नयाँ बर्ष
न्युइएर इभको
धङधङीले धेरैको टाउको ह्याङ भएको
डान्स पाटीमा नाच्दै गर्दा
पकेट रित्तिएको
नयाँ बर्षको नयाँ दिन ।
धेरैलाई कार्यक्रम जुधेरै हैरान
यतालाई भनेको समय उताले मागेपछि
यताका त रिसाउँछन् नै उताका पनि ।
होटेल, डस्किोथेक, दोहोरी, गजल
जे जस्ता नामका बारहरुमा
नामै नसुनेका देखि सुनेको सम्म
दुर्ई गुणा वा त्यो भन्दा धेरै
बोतलहरु फोरिएका हुनसक्छन् ।
केही थान बदेल भनिने बंगुर
बफ भनिने राँगा भैसी
भेडे खोर्सनीमा मिसिएर चिकेन चिल्ली
बन्ने भिटामिन खुवाइका
केही चल्ला तन्नेरी कुखरा
अनि अझै केही थान बाख्राखसी
बढि काटिए नयाँ बर्षमा ।
नयाँ बर्षमा
भन्नै मन नभए पनि ह्याप्पि न्युइएर ।
बोल्नेका लागि
कमाउनेका लागि
एउटा रमाइलो मौका ।
धेरै घरका श्रीमितीहरुका लागि
फेरी एक पटक रात भर
वान्तै आउने गन्ध बोकेर
लमतन्न परेर धुर्नेसँग सिङ्गै बिताउने रात
अथवा नसामा चुर भएर
भने जस्तै भएर प्रस्तुत हुने दिन ।
प्रमिकाहरुलाई
नयाँ नयाँ ठाँउ घुम्ने प्रस्ताव
नयाँ नयाँ कुराको उपहार ।
धेरैका लागि धेरै
नयाँ बर्ष ।
अर्को फाइदा र घाटामा बितेको सयम
अनि अर्को एउटा त्यस्तै समय
नयाँ बर्ष ।
Sunday, January 8, 2012
Friday, December 9, 2011
शुन्य सहर
शुन्य सहर
तिमी नभएको शुन्य सहर
होहल्ला कोलाहालको बीचमा पनि ।
हुलका हुल सधै हतारका मान्छेहरु
हजारौ संख्याको मोटरगाडीको कराइ
अझ छन् केही हजार थान कलकारखाना
जहाँ सधै बजिरहन्छ खताराका साइरानहरु ।
बेपत्ताको कचमन्न रात झै
ठिङ्ग उभिएको यो सहर
जिस्क्याउदै मेरो शुन्यतालाई ।
चर्को अग्रेजी गीतको स्वरमा
छिल्लिदै कराउने डान्सबारका डान्सरहरु
दोहोरी गजल वा अन्य केही रेष्टुरेन्टका आवाजहरु
बेलाबेलामा सवारी र बिषेश बेलामा दिने तोपका स्वर
सबै सबै निक्कै सानो छ मेरा लागि ।
म सोच्छु सहर किन यति साह्रो शान्ति छ
मुर्दा शान्ति साँच्चै मुर्दा शान्ति ।
तिमी नभएको सहर शुन्य सहर
यो कोलाहलको वीचमा पनि ।

Sunday, November 27, 2011
यो देखाउने रेडियो हो
यो देखाउने रेडियो हो
गोकुल ध्वर्जे तामाङ
यो रेडियो लोकतन्त्र हो । अनि हामी धादिङबेसीबाट बोलिरहेका छौ । यसरी मैले बोलेको पनि झन्डै चार बर्ष नाघेछ । यस बीचमा थोपल र आँखु खोलामा धेरै पानी बगिसक्यो । अनि धेरै कुरामा परिवर्तन आए ।
यस बीचमा धादिङबेसीमा अरु रेडियो पनि थपिएका छन् । अरु कुराको धेरै विकास नभएपनि नेपालको पत्रकारितामा रेडियोले दक्षिण एसियामै राम्रो फड्को मारिसकेको छ भनिन्छ । तर यस्को ब्याबसायिकताको कुरा गर्ने हो भने हामीले धेरै पटक सोच्नु पर्छ हाम्रो रेडियोको अबस्था कस्तो छ ?
