Showing posts with label facebook kuramri. Show all posts
Showing posts with label facebook kuramri. Show all posts

Thursday, August 4, 2011

फेसबुक कुमारी भाग २

कतै धान फलेर पहेलपुर त कतै तरकारी साग सब्जीले हरियो खेत । हरिया सागपात चाहियो कि खेतमा गयो टिप्यो ल्यायो पकायो । समस्या केही थिएन । जव पहिलो पटक गोर्खेली युद्ध गर्ने आए । खेतमा भएको धेरै कुरा नासियो । धेरै कुराको समस्या भएपनि सबै भन्दा समस्या तरकारीको प¥यो । खेतका खेत भएका हरिया सागसब्जी यता र उताका फौजले कच्याककुच्युक पारे । कुदेर गएर टिपेर खानु पर्ने तरकारी नभएपछि सबैलाई समस्या भो । यु्द्धमा गोर्खलीले हारे । कीर्तिपुरबासीले फेरी युद्ध हुने छनक पाए । त्यसैले खेतका सबै सागलाई ल्याएर कुच्याउदै गाड्ने र सुकाउने गर्ने थाले । कहिल्यै यसरी नराखिएको सागको स्वाद निक्कै अनौठौ लाग्यो । तेस्रो पटकको प्रयासमा गोर्खालीले कीर्तिपुरलाई जित्यो । गोर्खालीले पनि गुन्दु्रकको स्वाद चाखे अनि नेपाल भरि पु¥याए । हो त्यही कीर्तिपुरकी थिइ ज्ञानु माली ।

नेवारनी भएर पनि नेवार जस्तो नलाग्ने अनुहार । म त्यसैमा झुक्किएको थिएँ शायद अरु पनि झुक्किदा हुन ।
एक अर्कामा एड भएको झण्डै एक महिना हामीले केही कुरा गरेनौ । म बेला बेलामा उनको प्रोफाइल अपडेड भने हेर्थे । अरुका कमेन्ट पनि ।

मार्च महिनाको पहिलो सोमबार । अफिसमा मेरो खासै काम थिएन भनौ काम गरि सकेर म फुर्सदमै थिएँ । फेसबुक चेक गर्दा उनी पनि अनलाइन थिइन । कुराकानी समान्य भो हाइहेल्लो । अनि घरपरिवारको कुरा भो । उनको घरमा बा आमा त भैहाले अनि बिहे भैसकेको दिदी र एक दाइ थिए । वा ठेक्का पट्टामा काम गर्थे र सानो तिनो राजनैतिक कार्यकर्ता । दाइले पनि बाकै बाटो समातेका थिए ।

राजनीतिमा उनको पटक्कै रुचि छैन रे । त्यसैले उनको र उनको बाको कुरा खासै मिल्दैन रे । संगीत पनि सबै खालको उतिकै मन पर्ने कुरा सुनाइन । पढाइ एम ए सोसोलोजी अनि अहिले काम एउटा नाम चलेकै आइएनजिओमा । उनले बिचैमा लेखिन भोली पनि यस्तै समयमा कुरा गर्ने है । हुन्न भन्नु मेरो केही थिएन । ओके भनेर लगआउट गरे ।

काठमाडौ समय यस्तै न हो कुन्नि के भएर हो त्यो समय बिजुली आएन । म अनलाइन भइन ।
त्यो दिन मलाई याद छ त्यो ठ्याक्कै त्यो शायद मार्च महिनाको दोस्रो हप्ता थियो । म शायद त्यो भन्दा अगाडि काभ्रेको खार्पाचोक गाउँ घुमेको फोटाहरु अपलोड गरेको थिए । केही मिल्ने साथीलाई ट्याग पनि । उनलाई पनि मैले ट्गाय गरेको थिएँ । उनले कमेन्टमा ढटुवा भनेर लेखिकी रहिछिन् ।

मैले कमेन्टलाई खासै ध्यान दिएर हेरेको थिइन । त्यो दिन पनि उनीसँग अनलाइन भेट भयो । मैले औपचारिकताबस हाइ भने उनले उतर दिइनन । मैले फेरी के भयो भनेर लेखेँ । उनले उतर दिइनन । मलाई लाग्यो आफ्नो एकाउन्ट खोलेर कतै गइछिन । आधा घन्टा फेरी अघिकै कुरा लेखेँ ।

