Showing posts with label documentary. Show all posts
Showing posts with label documentary. Show all posts

Wednesday, November 23, 2011

Friday, August 12, 2011

दिगो शान्तिको लागि आर्थिक बिकास

देशमा चलेको शशस्त्र द्धन्द्धबाट धेरै कुरा नराम्रो भयो । कतिले आफन्त गुमाए कतिले आफ्नो घरबार । यस्ता दुःखपीडाको पाउनेको संख्या लाखौ भए । तर केही युवाले युद्धको घाउलाई शक्तीमा बदले । जीवनमा केही राम्रो काम गरे । आफ्नो जीवन सुधारे अनि समाजको लागि पनि उधारणिय बने । यस्तै युवाको कथा समेटिएको डकुमन्ट्रि हो दिगो शान्तिको लागि आर्थिक बिकास ।


नेपाल टेलिभिजनमा साउन ३२ गते बुधबार बेलुकी ७.३० बजे ।
एभिन्यूज टेलिभिजनमा भदौ २ गते शुक्रबार बेलुकी ६.३० बजे ।
कान्तिपुर टेलिभिजनमा भदौ ३ गते शनिबार बेलुकी ६.३० बजे ।
अनि तराई टेलिभिजनमा भदौ ४ गते आइतबार बेलुकी ७ बजे ।


प्रशारण हुँदै छ हेर्ने प्रयास गर्नु होला ।

Sunday, July 31, 2011

दिगो शान्तिका लागि आर्थिक विकास

उसँग पैसा छ र त बिदेश जान्छ त्यो पैसा यही लगनी गर्ने हो भने हामी बिदेशमा गाको पैसा यही कमाउन सक्छौ । नारायण नेपालः मोरङ

हेर्नुस पैसा भन्दा पनि ठूलो जोस जागर चाहिने हो । अमरदिप कुमार साहः धनुषा ।

आखिर एक प्रसेन्ट पनि हाम्रो फार्मले मासुजन्यमा बृद्धि ग¥यो भने देखिन हामीे आम्दानी भएको ठान्छौ ।

यस्तो बाहिर बंगुरको कार्यक्रम बाहिर कतै छैन । चन्दे्रश्वर यादवः सर्लाही ।

हाम्रो आर्थिक अबस्था पहिलाको भन्दा राम्रो भयो । सुमित्रा माझीः सर्लाही ।

पैसा कमयो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । राममणी कुसवाहः धनुषा ।

काम गर्दा खेरी इमान्दार बन्नु प¥यो । सिनसियर बन्नु प¥यो । श्रीराम दासः पर्सा ।

म भारी बोक्छु । मलाई किसान भन्न लाज लाग्दैन । निरज प्रधान ।

आँट छ । हरेस कुनै काम बाट खाएको छैन । इन्दलप्रसाद यादवः बाँके ।

म यो काम गर्न सक्छु भन्ने आँट हुन प¥यो । टिकाबहादुर खड्काः मकवानपुर ।

परिवारले सालको तीनचार लाख आम्दानी भनेको राम्रो कुरा हो । नारायण नेपालः मोरङ ।

असम्भव भन्ने केही छैन । सम्भव नै सम्भव छ । मात्र के हो मान्छेले चासो राख्नु प¥यो । एकमाया बिकः बाँके ।





दिगो शान्तिका लागि आर्थिक विकास

नेपाल मानव विकासको सूचकांकमा १३८ औं स्थानमा छ । एकजना नेपालीले औसतमा बार्षिक ३१ हजार रुपैयाँ आम्दानी गर्छन ।

स्रोत र साधनका हिसाबले भने नेपाल निकै धनी छ । यहाँ आर्थिक विकासका प्रशस्त संभावनाहरु छन । तर उपयुक्त कार्यक्रम र अवसर नपाउँदा धेरै नेपाली या त विदेशिएका छन, अथवा रोजगारीको खोजिमा भौतारिइरहेका छन । शहरी क्षेत्रका मानिसहरुको जीवनस्तर केही सरल भएपनि नेपालका दुर्गम गाउँको अवस्था अत्यन्तै नाजुक छ । खानाको कमी र यसकै कारण लाग्ने रोगले बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन । महिला र केटाकेटीहरु यस्तो समस्याबाट बढी पीडित छन ।

तर सबै ठाउँको अवस्था एउटै छैन । केही मानिसहरु प्रतिकुल परिस्थितिमा पनि आफू र समुदायलाई फाइदा हुने काम गरिरहेकाछन ।

नेपालको नक्शामा बाँके जिल्ला देखाउने

मध्यपश्चिम नेपालको बाँके जिल्ला । दुई छोरीकी आमा एकमाया विश्वकर्मा बागेश्वरीको मनकामना गाउँमा बस्छिन । १० बर्ष अघिसम्म एकमायालाई महिलाले घरबाहिर गएर काम गर्न सक्छन भन्ने विश्वास थिएन । घर बाहिरको सबै काम परिवारका पुरुष सदस्यले गर्थे । श्रीमानको जागिरमा निर्भर एकमायाले केही गर्नुपर्छ भन्ने नै ठानिनन् । तर विक्रम संवत २०५७ सालमा उनका श्रीमान दैलेखको नौमुले आक्रमणमा परे । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान मारिएपछि उनले जीवनमा नसोचेको दुःख पाइन ।

एकमाया विकः
श्रीमानमा आश्रित हुनुपर्थ्यो । उहाँको डेथपछि सबै जिम्मेवारी मलाई आयो । उहाँको काजक्रिया देखि सबै जिम्मेवारी आयो । त्यतिबेला नानीहरु साना साना अवस्थामा थिए ।

एक्ली एकमायालाई सहयोग गर्ने कोही भएन । पैसा बिना गुजारा नचल्ने ठानी उनी घरबाट बाहिर निस्किइन । दिदीबहिनीहरुसँग सल्लाह गरिन, समूह बनाइन र महिनाको १० रुपैयाँ जम्मा गर्न थालिन ।

एकमाया बिकः
पैसा भएर पनि पैसा बचत नर्गने यस्तो खालको थियो परिपाटी । किन बचत गर्नुप¥यो र ? भएपछि बैंक व्यालेन्स गरे भैईहाल्छ आवश्यक परे बैंकबाट ल्याए भईहाल्छ । भन्ने खालको मात्र थियो कन्सेप्ट ।
राजमणि विक
हाम्रै पैसा जम्मा गरेर के हुन्छर ? घरैमा जम्मा गरे पनि हुन्छ भन्ने कुरा पनि भयो पहिला । अहिले चाही बुझ्दै आए ।

मन मिल्ने दिदीबहिनीहरुको समूहको नाम नै मिलीजुली बचत समूह रह्यो । अहिले यो समूहमा ७ सय सदस्य छन । एकमायाको घरबाट सुरु भएको बचत अभियान ३ वटा गाउँ विकास समितिमा पुगिसकेको छ । मिलीजुली स्वाबलम्वन कृषक बहुउद्धेश्यीय सहकारी संस्था कानूनी रुपमै दर्ता भएको छ । सहकारीमा अहिले ४१ लाख रुपैयाँ नगद छ । यसले बार्षिक झण्डै डेढ करोड रुपैयाँ बराबरको सहायता पुर्याएको छ ।

एकमाया विक ः
यो १ करोड २९ लाखको कारोवार गरिरहदाखेरि यो क्षेत्रको विकासको करा गर्ने हो भने कति करोड पुग्या छ । नदेखिने के जिविसको कुरा गाविसको कुरा जानेर विभिन्न संघसंस्थाका कुराहरु तिनिहरुले ल्याएका डोनरहरुका करा गर्ने हो भने त यहाँ कति करोड कति करोडको विकास भएको छ ।

एकमाया यो सहकारीकी अध्यक्ष हुन । सहकारीले सदस्यहरुलाई दिएको ऋण सही ठाउँमा प्रयोग भए नभएको पनि हेर्छिन उनी । यहाँबाट पैसा लानेहरु सबै गरिब छन ।

महिलाहरुको समूहले, नजिकैको नेपालगञ्ज बजारमा खपत हुने तरकारी र मासु उत्पादन गर्छ । समूहमा काम गर्ने बानी नै एकमाया र उनका सहयोगीहरुको सफलताको कडी हो । उनीहरु साना साना समूह बनाएर काम गर्छन । आएको आम्दानी बाँडेर लिन्छन ।

एकमाया विक ः
सस्तो व्याजमा आफैले लगाएको व्याजमा आफ्नै पैसा चलाएर भनेको भाकामा तिर्छ आन्दानी गरेर ।

उनीहरु ठूला कुरामा लगानी गर्दैनन ।

एकमाया विक ः
करोड रुपैयाँ कमाउनेहरुले के गर्छ भनेर पैसावालाहरुसंग काम गर्छन । पुँजीपतिसंग काम गर्छन । तर हामी न्युन आए भएका मान्छेहरुसंग भोली के खाने भन्ने मान्छेमाहरुसंग हामी काम गर्छौ ।

उनीहरुले गर्ने कामले गाउँ र समुदायलाई सहयोग गर्छ । मध्य असारमा किसानलाई मल चाहिन्छ । तर किसानलाई चाहिएको बेला बजारमा मल पाइदैन । किसानहरु बढी मुल्य तिरेर मल किन्न बाध्य हुन्छन । यो समस्या समाधानका लागि सहकारीले मल खरिद गर्ने निधो गर्यो । बजारमा मल नभएका बेला समेत यहाँका किसानले सहकारीबाट सजिलै मल पाएका छन । यसबाट सहकारीलाई फाइदा त भएकै छ, किसानले पनि भनेको बेला चाहिएको सामान पाएका छन ।

मलको समस्या समाधान भएपछि एकमायाको टोलीले किसानलाई पर्ने अर्को अप्ठ्यारोमा काम गर्ने सोचाई बनायो । राम्रो काम गरेको थाहा पाएपछि सहकारीलाई सघाउन विभिन्न संघसंस्था आए । यसरी आएको ३० लाख रुपैयाँ उनीहरुले सिंचाइका लागि प्रयोग गर्ने भएका छन । आकाशे पानीको भरमा खेति गर्ने यहाँका किसानहरुले सहकारीको समेत गरि ३३ लाख रुपैयाँ खर्च गरेर सिंचाइका लागि बोरिङ गर्ने भएका छन ।

यो सहकारीले गाउँमा पर्ने साना साना अप्ठ्यारामा काम गर्छ । उनीहरु करोड लगानी गरेर लाखको कुरा गर्दैनन् । उनीहरु त दश रुपैयाँ जम्मा गरेर करोडको कुरा गर्छन ।

एकमाया विक ः
नगरे पछि हात बाँधेर बस्नुभयो भने काही पनि गर्न सकिदैन । गर्न केही खोज्यो भने धेरै उपाय छन् धेरै अवसरहरु छन् । धेरै बाटोहरु छन् । धेरै कुरा गर्न सकिन्छ ।

प्रताव विक ः
म त एकदमै गर्व गर्छ । नि दिदी प्रति त । जहाँपनि म हेर्छु । उहाँको बोल्नेदेखि लिएर वहाँ एकदमै
परफेक्ट हुनुहन्छ ।



नेपालको नक्सामा बाँकेबाट हेटौंडा आउने

एकमायाको घर भन्दा ६ सय किलोमिटर पूर्व मध्य नेपालको हेटौंडामा बस्छन टिका बहादुर खड्का । उनी दोलखाको दुर्गम गाउँ फस्कुबाट आएका हुन । विगतको द्वन्द्वका बेला प्रशासनले बिद्रोही भएको ठानेपछि टीकाको परिवार नै गाउँमा बस्न सकेन । ९ बर्ष अगाडि गाउँ छोडेर हेटौंडा आउँदा उनीसँग बाबुआमा र एउटा भाइ बाहेक सम्पत्तिको नाममा अरु केही थिएन ।

गाउँको मानिस सानै भएपनि हेटौंडा बजारमा बिरानो भए । परिवार र आफ्नो पेट पाल्न कामको खोजिमा हिंडे । स्नातक सम्म पढेका टिका कुरिअरमा आएका चिठ्ठी घर घरमा पुर्याउने काममा लागे । साइकलमा सामान ओसारेर पसल पसल पुर्याए । हेटौंडा सिमेन्ट उद्योगमा काम गरे ।

कामको खोजीमा भौतारिंदै गर्दा टिकाका भाईले ग्रिल उद्योगमा काम पाए । मेहनती शंकरले थोरै समयमै सिप सिके ।

शंकर खड्का ः
आफ्नै ग्रील उद्योग भन्नेथ्यो एउटा यहाँ यसो ख्याल ख्यालमै साथी भाइको नाताले आउदा आउदै मैले छ महिना जति काम गरे ।

अरुकोमा काम गर्दा हार खाइसकेका टिकाले भाइको सिपबाट धेरै गर्न सकिने देखे । अनि सुरु भयो उनीहरुको जीवन फेर्ने अभियान । आफूसँग भएको र साथीभाइसँग मागेको ३० हजार रुपैयाँले ६ बर्ष अगाडि सुरु गरेको ग्रील उद्योगबाट अहिले महिनाको डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।

टिका बहादुर खड्का ः
पैसा नभएको हुनाले सेकेन्डह्यन्ड मेनि हामीले २० हजारमा किन्यौ । अन्य लागनी भने अन्य ब्यतिmसँग खोसखास गरेर पनि थोरैथोरै सामान ल्याउने अनि त्यसलाई पठाइ हालेपछि फेरि पैसा लिएर सुरुमा लगभग ३० हजारको हाराहारीमा हामीले सञ्चालन ग¥यौ ।

अहिले उनीहरुलाई कामको खाँचो छैन । छ बर्ष बित्दा नबित्दै समझदारी ग्रील उद्योग हेटौंडा बजारको राम्रो उद्योगमा गनिन थालेको छ ।

सानो घरको बसाई र खान पनि नपुग्ने कमाईले पिरोलिएको मन ग्रील उद्योगको आम्दानी पछि शान्त बनेको छ । भएको सम्पति ल्याउन नपाएपनि हेटौडाको ढुङ्गेधारा टोलमा दुई तल्ले घर बनाएका छन् उनीहरुले ।

शंकर खड्का ः
पहिला त हाम िअब चियासिया खान पनि गा¥हो थियो । २०५९ सालमा हामी दोलखाबाट यहाँ आयौ । हामीलाई धेरे गा¥हो थियो । पहिला अब प्लस्टार गरेको घरमा बसिन्थ्यो भने अब मार्बल हालेको घरमा बसिन्छ । पहिला एक तल्ले घरमा बसिन्थ्यो भने अहिले दुइ तल्ले घरमा बसिन्छ । हिजो अस्ति साइकल चढ्थ्यौ भने अहिले अब मोटरसाइकल चढेर एकदम आरामसँग जस्तो भन्यो त्यस्तै गरेर हाम िहिड्न सक्ने भएका छौ ।

