Wednesday, July 27, 2016

बाघ

बाघ

आमा भन्थिन् ‘कहिले पनि बाघ देखेको छैन नभन्नु । त्यसो भने बाघ रिसाउँछ । जंगलको बाटो हिड्दा सिध्याउँछ ।’
साथीभाइ कुरा गर्थे । ‘आज हाम्रो गाउँबाट बाघले कुकुर लग्यो । बाख्रा खायो । लमक्क लम्केर तानेको । कस्तो डरलाग्दो ।’
ओइ केटा तैले बाघ देखेको छस् ? साथीभाइ सोध्थे ।
‘आपत’ ।
‘देखेको छैनस् ?’
‘चुप’ ।
‘त्यत्रो गाउँमा बाघको जगजगी छ तैले बाघ देखेकै छैनस् ।’
स्कुल सकेर घर जाँदा पुरै जंगलै जंगल जानु छ । म जंगलको राजालाई देखेको छैन भन्ने वई फुच्चे आज बाख्रा कुकुर नखाएर तंलाई नै खाइ दिन्छु पो भन्ला कि ?
‘देखेको छु नि पाटेपाटे हुन्छ । नङ्ग्रा हुन्छ । हाम्रो घरको काली कुकुरनी लैजदा देखेको ।’ लौ जा जे पर्यो भन्दिएँ । ज्यान त बचाउनै पर्यो । किताबमा बंगाल टाइगर भनेर पढेको कुरालाई बढाइ चढाइ दिएँ । केटाहरु ट्वा ।
धेरै पछि काठमाडौ आइयो । घुम्ने ठाउँ धेरै । स्वयाम्भु, पशुपति, एयरपार्ट, हनुमानढोका । सबै भन्दा जान मन लागको जाउलाखेलमा सदरचिडियाखाना । जनवार धेरै छन् त्यसमा बाघ पनि छ । किताबमा पढेको । लौ बाघ हेरिने भो । जिन्दगीको एउटा डर सकिने भो । ढुक्कले बाँचिने भो । मनमा रमाइलो भो । टिकट काटेर सरसर बाघ हेर्न गइयो । अग्लो पर्खाल छ । तारबार छ । मान्छेका भिड छन् । बाघले पानी खाने पोखरी छ । सुत्ने मुढो पनि छ । तर बाघ छैन । लौ फसाद यत्रो मान्छे त बाघको दर्शनका लागि पो छन् । एक घन्टा कुरियो बाघ निक्लदैन । दुई घन्टा कुरियो बाघ निक्लदैन । मान्छे आका छन् एक छिन बसेका छन् फेरी अरु जनवार हेर्न गएका छन् । आफू बाघ नहेरी नजाने भनेर बसेको बस्यै छ । साँझै पर्न लाग्यो बाघ निक्लेन । अब फर्कनुको बिकल्प भएन ।
कोठामा दाइले फ्याट्टै सोधे ‘आइ केटा देखिस बाघ ?
‘चुप’ ।
‘देखिनस् ?’
‘चुप ’ ।
‘लौ यो त चिडियाखाना गएर पनि बाघै नदेखि आएछ ।’
दाइले कुरा बुझे । यो पटक पनि बचियो ।
त्यस पछि धेरै समय सहर तिरै बित्यो । पछि मात्र थाहा भो । हाम्रो गाउँमा पाटेबाघ अर्थात बङ्गाल टाइगर नहुने रैछ । हामी लेकाली भएको फाइदा । म स्कुल पढ्ने बेलामा बाख्रा, कुकुर खाने त चितुवा पो रहेछ । बाघै हेर्नको लागि नेपालकै धेरै बाघ भएको बर्दिया निकुञ्ज पनि पुगियो । जंगल घुमाउने साथीको उपनाम नै बर्दिया टाइगर । उनले अरु बेला देखिने ठाउँमा हामीलाई लगे । बाघको हिडेको पाइतालाको छाप देखियो । बाघ देखिएन । साथीले भने ‘तंपाईहरु अनलक्की ।’
फेरी अर्को मौका जुर्यो चितवन निकुञ्ज घुम्ने । नेपालको दोस्रो धेरै बाघ भएको ठाउँ । नाम त जंगल सफारी । त्यत्रो जंगलमा गाडीमा बाघ हेर्न हिडेको । के देखिन्थ्यो ? देखिएन । घुमाउने गाइडले गैडा देखाए । त्यसैमा चित्त बुझाइयो ।
केही समय भयो कोरिया आएको । रमाइलो गर्ने ठाउँ त कति छन् कति । पैसा न चाहियो । छलफल भो । निष्कर्ष निस्कियो इभरल्यान्ड जाने ।  रोलरकास्टर खेल्ने ।
सिटमा बसियो । हिडेको इसारा भो । तेस्रो तेस्रो ठीकैथ्यो । एक्कासी सिधै आकाश तिर चढ्यो । लौ ज्यान धरापमा छ । त्यति सोच्न पाएको थिएन । आकाशमै पुगे झै भयो । रोकिन्छ कि झै गरेर सिधै तल खस्यो । बाँच्नु यति रैछ कि क्या हो । के के न रमाइलो गरौला भनेर आको । खाइस । फेरी उस्तै आकाशमा पुगेको छ । फेरी सिधै तल बजारेको छ । होसहवास छैन । केही कुरा नै देखिन्न । पिलिक्क गर्छ । टाउकोमै ठोकिएला जस्ता काठका बाटो छन् । ठोक्कि पो हाल्यो । ठोक्किदैन । खसिपो हाल्यो । खसिदैन । अब चाही पक्का मरिन्छ भन्ने ठोकुवा गर्ने बेलामा बिस्तारै स्पिड कम भो । रोकियो । अघि माथी पुर्याउँदै फाल्दै गर्दा आफ्नो जीउ र खुट्टा आफैसँग छैन जस्तो लागेकोथ्यो । हेरेको रैछ । बस बाँचियो । जिन्दगीभरको लागि पुग्यो रोलरकोस्टर ।

