Showing posts with label peam. Show all posts
Showing posts with label peam. Show all posts

Sunday, January 8, 2012

नयाँ बर्ष

नयाँ बर्ष

न्युइएर इभको
धङधङीले धेरैको टाउको ह्याङ भएको
डान्स पाटीमा नाच्दै गर्दा
पकेट रित्तिएको
नयाँ बर्षको नयाँ दिन ।

धेरैलाई कार्यक्रम जुधेरै हैरान
यतालाई भनेको समय उताले मागेपछि
यताका त रिसाउँछन् नै उताका पनि ।

होटेल, डस्किोथेक, दोहोरी, गजल
जे जस्ता नामका बारहरुमा
नामै नसुनेका देखि सुनेको सम्म
दुर्ई गुणा वा त्यो भन्दा धेरै
बोतलहरु फोरिएका हुनसक्छन् ।

केही थान बदेल भनिने बंगुर
बफ भनिने राँगा भैसी
भेडे खोर्सनीमा मिसिएर चिकेन चिल्ली
बन्ने भिटामिन खुवाइका
केही चल्ला तन्नेरी कुखरा
अनि अझै केही थान बाख्राखसी
बढि काटिए नयाँ बर्षमा ।

नयाँ बर्षमा
भन्नै मन नभए पनि ह्याप्पि न्युइएर ।

बोल्नेका लागि
कमाउनेका लागि
एउटा रमाइलो मौका ।

धेरै घरका श्रीमितीहरुका लागि
फेरी एक पटक रात भर
वान्तै आउने गन्ध बोकेर
लमतन्न परेर धुर्नेसँग सिङ्गै बिताउने रात
अथवा नसामा चुर भएर
भने जस्तै भएर प्रस्तुत हुने दिन ।

प्रमिकाहरुलाई
नयाँ नयाँ ठाँउ घुम्ने प्रस्ताव
नयाँ नयाँ कुराको उपहार ।

धेरैका लागि धेरै
नयाँ बर्ष ।

अर्को फाइदा र घाटामा बितेको सयम
अनि अर्को एउटा त्यस्तै समय
नयाँ बर्ष ।