मेहनती टिकाको परिवार नै काममा व्यस्त हुन रुचाउँछन । त्यसैले उनीहरुले नयाँ बनाएको घरमै पसल खोलेका छन । आज त्यही किराना पसल सुरु भएको पहिलो दिन हो ।

यो पसल चाहिँ टिकाका बुबाको जिम्मामा छ ।

टिकाको अगुवाईमा यो परिवारले हेटौंडामा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ ।

नेपालको नक्सामा हेटौंडाबाट वीरगञ्ज जाने ।

हेटौंडा छेउको भारतीय सिमा नजिक पर्ने वीरगन्ज बजारमा बस्छन श्रीराम दास । १० बर्ष अगाडि सशस्त्र विद्रोहीले उनका बुबाको हत्या गरे । गाउँ अशान्त भयो । श्रीरामको परिवार गाउँमा बस्न सकेन । उनीहरु सदरमुकाम विरगञ्जमा आए । श्रीराम त्यतिबेला बैंगलोरमा बिबिए पढ्दै थिए । यहीबेला परिवारको सबै जिम्मेवारी श्रीरामको काँधमा आयो । जसोतसो पढाई सकेर उनी नेपाल आए । अहिले उनी यो क्षेत्रकै पुरानो विरगन्ज कमर्स क्याम्पसमा पढाउँछन । इमान्दार र लगनशिल श्रीरामलाई काम थालेको केही समय पछिनै क्याम्पसले थप जिम्मेवारी दियो । उनी व्यवस्थापन लगायतका जिम्मेवारी सहित क्याम्पसका संयोजक बने ।

बिहान त उनी व्यस्त भए । तर दिउँसोको समय त्यतिकै बच्यो । दिगो शान्तिका लागि व्यावहारिक शिक्षाको महत्व बुझेका श्रीरामले स्कुल खोल्ने विचार गरे ।

श्रीराम दास ः
यहाँको शिक्षाको गुणस्तर लो थियो । मलाई कता कता चित बुझेन । शिक्षा पनि त्यस्तो हुन प¥यो नि पैसा तिर्न । किन भने त्यही मान्छेहरु यहाँ एक हजार नतिरेर बाहिर बिसौ हजार तिर्छन काठमाडौमा चार पाँच हजार तिर्छन । यहाँ तिर्न मान्दैनन् त्यो के कारण भने यहाँको गुणस्तर राम्रो नभएर हो ।

साना साना नानीहरुलाई खेलाउँदै पढाउँदै गर्न बिर्ता बजारमा मन्टेश्वरी स्कुल खोले ।

श्रीराम दास ः
हामीले बिस देखि रोक्दा रोक्दै ३५ पुग्यो । १५ दिन थपियो । हाम्रो बिचार थियो कि थोरै राखेर गुणस्तरिय शिक्षा दिने । तर गार्जिएनको रिक्वस्टले गर्दा टार्न सकिएन ।

वीरगञ्जका लागि यो पढाई नौलो थियो । वीरगञ्जवासीको माया पाएपछि यो बर्षदेखि मन्टेश्वरी कक्षासँगै कक्षा ८ सम्मको पढाई पनि सुरु गरेका छन ।

गाउँ ठाउँका विद्यालयमा शिक्षाको गुणस्तर घटेका बेला उनले यहाँ स्कुल सुरु गरेका छन । मेहनती शिक्षक र चुस्त व्यवस्थापन भए पढाई राम्रो हुने उनको अनुभव छ । त्यसैले त स्कुल सुरु गरेकै बर्ष यहाँ २५० जना भन्दा बढी विद्यार्थि भर्ना भएका छन ।

दास परिवार नै शैक्षिक क्षेत्रमा लागेको छ । कुमुदिनी एकेडेमीमा पढाउने श्रीमती समेतको सल्लाहमा श्रीराम स्कुल व्यवस्थापन र स्तरीय शिक्षाको योजना बनाउँछन ।

विजया दास ः
उहाँको गरेको देखेर हामीलाई पनि हौसला आउँछ । उहाँको गरेको देखेर हामीलाई केही गरौ कि प्लस मैले गरेको काम उहाँलाई सहयोग पुग्छ भने म एनिहाउ कुनै काम गर्न तयार छु ।

एकबेला भनेजस्तो काम नपाएका १८ जना मानिसहरु यहाँ काम गरिरहेका छन । श्रीरामको सानो प्रयासले उनी र यहाँको समाजलाई आर्थिक र शैक्षिक दुवै हिसाबले सहयोग भएको छ । यो स्कुलले विभिन्न कामका लागि महिनाको दुई लाख रुपैयाँ सम्म तिर्छ । अनि यसबाट भएको आम्दानीले एकबेला अप्ठ्यारो स्थितिमा परेको श्रीरामको परिवारलाई राहत मिलेको छ ।

नेपालको नक्सामा वीरगञ्जबाट सर्लाही जाने ।

वीरगञ्ज भन्दा पूर्व सर्लाहीको चन्द्रनगरका रामकेवल माझी हरेक मंगलबार बंगुरको स्वास्थ्य जाँच गराइरहेका भेटिन्छन । ३२ वटा बंगुर भएको यो फार्म रामकेवल अध्यक्ष भएको सर्वोदय सहकारीले संचालन गरेको हो । रामकेवल एकबेला राजनीतिक उद्धेश्यका साथ गाउँ गाउँ घुमिहिंड्थे । तत्कालिन सरकारले खोजी गर्न थालेपछि उनी भूमिगत भए । समय फेरियो, रामकेवल पनि फेरिए । सिद्धान्तले भन्दा उद्यम गरेर दिगो शान्ति र समावेशी विकास हुने ठाने उनले । समुदाय र देशको विकास विकासका लागि आर्थिक गतिविधिमा सामेल भएका रामकेवललाई अहिले टाउको उठाउने फुर्सद छैन । एकछिन ढिला भए फार्मका ३२ वटै बंगुर एकै स्वरमा कराउन थाल्छन ।

बोलेर दुनियाँ बनाउने सपना देखेका रामकेवल अहिले काम गरेर मात्रै समाज बन्ने रहेछ भन्नेमा पुगेका छन ।

रामकेवल माझी ः
खाँडी मुलुकमा गएर कति हानी लिएको छ । भन्नुुस न । उहाँहरुसंग गएर सोध्नुस न के के दशा भोगेको छ । के के दुःख भोगेको छ । भन्नुस न त्यसको अपेक्षा त हाम्रो यहाँ आनन्दले बसेको छ । पैसा भनेको डलरमा आउँछ । पनि नेपाली त आउँछ । नि डलर नआएपनि नेपालीमा त पक्कै आउछ ।

चन्द्रनगरमा मुसहरहरुको बाक्लो बस्ति छ । समाजले दलित भनेर हेला गरेको यो बस्तीका मानिसको पुस्तौनी ज्ञान हो सुँगुर पालन । तर अव्यवस्थित सुँगुर पालनले खासै फाइदा दिन सकेको थिएन । छाडा छोडिएका सुँगुरले गर्ने फोहोर गाउँको अर्को समस्या थियो । उनीहरु केही गर्न सक्ने अवस्थामा थिएनन् ।

रामकेवल माझी ः
आफु भन्दा ठुला जातको नक्कल गर्न नपाउँने, होटल व्यावसाय गर्न नसकिने, अनि परिवर्तन हुँदै गयो आर्थिकीकरण हुँदै गयो अब के गरु त भन्ने भन्दाखेरी आर्थिकरुपमा यिनिहरु कसरी बढौ भनेर यिनिहरु सोच राखेर यिनिहरु सुगुर पाल्ने काम सुरुभयो । त्यो सुगुरबाट हाम्रो समाजको ठूलाबडाहरु घृणा गर्न थाले ।

अहिले रामकेवलको दिन आफ्नै तरिकाले बित्छ । हप्ताभरि गर्ने कामको समय तालिका छ उनीसँग । कसले के काम गर्ने भन्ने प्रष्ट छ ।

एकबिहानै बंगुर र खोरको सरसफाइबाट दिन सुरु हुन्छ ।

त्यसपछि बंगुरलाई दाना खुवाइन्छ ।

बिहानको आठ बजे भित्रै यो काम सक्नुपर्छ ।

बंगुर पाल्दा निस्केको फोहोरबाट गोबरग्याँस निकाल्न काम सुरु गरिएको छ ।

बंगुर पालनबाट सुरु भएको सर्वोदय सहकारीमा ५० जना जति संगठित भएका छन । रामकेवलको एक्लो प्रयासमा सहभागी हुनेहरुको संख्या बढीरहेको छ ।

बंगुरका बच्चा बोकेर यहाँसम्म ल्याउनेहरु यो अभियानमा सक्रिय छन । कामका लागि उनीहरुले अन्यत्र जानु परेको छैन ।

रामचन्द्र कापर ः
काँखमा बोकेर ल्याएको अहिले बोक्न सकिराखेको छैन । ठुलो भएछ । आन्दानी आउने बेला भईसकेको छ । पहिला ५÷६ किलो सम्मको थियो वयट अहिले ५०÷६० किलो पुगिसकेको छ ।
हामीहरु भने थ्यो एजेन्टलाई बिदेश जानलाई मलाई भन्थ्यो एजेन्टले भन्यो एक लाख देखि डेढ लाख सम्म पर्छ । तपाइलाई मैले भने मेरो यो राँगा र टायर सुद्दा उठाउनुस पाँच लाख दिन्छु । भन्दा उसले अह म मात्र तपाईलाई उडाउँछु । टायर र राँगालाई उठाउँन सक्दिन । त्यो भन्दा हामीलाई यही ठिक छ ।

दुई बर्षअघि पाल्न थालेयता उनीहरुले १२ वटा बंगुर बेचे । यसबाट झण्डै १ लाख रुपैयाँ आम्दानी भयो । अब भने यसले राम्रै आम्दानी गर्नेछ ।

रामकेवल माझी ः
६महिनामा तपाईको एभरेजको हिसाबमा माउ हेरी हेरी हुन्छ । तै पनि एभरेजमा १० वटा पाठापाठी हुन्छ । २ सय पाठापाठी आउँछ । ठाउँ सम्म पुगे भने देखिन २ सयको ३ हजारले जोडौ अब कति हुन्छ ?

एकबेला सिन्को नसार्ने श्रीमानले काम गरेको देख्दा रामकेवलकी श्रीमती दंग छिन ।

सुमित्रा माझी ।
पहिला सर के थियो भने राजनीति गरेको बेला मान्छेहरुले गाउँ र अरु मान्छेको पैसा ठगेर खान्छ भन्थे तर अब बंगुर पालन गरेपछि अब यस्तो कसैले भन्दैन ।

रामकेवल काममा लागेपछि छोराछोरीले पढ्न पाएका छन । माझी परिवारकी एउटी छोरी काठमाडौंमा नर्सिङ पढ्दैछिन । एक छोरा र एक छोरी सदरमुकाम मलंगवामा बसेर पढीरहेका छन ।

रामकेवलले गरेको प्रयासले उनको परिवार मात्रै होइन सम्पूर्ण गाउँ र यहाँको मुसहर जाति नै आत्मानिर्भर बन्ने बाटोमा लागेको छ ।

नेपालको नक्सामा सर्लाहीबाट मोरङ जाने ।

पुर्वी नेपालको झापा जिल्लामा जन्मेका नारायण नेपालले २२ बर्ष भारतीय सेनामा काम गरे । जागिरबाट फर्केपछि उनी सशस्त्र विद्रोहको मोर्चामा सामेल भए । शान्ति स्थापनाका लागि विद्रोही पक्ष र सरकारी पक्षबीच सम्झौता भएपछि उनी लडाकु शिविरमा बसे । शिविरमा बसिंरहँदा उनको मन शान्त भएन । आफू, समाज र देशको दिगो विकास र शान्तिका लागि आर्थिक गतिविधिमा सामेल हुनु उपयुक्त ठाने नारायणले । कमजोर बन्दै गएको परिवारको आर्थिक अवस्था सुधार्न र शान्तसँग बस्न उनले शिविर छोडे । पैसाको खडेरी छँदैथियो । उनले जागिर खाँदा सिकेको च्याउ खेति गर्ने तरिका सम्झिए । त्यही सिपलाई व्यावसायिक रुप दिन झापा छोडेर विराटनगरतिर हान्निए । मनभरि केही गर्छु भन्ने आँट थियो तर खल्तीमा जम्मा ४० हजार रुपैयाँ थियो ।

विराटनगर उपनगरपालिका वडा नं. १५ मा त्यसै खेर गएको खाली जग्गा भाडामा लिए । आफु बस्न र च्याउ फलाउन छुट्टा छुट्टै दुइवटा छाप्रो बनाए । च्याउको बिउ भारतको कानपुरबाट मगाए ।

च्याउ त फल्यो तर बिकेन । मानिसलाई पल्काउन उनले सुरुमा सस्तोमा च्याउ बेचे । स्वाद र यसको फाइदा थाहा पाएपछि च्याउको माग बढ्यो, भनेजस्तै भाउमा च्याउ बेच्न पाइयो ।

नारायण नेपाल ः
विराटनगरमा पहिले तीस चालिस किलो च्याउ बेच्न धै धै पथ्र्यो । मुस्किल पथ्र्यो । फनफनी घुम्नु पथ्र्यो मैले तर ३० ४० किलो च्याउ हौइन २०० किलो च्याउ बेच्न नि गाह्रो छैन ।

अहिले बजारमा च्याउ लान ढिला भयो कि नारायणको मोबाइलमा फोन आइहाल्छ ।

राधिका राई ः
पचार पाकेट सय पाकेट पनि बिक्छ । च्याउ उत्पाद नै हुदैन । च्याउ ल्याने नै नारायण नेपाल भने पनि हुन्छ अरुले च्याउ दिनै सक्दैन ।
नारायण सफल भएपछि च्याउ खेति गर्न चाहानेको संख्या बढ्यो । अहिले उनी च्याउ खेति गर्न चाहानेलाई सिकाउन टाढा टाढासम्म जान्छन ।

उनको चर्चा मात्रै भएन । आम्दानी पनि बढ्यो । भाडामा लिएको जग्गा किने । अहिले त्यही जग्गामा पक्की घर बनाएका छन ।

नारायण नेपाल ः
जति पनि लेवर खर्च र या माल मेटिरियलको र्खाहरु लाग्यो त्यो दिन भरि ७ ८ जना लेबरले यहा काम गदथ्यो र ठेकेदार थियो । म तिन बजे उठेर म त्यही झोपडीमा च्याउ टिप्थेँ । अब त्यही च्याउ म बिहान ७ बजे लगे बेच्थे । र आठ बजे मिस्त्रिहरु आउँथे । म चुप लागेर बस्थे र बेलुका त्यही पैसा लेवरहरुलाई दिन्थे । उनीहरु थाहा पाउँदैनथ्यो त्यो कुरो ।