‘के गर्र्ने ?’
‘केही नगर्ने ।’
‘फर्कने ?’
त्यत्रो पैसा तिरेको कताको एउटा खेल खेलेर फर्कनु ?
हेरेको जुपेटेरिया रे । लौ छिरौ । जे त देखिन्छ ।
मान्छेको लाइन छ । एक छिन बसेर फर्किन खोजेको आफू भन्दा पछि पनि लाइन थपिए । भैगो केही न केही त कसो नदेखिएला । लाइनमा बस्दा चराका स्वर बजेको बज्यै छ । आफूत अघि घुमेको रोलरकोस्टरको धङधङी छदैछ । चराचुरुङी त कसो नदेखिएला । आधा घन्टा जति कुरे पछि टाटेपाटे बाघ जस्तै गाडी आयो ।
जालीले साँघुरो गल्लीबाट गाडी अघि बढ्यो । तारेबारको घेरामा एउटा ढोकामा खुल्यो । गाडी छिर्यो । त्यो ढोका बन्द भो । अर्को ढोकाबाट गाडी दुई मिनेट हिड्यो होला । लमक्क लमक्क लम्कदै गरेको बाघ पो छ । लौ किताबमा पढेको, फिल्म हेरेको कति जोड जबरजस्ती गर्दा पनि नदेखेको बाघ छ । अग्लो । ज्यान मिलेको । टाटेपाटे । विस्वासै लागेन ।
पाँच मिनेट गाडी गुड््यो होला । सिंह पनि देखा पर्यो । जंगलको राजा भनेको सुनेको । मान्छेको बसमा परेपछि के लाग्छ ? भालु त सानो सानो मिठाई जस्तो खानाको लागी दुई हात जोडेर नमस्कार गरे झै पो गर्छ । अगाडी गयो थरी थरीका जनवार छन् । आफ्नै तालका । जे होस आफूलाई भने नेपालमा हेर्न नपाइएको बाघ हेर्न पाइयो । पचासहजार वन खर्च भए पनि एभरल्यान्ड घुमेर पैसा फिर्ता भो । गर्मी बिदामा एक दिन घुम्नु भए हुन्छ तंपाई पनि 

Thursday, February 25, 2016

गाम्बात्ते

गाम्बात्ते
                           
‘गाम्बात्ते’
उसले भर्खरै भनेको शब्द
अर्थ मेहनत गर ।

कति गर्नु ?
मेसिन भन्दा अघि छु ।
एक घन्टामा
चौबिस सय प्लेट ‘रामेन’
नविराई पठाउँछ मेसिन
म नविराई त्यसमा ‘सस’ हाल्छु
दुईटा छ मेसिन
म एक्लै भ्याउँछु
मेसिन भन्दा कम छु र ?

मैले मकै वीउ त्यति हालिन
आलुको दाना त्यति रोपिन
कोदालो त्यति चलाईन
हलोको सियो त्यति गाडिन
जति मैले ‘रामेन’मा ‘सस’ हालेको छु
दुईटा मेसिनलाई हराउँछु
अझै ‘गाम्बात्ते’ ।

दोहोरी नसुनेको पनि धेरै भो
कुन चलेको छ बजारमा
म पहिले कै दोहोरी सम्झन्छु
बोल्न हुदैन यहाँ
तै पनि मनमै गाइदिन्छु
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो ?
छेउमै बसेको
‘स्याइन’ अर्थात
कम्पनीको कर्मचारी
ठूलो स्वरमा भन्छ ‘गाम्बात्ते ओमाए’
अर्थात मेहनत गर मुर्ख ।

दिनभरि भैसी गोठालो पछि
आमाले मेरो लागि
दूई घान मकै भुट्दिन्थिन
मकै चपाउँदै उतिसे घारी
थर्किने गरि गाइदिन्थे
शैलुङे लेकको शेर्पिनी
माया गरौ भन्दा तर्किनी
आजै छिनो फानो गरिहालौ
माया गर्ने कि नगर्ने ?

यता मेसिनलाई जितेर
थाकेको शरीर
बासी खाना
‘देन्सिरेन्ची’ अर्थात खाना तताउने
मेसिनमा तताएर खानु छ
अनि फेरि सुन्नु छ
‘नान्दे ओसोइ ओमाए गाम्बात्ते अर्थात
किन ढिला मुर्ख मेहनत गर ।

अलिकति काम गरे पछि
ढाड नदुखे पनि दुखेको नाटक गर्थे
आराम गर
मायालु हातले ढाड थिच्दै आमा भन्थिन
आजकाल पनि सोध्छिन्
कस्तो छ भनेर
आरामै आराम छ भन्दिन्छु
किनभने
म पैसा टिप्न आएको मान्छे
अँध्यरो गाउँ छाडेको मान्छे
सुखी भएको प्रमाणका लागि
म महानगर भरिको अग्लो
‘बिल्डिङ’को अघि डराई डराई
किस्ताबन्दीमा लिएको ‘आइफोन’ले
‘सेल्फी’ खिच्छु र राख्दिन्छु फेसबुकमा
शायद मेरो फेसबुक हेर्नेले
आमालाई भन्दिछ कि छोरोले मस्ति गर्दैछ
तर म आमालाई कहिल्यै भन्दिन
मलाई स्याइनले सधै
रातो आँखा लाउँदै भन्छ
‘गाम्बात्ते ओमाए नान्दै ओसाई’
अर्थात मेहनत गर मुर्ख किन ढिला ?

Monday, September 21, 2015

Kalinchok, Dolakha, Nepal

Last year, I visited religion place Kalinchok, Dolakha. It was great experienced. Kalinchok is a small piece of heaven. Natural beauty. It is around 150 km from Kathmandu(capital city of Nepal).