म तिमीसँग बोल्दिन । उताबाट टाइप भएर आएको अक्षर ।
किन नी ?
तिमी अघिल्लो हप्ता अनलाइन आउछौ भनेर नआएको होइन ।
हो तर मेरो बाध्यता थियो के गर्नु ?
के हो नी त्यस्तो बाध्यता तिमी मलाई भन्न सक्दौन थियौ त ?
भन्न त चाहान्थे फेसबुक भन्दा हाम्रो केही कन्ट्याक थिएन । त्यसैले भन्न सकिन ।
त्यसो भए मेरो नम्वर लिउ न त ।
मैले केही नभनी उताबाट नम्बर टाइप भएर आयो ।
यो पटकको अनलाइन भेटमा पहिलो भन्दा अलि बढि घरयासी कुरा भए ।

हामी एक अर्काको घरपरिवारको बारेमा सकेसम्म लेखिरहेका थियौ । हामीले लगभग चार घन्टा एक अर्कोको कुरा लेखालेख ग¥यौहोला । उनले लेखेको कुराको सार यस्तो थियो ।

दिदी र मेरो उमेर फरक २० बर्षको । दिदीको बिहे भएको पनि निक्कै बर्र्ष भैसकेको तर अहिले पनि माइतमै बस्ने । । कारण भिनाजुको उमेर । निक्कै बढी । त्यसमा पनि एउटा नरमाइलो कथा । मेरो कान्छा बाजेको एउटै मात्र छोरी मिखा फुपु । उनको बेभाको निक्कै समय पछि सम्म पनि कुनै सन्तान भएनछन् । फुपाजुहरु निक्कै सम्पन्न र धनि काठमाडौ महाबौद्धका । असनमा चल्ने दुईवटा पसल । दुबै पसलमा सबै कुरा पाइने । पासः पसः भने पछि उनका पसललाई त्यताका सडकमा बस्ने कुकुरले पनि देखाउथे भन्ने चलन थियो रे । दुबै पसलबाट प्रशस्तै पैसा कमाई हुने ।

फुपुबाट सन्तान नभएपछि घरको करकरले उहाँ माइतै बस्न थाल्नु भयोरे । अनि फुपाजुको घरमा दास्रो बिहे गर्ने भन्ने कुरा घरमा निक्कै चल्योरे । फुपुसँग सल्लाह गर्न पाजु ससुराली अर्थात हाम्रो कान्छा बाजेको घर आउनु भयो रे ।

मैले सुने अनुसार उहाँ मिखा फुपुलाई एकदम माया गर्नु हुन्थ्योरे । बिहेको कुराले फुपुलाई भन्दा बढि उहाँलाई चिन्ता भाको रे । अनि फुपाजुले पसल घर छाडेर भागेर दोलखा बजारमा जाने कुरा पनि फुपुलाई राख्नु भएको थियो रे । तर फुपुले माइतीको नाकको लागि भन्दै अर्की ल्याएपनि आफुलाई कुनै अप्ठ्यारो नहुने बताएपछि फुपाजु अर्की बिहेको लागि तयार भाको रे ।
फुपाजु ससुराली खलकमा निक्कै मनपराइको ज्याईमा पर्थे ।
मेरो हजुरबालाई पनि ज्वाई निक्कै मन परेको थियो रे । मैले थापाउदा पनि हजुवा ती फुपाजु भनेपछि हुरुक्कै हुन्थे । अनि हजुरबाले नै ज्वाईका लागि केटी मै खोज्दिन्छु भनेर सम्धीसँग भेटेछन् । अनि केटी खोज्दा धेरै केटी भएपनि हजुरबाले कसैलाई मन पराएनछन् । अन्त्यमा उनले नै नाता नातै रहोस भनेर मेरी दिदी नातिनीको बिहेका लागि कुरा चलाएछन् । नाताले फुवाजु र भदाहीको बिहे नहुने तर पनि हजुरबाले सम्धीलाई धेरै कुराले सम्झाएछन् । त्यो बेला हजुरवालाई सम्धीले भनेका थिए रे पहिले बाबुसँग सम्धी भैसकेको नाता कसरी छोरालाई पनि सम्धी भन्नु ?