च्याउ खेति गर्न धेरै ठाउँ चाहिँदैन । अनि बल लगाएर गर्नुपर्ने काम पनि हुँदैन । त्यसैले अशक्त अवस्थामा समेत परिवारकै सदस्यले यो काम गर्न सक्छन ।

राधिका नेपाल ः
उहाँ आर्मीमा हुदा म पनि गको थिए। हामी परिवारै त्यही थियौ । उहाँले सिक्न प¥यो भन्दा मैले नै समर्थन गरे । मेरो चाहि भावना के थियो भने आर्मीमा भए पनि नेपालमा गएर केही गर्नू छ बाह्य कुरा पनि केही सिक्नु पर्छ भन्ने सोचाइ मेरो पनि थियो ।

नारायणले खान पल्काएको च्याउको बजार अहिले इलाम, धरान, इटहरी सम्म फैलिएको छ ।

च्याउ खेतीलाई उनले उद्योगकै रुपमा दर्ता गरेका छन् । राधिका च्याउ स्वादका पारखीको छनौटमा पर्छ । अनि च्याउ खेति गर्ने तरिका सिकाउन पनि नारायण नेपाल नै सबैको प्राथमिकतामा पर्छन । त्यही भएर नारायणले बर्षेनी चार लाख जतिको आम्दानी घरै बसी बसी गर्छन ।

आर्थिक विकास र उन्नतिका लागि गाउँ ठाउँमै बसेर केही गर्ने मानिसहरु थुपै्र भेटिन्छन । तर समयसँगै उनीहरुको ज्ञान हराएर जान्छ । उपयुक्त नीति र कार्यक्रम तथा प्रोत्साहनको अभावमा उनीहरु मध्ये धेरै पेशाबाट पलायन हुन्छन । यि किसान र उद्यमी सफल हुनाका धेरै रहस्य छन । केही समय अघि रेडियो सगरमाथा र स्थानीय रेडियोको पहलमा विराटनगर, हेटौंडा र नेपालगञ्जमा यिनै सफलताका कथा सुन्न र सुनाउन अनुभव आदान प्रदान कार्यक्रम समेत गरियो ।

समिटको बाइट ः


मान्छेमा इच्छाशक्ति र सीप, ज्ञान छ भने त्यो जग्गा जमिन पुँजी नभएपनि गर्न सकिन्छ ।

सुरुमाचाही हामीले भाडामा बसेर गाईपालनको क्षेत्रमा काम गयौं र अहिले हामीसंग २० २५ वटा गाई छ । लगभग दिनमा एक डेढ सय दुध घरैबाट गछौं ।

सहकारी त्यही हो जो सहकार्य गर्नसक्छ ,सहकार्य गर्न सक्छ ।

जनशक्तिको कमि होईन हाम्रो मानसिकतामा कमि छ ।

सकियो इच्छाशक्ति भयो भने हामी जे पनि गर्न सकिन्छ ।

कृषिको बिकासको लागी सरकारको निति स्पस्ठ हुनप¥यो ।

हाम्रो देशको युवाशक्ति कस्तो खालको छ भन्नुहन्छ भने एक करोड पैसा एकै रातमा चाहियो ।

नेपाललाई बचाउने भनेको कृषि नै हो । नेपाली युवालाई रोजगारी दिने सम्पुर्ण कुरा कृषि नै छ ।

साँच्चै देशको माया गर्ने हो भने देशको समस्यालाई बुझै र समस्याको समाधान गरौं ।

कुनै पनि मानिसको आर्थिक बिकास हुनुभनेको सामाजिक र साँस्कृतिक बिकास हुँन उतिकै आवश्यक छ । जव सम्म सामाजिक बिकास हुँदैन तब सम्म आर्थिक बिकास हुँदैन ।

सबभन्दा पहिलो त्यो युवाहरुमा कमाउने क्षमता भईदियो भने हाम्रो गाउको बिकास हैन व्यक्तिको उत्थानमात्र होइन देशकै राष्टकै उत्थान हुन्छ । यदि पैसा कमायो भने अरुलाई पनि सहयोग गर्न पाइन्छ । त्यो दुई पैसा अरुलाई गयो भने अरुले पनि त्यो चाहाना बोक्छ । त्यो सीप आउछ । उसमा कुनै यदि रोजगारका कार्य संञ्चालन गर्दछ भने त्यो अरुले पनि हेरेर अरुलाई पनि देखाउँछ ।

उन्नतिको लागी राजनिति भन्दा पनि आर्थिक बिकासलाई नै जोड दिनु पर्छ भन्ने मलाई लाग्छ ।

हरेक नेपालीलाई काम गर्न गाह्रो हुन्छ । किन भने समाजले चाही कुनै पनि सानो काम ग¥यो भने त्यो व्याक्तिलाई होच्याएर बोलाउछ । यदि हजुरहरु कोहि हुनुहन्छ भने तपाइले पनि आफ्नो छोराछोरीलाई साने काम गर्न दिनु हुन्न । किन भने त्यसको समाजले चाँही होच्याउछ । फलानोको छोराले यस्तो काम गरेछ । हो त्यसकारण यस्तो सानो काम गर्नेलाई नै होच्याउछ । भनेपछि हरेक व्यक्तिले काम गर्न दिइदैन त्यसकारण हरेक व्यक्ति उद्यमशील बन्न खोज्दा खोज्दै पनि सानो कामको दृष्टिकोणले पनि काम गर्न गाह्रो हुन्छ ।

एक घारबाट मैरी पालन सुरु गरें र अहिले म संग ५० घार मैरी छ । र म अहिले मैरीबाट गर्दै जाँदा राम्रो आन्दानी हुँै गयो । त्यसले गर्दा अहिले म मैरी पालन पेसामा चाही अग्रसर भएर लागी राख्या छु ।

अनि अहिले यो पेसा नहँुने यो भनैं न यो असार श्रावन पैसा नहुँने बेलामा अहिले भटाभट पैसा लिदै छु ।

किन हिरो हँुन पुग्नु भो उहाँहरु ? भने उहाँहरुले आर्थिक बिकासमा आफ्नो पेसालाई लिएर जोड्न पुग्नु भो । उहाँले तरकारी खेती गर्न भयो के हो तरकारी खेती ? तरकारी खेती गर्दाखेरी आर्थिक सफल कसरी पाउनुभयो उहाँहरुलाई मात्र तरकारी खेत ीगर्ने चोच कसरी आयो ? अरु किसान साथीहरुलाई किन आएन ? अरु किसानहरुलाई किन आएन ? हाँडी खोलाको नरहरी नन्दन दाईहरुले उत्पादन गरेको ३ रुपैँयाको १५ रुपैँया किन पाएन १५ रुपैँया हामीहरुले किन लिन प¥यो ? त्यही विषयको चिजको खोजको बिचमा यसलाई जोडेर अझ आर्थिकरुपमा अगाडी लानुको निम्ती जम्मैले जम्मैकुरा जानेको हँुदैन । मैले जानेको कुरा भन्दा नजानेको कुरा धेरै छ ।

सबै मान्छेमा एउटा सिप हुन्छ कला हुन्छ । हैन त्यसले त्यो कलालाई प्रयोग गर्न जान्नु पर्छ । यदि त्यो ग¥यो भने पक्कै पनि राम्रो हुन्छ ।

आफ्नो देशको उत्पादन भएको सामन जति चाही आफ्नै देशमा खपत गरेर अनि मात्रै देशबाट अन्य देशबाट ल्यानु पर्ने जस्तो लाग्छ ।

आफै रोजगार गर्न सकियो भने मात्रै स्वरोजगारी हुन सक्छ । सानो सानो छरिएर रहेका पुजीहरुलाई सङ्कलन गर्दै उनीहरुलाई अबश्यकता अनुसार त्यहा के गर्न सकिन्छ ? उनीहरुको आबश्यक्ता केहो? थारै भएपनि पुँजी गरेर उत्पादन बढि गर्न सकिने कामा मैले प्ररित गरेको छु ।

एउटा मसँग गोरु थियो । त्यो बेचेर एउटा साने पसल गराएँ । त्यो पसल गराएर चाही अब त्यसैबाट कमाउदा कमाउदै अहिले मानौन सानो किराना पसल भन्दा अलि चलेको छ । त्यो पसलबाट आफ्नो बालबच्चा बुवा आमा अरु जो जति छ सबै पाली राख्यो छु ।


जीवन राम्रो बनाउने भन्ने चहना सबैको हुन्छ । त्यस्तो खालको जो मान्छेसँग त्यो खालको टोरेन्ट पावर हुन्छ नी धैर्यता हुन्छ नी एकदमै कम मान्छेमा हुन्छ । त्यस्तो टोरेन्ट पावर त ।

उहाँहरु लगाएत अन्य पिडितहरुलाई कसरी समेट्ने यो आर्थिक सवालमा । आर्थिक बिकासको सवालमा चाही कसरी समेट्ने भन्ने कुराहरुको सवाल चाही छलफल गर्नुपर्ला ।

द्धन्द्धपिडित पहिलाहरु धेरै अगाडि सारिरहनु भएको अबस्था र अरु एकल महिलाहरुलाई अगाडी लाने के सोच बनाउने भएको छ । अरु एकल महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ ।

खाडि मुलुक गएर काम गर्नेको एकदुई जनाले बाहेक मजबुरी गर्ने हो । त्यहाँ गएर यहाँ यसएससी पास गरेको सर्टिफिकेट देखाएर त्यहाँ कुर्सीमा बस्ने जागिर पाइदैन । त्यति मेहनेत गर्ने हो भने यहाँ आफूसँग भएको दस कट्ठा एक बिगहा जमिलाई सदुपयोग गर्ने हो भने त्यहाँबाट ल्याउने जति खान लाउन प्रशस्त पुग्छ ।

उहाँहरु एउटा आत्मवल उच्च पारेर आउनु भएको ब्यातित्व हुनुहुन्छ । यसरी द्धन्द्धबाट पिडित भएर पनि उहाँहरुले आफ्नो मनलाई सानो पार्नु भएको छैन । आत्मबल उच्च पारेर उद्यमसिलतामा लागेर उद्यमशिलताबाट हामी अगाडी बढ्न सक्छौ र आफ्नो परिवारलाई अगाडि बढाउन सक्छौ । आफ्नो भाबि सन्ततीलाई राम्रो किसिमले शिक्षादिक्षा उपलब्ध गराएर एउटा सही मार्ग प्रशस्त गर्न सक्छौ भन्ने उहाँहरुको उच्चबल रहेको पाइयो ।

सोनाम सिं स्याङतान
सदस्य, स्थानिय शान्ति समिति, मकवानपुर

अब त्यसलाई बाटो देखाउने कुराहुन सक्छ । भने कतिपय आफ्नो खुट्टामा उभिन सक्ने छैन भने प्याकेजमा प्रंोग्राम चाही आर्थिक लगानीको प्रोग्राम दिन प¥यो । के के गर्नेु प¥यो त्यसको क्यटगोरी गरेर भनौ समस्यालाई सही कुराको समस्या के हो भनेर समस्याको निर्धारण गरेपछि त्यो अनुसारको चही समस्याहरुको समाधान सरकारले चही ध्यान दिनुपर्छ ।

सबै नागरिकहरु आफ्नो खुट्टामा उभिन सक्ने हुन सकोस । कम्तिमा आफै योग्य नहुँदा सम्म यहाँ बिभिन्न ढंगले उत्पीडनमा परेका छन् । त्यो नीतिगत समस्याको समाधान राज्यले गर्नु पर्छ । त्यसको भोली चाही आफ्नो खुट्टामा उभेर गास बास कपास स्वास्थ्या रोजगारहरु जस्ता आधारभूत समस्याहरु आबश्यक्ताबाट बिमुख हुन नपरोस नागरिकहरु ।


एकमाया, टिका, श्रीराम, रामकेवल र नारायण सबैको सफलताका पछाडि कडा परिश्रम, लगनशिलता र मेहनत लुकेको छ । एकपटक अस्तव्यस्त भएको जीवनलाई आर्थिक विकासकै माध्यामबाट अघि बढाउन उनीहरु सफल भएका छन । आर्थिक विकासको यो बाटो नअपनाएका भए उनीहरु सबैका उदाहरणीय बन्ने थिएनन । उनीहरुले गरेको काम आफू स्वयं, परिवार र समाजका लागि फाइदाजनक छ । अनी दिगो शान्ति र समुन्नत समाजको बाटोमा लाग्छु भन्नेहरुका लागि प्रेरणादायी पनि ।

Tuesday, June 7, 2011

परिवर्तित समुदाय

परिवर्तित समुदाय

निर्देशन तथा लेखन
गोकुल ध्वर्जे तामाङ

कार्यकारी निर्माता
सुशील मैनाली

सम्पादन
दीपा बस्नेत
सरुण तुलाधर

क्यामरा
विकुराम तजले
मोहन केसी

नेपाल बाताबरण पत्रकार समुह र रिड नेपाल प्रश्तुत गर्दछ


सोलुखुम्बु जिल्ला त्यसै पनि बिकट छ । सदरमुकाम सल्लेरी नजिकै भएपनि दोर्पु गाउँ पुग्नका कठिन छ । तर यहाँ सञ्चारको सबै सुबिधा उपलब्घ छ ।
योङस्टार टेलीभिजन यहाँको मुख्य आकर्षण हो । केबल मार्फत चल्ने यो टेलीभिजनले स्थानिय गतिबिधि देखाउँछ । यसको सञ्चालन र ब्यबस्थापन योङस्टार सामुदायिक पुस्तकालय तथा सुचना केन्द्रले गरिरहेको छ ।
बुद्धिनारायण श्रेष्ठ अध्यक्ष, योङस्टार सामुदायिक पुस्तकालय, सोलुखुम्वु
हामीले पर मन्थ ४० हजारको हाराहारीमा शुल्क उठाउछौ । पे च्यानल कटाएर मथल्ली हामीलाई १० देखि १२ हजारलाइबेरीलाई आम्दानी हुन्छ । यो केवुल चाही हाम्रो पहिला देखि नै शेयरबाट आफुले केवुल सञ्चालन गरेका थियौ । पछि यो लाइबेरी सञ्चालन भए पछि हामीले लाइबेरीलाई जिम्मा दियौ । जिम्मा दिइसकेपछि लाइबेरीले अत्याधुनिक फाइबर केबुल दोर्पु देखि फाप्लु सम्म हामीले डिस्ट्रिबुसन गरका छौ । यसले गर्दा पिक्चर क्वालिटी पनि बढ्यो । जस्ले गर्दा ३ सयको हाराहारीमा हाम्रो ग्राहक छ ।