Friday, August 21, 2015

राहतमा मरेको आसा

‘भुँईचालो गएको चार महिनाभयो । त्यति नै समय भो घर बिहीनभएको पनि । यो अबधिमा कति सहयोग, राहत, त्रिपालका कुरा भए । कति‘नयाँ कटेरो घर’बने । कतिलाई राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग घोषणा भो । नेपाली हेलिकप्टर आए । विदेशी हेलीकप्टर आए । हाम्रो हालत उस्तै छ । जस्ताको तस्तै ।’ गोपेकान्छा नेवारको भनाई हो ।
काठमाडौबाट १३० किलो मिटर पूर्वमा पर्ने दोलखाको शैलुङ गोपेकान्छा नेवारको ठेगाना हो । सानो च्याप्से ज्यान भएका उनी औसत नेपालीभन्दा होचा छन् । ४५ बर्षमै ६० भन्दाबढिका देखिन्छन् । दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्छन् । साइनोमाउनी मेरा मितमामा हुन्, मामाकामित । त्यसैले मेरो लागिउनी‘बाइआस्याङ’अर्थात नेवार मामा ।
तिनै मामासँग फोनमाकुरा भो । उनले भोगेको कुरा भन्दै गए । ‘सक्नेलाई रैछ यो राहत र सहयोग पनि । म लगातार भैसे (गाविस कार्यलय भएको ठाउँ) गएको छु । ठूला मान्छे, नेता सबैलाई भनेको छु । पाएको केही छैन । यत्रो दिन कसरी बित्यो कि भगवानलाई थाहा छ कि मलाई ।’ उनको स्वरमा पिडा र रिस दुबै मिसिएको थियो ।
‘जिल्लामा भन्दिने मान्छे छैनन् । टाढा पनिभयौ । के पाइन्छ होला र ? एक बन्डेल जस्ता आफैले ल्याएँ । त्यो पनि उधारो । कहिले तिर्न सक्छु त्यो पनि थाहा छैन । घर भित्र आहाल छ । पानी जोडले पर्दा सबै घर भित्र पुग्छ । घाम लाग्दा त ठीकै छ जता बसे पनि भो । पानीपर्दा टाउको जोगाउने ठाउँ छैन । आलु झारले खाइसक्यो । गोड्नु पर्ने । मकैको हालत पनि त्यस्तै छ । घरको काम गरौँगर्न मन लाग्दैन । केही काम भएको छैन । बस्ने मेलो मिले काम त दुई दिनमै सिध्याउनेथे ।’ यो उनको मात्रै पिडा होइन भुकम्प पिडीत धेरैको साझा समस्या हो ।
‘जिन्दगीमा कतिदुःख खेप्नु छ ? भन्न सकिदैन । जिन्दगीभर दुःख गरेर बनाएको घर लडेको छ । बिहान बेलुकीचुल्हो बाल्न समस्या छ । आफ्नो काम सकेर अरुकोमा गएर केही कमाउला भन्नेथ्यो । त्यो पनिभएन । घरमा भाराभुरी(छोराछारी) मात्र छन् ।चामाल पनि भनेको बेलापाइँदैन । महंगो पनि छ ।’ पिडा एक होइन अनेक छन् ।
शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ । आफ्नै सवारी साधन भए अझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामा हिले र हिउँदोमा धुले हुने सडक छ । त्यही सडकसँगै जाडिएको गाउँमा छ बाइआस्याङको घर । तर ६ घन्टा पुगिने गाउँमा सरकार पुग्न चार महिना हुँदापनि सकेको छैन ।

