Thursday, April 9, 2015

तामाङनी आमाको जवाफ थियो : मे सिजिम, स्या थाबा

कक्षा ९ मा पढ्दै थिएँ । पढाइ नभएका बेला साथीहरुबीच कक्षामै हाजिरीजवाफ प्रतियोगिता गथ्र्यौं । पाठ्यपुस्तकबाटै प्रश्न सोधिन्थ्यो । एक दिन मैले प्रश्न गरेँ, ‘पेलेको न्वारनको नाम के हो ?’ सबै साथी हाँसे । फेरि प्रश्न दोहो¥याएँ । दोस्रोपटक झन् बढी हासेँ । भए छ के भने, मैले न्वारन नभनेर ‘नहुँरन’ भनेँछु । यो शब्द तामाङ बोलीचालीमा न्वारनकै अर्थमा प्रयोग हुन्छ । धेरै फरक थिएन, बुझ्नका लागि । तर, पनि साथीहरू हाँसे । त्यसको केही समयपछि कक्षा नौको अन्तिम परीक्षा भो । नजितामा म तेस्रो भएँ । मलाई पढाउने शिक्षकले अबिर लाउँदै भने, ‘लौ भाइले न्वारन भन्न नजाने पनि लेख्न जानेछौ । तामाङको छोरा भए पनि ।’
अर्को प्रसंग छ । तामाङले गाई–गोरुको मासु खान्छन्, विशेषगरी बाक्लो बस्तीतिरका तामाङले । बूढी तामाङनी गोरुको मासु काट्दै थिइन् । कसैले देखेर नजिकको प्रहरीमा भन्दिए । प्रहरी आए । र, बूढीलाई सोधे । के गरेको आमै ? बूढीले उत्तर दिइन्, ‘मे सिजिम । स्याथाबा ।’
प्रहरीले तामाङ भाषा बुझेनन्, नेपालीमा सोधे । आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’
प्रहरीले बुढीलार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् । सुरुमै कुनै प्रहरीले तामाङ भाषा बुझेको भए अनाहकमा आमाले जेल बस्नुपर्दैनथ्यो ।
भाषाको कारण दुवै प्रसंगमा समस्या परेको हो । एउटा मेरो आफ्नो भोगाइ हो, अर्को सुनिदै आएको प्रसंग । यस्ता समस्यालाई लेख्दै गइयो भने लामो हुन्छ । प्रसंग एक होइन, अनेक छन् । जानेर नजानेर वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जनजाति, मधेसी र दलितले समाजमा समस्या भोग्दै आएका छन्, सदियौँदेखि । यसरी समस्या भोगेका नेपालीले नयाँ संविधानमार्फत नहेपिने ग्यारेन्टी खोजेका थिए । एउटा शब्द शुद्ध उच्चारण नगरेकै भरमा हेयको दृष्टिले नहेरिने वातावरण खोजेका हुन् । तामाङको छोरा भएकै आधारमा कक्षामा राम्रो गर्दा अचम्म मान्नुपर्ने वातावरण नहोस् भन्ने खोजिएका हुन् ।
आज नेपाली समाजमा जटिल सवाल उठेको छ— यस्ता समस्या कम गर्दै जाने कि यसलाई कुनै समस्या नै नमान्ने भन्ने । के हाम्रो समाज कुनै पनि परम्परा, आचरण, व्यवहारमा साँच्चै सवालै उठाउन नमिल्ने गरी मिलेकोे छ त ? छ भने, अहिले किन राष्ट्रिय राजनीतिमा अनेक सवाल उठेको छ ?
तामाङनी आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’ प्रहरीले आमालार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
के नयाँ बन्ने संविधानले उत्पीडनमा परेका जाति, समुदाय, क्षेत्रलाई सम्बोधन गर्न आवश्यकै छैन त ?
अहिले संघीयताको बहस चर्को रूपमा उठेको छ । उत्पीडितहरुले राज्यमा आफ्नो पहिचान खोजेका छन् । पहिचान भनेको, मरेको गाईगोरुको मासु खाँदै आएका जातिलाई राज्यले त्यही रुपमा चिन्नु अर्थात् परिचय पाउनु हो । दलित, मधेसी, जनजातिको के कारणले शासन र प्रशासनमा पहुँच पुगेन भनेर बुझ्नु हो । र, त्यसलाई सम्बोधन गर्नु हो । यो सम्बोधन भनेको, जाति, समुदाय, भाषा, क्षेत्रका आधारमा राज्य अर्थात् संघ बनाउनु हो । यो कुनै जनताबीच वैमनस्यता उत्पन्न गराउने विधि होइन । यो त उत्पीडनमा परेका जाति, समुदाय, भाषा, क्षेत्रलाई राज्यको मूलधारमा समेट्ने विधि हो । यसले नेपाली जनताबीचको भाइचारालाई समाप्त गर्दैन । तर, मानिसहरु यो कुरा बुझ्न तयार छैनन् ।
देशमा पछाडि परेका अनेक जाति, समुदाय र क्षेत्र छन् । त्यस क्षेत्रकै समुदायको हालिमुहाली हुने गरी संघीयता बनाउन सकिन्छ । अहिलेको माग पनि यही हो ।