रेडियोमा काम गर्दा ताका रेडियोकै लागि स्वर भएकोमा स्थानिय शर्मीला थापा थिइन । भर्खरको युवा ( हुन त म पनि खासै उमेर ढल्केर कपाल पाकेको त होइन) तैपनि म भन्दा कमकी । धेरै पछि उनीसँग फोनमा कुरा गर्न पाइयो उनले भनिन् मैले रेडियो छाडिदिएँ अरु नै काम गर्र्र्दैछु ।
अर्का सम्भावना बोकेका बिमलराज ढकाल थिए । उनमा प्रतिभा नै भन्दा पनि केही गरौ भन्ने जोस थियो । त्यसले सजिलै भन्न सकिन्थ्यो उनी काम गर्न र खटिन सक्ने मानिस थिए । उनको बारेमा पछि बुझ्दा थाहा भयो उनी त्यो रडियो छाडेर बिदेश गएछन् ।
यी दुबै प्रतिनिधी मात्रै हुन् जो रेडियोमा धेरै टिक्न सकेनन् । कारण सजिलो छ हाम्रो उदाहरणिय भनिएको धेरै रेडियोले खटेर काम गर्नेलाई बाँच्न सक्ने गरी केही गर्न सक्ने अबस्था छैन । अनि रेडियोमा काम गर्नेहरुमा पहिलेका केही महिनाको जोश जाँगर सकिन्छ अनि सुरु हुन्छ मनमा तनाव । अनि भोको पेटको रडियोकारिता कहिले सम्म चल्न सक्छ ? यो रेडियो लोकतन्त्रको मात्रै कुरा होइन । नेपालमा भएका चार सय भन्दा माथि रेडियो मध्ये ८० प्रतिशत रेडियोको साझा समस्या हो ।
रेडियो स्याङजाका स्टेशन म्यानेजर रमेश गोदार काठमाडौमा एउटा कार्यक्रममा भेट भए । पहिले देखि कै चिनजान भएको कुरा गर्दै जाँदा रेडियोको कुरा भयो । उनले अरु भन्दा बढि समस्या रेडियोकर्मीलाई टिकाउन भएको कुरा गरे । उनले भने के ढाट्नु हामी पैसा दिन सक्दैनौ । हाम्रामा सिक्छन् पोखरामा पैसामै काम गर्छन । नजा भन्न सक्ने अबस्था छैन ।
धादिङको बाटोमा अरु कुनै जिल्ला जाँदा म सधै रेडियो सुन्ने जमर्कोमा हुन्छु । त्यसमा रेडियो लोकतन्त्र पनि पर्छ । तर यो बिचमा मैले कहिलेकही स्याइसुइ गरेर सुनेको बाहेक बाटोमा दौडिदा कहिल्यै सुन्न पाइन । म रेडियोमा हुदा राजमार्ग छेउका धेरै गाउँले त्यो रेडियो सुन्न सक्थे ।
शायद यो बर्षको बैसाख तिर हुन पर्छ लोकतन्त्रमा काम गर्ने लक्ष्मी भुजेलसँग भेट भयो । गफगाफ पछि भनिन् म त हप्ताको एक पटक मात्रै कार्यक्रम चलाउँछु । त्यो पनि रेडियोको माया लाग्छ र पो । अहिले त खै रडियोको पावर पनि कम गरेर चलाको रे । त्यही धादिङबेसीमै सुनाउन पनि गारो ।
चार बर्ष अघि उतm रेडियो पाँचसय वाट क्षमतामा चल्थ्यो ।
पत्रकारिताका गुरु पी खरेल भनिरहन्छन् अव रेडियोको छाँटकाट हुने दिन आउँदैछ । साच्चैको जस्ले समुदायका कुरा भनेर यो चाँही मेरो रेडियो हो भन्ने बनाउन सक्दैनन् त्यस्ता रेडियो बन्द हुन्छ । त्यसैले स्थानिय रेडियोले काठमाडौमा डलर झार्न हामीले यति धेरै रडियोसँग नेटवर्क गरेको छौ भनेर धाक लाउने काठमाडौका ठूला ठान्ने रेडियोको लिस्टमा एउटा रेडियो जोडिने भन्दा स्थानिय मानिसका सरोकारका कुरालाई प्रभावकारी रुपमा कसरी भन्ने बारेमा चिन्ता गर्न सक्नु पर्छ । अनि रेडियोमा काम गर्नेले रेडियोमै काम गरेर कसरी बाँच्छ भन्ने कुराको ग्यारेन्टी पनि गर्न सक्नु पर्छ ।