‘बाइआस्याङ’ले सरकारी राहत नपाएकै चाही होइनन् । भुइचालो गएको एक महिना पछि एक पाकट चाउचार र दुईहजार उनको नाममा थियो । चाउचाउ र पैसालिने दिन उनी अन्तै काममा थिए । त्यसैले गाउँलेले उनको नामको चाउचाउ खाए । पैसा भने उनले पाए । ‘हाम्रो गाउँमा १५  रुपैया पर्ने चाउचाउ राहतपाए पछि खुशीहुने कि रिसाउने ? गुण लाएको भन्ने कि हेपेको ?’ त्यो पछि ‘बाइआस्याङ’ले केहीपाएका छैनन् ।
देशमा अहिले संविधान बन्ने कुरा छ । कहिले केमा सहमति कहिले केमा बिमति । यस्तै खबर छापिने, भिनिने, सुनिने बेला छ । भुकम्पले घर भत्किएर रात भरि पानीले भिजोको कुरा भन्ने र सुन्ने फुर्सत कसैलाई छैन । पकाउँदा पकाउदै गरेको चामाल पानीले आगो मारेर भोकै बस्नु परेको कुरा पनि कसैलाई सुन्ने फुर्सत छैन । गरिबलाई यो बेला संविधान भन्दा पनि जस्ता पाताचाहिको छ । दिनमा नभए पनि रातमा एक निन्द्रापानीले नभिजि सुत्न सक्ने ओभानो ओछ्यान चाहिएको छ । तर उनी जस्ताका कुरा कस्ले सुन्ने ?
सरकारले घर भत्केकालाई १५ हजार दिने भन्ने सुनेको पनि धेरै भैसक्यो । त्यो पैसाआएर अरुले नै खाए कि अरुले पनिपाएका छैनन् । अब ‘बाइआस्याङ’ले सुध्न छाडिदिइसके । यदि मनमा दया मायाभएको भए यो पानीझरि भन्दापहिला नै कहीबन्दो बस्तगथ्र्यो होलानी । ठूला मान्छेले सुविधापाएकै छन् । हाम्रो पिडा कस्लाई के मतलब छ र ? दिने भएदिदा हुननी । नदिने भएरै त हो ।तीनका छोरीछोरीले खानपाएकै छन् ।बस्न पाएकै छन् । हामी गरिबलाई हेर्ने कस्ले हो र ?तिनलाई परेको भएपो थाहाहुन्थ्यो ।’
जिल्लाबाट बाडिएको एक पाकेट चाउचाउ र सरकारले दिने १५ हजारमा के फरक छ?त्यति पैसाले महंगी र कालोबजारीले आकाश छोएको बेला छाप्रो बनाउन सक्छ ? सामाजिक संजालमा रमाइलोको लागि सस्तो, किफायती, भुकम्प प्रतिरोधी, गुणै गुणले भरिएको कागजी घर बनाए जस्तो हो र साँच्चैको घर बनाउन ? थपथाप आफैले गर्छन् भन्ने सरकारलाई लाग्छ भने जिन्दगी भर अरुको भारी बोकेर जीवनधान्ने ‘बाइआस्याङ’कसरी थप्लान?
केही पहिले गाउँ बिकास समितिका सचिबलाई गाउँमा नआएको भन्दै खुट्टा भाँच्छु भन्दिए रे । त्यही कुराले गाउँमा गाविस सचिब आउँदैनन रे । ‘बाइआस्याङ’ले भने ‘अहिले सम्म कुन सचिब गाउँगएर बसेका छन् ? अरु बेला पनि तिनले सदरमुकाम छोडे ज्वारो आउँथ्यो । नौनारी गलेर आउँथ्यो । अहिले घर भत्किा छन् आफन्तबितेका छन् । भनेको बेला न सहयोग छ न सापाटी । रिसको झोकमाअलि ठूलो स्वरमा केहीभन्दियो होलानी ।’
बिरामीभएकै बेलामाऔषधीखाएनिको हुन्छ । ज्यानलाई सुबिस्ता, आराम हुन्छ । त्यही औषधी अरु बेलाआए बिरामी बनाउँछ । सरकारले केही सहयोग गर्ने बेलाबर्षा नै हुन पर्ने हो । तर अहिलेसम्म ‘वरको सिन्का पर सारेको’ छैन । यो बेला भएनभने तङ्गरिएको मान्छेलाई औषधीखा भन्यो भने के हुन्छ ? सरकार अभिभाबक भएकोले यो विपतिमा आश गरेका हुन् । तर पुग्न पर्ने ठाउँमा अहिले सम्मपुगेको छैनन् ।
प्रश्न उठ्दैछ त्यत्रो देशी बिदेशीले बोकेर झारेको राहतकतागयो ?सक्नेले बजाए । मौका त्यहिथियो । कमाउनेकोे पनि । जोगाउनेकोपनि । देशमा सक्नेहरुले नाफामानाफाखाने मौका भुकम्पभो । थोरै रुपैयामापाउने त्रिपालपाइनमुस्किलभो । जस्तापाताउस्तै भो । खाने चामाल महंगीयो । कडाकार्बहीगर्ने सरकारले भनेका ‘बाइआस्याङ’ले पनि सुने । तर उनले पैसापाउने र चामाल सस्तिने दुबै कुरा पत्याएका छैनन् ।
भुकम्पबाट १५ जिल्ला बढि प्रभाबित छन् । दोलखामामात्रै ५० हजार भन्दा बढि घर भत्किएका छन् । बर्षाले कति परिबार दिनदिनै भिज्छ यसको हिसाबकिताब कसैसँग छैन । जनताको बिजोग माथिबिजोग थपिएको छ । सरकार गरे जस्तो भने जस्तो गरेर बस्दैछ । ढिला सुस्तिको पराकाष्ट छ । के गर्दै भनेर कसैले सोधे सजिलो उतर छ । संविधानबनाउँदै । देशको प्रगतिको लागिबन्ने होला संविधान । नियमकानुनत्यहीअनुसार बन्छहोला । त्यो भबिष्यका कुरा हुन् ।तर बर्तमानजनतादिनदिनै पिडामा छ । अरु केहीनभएपनि १५ हजार त सजिलै जनताले पाएपनिथोरै भएपनि राहत अनुभबगर्थे होलान् ।
‘बाइआस्याङ’कोभत्किएको घरकच्चि सडक सँगै छ । उनको भत्किएको घर हेर्दैकति राहतको सामाग्री‘सक्ने मान्छे हुने’ गाउँमागयो । यस्ता राहतबाट कतिलाई फाइदा भयो ?कतिले दुई गजको त्रिपाल पाए हिसाब किताब छैन । तरभत्किएको घरको छेउमै एक बन्डेल जस्ताले बनेको उनको पिडा बढेको छ । घटेको छैन । भलैरेडियो, टेलिभिजन, सामाजिक संजाल र अनलाइनतिर राहतबाँडेका फोटा र भिडियोहरु अपलोड हुन कम भो ।