अर्को प्रसंग हेरौँ । एक दशकपहिले, दोलखाको बाक्लो तामाङ बस्ती ध्याङसुका ठोकरको विद्यालयमा कार्की थरका शिक्षक थिए । जो तामाङ भाषामा नेपाली विषय पढाउँदै थिए । सबै विद्यार्थी तामाङ भएकाले नेपालीमा मात्र पढाउँदा विद्यार्थीले नबुझेर उनी हैरान भए छन् । जति पढाए, रटाए पनि परीक्षामा पास नहुने । स्थानीय अभिभावकसँग मिलेर उपाय निकालियो, सकेजति किताब तामाङ भाषामै पढाउने । यसले विद्यार्थीले प्रगति पनि गरेछन् । तर, केन्द्रको सरकारलाई के थाहा, तामाङ विद्यार्थीलाई कसरी पढाउनुपर्छ भन्ने ? अनि, सजिलै भन्दियो— यो तामाङ बोल्न जान्दैन, पढ्दैन् । अनि, राज्यमा अधिकार खोज्छ ।
अहिलेको बहस यही हो, उत्पीडित समुदायको आवाज यही हो । कि कसरी राज्यको मूलनीतिमा आफूहरु पनि समिटिने !
कुरो गहिरो छ । आज रेस्टुरेन्टमा मरेको भैँसीको मःमः खाने, महँगोमा मोबाइलबाट सेल्फी खिच्ने, फेसबुकमा गरिबको तस्बिरमा दयाका शब्द अंग्रेजीमा व्यक्त गर्ने, अंग्रेजी स्कुलमा पढेका धनाढ्य र धनाढ्यका सन्तानले यो मर्म बुझ्दैनन् । त्यसैले राजनीतिज्ञले नै यसलाई बुझ्न आवश्यक छ । तर, अहिले देशका नेताले सदियौँदेखि उत्पीडनमा परेका जनतालाई उपेक्षा गर्न खोज्दै छ ।
तामाङ समुदायमा मामा र फुपूका चेलाचेली विवाहका लागि चल्छ । यो पुरानो चलन हो । अझ यो नाताबीच उमेर मिल्छ भने विवाहको पहिलो अधिकार नै हुन्छ भनिन्छ । यो संस्कार तामाङलगायत अन्य कतिपय जातिको पनि मौलिक पहिचान हो । यसले छोराछोरीको इच्छा र अधिकारको हरण गर्ला, त्यो आफ्नै ठाउँमा छ । तर, कुनै जमाना थियो, आफ्नी चेली आफ्नैमा सुरक्षित हुन्छे । त्यहीअनुरुप पनि यो चलन बस्यो होला । यो चलनलाई भने राज्यले सम्बोधन गर्न चाहेन । किनभने, यस्तो चलन नमान्नेहरुकै राज्य थियो । यो संस्कारलाई हेयका दृष्टिले हेरिँदै आइयो । कतिसम्म भने सरकारले नेपालको हाडनाता करणीसम्बन्धी नियम बनाउँदा जनजातिको यो संस्कारलार्ई वैधता दिएको थिएन । तर, अहिले भने सच्चिएको छ ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् ।
यस्ता धेरै थिचोमिचो भोग्दै आएका जनजातिले नयाँ बन्ने संविधानमा आफ्नो पहिचानसहितको राज्य खोजिरहेका छन् । मान्छेहरु तर्क गर्छन्, त्यसो भए, चेपाङ र दलितलाई पनि राज्य दिने ? तामाङलाई राज्य दिन भनेर कुनै क्षेत्रमा तामाङलाई राजा बनाउ, लिम्बुलाई राजा बनाउ, मगरलाई राजा बनाउ, मधेसीलाई राजा बनाउ, भनेको कहाँ हो र ? उत्पीडितलाई राज्यको मूलधारमा ल्याउ भनेको पो । कसरी ल्याउने भन्नेबारे बहस गरौँ । नयाँ बन्ने संविधानमा सम्मानजनक स्थान सबैलाई दिउँ । तर, अहिलेका राजनीतिक दल यो कुरा बुझ्न तयार छैनन् ।
देशमा दशवर्ष जनयुद्ध भयो । जसमा साथ दिने जनजाति नै बढी थिए होलान् सायद । ०६२/६३ जनआन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको माओवादीले दलित, मधेसी र आदिवासी जनजातिकै आवाज बोल्यो ।
मरेकोलाई म¥यो र भन्न नजानेर जेल बस्नुपर्ने बाध्यतालाई हटाउँछौ भन्यो । राज्य नै दिने जस्तो कुरा पनि गर्यो । तर, अहिले क्रमशः उत्पीडितको कुरा क्रमशः ओझेल पर्र्दै गएको छ । माओवादीले उत्पीडित वर्गको समस्यालाई बोकेर हिँड्न जानेन । हुन सक्छ, महलको बाससँगै बिर्सियो ।
पछाडि परेका समुदायले अधिकार मागेर शासकलाई हटाउनुपर्छ भन्दा ‘ठेलागाडामा चढेर अमेरिका हिँड्ने मान्छे’ भनेर भद्दा जोक गर्नेहरु फेरि सत्तामा पुगे ।
अहिले उनीहरु उत्पीडनमा परेका जनतालाई गिज्याइरहेछन्, अनेक ठट्टा गरेर । उत्पीडित वर्ग शासक वर्गको इसारामा कतिञ्जेल नाचेर बस्ला सोच्नुपर्ने बेला आएको छ ।