केवलबाट टेलीभिजन हेरेबापत ग्राहकले मासिक १८० रुपैया तिनुपर्छ । शेर्पाको बाक्लो बस्ति भएको सल्लेरी आसपासका दर्शकको चाहना अनुसार नयाँ च्यानलको खोजी भैइरहेको छ ।

बिरकाजी राजभण्डारी प्राविधिक, योङस्टार टेलीभिजन, दोर्पु, सोलुखुम्वु
यो चाही हामीले भरर्खर ल्याएको छाता हो । तर सेकेन्डह्यन्ड छाता किनेर ल्याएको सर । यो चाही लासा भन्ने शेर्पा भाषाको च्यानल हामी यसबाट टिप्न लाउने बिचार गरिराछौ । यसबाट कान्पिुर टेलीभिजन, इमेज, अनि अहिले टिभी फिल्मी अको छ त्यही लाको अनि यता पटि चाही नेपाल टेलीभिजन योबाट लाको छ । नेपाल तराई र एभिन्युज यताबाट लाको ।
योङस्टार टेलीभिजन यहाँका लागि सुचना र मनोरञ्जनको माध्यम बनेको छ । टेलीमिजनले शिक्षा र बिकासका काममा धेरथोर सहयोग पु¥याएको छ । मानिसहहरुले अन्त भएका काम हेरेरै भएपनि थोरै ज्ञान लिएका छन् । यसबाट हुने आम्दानीकै कारण तीनबर्ष बनेको यो पुस्तकालय राम्रो चलिरहेको छ ।

रेखा श्रेष्ठ सल्लेरी – ७, दोर्पु, सोलुखुम्वु
४३.४८ यस्तो शोलु जस्तो ठाँउमा आएर पनि च्यानल हेर्न पाका छौ खुसी लाग्छ । एकदम आनन्द लाग्छ फोटो हेरेर हामी पनि यस्तै टिभीमा देख्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले क्लबले नै टिभी राखेकोले केके कार्यक्रम गर्दा खेरी हाम्रो फोटो पनि देखिन्छ । म अस्ति नै दशैमा वयलकम कार्यक्रम गरेको थियो । क्लवमा देखिएको थिएँ । यसो शुभकामना देको । एकदमै खुसी लाग्छ नी आफ्नो मन नै झसङ्ग भको जस्तो त्यस्तो हुन्थ्यो हुन्छ नी ।
अम्बिका श्रेष्ठ सल्लेरी – ७, दोर्पु, सोलुखुम्वु
रमाइलो हुन्छनी देश सबै ठाउँ देख्न भोको को हो देख्न पाइन्छ । कस्तो कस्तो देख्न पाइन्छ । थरीथरीका मान्छेहरु । रमाइलो छ नी अहिले ।
शिक्षा फैलाउदै बिकासका काम गर्ने उदेश्यका साथ काम गरिरहेको ग्रामिण शिक्षा तथा बिकास रिड नेपालले देशका ४९ ठाँउमा सामुदायिक पुस्तकालय स्थपना गरको छ ।
यो चाही सोलुखुम्वुकै अर्को गाउँ जुनबेसी अनि यो पहिलो सामुदायिक पुस्तकालय । यस पुस्तकालयले पनि आफ्नो आम्दानीको स्रोत केवलसेवालाई नै बनाएको छ ।

चुङवा शेर्पा अध्यक्ष, जुनबेशी सामुदायिक पुस्तकालय, सोलुखुम्वु
केवुल हामीले सञ्चालन गररहेको छौ । कन्जुमर पनि भने जस्तो पाएको छैनौ । अहिले हाम िजम्मा १६ १७ घरले मात्र युज गररहेका छौ । र पाउनु पर्ने सेवा पनि पाइरहेका छैनौ । ९ वटा च्यानल भनेर ल्याको अहिले हाम्रोमा ४ वटा ५ वटा च्यानल मत्र चलिरहेको छ । अलिकति प्रोब्लोम भनेका पहिडी क्षेत्र भएकोले लाइटेनिङको प्रोब्लोम हुने रैछ । बर्षाको समयमा रिसिभर जल्ने रैछ ।

अर्को हिमाली जिल्ला मुस्ताङको टुकुचे गाउँ । यहाँको थाक पुस्तकालय निक्कै पुरानो पुस्तकालय हो । ठाँउ अनुसारको पुस्तकालका आम्दानीका स्रोत फरकफरक छन् । मुस्ताङको टुकुचेमा रहेको यो पुस्तकालयले भने समिल चलाइ रहेको छ । स्थानिय मानिसको आबश्यक्ता अनुसार काठको सामाग्री बनाएर पुस्तकालयले बार्षिक तीनलाख रुपैया कमाइरहेको छ ।

गोबिन्दप्रसाद श्रेष्ठ सचिव, थाक सामुदायिक पुस्तकालय ,टुकुचे, मुस्ताङ
अहिलेसम्म फनिर्चर उद्योगबाट नै यसको मुख्य आयस्रोतको रुप्मा लियौ र बिभिन्न कार्यक्रम सञ्चालन ग¥यौ । यहाँको सघसंस्थालाई १२ लाख सहयोग गरिसक्यौ । अब फर्निचर उद्योग सञ्चालन गरिरहदा अलिकति वाताबरण प्रभाव पर्ने देखेर गतबर्ष कर्यसमितीको मिटिङ बसेर फर्निचर उद्योगलाई अलिकति कम गर्ने योजना बनाएको छौ । अन्य आयस्रोत बढाउने जस्तै सेभ ड्रिङकिङ वाटर बिक्री कक्ष राखेको छौ । त्यस्तै इमेल इन्टरनेट सञ्चालन गर्ने टुरिस्ट एरिया भएकोले त्यहीबाट पनि केही आम्दानी गर्ने सोच बनाएका छौ ।

पुस्तकालयबाट आर्जन भएको ज्ञानकै आधारमा उनीहरु वतावरणप्रति सचेत बनका हुन् । वन माथिको चाप कम गर्ने विकल्प खोज्दै छन् । मुस्ताङ भरि नै राम्रो स्याउ फल्ने टुकुचेको शैक्षिक स्तर बढाउन थाक पुस्तकालयले निक्कै सहयोग गरेको छ ।

इन्द्रबहादुर तुलाचन अध्यक्ष, थाक सामुदायिक पुस्ताकालय, टुकुचे, मुस्ताङ
मुख्य चाही टुकुचेलाई चिनाउने शैक्षिक क्षेत्र र बागबानी हो । बागबानीमा ठोकेर भन्न सकिन्छ । स्याउ खेतीमा र शिक्षामा र बागबानी क्षेत्रमा टुकुचेलाई नेपालमै चिनाउने प्रयासमा छौ ।

पुस्तकालयको आम्दानीका स्रोत अरु पनि छन् । सार्बजानिक टेलीफोन, शुद्ध पिउने पानी र कम्प्युटर तालिमबाट पनि सानोतिनो सहयोग भैरहेको छ ।

सकुन्तला बुढाथोकी,थाक सामुदायिक पुस्तकालय, टुकुचे,मुस्ताङ
अहिले चाही मोवाइलको कारणले आउँदैन । कोही नभएको चाही आउँछ । सुबिधा जस्तै भयो नी अब मोबाइल नभएकोलाई बालाइ दिने गर्छौ ।
यसरी भएको आम्दानीलाई गाउँको बिकासको लागि पनि प्रयोग भएको छ । यो पुल बनेको झण्डै छ बर्ष भयो । त्यतिबेला पुस्तकालयले ८० हजार रुपैया खर्चेर यो पुल बनाएको थियो । त्यस भन्दा अगाडि चिवाङ र चोखोपानी गाउँ पुग्न कालीगण्डगीबाटै जान पथ्र्यो । त्यसरी तर्दा यो भेगका मानिसले निक्कै समस्या भोग्न बाध्य थिए । पुस्तकालयले यो पुल बनाएपछि निक्कै सजिलो भएको छ ।

त्यसो त यो पुस्तकालयले टुकुचेकै योगेन्द्र उच्च माध्यमिक बिद्यालयको होस्टेल बनाउनको लागि पनि सहयोग गरेको छ । अहिले सोही बिद्यालयमा बालबालिकाको बालकक्षा सञ्चालनको सम्पुर्ण खर्च पनि यही पुस्तकालयको आम्दानीले धानिरहेको छ ।

भिन्न भिन्न ठाँउको सामुदायिक पुस्तकालयले दिगो आम्दानीको स्रोत फरक फरक बनाएका छन् । यस्ता आम्दानीले पुस्तकालयलाई आत्मनिर्भर बनाउँछ । पुस्तकाललाई चाहिने कर्मचारीको तलव, नया पुस्तक किन्न लाग्ने खर्च र पत्रपत्रिका साथै अन्य पुस्तकालयको बिभिन्न कामका लागि यस्तो आम्दानीको प्रयोग हुन्छ ।

ग्रामिण शिक्षा तथा बिकास रिड नेपालले नपालभर बनाएका सबै पुस्तकालयको आफ्नै भवन छ अनि पुस्तकालयको जिम्मेवारी स्थानिय मानिसले लिएका छन् । स्थानिय स्तरको आबश्यक्ता र संभावना भएकोे कामलाई पुस्तकालयको आम्दानीको स्रोत बनाउँछ ।

मुस्ताङको सदरमुकाम पुथाङमा भने आमा समुहले पिठो र मसला पिध्नको लागि मिल चलाएका छन् । पर्यटकीय क्षेत्र भएकोले यो ठाँउमा शुद्ध पिउने पानी खोज्ने पर्यटक निक्कै हुन्छन् । त्यसैले उनीहरुले पानी शुद्ध बनाएर बिक्री गरिहेका छन् । पुथाङ सामुदायिक पुस्तकालयमा आम्दानी यिनै स्रोतहरुको बारेमा छलफल भैरहेको छ ।

महकुमारी शेरचन ः अध्यक्ष,पुथाङ सामुदायिक पुस्तकालय, पुथाङ, मुस्ताङ
बजेतका लागि कहाँबाट स्रोत जुटाउने हो हामी समुहबाट त्यो हामी छलफल गर्दा समग्र बजेट कति छुट्याउने भनौ ।

मेन सटर तलकोले हामीलाई साथ दिइ रहेको छ । प्लस चाही पानी मिनरलबाछर बेटर हेल्थ भनेर राम्रो सेवा दिइ रहेको छ । यो पेलानी पिसानीबाट पनि हामीलाई भैरहेको छ ।

यही आमा समुहले दुख गरेर यहाँ पुस्तकालय बनाएका हुन् । पुस्तकालय भवन बन्नु भन्दा अगाडि उनीहरुले निक्कै समस्या ब्यहोरेका थिए । आमा समुहको नियमित बैठक बस्ने ठाँउ समेत थिएन । यिनै आमाहरुको अठोट र रिड नेपालको सहयोग यहाँ पुस्तकालय बन्यो ।

सुशिला गौचन ः सदस्य पुथाङ सामुदायिक पुस्ताकालय तथा सुचना केन्द्र , पुथाङ, मुस्ताङ

मिलेर गर्नु पर्छ । एक्लैले त गरेर त केही हुदैन तर एक जनाको बिचार हुन्छ आफ्नो आइडिया निकाल्ने हो तर सर्पोट सबैले ग¥यो भने देखि त केही गा¥हो हुदैन । एउटा आर्थिक कुरा हुन्छ । आर्थिक सबैले सहयोग ग¥यो भने देखि केह िगा¥हो छैन । किन आइमाई छोरी भन्दैमा खुम्चिएर बस्नु पर्ने डराएर बस्नु पर्ने त छैन नी ।

पर्यटकीय क्षेत्रमा भएकोले यहाँका मानिसहरुको सम्पर्क देश बिदेशमा हुन्छ । पुस्तकालयको आम्दानीबाट बिभिन्न खालको सिप पनि सिकाइन्छ । पुथाङ सामुदायिक पुस्तकालयबाट कम्प्युटर तालिम लिएपछि अहिले यो भेगका धेरै महिलाहरु निर्धक्क कम्प्युटर चलाउन सक्ने भएका छन् । इन्टरनेटमा खबर आदन प्रदान गर्ने र आफूलाई चाहिएको चिज हेर्न सक्ने भएका छन् ।

रिना सुनुवार मार्फा ५, पुथाङ , मुस्ताङ
बाहिर पहिले चिठी पत्र आदान प्रदान गर्दा पनि हातैले लेख्नु पथ्र्यो । अहिले चाही कम्प्युटरबाट नै प्रिन्टआउट निकालेर कुनै संघसंस्थामा पठाउने गर्दा खेरी जसको प्रयोग भैरहेको छ । ३८.५६
३९.०० अरु चाही इन्टरनेटबाट ठाँउँठाउमा समाचार आदान प्रदान गर्ने साथीहरुसँग भेट्ने बिलहरु निकाल्न प¥यो भने पनि प्राय जसो साथीहरुले सिक्नु भएको साथीहरले आमा बाहेक कम्प्युटर भाको घरमा चाही कम्प्युटर भाको घरमा चाही कम्प्युटरबाटै बिलहरु निकाल्दा खेरी ।

पुस्तकालयको आम्दानीका लागि सुरु गरिएको काम बेलाबेलामा समय अनुसार फेर्न पर्ने अबस्था पनि आउँछ । पर्बत जिल्लाको फलेबास गाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा यस्तै भयो ।
एक बेला गाउँमा टेलीफोन थिएन । फोन गर्न सदरमुकाम कुस्मा धाउनुपथ्र्यो । त्यसैले सबैले मिलेर गाउँमा भिस्याट फोन राख्ने निर्णय गरे । यसबाट पुस्तकालयको आम्दानी राम्रै हुने देखियो तर फोन केही समय मात्रै चल्यो । गाउँमा मोबाइल फोन पुगे पछि भिस्याट फोन थन्किएको पनि धेरै बर्ष भैसक्यो । उनीहरुले फेरी अर्को उपाए निकाले । पसल राख्ने बनाए र भाडामा लगाए । एकचोटी ठप्प भएको पुस्तकालयमा फेरी आम्दानी हुन थाल्यो । पुस्तकालय चलाउन समस्या भएन ।

बिष्णु शर्मा लम्साल ः अपाध्यक्ष, मोती समुदायिक पुस्तकालय, खानीगाउँ, पर्बत
मासिक १० १५ हजार नेट प्रोफिट आउने स्थिती थियो । त्यो बेलामा हामीले रिडसँग अनुरोध ग¥यौ । उहाँको सहयोगमा हामीले भिएचएफ टेलीफोन जडान ग¥यौ । तर प्राबिधिक कुरा फोनले हामीलाई दुख दियो । फोन राम्रोसँग सञ्चालन हुन सकेन । त्यसको मर्मत सम्भारमा हामील्े धेरै लगानी गर्न प¥यो । एक डेढ बर्षको केही राम्रो संञ्चालन भयो । मलाई टोटल्ली मनि त थाहा भएन तर हामील्े एक लाख जति इनकम ग¥यौ होला ।
र पछि सबैको पकेटमा मोबाइल फोन हुन थाल्यो । हामीले कर्मचारी राखेर सञ्चालन गर्दा हाम्रो खर्च पनि नउठ्ने स्थिती आयो र बिस्तारै हामीले त्यो फोन बन्द ग¥यो । खच्चड खेद्ने केटाहरुसँग पनि मोबाइल छ घास काट्ने महिलासँग पनि मोवाइल छ । मलाई लाग्छ घरको दुई चार पाँच सदस्यसँग मोवाइल छ । त्यसैले हामीले भिएचएफ फोन सञ्चालन गरेर हाम्रो खर्च उठ्दैन ।