नत्र भने भात होटेल जस्तो उद्घाटन गरेकै दिन देखि सामुदायिक रेडियोका शेयर होल्डर बनेका समुदायका साउजीहरुको जोशमा थपघट हुने बित्तिकै रेडियोको प्रशारण हुने क्षमता पनि तलमाथि भैरहन्छ । अरु ब्यापारबाट फाइदा भयो पाँचसय वाट बनायो घाटा लाग्यो ५० वाटमा झा¥यो ।
रेडियोको विकाससँगै ब्यबसायिकता भयो भने नेपालका धेरै रेडियो लोकतन्त्रहरुका दिन होला नत्र भने झन ५० वाट पछि बन्द गर्नुको बिकल्प हुदैन । अनि त्यसबेला रेडियो खोलेर ठूलो साहुजी, ठूलो पार्टी वा धेरै नाफा कमाउँछु भनेर देखाउनको लागि रेडियोको “र”थाहा नै नपाई खोल्नेहरुले पैसाको नास र स्थानिय जनशक्तिको श्रमशोषण भन्दा केही गर्ने छैनन् । रिसानी माफ ।

Wednesday, November 23, 2011
Ghewa
http://www.youtube.com/watch?v=vufy6xbVbQE
Tuesday, November 22, 2011
नसुनेको आवाज
नसुनेको आवाज
खरले छाएको झुप्रेबस्ती । अरुले सुर्खेतको झुप्रा भने पनि उनीहरु आफैले भने शान्तिपुर नाम राखेका छन् । भेरी नदीको किनारमा छ पुरै बस्ति । बर्षाको बेला उर्लिएर आउने भेरीले घरबास उठाउछ । हिउँदमा त्यही खोलाले छोडेको ठाउँ उनीहरुका लागि जिवन धान्ने अवसर बनेको छ । भेरीको यही बगरले दिलाएको अवसरका भरमा लगभग ६० घर बादीहरु आफ्नो दैनिकी चलाइरहेका छन् ।
यहाँका ६० घर बादीको आफ्m्नो सम्पति भन्नु नै हरेक घरका लागि भागबण्डा गरेको बालुवा भएको भेरीको बगर हो ।
कुनै बेला धनिमानिका घरमा नाच्ने र गाउने पेशा गर्थे बादीहरु । धनिमानी खुसि भएर दिएको अनाज र पैसाबाट गुजरा चलाउँथे । गाउन बजाउन सिपालु भएकैले उनीहरुलाइ बादी भनियो । नाचगान गर्दा महिलाहरु नाच्ने गाउने गर्थे भने पुरुषहरु मादल बनाउने र कहिलेकाँही सँगै गाउने गर्थे ।
समयसँगै नाचगान र मादल बनाएर जिवन धान्न मुस्किल भयो । खेतीपातिका लागि खेतबारी थिएन । विकल्पमा बादी महिलाहरुले यौन ब्यबसाय सुरु गरे । अनि कुनै बेला धनिमानीका घरमा नाच्दै गाउँदै बैठक सम्म पुग्ने बादीहरु पानी नचल्ने जातका रुपमा दरिए ।
एक्सनएड नेपालले दस बर्ष अगाडि गरेको अध्ययनमा ८ सय वादी महिलाहरु मध्ये झण्डै एक तिहाईले खुल्ला रुपमै आफू यौन ब्यबसाय गर्ने बताएका थिए । अहिले यसरी खुल्ला रुपमा यौनब्याबसाय गर्नेको संख्या निक्कै कम भैसकेको छ । उनीहरु सिप अनुसार अरु नै पेशा गरिरहेका छन् ।
दस बर्ष अघि लिइएको जनगणनामा बादीको संख्या चार हजारको हाराहारीमा थियो । त्यस भन्दा अगाडिको जनगणनामा भने ७ बादी रहेको पाइएको थियो । यसरी संख्या कम हुनुको कारण भने बादीहरुले आफूलाई समाजले हेप्ने डरले अन्य थर लेख्न थालेकाले हो । तर बादीका लागि काम गर्ने संघसंस्था भने नेपाल भर ७० हजारको हाराहरीमा वादीको जनसंख्या रहेको बताउँछन । उनीहरु विभिन्न ठाउँमा छरिएर बसोवास गरिरहेका छन ।
जताजता बसेपनि बादीहरुको अबस्था भेरी किनारको जस्तै छ । उनीहरुसँग बस्नको लागि न त राम्रो घर छ, न खान पुग्ने खेतबारी नै छ । बिहान उठेदेखि बेलुकी नसुतेसम्म काममा नखटे छाक टार्न मुस्किल छ । तर यहाँ बस्ने सबैका सपना भने उस्तै छन् ।