Saturday, February 7, 2015

साइत

बाबुको के बिचार छ त ?
चिया पिउँदै कुरा सुरु भो ।
त्यो भन्दा पहिले सामान्य अनौपचारिक कुराकानी भएका थिए अफिस र आफन्तका ।
मनमा भएका कुरा कताबाट सुरु गर्ने हो । धक लागि रहेको छ । फिल्म हेर्दा केटीलाई आफ्नो विवहाको कुरा गर्दा ‘क्लोजअप’मा औलाले भुँई कोट्याएको देखाउँथे । केटाले विहेको कुरामा के गर्थे ? मैले फिल्ममा देखेको थिइन । लौ फसाद के गर्ने होला ? बिहेका कुरा देखाउँदा केटीका अरु रुप पनि देखाइन्छ । फिल्ममा । अरुका घरमा जाने भएकोले माइतीघरको यादमा रुने । जबरजस्ती जानपर्ने जस्ता । म अरुको घर जाने होइन ल्याउने हुँ । कस्तो ‘सिन’ हाल्दा हुन् यस्तो ‘प्लट’मा । क्यामरा हुँदो हो त मेरै अनुहारको ‘बिगक्लोजअप’ रेकर्ड गरे के फरक पर्दो हो र ? कुराकानी बिस्तारै अघि बढ्दैछ ।
हुनेवाला ससुराबासँग कुरा गर्दैछु । साथीभाइको अनौपचारिक गफगाफमा केटीलाई ‘पट्याउन’ भन्दा बढि गा¥हो त केटी बालाई ‘पट्याउन’ हो भन्छन् । साथीहरु थप सल्लाह गर्छन । बासँग बोल्दा सानो स्वर निकालेर बोल्नु । जे बोल्दा पनि हजुर हजुर भन्नु । धेरै भन्दा धेरै सम्मान गर्नु । नत्र गा¥हो हुन्छ । जीवन डामाडोल हुन्छ । केटीका बालाई रिस उठे राम्रै हिड्ने मान्छेलाई पनि किन बाङ्गो हिडेको भन्छन् रे । राम्रै बोल्नेलाई तोते बोली रैछ भन्छन् रे ।
मेरो भागमा अहिले केटी बा ‘पट्याउने’ ‘प्लट’ परेको छ । यो कुनै फिल्म होइन । साथीभाइले भने जस्तो सजिलो पनि छैन । फेरी यसो सम्झन्छु । अनुभबी साथीहरुले भनेका हुन क्यारे । सुनेको कुरा । यतिखेर ज्यान हेर्दा केही भएको छैन । त्यस्सै काले मान्छे । अलि कालो भएको हुँदो हुँ । अरु राम्रो छु । ठीक छु । भित्र भित्रै भरपुर अप्ठ्यारो छ । असजिलो छ । ज्वरो आएको छ । यस्तो परिस्थितीलाई सहज बनाउँदै हुनेवाला ससुराबाले भने ‘लौ ठीकै छ छोरीले हामीसँग सामान्य कुरा गरेकी छे । तंपाईहरु एक अर्कालाई मन पराउने थाहा पायौ ?’
कुरा त्यतिकै रोकियो । अब थप तं भन केटो भन्न खोजेका त होलान् । भन्न केही खोज्यो । मुखबाट शब्द निस्कदैन । भित्रभित्र डल्लो पर्छ । पेट भन्दा माथीबाट भन्छु भनेर घाँटीसम्म आउँछ । त्यही रोकिन्छ । के भन्ने ? कसरी भन्ने ? मन त पराकै हो । डेटिङ पनि हिडेकै हो । छोरीका बालाई के के कुरा सुनाउने ? के घटाउने । कसरी छोरीसँगको प्रेमकहानी भन्ने ।
अरु पनि अप्ठ्यारा छन् । हुनै लागेको भैनसकेको ससुरालाई के भनेर सम्बोधन गर्ने । बा भन्ने कि अंकल भन्ने ?  अहिले सम्म बोल्दा नमस्कार र हाइहेल्लो सामान्य मात्र चलेको छ सम्बोधन बिना । जे त पर्ला । असजिलो गर्दैै सानो स्वरले एक वाक्य बोलेँ ‘हो हामी मन पराउँछौ बा ।’ बिहेकै कुरा चलेपछि श्रीमतीको बा मेरो पनि ससुराबा हुनक्यारे लौजा । बा नै सम्बोधन गरेँ । यो एक वाक्य बोल्नलाई हुने वाला श्रीमतीलाई प्रेम प्रस्ताव राख्दा भन्दा गाह्रो भो ।
बाले सम्बोधनमा आपति जनाएनन् । सासुआमा पनि हामीलाई सुन्दै चिया खाँदै थिइन । अब उनले कुरा थपिन । ‘तंपाईहरु एक अर्कालाई मन पराएको मान्छे हो । हामीले धेरै के भन्नु । कसरी जीवन चलाउने भन्ने पनि तंपाईहरुकै हातमा छ । तै पनि हामीले औपचारिकता पुरा गर्नु पर्छ । जति सक्यो छिटो विवहा गर्नु पर्यो ।’