इन्द्र सापकोटा टेलीफोन सञ्चालक, मोती सामुदायिक पुस्तकालय, खानीगाउँ, पर्बत
यसमा कुस्माको टावर कनेक्सन नै नहुने । रेडियो सेट नै बिग्रिकोथ्यो । डायलटोन आउँदै नआउने । थन्क्याएको डेढ बर्ष भयो ।

पुस्तकालय समुदायलाई आँखा देखाउने र असल बाटोमा डोहोर्याउने माध्याम हो । यसले पछाडि पारिएको समुदायलाई विशेष ध्यान पुर्याउनु आवश्यक छ । नवलपरासीको अग्यौलीमा रहेको यो सामुदायिक पुस्तकालयले महिला शिक्षा दिने, स्कुल स्कुलमा पुस्तकालय बनाइदिने गरेको छ । यस्ता कामका लागि नियमित रुपमा केही न केही स्रोतको आवश्यकता पर्छ । स्रोत जुटाउने र समुदायको विकास सँगसँगै गर्ने उद्धेश्यले अग्यौली सामुदायिक पुस्तकालयले महिलाहरुको सक्रिय सहयोगमा बचत समूह मार्फत काम गरिरहेको छ ।

सिता पोखरेल अध्यक्ष, साहरा महिला बचत ऋण सहकारी, अग्यौली, नवलपरासी
यो लाइबेरी भनेको हरेक बर्ग हरेक लिङ्ग जात हरेक मानिसले भदौ आएर एउटा अध्ययन अलकति महिलाहरुको पहुँच महिलाहरुको पाठक संख्या एकदमै कम न्युनतम भको हुनाले महिलाहरु घरमै मात्र घुलमिल हुने बाहिर तिर ननिस्कने भएकोले लाइबेरीको पहुँचमा महिलाहरु पनि हुनपर्छ भन्ने मान्याता सुरु भयो । त्यसपछि कसरी लाइबेरीमा ल्याउने त सोच भए अनुरुप मासिक रुपमा महिलाको जमघट हुन्छ । मासिक बचत हुने त्यही आय आर्जनको माध्यम काम पनि गर्ने त्यही निहुँमा लाइबेरीमा बाटोको पनि बिकास हुन्छ भन्ने सोच बिकास भयो ।
अग्यौली सामुदायिक पुस्तकालय नवलपरासीको डण्डा बजारका लागि साँच्चिनै अगुवा बेनको छ । पुस्तकालयले आय आर्जनका लागि सडक छेउमा पसल राख्न मिल्ने सटर बनाएपछि अहिले यहाँका सबैजसो संघसंस्थाहरुले यसको सिको गरेका छन ।

प्रेमबहादुर बस्नेत अध्यक्ष अग्यौली सामुदायिक स्रोत पुस्तकालय, नवलपरासी
सालमा दिगो आर्थिक उपार्जनका लागि यो राजमार्ग सइडमा चाही १० वटा सटर निर्माण ग¥यौ । र यसबात चाही प्रत्येक महिना सात आठ हजार चाही आम्दानी हुन्छ । दिगो आम्दानीको स्रोत त्यही हो भने जस्तो फ्याक्स मेसिन छ त्यसतै गरेर सटर भैहाल्यो प्रोजेक्टरबाट पनि हामीले अल्पकालिन आम्दानी ल्याइ रहेका छौ ।
खगेस्वर बोहोरा ः अध्यक्ष सनलाइट बिकास केन्द्र, अग्यौली, नवलपरासी
हाम्रो यो लाइबेरी अग्यौली सामुदायिक स्रोत पुस्तकालयबाट पाठ सिकेको प्रेरणा पाएकै भनेकै त्यहीबाट पाएको ।
मेघ बस्नेत ः प्राध्यपक, जनता माध्यमिक बिद्यालय, शहिदनगर, अग्यौली, नवलपरासी
खास गरी यो क्षेत्रमा भएका संघसंस्था आर्थिक सङ्कटले निक्कै पिल्सि रहेको अबस्था हो । बिगतमा यो हाम्रो सामुदायिक स्रोत पुस्कालय छ । त्यसले एउटा प्लन तिएर आयो । जस जस अन्तरगत खास गरी आफ्नो भवनको अगाडि भएको जग्गा जुन छ त्यो जग्गामा उनीहरुलाई बाहलमा लगाउने आम्दानीको स्रोत अलिकति आर्थिक रुपबाट टेवा पुग्ने सोच ल्यायो । त्यो हामीलाई एक किसिमको उत्साह प्रदान ग¥यो । त्यसैले हामीले पनि केही समय पछि नै लगभग २४ वटा सटरहरु निर्माण ग¥यौ । जुन चाही अहिले हाम्रो स्कुलको आर्थिक स्रोतको मुल मेरुदण्ड हो ।

नियमित आम्दानीको स्रोत भए मात्र थालिएको कामले निरन्तरता पाउँछ । यसका लागि समय र ठाउँ अनुसार विभिन्न आय आर्जनका स्रोतहरुको खोजी गर्नु जरुरी छ । यसो गर्न सके पुस्तकालय र समाज दुवैको विकास हुन्छ ।

हिजोआज सामुदायिक पुस्तकालय बिद्यार्थी, कर्मचारी र स्थानिय मानिस सबैको ज्ञान आर्जन गर्ने साझा थलो भएको छ

अर्जन बस्नेत ः मेजर, नयाँ रणभिम गुल्म, सल्लेरी, सोलुखुम्वु
यो लाइबेरी रेगुलरली जस्तै आउँछु यो ठाँउमा । यो ठाँउँ सानो छ । यहाँ कहाँ जने के गर्ने टाइम बिताउन सजिलो । यहाँ बिभिन्न कितावहरु भेटियो । लिटेरचर समन्धि किताव पनि पाइयो । इन्फरमेसन दिने टाइपको पनि पाइयो । रिसर्च टाइपको फ्याक्ट किताव पनि भेटाएँ ।

मञ्जु शर्मा ः खानीगाउँ ७, फलेबास, पर्बत
ब्याकरण छ बिभिन्न साहित्यकारको जीवनी छ त्यो पाठमै सम्मेलित भाको कुराहरु । बिद्यार्थीले कक्षामा अथवा आफुले पढ्न लेखनको कोर्षमात्र नभएर बाहिरी कुराहरु प्नि उसले बुझ्न सक्यो भने पछाडि उनलाई सजिलो हुन्छ । उसले कितावको किरो नभएकन बाहिर बाहिरको जानकारी राख्न पर्छ जस्तो लाग्छ ।

पुस्तकालय ज्ञान आर्जन र स्थानीय संस्कृति बचाउने एउटा माध्याम त हो नै यसले समाजमा आउने सानातिना अप्ठ्याराहरुलाई पनि सम्बोधन गर्न सक्नुपर्छ । स्थानीय वासिन्दाको यही चाहना र अप्ठ्यारोलाई मध्यनजर गर्दै चितवन बछ्यौलीको झुवानी सामुदायिक स्रोत पुस्तकालयले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । अहिले सम्म १४ हजार भन्दा पनि बढि बिरामीले यसको सेवा पाइसकेका छन ।

तिलकराम श्रेष्ठ ः ड्राइभर, झुवानी सामुदायिक स्रोत पुस्तकालय, चितवन
पश्चिमको बिरामी बाटोमा एक्सिडेन्ट भएछ मैले लिएर आइदिएको थिए । उनको आफ्नो रिलेसनको मान्छे हाम्रो गाउँमा रहेछन् । ठीक भएर गाउँमा फेरी फर्केर आउँदा तंपाई नभएको भए मर्थेकि भनेर कुरा गर्थे । जे होस संस्थाले सहयोग गरपनि मलाई धन्यबाद दिनुको साथै संस्थालाई धन्यबाद दिनु भो ।

यि सबै काम गर्न समुदायको एकमत चाहिन्छ । यसका लागि समय समयमा सबैको चाहना बुझ्नु आवश्यक छ । यहाँ त्यस्तै छलफल भइरहेको छ । छलफलमा सहभागी सबैले मनमा लागेका कुरा भन्न पाउँछन् । छलफलकै आधारमा अर्को बर्ष केके काम कति खर्चमा गर्ने र स्रोत कसरी जुटाउने भन्ने तय गरिन्छ । अनि अघिल्लो बर्ष भएका कामको लोखाजोखा हुन्छ । यो तरिका नेपाल भर भएका सबै सामुदायिक पुस्तकालयमा हुन्छ ।

केशव आचार्य अध्यक्ष,झुवानी सामुदायिक स्रोत पुस्तकालय ,चितवन
पुस्तकालय संञ्चालका गि दिगो बिकास र आय को लागि एम्वुलेन्स सेवालई सुरु गरेको छौ । एम्वुलेन्स सेवा सञ्चानलमा छ तर सेवाको आम्दानीबाटै पुस्तकालय रन हुन्छ भन्ने हिसावले हामलिे सुरुवात गरका हौ । तर पुस्तकालयमा महिले जस्तो राम्रो आम्दानी भएको थियो पुस्तकालयको । न्युनतम १४ हजार देखि एक महिनामा ५४ हजारसम्म गरेका थियो अहिले त्यस्तो अबस्था अहिले एम्वुलेन्स पनि पुरानो हुदै गयो । सस्टेनेवलको हिसाबले चल्न त चलिरहेको छ अलि पहिलेको जुन अबस्था आम्दानी स्रोतहरु थियो त्यो आम्दानीको स्रोत त छैन फेरी पनि अर्को एम्वुलेन्स हामीले ल्याउनु पर्ने अबस्था छ । सामाजिक सेवाको हिसाबले पनि एम्वुलेन्स एकदम प्रभावकारी भाको छ ।

तिलकराम श्रेष्ठले झुवानी वरपर एम्बुलेन्स कुदाएको १० बर्ष हुन लाग्यो । यो अवधिमा उनले धेरै तितामिठा घटना बेहोरेका छन । बन्द हडतालमा धेरैको ज्यान बचाएका छन । अनि १४ जना भन्दा बढीलाई एम्बुलेन्समै जन्म दिएको सम्झना उनीसँग छ । राजन अर्याल तिनै नानीहरु मध्ये एकका बाबु हुन ।

राजन अर्याल बछ्यौली ९, चितवन
त्यो २०६३ सालको दशैको असोजको टिकाको दिन थियो । दशैको टिकाको दिन हामी टिका लागउने यताउता अब भनौ न इष्टमित्र आउने जाने क्रम चलिरहेको थियो । अनि मेरो मिसेसलाई चाही एक्कासी भाको बेथा लागे जस्तो भयो । अनि एम्वुलेन्स त नजिक छ हाम्रो त यहाँबाट त्यही एम्वुलेन्स बोलाएँ । एम्वुलेन्स बोलाएँ अनि त्यो उनलाई प्रसव पिडाले एकदम च्यापि रहेको रहेछ हुदाँहुदा भरतपुर हस्पिटल टिकौली जंगल काट्दा काट्दै बाबु त भनौ न पुरा उ भैसकेछ । भरतपुरको गेटमा पुग्दा त एम्वुलेन्स भित्रै जन्मि हाल्यो ।
तेरो छोरो त एम्वुलेन्समा जन्मेको तंलाई त एम्वुलेन्सको खर्च पनि लाग्दैन होला छोरो बिरामी हुँदा भन्नु हुन्छ कहिले कही ।

झुवानीको यो एम्बुलेन्सले बार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्छ । पुस्तालयले यसरी गरेको आम्दानी यहाँका मानिसहरुको शिक्षाको स्तर बढाउन सहयोगी भएको छ । यो पुस्तकालयले स्थानिय महिलाको साक्षरता बढाउन प्रौढ कक्षा सञ्चालन गरिरहेको छ ।

अधिकांश मानिसहरु खेतिपाती र पशुपालनमा संलग्न हुने हुँदा पुस्तकालयले बेला बेलामा उनीहरुका लागि आवश्यक तालिम पनि संचालन गर्छ । तालिम लिएकाहरु मध्ये धेरै आफ्नै व्यवसायमा लागेका छन ।

सोमलाल चौधरी ः बछ्यौली ९,झुवानी, चितवन
बेरोजागरी बस्नु भन्दा त्यही भएको परालबाट बाली लगाएको परलबाट अलिअलि यसो आफ्नो श्रमलाई खेर नजावस भनेर त्यो श्रम सञ्चय गरेका मात्रै हो ।

महको बजार चाही त्यस्तो गा¥हो छैन । मैल मात्र अनुसार त्यति पु¥याउन सकेको पनि छैन । फेरी आशा भने पुस्लकालयबाट ऋण पनि लिएको थिएँ ।

गाउँ गाउँमा शिक्षा दिने काममा सामुदायिक पुस्तकालय अझै अगि बढीरहेको छ । अहिले उनीहरु स्थानीय स्तरमा रेडियो संचालन गरि आय आर्जनका साथै शिक्षा दिनसक्ने भएका छन ।
स्याङजाको सदरमुकाम पुतलीबजार नजिकै बस्ने चित्रकुमारी गायक हिजोआज निक्कै खुसी छिन् । उनको यो खुशी टोल छिमेकका कुरा बजाउने सामुदायिक रेडियोको स्थापना पछि आएको हो । सँधै पोखराबाट बज्ने रेडियो सुन्नुपर्ने बाध्यता अब चित्रकुमारी र यो ठाउँका अन्यलाई रहेन । अब उनीहरु आफ्ना कुरा आफैं रेडियोमा भन्न सक्ने भएका छन । अहिले यो रेडियो करिब तीन लाख मानिसले सजिलै सुन्न सक्छन् ।

चित्रकुमारी गायक ः लामाके ९, स्याङ्जा
सुन्न मन लाग्छ नी आफ्नो गाउँ ठाँउको सुन्न मन लाग्छ नी । बढी बढी चल्दिए हुन्थ्यो । जस्तो लाग्छ नी आफ्नो गाउँ ठाँउमा बाबुहरु भएसी राम्रोराम्रो गर्ने त हो नी ।

मखमली श्रेष्ठ ः पुतलीबजार नगरपालीका ५, स्याङजा
ताजा ताजा खबर सुन्न पाछौ । नयाँ नयाँ गीत सुन्न पाछौ । एफएममा फोनहरुबाट उहाँहरु सँग बोल्न पाइन्छ । बिहानबिहान शुभकामना जन्म दिनको दिन पाइन्छ ।

