि आठ बर्ष अघि यसलाई रामसार सूचिमा सूचिकृत गरिएको छ । रामसार महासन्धीले सिमसार क्षेत्रको दिगो उपयोग र सहभागितामुलक संरक्षणमा जोड दिएको छ । सिमसारलाई जस्ताको तस्तै राख्न संरक्षणका काममा विशेष ध्यान दिनु आवश्यक छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
तालको सफाइ गर्न सकेमा निक्कै राम्रो हुने थियो ............. काम गर्न सकेको छैन ।

बिसहजारी तालसम्म पुग्न धेरै गाह्रो छैन । पूर्व पश्चिम राजमार्गमा पर्ने टिकौलीबाट ३ किलोमिटर भित्र छिरेपछि यो ताल भेटिन्छ । ताल वरिपरि मृगका बथान प्रशस्तै देख्न पाइन्छ । जंगलमा छिर्ने बित्तिकै सुनिने थरी थरीका चराहरुको आवाजले जोकोहीलाई आनन्दीत बनाउँछ ।

जगत बहादुर गुरुङ ः पोखरा,४, कास्की
वातावरण भने जस्तो नपाएको फेवातालमा निक्कै हल्लाखल्ला छ भने यहाँ शान्त छ । ............।

तालबाट प्रत्यक्ष फाइदा नपाएपछि संरक्षणका काममा स्थानीय मानिसहरुलाई सहभागी गराउन सकिएको छैन । उनीहरु मन नलागी नलागी यो क्षेत्रको संरक्षणका काम गरिरहेका छन ।
नेपाल सरकारले अनुमोदन गरेपछि सन् १९८८ साल अप्रील महिनाको १७ तारिखदेखि नेपालमा यो सन्धी लागु भएको हो । अहिलेसम्म तराई, पहाड र हिमाली क्षेत्रका समेत गरि ९ वटा सिमसार क्षेत्रहरु रामसारमा सूचिकृत भएका छन । यसले ३४,४५५ हेक्टर क्षेत्रफल ओगटेको छ । रामसारमा परेका सिमासार क्षेत्रहरुमा १७२ प्रजातिका माछा, १९० प्रजातिका चरा, दुर्लभ घडियाल गोही, मगर गोही समेत गरि झण्डै ३७० विभिन्न प्रजातिका जीवजन्तु र चराचुरुङ्गी पाइन्छन । त्यसैले जैबिक बिबधता संरक्षणका हिसाबले यी क्षेत्रहरु संसारकै उत्कृष्ट नमुना हुन ।

गैडाहवाताल
रुपन्देही बिष्णुपुराको गैडाहवा तालमा कुनै बेला एकसिंगे गैंडा आहाल बस्थ्यो भन्ने भनाई छ । त्यही भएर यो तालको नाम गैडाहवा राखिएको स्थानीय मानिसको विश्वास छ । तर अहिले अबस्था फेरिएको छ । करिव ६५ हेक्टर क्षेत्रमा फैलिएको तालको पानी सकेर चरण क्षेत्र भएको छ ।

बर्खामा पानी परको बेला यो तालमा पानी जम्मा हुन्छ । त्यही पानीले विष्णुपुरा गाउँको पाँच सय बिगाहा खेतमा सिँचाई पुग्छ । सिंचाईका लागि तालको पानी निकाल्दा कति पानी तालमा छोड्ने भन्ने नियम छैन । त्यसैले ताल सुकाएरै खेतिका लागि पानी लगिन्छ ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
ताल बिभिन्न कारणले सुकेको हो ।

तालको पानी सुक्नुको कारण अर्को पनि छ । केही बर्ष अघिसम्म गैंडहवा ताल माछा पालनका लागि ठेक्कामा दिने चलन थियो । गाउँ विकास समितिलाई ५ बर्षका लागि ८ लाख रुपैयाँ तिररे पोखरीमा माछा पाल्न थालियो । ठूलो भएपछि बिक्रिका लागि माछा समाउन गा¥हो भयो । उनीहरुले सजिलो उपाय निकाले । तालको पानी मेसिन लाएर बाहिर फ्याक्ने अनि माछा समाउने । यसले गर्दा तालको पानी बाहिर गयो र ताल हिउँदमा गाइवस्तुको चरण बन्यो ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
तालबाट उठ्ने पैसा गाबिसले अरु कामकै लागि प्रयोग गर्छ । ................... ।

ताल छेउकै स्थानिय बासिन्दाले यस्तो कामको बिरोध गरे । बिरोध साम्य पार्न संरक्षणको जिम्मेवारी स्थानीय वासिन्दालाई नै दिने कुरा भयो । ताल संरक्षणका लागि ६ बर्ष पहिले तदर्थ समिति बन्यो । ताल संरक्षणमा लागेकाहरुले व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानिय वासिन्दालाई दिन माग गरे । तर उनीहरुको कुरा सुनिएन । त्यसको परिणाम ताल अहिलेको अवस्थमा आइपुग्यो । पटेरा, रातो हाँस, बकुल्लाका विभिन्न प्रजातिहरु तालको पानीसँगै हराउँदैछन । हिउँदमा आउने परदेशी चराहरु समेत अब देखिन छाडेका छन ।

तुलबहादुर बिक ः बिष्णुपुरा १, गैडहवाताल, रुपन्देही
ताल भएकोमा धेरै फाइदा छ स्थानिय मानिसलाई......... ।

धेरै धार्मिक पर्यटक आउने लुम्वनी देखि १२ किलो मिटर मात्र टाढा रहेको यो तालमा पर्यटनको सम्भावना निक्कै छ । तर त्यसका लागि सबैले काम गर्न जरुरी छ ।

जगदिसपुर ताल

चालिस बर्ष अघि सम्म यहाँ मानिसको बसोबास थियो । अहिले पानी नै पानी भएको यो ठाउँमा जगिरा नामको सानो ताल थियो । त्यही जगिरा तालमा मानिसहरु माछा मार्थे, पौडि खेल्थे ।

कपिलवस्तुको निग्लिहवामा रहेको यो मानव निर्मित तालको १५७ हेक्टर पानीले भरिएको छ । यो पानी बाणगंगा नदीबाट सिंचाइका लागि ल्याइएको हो । लक्षणघाटमा बाँध बाँधेर ल्याएको पानी यहाँको बस्ती उठाएर जमाइयो । जगिरा ताल भएको ठाउँमा सिंचाइका लागि ल्याएको पानी जमाएपछि जगदिशपुर ताल भन्न थालियो । यो नेपालकै ठूलो मानव निर्मित ताल बन्यो ।

राजेन्द्र धरिकार ः निग्लीहवा १, जगदिसपुर, कपिलवस्तु
कुनै बेला गाउँ भएको कुरा...................।

तालको पानीले कपिलबस्तु जिल्लाकै आधा भागमा सिंचाइ सुविधा पुगेको छ । यहाँको पानीले ६ हजार २ सय हेक्टरमा सिंचाई सुविधा पुगेको छ ।

आत्मराम पौडेल ः निग्लीहवा,२, जगदिसपुर, रुपन्देही
ताल नभएको भए धेरै ठाउमा सिंचाइको काम हुन गा¥हो छ । ......... ।

त्यति मात्र होइन अहिले यो तालमा १३ प्रजातिका पानीमा पाइने बनस्पति छन् । माछाका २५ प्रजाति, १८ प्रजातिका घरपालुवा र जंगली जनावरहरु र ४२ प्रजातिका पन्छीले यही तलाउमा आश्रय पाएका छन ।

जाडोको बेला यो तालको रौनक झन बढ्छ । हिमाली भेगका चराहरु यहाँसम्म आउँछन्, बच्चा हुर्काउँछन र गर्मी बढेपछि फेरी हिमालतिरै फर्कन्छन् । यही महत्वकै कारण यो क्षेत्र पनि रामसारमा सूचिकृत भएको छ ।

जैबिक बिबिधताले धनि यो ठाउँलाई बेलाबेलामा मिचाहा प्रवृतिका लेउ र झारले ढाक्ने गर्छ । केही समय अघि यस्तै झारले तालको पानी ढाक्यो । नेपाल पन्क्षी संरक्षण संघ लगायत अन्य संघसंस्थाको सहयोगमा स्थानीय मानिसहरुले ताल सफा गरे । तालबाट निकालेको जलकुम्भीको उपयोग गर्ने विचार गरे । स्थानीय रुपमा पाइने अरु झार मिसाए र हस्तकलाका आकर्षक सामाग्री बनाए । यहाँ आउनेहरुले अहिले पनि यस्ता सामानहरु जगदिसपुरको चिनोका रुपमा लान्छन् ।

घोडाघोडी ताल
एक सय चालिस प्रजातिका चरा, २९ प्रजातिका माछा, नौ प्रजातिका घस्रने जनावर र ४५० प्रजातिका वनस्पति पाइने घोडाघोडी ताल रामसारमा सूचिकृति अर्को संरक्षित क्षेत्र हो । कैलालीको दरख, रामशिखरझाला र साँडेपानी गाउँ विकास समितीको २५६३ हेक्टर भूभागमा यो ताल फैलिएको छ । प्राकृतिक रुपमै रहेको यो तालमा संरक्षणका काम सुरु गरेपछि यसको अवस्था सुधार भएको छ । संरक्षणका काम गर्नुभन्दा अगाडि सम्म तालको धेरै पानी खेतमा लगिन्थ्यो । ताल सुकेको थियो ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
ताल कुनै बेला सुकेर नौटकी भएको थियो । खेती गर्नेलाई निक्कै फाइदा भएको छ ।

अहिले अबस्था फरिएको छ । तालमा पानी भरिएको छ । गोही, कछुवा र चराहरु रमाउन थालेका छन् । जाडो मौसममा यहाँ झन रमाइलो हुन्छ । परदेशसी चराहरुको झुण्ड साइबेरिया देखि यहाँसम्म आइपुग्छ । हिजोआज यहाँ रमाइलोका लागि आउनेहरुको संख्या पनि बढीरहेको छ ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
स्थानिय रुपमा मानिसहरु आएर बसेमा स्थानियलाई नै फाइदा हुने ।

डुङ्गा चढेर ताल घुम्ने र वनभोजका लागि आउनेहरुबाट सानो तिनो आम्दानी भइरहेको छ । यस्तो आम्दानी ताल संरक्षणमै खर्च भइरहेको छ ।

यो ताल थारुहरुका लागि अति नै महत्वपूर्ण छ । यहाँको मन्दिर उनीहरुको धार्मिक स्थाल पनि हो । ताल सँगै रहेको सनातन धर्म संस्कृति बेदबिद्याश्रममा आर्थिक अबस्था कमजोर भएका २० जना बिद्यार्थी पढ्छन् । तालमा उठेको रकम यिनै बिद्यार्थीका लागि खर्च हुन्छ ।

नारायण क्षेत्री दरख गाउँबिकास समिती १,लक्ष्मीपुर, कैलाली
एक लाख रुपैया उठ्छ सनातन बिद्यालयमा खर्च गरका छौ ।

यो ताल चुरे र भावर क्षेत्रमा छ । यसले यो भन्दा तल्लो तराईका लागि सिंचाईको काम गर्छ । यहाँ पाइने केही प्रजातिका चराहरु अन्यत्र कहिं पनि पाईंदैनन । त्यसैले यस्ता सिमसार मासिनु भनेको एउटा सिंगो प्रजातिको वंश नासहुनु हो ।

शुक्लाफाँटा वन्य जन्तु आरक्ष
ताल मात्रै होइन तराईमा फाँटा सहितका सिमसार क्षेत्र पनि त्यत्तिकै महत्वपूर्ण छन । ठूलाठूला घाँसे मैदान भएको शुक्लाफाँटा वन्य जन्तु आरक्ष विश्वमै धेरै बाह्रसिंगा पाइने संरक्षित क्षेत्र हो । भर्खरै गरिएको गणना अुनसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या १८ सयको हाराहारीमा पुगेको छ । त्यसो त यहाँ लोपोन्मुख पाटेबाघ र चितवनबाट ल्याइएका एकसिंगे गैडा पनि छन ।

खरमयुर, धनेश, सारस लगायत ४२४ थरिका पन्छीका लागि यो आरक्ष बासस्थान हो । २४३ बर्ग किलोमिटरमा फैलिएको आरक्षमा तीन थरिका माछा र २५ थरिका पुतली पनि पाइन्छन । संरक्षीत क्षेत्रलाई जनताबाट पर राखेर होइन जनता सँगसँगै लैजाने प्रयासको भएको छ ।

युवराज रेग्मी ः प्रमुख संरक्षण अधिकृत,
शुक्लफाँटा वन्यजन्तु आरक्ष
संरक्षणले जनतालाई फाइदा पु¥याउने.............. ।
प्रत्यक्ष सरोकारवालालाई फाइदा नपु¥याइ संरक्षण असम्भव.. ।

महत्वपूर्ण सिमसार क्षेत्रको अध्ययनको यो काम बिसहजारीबाट सुरु भएर शुक्लाफाँटामा अन्त्य भयो । नेपाल वातावरण पत्रकार समूहले सिमसार संरक्षण तथा सदुपयोग आयोजनाको सहयोगमा विभिन्न संचार माध्याममा काम गरिरहेका पत्रकारहरुका लागि सिमसार क्षेत्रको अवस्था हेर्ने व्यवस्था मिलाएको थियो । पत्रकारहरुले विभिन्न ठाउँमा संरक्षणका काममा स्थानिय मानिसको चासो कम हुनुको कारण पहिल्याउने कोशिस गरे ।

प्रकाश ः तराई भूपरिधी कार्यक्रम
संरक्षण निरपेक्ष हुदैन । जनतालाई फाइदा नल्याई संरक्षण गर्न सकिन्न ।

माधव खड्का ः डब्लुडब्लुएफ नेपाल
जनताको लागि संरक्षण भन्ने भएन भने काम हुदैन ।

बिजयराज पौडेल ः क्षेत्रीय निर्देशक, सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्दैशनालय, धनगढी, कैलाली
सिमसार क्षेत्रलाई संरक्षणमा भैरहेको प्रयास.............

संरक्षणका काममा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । यहाँ भएका राम्रा र नराम्रा कुराहरु बाहिर आउन सके भने यसले अगाडि बढ्न थप बल पुर्याउँछ ।

माधव घिमिरे, रेडियो नेपाल
अरुले बनाइ दिएको कल्पना भन्दा फरक छ । ........ ।
यसले फाइदा पु¥याउला संरक्षणमा......... ।

सीमा लामा, हिमालयन टेलीभिजन
संरक्षणको पर्खाइमा छ सिमसार क्षेत्र ।
समन्वयको अभाव......... ।

मुना कुँवर, न्युज ट्वान्टीफोर
मलाई पनि फाइदा भएको छ । सिमसारको बारेमा निक्कै बुझेकी छु ।
फाइदा स्थानिय जनताले भन्ने बुझे जस्तो छैन ।

राजेन्द्र बस्नेत ः सचिव, नेपाल वातावरण पत्रकार समुह
उचित ब्यबस्थापनको अभाव छ । अपनत्व पनि कम छ ।
भ्रमण उपलब्धी पूर्ण........