एक छिन सन्नटा छायो । सायद हुनेवाला ससुराबाले थप केही बोल्ला कि भनेर खाली छोडेको हुनु पर्छ । कोठामा खाजा बोकेर मेरी प्रेमिका बन्न लागेको श्रीमती आइन । सासुआमाले खाजा मेरो अघिल्तिरको टेबुलमा राखिन । सासुआमा र बाले आफ्नो प्लेटमा थोरै राखे । न कपाकप खानु न नखानु ।
‘खानु बाबु खाजा ।’ सासुआमा बोलिन् ।
ससुराबा बोलेकै छैनन् । हुनेवाला श्रीमती खाजा राखेर कोठा बाहिर कता हो कता । जे पर्ला खाजा खान हात लम्काएँ ।
ससुराबाले बोले । ‘सधै लभ गरेर मात्रै पनि हुदैन । ब्यवहारिक हुन पर्यो । हाम्रो जातपात मिलेकै छ । साइत हेरेर दिन जुराउनु पर्यो बाबु ।’ पुरै ‘क्लाइमेक्स’को वाक्य ससुराबाले भने ।
फिल्ममा हुँदो हो त यो अबस्था आउनलाई के के हुँदो हो । द्धन्द्ध हुँदो हो । केटी पट्याउन कति काइते काइदा आपनाउनु पर्दो हो । केटी पक्ष र केटा पक्षको कुरा मिलाउन कति गाह्रो हुँदो हो । मेरो त त्यस्तो केही मसलेदार कथा बिना नै क्लाइमेक्समा पुग्यो । जीवन कथा । खाजा कपाकप खादैगर्दा अलि जोस भरिएर आयो । हिन्दी फिल्ममा भनेको झै प्यार किया तो डरना क्या ।
‘हुन्छ । लामालाई डाकेर साइत जुराऔ । मेरो त सबै परिवार गाउँमै हुनुहुन्छ । म मात्रै यता तिर (काठमाडौ) हो ।’
‘अनि के भो त बाबु ?’
मेरो कुरा पुरा नसक्दै हुनेवाला ससुराबाले प्रश्न राखे ।
के भो भन्नु बिहेको दिन फिक्स गर्न अलि असजिलो भो । तामाङहरुको मामालाई नसोधी यस्ता कुरामा ठोस निर्णय हुदैन । मामाहरु आफ्नै तालको भाउ खोज्छन् । भए आफ्नै मामाको छोरी विहे गर्नु पर्ने हो । नभए पनि तिनलाई डालो लान पर्ने हो । अनि यो दिन कस्तो छ ? सोधनी हुनु पर्ने हो । तिनको चित बुझे पछि भन्छन् ठीक छ । भन्जाको विहेको दिन ठीक छ । नत्र तिनले अनेक कुरा भन्छन् । उस्तै परे विहे क्यान्सिल ।
धेरै मामा हुनेलाई सजिलो हुन्छ । एउटा नभए अर्को मामा मान्छन् । आफ्नो त भएको मामा पनि एउटै छ । ती मानेनन् भने । मामा पछि आमा छन् । आमालाई छोराले बुहारी ल्याओस भन्ने छ । तर बुहारी आमाले भने जस्तो हुन पर्छ । ‘घाँस,दाउरा छिटो गर्ने । मेलापातमा दौडिने । पाखुरी बजाएर खाने बुहारी ल्याउनु पर्छ बुझिस् ।’ आमाको माग छ । बा मेरा विहेको बारेमा खासै कुनै माग गर्दैनन् । एक पटक अरुसँगै कुरा गर्दा सुनेकोथे । ‘पढेको छ । ल्याउँला नी आफैले हेरेर ।’ बिचारा बा आमाले एक पटक हकारे भने आफ्नो भनाई चेन्ज गर्न बेर लाउँदैनन् ?
यसो अनासुकीको बिचार गर्छु । म कमाउने मान्छे । खल्ति रितो छ । खातामा पनि केही छैन । तैपनि आटे पछि आट्यो । ‘बिहे गर्न र घर बनाउन कमाएर राख्दैन मान्छेले‘ कतै सुनेको भनाईले हौसला बढायो ।
अघि सम्म एक्लिएको जस्तो लागेको कोठामा सबै आफ्नै लागे । हुन लागेकी श्रीमती कोठामा आउँला कि भनेर हेरेँ । आइनन् । किचन तिर तेलमा केही झानेको स्वर सुनेँ । झ्वाई । सोचेँ किन खाना पकाउन हतारिकी होली । जिन्दगीभर खाना खान त बाँकी छ । एक छिन सँगै बसेकी भए भैहाल्थ्यो । तर अर्को मनले सोचेँ । उनलाई पनि गाह्रो छ नी । आमा बासँग बसेर आफ्नै बिहेको बारे कुरा गर्न ।
अब अघि जस्तो अप्ठ्यारो हराउँदै गयो । बिस्तारै सबै सजिलो हँुदै गए । मनका कुरा राख्न सक्छु जस्तो भो । साइत हेरियो लामासँग । खै कुन कुन ‘छ्याई’ हेर्दै साइत निकाले माघ २५ । बिहे भए पनि दुई बर्ष बित्यो ।