बादी जाति भारतबाट १४ औ शताब्दी तिर नेपाल छिरेका थिए । पश्चिम नेपालको चौध जिल्लामा उनीहरुको बसोबास छ । सल्यान, रुकुम, रोल्पा, जाजरकोट हुदै २००७ साल पछि भने तराइका जिल्लाहरु कैलाली, कन्चनपुर र दाङ तथा सुर्खेत तिर उनीहरु बसोबासका लागि झरेका हुन् ।
सरकारले सबै बालबालबालिकालाई अनिवार्य बिद्यालय भर्ना गराउँने भनको पनि धेरै भयो । यही लक्ष्य सहित अहिले देशमा तीन बर्षे शैक्षिक योजना लागु भैरहेको छ । यतिबेला भर्ना अभियानका लागि घरघरमा जाने भनेर सरकारले सबै विद्यालय बन्द गरेको छ । कागजमा ९३ प्रतिशत बालकालिका विद्यालय भर्ना भएको तथ्याङ्क सरकारसँग छ । बाँकी बालबालिकालाई अबको दुई बर्षमा भर्ना गराउने योजना बनेको छ । सरकारले बालबालिकालाई कक्षा दश सम्मको शिक्षा निशुल्क गरेको छ । अनि दलित र बिपन्नका लागि शैक्षिक छात्रबृत्ति समेतको ब्यास्था छ । तर यो बस्तिका बालबालिका पढाउने बिद्यालय स्थापनाको काममा यहाँका मानिसहरुले निकै झञ्जट व्यहोरेका छन ।
यो बस्तीका सबै अभिभावक मिलेर आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने सपना साँचेर यो बिद्यालय बनाउने योजना बनाए । तर बिद्यालय बनाउने काम त्यति सजिलो भएन । आर्थिक सङ्कलनका लागि बिभिन्न संघ संस्थासँग धाउनु पर्यो । आधारभूत आवश्यकता र बालबालिकाले शिक्षा पाउने अधिकार कागजमै रह्यो । जिम्मेवार निकायले यो काम सुरु नै गरेन । अनि आफैले भने खोलामा बालुवा बोक्न आउने गाडीसँग थोरै चन्दा उठाए । यसरी राम्रै कामका लागि चन्दा मागेपनि नियम विपरित भनेर उनीहरुलाई प्रशासनले दुःख दियो ।
बाइटः
गरिबलाई मात्रै लाग्ने कानून यहाँ पनि लाग्यो । तैपनि उनीहरुले हरेस खाएनन् ।
अहिले यहाँ राज्यको उपस्थिती जनाउने एक मात्र कुरा स्थानीय वासिन्दाले बनाएको बिद्यालय मात्र छ । तीन कोठा भएको यो बिद्यालयमा ५ कक्षा सम्म पढाइ हुन्छ । पढाउने शिक्षकको थोरै छन, अनि बिद्यार्थीको संख्या चाहिँ निक्कै बढी छ ।
पाँच कक्षा पास भएपछि यहाँका बिद्यार्थीले अर्को समस्या झेल्नु पर्छ ।
धेरै समय यौनब्यापारमा लागेका बादी महिलाहरु समयसँगै परिवर्तन हुदैछन् । सानासाना बालिकाहरु बिद्यालय धाउदैछन् ।
दाङको कालाखोला क्षेत्र कुनै बेला निक्कै बदनाम थियो । राजमार्गसँगै जोडिएको यो गाउँमा बादी महिलाहरु योनब्याबसाय गर्थे । यहाँ बस्ने तर यौनब्याबसाय नगर्नेहरुलाई पनि आफ्नो घर कालाखोला भन्ने हिम्मत आउँदैनथ्यो ।
तर समय फेरिएको छ । अहिले यहाँका बालबालिका नियमित बिद्यालय जान्छन । अनि कुनै बेला यौनब्याबसाय गरेरै केही गर्छु भन्ने महिलाहरु अरुनै काममा लागेका छन् ।
अरु काममा लाग्ने भन्दैमा समस्या सकिएको छैन । अहिले पनि धेरै बादी पुरुषहरु बेरोजगार छन् । उनीहरुले महिलालाई गर्ने ब्याबहार राम्रो छैन ।
पहिले यौनब्याबसायमा लाग्नेहरुलाई बाँझोपनको समस्या छ । बच्चा बच्ची भएका छैनन । घरझगडा सुरु भएको छ ।