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

चितवनको पश्चिमी भेगका सुख्खा जमिनमा सिंचाई गर्न पूर्वी चितवनको खगेडी खोलाबाट पानी ल्याईयो । सिंचाइका लागि ल्याएको नहरको पानी जमेर यहाँ ताल बन्यो । मुहानबाट २० हजार फिट टाढा बनेको यस तालको नाम नै बीसहजारी ताल रह्यो । समय बित्दै जाँदा यो क्षेत्र राम्रो सिमसार बन्यो । यहाँको ३२ सय हेक्टर मध्ये १ सय हेक्टर जमिन अझै पनि पानीले ढाकेको छ । यसको छेउमा १७ हजारी र २८ हजारी नामका ससाना ताल पनि छन ।

बिसहजारी सिमसार क्षेत्रमा अहिले १७ प्रजातिका माछा पाइन्छन । दुर्लभ घडियाल गोही र धेरै थरि चराको वासस्थान बनेको छ, यो तालक्षेत्र । ताल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको छ । त्यसैले यो क्षेत्र दुर्लभ पाटे बाघ र एक सिंगे गैंडाको समेत वासस्थान बनेको छ । धेरै प्रजातिका वनस्पति, जलचर, चराचुरुङ्गी र जनावर पाइने हुँदा यो क्षेत्र जैविक विविधताका हिसाबले अत्यन्त महत्वपूर्ण छ ।

सिमसार क्षेत्रको महत्व जैबिक बिबिधतामा मात्रै सिमित छैन । यो त स्थानीय मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । यस्ता सिमसार क्षेत्रहरु मध्ये धेरै धार्मिक र सांस्कृतिक महत्वका छन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त सबै सिमसार क्षेत्रले मानिसलाई कुनै न कुनै रुपमा आर्थिक फाइदा दिएको छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
बिसहजारी तालको फाइदा गाउँलाई र देशलाई नै ................. छ ।

यो तालको अर्को आकर्षण भनेको हिउँदमा जाडो छल्न र बच्चा हुर्काउन आउने परदेशी चराहरु हुन । जैबिक बिबिधताले भरिपूर्ण यो ताल संरक्षणकै लागि आठ बर्ष अघि यसलाई रामसार सूचिमा सूचिकृत गरिएको छ । रामसार महासन्धीले सिमसार क्षेत्रको दिगो उपयोग र सहभागितामुलक संरक्षणमा जोड दिएको छ । सिमसारलाई जस्ताको तस्तै राख्न संरक्षणका काममा विशेष ध्यान दिनु आवश्यक छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
तालको सफाइ गर्न सकेमा निक्कै राम्रो हुने थियो ............. काम गर्न सकेको छैन ।

बिसहजारी तालसम्म पुग्न धेरै गाह्रो छैन । पूर्व पश्चिम राजमार्गमा पर्ने टिकौलीबाट ३ किलोमिटर भित्र छिरेपछि यो ताल भेटिन्छ । ताल वरिपरि मृगका बथान प्रशस्तै देख्न पाइन्छ । जंगलमा छिर्ने बित्तिकै सुनिने थरी थरीका चराहरुको आवाजले जोकोहीलाई आनन्दीत बनाउँछ ।

जगत बहादुर गुरुङ ः पोखरा,४, कास्की
वातावरण भने जस्तो नपाएको फेवातालमा निक्कै हल्लाखल्ला छ भने यहाँ शान्त छ । ............।

तालबाट प्रत्यक्ष फाइदा नपाएपछि संरक्षणका काममा स्थानीय मानिसहरुलाई सहभागी गराउन सकिएको छैन । उनीहरु मन नलागी नलागी यो क्षेत्रको संरक्षणका काम गरिरहेका छन ।
नेपाल सरकारले अनुमोदन गरेपछि सन् १९८८ साल अप्रील महिनाको १७ तारिखदेखि नेपालमा यो सन्धी लागु भएको हो । अहिलेसम्म तराई, पहाड र हिमाली क्षेत्रका समेत गरि ९ वटा सिमसार क्षेत्रहरु रामसारमा सूचिकृत भएका छन । यसले ३४,४५५ हेक्टर क्षेत्रफल ओगटेको छ । रामसारमा परेका सिमासार क्षेत्रहरुमा १७२ प्रजातिका माछा, १९० प्रजातिका चरा, दुर्लभ घडियाल गोही, मगर गोही समेत गरि झण्डै ३७० विभिन्न प्रजातिका जीवजन्तु र चराचुरुङ्गी पाइन्छन । त्यसैले जैबिक बिबधता संरक्षणका हिसाबले यी क्षेत्रहरु संसारकै उत्कृष्ट नमुना हुन ।

गैडाहवाताल
रुपन्देही बिष्णुपुराको गैडाहवा तालमा कुनै बेला एकसिंगे गैंडा आहाल बस्थ्यो भन्ने भनाई छ । त्यही भएर यो तालको नाम गैडाहवा राखिएको स्थानीय मानिसको विश्वास छ । तर अहिले अबस्था फेरिएको छ । करिव ६५ हेक्टर क्षेत्रमा फैलिएको तालको पानी सकेर चरण क्षेत्र भएको छ ।

बर्खामा पानी परको बेला यो तालमा पानी जम्मा हुन्छ । त्यही पानीले विष्णुपुरा गाउँको पाँच सय बिगाहा खेतमा सिँचाई पुग्छ । सिंचाईका लागि तालको पानी निकाल्दा कति पानी तालमा छोड्ने भन्ने नियम छैन । त्यसैले ताल सुकाएरै खेतिका लागि पानी लगिन्छ ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
ताल बिभिन्न कारणले सुकेको हो ।

तालको पानी सुक्नुको कारण अर्को पनि छ । केही बर्ष अघिसम्म गैंडहवा ताल माछा पालनका लागि ठेक्कामा दिने चलन थियो । गाउँ विकास समितिलाई ५ बर्षका लागि ८ लाख रुपैयाँ तिररे पोखरीमा माछा पाल्न थालियो । ठूलो भएपछि बिक्रिका लागि माछा समाउन गा¥हो भयो । उनीहरुले सजिलो उपाय निकाले । तालको पानी मेसिन लाएर बाहिर फ्याक्ने अनि माछा समाउने । यसले गर्दा तालको पानी बाहिर गयो र ताल हिउँदमा गाइवस्तुको चरण बन्यो ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
तालबाट उठ्ने पैसा गाबिसले अरु कामकै लागि प्रयोग गर्छ । ................... ।

ताल छेउकै स्थानिय बासिन्दाले यस्तो कामको बिरोध गरे । बिरोध साम्य पार्न संरक्षणको जिम्मेवारी स्थानीय वासिन्दालाई नै दिने कुरा भयो । ताल संरक्षणका लागि ६ बर्ष पहिले तदर्थ समिति बन्यो । ताल संरक्षणमा लागेकाहरुले व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानिय वासिन्दालाई दिन माग गरे । तर उनीहरुको कुरा सुनिएन । त्यसको परिणाम ताल अहिलेको अवस्थमा आइपुग्यो । पटेरा, रातो हाँस, बकुल्लाका विभिन्न प्रजातिहरु तालको पानीसँगै हराउँदैछन । हिउँदमा आउने परदेशी चराहरु समेत अब देखिन छाडेका छन ।

तुलबहादुर बिक ः बिष्णुपुरा १, गैडहवाताल, रुपन्देही
ताल भएकोमा धेरै फाइदा छ स्थानिय मानिसलाई......... ।

धेरै धार्मिक पर्यटक आउने लुम्वनी देखि १२ किलो मिटर मात्र टाढा रहेको यो तालमा पर्यटनको सम्भावना निक्कै छ । तर त्यसका लागि सबैले काम गर्न जरुरी छ ।

जगदिसपुर ताल

चालिस बर्ष अघि सम्म यहाँ मानिसको बसोबास थियो । अहिले पानी नै पानी भएको यो ठाउँमा जगिरा नामको सानो ताल थियो । त्यही जगिरा तालमा मानिसहरु माछा मार्थे, पौडि खेल्थे ।

कपिलवस्तुको निग्लिहवामा रहेको यो मानव निर्मित तालको १५७ हेक्टर पानीले भरिएको छ । यो पानी बाणगंगा नदीबाट सिंचाइका लागि ल्याइएको हो । लक्षणघाटमा बाँध बाँधेर ल्याएको पानी यहाँको बस्ती उठाएर जमाइयो । जगिरा ताल भएको ठाउँमा सिंचाइका लागि ल्याएको पानी जमाएपछि जगदिशपुर ताल भन्न थालियो । यो नेपालकै ठूलो मानव निर्मित ताल बन्यो ।

राजेन्द्र धरिकार ः निग्लीहवा १, जगदिसपुर, कपिलवस्तु
कुनै बेला गाउँ भएको कुरा...................।

तालको पानीले कपिलबस्तु जिल्लाकै आधा भागमा सिंचाइ सुविधा पुगेको छ । यहाँको पानीले ६ हजार २ सय हेक्टरमा सिंचाई सुविधा पुगेको छ ।

आत्मराम पौडेल ः निग्लीहवा,२, जगदिसपुर, रुपन्देही
ताल नभएको भए धेरै ठाउमा सिंचाइको काम हुन गा¥हो छ । ......... ।

त्यति मात्र होइन अहिले यो तालमा १३ प्रजातिका पानीमा पाइने बनस्पति छन् । माछाका २५ प्रजाति, १८ प्रजातिका घरपालुवा र जंगली जनावरहरु र ४२ प्रजातिका पन्छीले यही तलाउमा आश्रय पाएका छन ।

जाडोको बेला यो तालको रौनक झन बढ्छ । हिमाली भेगका चराहरु यहाँसम्म आउँछन्, बच्चा हुर्काउँछन र गर्मी बढेपछि फेरी हिमालतिरै फर्कन्छन् । यही महत्वकै कारण यो क्षेत्र पनि रामसारमा सूचिकृत भएको छ ।

जैबिक बिबिधताले धनि यो ठाउँलाई बेलाबेलामा मिचाहा प्रवृतिका लेउ र झारले ढाक्ने गर्छ । केही समय अघि यस्तै झारले तालको पानी ढाक्यो । नेपाल पन्क्षी संरक्षण संघ लगायत अन्य संघसंस्थाको सहयोगमा स्थानीय मानिसहरुले ताल सफा गरे । तालबाट निकालेको जलकुम्भीको उपयोग गर्ने विचार गरे । स्थानीय रुपमा पाइने अरु झार मिसाए र हस्तकलाका आकर्षक सामाग्री बनाए । यहाँ आउनेहरुले अहिले पनि यस्ता सामानहरु जगदिसपुरको चिनोका रुपमा लान्छन् ।

घोडाघोडी ताल
एक सय चालिस प्रजातिका चरा, २९ प्रजातिका माछा, नौ प्रजातिका घस्रने जनावर र ४५० प्रजातिका वनस्पति पाइने घोडाघोडी ताल रामसारमा सूचिकृति अर्को संरक्षित क्षेत्र हो । कैलालीको दरख, रामशिखरझाला र साँडेपानी गाउँ विकास समितीको २५६३ हेक्टर भूभागमा यो ताल फैलिएको छ । प्राकृतिक रुपमै रहेको यो तालमा संरक्षणका काम सुरु गरेपछि यसको अवस्था सुधार भएको छ । संरक्षणका काम गर्नुभन्दा अगाडि सम्म तालको धेरै पानी खेतमा लगिन्थ्यो । ताल सुकेको थियो ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
ताल कुनै बेला सुकेर नौटकी भएको थियो । खेती गर्नेलाई निक्कै फाइदा भएको छ ।

अहिले अबस्था फरिएको छ । तालमा पानी भरिएको छ । गोही, कछुवा र चराहरु रमाउन थालेका छन् । जाडो मौसममा यहाँ झन रमाइलो हुन्छ । परदेशसी चराहरुको झुण्ड साइबेरिया देखि यहाँसम्म आइपुग्छ । हिजोआज यहाँ रमाइलोका लागि आउनेहरुको संख्या पनि बढीरहेको छ ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
स्थानिय रुपमा मानिसहरु आएर बसेमा स्थानियलाई नै फाइदा हुने ।

डुङ्गा चढेर ताल घुम्ने र वनभोजका लागि आउनेहरुबाट सानो तिनो आम्दानी भइरहेको छ । यस्तो आम्दानी ताल संरक्षणमै खर्च भइरहेको छ ।

यो ताल थारुहरुका लागि अति नै महत्वपूर्ण छ । यहाँको मन्दिर उनीहरुको धार्मिक स्थाल पनि हो । ताल सँगै रहेको सनातन धर्म संस्कृति बेदबिद्याश्रममा आर्थिक अबस्था कमजोर भएका २० जना बिद्यार्थी पढ्छन् । तालमा उठेको रकम यिनै बिद्यार्थीका लागि खर्च हुन्छ ।

नारायण क्षेत्री दरख गाउँबिकास समिती १,लक्ष्मीपुर, कैलाली
एक लाख रुपैया उठ्छ सनातन बिद्यालयमा खर्च गरका छौ ।

यो ताल चुरे र भावर क्षेत्रमा छ । यसले यो भन्दा तल्लो तराईका लागि सिंचाईको काम गर्छ । यहाँ पाइने केही प्रजातिका चराहरु अन्यत्र कहिं पनि पाईंदैनन । त्यसैले यस्ता सिमसार मासिनु भनेको एउटा सिंगो प्रजातिको वंश नासहुनु हो ।

शुक्लाफाँटा वन्य जन्तु आरक्ष
ताल मात्रै होइन तराईमा फाँटा सहितका सिमसार क्षेत्र पनि त्यत्तिकै महत्वपूर्ण छन । ठूलाठूला घाँसे मैदान भएको शुक्लाफाँटा वन्य जन्तु आरक्ष विश्वमै धेरै बाह्रसिंगा पाइने संरक्षित क्षेत्र हो । भर्खरै गरिएको गणना अुनसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या १८ सयको हाराहारीमा पुगेको छ । त्यसो त यहाँ लोपोन्मुख पाटेबाघ र चितवनबाट ल्याइएका एकसिंगे गैडा पनि छन ।

खरमयुर, धनेश, सारस लगायत ४२४ थरिका पन्छीका लागि यो आरक्ष बासस्थान हो । २४३ बर्ग किलोमिटरमा फैलिएको आरक्षमा तीन थरिका माछा र २५ थरिका पुतली पनि पाइन्छन । संरक्षीत क्षेत्रलाई जनताबाट पर राखेर होइन जनता सँगसँगै लैजाने प्रयासको भएको छ ।

युवराज रेग्मी ः प्रमुख संरक्षण अधिकृत,
शुक्लफाँटा वन्यजन्तु आरक्ष
संरक्षणले जनतालाई फाइदा पु¥याउने.............. ।
प्रत्यक्ष सरोकारवालालाई फाइदा नपु¥याइ संरक्षण असम्भव.. ।

महत्वपूर्ण सिमसार क्षेत्रको अध्ययनको यो काम बिसहजारीबाट सुरु भएर शुक्लाफाँटामा अन्त्य भयो । नेपाल वातावरण पत्रकार समूहले सिमसार संरक्षण तथा सदुपयोग आयोजनाको सहयोगमा विभिन्न संचार माध्याममा काम गरिरहेका पत्रकारहरुका लागि सिमसार क्षेत्रको अवस्था हेर्ने व्यवस्था मिलाएको थियो । पत्रकारहरुले विभिन्न ठाउँमा संरक्षणका काममा स्थानिय मानिसको चासो कम हुनुको कारण पहिल्याउने कोशिस गरे ।

प्रकाश ः तराई भूपरिधी कार्यक्रम
संरक्षण निरपेक्ष हुदैन । जनतालाई फाइदा नल्याई संरक्षण गर्न सकिन्न ।

माधव खड्का ः डब्लुडब्लुएफ नेपाल
जनताको लागि संरक्षण भन्ने भएन भने काम हुदैन ।

बिजयराज पौडेल ः क्षेत्रीय निर्देशक, सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्दैशनालय, धनगढी, कैलाली
सिमसार क्षेत्रलाई संरक्षणमा भैरहेको प्रयास.............

संरक्षणका काममा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । यहाँ भएका राम्रा र नराम्रा कुराहरु बाहिर आउन सके भने यसले अगाडि बढ्न थप बल पुर्याउँछ ।

माधव घिमिरे, रेडियो नेपाल
अरुले बनाइ दिएको कल्पना भन्दा फरक छ । ........ ।
यसले फाइदा पु¥याउला संरक्षणमा......... ।

सीमा लामा, हिमालयन टेलीभिजन
संरक्षणको पर्खाइमा छ सिमसार क्षेत्र ।
समन्वयको अभाव......... ।

मुना कुँवर, न्युज ट्वान्टीफोर
मलाई पनि फाइदा भएको छ । सिमसारको बारेमा निक्कै बुझेकी छु ।
फाइदा स्थानिय जनताले भन्ने बुझे जस्तो छैन ।

राजेन्द्र बस्नेत ः सचिव, नेपाल वातावरण पत्रकार समुह
उचित ब्यबस्थापनको अभाव छ । अपनत्व पनि कम छ ।
भ्रमण उपलब्धी पूर्ण........