Thursday, May 21, 2015

घर

बल्ल बल्ल फोन लाग्यो। हतारिएको स्वरमा भनिन् को?
म।
को म?
सधै हेल्लो भन्ने मेरो स्वरमा चिन्ने आमाले मलाई चिनिनन्।
पहिलो भूइँचालो गएको दसौं दिनमा आमासँग दोस्रो पटक कुरा भयो। त्योभन्दा पहिले भूइँचालो जाने बितिक्कै कुरा भएको थियो। पहिलो पटकको फोनमा राम्ररी केही कुरा हुन पाएन। आमाले एकातर्फी सकुसल भएको मात्र सुनाइन्।
बाँकि के भयो सुनिएन। बाँकि दिनमा धेरै पटक ट्राइ गरियो आमा र गाउँ भरिका सम्पर्क नम्बरहरूमा। तर, सबैको फोनमा सुनिने शब्द उस्तै थिए सम्पर्क हुन सकेन। फोन स्विच अफ छ। 
 ‘पुरानो घर लड्यो। नयाँ घरको बार्दली भत्किएर भुईमा झरेको छ। अर्को पटि चर्किएको छ,’ आमाले एकै सासमा सुनाईन्। अनि फेरि थपिन्, ‘हामीले त भकारीको गोठ बनाका छौं। त्यसमा बसेको पनि नौ रात भइसक्यो। पूरानो घरको खाने कुरा पनि सबै खेर गयो। बजारमा गएर एक बोरा चामल उधारोमा ल्याएका छौं। चामालको भाउ बढेर अचम्म छ।’
समस्यै समस्या पहाडमा थिईन आमा। ‘तिमीहरू सबै परदेशमा छौं। हामीलाई यस्तो छ।’ भूँइचालो गएदेखिकै अफ भएको मुड झन अफ भो। तीन दिन पछि फेरि अर्को ठूलो भूँइचालो आयो। अर्को घर पनि लडाएर गयो। घरबार नभएको लाखौं मान्छेमा हामी थपियौं।
पूरानो घर। मेरा बाजेले सायद ५० वर्षअघि तिर बनाएका होलान्। बाजे अर्कै गाउँबाट बसाई सरेका रे। गाउँ भरिका मानिस गाड्ने च्याने डाँडामा। तीन बिसा पैसा र दुई पाथी ध्यूमा बाजेले २० हल गोरूले पनि जोतेर नसक्ने पाखो किने। त्यो बेला बारी किन्दा गोरूले एक दिनमा कति जोत्छ भन्ने अनुमानको भरमा किनबेच हुन्थ्यो। 
बाजेले आँटे। जसरी पनि घर बनाउनु पर्‍यो। त्यति बेलासम्म बाजे एरियाकै नम्बरी सिकर्मी थिए। उनले बनाएका काठका कला सबैले मन पराउँथे। झ्याल ढोकामा थरि थरिका बुट्टा कुद्ने। घरका मान्छेले भने जस्तो बुट्टा भनेको समयमै सकाउने। बाजे एरियाकै फेमस थिए ‘ध्याङाली काइँला’ कर्मी।
नम्बरी कर्मीले हतारको घर ‘कर्मीको घर नराम्रो’ भने झै भो। लम्बाई १७ हातको। चौडाई १२ हातको। त्यो बेला घर बनाउँदा निदालमा बुट्टा भर्ने चलन थियो। बुट्टेदार टुनासी हाल्ने चलनथ्यो। अरुले हेर्दै ‘वा’ भन्ने बनाउने चलनथ्यो। तर नम्बरी कर्मीले बनाएको घरको हालत बिजोग थियो।
 सानो झ्याल। सानै ढोका। न बार्दली छ न टुनासी। घर तीन तले नै थियो। दुई तला ठीकै भए पनि बुइकल भन्नुको मात्रै थियो। होचो न होचो। मान्छे छिर्न मुस्किल थियो। दोस्रो तला एउटा मात्र झ्याल थियो। घर हेर्दा लाग्थ्यो ध्याङाली काँइलाको मुड अफ भएको बेला बनेको घर थियो।
घरको सिंगार पटार दशैका बेला हुन्थ्यो। फूलपाती भन्दा अलि अघि। सेतो चम्किने कमेरो। झ्यालमा ब्याट्रीको कालो। पेटीमा रातो माटो। नमिलेको जस्तो लाग्ने घर पनि दशैंमा चिटिक्क देखिन्थ्यो। दशै सकिए पछि बिस्तारै घर पूरानै तालमा फर्कन्थ्यो। ठूलो, लामो र भद्दा।  
जस्तो भए पनि त्यो घर थियो। म जन्मेको घर। हुर्केको घर। आमा भन्थिन् यो घरको पिँडीमा जन्माएको हुँ तँलाई। हुर्किएको आँगन पनि त्यही थियो। म सानो छँदा मूल ढोकामा उथिन्थेँ। म कता हो कता सानो हुन्थेँ। दुबै हात उचालेर टाउको माथि पार्दा बल्ल भेटिन्थ्यो। मलाई त्यो बेला लाग्थ्यो कत्रो ठूलो ढोका। बिस्तारै म अग्लिएँ। ढोका उस्तै बस्यो। ढोकाबाट छिर्दा निहुँरिनु पर्ने भो। होचो नमिलेको घरमा हाम्रो चार पुस्ता बाँचेको थियो। बाजे, बा, हामी, नाती पुस्ता।
घर घेरै अर्थमा विशेष छ। बास बस्नका लागि, ठेगना जुराउनको लागि। घर कसरी बन्नु पर्ने हो यो भन्न मुस्किल छ। अनि बनिसकेको घरमा कस्ता काठ हालिनु पथ्र्यो? कस्ता ढुङ्गा प्रयोग हुन पथ्र्यो? भूकम्प प्रतिरोधी घर कसरी बनाइन्थ्यो? सबै अहिले चर्चामा छन्। शायद यस्ता छलफलले भोलिका दिनमा काम देला। पचास वर्षअघि बाजेले घर बनाउने बेलामा उनलाई कसैले भूकम्प प्रतिरोधी घर भनेर भन्ने थिएनन्। भलै उनी पेसाले घर बनाउँथे र ९० सालको भुँइचालो पनि देखेभोगेका थिए।
पहाडको गाउँमा बन्ने घर दुई तले ढुङ्गा, माटोको हो। चोटा, कोठा आफ्नै बल बुताले जस्तो भ्याउँछ त्यस्तै बनाउने हो। गाविसमा नक्सा पास गर्नुपर्दैन। कुनै प्राविधिक हुँदैनन्। यो गर त्यो नगर भन्ने। मुल कर्मीलाई जस्तो मुड आउँछ त्यसरी नै बनाइदै आएको छ। यसरी घर बन्न थालेको कहिलेदेखि हो सजिलै सकिने अवस्था छैन।
पूरानो घर होचो भए पछि पाँच वर्ष जति अघि नयाँ घर बनाउने सल्लाह भो। सल्लाह के हुनु बालाई जोस चलेछ। घर मज्जाको बनाउने। जस्ताले छाउने। हिसाब किताब गर्दा झन्डै डेढ लाखमा घर तयार हुने देखियो। ज्याला, पर्मका मान्छे आउँदा १५ हात चौडाईको १९ हात लम्बाईको ठूलो मज्जाको घर बन्ने अनुमान भो। 
आफूसँग जोगाएको केही पैसा र बाँकि ऋणमा घर बन्ने भो। पूरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बनाउने कि छुट्टै नयाँ घर बनाउने? पारिवारिक छलफल चल्यो। ‘बाउबाजेको जेथो हो नभत्काउने।’ बाले भने। ‘लौ त्यसो भए घर भन्दा माथि रोड छ। रोडमै जोडेर नयाँ घर बनाऊँ,’ आमाले भनिन्।
घर बन्न सुरु भो। गाउँ घरमा चलेको चलन। ‘घर बलियो हुन जग बलियो’ चाहिन्छ। ‘ठूलो घर त्यस्सै पनि बलियो हुन पर्‍यो। त्यही माथि रोडसँग जोडिएको छ। त्यसैले जग एक मान्छे गरिरो खन्नु पर्छ।’ मुलकर्मीको अनुभब सुनाए। हुन्न भन्न मिलेन। हामीले त्यसरी नै बनाउन थाल्यौं। पहाडको भिरालो जमिनमा घरको जग खन्ने काम सजिलो रहेनछ। त्यही बेला था’भो। जोसिएर खनेका खेनेकै छौ। बिस जना लाठे।
भनेको जत्रो घर बनाउने गज बन्दै बन्दैन। झन एक मान्छे गहिरो गजले झन समय खायो। एक महिनामा घर बन्ने अनुमानित समय बढेर डेढ महिनामा पुग्यो। 
बाले पहिले ‘स्टमेट’ गरेको टाइम भन्दा घर झन्डै १५ दिन ढिला भो। अगाडि बार्दली, टलक्क टल्कने जस्तापाता। भुँइ तल्ला र दोस्रो तल्लामा अगाडि तीन झ्याल पछाडि पनि तीन झ्याल। अग्लो ढोका। उभिएरै छिर्न मिल्ने। १० वटा भन्दा बढि कोठा।
बुइँगलमा पनि उभिएरै हिड्न मिल्ने। मानौं बाले पूरानो घर बस्दाको पीडालाई कम गर्नकै लागि नयाँ घर बनाएका हुन्। घर तयार हुँदा झन्डै पचास हजार बढी लागत निस्कियो। ‘मज्जाको घर बनाउनु भएछ।’ मुलबाटैमा नयाँ घर देखे पछि धेरैले भन्थे। ढिला र महंगोमा बनेको घरको तारिफ सुनेपछि बाको अनुहारमा खुसीमा भाव देखिन्थ्यो। बा भन्थे ‘मान्छेलाई ऋण लागोस् दिन नलागोस्।’
बाले तीन वर्ष लगाएर घर बनाउँदाको ऋण तिरे। यो वर्ष ऋण नभएर दिन लागेछ। पहिलो भूइँचालोले बाजेको पालामा बनेको घर भत्कायो। दोस्रोले बाले पाँच वर्षअघि बनाको घर भत्कायो। जग जति गहिरो भए पनि ठूलो भूइँचालो धान्न सकेन। ठूलो घर भएका बाआमा भकारी बारेर बस्न पर्ने दिन आयो।
घर बनाउँदा जोखिम कम गर्ने अनेक काइदा होलान्। यस्ता तरिका बेलैमा सिकाउने हो भने क्षति कम हुँदो हो। अहिले फेसबुक तिर घर बनाउने अनेक उपायका फोटो छ्यापछ्याप्ती छ। ती सबै उपाय उपयोगी छन् कि छैनन्। भन्न सकिन्न। अब सरकारले नै कसरी घर बनाउने भनेर एउटा दीर्घकालीन योजना बनाए प्राकृतिक प्रकोपबाट बच्न सकिन्थ्यो। अनि जोखिम रहित बलियो घर बन्नेथ्यो। 