एफएम ८९.६ मेगाहर्ज व्याण्डमा बज्ने रेडियो स्याङ्जाको संचालन भने लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय गरेको हो । रेडियोमा मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय बिषयलाई समेटेर बनाएका कार्यक्र बज्ने गरेका छन । पुस्तकालयले रेडियो सञ्चालन गर्ने भन्दा धेरैले पत्याएका थिएनन् । तर समुदायको साथ र सहयोग पाएपछि अहिले रडियोमा आफ्नै कुरा सुन्न पाइएको छ । अनि रेडियोबाट आउने दुइचार पैसाले पुस्तकालयलाई चाहिने खर्च धानेको छ ।

हेमराज अर्याल ः उपाध्यक्ष, लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, पुतलीबजार, स्याङजा
बास्तवमा पुस्तकालय सञ्चालन गर्ने साथी होइन । सामुदायिक पुस्तकालय चलाउने भनेको निक्कै समस्याको कुरा हो । यसलाई आर्थिक समस्या ठूलो समस्या पर्छ । यसलाई अर्थिकको ठूलो कुरा हुन्छ । आर्थिकको लागि हामीलाई रिडबाट थुप्रो रुपमा भवन लगाएत पुस्तकहरु समेत पायौ ।
त्यस बेला हामीलाई कहाली लाग्दो स्थिती थियो । हुनेकि होइन मानिसले बिस्वास गर्थेनन् । यत्रो ५०औ लाख लाग्ने रेडियो, पुस्कालय कसरी चलाउँछ भन्ने मान्छेमा बिस्वास पनि थिएन । हामीले हरेस खाएनौ ।
रमेश ढकाल ः स्टेशनम्यानेजर, सामुदायिक रेडियो स्याङजा एफएम, पुतलीबजार, स्याङजा
सुरुमा त स्थापना गर्न नै यति गा¥हो भयो कि यहाँको सहयोग प्रत्यक्ष रुपमा प्राप्तहुने केही देखिएन । हामीलाई जुन संस्थाले सहयोग गरिरह्यो रिड नेपाल उसकै खास गरी बिउ पुजी हामीले प्राप्त ग¥यौ । उसले धेरै ठूलो सर्पोट गरेको छ । स्थापनामा अर्को महत्वपूर्ण अंग जिल्ला बिकास समिती स्याङ्जा स्थित पुतलीबजार नगरपालिका तगाएत स्थानिय निकायको पनि त्यतिकै सहयोग गर्दा र समुदायको एकदमै उत्साहित सहयोगले गर्दा यो स्थापना हुन सफल भयो ।

हामीकहाँ पुरानो उखानै छ, बत्तिमुनी अँध्यारो । त्यस्तै छ, राजधानी शहर काठमाडौं वरिपरिको गाउँ पनि । काठमाडौबाट मोटरमा २ घण्टामा पुगिन्छ, नुवाकोटको कुमरी गाउँ । यहाँको अध्यारोलाई चिर्न ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा जनजागरण सामुदायिक पुस्तकालय स्थापना भयो । यो गाउँमा अलि अलि भएको आम्दानी जम्मा पार्नु पर्यो भने यहाँका मानिसहरुले पैसा जम्मा पार्न काठमाडौं आउँदा एक दिन बित्थ्यो । त्यसैले पुस्तकालयले यस्तो पैसा गाउँमै राख्ने योजना बनायो । अन्यत्र बचत समूह संचालन गरिसकेको अनुभवका आधारमा यहाँ सहकारी खोल्ने निधो भयो । सहकारी बनेपछि अब उनीहरुले दिन माया मारेर काठमाडौ पुग्नु पर्दैन ।

सहकारीको उद्घाटनका लागि काठमाडौबाट उर्जा मन्त्रि र ग्रामिण शिक्षा र बिकास रिड नेपालको टोली अहिले यहाँ आइपुगेको छ ।

प्रकाश शरण महत ः उर्जा मन्त्रि
तंपाईको छोराछोरी बालबालिका निर्धक्क जो स्कुल पढ्ने पुस्तक जो सेलेबस भन्छ जुन चाही मात्र पढेर पुग्दैन । अरु ज्ञान पनि चहिन्छ । त्यसको लागि थप पुस्तक पुस्तकालयमा पढ्न जानु पर्ने हुन्छ । त्यसको लागि केटाकेटी देखि नै हाम्रो बालबालिकाहरुल्े बानी बसाल्नु पर्छ । अहिले यो सहकारिताको अबधारणा त्यसै गरी समुदायमा आधारित बिकासको अबधारण उपाभोक्ता समुहको अबधारणा आइ राख्या आइराख्या छ । यस्ता उपभोक्ता समुह र सहकारीमा महिलोको नेतृत्व भयो भने स्रोत र साधनाको सदु्पयोग ज्यादा हुन्छ । हामीले देखिसक्यौ ।

सञ्जना श्रेष्ठ ः निर्देशक, ग्रामिण शिक्षा तथा विकास रिड, नेपाल
सामुदायिक पुस्तकालयहरुले बिभिन्न ठाँउमा चाही शैक्षिक अर्थिक सामुदायिक बिकासको क्षेत्रमा ठूलो योगदान पु¥याएको तथ्याङ्कहले देखाएको छ । अर्को एकदम फरक पाटो के भने रिडले सहयोग गरेका सामुदायिक पुस्तकालयको सबैको दिगो आयआर्जनको स्रोत हुन्छ । जस्तै जागरण कृषि सहकारी संस्था खोलेका छौ । यसवाट भएको आयबाट चाहि हामी पुस्तकालय सञ्चालन गर्छौ ।

पुस्तकले ज्ञान बढाउँछ । तर पुस्तक राख्ने पुस्तकालय सँधैभरि संचालन गर्न आम्दानी चाहिन्छ । पुस्तकालय मात्रै होइन जे काम गर्न पनि आर्थिक स्रोतको जरुरत पर्छ । त्यसैले गाउँमै पैसा संकलन गर्दै रोजगारी बढाउने अनि स्थानीय मानिसको शिक्षा र विकासमा सहयोग पुर्याउने यो काम निकै राम्रो छ ।

बासुदेव ढुङ्गाना ः अध्यक्ष नेपाल सामुदायिक पुस्तकालय संघ, काठमाडौ
जबसम्म पुस्तकालयको सेवा सुबिधा समाजमा प्रभाबकारी रही रहन्छन् त्यो बेलासम्म तवसम्म यो सस्टेन्ट गर्छ । मानसिक हिसावमा सस्टेन हुन प¥यो ।

ओक्स्फाम नेपालको लागि बनाइको डोकुमेन्तरी ।

महिला शक्ति

सुर्खेत मैनतडाकी देबी सुनारलाई कुनै दिन गाउँकै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बनेर बिद्यालयको सबै काम हेरुला भन्ने लाग्दैनथ्यो । सधै घरकै काममा ब्यस्त हुने उनी यस्ता काम पुरुषको हो भन्ने ठान्थिन ।

समयसँगै उनको सोच फेरियो । गाउँमा भएको छलफल कक्षाले यसरी परिवर्तन ल्याएको हो । छलफल कक्षाकै कारण महिलाहरु चुल्हो चौकोबाट बाहिरी दुनियामा निक्लन सक्ने भएका छन् ।

देबी अहिले गाउँको देउती प्राथमिक बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष छिन् । अनि गाउँका दिदी बिहिनीको लागि अगुवा पनि । देवी यो गाउँकी स्वस्थ्य स्वयं सेबिका पनि हुन ।

एक बर्ष अगाडि भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने ईच्छा गर्दा धेरै पुरुषले पत्याएनन् । तर भेलामा महिला नै अध्यक्ष बन्नुपर्ने कुरा जोडतोडका साथ उठ्यो । विवाद भयो । महिलाहरु एक भए र आफ्ना कुरा राखे ।

तिल प्रसाद शर्मा ः शिक्षक, देउती प्राबि मैनतडा, सुर्खेत
२३.४० महिलाहरुले हामी अध्यक्ष गर्छौ । तंपाईहरुले अहिले सम्म गरिसक्नु भयो । अहिले हामीलाई दिनुस् । हामीलाई पनि सेवा गर्नु छ ।

देवी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
५९.४८ कोही केही पुरुषले त अझ के सम्म भन्नु भो त्यसो भए महिलालाई अध्यक्ष राख्ने भए बिद्यालयको नाम पनि महिला राख्ने भन्ने कुराकानी भयो । त्यति भइन्जेल सम्म पनि हामी पनि बस्न पाउछौ के त्यसो भए अहिले सम्म बिद्यालयको नाम पुरुष रेहो थियो त ? अहिले महिला रेहपछि महिला राख्ने ? ६१.१४

धेरै छलफल पछि देवी बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष चुनिइन । अध्यक्ष भएको पहिलो बर्ष बिद्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यलयबाट ५० हजार रुपैयाँ ल्याइन । यो पैसाले स्कुल वरिपरि तारबार लगाइयो । लामो समयदेखि अधुरो रहेको शौचालय बनाउने काम पुरा भयो । कक्षा कोठाको भित्री भाग प्लाष्टर गरियो । सहयोग रकम थोरै भएपनि यसले धेरै काम गर्यो ।

बेदप्रसाद शर्मा ः शिक्षक, देउती प्राथमिक बिद्यालय, मैनतडा, सुर्खेत
५६.०७ यहाँहरुले ५० हजारको मर्मत ल्याएर ३ वटा कोठा बनाउन भनेर ल्याको बजेटले कोठा बनाएर दुइटा ट्वाइलेट छ यो पनि बाहिर प्लाटर थिएन । त्यहीबाट बचेको पैसाले समितीले चाही आफ्नो ज्यालाहरु समिती मार्फत गराएर खान पर्ने ज्याला पनि नखाएर यो काम गर्नु भाछ । ५६.३६

यति धेरै काम देवीको एक्लो प्रयासले मात्रै भएको होइन । उनलाई साथ दिने र सहयोग गर्नेहरु धेरै छन् ।

पुसे कामी ः मैनतडा,९, धारापानी, सुर्खेत
८.१६ पहिलेको समितीले के गनुहुन्थ्यो उहाँहरुले पारदर्शी नगर्ने योजना कति आउँछ कति लगानी हुन्छ कति सिध्यो कति बच्यो कति घाटा भयो भन्ने त्यो लेखा जोखा नगर्ने अहिलेको समितीमा थोरै रकम अएपनि हामीसबैलाई यति रकम आयो यो यो कामा गरिम भन्ने अहिले धेरै परिवर्तन आको छ । ८.४१

अक्सफाम नेपालले चलाएको महिला आवाज परियोजनाले महिलाहरुलाई समाजमा केही गर्न सक्ने बनाएको हो । गाउँघरमा संचालन हुने धेरै योजनामा महिलाको पहुँच पुग्न सकेको थिएन । अनि स्थानीय स्तरमा संचालन भइरहेका विकास निर्माणका कामले महिलाको स्तर उकास्न खासै सहयोग गरेको थिएन । वन, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीमा आउने योजनाका काम पुरुषहरुले चाहेजसरी हुन्थे । तर गाउँका समस्या समाधान गर्न महिला संगठित भएपछि अहिले अवस्था फेरिएको छ । महिलाहरु आफ्नो अधिकारका कुरा गर्न सक्ने भएका छन् । अनि गाउँमा हुने विकास निर्माण लगायतका हरेक संरचनामा महिलाहरुले आफ्नो सहभागिताका लागि पैरवी गरिरहेका छन ।

महिला आवाज परियोजना सञ्चालन भएको दैलेख, सुर्खेत र बर्दिया जिल्लाका तीन तीन वटा गाउँ विकास समितीमा अहिले सम्म १२ सय भन्दा बढि महिलाहरु प्रत्यक्ष रुपमा विकास निर्माणका काममा संलग्न छन ।

भीमकला शाही ः मैनतडा ९, सुर्खेत
१३.३८ महिलाहरुको हक अकिकार कहाँ सम्म कति अधिकार छन् भनेर मात्रै नहुने आफ्नो कतब्य पनि अत्रिनु पर्ने कुराहरु बुझियो । १३.५२

देबी कुमारी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
१९.३० महिलाहरु हामीले ब्यबस्थापनमा बस्न पाउँछौ भन्ने थाहा थिएन हामी पनि बस्न पाउछौ र हामी महिलाको हक र अधिकार यहाा सम्म हुन्छ भन्ने थाहा थिएन । यो छलफल कक्षामा आएपछि हामी महिला पनि हरेक संरचनामा बस्न पर्ने रैछ । २०.०४
२०.२४ पुरुषले त्यस्सै पद खाउ भनेर भन्नु हुदैन । हामी खोसेर पनि ल्याउन पाउने रैछौ भन्ने कुरा थाहा भयो । २०३३

बर्दियाको मैनापोखर बडैयाका महिलाहरु भने मातृशिशु घर बनाउने तयारीमा छन् । यहाँबाट नजिकको स्वास्थ्य चौकी सम्म पुग्न झण्डै डेढ घन्टा लाग्छ । गर्भवती र काखमा साना बच्चा भएका महिलाहरुलाई त यहाँसम्म पुग्न झन बढि समय लाग्छ । गाउँमा केही गर्न परे बस्ने ठाउँ छैन । यिनै समस्यालाई कम गर्न उनीहरुले मातृशिशु घर बनाउने निर्णय गरे र पैसा खोज्न थाले ।

यो भन्दा पहिला गाउँमा संचालन भएका योजनाहरुको हिसाब किताब हेरे । यस्ता योजनामा खर्च भएर बचेको पैसा गाउँका केही पुरुषहरुसँग भएको पत्ता लगाए । अनि महिलाहरु सबै मिलेर त्यस्तो पैसाको हिसाव किताव मागे । तर योजनाको हिसाब किताब राख्नेहरुले बर्षौ सम्म खान पाएको पैसा सजिलै दिन मानेनन् । महिलाहरु एक भए । हिसाब किताब थाहा पाउन प्रहरी प्रशासन सम्म जाने निधो गरे । यसपछि भने बर्षौ पहिले योजनाका नाममा आएको पैसा खानेहरु त्यस्तो पैसा निकाल्न बाध्य भए । यसरी जम्मा भएको पैसा भवन बनाउन खर्च गर्ने निधो गरे ।

सचिला थारु मैनापोखर ३, बढैया, बर्दिया
यहाँको पुरुषहरुले त्यो पैसा दबेको थियो । पहिला धेरै बिकास गथ्र्यो त्यस्तो बेला पैसा बचेको थियो । त्यहाँ हाम्रो एक जना बुद्धिजिबी हुनुहुन्छ । ११ हजार त्यौ पैसा दब्नु भएको थियो । एक जना नौ हजार त्यस्तो पैसा खोज भयो के । यो पैसा को कोले राख्या छ बचेको पैसा ।