Tuesday, June 21, 2011

Thursday, June 9, 2011

Wednesday, June 8, 2011

शैलुङको शक्ति

शैलुङको शक्ति

भदौको महिनामा देवी देउता घुम्न निस्कन्छन रे । त्यही भएर टाढा टाढाबाट आएका धामीझाँक्रीहरु अहिले शैलुङ डाँडामा जम्मा भएका छन । यो झरीमा उनीहरु यहाँ जम्मा हुनुको एउटै रहस्य हो यिनै बाहिर निस्किएका देवी देउताबाट ज्ञान लिनु । आफूले गर्दै आएको परम्परा कायाम राख्ने र आफूसँग भएको विद्यालाई अझ बढाउने आकांक्षा लिएर विभिन्न ठाउँका झाक्रीहरु यहाँ जम्मा भएका छन ।
दोलखाको शैलुङ क्षेत्रमा भाद्र शुक्ल पुर्णीमा भन्दा तीन दिन अगाडि देखि नै मानिसहरुको घुईंचो लाग्छ ।

रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अघि सत्यजुगमा पराम्परा के रैछ भने सबै देबी देउता चाही नाग पञ्चमीमा भत्रिने रे अनि सबै बर्ता तिर्थ गर्ने घुम्ने कोही बिद्या लिने ज्ञान लिने आफ्नो लिएर जाने रैछ नी त हजुर ।
यो बेलामा शैलुङ नजाने झाँक्री निकै कम हुन्छन । अहिले मानिसहरुमा धामीझाँक्रीले बिरामी निको गराउँछ भन्ने अन्धविश्वास कम हुँदै गएको छ । तर पनि यो नेपाली समाजको निक्कै पुरानो संस्कृति हो, विश्वास हो ।
डिभी ७
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
अगी अगीकाले त थुर्मी उडाउथे कुखुराको फुल उडाउने हामै्र आँखाले देखियो । अहिले कहीकाले पनि सक्दैनन् ।
कथामा सुनेका यस्तै विद्या सिक्न उनीहरु यहाँ आएका हुन । झाक्रीको कुरालाई एकैछिन बिर्सिदिने हो भने शैलुङ साँच्चिनै निकै कुरा सिक्न सकिने ठाउँ हो ।

दोलखाको शैलुङ क्षेत्र काठमाडौबाट १३५ किलोमिटर मात्र टाढा छ । यहाँ जाने बाटो अप्ठ्यारो छ । तर त्यतिकै रमाइलो पनि । यहाँ जाने जो कोहीले मगमग बासना आउने बुकी फूल देख्न र छुन पाउँछन । यो फूलले शैलुङको तामाङ समुदायमा निकै महत्व राख्छ । दशैंमा उनीहरु यही बुकीफूल टाउकोमा सिउरिन्छन । तामाङहरु जमरा राख्दैनन् । बुकेफूलले नै जमराको काम गर्छ ।

बिहान ६ बजेको यो समयमा आकाश खुल्ला छ । हामीले यो क्षेत्रमा बग्ने कोशी नदीको शाखा तामाकोशीको शिर देख्यौ । अनि दोलखाको सदरमुकाम चरिकोट पनि । तर गौरिशंकर हिमाल भने बादलले ढाकेछ ।
उकाली चढ्दै जाँदा जात्रा भर्न जाने मानिसहरुको संख्या पनि बढीरहेको छ ।
शैलुङ क्षेत्र रामेछाप र दोलखा दुइवटै जिल्लामा पर्छ । यहाँको जंगल निक्कै बाक्लो र ठूलो छ । जंगल धेरै जातिका औषधिजन्य जडिबुटीहरु छन ।
नेपाली हाते कागज बनाउन प्रयोग गरिने लोक्ता पनि यहाँ प्रशस्त पाइन्छ । यि लोक्ताका विरुवा हुन । सबै हुर्कन पाए भने पाँच सात बर्षमा यहाँ लोक्ताको निकै ठूलो भण्डार हुनेछ । जंगलको उकालो बाटोमा कतै कतै चियापसल पनि छन । मानिस धेरै नहिंडने हुनाले यस्ता चिया पसलहरु प्राय बन्द हुन्छन ।
बाटो भरिको एकमात्रै चिया पसल हो । आज जात्रा भएकोले मानिसको भिड हुने नै भयो । बिहानै देखि उकालो हिंडेर जात्रा भर्न जाने सबै भोकाएका छन । पसलमा बस्ने कसैलाई फुर्सद छैन । कोही माल्पुवा बनाइरहेका छन । कोही शैलुङको चिसो काटन सघाउने चिया बनाउँदैछन । भोक लागेकाले होलो यहाँ त जे खाए पनि मिठै हुने रहेछ ।

ठिङग्रे सल्ला, गोब्रे सल्ला र खस्रुको जंगलका बीच बीचमा नेपालको पहिचान बोकेको गुराँस पनि छ । बैसाख जेठ महिना भएको भए यहाँ फूलेको गुराँसले जंगल रातै हुने थियो ।

यो चाहिँ स्थानीय भाषामा छिरु भनिने फूल हो । धेरै फूलको बास्ना आउँछ । फूलका पारखी र सौखिनहरु यसलाई टिप्ने र सुँघ्ने गर्छन । तर छिरु फूलको भने बासना आउँदैन । बरु यसको निकै कडा गन्ध पो आउँछ । धेरैलाई यसको गन्धले टाउको दुखाउँछ । त्यसैले लेकतिर जाँदा देखिने सबै फूल सुँघ्नु पनि हुँदैन ।
यो निकै चिसो ठाउँ हो । यहाँ अन्न उत्पादन हुँदैन । तर अहिले गर्मीको याम भएकाले मानिहरुले बारीमा आलु काउली लगाएका छन । चिसो सुरु हुनासाथै उनीहरु बेंशीको घरतिर झर्छन ।

यहाँ भने बाँको पाकेर रातै भएछ । यो फल बंगुरको प्रिय भोजन हो । तर बंगुर नहुने ठाउँमा भएकाले यसले जंगलमा यसरी पाक्ने मौका पाएछ ।
बिहानै हिंडेका हामी अब भने शैलुङतिर पुगेका छौं । यो शैलुङ सुरु हुने ठाउँको महादेबको ओडार हो । सत्ययुगमा यतातिर घुम्न आउँदा महादेब यही ओडारमा धुनी लगाएर बस्ने गरेको कहानी सुन्न पाइन्छ ।
यो चाहिँ गोदावरी खुल्ने ओडार । ओडारमा रहेको यो ढुङ्गाबाट १२ बर्षमा एकचोटि दुध बग्छ भनिन्छ । त्यही नै हो गोदाबारी खुलेको ।
विश्वासकै कुरो हो । यो ओडारमा भने पापीहरु छिर्न सक्दैनन रे । त्यसैले यसको नाम नै धर्म दुलो । बल्ल आइपुगियो साँच्चैको शैलुङ डाँडो । डाडैडाँडा भएको यो ठाउँलाई पनि कुहिरोले सबै ढाकिसकेछ ।
बाँकी संसारले जनै पूर्णिमा भनेर चिनेको भाद्र शुक्ल पुर्णीमामा यहाँ ठूलो मेला लाग्छ । तर यहाँको मेला अन्तको जस्तो नुहाउने र जनै लगाउन भने होइन । परम्परागत रुपमा विरामी निको पार्ने भनिएका धामीझाँक्रीहरुले शक्ति र विद्या लिने ठाउँ हो यो । त्यसैले त डाँडो छपक्कै ढाकिएको छ, शैलुङ वरपरका झाँक्रीहरुको जात्राले ।
तीन दिन अगि देखि नै आएका उनीहरु यहाँ आउनु भन्दा अगि चित्त शुद्धि र आत्माशुद्धिका लागि गुफा बस्ने गर्छन । एकान्त खोज्दै हिंड्ने सबैले यसरी नै गुफामा बसेर आत्मशुद्धि गर्न सके कति राम्रो हुने थियो । झाँक्री नै पिच्छे गुफा बस्ने दिन भने फरक फरक हुन्छ । कोही त सात दिन सम्म गुफामा बस्ने रहेछन । यसरी गुफा बस्दा शक्ति बढ्छ रे ।
सन्तबहादुर थोकरः फस्कु ९,निगाले, दोलखा
कस्तो भने देखि एक गुफामा अर्को गुफामा अर्केा गुफामा वाङलुङ आउने थपिदै थपिदै यो घरको जग लाए जस्तो अनि चोटा छाप्यो अजन अलिकति गा¥हो लयो भोली अलिकती झ्याल हाल्यो छाना छाउदै अनि धुरी टक्क मेट्ने जस्तो हो । ९.१५१६.०० उदेश्य आआफ्नो देउताको फरकफरक हुन्छ होला । शक्ति देउ ज्ञान बढ्न आउ धनसम्पति शक्ति देउ सबै पुराइ देउ भन्ने होला । देउता कोहीलाई देबी, केहीलाई नरुवोन, सुन झाँक्री इत्यादी आउँछ आउन त तर देउता फरक भएपनि माग र गरगहना एउटै हुन्छ सबैको ।
उनीहरुको गुफा बस्ने ठाउँ खोज्ने तरिका पनि भिन्न भिन्न रहेछ ।
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
त्यो ठाँउ कस्तो छान्ने पर्छ भने अब हिजो आज केही जलाको ठाँउ फेला पा¥यो । पाको गराउन प¥यो नी चेलालाई त्यो भुतभुते पन्छाएर त्यसैमा बति बालेर बसिन्छ च्यानमाथी । एउटा पराम्पराको कुरा के छ भने देखि त्यहाँ मसान बीरहरुलृ बास गरेको हुन्छ रे । त्यो बीर चलाइ आइज त्यो बीरहरुलाई परसर भन्छौ भनेर त्यसलाई राखेर बस्ने ।
झाँक्रीहरुको विस्वास फरक फरक छ । उनीहरुको अनुभवमा धेरै मानिसहरु अझै पनि यस्ता कुरामा बिस्वास गर्छन । देशका अन्य ठाउँको तुलनामा शिक्षा र विकासको ज्वालाले धपक्कै बलेको काठमाडौं उपत्यकाका झाक्रीहरुको पनि यता झरेका छन् ।
गंगाबहादुर कार्कीः कीर्तिपुरनगरपालिका, भत्केपाटी , काठमाडौ
हावाहरुको हेरौ भने त केही पनि देखिदैन । हावाको भरमा काम गर्नु पर्छ गरिन्छ । कस्ता कस्ता डाक्टरका श्रीमतीहरुलाई पनि डाक्टर त जान्ने हुन्छ नी त्यस्तालाई पनि हामीले गएर फुक्दा बिसेक हुन्छ । ३३.२४
अब डाक्टरले हेर्छ । हेरेपछि उसले औषधीहरु दिन्छ । निको हुदैन झारफूक गर्छ झाँकंं्रीले निको हुन्छ । अनी डाक्टरले मात्रै पनि हुदैन । झाँक्रीले मात्रै पनि हुदैन । लागु छ भने झाँक्री चाहियो अन्नबाट निस्केको छ भने बिरामी छ भने डाक्टर चाहियो ।
झाक्रीहरुको दावी कतिसम्म सत्य हो त्यो त मानिसको विश्वास मै भर पर्ला तर के कुरा पक्का हो भने, झाँक्री नहुने हो भने शैलुङको जात्रा खल्लो हुन्छ ।
रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अण्डा राखेको चाही के भने भाला त्रिशुल चाहीनी आफ्नो मालमतो घन्टा यस्तो रुदंक्षको माला चेला लिएर गुरु लिएर साथमा आउने बेलामा त्यो चार सुरमा राखेको चाही त्या कसैले त्यो धामीझाँक्री पनि कस्तो हुन्छ भने कसैले केही खेलेर त्यो कतिको जान्ने रैछ भनेर हान्छन्। के उताबाट केही उठाएर त्या हान्दा खेरी चाही शिकारी उठाएर हानेको हुन्छ । त्यो छेल्न राखेको हामीले ।

शैलुङ क्षेत्रको सबैभन्दा अग्लो डाडामा हामी पुगेका छौ । यहाँ रहेको ढुङ्गामा गुरु पद्यसंभबको पाइला भएको मानिन्छ । त्यसैले बौद्ध धर्मावलम्वीहरु पनि यो क्षेत्रलाई पवित्र ठान्छन । पद्यसंभवले बालेका १०८ वटा बत्ति अनुसार नै यहाँका डाँडा बनेका हुन भनिन्छ । यसरी सय भन्दा बढि डाँडा भएकैले यो क्षेत्रको नाम शैलुङ रहेको जनश्रृति छ ।
फरक मान्छे, फरक विश्वास । अनि पुण्य कमाउने होस, धर्म गर्ने होस वा पितृलाई तार्ने सबैका आ आफ्नै तरिका । बौद्ध धर्मालम्वीहरु यसरी जमिनमा सुतेर नाप्दै गर्ने परिक्रमालाई गोङदाप्पा भन्छन । यो उनीहरुले गर्ने उत्कृष्ट र सम्मानित ढोग हो ।
यहाँ चार पाँच सय बर्ष अगाडि बनेका मानेहरु पनि छन ।
यो पवित्र ठाउँ अब कुहिरोले ढपक्कै ढाकेको छ । छेउकै मान्छे पनि चिन्न गारो । मौसम खुलेका बेला यहाँबाट टाढा टाढा सम्म देखिने थियो । वित्रम संवत १९९० सालको भुईंचालो आउनु भन्दा अगाडि यहाँबाट काठमाडौंको १९ तले धरहरा समेत देखिन्थ्यो रे ।
भदौरे झरी बढदै छ । तर पनि झाँक्रीहरुले आफ्नै तालमा एकोहोरो नाच्न छाडेका छैनन् ।
धावा घिसिङ ः डडुवा ९,छागा, रामेछाप
म केही बर यहाँ छ लव्यभव्य त्यो हिसावले । मलाई फलिफप नै छ । म यहाँ आउदा खेरी म सात रात सात दिन गुफा बस्छु । म महादेव थानमा काँचो च्यानमा कि दोभानमा बस्दा खेरी मलाई चाही वर माग्दा खेरी मसानकाट्छु । मलाई वर दिइ रहेको छ ।
मन न हो । बर्ष दिनभरि राम्रो हुने भएपछि कसले पो एक दिन मेहनत नगर्ला र ? तर यहाँ शत्ति पाउन र भक्ति देखाउन मात्रै होइन रमित हेर्न पनि मानिसहरु आएका छन । युवाहरुको यो जमात जात्रा हेर्नकै लागि निकै टाढाबाट आएको रहेछ ।
इन्द्रराज तमाङः जात्रा लाग्दो रैछ यो जनै पुर्नेमा त्यही भएर । त्यही भएर केरे मेला हेर्न आको साथीहरु धेरै हुनुहुन्छ । साथीहरुले जाऔ रे काभ्रेपलाञ्चोक देखि घाएर आको छु ।
यो चाहिँ पहिलो बुद्धले बचाएको बाघ । काभ्रेको नमोबुद्धमा अलपत्र परेको बाघको बच्चालाई बुद्धले आफ्नै मासु खुवाएर बचाएको कहानी सुन्न पाइन्छ । त्यही बाघ शैलुङमा आएर बसेको छ, ढुङ्गाको रुपमा । बुद्धसँग जोडिएका यस्ता प्रसंग यहाँ थुप्रै छन ।

शैलुङ चौरी पाइने ठाउँ हो । चौरीको दुधबाट बनाइने यहाँको छुर्पी निकै राम्रो र स्वादिलो पनि हुन्छ । तर यसपालीको जात्रामा छुर्पी एक दमै कम छ । सायद मानिसको जिवनशैलीमा भएको परिवर्तनसँगै यो पनि हराउँदै गएको होला । हाम्रा ज्ञान र परम्परा दिनदिनै यसरी नै हराउँदै गएका छन । यस्ता कुराको संरक्षण तिर कसैले चासो देखाएको छैन । बर्षौं लगाएर आर्जेको हिमालमा पनि बाँच्न सघाउने यस्ता ज्ञान मासिंदा हुने क्षतिको पूर्ति कहिल्यै होला र ।

बादल लाग्यो आकाशमा
यो शैलुङको डाडोमा दाजुभाइ भेट भयो ।
दोलखा दाजुभाइ भेट भयो
रामेछापको दाजुभाइ भेट भयो
इष्टमित्र भेट भयो ।

