Sunday, June 5, 2011

इनबक्सको म्यासेज

थोत्रो मोवाइलको
इनबक्समा नयाँ
म्यासेज नआएको धेरै भयो ।

पुरानो म्यासेजहरु छन्
चिया खायौ, कस्तो चल्दैछ अहिले तिम्रो अफिस ?
मैले भनेको कुरामा तिमीले बिचार गरेका छौ ?
यस्तै यस्तै फगत बिगतका गफहरु
कुनै सयम सान्दार्भिक थियो
अहिले बोझिलो सम्झनामा भएर बसेको छ
अट्किएर इनबक्समा ।
म्यासेज बक्समा
मोबाइलको किप्यड थिच्दै
धेरै असुद्ध कहिलेकही शुद्ध
अक्षरहरु टाइप नगरेको पनि धेरै भयो ।
बेलाबेलामा तिम्रो पैसा सकियो भर
तिमीले यति खर्च गरेपछि यस्तो सुबिधा थपिदिन्छौ
मलाई पछिल्लो समय आको म्यासेज ।
कुनै बेला थियो
म चिया खान्थे म्यासेज बन्थ्यो
तिमीले चिया खायौ भनेर ?
म गाडिको भिडमा च्यापिएर काठमाडौमा
बाच्नको लागि दौडिन्थे
तयार हुन्थ्यो नयाँ म्यासेज
यो काठमाडौमा गुन्दु्रके जिन्दगीको ।
इनबक्समा बसिरहेको म्यासेज
तिमीले बाचा गनुपर्छ
साँच्चै कतिन्जेल मप्रति बफादार हुन्छौ ?
हाहाहा तिमीलाई मैले जोक गरेको ?
हाँस्न मिल्थ्यो अक्षरमा
त्यो म्यासेज हेर्दै म यता खितखिताउँथे
अहिले त्यही म्यासेज
बेकारमा बसेको घाउ
आलो बनाउने मेलो भएको छ ।
बुढो गुराँस
फूल लाग्ने हाँगा
सुक्दैछ र आशा गरिरहन्छ अर्को वसन्तको
तर त्यो भन्दा पहिले नै काटिन्छ दाउराको लागि ।
मेरो इनबक्सको हाल पनि त्यस्तै छ ।
सुकेको हाँगाबाट फूल फुल्ला कि भन्ने ?

इनबक्समा नयाँ म्यासेज नआएको पनि
धेरै भयो
इनबक्समा नयाँ म्यासेज नआएको पनि ।

No comments:

Post a Comment