चुल्हाही प्रसाद थारु मैनापोखर ३, बढैया, बर्दिया
पहिले पहिलो गाउँ समाजमा उठेको पैसा जस्ले जस्ले राख्यो तुरुन्तै सितिमिति दिदैनथ्यो । अलिहे यिनीहरुले पहल गर्दा यिनीहरुले पुरुषले कहाँ कहाँ गराउँछन हामीलाइ बताउँदैनन् । हामीलाई बिसाव देखाउँनन् । अनि त्यो पैसा हामीले दिएपछि सदुपयोग गर्छौ भनर महिलाहरुले पहल गरेका छन् ।

त्यतिले मात्रै भवन बन्ने कुरा संभव थिएन । मंसीरमा धान पाकेको बेला खेतमै गएर चन्दा मागे । महिलाहरु आफैले झन्डै एक लाख रुपैया जम्मा गरे ।

यतिले भवन बनाउन चाहिने पैसा पुगेन । थप सहयोगका लागि उनीहरु गाउँ विकास समितिमा गए । गाउँ विकास समितिले आलटाल गर्यो । तर महिलाहरुले कार्यालयमा धर्ना दिए ।

कल्पना थारु , मैनापोखर ३, बढैया, बर्दिया
भवन घरको लागि हामी चार दिन धर्ना बस्यौ । दिनकै डेलीगेसन गइयो । गाबिसमा जुटहला कक्षाका गाउँका पनि दिदी बिहिनीहरु गएर चारपाँच दिन माग्यौ । हामीलई भवन घर बनाउनको कालािग एकलाख दिन पछ भनेर ।

सुमा चौधरी, मैनापोखर ३, बडैया, बर्दिया
हाम्रो गाउँमा कुनै भवन छैन । त्यही भएर हामी मिलेर भवन बनाउन एक लाख रुपैया चाहियो भनेर गाबिसमा कुरा राख्यौ ।

मोहनप्रसाद लम्साल, सचिव, मैनापोखर, बर्दिया
गाउँको समाजिक कार्य गर्दा पनि प्रयोग होस महिला र बालबालिको लागि पनि गाउँघर क्लिनिक, खोप क्लिनिक सञ्चालनको लागि सुबिधा हुने भयो सामाजिक भवन भएपछि । त्यो हिसावले त्यहाँका दिदी बहिनीहरुल साह्रै इच्छुक हुनु भयो । जागरुक भएर उहाँहरुले पटकपटक माग राख्नु भयो । हामीले यस्तो यस्तो काम गर्न लागेको छौ । केही सहयोग गरिदिनु प¥यो भनेर उहाँहरुले राख्नु भयो ।

राम्रो कामका अगाडि सबै हार खाए । मातृशिशु घर बनाउन गाउँ परिषदको सर्बसम्मत निर्णयले एक लाख रुपैयाँ प्राप्त भयो । बडैयाका महिलाहरुको खुशीको सिमा रहेन ।

मोहनप्रसाद लम्साल, सचिब, मैनापोखर, बर्दिया
पटक पटक धेरै पटक आउनु भो । योजना तर्जुमा सुरु भए देखि लिएर परिषद सम्म छुट्नु भएन । उहाँहरु मासै आउनुहुन्थ्यो ।
एलडिसिपीको कार्यक्रमबाट १ लाख रुपैया समुदायिक भवनका लागि बिनियोजन गरेपछि साह्रै खुशी भएर उहाँहरु ताली लगाएर हाम्रो यो हललाई नै गुञ्जयमान बनाएर खुशी साथ जानु भयो । त्यही अनुसार कामको सिलसिला अघि बढाइएको छ ।

अहिले उनीहरुसँग अब बन्ने घरको खेस्रा नक्सा छ । अनि एउटा सुन्दर घर बनाउने कल्पना साँचेका छन, बडैयाका महिलाहरुले ।

फूलमती थारु ः बडैया, बर्दिया
त्यो पुरै हाम्रो धर्म भकारीको जग्गा हो । यो यस्तो गोलो गोलो गरेका पिल्लर हो । यो बरन्डा हो । ढोका हो यो ढोका निरैको बैढक कोठा । यसरी जाँदा यो चाही अफिस रुम हो । यो चाही झ्याल हो । यो पनि झ्याल अनि यो पनि झ्याल र यो पनि झ्याल हो । जम्मा गरेर ६ वटा झ्याल छ । यसरी पस्दा यो चाही पहिलो कोठा हो बरण्डा चाही खुल्ला हुन्छ । यसरी नै धर्मघरमा बनेको क्लिनीक घरको नक्सा तयार गरेका छौ ।


अहिले पनि उनीहरु जुटहेलामा आफ्नोे समस्या माथी छलफल गर्छन् र समाधानको उपाय निकाल्छन । महिलाहरुलाई एक भएर अगि बढ्न प्रोत्साहन गर्छन ।

गीत
ए सुन्नुस दिदी बहिनी सुन्नुस् दाजुभाइ
महिलालाई दिऔ समान अधिकार ।

पछि परेका छन् महिलाको जात
सोधी खोजी गरी बढौ नीति निमार्णमा ।

दैलेख जिल्ला गोगनपानीमा पर्ने नौतल्ले गाउँको जमिन निक्कै मलिलो छ । तर यो ठाउँ निक्कै सुख्खा छ । पानी ल्याउन सक्ने हो भने यहाँ धेरै कुरा फलाउन सकिन्छ ।

लक्ष्मी राना ः अध्यक्ष, रोल्पाली खोला सिचाई आयोजना, गोगनपानी १, नौतल्ले दैलेख
२१.५६ फलफूलमा सुन्तलाहरु ह्ुन्छ । माल्टा हुन्छ । कागती हुन्छ । अमिलो हुन्छ । तरकारी भन्दा आलु बन्दा काउली टमाटर हुन्छ खोर्सनी हुन्छ । २२.१२

कुनै बेला गोगनपानी गाउँमा खानेपानीको समस्या थियो । गाउँ छेउको कुवामा अलिअलि पानी रसाउँथ्यो ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले, दैलेख
२५.१२ आधा घन्टाको बाटो हिड्न पथ्र्यो । हामीलाई गाग्रीमा ल्याउँथ्यो पहिला । तर सबै गाउँलाई नपुग्ने अनि जो अगाडि पुग्यो उसले दुई चार गाग्री ल्यायो अरुलाइ भर्न भने घन्टौ समय लाग्थ्यो । २५.३३
२६.१२ बिहान फुकायो लग्यो । तल खोलामा बेलुकी फरक्यो । भोली पल्ट फेरी भेरी खोलामा लग्यो । २६.२५

पानीको समस्याबाट मुक्ति पाउन यहाँका मानिसहरु धेरै चोटि जिल्लामा रहेको खानेपानी कार्यलय धाए । समस्याको सुनुवाई त भयो तर खानेपानी ल्याउन चाहिने सामान सुर्खेतबाट ओसार्नु पर्ने भयो । सधैभरि पानी बोक्ने समस्याबाट मुक्ति पाउन गोगनपानीका बासिन्दाले दुई दिन टाढाको बाटो सुर्खेत पुगेर सामान ओसारे ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले , दैलेख
२६.४० नेपाल गञ्जबाट सुर्खेत एयरपोर्टमा प्लेनले सामान फाल्थ्यो । त्यहाँबाट सबै बोकेर ल्याउँथ्यो हामीहरुले । त्यो पानीको दुःखले गर्दा खेरीमा पायपहरु सिमेन्टहरु उहाँबाट बोकेर ल्यायो हामीहरुले । २७.०४

खानेपानीको समस्या टर्यो । अनि सुरु भयो सिंचाइका लागि पानी ल्याउने अभियान । महिलाको नेतृत्वमा गाउँले सबै मिलेर छलफल गरे, पानीको स्रोत खोजे र गाउँ भन्दा तीन किलोमिटर परको रोल्पाली खोलाबाट पानी ल्याउने निधो गरे ।

सिंचाई योजनाको काम गर्न लक्ष्मी रानाको अध्यक्षतामा पाँच जना महिला सहित नौ जनाको समिति बन्यो ।

समितीले तत्कालै सिंचाईका लागि चाहिने पैसा जुटाउने काम थाल्यो । उनीहरु विभिन्न बिभिन्न संघ संस्थामा गए, गाउँको समस्या सुनाए । अहिले उनीहरुसँग चारलाख जति रुपैयाँ जम्मा भएको छ । नपुग पैसा बराबर सबै घरले श्रमदान गर्ने निर्णयका साथ उनीहरुले काम थालेका छन ।

सिंचाई योजनाको काम सुरु भैसकेको छ । उनीहरुले एकै दिनमा खोलाबाट पाँच मुरी बालुवा ओसारिसके ।

कलमबहादुर शाही ः गोगनपानी १ , नौतल्ले दैलेख
४२.१० हामीले १२ रुपैया पाथी भनेका छौ उहाँहरुले मान्नु भएको छैन । ४२.३०
४२.४० खानेपानी खाने मात्रै भयो । सिचाइलाई हामीलाई भएन । सुख्खा प¥यो कि अलि । ४२.५२

यहाँका महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउने काम भने गाउँमा संचालन भएको छलफल कक्षाले गरेको हो । सुरुमा महिलालाई साक्षर बनाउन यस्तो कक्षा संचालन भयो । आफ्ना अधिकारका बारेमा जान्दै गएपछि छलफल कक्षामा महिलाले झेलेका समस्या माथि छलफल हुन थाल्यो । विस्तारै उनीहरु एक भए । गाउँमा संचालन हुने योजनामा चासो दिन थाले । महिलालाई सुविधा हुने खालका योजना ल्याउन आवाज उठाए । अनि गाउँमा भएका शिक्षा, विकास निर्माण र समाज सेवा जस्ता संरचनामा सहभागिता जनाए, नेतृत्व लिए । महिलाहरुले छलफल कक्षा सुरु गर्दा पुरुषहरुले निक्कै कुरा काटे ।

लक्ष्मी राना ः अध्यक्ष , रोल्पाली खोला सिचाई आयोजना गोगनपानी १, नौतल्ले दैलेख
२८.५४ उस्तै मान्ेले त क्याम्पस गए माहिलाहरु ऋब पढ्न जाने र ेघरको कम कस्ले गरिदिन्छ अरे उत बस अरे । खर्च सामान लगर जाऔ अरे कतै वास बस्ने उतै पढ्न समन पनि भन्नु भयो । २९.१०
४३.१८

अहिले पनि गाउँका समस्यामा पहिला छलफल कक्षामा कुरा हुन्छ । अनि त्यहीं समाधानका उपाए पनि निस्कन्छन ।

पूर्ण राना ः गोगनपानी १, नौतल्ले दैलेख
४३.१८ घर भित्रको काम घास काट्ने दाउरा काट्ने गाइबस्तु हेर्ने छोराछोरी लाई स्कुल पठाउने त्यस्तै गरेर हामी बाहिर जान सकेनौ । ४३.३२

महिलाहरुको यो प्रयास अब गाउँमा मात्रै सिमित छैन । उनीहरुले आफ्ना कुरा जिल्ला तहमा पनि पु¥याएका छन् । बेलाबेलामा हुने सार्बजानिक सुनुवाईमा उनीहरु आउँछन् र गाउँटोलमा भोग्नु परेका समस्याहरु सम्बन्धित निकायलाई सुनाउँछन् ।

दैलेख

जिल्ला प्रहरी कार्यलयमा पीतित महिला त आउनुहुन्छ तर महिलाहरु सबै लेख्न र पढ्न जान्नुहुन्न । उहाँहरुको त्यो निबेदन दिन नसक्ने भाको हुनाले फर्केर महिला बिकास मञ्च जानुहुन्छ कहिले बकिलहरु खोज्नुहुन्छ एउटा ठाडो निबेदन लेख्न पनि सक्नुहुन्न जो मौखिक सुनुवाई हुने भैदिएको भए छिटो छरितो सेवा पाउने थिए ।


प्राथमिक बिद्यालयमा पाँच पास अनि निमाबिमा ८ पास अनि माबिमा एसएलसि पास भनेको छ होइन त्यसमा चाही माबिमा एसएलसी पास महिलाले मात्र काम गर्न सक्छन् । त्यो आठ पास महिलाले मात्र काम गर्न सक्छन् ? त्यो आठ पास महिलाले त्यो एसएलसी पास महिलालाई जित्न सक्छ उसको योग्याताले ।


निमित जिल्ला शिक्षा अधिकारी
शैक्षिक योग्यता नहुँदा नहुदै पनि अन्या क्षमता होला तर सबैमा त्यसो हुदैन । एउटा सर्ब मान्य सिद्धान्त के हो भने एकेडेमीक क्वलीफिकेसन हुने सँग अन्य क्वालीफिकेसन पनि पक्कै हुन्छ ।

आफ्ना आफ्ना मान्छेलाई राख्नु हुन्छ । सरकारको नियम आफ्नो मान्छेलाई राख्ने हो कि दलित जनजाति पिछडिएकालाई ग्रह्यता दिने हो ?
पहिला हाम्रो गाउँको वनमा पुरुष हुनुहुन्थ्यो । उहाँहरुले वनको खासै चासो दिनु भएन ।

वनअधिकृत
वनको घास दाउरा सोतरको प्रयोग गर्ने कुरा छ यो सदुपयोगको कुरामा वन पैदावारको तुलनामा महिला दिदी बहिनीको प्रत्यक्ष रुपमा त्यसमा चाही संलग्न हुन्छ । सामुदायिक वनको समितीमा अनिवार्य रुपमा ५० प्रतिशत महिलाहरु सहभागीता हाम्रो सामुदायिक वन बिकास निर्दैशकाले किटान गरेको छ । त्यस्तै कि पोस्टमा खास गरी अध्यक्ष , सचिव वा कोषाध्यक्षमा अध्यक्ष सचिव वा कोषाध्यक्ष मध्ये एक हुनै पर्ने । त्यसै गरि त्यो समुहको खाता सञ्चालन गर्दा महिला र पुरुष अनिबार्य हुनुपर्ने भन्ने छ ।

मेरो घर लाटीचौर । रोगब्याधिले मार्न लाग्यो । यसरी रोगब्याधिको उपचार पाउँछु कि पाउँदिन ।

प्रमुख जिल्ला अधिकारी
सुरक्षा भनेको कुरा अर्मुत हुन्छ । त्यो प्रत्येक ब्यतिmलाई सुरक्षाकर्मी दिएर सुरक्षाको अनभुती होइन कि सुरक्षा भनेको चिज अनुभत गर्ने हो । हामी यहाँको जनतालाई शान्ति सुरक्षा दिन तल्लिन छौ ।

स्वास्थ्य प्रमुख
प्रत्येक स्रस्थाको ब्यबस्थापन समिती गठन भउका छ । जुन हामीले केह िसमय पहिले नै यस ब्यबस्थापन समितीलाई नेपाल सरकारको नियम तथा निर्दैशन अनुसार पुर्नगठन गरेका छौ । जस अन्तरगत नौ जनाको समितीमा ३ सदस्य अनिवार्य गरेका छौ ।



महिलाले आफ्ना समस्या सुनाउने यस्तै कार्यक्रम सुर्खेत र बर्दियामा पनि भयो ।


सुर्खेत


तंपाइहरुसँगै काम गर्ने सुन्तली धामीको अबस्था त तंपाईहरुबाटै असुरक्षित हुन्छ भने तंपाई ले सोझा नारीहरुलार्य कसरी सान्त्वना दिन सक्नु हुन्छ कसरी बिस्वास दिलाउन सक्नु हुन्छ हामी तंपाईको सुरक्षा गर्छो भनेर ?