स्वयाम्भुको माने फनन
बौद्धको माने फनन
जंगली फूल क्या राम्रो
फूलेको फूल क्या राम्रो
झरेको आशु नराम्रो
फाबरे गीत गाउँ त्यो राम्रो ।

तामाङ जातिको फाबरे गीत ।

यस्तै गीत गाएकै भरमा माया प्रिती साटिन्थ्यो रे पहिले पहिले । त्यसैले जात्रामा गीत गाउन निक्कै तम्सिन्छन तामाङहरु ।
युवाहरु यो गीत गाउन जान्दैनन । गला, भाव र शब्दको मिठास हुने यस्ता गीत गाउने संस्कार हराउँदैछ । यसलाई बाजागाजा सहितका गीतले पन्छाउन खोज्दैछ ।
तामाङ जातीको फाबरे गीत पनि हराउँदो संस्कार र संस्कृतिको शिकार बन्दैछ ।
अनि बाँकी रहनेछ, जात्रेले फ्याँकेको फोहोर र डाँडामा शान्ति छर्ने तथा मृत नातेदारको सम्झना गराउने दर्जी मात्र ।

बालबालिकाको पुस्तकालय

बालबालिकाको पुस्तकालय
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।

पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।

नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।

यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।

यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।

Tuesday, June 7, 2011

परिवर्तित समुदाय

परिवर्तित समुदाय

निर्देशन तथा लेखन
गोकुल ध्वर्जे तामाङ

कार्यकारी निर्माता
सुशील मैनाली

सम्पादन
दीपा बस्नेत
सरुण तुलाधर

क्यामरा
विकुराम तजले
मोहन केसी

नेपाल बाताबरण पत्रकार समुह र रिड नेपाल प्रश्तुत गर्दछ


सोलुखुम्बु जिल्ला त्यसै पनि बिकट छ । सदरमुकाम सल्लेरी नजिकै भएपनि दोर्पु गाउँ पुग्नका कठिन छ । तर यहाँ सञ्चारको सबै सुबिधा उपलब्घ छ ।
योङस्टार टेलीभिजन यहाँको मुख्य आकर्षण हो । केबल मार्फत चल्ने यो टेलीभिजनले स्थानिय गतिबिधि देखाउँछ । यसको सञ्चालन र ब्यबस्थापन योङस्टार सामुदायिक पुस्तकालय तथा सुचना केन्द्रले गरिरहेको छ ।
बुद्धिनारायण श्रेष्ठ अध्यक्ष, योङस्टार सामुदायिक पुस्तकालय, सोलुखुम्वु
हामीले पर मन्थ ४० हजारको हाराहारीमा शुल्क उठाउछौ । पे च्यानल कटाएर मथल्ली हामीलाई १० देखि १२ हजारलाइबेरीलाई आम्दानी हुन्छ । यो केवुल चाही हाम्रो पहिला देखि नै शेयरबाट आफुले केवुल सञ्चालन गरेका थियौ । पछि यो लाइबेरी सञ्चालन भए पछि हामीले लाइबेरीलाई जिम्मा दियौ । जिम्मा दिइसकेपछि लाइबेरीले अत्याधुनिक फाइबर केबुल दोर्पु देखि फाप्लु सम्म हामीले डिस्ट्रिबुसन गरका छौ । यसले गर्दा पिक्चर क्वालिटी पनि बढ्यो । जस्ले गर्दा ३ सयको हाराहारीमा हाम्रो ग्राहक छ ।

केवलबाट टेलीभिजन हेरेबापत ग्राहकले मासिक १८० रुपैया तिनुपर्छ । शेर्पाको बाक्लो बस्ति भएको सल्लेरी आसपासका दर्शकको चाहना अनुसार नयाँ च्यानलको खोजी भैइरहेको छ ।

बिरकाजी राजभण्डारी प्राविधिक, योङस्टार टेलीभिजन, दोर्पु, सोलुखुम्वु
यो चाही हामीले भरर्खर ल्याएको छाता हो । तर सेकेन्डह्यन्ड छाता किनेर ल्याएको सर । यो चाही लासा भन्ने शेर्पा भाषाको च्यानल हामी यसबाट टिप्न लाउने बिचार गरिराछौ । यसबाट कान्पिुर टेलीभिजन, इमेज, अनि अहिले टिभी फिल्मी अको छ त्यही लाको अनि यता पटि चाही नेपाल टेलीभिजन योबाट लाको छ । नेपाल तराई र एभिन्युज यताबाट लाको ।
योङस्टार टेलीभिजन यहाँका लागि सुचना र मनोरञ्जनको माध्यम बनेको छ । टेलीमिजनले शिक्षा र बिकासका काममा धेरथोर सहयोग पु¥याएको छ । मानिसहहरुले अन्त भएका काम हेरेरै भएपनि थोरै ज्ञान लिएका छन् । यसबाट हुने आम्दानीकै कारण तीनबर्ष बनेको यो पुस्तकालय राम्रो चलिरहेको छ ।

रेखा श्रेष्ठ सल्लेरी – ७, दोर्पु, सोलुखुम्वु
४३.४८ यस्तो शोलु जस्तो ठाँउमा आएर पनि च्यानल हेर्न पाका छौ खुसी लाग्छ । एकदम आनन्द लाग्छ फोटो हेरेर हामी पनि यस्तै टिभीमा देख्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले क्लबले नै टिभी राखेकोले केके कार्यक्रम गर्दा खेरी हाम्रो फोटो पनि देखिन्छ । म अस्ति नै दशैमा वयलकम कार्यक्रम गरेको थियो । क्लवमा देखिएको थिएँ । यसो शुभकामना देको । एकदमै खुसी लाग्छ नी आफ्नो मन नै झसङ्ग भको जस्तो त्यस्तो हुन्थ्यो हुन्छ नी ।
अम्बिका श्रेष्ठ सल्लेरी – ७, दोर्पु, सोलुखुम्वु
रमाइलो हुन्छनी देश सबै ठाउँ देख्न भोको को हो देख्न पाइन्छ । कस्तो कस्तो देख्न पाइन्छ । थरीथरीका मान्छेहरु । रमाइलो छ नी अहिले ।
शिक्षा फैलाउदै बिकासका काम गर्ने उदेश्यका साथ काम गरिरहेको ग्रामिण शिक्षा तथा बिकास रिड नेपालले देशका ४९ ठाँउमा सामुदायिक पुस्तकालय स्थपना गरको छ ।
यो चाही सोलुखुम्वुकै अर्को गाउँ जुनबेसी अनि यो पहिलो सामुदायिक पुस्तकालय । यस पुस्तकालयले पनि आफ्नो आम्दानीको स्रोत केवलसेवालाई नै बनाएको छ ।

चुङवा शेर्पा अध्यक्ष, जुनबेशी सामुदायिक पुस्तकालय, सोलुखुम्वु
केवुल हामीले सञ्चालन गररहेको छौ । कन्जुमर पनि भने जस्तो पाएको छैनौ । अहिले हाम िजम्मा १६ १७ घरले मात्र युज गररहेका छौ । र पाउनु पर्ने सेवा पनि पाइरहेका छैनौ । ९ वटा च्यानल भनेर ल्याको अहिले हाम्रोमा ४ वटा ५ वटा च्यानल मत्र चलिरहेको छ । अलिकति प्रोब्लोम भनेका पहिडी क्षेत्र भएकोले लाइटेनिङको प्रोब्लोम हुने रैछ । बर्षाको समयमा रिसिभर जल्ने रैछ ।

अर्को हिमाली जिल्ला मुस्ताङको टुकुचे गाउँ । यहाँको थाक पुस्तकालय निक्कै पुरानो पुस्तकालय हो । ठाँउ अनुसारको पुस्तकालका आम्दानीका स्रोत फरकफरक छन् । मुस्ताङको टुकुचेमा रहेको यो पुस्तकालयले भने समिल चलाइ रहेको छ । स्थानिय मानिसको आबश्यक्ता अनुसार काठको सामाग्री बनाएर पुस्तकालयले बार्षिक तीनलाख रुपैया कमाइरहेको छ ।

गोबिन्दप्रसाद श्रेष्ठ सचिव, थाक सामुदायिक पुस्तकालय ,टुकुचे, मुस्ताङ
अहिलेसम्म फनिर्चर उद्योगबाट नै यसको मुख्य आयस्रोतको रुप्मा लियौ र बिभिन्न कार्यक्रम सञ्चालन ग¥यौ । यहाँको सघसंस्थालाई १२ लाख सहयोग गरिसक्यौ । अब फर्निचर उद्योग सञ्चालन गरिरहदा अलिकति वाताबरण प्रभाव पर्ने देखेर गतबर्ष कर्यसमितीको मिटिङ बसेर फर्निचर उद्योगलाई अलिकति कम गर्ने योजना बनाएको छौ । अन्य आयस्रोत बढाउने जस्तै सेभ ड्रिङकिङ वाटर बिक्री कक्ष राखेको छौ । त्यस्तै इमेल इन्टरनेट सञ्चालन गर्ने टुरिस्ट एरिया भएकोले त्यहीबाट पनि केही आम्दानी गर्ने सोच बनाएका छौ ।

पुस्तकालयबाट आर्जन भएको ज्ञानकै आधारमा उनीहरु वतावरणप्रति सचेत बनका हुन् । वन माथिको चाप कम गर्ने विकल्प खोज्दै छन् । मुस्ताङ भरि नै राम्रो स्याउ फल्ने टुकुचेको शैक्षिक स्तर बढाउन थाक पुस्तकालयले निक्कै सहयोग गरेको छ ।

इन्द्रबहादुर तुलाचन अध्यक्ष, थाक सामुदायिक पुस्ताकालय, टुकुचे, मुस्ताङ
मुख्य चाही टुकुचेलाई चिनाउने शैक्षिक क्षेत्र र बागबानी हो । बागबानीमा ठोकेर भन्न सकिन्छ । स्याउ खेतीमा र शिक्षामा र बागबानी क्षेत्रमा टुकुचेलाई नेपालमै चिनाउने प्रयासमा छौ ।

पुस्तकालयको आम्दानीका स्रोत अरु पनि छन् । सार्बजानिक टेलीफोन, शुद्ध पिउने पानी र कम्प्युटर तालिमबाट पनि सानोतिनो सहयोग भैरहेको छ ।

सकुन्तला बुढाथोकी,थाक सामुदायिक पुस्तकालय, टुकुचे,मुस्ताङ
अहिले चाही मोवाइलको कारणले आउँदैन । कोही नभएको चाही आउँछ । सुबिधा जस्तै भयो नी अब मोबाइल नभएकोलाई बालाइ दिने गर्छौ ।
यसरी भएको आम्दानीलाई गाउँको बिकासको लागि पनि प्रयोग भएको छ । यो पुल बनेको झण्डै छ बर्ष भयो । त्यतिबेला पुस्तकालयले ८० हजार रुपैया खर्चेर यो पुल बनाएको थियो । त्यस भन्दा अगाडि चिवाङ र चोखोपानी गाउँ पुग्न कालीगण्डगीबाटै जान पथ्र्यो । त्यसरी तर्दा यो भेगका मानिसले निक्कै समस्या भोग्न बाध्य थिए । पुस्तकालयले यो पुल बनाएपछि निक्कै सजिलो भएको छ ।

त्यसो त यो पुस्तकालयले टुकुचेकै योगेन्द्र उच्च माध्यमिक बिद्यालयको होस्टेल बनाउनको लागि पनि सहयोग गरेको छ । अहिले सोही बिद्यालयमा बालबालिकाको बालकक्षा सञ्चालनको सम्पुर्ण खर्च पनि यही पुस्तकालयको आम्दानीले धानिरहेको छ ।

भिन्न भिन्न ठाँउको सामुदायिक पुस्तकालयले दिगो आम्दानीको स्रोत फरक फरक बनाएका छन् । यस्ता आम्दानीले पुस्तकालयलाई आत्मनिर्भर बनाउँछ । पुस्तकाललाई चाहिने कर्मचारीको तलव, नया पुस्तक किन्न लाग्ने खर्च र पत्रपत्रिका साथै अन्य पुस्तकालयको बिभिन्न कामका लागि यस्तो आम्दानीको प्रयोग हुन्छ ।

ग्रामिण शिक्षा तथा बिकास रिड नेपालले नपालभर बनाएका सबै पुस्तकालयको आफ्नै भवन छ अनि पुस्तकालयको जिम्मेवारी स्थानिय मानिसले लिएका छन् । स्थानिय स्तरको आबश्यक्ता र संभावना भएकोे कामलाई पुस्तकालयको आम्दानीको स्रोत बनाउँछ ।

मुस्ताङको सदरमुकाम पुथाङमा भने आमा समुहले पिठो र मसला पिध्नको लागि मिल चलाएका छन् । पर्यटकीय क्षेत्र भएकोले यो ठाँउमा शुद्ध पिउने पानी खोज्ने पर्यटक निक्कै हुन्छन् । त्यसैले उनीहरुले पानी शुद्ध बनाएर बिक्री गरिहेका छन् । पुथाङ सामुदायिक पुस्तकालयमा आम्दानी यिनै स्रोतहरुको बारेमा छलफल भैरहेको छ ।

महकुमारी शेरचन ः अध्यक्ष,पुथाङ सामुदायिक पुस्तकालय, पुथाङ, मुस्ताङ
बजेतका लागि कहाँबाट स्रोत जुटाउने हो हामी समुहबाट त्यो हामी छलफल गर्दा समग्र बजेट कति छुट्याउने भनौ ।

मेन सटर तलकोले हामीलाई साथ दिइ रहेको छ । प्लस चाही पानी मिनरलबाछर बेटर हेल्थ भनेर राम्रो सेवा दिइ रहेको छ । यो पेलानी पिसानीबाट पनि हामीलाई भैरहेको छ ।

यही आमा समुहले दुख गरेर यहाँ पुस्तकालय बनाएका हुन् । पुस्तकालय भवन बन्नु भन्दा अगाडि उनीहरुले निक्कै समस्या ब्यहोरेका थिए । आमा समुहको नियमित बैठक बस्ने ठाँउ समेत थिएन । यिनै आमाहरुको अठोट र रिड नेपालको सहयोग यहाँ पुस्तकालय बन्यो ।

सुशिला गौचन ः सदस्य पुथाङ सामुदायिक पुस्ताकालय तथा सुचना केन्द्र , पुथाङ, मुस्ताङ

मिलेर गर्नु पर्छ । एक्लैले त गरेर त केही हुदैन तर एक जनाको बिचार हुन्छ आफ्नो आइडिया निकाल्ने हो तर सर्पोट सबैले ग¥यो भने देखि त केही गा¥हो हुदैन । एउटा आर्थिक कुरा हुन्छ । आर्थिक सबैले सहयोग ग¥यो भने देखि केह िगा¥हो छैन । किन आइमाई छोरी भन्दैमा खुम्चिएर बस्नु पर्ने डराएर बस्नु पर्ने त छैन नी ।

पर्यटकीय क्षेत्रमा भएकोले यहाँका मानिसहरुको सम्पर्क देश बिदेशमा हुन्छ । पुस्तकालयको आम्दानीबाट बिभिन्न खालको सिप पनि सिकाइन्छ । पुथाङ सामुदायिक पुस्तकालयबाट कम्प्युटर तालिम लिएपछि अहिले यो भेगका धेरै महिलाहरु निर्धक्क कम्प्युटर चलाउन सक्ने भएका छन् । इन्टरनेटमा खबर आदन प्रदान गर्ने र आफूलाई चाहिएको चिज हेर्न सक्ने भएका छन् ।

रिना सुनुवार मार्फा ५, पुथाङ , मुस्ताङ
बाहिर पहिले चिठी पत्र आदान प्रदान गर्दा पनि हातैले लेख्नु पथ्र्यो । अहिले चाही कम्प्युटरबाट नै प्रिन्टआउट निकालेर कुनै संघसंस्थामा पठाउने गर्दा खेरी जसको प्रयोग भैरहेको छ । ३८.५६
३९.०० अरु चाही इन्टरनेटबाट ठाँउँठाउमा समाचार आदान प्रदान गर्ने साथीहरुसँग भेट्ने बिलहरु निकाल्न प¥यो भने पनि प्राय जसो साथीहरुले सिक्नु भएको साथीहरले आमा बाहेक कम्प्युटर भाको घरमा चाही कम्प्युटर भाको घरमा चाही कम्प्युटरबाटै बिलहरु निकाल्दा खेरी ।