Thursday, April 9, 2015

तामाङनी आमाको जवाफ थियो : मे सिजिम, स्या थाबा

कक्षा ९ मा पढ्दै थिएँ । पढाइ नभएका बेला साथीहरुबीच कक्षामै हाजिरीजवाफ प्रतियोगिता गथ्र्यौं । पाठ्यपुस्तकबाटै प्रश्न सोधिन्थ्यो । एक दिन मैले प्रश्न गरेँ, ‘पेलेको न्वारनको नाम के हो ?’ सबै साथी हाँसे । फेरि प्रश्न दोहो¥याएँ । दोस्रोपटक झन् बढी हासेँ । भए छ के भने, मैले न्वारन नभनेर ‘नहुँरन’ भनेँछु । यो शब्द तामाङ बोलीचालीमा न्वारनकै अर्थमा प्रयोग हुन्छ । धेरै फरक थिएन, बुझ्नका लागि । तर, पनि साथीहरू हाँसे । त्यसको केही समयपछि कक्षा नौको अन्तिम परीक्षा भो । नजितामा म तेस्रो भएँ । मलाई पढाउने शिक्षकले अबिर लाउँदै भने, ‘लौ भाइले न्वारन भन्न नजाने पनि लेख्न जानेछौ । तामाङको छोरा भए पनि ।’
अर्को प्रसंग छ । तामाङले गाई–गोरुको मासु खान्छन्, विशेषगरी बाक्लो बस्तीतिरका तामाङले । बूढी तामाङनी गोरुको मासु काट्दै थिइन् । कसैले देखेर नजिकको प्रहरीमा भन्दिए । प्रहरी आए । र, बूढीलाई सोधे । के गरेको आमै ? बूढीले उत्तर दिइन्, ‘मे सिजिम । स्याथाबा ।’
प्रहरीले तामाङ भाषा बुझेनन्, नेपालीमा सोधे । आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’
प्रहरीले बुढीलार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् । सुरुमै कुनै प्रहरीले तामाङ भाषा बुझेको भए अनाहकमा आमाले जेल बस्नुपर्दैनथ्यो ।
भाषाको कारण दुवै प्रसंगमा समस्या परेको हो । एउटा मेरो आफ्नो भोगाइ हो, अर्को सुनिदै आएको प्रसंग । यस्ता समस्यालाई लेख्दै गइयो भने लामो हुन्छ । प्रसंग एक होइन, अनेक छन् । जानेर नजानेर वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जनजाति, मधेसी र दलितले समाजमा समस्या भोग्दै आएका छन्, सदियौँदेखि । यसरी समस्या भोगेका नेपालीले नयाँ संविधानमार्फत नहेपिने ग्यारेन्टी खोजेका थिए । एउटा शब्द शुद्ध उच्चारण नगरेकै भरमा हेयको दृष्टिले नहेरिने वातावरण खोजेका हुन् । तामाङको छोरा भएकै आधारमा कक्षामा राम्रो गर्दा अचम्म मान्नुपर्ने वातावरण नहोस् भन्ने खोजिएका हुन् ।
आज नेपाली समाजमा जटिल सवाल उठेको छ— यस्ता समस्या कम गर्दै जाने कि यसलाई कुनै समस्या नै नमान्ने भन्ने । के हाम्रो समाज कुनै पनि परम्परा, आचरण, व्यवहारमा साँच्चै सवालै उठाउन नमिल्ने गरी मिलेकोे छ त ? छ भने, अहिले किन राष्ट्रिय राजनीतिमा अनेक सवाल उठेको छ ?
तामाङनी आमाले जवाफ दिइन्, ‘गोरु मा¥यो । मासु काट्यो ।’ प्रहरीले आमालार्ई हिरासतमा लिए । गोरु मारेको स्वीकार गरेकाले हदैसम्मको कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि आमाले त्यही कुरा दोहो¥याइन् । आमा दोषी देखिएकाले जेल पठाइयो ।
के नयाँ बन्ने संविधानले उत्पीडनमा परेका जाति, समुदाय, क्षेत्रलाई सम्बोधन गर्न आवश्यकै छैन त ?
अहिले संघीयताको बहस चर्को रूपमा उठेको छ । उत्पीडितहरुले राज्यमा आफ्नो पहिचान खोजेका छन् । पहिचान भनेको, मरेको गाईगोरुको मासु खाँदै आएका जातिलाई राज्यले त्यही रुपमा चिन्नु अर्थात् परिचय पाउनु हो । दलित, मधेसी, जनजातिको के कारणले शासन र प्रशासनमा पहुँच पुगेन भनेर बुझ्नु हो । र, त्यसलाई सम्बोधन गर्नु हो । यो सम्बोधन भनेको, जाति, समुदाय, भाषा, क्षेत्रका आधारमा राज्य अर्थात् संघ बनाउनु हो । यो कुनै जनताबीच वैमनस्यता उत्पन्न गराउने विधि होइन । यो त उत्पीडनमा परेका जाति, समुदाय, भाषा, क्षेत्रलाई राज्यको मूलधारमा समेट्ने विधि हो । यसले नेपाली जनताबीचको भाइचारालाई समाप्त गर्दैन । तर, मानिसहरु यो कुरा बुझ्न तयार छैनन् ।
देशमा पछाडि परेका अनेक जाति, समुदाय र क्षेत्र छन् । त्यस क्षेत्रकै समुदायको हालिमुहाली हुने गरी संघीयता बनाउन सकिन्छ । अहिलेको माग पनि यही हो ।
