छोटा कबिता 
 
बर्षामा भिज्छौ
छोएर अंगअंग झर्छ 
पानीका थोपा
कति मन हुदो हो 
त्यसलाई पनि
तिम्रो जिउमै सुक्ने । 
 
 
सिमसिम सिमसिम 
पानीको बेला 
घुमको याद आयो
त्यही न थियो संसार हाम्रो ।
 
 
बलेसीको तप्कनी
एक एक गरि भुइमा 
पछारिन्छ र हराउँछ भेलमा
मेरो माया पनि 
त्यसरी नै भिडमा मिस्सिएछ र पो 
भेटाउँदिन यो शहरमा । 
 
 
 
केही भाग्यमानी पानीका थोपा
भल बन्छन् र बग्दै जान पाउँछन्
धेरै अभागी थोपाहरु बिलाउँछन्
सुख्खा धुलोमा ।
No comments:
Post a Comment