पुस्तकालयको आम्दानीका लागि सुरु गरिएको काम बेलाबेलामा समय अनुसार फेर्न पर्ने अबस्था पनि आउँछ । पर्बत जिल्लाको फलेबास गाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा यस्तै भयो ।
एक बेला गाउँमा टेलीफोन थिएन । फोन गर्न सदरमुकाम कुस्मा धाउनुपथ्र्यो । त्यसैले सबैले मिलेर गाउँमा भिस्याट फोन राख्ने निर्णय गरे । यसबाट पुस्तकालयको आम्दानी राम्रै हुने देखियो तर फोन केही समय मात्रै चल्यो । गाउँमा मोबाइल फोन पुगे पछि भिस्याट फोन थन्किएको पनि धेरै बर्ष भैसक्यो । उनीहरुले फेरी अर्को उपाए निकाले । पसल राख्ने बनाए र भाडामा लगाए । एकचोटी ठप्प भएको पुस्तकालयमा फेरी आम्दानी हुन थाल्यो । पुस्तकालय चलाउन समस्या भएन ।

बिष्णु शर्मा लम्साल ः अपाध्यक्ष, मोती समुदायिक पुस्तकालय, खानीगाउँ, पर्बत
मासिक १० १५ हजार नेट प्रोफिट आउने स्थिती थियो । त्यो बेलामा हामीले रिडसँग अनुरोध ग¥यौ । उहाँको सहयोगमा हामीले भिएचएफ टेलीफोन जडान ग¥यौ । तर प्राबिधिक कुरा फोनले हामीलाई दुख दियो । फोन राम्रोसँग सञ्चालन हुन सकेन । त्यसको मर्मत सम्भारमा हामील्े धेरै लगानी गर्न प¥यो । एक डेढ बर्षको केही राम्रो संञ्चालन भयो । मलाई टोटल्ली मनि त थाहा भएन तर हामील्े एक लाख जति इनकम ग¥यौ होला ।
र पछि सबैको पकेटमा मोबाइल फोन हुन थाल्यो । हामीले कर्मचारी राखेर सञ्चालन गर्दा हाम्रो खर्च पनि नउठ्ने स्थिती आयो र बिस्तारै हामीले त्यो फोन बन्द ग¥यो । खच्चड खेद्ने केटाहरुसँग पनि मोबाइल छ घास काट्ने महिलासँग पनि मोवाइल छ । मलाई लाग्छ घरको दुई चार पाँच सदस्यसँग मोवाइल छ । त्यसैले हामीले भिएचएफ फोन सञ्चालन गरेर हाम्रो खर्च उठ्दैन ।

इन्द्र सापकोटा टेलीफोन सञ्चालक, मोती सामुदायिक पुस्तकालय, खानीगाउँ, पर्बत
यसमा कुस्माको टावर कनेक्सन नै नहुने । रेडियो सेट नै बिग्रिकोथ्यो । डायलटोन आउँदै नआउने । थन्क्याएको डेढ बर्ष भयो ।

पुस्तकालय समुदायलाई आँखा देखाउने र असल बाटोमा डोहोर्याउने माध्याम हो । यसले पछाडि पारिएको समुदायलाई विशेष ध्यान पुर्याउनु आवश्यक छ । नवलपरासीको अग्यौलीमा रहेको यो सामुदायिक पुस्तकालयले महिला शिक्षा दिने, स्कुल स्कुलमा पुस्तकालय बनाइदिने गरेको छ । यस्ता कामका लागि नियमित रुपमा केही न केही स्रोतको आवश्यकता पर्छ । स्रोत जुटाउने र समुदायको विकास सँगसँगै गर्ने उद्धेश्यले अग्यौली सामुदायिक पुस्तकालयले महिलाहरुको सक्रिय सहयोगमा बचत समूह मार्फत काम गरिरहेको छ ।

सिता पोखरेल अध्यक्ष, साहरा महिला बचत ऋण सहकारी, अग्यौली, नवलपरासी
यो लाइबेरी भनेको हरेक बर्ग हरेक लिङ्ग जात हरेक मानिसले भदौ आएर एउटा अध्ययन अलकति महिलाहरुको पहुँच महिलाहरुको पाठक संख्या एकदमै कम न्युनतम भको हुनाले महिलाहरु घरमै मात्र घुलमिल हुने बाहिर तिर ननिस्कने भएकोले लाइबेरीको पहुँचमा महिलाहरु पनि हुनपर्छ भन्ने मान्याता सुरु भयो । त्यसपछि कसरी लाइबेरीमा ल्याउने त सोच भए अनुरुप मासिक रुपमा महिलाको जमघट हुन्छ । मासिक बचत हुने त्यही आय आर्जनको माध्यम काम पनि गर्ने त्यही निहुँमा लाइबेरीमा बाटोको पनि बिकास हुन्छ भन्ने सोच बिकास भयो ।
अग्यौली सामुदायिक पुस्तकालय नवलपरासीको डण्डा बजारका लागि साँच्चिनै अगुवा बेनको छ । पुस्तकालयले आय आर्जनका लागि सडक छेउमा पसल राख्न मिल्ने सटर बनाएपछि अहिले यहाँका सबैजसो संघसंस्थाहरुले यसको सिको गरेका छन ।

प्रेमबहादुर बस्नेत अध्यक्ष अग्यौली सामुदायिक स्रोत पुस्तकालय, नवलपरासी
सालमा दिगो आर्थिक उपार्जनका लागि यो राजमार्ग सइडमा चाही १० वटा सटर निर्माण ग¥यौ । र यसबात चाही प्रत्येक महिना सात आठ हजार चाही आम्दानी हुन्छ । दिगो आम्दानीको स्रोत त्यही हो भने जस्तो फ्याक्स मेसिन छ त्यसतै गरेर सटर भैहाल्यो प्रोजेक्टरबाट पनि हामीले अल्पकालिन आम्दानी ल्याइ रहेका छौ ।
खगेस्वर बोहोरा ः अध्यक्ष सनलाइट बिकास केन्द्र, अग्यौली, नवलपरासी
हाम्रो यो लाइबेरी अग्यौली सामुदायिक स्रोत पुस्तकालयबाट पाठ सिकेको प्रेरणा पाएकै भनेकै त्यहीबाट पाएको ।
मेघ बस्नेत ः प्राध्यपक, जनता माध्यमिक बिद्यालय, शहिदनगर, अग्यौली, नवलपरासी
खास गरी यो क्षेत्रमा भएका संघसंस्था आर्थिक सङ्कटले निक्कै पिल्सि रहेको अबस्था हो । बिगतमा यो हाम्रो सामुदायिक स्रोत पुस्कालय छ । त्यसले एउटा प्लन तिएर आयो । जस जस अन्तरगत खास गरी आफ्नो भवनको अगाडि भएको जग्गा जुन छ त्यो जग्गामा उनीहरुलाई बाहलमा लगाउने आम्दानीको स्रोत अलिकति आर्थिक रुपबाट टेवा पुग्ने सोच ल्यायो । त्यो हामीलाई एक किसिमको उत्साह प्रदान ग¥यो । त्यसैले हामीले पनि केही समय पछि नै लगभग २४ वटा सटरहरु निर्माण ग¥यौ । जुन चाही अहिले हाम्रो स्कुलको आर्थिक स्रोतको मुल मेरुदण्ड हो ।

नियमित आम्दानीको स्रोत भए मात्र थालिएको कामले निरन्तरता पाउँछ । यसका लागि समय र ठाउँ अनुसार विभिन्न आय आर्जनका स्रोतहरुको खोजी गर्नु जरुरी छ । यसो गर्न सके पुस्तकालय र समाज दुवैको विकास हुन्छ ।

हिजोआज सामुदायिक पुस्तकालय बिद्यार्थी, कर्मचारी र स्थानिय मानिस सबैको ज्ञान आर्जन गर्ने साझा थलो भएको छ

अर्जन बस्नेत ः मेजर, नयाँ रणभिम गुल्म, सल्लेरी, सोलुखुम्वु
यो लाइबेरी रेगुलरली जस्तै आउँछु यो ठाँउमा । यो ठाँउँ सानो छ । यहाँ कहाँ जने के गर्ने टाइम बिताउन सजिलो । यहाँ बिभिन्न कितावहरु भेटियो । लिटेरचर समन्धि किताव पनि पाइयो । इन्फरमेसन दिने टाइपको पनि पाइयो । रिसर्च टाइपको फ्याक्ट किताव पनि भेटाएँ ।

मञ्जु शर्मा ः खानीगाउँ ७, फलेबास, पर्बत
ब्याकरण छ बिभिन्न साहित्यकारको जीवनी छ त्यो पाठमै सम्मेलित भाको कुराहरु । बिद्यार्थीले कक्षामा अथवा आफुले पढ्न लेखनको कोर्षमात्र नभएर बाहिरी कुराहरु प्नि उसले बुझ्न सक्यो भने पछाडि उनलाई सजिलो हुन्छ । उसले कितावको किरो नभएकन बाहिर बाहिरको जानकारी राख्न पर्छ जस्तो लाग्छ ।

पुस्तकालय ज्ञान आर्जन र स्थानीय संस्कृति बचाउने एउटा माध्याम त हो नै यसले समाजमा आउने सानातिना अप्ठ्याराहरुलाई पनि सम्बोधन गर्न सक्नुपर्छ । स्थानीय वासिन्दाको यही चाहना र अप्ठ्यारोलाई मध्यनजर गर्दै चितवन बछ्यौलीको झुवानी सामुदायिक स्रोत पुस्तकालयले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । अहिले सम्म १४ हजार भन्दा पनि बढि बिरामीले यसको सेवा पाइसकेका छन ।

तिलकराम श्रेष्ठ ः ड्राइभर, झुवानी सामुदायिक स्रोत पुस्तकालय, चितवन
पश्चिमको बिरामी बाटोमा एक्सिडेन्ट भएछ मैले लिएर आइदिएको थिए । उनको आफ्नो रिलेसनको मान्छे हाम्रो गाउँमा रहेछन् । ठीक भएर गाउँमा फेरी फर्केर आउँदा तंपाई नभएको भए मर्थेकि भनेर कुरा गर्थे । जे होस संस्थाले सहयोग गरपनि मलाई धन्यबाद दिनुको साथै संस्थालाई धन्यबाद दिनु भो ।

यि सबै काम गर्न समुदायको एकमत चाहिन्छ । यसका लागि समय समयमा सबैको चाहना बुझ्नु आवश्यक छ । यहाँ त्यस्तै छलफल भइरहेको छ । छलफलमा सहभागी सबैले मनमा लागेका कुरा भन्न पाउँछन् । छलफलकै आधारमा अर्को बर्ष केके काम कति खर्चमा गर्ने र स्रोत कसरी जुटाउने भन्ने तय गरिन्छ । अनि अघिल्लो बर्ष भएका कामको लोखाजोखा हुन्छ । यो तरिका नेपाल भर भएका सबै सामुदायिक पुस्तकालयमा हुन्छ ।

केशव आचार्य अध्यक्ष,झुवानी सामुदायिक स्रोत पुस्तकालय ,चितवन
पुस्तकालय संञ्चालका गि दिगो बिकास र आय को लागि एम्वुलेन्स सेवालई सुरु गरेको छौ । एम्वुलेन्स सेवा सञ्चानलमा छ तर सेवाको आम्दानीबाटै पुस्तकालय रन हुन्छ भन्ने हिसावले हामलिे सुरुवात गरका हौ । तर पुस्तकालयमा महिले जस्तो राम्रो आम्दानी भएको थियो पुस्तकालयको । न्युनतम १४ हजार देखि एक महिनामा ५४ हजारसम्म गरेका थियो अहिले त्यस्तो अबस्था अहिले एम्वुलेन्स पनि पुरानो हुदै गयो । सस्टेनेवलको हिसाबले चल्न त चलिरहेको छ अलि पहिलेको जुन अबस्था आम्दानी स्रोतहरु थियो त्यो आम्दानीको स्रोत त छैन फेरी पनि अर्को एम्वुलेन्स हामीले ल्याउनु पर्ने अबस्था छ । सामाजिक सेवाको हिसाबले पनि एम्वुलेन्स एकदम प्रभावकारी भाको छ ।

तिलकराम श्रेष्ठले झुवानी वरपर एम्बुलेन्स कुदाएको १० बर्ष हुन लाग्यो । यो अवधिमा उनले धेरै तितामिठा घटना बेहोरेका छन । बन्द हडतालमा धेरैको ज्यान बचाएका छन । अनि १४ जना भन्दा बढीलाई एम्बुलेन्समै जन्म दिएको सम्झना उनीसँग छ । राजन अर्याल तिनै नानीहरु मध्ये एकका बाबु हुन ।

राजन अर्याल बछ्यौली ९, चितवन
त्यो २०६३ सालको दशैको असोजको टिकाको दिन थियो । दशैको टिकाको दिन हामी टिका लागउने यताउता अब भनौ न इष्टमित्र आउने जाने क्रम चलिरहेको थियो । अनि मेरो मिसेसलाई चाही एक्कासी भाको बेथा लागे जस्तो भयो । अनि एम्वुलेन्स त नजिक छ हाम्रो त यहाँबाट त्यही एम्वुलेन्स बोलाएँ । एम्वुलेन्स बोलाएँ अनि त्यो उनलाई प्रसव पिडाले एकदम च्यापि रहेको रहेछ हुदाँहुदा भरतपुर हस्पिटल टिकौली जंगल काट्दा काट्दै बाबु त भनौ न पुरा उ भैसकेछ । भरतपुरको गेटमा पुग्दा त एम्वुलेन्स भित्रै जन्मि हाल्यो ।
तेरो छोरो त एम्वुलेन्समा जन्मेको तंलाई त एम्वुलेन्सको खर्च पनि लाग्दैन होला छोरो बिरामी हुँदा भन्नु हुन्छ कहिले कही ।

झुवानीको यो एम्बुलेन्सले बार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्छ । पुस्तालयले यसरी गरेको आम्दानी यहाँका मानिसहरुको शिक्षाको स्तर बढाउन सहयोगी भएको छ । यो पुस्तकालयले स्थानिय महिलाको साक्षरता बढाउन प्रौढ कक्षा सञ्चालन गरिरहेको छ ।

अधिकांश मानिसहरु खेतिपाती र पशुपालनमा संलग्न हुने हुँदा पुस्तकालयले बेला बेलामा उनीहरुका लागि आवश्यक तालिम पनि संचालन गर्छ । तालिम लिएकाहरु मध्ये धेरै आफ्नै व्यवसायमा लागेका छन ।

सोमलाल चौधरी ः बछ्यौली ९,झुवानी, चितवन
बेरोजागरी बस्नु भन्दा त्यही भएको परालबाट बाली लगाएको परलबाट अलिअलि यसो आफ्नो श्रमलाई खेर नजावस भनेर त्यो श्रम सञ्चय गरेका मात्रै हो ।

महको बजार चाही त्यस्तो गा¥हो छैन । मैल मात्र अनुसार त्यति पु¥याउन सकेको पनि छैन । फेरी आशा भने पुस्लकालयबाट ऋण पनि लिएको थिएँ ।

गाउँ गाउँमा शिक्षा दिने काममा सामुदायिक पुस्तकालय अझै अगि बढीरहेको छ । अहिले उनीहरु स्थानीय स्तरमा रेडियो संचालन गरि आय आर्जनका साथै शिक्षा दिनसक्ने भएका छन ।
स्याङजाको सदरमुकाम पुतलीबजार नजिकै बस्ने चित्रकुमारी गायक हिजोआज निक्कै खुसी छिन् । उनको यो खुशी टोल छिमेकका कुरा बजाउने सामुदायिक रेडियोको स्थापना पछि आएको हो । सँधै पोखराबाट बज्ने रेडियो सुन्नुपर्ने बाध्यता अब चित्रकुमारी र यो ठाउँका अन्यलाई रहेन । अब उनीहरु आफ्ना कुरा आफैं रेडियोमा भन्न सक्ने भएका छन । अहिले यो रेडियो करिब तीन लाख मानिसले सजिलै सुन्न सक्छन् ।