अर्को प्रसंग हेरौँ । एक दशकपहिले, दोलखाको बाक्लो तामाङ बस्ती ध्याङसुका ठोकरको विद्यालयमा कार्की थरका शिक्षक थिए । जो तामाङ भाषामा नेपाली विषय पढाउँदै थिए । सबै विद्यार्थी तामाङ भएकाले नेपालीमा मात्र पढाउँदा विद्यार्थीले नबुझेर उनी हैरान भए छन् । जति पढाए, रटाए पनि परीक्षामा पास नहुने । स्थानीय अभिभावकसँग मिलेर उपाय निकालियो, सकेजति किताब तामाङ भाषामै पढाउने । यसले विद्यार्थीले प्रगति पनि गरेछन् । तर, केन्द्रको सरकारलाई के थाहा, तामाङ विद्यार्थीलाई कसरी पढाउनुपर्छ भन्ने ? अनि, सजिलै भन्दियो— यो तामाङ बोल्न जान्दैन, पढ्दैन् । अनि, राज्यमा अधिकार खोज्छ ।
अहिलेको बहस यही हो, उत्पीडित समुदायको आवाज यही हो । कि कसरी राज्यको मूलनीतिमा आफूहरु पनि समिटिने !
कुरो गहिरो छ । आज रेस्टुरेन्टमा मरेको भैँसीको मःमः खाने, महँगोमा मोबाइलबाट सेल्फी खिच्ने, फेसबुकमा गरिबको तस्बिरमा दयाका शब्द अंग्रेजीमा व्यक्त गर्ने, अंग्रेजी स्कुलमा पढेका धनाढ्य र धनाढ्यका सन्तानले यो मर्म बुझ्दैनन् । त्यसैले राजनीतिज्ञले नै यसलाई बुझ्न आवश्यक छ । तर, अहिले देशका नेताले सदियौँदेखि उत्पीडनमा परेका जनतालाई उपेक्षा गर्न खोज्दै छ ।
तामाङ समुदायमा मामा र फुपूका चेलाचेली विवाहका लागि चल्छ । यो पुरानो चलन हो । अझ यो नाताबीच उमेर मिल्छ भने विवाहको पहिलो अधिकार नै हुन्छ भनिन्छ । यो संस्कार तामाङलगायत अन्य कतिपय जातिको पनि मौलिक पहिचान हो । यसले छोराछोरीको इच्छा र अधिकारको हरण गर्ला, त्यो आफ्नै ठाउँमा छ । तर, कुनै जमाना थियो, आफ्नी चेली आफ्नैमा सुरक्षित हुन्छे । त्यहीअनुरुप पनि यो चलन बस्यो होला । यो चलनलाई भने राज्यले सम्बोधन गर्न चाहेन । किनभने, यस्तो चलन नमान्नेहरुकै राज्य थियो । यो संस्कारलाई हेयका दृष्टिले हेरिँदै आइयो । कतिसम्म भने सरकारले नेपालको हाडनाता करणीसम्बन्धी नियम बनाउँदा जनजातिको यो संस्कारलार्ई वैधता दिएको थिएन । तर, अहिले भने सच्चिएको छ ।
आमाले गोरु मारेकी थिइनन्, मरेको गोरु काटेकी थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने गर्छन् । त्यसैले ‘गोरु मर्यो’को साटो ‘गोरु मार्यो’ भनेकी थिइन् ।
यस्ता धेरै थिचोमिचो भोग्दै आएका जनजातिले नयाँ बन्ने संविधानमा आफ्नो पहिचानसहितको राज्य खोजिरहेका छन् । मान्छेहरु तर्क गर्छन्, त्यसो भए, चेपाङ र दलितलाई पनि राज्य दिने ? तामाङलाई राज्य दिन भनेर कुनै क्षेत्रमा तामाङलाई राजा बनाउ, लिम्बुलाई राजा बनाउ, मगरलाई राजा बनाउ, मधेसीलाई राजा बनाउ, भनेको कहाँ हो र ? उत्पीडितलाई राज्यको मूलधारमा ल्याउ भनेको पो । कसरी ल्याउने भन्नेबारे बहस गरौँ । नयाँ बन्ने संविधानमा सम्मानजनक स्थान सबैलाई दिउँ । तर, अहिलेका राजनीतिक दल यो कुरा बुझ्न तयार छैनन् ।
देशमा दशवर्ष जनयुद्ध भयो । जसमा साथ दिने जनजाति नै बढी थिए होलान् सायद । ०६२/६३ जनआन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको माओवादीले दलित, मधेसी र आदिवासी जनजातिकै आवाज बोल्यो ।
मरेकोलाई म¥यो र भन्न नजानेर जेल बस्नुपर्ने बाध्यतालाई हटाउँछौ भन्यो । राज्य नै दिने जस्तो कुरा पनि गर्यो । तर, अहिले क्रमशः उत्पीडितको कुरा क्रमशः ओझेल पर्र्दै गएको छ । माओवादीले उत्पीडित वर्गको समस्यालाई बोकेर हिँड्न जानेन । हुन सक्छ, महलको बाससँगै बिर्सियो ।
पछाडि परेका समुदायले अधिकार मागेर शासकलाई हटाउनुपर्छ भन्दा ‘ठेलागाडामा चढेर अमेरिका हिँड्ने मान्छे’ भनेर भद्दा जोक गर्नेहरु फेरि सत्तामा पुगे ।
अहिले उनीहरु उत्पीडनमा परेका जनतालाई गिज्याइरहेछन्, अनेक ठट्टा गरेर । उत्पीडित वर्ग शासक वर्गको इसारामा कतिञ्जेल नाचेर बस्ला सोच्नुपर्ने बेला आएको छ ।

