छोटा कबिता
दिनमा त बिर्सन्न नै
रातमा पनि
किन सुत्न दिन्नौ
ए निष्ठूरी
सपनीमा आइ आइ ।
दाह्री छामेको
लामो भएछ
होसै भएन
तिमी भएपो
हरेक दिन
भन्थ्यो कस्तो झुसिल्किरा झै ।
बेला उस्तै बोली उस्तै
तर समयको फन्कोले हो क्योरे
पहिला घन्टो बोल सुन्छु भन्ने तिमी
फोनमा हेल्लो पनि भन्दिनौ ।
ठ्यक्कै फर्काउन पाए
त्यो क्षण
मेरा हातको सिरानीमा
मस्तसँग
तिमी भन्दै थियौ मेरो संसार ।
कस्तो नशा बसेछ खै
हरेक दिन सुत्ने बेलामा
म बिना काम नै
कम्प्युटर खाल्छु
तिम्रो तस्बिरसँग गुनासो सुनाउँछु ।
No comments:
Post a Comment