चित्रकुमारी गायक ः लामाके ९, स्याङ्जा
सुन्न मन लाग्छ नी आफ्नो गाउँ ठाँउको सुन्न मन लाग्छ नी । बढी बढी चल्दिए हुन्थ्यो । जस्तो लाग्छ नी आफ्नो गाउँ ठाँउमा बाबुहरु भएसी राम्रोराम्रो गर्ने त हो नी ।

मखमली श्रेष्ठ ः पुतलीबजार नगरपालीका ५, स्याङजा
ताजा ताजा खबर सुन्न पाछौ । नयाँ नयाँ गीत सुन्न पाछौ । एफएममा फोनहरुबाट उहाँहरु सँग बोल्न पाइन्छ । बिहानबिहान शुभकामना जन्म दिनको दिन पाइन्छ ।

एफएम ८९.६ मेगाहर्ज व्याण्डमा बज्ने रेडियो स्याङ्जाको संचालन भने लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय गरेको हो । रेडियोमा मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय बिषयलाई समेटेर बनाएका कार्यक्र बज्ने गरेका छन । पुस्तकालयले रेडियो सञ्चालन गर्ने भन्दा धेरैले पत्याएका थिएनन् । तर समुदायको साथ र सहयोग पाएपछि अहिले रडियोमा आफ्नै कुरा सुन्न पाइएको छ । अनि रेडियोबाट आउने दुइचार पैसाले पुस्तकालयलाई चाहिने खर्च धानेको छ ।

हेमराज अर्याल ः उपाध्यक्ष, लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, पुतलीबजार, स्याङजा
बास्तवमा पुस्तकालय सञ्चालन गर्ने साथी होइन । सामुदायिक पुस्तकालय चलाउने भनेको निक्कै समस्याको कुरा हो । यसलाई आर्थिक समस्या ठूलो समस्या पर्छ । यसलाई अर्थिकको ठूलो कुरा हुन्छ । आर्थिकको लागि हामीलाई रिडबाट थुप्रो रुपमा भवन लगाएत पुस्तकहरु समेत पायौ ।
त्यस बेला हामीलाई कहाली लाग्दो स्थिती थियो । हुनेकि होइन मानिसले बिस्वास गर्थेनन् । यत्रो ५०औ लाख लाग्ने रेडियो, पुस्कालय कसरी चलाउँछ भन्ने मान्छेमा बिस्वास पनि थिएन । हामीले हरेस खाएनौ ।
रमेश ढकाल ः स्टेशनम्यानेजर, सामुदायिक रेडियो स्याङजा एफएम, पुतलीबजार, स्याङजा
सुरुमा त स्थापना गर्न नै यति गा¥हो भयो कि यहाँको सहयोग प्रत्यक्ष रुपमा प्राप्तहुने केही देखिएन । हामीलाई जुन संस्थाले सहयोग गरिरह्यो रिड नेपाल उसकै खास गरी बिउ पुजी हामीले प्राप्त ग¥यौ । उसले धेरै ठूलो सर्पोट गरेको छ । स्थापनामा अर्को महत्वपूर्ण अंग जिल्ला बिकास समिती स्याङ्जा स्थित पुतलीबजार नगरपालिका तगाएत स्थानिय निकायको पनि त्यतिकै सहयोग गर्दा र समुदायको एकदमै उत्साहित सहयोगले गर्दा यो स्थापना हुन सफल भयो ।

हामीकहाँ पुरानो उखानै छ, बत्तिमुनी अँध्यारो । त्यस्तै छ, राजधानी शहर काठमाडौं वरिपरिको गाउँ पनि । काठमाडौबाट मोटरमा २ घण्टामा पुगिन्छ, नुवाकोटको कुमरी गाउँ । यहाँको अध्यारोलाई चिर्न ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा जनजागरण सामुदायिक पुस्तकालय स्थापना भयो । यो गाउँमा अलि अलि भएको आम्दानी जम्मा पार्नु पर्यो भने यहाँका मानिसहरुले पैसा जम्मा पार्न काठमाडौं आउँदा एक दिन बित्थ्यो । त्यसैले पुस्तकालयले यस्तो पैसा गाउँमै राख्ने योजना बनायो । अन्यत्र बचत समूह संचालन गरिसकेको अनुभवका आधारमा यहाँ सहकारी खोल्ने निधो भयो । सहकारी बनेपछि अब उनीहरुले दिन माया मारेर काठमाडौ पुग्नु पर्दैन ।

सहकारीको उद्घाटनका लागि काठमाडौबाट उर्जा मन्त्रि र ग्रामिण शिक्षा र बिकास रिड नेपालको टोली अहिले यहाँ आइपुगेको छ ।

प्रकाश शरण महत ः उर्जा मन्त्रि
तंपाईको छोराछोरी बालबालिका निर्धक्क जो स्कुल पढ्ने पुस्तक जो सेलेबस भन्छ जुन चाही मात्र पढेर पुग्दैन । अरु ज्ञान पनि चहिन्छ । त्यसको लागि थप पुस्तक पुस्तकालयमा पढ्न जानु पर्ने हुन्छ । त्यसको लागि केटाकेटी देखि नै हाम्रो बालबालिकाहरुल्े बानी बसाल्नु पर्छ । अहिले यो सहकारिताको अबधारणा त्यसै गरी समुदायमा आधारित बिकासको अबधारण उपाभोक्ता समुहको अबधारणा आइ राख्या आइराख्या छ । यस्ता उपभोक्ता समुह र सहकारीमा महिलोको नेतृत्व भयो भने स्रोत र साधनाको सदु्पयोग ज्यादा हुन्छ । हामीले देखिसक्यौ ।

सञ्जना श्रेष्ठ ः निर्देशक, ग्रामिण शिक्षा तथा विकास रिड, नेपाल
सामुदायिक पुस्तकालयहरुले बिभिन्न ठाँउमा चाही शैक्षिक अर्थिक सामुदायिक बिकासको क्षेत्रमा ठूलो योगदान पु¥याएको तथ्याङ्कहले देखाएको छ । अर्को एकदम फरक पाटो के भने रिडले सहयोग गरेका सामुदायिक पुस्तकालयको सबैको दिगो आयआर्जनको स्रोत हुन्छ । जस्तै जागरण कृषि सहकारी संस्था खोलेका छौ । यसवाट भएको आयबाट चाहि हामी पुस्तकालय सञ्चालन गर्छौ ।

पुस्तकले ज्ञान बढाउँछ । तर पुस्तक राख्ने पुस्तकालय सँधैभरि संचालन गर्न आम्दानी चाहिन्छ । पुस्तकालय मात्रै होइन जे काम गर्न पनि आर्थिक स्रोतको जरुरत पर्छ । त्यसैले गाउँमै पैसा संकलन गर्दै रोजगारी बढाउने अनि स्थानीय मानिसको शिक्षा र विकासमा सहयोग पुर्याउने यो काम निकै राम्रो छ ।

बासुदेव ढुङ्गाना ः अध्यक्ष नेपाल सामुदायिक पुस्तकालय संघ, काठमाडौ
जबसम्म पुस्तकालयको सेवा सुबिधा समाजमा प्रभाबकारी रही रहन्छन् त्यो बेलासम्म तवसम्म यो सस्टेन्ट गर्छ । मानसिक हिसावमा सस्टेन हुन प¥यो ।

ओक्स्फाम नेपालको लागि बनाइको डोकुमेन्तरी ।

महिला शक्ति

सुर्खेत मैनतडाकी देबी सुनारलाई कुनै दिन गाउँकै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बनेर बिद्यालयको सबै काम हेरुला भन्ने लाग्दैनथ्यो । सधै घरकै काममा ब्यस्त हुने उनी यस्ता काम पुरुषको हो भन्ने ठान्थिन ।

समयसँगै उनको सोच फेरियो । गाउँमा भएको छलफल कक्षाले यसरी परिवर्तन ल्याएको हो । छलफल कक्षाकै कारण महिलाहरु चुल्हो चौकोबाट बाहिरी दुनियामा निक्लन सक्ने भएका छन् ।

देबी अहिले गाउँको देउती प्राथमिक बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष छिन् । अनि गाउँका दिदी बिहिनीको लागि अगुवा पनि । देवी यो गाउँकी स्वस्थ्य स्वयं सेबिका पनि हुन ।

एक बर्ष अगाडि भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने ईच्छा गर्दा धेरै पुरुषले पत्याएनन् । तर भेलामा महिला नै अध्यक्ष बन्नुपर्ने कुरा जोडतोडका साथ उठ्यो । विवाद भयो । महिलाहरु एक भए र आफ्ना कुरा राखे ।

तिल प्रसाद शर्मा ः शिक्षक, देउती प्राबि मैनतडा, सुर्खेत
२३.४० महिलाहरुले हामी अध्यक्ष गर्छौ । तंपाईहरुले अहिले सम्म गरिसक्नु भयो । अहिले हामीलाई दिनुस् । हामीलाई पनि सेवा गर्नु छ ।

देवी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
५९.४८ कोही केही पुरुषले त अझ के सम्म भन्नु भो त्यसो भए महिलालाई अध्यक्ष राख्ने भए बिद्यालयको नाम पनि महिला राख्ने भन्ने कुराकानी भयो । त्यति भइन्जेल सम्म पनि हामी पनि बस्न पाउछौ के त्यसो भए अहिले सम्म बिद्यालयको नाम पुरुष रेहो थियो त ? अहिले महिला रेहपछि महिला राख्ने ? ६१.१४

धेरै छलफल पछि देवी बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष चुनिइन । अध्यक्ष भएको पहिलो बर्ष बिद्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यलयबाट ५० हजार रुपैयाँ ल्याइन । यो पैसाले स्कुल वरिपरि तारबार लगाइयो । लामो समयदेखि अधुरो रहेको शौचालय बनाउने काम पुरा भयो । कक्षा कोठाको भित्री भाग प्लाष्टर गरियो । सहयोग रकम थोरै भएपनि यसले धेरै काम गर्यो ।

बेदप्रसाद शर्मा ः शिक्षक, देउती प्राथमिक बिद्यालय, मैनतडा, सुर्खेत
५६.०७ यहाँहरुले ५० हजारको मर्मत ल्याएर ३ वटा कोठा बनाउन भनेर ल्याको बजेटले कोठा बनाएर दुइटा ट्वाइलेट छ यो पनि बाहिर प्लाटर थिएन । त्यहीबाट बचेको पैसाले समितीले चाही आफ्नो ज्यालाहरु समिती मार्फत गराएर खान पर्ने ज्याला पनि नखाएर यो काम गर्नु भाछ । ५६.३६

यति धेरै काम देवीको एक्लो प्रयासले मात्रै भएको होइन । उनलाई साथ दिने र सहयोग गर्नेहरु धेरै छन् ।

पुसे कामी ः मैनतडा,९, धारापानी, सुर्खेत
८.१६ पहिलेको समितीले के गनुहुन्थ्यो उहाँहरुले पारदर्शी नगर्ने योजना कति आउँछ कति लगानी हुन्छ कति सिध्यो कति बच्यो कति घाटा भयो भन्ने त्यो लेखा जोखा नगर्ने अहिलेको समितीमा थोरै रकम अएपनि हामीसबैलाई यति रकम आयो यो यो कामा गरिम भन्ने अहिले धेरै परिवर्तन आको छ । ८.४१

अक्सफाम नेपालले चलाएको महिला आवाज परियोजनाले महिलाहरुलाई समाजमा केही गर्न सक्ने बनाएको हो । गाउँघरमा संचालन हुने धेरै योजनामा महिलाको पहुँच पुग्न सकेको थिएन । अनि स्थानीय स्तरमा संचालन भइरहेका विकास निर्माणका कामले महिलाको स्तर उकास्न खासै सहयोग गरेको थिएन । वन, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीमा आउने योजनाका काम पुरुषहरुले चाहेजसरी हुन्थे । तर गाउँका समस्या समाधान गर्न महिला संगठित भएपछि अहिले अवस्था फेरिएको छ । महिलाहरु आफ्नो अधिकारका कुरा गर्न सक्ने भएका छन् । अनि गाउँमा हुने विकास निर्माण लगायतका हरेक संरचनामा महिलाहरुले आफ्नो सहभागिताका लागि पैरवी गरिरहेका छन ।

महिला आवाज परियोजना सञ्चालन भएको दैलेख, सुर्खेत र बर्दिया जिल्लाका तीन तीन वटा गाउँ विकास समितीमा अहिले सम्म १२ सय भन्दा बढि महिलाहरु प्रत्यक्ष रुपमा विकास निर्माणका काममा संलग्न छन ।

भीमकला शाही ः मैनतडा ९, सुर्खेत
१३.३८ महिलाहरुको हक अकिकार कहाँ सम्म कति अधिकार छन् भनेर मात्रै नहुने आफ्नो कतब्य पनि अत्रिनु पर्ने कुराहरु बुझियो । १३.५२

देबी कुमारी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
१९.३० महिलाहरु हामीले ब्यबस्थापनमा बस्न पाउँछौ भन्ने थाहा थिएन हामी पनि बस्न पाउछौ र हामी महिलाको हक र अधिकार यहाा सम्म हुन्छ भन्ने थाहा थिएन । यो छलफल कक्षामा आएपछि हामी महिला पनि हरेक संरचनामा बस्न पर्ने रैछ । २०.०४
२०.२४ पुरुषले त्यस्सै पद खाउ भनेर भन्नु हुदैन । हामी खोसेर पनि ल्याउन पाउने रैछौ भन्ने कुरा थाहा भयो । २०३३

बर्दियाको मैनापोखर बडैयाका महिलाहरु भने मातृशिशु घर बनाउने तयारीमा छन् । यहाँबाट नजिकको स्वास्थ्य चौकी सम्म पुग्न झण्डै डेढ घन्टा लाग्छ । गर्भवती र काखमा साना बच्चा भएका महिलाहरुलाई त यहाँसम्म पुग्न झन बढि समय लाग्छ । गाउँमा केही गर्न परे बस्ने ठाउँ छैन । यिनै समस्यालाई कम गर्न उनीहरुले मातृशिशु घर बनाउने निर्णय गरे र पैसा खोज्न थाले ।

यो भन्दा पहिला गाउँमा संचालन भएका योजनाहरुको हिसाब किताब हेरे । यस्ता योजनामा खर्च भएर बचेको पैसा गाउँका केही पुरुषहरुसँग भएको पत्ता लगाए । अनि महिलाहरु सबै मिलेर त्यस्तो पैसाको हिसाव किताव मागे । तर योजनाको हिसाब किताब राख्नेहरुले बर्षौ सम्म खान पाएको पैसा सजिलै दिन मानेनन् । महिलाहरु एक भए । हिसाब किताब थाहा पाउन प्रहरी प्रशासन सम्म जाने निधो गरे । यसपछि भने बर्षौ पहिले योजनाका नाममा आएको पैसा खानेहरु त्यस्तो पैसा निकाल्न बाध्य भए । यसरी जम्मा भएको पैसा भवन बनाउन खर्च गर्ने निधो गरे ।

सचिला थारु मैनापोखर ३, बढैया, बर्दिया
यहाँको पुरुषहरुले त्यो पैसा दबेको थियो । पहिला धेरै बिकास गथ्र्यो त्यस्तो बेला पैसा बचेको थियो । त्यहाँ हाम्रो एक जना बुद्धिजिबी हुनुहुन्छ । ११ हजार त्यौ पैसा दब्नु भएको थियो । एक जना नौ हजार त्यस्तो पैसा खोज भयो के । यो पैसा को कोले राख्या छ बचेको पैसा ।

चुल्हाही प्रसाद थारु मैनापोखर ३, बढैया, बर्दिया
पहिले पहिलो गाउँ समाजमा उठेको पैसा जस्ले जस्ले राख्यो तुरुन्तै सितिमिति दिदैनथ्यो । अलिहे यिनीहरुले पहल गर्दा यिनीहरुले पुरुषले कहाँ कहाँ गराउँछन हामीलाइ बताउँदैनन् । हामीलाई बिसाव देखाउँनन् । अनि त्यो पैसा हामीले दिएपछि सदुपयोग गर्छौ भनर महिलाहरुले पहल गरेका छन् ।

त्यतिले मात्रै भवन बन्ने कुरा संभव थिएन । मंसीरमा धान पाकेको बेला खेतमै गएर चन्दा मागे । महिलाहरु आफैले झन्डै एक लाख रुपैया जम्मा गरे ।