समस्या त्यतिमै सकिदैन । ठूलै सख्याका बादी महिलाहरु एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । तर उनीहरु अस्पताल सम्म नजाने भएकाले यस्तो संख्या एकिन भएको छैन ।
आफूले भोगेका समस्यालाई लिएर बादीहरुले चार बर्ष अघि काठमाडौमा लामै आन्दोलन गरे । देशभरीबाट आएका महिलाहरु कठमाडौं आए । यो आन्दोलन एक महिना १८ दिन चल्यो । सिंहदरवरमा बस्नेले कहिल्यै बादीको कुरा नसुनेको भनेर उनीहरु सिंहदरबारको गेटमा चढे । आन्दोलनमा खपिनसक्नु दुःख पाए ।
आन्दोलनलाई मथ्थर पार्न सरकारले निक्कै राम्रा कुरा गर्यो । घरबासको ब्यबस्था दिने बचन दियो । बादीका बालकालिकालाई निशुल्क पढ्न पाउने घोषणा गर्यो । तर यतिका समय सकिदा पनि उनीहरुको जीवन जस्ताको तस्तै छ । उनीहरुले आफ्ना लागि आफैं स्कुल बनाउनु परिरहेको छ ।
चौध जिल्लाका बादीहरुले सरकारबाट घर बिकास कार्यक्रमका नाममा १५ हजार रुपैयाँ पाए, अन्य ठाउँकाले त्यही पनि पाएनन ।
समस्यै समस्यामा रहेका बादीहरुले आशा भने मारेका छैनन् । कुनै दिन राज्यले आफ्ना कुरा सुनिदियो भने उनीहरुसँग आफ्नै सानो चिटिक्क परेको घर र परिवार पाल्न पुग्ने घरखेत हुनेछ । तर त्यो दिन कहिले आउने हो भन्ने चाहीँ उनीहरु कसैलाई थाहा छैन ।

Saturday, November 5, 2011
छोटा कबिता
छोटा कबिता
दिनमा त बिर्सन्न नै
रातमा पनि
किन सुत्न दिन्नौ
ए निष्ठूरी
सपनीमा आइ आइ ।
दाह्री छामेको
लामो भएछ
होसै भएन
तिमी भएपो
हरेक दिन
भन्थ्यो कस्तो झुसिल्किरा झै ।
बेला उस्तै बोली उस्तै
तर समयको फन्कोले हो क्योरे
पहिला घन्टो बोल सुन्छु भन्ने तिमी
फोनमा हेल्लो पनि भन्दिनौ ।
ठ्यक्कै फर्काउन पाए
त्यो क्षण
मेरा हातको सिरानीमा
मस्तसँग
तिमी भन्दै थियौ मेरो संसार ।
कस्तो नशा बसेछ खै
हरेक दिन सुत्ने बेलामा
म बिना काम नै
कम्प्युटर खाल्छु
तिम्रो तस्बिरसँग गुनासो सुनाउँछु ।
दिनमा त बिर्सन्न नै
रातमा पनि
किन सुत्न दिन्नौ
ए निष्ठूरी
सपनीमा आइ आइ ।
दाह्री छामेको
लामो भएछ
होसै भएन
तिमी भएपो
हरेक दिन
भन्थ्यो कस्तो झुसिल्किरा झै ।
बेला उस्तै बोली उस्तै
तर समयको फन्कोले हो क्योरे
पहिला घन्टो बोल सुन्छु भन्ने तिमी
फोनमा हेल्लो पनि भन्दिनौ ।
ठ्यक्कै फर्काउन पाए
त्यो क्षण
मेरा हातको सिरानीमा
मस्तसँग
तिमी भन्दै थियौ मेरो संसार ।
कस्तो नशा बसेछ खै
हरेक दिन सुत्ने बेलामा
म बिना काम नै
कम्प्युटर खाल्छु
तिम्रो तस्बिरसँग गुनासो सुनाउँछु ।
Tuesday, October 18, 2011
गजल
छड्के आँखा हजुरको कहिले कर्किने हो ?
अन्त तिर लाको मन कहिले फर्किने हो ?
सुख्खा भाछ मन पनि फस्टाउदैन बाली
हरियाली बढाउन जल कहिले छर्किने हो ?
पल पल याद आउँछ हजुर सँग बितेका
फ्याट्ट गाला हान्दै फेरी कहिले झर्किने हो ?
मस्किएर अरु सँग बोले जस्तो गर्दा पनि
देखेर नि नदेखे झै कहिले तर्किने हो ?
असोज ३० २०६८

Subscribe to:
Posts (Atom)