Tuesday, April 29, 2014

आमा र मोवाइल

मेरी आमाले चलाउने सबै भन्दा लेटेस्ट टेक्नोलोजी भनेको मोवाइल होला । आमा मोवाइलको अंक चिन्दिनन् । अक्षर चिन्ने कुरै भएन ।

खाली फोन उठायो कुरा गर्यो । कसैको फोन आएन भने त्यतिकै राख्यो । फोन गर्न मनलाग्यो अक्षर चिन्नेलाई गुहार्नु पर्ने । जान्नेकोमा धाउनु पर्ने । चिठ्ठीपत्रको जमनामा चिठ्ठी वोकेर ठूलावडाको धाए जसरी ।

आमालाई जंग चलेछ । म आफै फोन गर्न सक्ने वन्छु । अनि त्यो बेलामा सम्म उनलाई रिसिभकलको कि मात्रै थाहा थियोे । त्यस पछि उनले डायल कि चिनिन । फोन उठाउन मन लागेन भने नउठाउने फान व्यस्त छ भन्ने कि पनि चिनिन । लामो लामो नम्वर सिक्न भने असजिलो भयो ।

हामीले उपाय निकाल्यौ । मोवाइलमा भएको सेम्वोल चित्रहरु राखेर नम्वर सेभ गर्ने । अनि त कुरै सकियो ।
हामीले मिलाएर नम्वर सेभ गरिदियौ । जेठो छोरा अलि पुड्के छ नम्वर भकुन्डो । माइला कता जान्छ के गर्छ आमालाई थाहा छैन त्यसैले पात । साइला अलि फटाहा छ सर्प । कान्छा अलि कुरा दोहोरो गर्छ दोहोरो धर्का । दिदीको नम्वर पनि सेभ गर्नु पर्यो । दिदी विवाहित त्यसैले भिनाजुको समेत गरि दुईटा टाउको । मामा, हजुआमा सबै गरि झन्डै १५ जना भन्दा बढिको नम्वर सेभ भो ।

अव जस्ले फोन गर पनि चित्र आए पछि चिन्थिन लौ फलनाको फोन आयो । आमालाई दुःख दिन मिसकल मार्छौ । आमा थाहा पाउनु हुन्छ । ग्याद आरे ? काम छैन केटा ?

अव अर्को उपाय पनि सिकिन फोन गर्ने । हामीले उपाय निकाल्यौ एउटै मात्र अंक हानेर फोन गर्ने । स्पिड डायल भन्छ क्यारे । आठ जनाको स्पिड डायलले धान्यो । अर्को उपाय पनि सिकायौ । नम्वर सेभ भएको चित्र हेर्ने अनि डायल गर्ने । त्यो पनि उनले सिकिन् ।

जहाँ इच्छा त्यहाँ उपाय भनेको त्यस्सै होइन रहेछ । । अव आमाले सजिलै थाहा पाउँछिन दुई टाउका आयो भने दिदीको फोन । पात आयो भने माइला ।

आमाको मुख हेर्ने औशी । विहानै उठेर फोन गरेँ । परदेशी भैखाको छोरोले गर्ने त्यति न होला ? फोन उठेन । शायद आमा काली भैसीको दूध दुदै थिइन कि ?

एक पछि गरुला भनेर फोन दोहोर्याइन । के के काममा व्यस्त भएर आमालाई फोन गर्न विर्सेछु । खाना खाने बेलामा फोन आयो ।
तिला लावन मुला? के गर्दैछस ?
घइमा खावा घिम्री ? घर कहिले आउँछस् ?

म सनै छदा आमा मलाई सधै पढ भन्नु हुन्थ्यो । दाजुभाइ दिदी वहिनी मिलेर पढ्थ्यौ । पढ्नु के थियो गीत गाउँथ्यो । आमा अक्षर नचिन्ने तर कखराको गीत भन्न सक्ने । आमाले भन्थिन । हामी कपिमा अक्षर हेर्थ्यौ । क हामी सबैको आँखा क मा हुन्थ्यो । ख हामी सबैको आँखा ख मा ।

हामी विस्तारै अरु धेरै कुरा सिक्यो । पढ्नका लागि सदरमुकाम हुदै राजधानी छिर्यौ । दिदीको विहे भो । अरु दाइभाइको कथा मेरो भन्दा फरक छैन । हामी आफैमा व्यस्त भै टपल्यौ । अव हामीले चिन्ने अक्षर धेरै भयो । नेपाली मात्रै होइन अंग्रजी पनि चिन्ने भयौ । छोराछोरी बढे पछि आमाले कसैलाई कखराको गीत सुनाउन परेन । आजकाल विर्सिइन जस्तो छ ।

हामी सहर छिरेर केके सिक्यौ । कम्प्युटर, फोटोग्राफी, भिडियोग्राफी के के हो के के ? सिक्नु पनि त्यस्तै छ । आमाको जिन्दगीमा धेरै फेरवदल छैन । जति सन्तानको छ । अँ सँच्ची मेरो त फेसवुक पनि छ । मेरी आमा फेसवुक चलाउने त कुरै भएन । आमालाई सम्झिएर फोटो अपलोड गर्ने कति भए कति । तर स्टाटस लेख्ने पनि धेरै भए । जति घन्टा फेसवुकमा आमालाई सम्झेर विताइयो । त्यति घन्टा आमालाई कुनै कुरा सम्झाइएको छैन होला ।

जे होस आमाहरु आफूलाई नआए पनि सन्तानलाई सिकाउँछन् । सन्तानले जानेको कुरा आमालाई सिकाउने फुर्सत थोरैसँग मात्रै छ । म अपवाद होइन । जेहोस आमाले कुनै बेला अक्षर नजानीकनै  गीतको शैलीमा सिकाको कखरा नै अहिले म कम्प्युटरमा टाइप गरिरहेछु ।