यतिले भवन बनाउन चाहिने पैसा पुगेन । थप सहयोगका लागि उनीहरु गाउँ विकास समितिमा गए । गाउँ विकास समितिले आलटाल गर्यो । तर महिलाहरुले कार्यालयमा धर्ना दिए ।

कल्पना थारु , मैनापोखर ३, बढैया, बर्दिया
भवन घरको लागि हामी चार दिन धर्ना बस्यौ । दिनकै डेलीगेसन गइयो । गाबिसमा जुटहला कक्षाका गाउँका पनि दिदी बिहिनीहरु गएर चारपाँच दिन माग्यौ । हामीलई भवन घर बनाउनको कालािग एकलाख दिन पछ भनेर ।

सुमा चौधरी, मैनापोखर ३, बडैया, बर्दिया
हाम्रो गाउँमा कुनै भवन छैन । त्यही भएर हामी मिलेर भवन बनाउन एक लाख रुपैया चाहियो भनेर गाबिसमा कुरा राख्यौ ।

मोहनप्रसाद लम्साल, सचिव, मैनापोखर, बर्दिया
गाउँको समाजिक कार्य गर्दा पनि प्रयोग होस महिला र बालबालिको लागि पनि गाउँघर क्लिनिक, खोप क्लिनिक सञ्चालनको लागि सुबिधा हुने भयो सामाजिक भवन भएपछि । त्यो हिसावले त्यहाँका दिदी बहिनीहरुल साह्रै इच्छुक हुनु भयो । जागरुक भएर उहाँहरुले पटकपटक माग राख्नु भयो । हामीले यस्तो यस्तो काम गर्न लागेको छौ । केही सहयोग गरिदिनु प¥यो भनेर उहाँहरुले राख्नु भयो ।

राम्रो कामका अगाडि सबै हार खाए । मातृशिशु घर बनाउन गाउँ परिषदको सर्बसम्मत निर्णयले एक लाख रुपैयाँ प्राप्त भयो । बडैयाका महिलाहरुको खुशीको सिमा रहेन ।

मोहनप्रसाद लम्साल, सचिब, मैनापोखर, बर्दिया
पटक पटक धेरै पटक आउनु भो । योजना तर्जुमा सुरु भए देखि लिएर परिषद सम्म छुट्नु भएन । उहाँहरु मासै आउनुहुन्थ्यो ।
एलडिसिपीको कार्यक्रमबाट १ लाख रुपैया समुदायिक भवनका लागि बिनियोजन गरेपछि साह्रै खुशी भएर उहाँहरु ताली लगाएर हाम्रो यो हललाई नै गुञ्जयमान बनाएर खुशी साथ जानु भयो । त्यही अनुसार कामको सिलसिला अघि बढाइएको छ ।

अहिले उनीहरुसँग अब बन्ने घरको खेस्रा नक्सा छ । अनि एउटा सुन्दर घर बनाउने कल्पना साँचेका छन, बडैयाका महिलाहरुले ।

फूलमती थारु ः बडैया, बर्दिया
त्यो पुरै हाम्रो धर्म भकारीको जग्गा हो । यो यस्तो गोलो गोलो गरेका पिल्लर हो । यो बरन्डा हो । ढोका हो यो ढोका निरैको बैढक कोठा । यसरी जाँदा यो चाही अफिस रुम हो । यो चाही झ्याल हो । यो पनि झ्याल अनि यो पनि झ्याल र यो पनि झ्याल हो । जम्मा गरेर ६ वटा झ्याल छ । यसरी पस्दा यो चाही पहिलो कोठा हो बरण्डा चाही खुल्ला हुन्छ । यसरी नै धर्मघरमा बनेको क्लिनीक घरको नक्सा तयार गरेका छौ ।


अहिले पनि उनीहरु जुटहेलामा आफ्नोे समस्या माथी छलफल गर्छन् र समाधानको उपाय निकाल्छन । महिलाहरुलाई एक भएर अगि बढ्न प्रोत्साहन गर्छन ।

गीत
ए सुन्नुस दिदी बहिनी सुन्नुस् दाजुभाइ
महिलालाई दिऔ समान अधिकार ।

पछि परेका छन् महिलाको जात
सोधी खोजी गरी बढौ नीति निमार्णमा ।

दैलेख जिल्ला गोगनपानीमा पर्ने नौतल्ले गाउँको जमिन निक्कै मलिलो छ । तर यो ठाउँ निक्कै सुख्खा छ । पानी ल्याउन सक्ने हो भने यहाँ धेरै कुरा फलाउन सकिन्छ ।

लक्ष्मी राना ः अध्यक्ष, रोल्पाली खोला सिचाई आयोजना, गोगनपानी १, नौतल्ले दैलेख
२१.५६ फलफूलमा सुन्तलाहरु ह्ुन्छ । माल्टा हुन्छ । कागती हुन्छ । अमिलो हुन्छ । तरकारी भन्दा आलु बन्दा काउली टमाटर हुन्छ खोर्सनी हुन्छ । २२.१२

कुनै बेला गोगनपानी गाउँमा खानेपानीको समस्या थियो । गाउँ छेउको कुवामा अलिअलि पानी रसाउँथ्यो ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले, दैलेख
२५.१२ आधा घन्टाको बाटो हिड्न पथ्र्यो । हामीलाई गाग्रीमा ल्याउँथ्यो पहिला । तर सबै गाउँलाई नपुग्ने अनि जो अगाडि पुग्यो उसले दुई चार गाग्री ल्यायो अरुलाइ भर्न भने घन्टौ समय लाग्थ्यो । २५.३३
२६.१२ बिहान फुकायो लग्यो । तल खोलामा बेलुकी फरक्यो । भोली पल्ट फेरी भेरी खोलामा लग्यो । २६.२५

पानीको समस्याबाट मुक्ति पाउन यहाँका मानिसहरु धेरै चोटि जिल्लामा रहेको खानेपानी कार्यलय धाए । समस्याको सुनुवाई त भयो तर खानेपानी ल्याउन चाहिने सामान सुर्खेतबाट ओसार्नु पर्ने भयो । सधैभरि पानी बोक्ने समस्याबाट मुक्ति पाउन गोगनपानीका बासिन्दाले दुई दिन टाढाको बाटो सुर्खेत पुगेर सामान ओसारे ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले , दैलेख
२६.४० नेपाल गञ्जबाट सुर्खेत एयरपोर्टमा प्लेनले सामान फाल्थ्यो । त्यहाँबाट सबै बोकेर ल्याउँथ्यो हामीहरुले । त्यो पानीको दुःखले गर्दा खेरीमा पायपहरु सिमेन्टहरु उहाँबाट बोकेर ल्यायो हामीहरुले । २७.०४

खानेपानीको समस्या टर्यो । अनि सुरु भयो सिंचाइका लागि पानी ल्याउने अभियान । महिलाको नेतृत्वमा गाउँले सबै मिलेर छलफल गरे, पानीको स्रोत खोजे र गाउँ भन्दा तीन किलोमिटर परको रोल्पाली खोलाबाट पानी ल्याउने निधो गरे ।

सिंचाई योजनाको काम गर्न लक्ष्मी रानाको अध्यक्षतामा पाँच जना महिला सहित नौ जनाको समिति बन्यो ।

समितीले तत्कालै सिंचाईका लागि चाहिने पैसा जुटाउने काम थाल्यो । उनीहरु विभिन्न बिभिन्न संघ संस्थामा गए, गाउँको समस्या सुनाए । अहिले उनीहरुसँग चारलाख जति रुपैयाँ जम्मा भएको छ । नपुग पैसा बराबर सबै घरले श्रमदान गर्ने निर्णयका साथ उनीहरुले काम थालेका छन ।

सिंचाई योजनाको काम सुरु भैसकेको छ । उनीहरुले एकै दिनमा खोलाबाट पाँच मुरी बालुवा ओसारिसके ।

कलमबहादुर शाही ः गोगनपानी १ , नौतल्ले दैलेख
४२.१० हामीले १२ रुपैया पाथी भनेका छौ उहाँहरुले मान्नु भएको छैन । ४२.३०
४२.४० खानेपानी खाने मात्रै भयो । सिचाइलाई हामीलाई भएन । सुख्खा प¥यो कि अलि । ४२.५२

यहाँका महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउने काम भने गाउँमा संचालन भएको छलफल कक्षाले गरेको हो । सुरुमा महिलालाई साक्षर बनाउन यस्तो कक्षा संचालन भयो । आफ्ना अधिकारका बारेमा जान्दै गएपछि छलफल कक्षामा महिलाले झेलेका समस्या माथि छलफल हुन थाल्यो । विस्तारै उनीहरु एक भए । गाउँमा संचालन हुने योजनामा चासो दिन थाले । महिलालाई सुविधा हुने खालका योजना ल्याउन आवाज उठाए । अनि गाउँमा भएका शिक्षा, विकास निर्माण र समाज सेवा जस्ता संरचनामा सहभागिता जनाए, नेतृत्व लिए । महिलाहरुले छलफल कक्षा सुरु गर्दा पुरुषहरुले निक्कै कुरा काटे ।

लक्ष्मी राना ः अध्यक्ष , रोल्पाली खोला सिचाई आयोजना गोगनपानी १, नौतल्ले दैलेख
२८.५४ उस्तै मान्ेले त क्याम्पस गए माहिलाहरु ऋब पढ्न जाने र ेघरको कम कस्ले गरिदिन्छ अरे उत बस अरे । खर्च सामान लगर जाऔ अरे कतै वास बस्ने उतै पढ्न समन पनि भन्नु भयो । २९.१०
४३.१८

अहिले पनि गाउँका समस्यामा पहिला छलफल कक्षामा कुरा हुन्छ । अनि त्यहीं समाधानका उपाए पनि निस्कन्छन ।

पूर्ण राना ः गोगनपानी १, नौतल्ले दैलेख
४३.१८ घर भित्रको काम घास काट्ने दाउरा काट्ने गाइबस्तु हेर्ने छोराछोरी लाई स्कुल पठाउने त्यस्तै गरेर हामी बाहिर जान सकेनौ । ४३.३२

महिलाहरुको यो प्रयास अब गाउँमा मात्रै सिमित छैन । उनीहरुले आफ्ना कुरा जिल्ला तहमा पनि पु¥याएका छन् । बेलाबेलामा हुने सार्बजानिक सुनुवाईमा उनीहरु आउँछन् र गाउँटोलमा भोग्नु परेका समस्याहरु सम्बन्धित निकायलाई सुनाउँछन् ।

दैलेख

जिल्ला प्रहरी कार्यलयमा पीतित महिला त आउनुहुन्छ तर महिलाहरु सबै लेख्न र पढ्न जान्नुहुन्न । उहाँहरुको त्यो निबेदन दिन नसक्ने भाको हुनाले फर्केर महिला बिकास मञ्च जानुहुन्छ कहिले बकिलहरु खोज्नुहुन्छ एउटा ठाडो निबेदन लेख्न पनि सक्नुहुन्न जो मौखिक सुनुवाई हुने भैदिएको भए छिटो छरितो सेवा पाउने थिए ।


प्राथमिक बिद्यालयमा पाँच पास अनि निमाबिमा ८ पास अनि माबिमा एसएलसि पास भनेको छ होइन त्यसमा चाही माबिमा एसएलसी पास महिलाले मात्र काम गर्न सक्छन् । त्यो आठ पास महिलाले मात्र काम गर्न सक्छन् ? त्यो आठ पास महिलाले त्यो एसएलसी पास महिलालाई जित्न सक्छ उसको योग्याताले ।


निमित जिल्ला शिक्षा अधिकारी
शैक्षिक योग्यता नहुँदा नहुदै पनि अन्या क्षमता होला तर सबैमा त्यसो हुदैन । एउटा सर्ब मान्य सिद्धान्त के हो भने एकेडेमीक क्वलीफिकेसन हुने सँग अन्य क्वालीफिकेसन पनि पक्कै हुन्छ ।

आफ्ना आफ्ना मान्छेलाई राख्नु हुन्छ । सरकारको नियम आफ्नो मान्छेलाई राख्ने हो कि दलित जनजाति पिछडिएकालाई ग्रह्यता दिने हो ?
पहिला हाम्रो गाउँको वनमा पुरुष हुनुहुन्थ्यो । उहाँहरुले वनको खासै चासो दिनु भएन ।

वनअधिकृत
वनको घास दाउरा सोतरको प्रयोग गर्ने कुरा छ यो सदुपयोगको कुरामा वन पैदावारको तुलनामा महिला दिदी बहिनीको प्रत्यक्ष रुपमा त्यसमा चाही संलग्न हुन्छ । सामुदायिक वनको समितीमा अनिवार्य रुपमा ५० प्रतिशत महिलाहरु सहभागीता हाम्रो सामुदायिक वन बिकास निर्दैशकाले किटान गरेको छ । त्यस्तै कि पोस्टमा खास गरी अध्यक्ष , सचिव वा कोषाध्यक्षमा अध्यक्ष सचिव वा कोषाध्यक्ष मध्ये एक हुनै पर्ने । त्यसै गरि त्यो समुहको खाता सञ्चालन गर्दा महिला र पुरुष अनिबार्य हुनुपर्ने भन्ने छ ।

मेरो घर लाटीचौर । रोगब्याधिले मार्न लाग्यो । यसरी रोगब्याधिको उपचार पाउँछु कि पाउँदिन ।

प्रमुख जिल्ला अधिकारी
सुरक्षा भनेको कुरा अर्मुत हुन्छ । त्यो प्रत्येक ब्यतिmलाई सुरक्षाकर्मी दिएर सुरक्षाको अनभुती होइन कि सुरक्षा भनेको चिज अनुभत गर्ने हो । हामी यहाँको जनतालाई शान्ति सुरक्षा दिन तल्लिन छौ ।

स्वास्थ्य प्रमुख
प्रत्येक स्रस्थाको ब्यबस्थापन समिती गठन भउका छ । जुन हामीले केह िसमय पहिले नै यस ब्यबस्थापन समितीलाई नेपाल सरकारको नियम तथा निर्दैशन अनुसार पुर्नगठन गरेका छौ । जस अन्तरगत नौ जनाको समितीमा ३ सदस्य अनिवार्य गरेका छौ ।



महिलाले आफ्ना समस्या सुनाउने यस्तै कार्यक्रम सुर्खेत र बर्दियामा पनि भयो ।


सुर्खेत


तंपाइहरुसँगै काम गर्ने सुन्तली धामीको अबस्था त तंपाईहरुबाटै असुरक्षित हुन्छ भने तंपाई ले सोझा नारीहरुलार्य कसरी सान्त्वना दिन सक्नु हुन्छ कसरी बिस्वास दिलाउन सक्नु हुन्छ हामी तंपाईको सुरक्षा गर्छो भनेर ?

प्रहरी प्रमुख
सुन्तली धामीको केसमा अनुसन्धान भाको छ । त्यसको एउटा पाटो नै भैकोको छ । जो गल्ति गर्छ मैले गल्ति गर्छु भने देखि त्यसको सजाय मैले भोग्नु पर्छ । पुलिसले गल्ति नै गर्दैन भन्ने होइन । पुलिस पनि मानिस नै हो म पनि मानिसै हुँ । त्यो बर्दि लाएरु मत्र पुलिस भको नत्र तंपाईहरु जस्तै समुहबाट आएर पुलिस भको भोली बर्दी छोडेर त्यही समुहमा जानु पर्छ । ऐन कानुन बिपरित काम गर्न मलाई छुट छैन । कुनै कसैलाई पनि छुट छैन । प्रहरी भएपनि त्यसले सँजाएको भागी हुन पर्छ ।

अहिले सम्म बिद्यालय लिडिङ गर्ने सुर्खेतको झण्डै हामीसँग सात आठ सय बिद्यालयमा महिला प्रअ भएको एकदमै न्युन स्कुलहरु छन् । साँच्चैकै महिलाहरु शिक्षाकै कारणले प्रअ हुन नसकेका हुन् ? कि उहाँहरुलाई प्रारटि दिन नसकेको ?