प्रहरी प्रमुख
सुन्तली धामीको केसमा अनुसन्धान भाको छ । त्यसको एउटा पाटो नै भैकोको छ । जो गल्ति गर्छ मैले गल्ति गर्छु भने देखि त्यसको सजाय मैले भोग्नु पर्छ । पुलिसले गल्ति नै गर्दैन भन्ने होइन । पुलिस पनि मानिस नै हो म पनि मानिसै हुँ । त्यो बर्दि लाएरु मत्र पुलिस भको नत्र तंपाईहरु जस्तै समुहबाट आएर पुलिस भको भोली बर्दी छोडेर त्यही समुहमा जानु पर्छ । ऐन कानुन बिपरित काम गर्न मलाई छुट छैन । कुनै कसैलाई पनि छुट छैन । प्रहरी भएपनि त्यसले सँजाएको भागी हुन पर्छ ।

अहिले सम्म बिद्यालय लिडिङ गर्ने सुर्खेतको झण्डै हामीसँग सात आठ सय बिद्यालयमा महिला प्रअ भएको एकदमै न्युन स्कुलहरु छन् । साँच्चैकै महिलाहरु शिक्षाकै कारणले प्रअ हुन नसकेका हुन् ? कि उहाँहरुलाई प्रारटि दिन नसकेको ?

गैरसरकारी संस्थाले अनुगमनको बाटोमा चाही जिल्ला शिक्षा अलि पछि परेको हो कि । यो कुरा चाही आखिर कानुनमा छ भने देखि कनि त्यो कुराको समबन्धित ठाँउहरुका लागि पहल गर्नु भएको छैन ।

जिल्ला शिक्षा अधिकारी
तयो अभिभाबकले बनाउने जिम्मा हो जिल्ला शिक्षा कार्यलयले अब गराउन नसक्ने अबस्थामा हामीले चाहदा चाहदै पनि नसकेको अबस्था हो । अब छात्रबृद्धि समबन्धी हामीले पनि कुरा उठाइ रहेको अबस्था हो । शायद यो कुरा हाउस सम्म पनि उठेको होला ।

गाउँघर स्वास्थ्य क्लिनिकमा हामीस्वयं महिलाहरुले पाँचसय हजार जम्मा गरेर सानोसानो भवन बनाएका छौ । त्यसमा अहिले सम्म पनि यो जिल्ला देखि केही भएको छैन ।

स्थानिय विकास अधिकारी
कम्तिमा पनि एक करोड रुपैया महिलाको क्षेत्रमा खर्च गरेका छौ । जिल्ला बिकास कार्यलयको बजेटलाई मात्र हे¥यौ भने । हाम्रो अप्रत्यक्ष रुपमा भएका कृयाकलपलाई हेर्ने हो भने सामाजिक परिचालनको क्षेत्रमा होस आयआर्जनको सबैको नै डाटा हेर्ने हो भने त्यस्तो निराशा जनक स्थिती छैन । सुधार उन्मुख अबस्था छ । महिलाको प्रतिनिधित्व सहभागिता राम्रो रहेको छ । समाजिक परिचालनको अबस्था पनि असाध्य राम्रो प्रगति भएको देखेका छौ ।



प्रमुख जिल्ला अधिकारी
हिँसा सहियो भने त्यो झ्याङिदै जान्छ त्यसैले घरलु हिँसा ऐन पारित भैसकोको छ । जस अन्तरगत हरेक गाबिसमा उजुरी गर्न सकिन्छ । महिला बिकास कार्यलय जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा उजुरी गर्न सकिन्छ ।


जिल्ला तहमा कुरा राखेपछि महिलाहरु केन्द्रमा समेत आफ्ना कुरा सुनाउन आए । एकै ठाउँ जम्मा भए र देशभरिका समस्यामा छलफल गरे । सबै महिलाको समस्याको एकमुष्ट निचोड निकाले । अनि नीति निर्णयको तहमा आफ्नो आवाज पु¥याउन समन्धित निकायको ढोका ढकढकाए ।

बिन्दा पाण्डे
संबिधान सभामा एक तिहाई महिला उम्मेद्धार हुनु पर्छ भन्ने कुराको ग्यारेन्टिी ग¥यो । त्यो भन्दा बाहेकका कुरा चाही त्यसरी स्पष्ट नलेखेकोले अहिले सम्म पनि त्यो लागु भएको छैन । अनि भोली सन्दर्भमा के त नयाँ संबिधान हामी बनाउँदैछौ भने त्यसको बारेमा पनि हाम्रो बिचार चलिरहेको छ । त्यसमा ५० प्रतिशत महिला हुन पर्छ कि पर्दैन भन्नेमा हुन पर्दैन भन्नेमा कुनै लोजिक छैन । त्यसैले गर्दा मौलिक अधिकार समितीको मौलिक हक अन्तरगत महिलाको हक हेर्ने हो भने महिलाको राज्यको सबै अङ्गमा समाबेशी आधारमा समानुपातिक रुपमा हक हुने छ भन्ने लेखेका छौ ।

नीलाम्बर आर्चाय
हाम्रो समाजमा उन्नती ल्याउने हो भने प्रगति ल्याउने हो भने न्यायपूर्ण समाज बनउने हो भनेपछि महिलाको समस्या महिलाको मात्रै होइन भन्ने पुरुषले बुझ्नु पर्छ । महिलाको आवाज महिलाको मात्रै होइन । समाजलाई राम्रो बनाउने सभ्य बनाउने समाजको हो । यदि महिला शशक्त भ एभने घर पनि त शशक्त होला । त्यो कस्तो घर जहाँ आधा जनसंख्या आधा सदस्यहरु अशक्त छन् भने तयो घर त बलियो हुन्न होला त्यो गाउँ त बलियो हुन्न होला त्यो देश त बलियो हुन्नहोला ।

शंकर पोख्रेल
समयलाई लक्ष्य ठान्नु हुदैन । लक्ष्य त हामीले हासिल गर्न खोजेको कुरा न हो । त्यस अर्थमा म के ठान्छु भने समाजको रुपान्तरणको अभियान कर्ता भएको नाताले परिवर्तनका यी सामान्य सत्यलाई बोध गरेर जनताको बिचमा सम्प्रषण गरिदिनु भयो भने निश्चित रुपमा समाजलाई सही ढंगले रुपान्तरण गर्न सक्छौ । ट्राफिकको एउटा भनाइ छ हतार गरे के हो भन्न सकिन्न बिस्तारै गए अबस्य पुगिन्छ । जाखिमपूर्ण यात्राको सन्दर्भमा कुरा गर्दा खेरी चाही धैर्य चाही कायम गर्न पर्छ । सरकार त्यसका लागि सहयोग गर्न हरदम तयार छ ।



महिलाहरु आफ्नो मात्रै होइन, पुरै गाउँको भलाईका लागि काम गरिरहेका छन् । उनीहरुले कतै स्थानीय वनस्रोतको संरक्षण गरेका छन् त कतै महिलाको स्वास्थ्य सुधार ।

दुई बर्ष अगि सम्म दैलेखको भुसय सामुदायिक वनमा अहिलेजस्तो गुराँस फुल्दैनथ्यो । मानिसहरु जंगल छिर्थे र जथाभावी रुख विरुवा काट्थे । सबैले मनलागि गरेपछि जंगलमा एक दुई रुख मात्रै बाँकी भए । जथाभावी कटानीले गाउँमा घाँस दाउराको समस्या भयो ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
वनमा पुरुषलाई भन्दा महिलालाई नै चाहिन्छ बढि भन्ने सोच भयो हाम्रो अब घाँसपात महिलालाई नै हुने भो पुरुषलाई त नहुने भो । दाउरा काट्न पनि महिलानै हुने भो । वन पाले पछि दाउराघाँस सस्तो हुने भो । त्यस कारणले महिलाले नै जोगाऔ भनेर ।

आफैंलाई समस्या आउने भएपछि महिलाहरु वन जोगाउन लागे । घाँसदाउरा गर्दा पालन गर्नुपर्ने नियम बन्यो । जंगलमा रुखविरुवा पलाए । त्यही संरक्षणको परिणाम हो, अहिले भुसय सामुदायिक वनमा फूलेको यो गुराँस ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
खुलाउँदा खेरी ५ रुपैया टिकट काटेर काट्न मिल्छ । आफ्नो वडा भन्दा अन्यको आएपछि अलि बढि छ लगाउने । आफ्नो वडामा भने आफै सुरक्षा गर्ने आफै अलि कम गर्ने ।

लिलाराम गौतम शिक्षक , नेपाल प्राथमिक बिद्यालय, गाइबन्ना ,दैलेख
यहाँका महिलाहरुले वनको रेखदेख राम्रैसँग गरेका छन् । पटक पटक वनको काँचा दाउरा काट्न नदिने बुटाहरु फाँट्न नदिने सुकेको मात्रै उप्लब्ध गराउने ।

अहिले वनको रुपै फेरिएको छ । पुरुषहरु महिलाले गरेको काम देखेर अचम्म मानिरहेका छन ।

आफ्ना लागि आफैं छलफल गरेर महिलाले गरेको यो काम यतिमै सिमित छैन । सावा अक्षर सम्म चिनेकी भगनदया थारु बर्दियाको मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समितीमा चुनिइन । उनी व्यवस्थापन समितिमा पुगेपछि महिलाका धेरै समस्या स्वास्थ्य चौकी सम्म आएका छन । समितिमा महिला प्रतिनिधि नहुँदा महिलाहरु यहाँसम्म आइपुग्दैनथे ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
गाबिसमा समिती मै महिला हुनु पर्छ । अनि पो बल्ल महिलाले थाहा पाउँछन् आफ्नो हिस्साको बारेमा । नत्र थाहै पाउन्न महिलाले । अनि पुरुष मबै बसेपछि त खबर थाहै पाउन्न ।

भगनदयाले गाउँका अरु महिलाहरुसँगै जुटेहला कक्षा सुरु गरेकी हुन् । जुटेहलामा जान थालेपछि उनी महिलाका समस्या सजिलै भन्न सक्ने भइन । अहिले उनी गाउँका महिलाको स्वास्थ्यलाई निक्कै ख्याल गर्छिन ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
५२.५२ महिलोको भित्री गोप्य कुरा मलाई भन्छन् अनि म हेल्थपोस्टमा जान्छु र उनीहरुको के कस्तो समस्या छ भनेर ।

असनदेवी थारु, मैनापोखर,२, बर्दिया
यो जुटेहला कक्षा आएर पछि पछि सहभागी बन्नु भो । उहाँको धेरै अनुभव भयो । त्यही भएर आफूसगसँगै अरु महिलालाई पनि सक्रिय बनाउनु भयो । अघि अघि आफू लाउनुहुन्छ । पछि पछि सबै दिदीबहिनीलाई जुन कुराको समस्या आउँछ महिला माथि त्यही कुरालाई समाधान गर्न खोज्नु हुन्छ

तुरुपलाल चौधरी मैनापोखर,२, बर्दिया

राम्रो लाग्छ महिलाले पढेकोमा । पढेन भने त बाहिर जाँदा लाटोबुङ्गो भनेर ठगी हाल्छन्नी । सबै मिलेमा राम्रो हुन्छ । सबै जना मिलेर पैसा यताउतीबाट जम्मा गर्दा खाँचोमा काम चल्छ । गर्जो टर्छ ।

स्वास्थ्य चौकीका सबै बैठकमा उनी आफ्नो कुरा राख्छिन् । भगनदयाले नै समितिमा अरु महिला सहभागि गराउन प्रस्ताव गरेपछि अहिले स्वास्थ्य चौकी ब्यबस्थापन समितिमा पाँचजना महिला सदस्य छन् ।

सुरेन्द्र थारु मैनापोखर उपस्वास्थ्य चौकी, मैनापोखर, बर्दिया
एक जना दलितबाट राखेका छौ । बुहारी समुहबाट राखेका छौ । स्वयंसेबिकाको तर्फबाट एक जना राखेका छौ । जनजाति र एकजना किसोरीबाट राखेका छौ ।


यसरी गाउँ गाउँका विभिन्न संरचनामा निर्णय गर्ने तहसम्म महिलाको सम्मानजनक सहभागिता गराउने काम गर्न भने सजिलो छैन ।

भुपाल गुरुङ गुमी सामाजिक कर्यकर्ता, सुर्खेत
१४.२८ पुरुष भएर पनि महिलाको बारेमा बोल्ने केही त्यस्तो खालको अप्ठ्यारो पर्दैन । हामीले नै सहयोग नगरे महिलाहरु कसरी अगाडि बढ्नु हुन्छ त हामी पुरुष महिलाले सहयोग गर्नुपर्छ महिलाहरुले पुरुषसँग मिलेर जानु पर्छ । १४.५५

तर निरन्तरको प्रयासले यो क्षेत्रमा निकै सुधार आएको छ । अब महिलाहरु आफ्ना कुरा राम्ररी भन्न सक्ने भएका छन् ।

दुर्गा गुरुङ शिवनगर २, गुमी , सुर्खेत
१९.४८ सबै सहभागीहरु आफ्नो घर श्रीमान सासु घरपरिवारलाई सम्झाउन सक्ने कुराको बिकास भाको छ । २०.०४

ईश्वरी घले भर्लेनी ,गुमी , सुर्खेत
२४.२६ अहिले छलफल कक्षाबाटै चार जना एकता समुदायिक वनमा जानु भाछ । प्रमुख प्रमुख पद लिनु भाछ । सचिव कोषध्यक्ष, अन्य दुई जना सदस्य हुनु भाछ । २४.४४
२५.३० पहिला त आँटै गर्न नसक्ने । मैले गर्न सक्दिन त्यो हिसाव किताव मैले गर्नै सक्दैन । म हुन्न भनेर लाज मान्ने मान्छे अहिले म सक्छु भनेर अगाडि आयो भने त किन नसकिने सकिदो रहेछनी त । २५.४४