Thursday, July 7, 2011

फेसवुक कुमारी

फेसवुक कुमारी भाग एक


फेसबुकमा रमाउनेमा पर्छु म । मिल्थ्यो भने निन्द्रामा पनि चलाएर निदाउथे कि जस्तो लाग्छ ।
तर केही समय अघि म गाउँतिर घुम्न निस्किएकोले लगअन गर्न नपाएको धेरै दिन नै भएछ । इनबक्स भरी धेरै म्यसेज आएर थन्किएछन् । ट्याग भएर आएका केही फोटा र केही साथीका रमाइला कमेन्टहरु पनि । एक जना साथी छन् संकल्प माइला । उनी बेला बेलामा लेखि रहन्छन् ब्यतिगत भोगाइ । उनको लेख्ने तरिका रमाइलो लाग्छ । उनले पनि एउटा कथा झै लाग्ने भोगाइ पठाएका रहेछन् ।

राम्रो फोटो देखे पछि उनलाई एड रिक्वइस्ट पठाएँ । उनले त्यसलाई तुरुन्तै एसेप्ट गरिन । नाम थियो ज्ञानु माली । उनको इन्फोमा हेरे घर कीर्तिपुर रहेछ । कीर्तिपुर आफैमा ऐतिहासिक शहर । कुनै बेलाका शक्तिशाली राजा पृथ्वीनारायणलाई आच्छु आच्छु पारेको शहर । कुनै बेलाको पक्का नेवारी शहर । अहिले भने अरु जातकै मानिसको बसोबास धेरै भएको ठाउँ । अहिले पनि नेवारी शहरको पुरै अस्तित्व नै हराइ भने सकेको छैन । केही बाकी नै छ ।

अरु कारणले पनि बिशेष छ कीर्तिपुर । कहिल्यै भुइचालो नजाने शहर । अहिले सम्म पनि यहाँका मानिसले भुईचालो जाँदाको अनुभव गरेका छैनन् । अरु त अरु ९० सालको भुइचालोले काठमाडौ तहस नहस बनाउदा पनि यो शहरलाई केही गरेन ।

अनि नेपाली खानाको पर्यबाची बनेको गुन्दु्रक सुरु गरेको शहर । गुन्दु्रकको प्रसंग पृथ्वीनारायणले आक्रमण गर्दा ताकाको रे । त्यो बेलामा यो शहर माथिल्लो थुम्कामा थियो भने थुम्काबाट देखिने सबै भागमा खेती पाती । अहिले बिश्वबिद्यालय रहेको क्षेत्र , तीनथाना नैकाप र भत्केपटी सबै तिर खेती । शहर भएको ठाउँबाट जता हेरेपनि रमाइलो ।

कतै धान फलेर पहेलपुर त कतै तरकारी साग सब्जीले हरियो खेत । हरिया सागपात चाहियो कि खेतमा गयो टिप्यो ल्यायो पकायो । समस्या केही थिएन । जव पहिलो पटक गोर्खेली युद्ध गर्ने आए । खेतमा भएको धेरै कुरा नासियो । धेरै कुराको समस्या भएपनि सबै भन्दा समस्या तरकारीको प¥यो । खेतका खेत भएका हरिया सागसब्जी यता र उताका फौजले कच्याककुच्युक पारे । कुदेर गएर टिपेर खानु पर्ने तरकारी नभएपछि सबैलाई समस्या भो । यु्द्धमा गोर्खलीले हारे । कीर्तिपुरबासीले फेरी युद्ध हुने छनक पाए । त्यसैले खेतका सबै सागलाई ल्याएर कुच्याउदै गाड्ने र सुकाउने गर्ने थाले । कहिल्यै यसरी नराखिएको सागको स्वाद निक्कै अनौठौ लाग्यो । तेस्रो पटकको प्रयासमा गोर्खालीले कीर्तिपुरलाई जित्यो । गोर्खालीले पनि गुन्दु्रकको स्वाद चाखे अनि नेपाल भरि पु¥याए । हो त्यही कीर्तिपुरकी थिइ ज्ञानु माली ।

नेवारनी भएर पनि नेवार जस्तो नलाग्ने अनुहार । म त्यसैमा झुक्किएको थिएँ शायद अरु पनि झुक्किदा हुन ।
एक अर्कामा एड भएको झण्डै एक महिना हामीले केही कुरा गरेनौ । म बेला बेलामा उनको प्रोफाइल अपडेड भने हेर्थे । अरुका कमेन्ट पनि ।

बाँकी अर्को भेटमा ...................