गैरसरकारी संस्थाले अनुगमनको बाटोमा चाही जिल्ला शिक्षा अलि पछि परेको हो कि । यो कुरा चाही आखिर कानुनमा छ भने देखि कनि त्यो कुराको समबन्धित ठाँउहरुका लागि पहल गर्नु भएको छैन ।

जिल्ला शिक्षा अधिकारी
तयो अभिभाबकले बनाउने जिम्मा हो जिल्ला शिक्षा कार्यलयले अब गराउन नसक्ने अबस्थामा हामीले चाहदा चाहदै पनि नसकेको अबस्था हो । अब छात्रबृद्धि समबन्धी हामीले पनि कुरा उठाइ रहेको अबस्था हो । शायद यो कुरा हाउस सम्म पनि उठेको होला ।

गाउँघर स्वास्थ्य क्लिनिकमा हामीस्वयं महिलाहरुले पाँचसय हजार जम्मा गरेर सानोसानो भवन बनाएका छौ । त्यसमा अहिले सम्म पनि यो जिल्ला देखि केही भएको छैन ।

स्थानिय विकास अधिकारी
कम्तिमा पनि एक करोड रुपैया महिलाको क्षेत्रमा खर्च गरेका छौ । जिल्ला बिकास कार्यलयको बजेटलाई मात्र हे¥यौ भने । हाम्रो अप्रत्यक्ष रुपमा भएका कृयाकलपलाई हेर्ने हो भने सामाजिक परिचालनको क्षेत्रमा होस आयआर्जनको सबैको नै डाटा हेर्ने हो भने त्यस्तो निराशा जनक स्थिती छैन । सुधार उन्मुख अबस्था छ । महिलाको प्रतिनिधित्व सहभागिता राम्रो रहेको छ । समाजिक परिचालनको अबस्था पनि असाध्य राम्रो प्रगति भएको देखेका छौ ।



प्रमुख जिल्ला अधिकारी
हिँसा सहियो भने त्यो झ्याङिदै जान्छ त्यसैले घरलु हिँसा ऐन पारित भैसकोको छ । जस अन्तरगत हरेक गाबिसमा उजुरी गर्न सकिन्छ । महिला बिकास कार्यलय जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा उजुरी गर्न सकिन्छ ।


जिल्ला तहमा कुरा राखेपछि महिलाहरु केन्द्रमा समेत आफ्ना कुरा सुनाउन आए । एकै ठाउँ जम्मा भए र देशभरिका समस्यामा छलफल गरे । सबै महिलाको समस्याको एकमुष्ट निचोड निकाले । अनि नीति निर्णयको तहमा आफ्नो आवाज पु¥याउन समन्धित निकायको ढोका ढकढकाए ।

बिन्दा पाण्डे
संबिधान सभामा एक तिहाई महिला उम्मेद्धार हुनु पर्छ भन्ने कुराको ग्यारेन्टिी ग¥यो । त्यो भन्दा बाहेकका कुरा चाही त्यसरी स्पष्ट नलेखेकोले अहिले सम्म पनि त्यो लागु भएको छैन । अनि भोली सन्दर्भमा के त नयाँ संबिधान हामी बनाउँदैछौ भने त्यसको बारेमा पनि हाम्रो बिचार चलिरहेको छ । त्यसमा ५० प्रतिशत महिला हुन पर्छ कि पर्दैन भन्नेमा हुन पर्दैन भन्नेमा कुनै लोजिक छैन । त्यसैले गर्दा मौलिक अधिकार समितीको मौलिक हक अन्तरगत महिलाको हक हेर्ने हो भने महिलाको राज्यको सबै अङ्गमा समाबेशी आधारमा समानुपातिक रुपमा हक हुने छ भन्ने लेखेका छौ ।

नीलाम्बर आर्चाय
हाम्रो समाजमा उन्नती ल्याउने हो भने प्रगति ल्याउने हो भने न्यायपूर्ण समाज बनउने हो भनेपछि महिलाको समस्या महिलाको मात्रै होइन भन्ने पुरुषले बुझ्नु पर्छ । महिलाको आवाज महिलाको मात्रै होइन । समाजलाई राम्रो बनाउने सभ्य बनाउने समाजको हो । यदि महिला शशक्त भ एभने घर पनि त शशक्त होला । त्यो कस्तो घर जहाँ आधा जनसंख्या आधा सदस्यहरु अशक्त छन् भने तयो घर त बलियो हुन्न होला त्यो गाउँ त बलियो हुन्न होला त्यो देश त बलियो हुन्नहोला ।

शंकर पोख्रेल
समयलाई लक्ष्य ठान्नु हुदैन । लक्ष्य त हामीले हासिल गर्न खोजेको कुरा न हो । त्यस अर्थमा म के ठान्छु भने समाजको रुपान्तरणको अभियान कर्ता भएको नाताले परिवर्तनका यी सामान्य सत्यलाई बोध गरेर जनताको बिचमा सम्प्रषण गरिदिनु भयो भने निश्चित रुपमा समाजलाई सही ढंगले रुपान्तरण गर्न सक्छौ । ट्राफिकको एउटा भनाइ छ हतार गरे के हो भन्न सकिन्न बिस्तारै गए अबस्य पुगिन्छ । जाखिमपूर्ण यात्राको सन्दर्भमा कुरा गर्दा खेरी चाही धैर्य चाही कायम गर्न पर्छ । सरकार त्यसका लागि सहयोग गर्न हरदम तयार छ ।



महिलाहरु आफ्नो मात्रै होइन, पुरै गाउँको भलाईका लागि काम गरिरहेका छन् । उनीहरुले कतै स्थानीय वनस्रोतको संरक्षण गरेका छन् त कतै महिलाको स्वास्थ्य सुधार ।

दुई बर्ष अगि सम्म दैलेखको भुसय सामुदायिक वनमा अहिलेजस्तो गुराँस फुल्दैनथ्यो । मानिसहरु जंगल छिर्थे र जथाभावी रुख विरुवा काट्थे । सबैले मनलागि गरेपछि जंगलमा एक दुई रुख मात्रै बाँकी भए । जथाभावी कटानीले गाउँमा घाँस दाउराको समस्या भयो ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
वनमा पुरुषलाई भन्दा महिलालाई नै चाहिन्छ बढि भन्ने सोच भयो हाम्रो अब घाँसपात महिलालाई नै हुने भो पुरुषलाई त नहुने भो । दाउरा काट्न पनि महिलानै हुने भो । वन पाले पछि दाउराघाँस सस्तो हुने भो । त्यस कारणले महिलाले नै जोगाऔ भनेर ।

आफैंलाई समस्या आउने भएपछि महिलाहरु वन जोगाउन लागे । घाँसदाउरा गर्दा पालन गर्नुपर्ने नियम बन्यो । जंगलमा रुखविरुवा पलाए । त्यही संरक्षणको परिणाम हो, अहिले भुसय सामुदायिक वनमा फूलेको यो गुराँस ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
खुलाउँदा खेरी ५ रुपैया टिकट काटेर काट्न मिल्छ । आफ्नो वडा भन्दा अन्यको आएपछि अलि बढि छ लगाउने । आफ्नो वडामा भने आफै सुरक्षा गर्ने आफै अलि कम गर्ने ।

लिलाराम गौतम शिक्षक , नेपाल प्राथमिक बिद्यालय, गाइबन्ना ,दैलेख
यहाँका महिलाहरुले वनको रेखदेख राम्रैसँग गरेका छन् । पटक पटक वनको काँचा दाउरा काट्न नदिने बुटाहरु फाँट्न नदिने सुकेको मात्रै उप्लब्ध गराउने ।

अहिले वनको रुपै फेरिएको छ । पुरुषहरु महिलाले गरेको काम देखेर अचम्म मानिरहेका छन ।

आफ्ना लागि आफैं छलफल गरेर महिलाले गरेको यो काम यतिमै सिमित छैन । सावा अक्षर सम्म चिनेकी भगनदया थारु बर्दियाको मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समितीमा चुनिइन । उनी व्यवस्थापन समितिमा पुगेपछि महिलाका धेरै समस्या स्वास्थ्य चौकी सम्म आएका छन । समितिमा महिला प्रतिनिधि नहुँदा महिलाहरु यहाँसम्म आइपुग्दैनथे ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
गाबिसमा समिती मै महिला हुनु पर्छ । अनि पो बल्ल महिलाले थाहा पाउँछन् आफ्नो हिस्साको बारेमा । नत्र थाहै पाउन्न महिलाले । अनि पुरुष मबै बसेपछि त खबर थाहै पाउन्न ।

भगनदयाले गाउँका अरु महिलाहरुसँगै जुटेहला कक्षा सुरु गरेकी हुन् । जुटेहलामा जान थालेपछि उनी महिलाका समस्या सजिलै भन्न सक्ने भइन । अहिले उनी गाउँका महिलाको स्वास्थ्यलाई निक्कै ख्याल गर्छिन ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
५२.५२ महिलोको भित्री गोप्य कुरा मलाई भन्छन् अनि म हेल्थपोस्टमा जान्छु र उनीहरुको के कस्तो समस्या छ भनेर ।

असनदेवी थारु, मैनापोखर,२, बर्दिया
यो जुटेहला कक्षा आएर पछि पछि सहभागी बन्नु भो । उहाँको धेरै अनुभव भयो । त्यही भएर आफूसगसँगै अरु महिलालाई पनि सक्रिय बनाउनु भयो । अघि अघि आफू लाउनुहुन्छ । पछि पछि सबै दिदीबहिनीलाई जुन कुराको समस्या आउँछ महिला माथि त्यही कुरालाई समाधान गर्न खोज्नु हुन्छ

तुरुपलाल चौधरी मैनापोखर,२, बर्दिया

राम्रो लाग्छ महिलाले पढेकोमा । पढेन भने त बाहिर जाँदा लाटोबुङ्गो भनेर ठगी हाल्छन्नी । सबै मिलेमा राम्रो हुन्छ । सबै जना मिलेर पैसा यताउतीबाट जम्मा गर्दा खाँचोमा काम चल्छ । गर्जो टर्छ ।

स्वास्थ्य चौकीका सबै बैठकमा उनी आफ्नो कुरा राख्छिन् । भगनदयाले नै समितिमा अरु महिला सहभागि गराउन प्रस्ताव गरेपछि अहिले स्वास्थ्य चौकी ब्यबस्थापन समितिमा पाँचजना महिला सदस्य छन् ।

सुरेन्द्र थारु मैनापोखर उपस्वास्थ्य चौकी, मैनापोखर, बर्दिया
एक जना दलितबाट राखेका छौ । बुहारी समुहबाट राखेका छौ । स्वयंसेबिकाको तर्फबाट एक जना राखेका छौ । जनजाति र एकजना किसोरीबाट राखेका छौ ।


यसरी गाउँ गाउँका विभिन्न संरचनामा निर्णय गर्ने तहसम्म महिलाको सम्मानजनक सहभागिता गराउने काम गर्न भने सजिलो छैन ।

भुपाल गुरुङ गुमी सामाजिक कर्यकर्ता, सुर्खेत
१४.२८ पुरुष भएर पनि महिलाको बारेमा बोल्ने केही त्यस्तो खालको अप्ठ्यारो पर्दैन । हामीले नै सहयोग नगरे महिलाहरु कसरी अगाडि बढ्नु हुन्छ त हामी पुरुष महिलाले सहयोग गर्नुपर्छ महिलाहरुले पुरुषसँग मिलेर जानु पर्छ । १४.५५

तर निरन्तरको प्रयासले यो क्षेत्रमा निकै सुधार आएको छ । अब महिलाहरु आफ्ना कुरा राम्ररी भन्न सक्ने भएका छन् ।

दुर्गा गुरुङ शिवनगर २, गुमी , सुर्खेत
१९.४८ सबै सहभागीहरु आफ्नो घर श्रीमान सासु घरपरिवारलाई सम्झाउन सक्ने कुराको बिकास भाको छ । २०.०४

ईश्वरी घले भर्लेनी ,गुमी , सुर्खेत
२४.२६ अहिले छलफल कक्षाबाटै चार जना एकता समुदायिक वनमा जानु भाछ । प्रमुख प्रमुख पद लिनु भाछ । सचिव कोषध्यक्ष, अन्य दुई जना सदस्य हुनु भाछ । २४.४४
२५.३० पहिला त आँटै गर्न नसक्ने । मैले गर्न सक्दिन त्यो हिसाव किताव मैले गर्नै सक्दैन । म हुन्न भनेर लाज मान्ने मान्छे अहिले म सक्छु भनेर अगाडि आयो भने त किन नसकिने सकिदो रहेछनी त । २५.४४

Monday, June 6, 2011

गजल

छेक बार चाहिदैन हराउनलाई मान्छे
केही निहु चाहिदैन कराउनलाई मान्छे ।

देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा
रातको रुख काफी हुन्छ डराउनलाई मान्छे ।

छिटोछिटो छरितो त कुरा मात्रै कामको
मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे ।

मोबाइल छ ल्यापटप छ बोकी राको सधै
भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे

गजल

गजल

गोहीको आँशु झारेर रौयौ ।
आफ्नो मन अन्त सारेर रौयो ।

हेराई यता ध्यान छ अन्तै
मुटुमा घाउ खारेर रौयौ ।

हाँस्छन् देखि जोरीपारी सबै
मर्नु न बाँच्नु पारेर रौयौ ।

तिमी अन्तै भयौ म छु एक्लै
नभत्कने पर्खाल बारेर रौयौ ।

थोकर गोकुल,डेराबस्ति ।
२७ चैत्र २०६७

Sunday, June 5, 2011

इनबक्सको म्यासेज

थोत्रो मोवाइलको
इनबक्समा नयाँ
म्यासेज नआएको धेरै भयो ।

पुरानो म्यासेजहरु छन्
चिया खायौ, कस्तो चल्दैछ अहिले तिम्रो अफिस ?
मैले भनेको कुरामा तिमीले बिचार गरेका छौ ?
यस्तै यस्तै फगत बिगतका गफहरु
कुनै सयम सान्दार्भिक थियो
अहिले बोझिलो सम्झनामा भएर बसेको छ
अट्किएर इनबक्समा ।
म्यासेज बक्समा
मोबाइलको किप्यड थिच्दै
धेरै असुद्ध कहिलेकही शुद्ध
अक्षरहरु टाइप नगरेको पनि धेरै भयो ।
बेलाबेलामा तिम्रो पैसा सकियो भर
तिमीले यति खर्च गरेपछि यस्तो सुबिधा थपिदिन्छौ
मलाई पछिल्लो समय आको म्यासेज ।
कुनै बेला थियो
म चिया खान्थे म्यासेज बन्थ्यो
तिमीले चिया खायौ भनेर ?
म गाडिको भिडमा च्यापिएर काठमाडौमा
बाच्नको लागि दौडिन्थे
तयार हुन्थ्यो नयाँ म्यासेज
यो काठमाडौमा गुन्दु्रके जिन्दगीको ।
इनबक्समा बसिरहेको म्यासेज
तिमीले बाचा गनुपर्छ
साँच्चै कतिन्जेल मप्रति बफादार हुन्छौ ?
हाहाहा तिमीलाई मैले जोक गरेको ?
हाँस्न मिल्थ्यो अक्षरमा
त्यो म्यासेज हेर्दै म यता खितखिताउँथे
अहिले त्यही म्यासेज
बेकारमा बसेको घाउ
आलो बनाउने मेलो भएको छ ।
बुढो गुराँस
फूल लाग्ने हाँगा
सुक्दैछ र आशा गरिरहन्छ अर्को वसन्तको
तर त्यो भन्दा पहिले नै काटिन्छ दाउराको लागि ।
मेरो इनबक्सको हाल पनि त्यस्तै छ ।
सुकेको हाँगाबाट फूल फुल्ला कि भन्ने ?

इनबक्समा नयाँ म्यासेज नआएको पनि
धेरै भयो
इनबक्समा नयाँ म्यासेज नआएको पनि ।

छोटो कबिता ।

छोटो कबिता ।


कस्तो असजिलो रात भनेको
तिम्रो हातको सिरानी
छुटेछ र पो सानु ।



कसै कसैको जिन्दगी
कसै कसैलाई
खाली एउटा मनोरञ्जन मात्र ।



खै केमा के पुगेन कुन्नि
बिचैमा तोडियो
सँगैको यात्रा ।



उल्टो र सुल्टो
एउटाले अर्को देखे पछि
न रहेछ कुरा बाझिने ।