Tuesday, April 15, 2014

चिसापानी ।

‘उकालो नभए के हुन्थ्यो ?’
सुन्दरीजलको उकालो चढ्दै गर्दा सोधिएको प्रश्न ।
‘के हुनु कि त सम्म नी ।’
सुन्दरीजलबाट चिसापानी जानको लागि उकालो चढ्दै थियौ । औपचारिक अनौपचारिक गफगाफले यात्रा बढ्दै गयो ।
काठमाडौ धुँवाधुलोको सहर । जतागयो त्यतै धुलो छ । प्रदुषण केमा छैन ? स्वास फेर्दा हावा र धुलोको मात्रा बरावर हुन्छ । त्यसैले एक दिन भए पनि स्वच्छ हावामा स्वास फेर्न निस्किएका छौ ।
सुन्दरीजलमा गाडीवाट ओर्लने वितिकै नक्सा राखिएको छ । पर्यटकलाई सजिलो होस भनेर । जान सकिने संभावित गन्तव्य लेखिएको छ । अनि पैदल हिडेर पुग्न सकिने संभावित समय पनि ।
हामी पुग्नु पर्ने चिसोपानी । झन्डैे २२ किलोमिटर । संभावित लाग्ने समय लेखिएको पाँच घन्टा छ । तर सुन्दरीजलबाट हिडेर चिसोपानी पुग्नेहरुको अनुभवले भन्छ त्यति सजिलै यात्रा सकिदैन । ‘कस्सिएर हिड्ने मानिसलाई लाग्ने समय हो त्यो । अरुलाई त धेरै लाग्छ । पैदल हिड्न वानी छुटेकोले छ सात आठ घन्टा हिडे पछि मात्र चिसोपानी पुगिन्छ ।’ हामीसँगै हिडेका मोहोन केसीले भने । उनी पहिले पनि चिसापानी पुगेसकेका थिए ।
सुन्दरीजलवाट आधा घन्टा उकालो चढे पछि शिवपुरीनागार्जुन राष्ट्रिय निकुञ्जको गेट आउँछ । नेपालीले १० रुपैया र विदेशीले भने २५० रुपैया तिरे पछि निकुञ्ज छिर्न पाइन्छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १५९ वर्ग किलोमिटर फैलिएको छ । ‘राजधानीसँगै जोडिएको निकुञ्ज विश्वमै छैनन् । सन् १९७५ देखि वन्यजन्तु आरक्षको रुपमा संरक्षित क्षेत्र हो शिवपुरी । सन् २००२ देखि भने राष्ट्रिय निकुञ्ज वन्यो ।’ सहायक वार्डेन नारायण रुपाखेतीले निकुञ्जको इतिहास भने ।
निकुञ्ज भित्र प्रत्येक वर्ष ८ लाख भन्दा बढि मानिस पुग्छन् । विदेशीको संख्या थोरै छ । ‘धेरै स्वदेशी नै निकुञ्ज घुमेका छन् । राजधानीमा ४० लाख भन्दा बढि मानिसको वसोवास भएको अनुमान गरिन्छ । यी मध्ये धेरै मानिस वनभोज खानकै लागि भएपनि शिवपुरी निकुञ्ज पुगेकै छन् ।’ रुपाखेतीले थपे ।
शिवपुरी नागार्जुन निकुञ्जको सबै भन्दा अग्लो ठाउँ २७ सय ३२ मिटर अग्लो शिवपुरी डाँडो हो । चिसोपानी पुग्नलाई भने २४ सय ५१ मिटरको भञ्ज्याङ काटे पुग्छ । हामी उकालो चढ्दैछौ ।
निकुञ्ज भित्र छिरे पछि देखिन्छ काठमाडौ वासीका लागि पानी ल्याउन वनाइको ड्याम । वागमतीमा वग्नु पर्ने पानी काठमाडौमा पिउनेको लागि लगे पछि ड्याम भन्दा तल चुहिएर वग्ने थोरै पानी मात्र छ । वग्नु पर्ने पानी नवगे पछि वागमतीमा ढल वग्ने नै भयो ।
निकुञ्ज भित्रको पानीले उपत्यकाको आधा माग धान्छ । दैनिक ३० लाख लिटर पानी काठमाडौलाई पु¥याउदै आएको छ । पानी मात्र होइन वनवनस्पतिका लागि पनि निकुञ्ज राम्रो छ । १२ सय ५० थरिका वनस्पति, २२ थरिको स्थनधारी जनावार, ३११ थरिका चराचुरुङ्गी, १०२ थरिको पुतली, १२९ थरिका च्याउ पाइन्छ ।
सुन्दरीजल चिसापानी गाडी गुड्ने कच्चिवाटो वनेको छ । नियमित गाडी नचले पनि सामान ओर्सानको लागि निकुञ्ज भित्रैबाट बाटो वनाइको छ । तर पैदल यात्रीहरुका लागि भने खुटकिला वनाईका वाटा छन् । मोटरसाइकलमै चिसापानी हुइकिनेको संख्या पनि राम्रै छ ।
‘भोक लाग्यो । उकालो कसरी चढ्नु ?’
ड्याम नपुग्दै कराउन थाले । सिधै उकालो नचढेको धेरै भएछ । हे¥यो सबै जना पसिना पसिना भएर भिजेका छन् ।
‘अव माथिल्लो गाउँ पुग्ने वितिकै खाने हो ।’ फेरी अनुभवी मोहोन वोले ।
‘खाना खाने हो । वरु पाइन्छ कि पाइदैन ?’
‘यत्रो ट्रेकिङ रुट पनि खान नपाइने ? त्यस्तो त हुदैन नी ।’ गफिदै उकालो लाग्दैछौ ।
निकुञ्ज भित्रको गाउँ हो मुलखर्क । वाटोमा पर्ने प्राय सवै घरमा सानातिना होटेल छन् । धेरै थरिका परिकार नवने पनि नेपाली खाना जता पनि पाक्छ ।
खाना खाने होटेलका साहु नारायण श्रेष्ठले भने ‘यो गाउँ सके पछि चिसोपानी नपुग्दासम्म कुनै पसल छैन । विचमा चाहिने सामान यतै किन्नु होला ।’ घुमाउरो आफ्नो विज्ञापन भए पनि हाम्रा लागि राम्रो जानकारी थियो । पानी र केही विच बाटोमा खान मिल्ने समान किन्यौ ।
जंगलमा गुराँस कतै फुलेका थिए । गाउँ छोडे पछिको वाटो वन भित्र छ । रुखै रुख । खसु्रक, गुराँस, उतिस, सल्लाका  । कुनै वेला शिवपुरीको वनको रुख काठमाडौका वासिन्दाको दाउरा पाइने ठाउको रुपमा चिनिन्थ्यो । ‘त्यसरी रुख काटिए पछि वन सकिनै लागेको थियो । सुन्दरीजलवाट माथि हेरे वन कतै कतै मात्र देखिन्थ्यो ।’ नारायणले सम्झिए ।
वन्यजन्तु आरक्षको स्थापना भए पछि भने वनको स्वरुप फेरियो । हेर्दाहेर्दै घना वन भयो । हामी घना वनको वाटोमा हिड्दैछौ ।
‘फोन त टिप्दै टिप्दैन रैछनी ।’
‘मज्जा भो त्यसो भए ।’
समूहमा भएका साथीहरुको गुनासा थिए ।
झन्डै ६ घन्टामा भन्ज्याङ पुग्यो । सबैले झै हामीले पनि भन्ज्याङको देवीलाई ढुङगा र स्याला चढायौ । पुरानो मान्यता अनुसार यसो गरे आएको दशाग्रह देवीले हाटाइदिन्छिन रे । साथीहरुले भने यत्रो हिडेर थाकिएको छ देवीहामीलाई हिड्ने शक्ति देउ ।
देउराली कटे पछि ओरालो । अनि हिमालका लाइन देखिए ।
‘कुन कुन हिमाल हो ?’
थाहा भए पो वाल्नु । चुप ।
पछि जान्नेले भने अन्नपुर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल राम्रैसँग दखिन्छन् । अरु पनि धेरै हिमालहरु छन् ।
देवीले शक्ति नदिए पनि पाइला आफै लम्किए । सात घन्टामा चिसापानी पुग्यो ।
नुवाकोटमा पर्ने चिसापनी काठमाडौ र सिन्धुपाल्चोकको सिमानामा छ । ‘चिसापानीकै बाटो भएर कुनै वेला तिव्वतसम्मको व्यापार हुन्थ्यो । अहिले गोसाइकुन्ड, हेलम्वु, लाङटाङ राष्ट्रिय निकुञ्ज पदलै जान प¥यो भने सुन्दरीजल चिसापानी हुदै जाने हो । चिसापानीबाट नगरकोट, धुलिखेल हुदै पनौती निस्कने ट्रेकिङ रुट चलेको छ ।’ चिसापानीमा होटल चलाउदै आएका साधुरामले भने ।
चिसापानीमा होटलहरु छन् । सुविधायुक्त देखि सामान्यसम्म । हिमालका रेञ्ज देखिन्छन् । देउरालीबाट देखिने भन्दा अझ बढि । प्राय चिसो भैरहेने भएकोले भएकोले चिसापानी नाम रहेको भनाई स्थानीयको छ ।
भोलिपल्ट हामी वागमतीको सुरु भएको नागमती भएर फर्कने भयौ । स्थानीयहरु ठूलो धाप र सानो धाप भन्छन् । अहिले विभिन्न संघसंस्थाको सहयोगमा धापलाई ठूलो पोखरी वनाइने योजना छ । यदि योजना अनुसारको काम भए छिट्टै काठमाडौको वासिन्दाले बोटिङ गर्न पोखरासम्म धाउनु पर्ने छैन । पोखराको विकल्प वन्न सक्छ धाप ।
दुई दिन स्वच्छ ठाउँमा स्वास फेरेपछि काठमाडौ फर्कदा मनमा कता कता नरमाइलो लागे पनि यात्रा रमाइलो भयो । फर्कने क्रममा मुलखर्क गाउँमा तामाङ भाषा राम्रो गीत लेखिएको थियो । आफू तामाङ नै भएकोले भावानुवाद गरेर साथीहरुलाई सुनाएँ ।
गाउँ पनि राम्रो वन राम्रो
तंपाई आउनु भो झन राम्रो
हरियाली वचाउछौ
स्वच्छ हावा पठाउँछौ ।
प्राकृतिक सुन्दरता हेर्नलाई
स्वच्छ हावा फेर्नलाई
माया हामीलाई लाउनु है
फेरी फेरी पनि आउनु है । ।

Wednesday, January 1, 2014

कसम

कसम

कसमको मौसम झै
थरि थरिका भाषा र शैली
यो गर्ने त्यो नगर्ने
यो हुने त्यो नहुने
नयाँ वर्ष नयाँ तरिकाका कसमहरु ।

जोडी, थान, दर्जन
असंख्य कसमहरु
दुःखी नहुन दुःखी नबनाउने शर्तका कसमहरु
कसमका लागि वनेका थप नयाँ कसमहरु ।

पुरा नभएका पोहोरका कसमहरु
खुइलिएर बसेको राजधानीको मुटु घन्टाघर जस्तो
अलि अलि चुनले पोतिएर
नयाँ र बैशालु छु भन्ने भ्रममा परेको धरहरा जस्तो
ढिङ्ग उभिएको छ
जस्ताको तस्तै ।

मनभरि अर्कै कुरा राखेर
खर्चन्छन् तरिका तरिकाका नयाँ कसमका परिकारहरु
थाहा हुदा हुदै सत्य होइन भन्ने
मान्छेलाई लागेको छ रोग
एक छिन कसम खाने
अम्मलीले बेफाइदाको गीत गाउँदै
रित्याएको गिलास झै
खाली बनाएका सिसी झै ।

कसम साट्नका लागि
डिस्कोथेक, चोक, रेष्टुरेन्ट, वार, भट्टी, पार्क वा अन्तै कतै
झोक्किएर वा झोक्रिएर
खर्चिएकै छन् कसमका परिकारहरु
विक्री भएकै छ सबै तिर
मालामाल भएकै छन् कसमवाजहरु ।

ठाउँ र परिवेश न हो फरक
न वर्ग छ न जात
न तल छ न माथी
सबै एकै छन्
खाली भाषा फरक होला
बोली फरक होला ।

जेहोस नयाँ वर्षमा
फेरी कहिल्यै पुरा नहुने
कसम खानेहरुका बिच
म पनि उभिएको छु
अर्को कसम खान
पोहोरको फोहोर कसमलाई विर्सदै
फेरी खाँदैछु नयाँ कसम नयाँ सालमा ।

थोकरवस्ती डेराटोल ।

Wednesday, December 18, 2013

कोप १९

वातावरणीय विषयमा छलफल गर्न सदा झै यो बर्ष पनि पोल्यान्डको वार्सामा कोप अर्थात १९ औ जलवायु सम्मेलन भयो । विश्व भरिका सरकारी, गैह्रसरकारी तथा वातावरण विदहरुको सम्मेलनमा भेला भए । नोभेम्वर ११ देखि २२ तारिखसम्म चलेको सम्मलेनमा विश्व भरिका वातावरणीय समस्याका बारेमा छलफल भयो । तर सम्मेलनबाट खासै नयाँ र दीर्घकालीन निर्णय भने हुन सकेन ।
गरिव देशहरुमा जलवायु परिवर्तनको असर बढि परेको छ । धेरै असर भोग्न बाध्य गरिव देशहरुका कारण विश्वको जलवायु परिवर्तन भएको होइन । धनि देशमा भएका ठूला उद्योग कलकारखानाबाट निस्कने हरित गृहग्यासका कारण विश्वको तापमान बढिरहेको छ । हिमाली क्षेत्रका हिउँ पग्लदै छन् । समुन्द्रमा पानीको सतह बढ्दै छ । यस्तै यस्तै समस्याका कारण पराम्परागत जीवनशैली परिवर्तन हुदैछ । समय अनुसार अनुकुलित हुनका लागि नयाँ नयाँ तरिका अपनाउनु परिरहेको छ ।
आफू धनि बन्नका लागि खोलिएको उद्योगले विश्व भरि पारेको असरलाई कम गर्न जलवायु सम्मेलनमा कुरा चल्छ । धनि औद्योगिक देशले गरिव देशलाई क्षतिपुर्ति दिनु पर्ने माग उठ्छ । यो वर्ष पनि कोप १९मा पनि त्यस्तै विषयमा छलफल त भयो तर कुनै निष्कर्ष निस्कन भने सकेन । धनि औद्योगिक देशले गरिव देशका कुरा सुनेनन् ।
सन् १९९२ सालमा विश्व भरि भएका वातावरणीय समस्यालाई लिएर संयुक्त राष्टसंघीय खाका महासन्धी युनएफसिसिसी सुरु भएको हो । विश्व भरि नै वढ्दै गएको तापक्रम बृद्धिलाई कम गर्न महासन्धी भएको थियो । खाका महासन्धीलाई अझ स्पष्ट पार्नका लागि सन् १९९७ मा क्योटो महासन्धी भयो । धनि तथा औद्योगिक देशहरुले औद्योगिक क्षेत्रबाट निस्कने हरितगृह ग्यास कार्वनको काटौती गर्ने सहमति भयो ।
क्योटो महासन्धीलाई धेरै देशले हस्तक्षर गरे पनि विभिन्न कारणले महासन्धीमा भएका धेरै राम्रा कुरा व्यावहारमा लागु भएको छैन । धनि र औद्योगिक देशले हस्तक्षर गरे गरिव देशले पाउनु पर्ने क्षतिपुर्ती र उद्योगबाट निस्कने हरितगृह ग्यास कार्वन कटौतीका विषयमा भने विवाद बढाउँदै आएका छन् ।
नेपाल सन् २०१३, १४ को लागि अति कम विकसित देशहरुको अध्यक्षता गरिरहेको छ । यस्ता अन्तराष्टिय सभा सम्मेलनमा नेपालले आफू जस्तै ४५ देशका कुरा राख्नु पर्छ । यो पटक नेपालले धनि तथा औद्योगिक देशहरु समक्ष आफु र आफु जस्तै देशको माग र अडान प्रस्तुत गर्यो ।
धेरै छलफल र सम्झौता भए पनि विश्वमा जलवायु परिवर्तनको असर बढि रहेको छ । यस्तो असर कम गर्नका लागि हुने जलवायु सम्मेलनमा नेपाल जस्तो देशले आफ्नो अडान राख्न सक्नु पर्छ । नत्र यस्ता सम्मेलन विदेश भ्रमण गर्ने सजिलो मौका मात्रै हुने पक्का छ ।