Saturday, February 7, 2015

साइत

बाबुको के बिचार छ त ?
चिया पिउँदै कुरा सुरु भो ।
त्यो भन्दा पहिले सामान्य अनौपचारिक कुराकानी भएका थिए अफिस र आफन्तका ।
मनमा भएका कुरा कताबाट सुरु गर्ने हो । धक लागि रहेको छ । फिल्म हेर्दा केटीलाई आफ्नो विवहाको कुरा गर्दा ‘क्लोजअप’मा औलाले भुँई कोट्याएको देखाउँथे । केटाले विहेको कुरामा के गर्थे ? मैले फिल्ममा देखेको थिइन । लौ फसाद के गर्ने होला ? बिहेका कुरा देखाउँदा केटीका अरु रुप पनि देखाइन्छ । फिल्ममा । अरुका घरमा जाने भएकोले माइतीघरको यादमा रुने । जबरजस्ती जानपर्ने जस्ता । म अरुको घर जाने होइन ल्याउने हुँ । कस्तो ‘सिन’ हाल्दा हुन् यस्तो ‘प्लट’मा । क्यामरा हुँदो हो त मेरै अनुहारको ‘बिगक्लोजअप’ रेकर्ड गरे के फरक पर्दो हो र ? कुराकानी बिस्तारै अघि बढ्दैछ ।
हुनेवाला ससुराबासँग कुरा गर्दैछु । साथीभाइको अनौपचारिक गफगाफमा केटीलाई ‘पट्याउन’ भन्दा बढि गा¥हो त केटी बालाई ‘पट्याउन’ हो भन्छन् । साथीहरु थप सल्लाह गर्छन । बासँग बोल्दा सानो स्वर निकालेर बोल्नु । जे बोल्दा पनि हजुर हजुर भन्नु । धेरै भन्दा धेरै सम्मान गर्नु । नत्र गा¥हो हुन्छ । जीवन डामाडोल हुन्छ । केटीका बालाई रिस उठे राम्रै हिड्ने मान्छेलाई पनि किन बाङ्गो हिडेको भन्छन् रे । राम्रै बोल्नेलाई तोते बोली रैछ भन्छन् रे ।
मेरो भागमा अहिले केटी बा ‘पट्याउने’ ‘प्लट’ परेको छ । यो कुनै फिल्म होइन । साथीभाइले भने जस्तो सजिलो पनि छैन । फेरी यसो सम्झन्छु । अनुभबी साथीहरुले भनेका हुन क्यारे । सुनेको कुरा । यतिखेर ज्यान हेर्दा केही भएको छैन । त्यस्सै काले मान्छे । अलि कालो भएको हुँदो हुँ । अरु राम्रो छु । ठीक छु । भित्र भित्रै भरपुर अप्ठ्यारो छ । असजिलो छ । ज्वरो आएको छ । यस्तो परिस्थितीलाई सहज बनाउँदै हुनेवाला ससुराबाले भने ‘लौ ठीकै छ छोरीले हामीसँग सामान्य कुरा गरेकी छे । तंपाईहरु एक अर्कालाई मन पराउने थाहा पायौ ?’
कुरा त्यतिकै रोकियो । अब थप तं भन केटो भन्न खोजेका त होलान् । भन्न केही खोज्यो । मुखबाट शब्द निस्कदैन । भित्रभित्र डल्लो पर्छ । पेट भन्दा माथीबाट भन्छु भनेर घाँटीसम्म आउँछ । त्यही रोकिन्छ । के भन्ने ? कसरी भन्ने ? मन त पराकै हो । डेटिङ पनि हिडेकै हो । छोरीका बालाई के के कुरा सुनाउने ? के घटाउने । कसरी छोरीसँगको प्रेमकहानी भन्ने ।
अरु पनि अप्ठ्यारा छन् । हुनै लागेको भैनसकेको ससुरालाई के भनेर सम्बोधन गर्ने । बा भन्ने कि अंकल भन्ने ?  अहिले सम्म बोल्दा नमस्कार र हाइहेल्लो सामान्य मात्र चलेको छ सम्बोधन बिना । जे त पर्ला । असजिलो गर्दैै सानो स्वरले एक वाक्य बोलेँ ‘हो हामी मन पराउँछौ बा ।’ बिहेकै कुरा चलेपछि श्रीमतीको बा मेरो पनि ससुराबा हुनक्यारे लौजा । बा नै सम्बोधन गरेँ । यो एक वाक्य बोल्नलाई हुने वाला श्रीमतीलाई प्रेम प्रस्ताव राख्दा भन्दा गाह्रो भो ।
बाले सम्बोधनमा आपति जनाएनन् । सासुआमा पनि हामीलाई सुन्दै चिया खाँदै थिइन । अब उनले कुरा थपिन । ‘तंपाईहरु एक अर्कालाई मन पराएको मान्छे हो । हामीले धेरै के भन्नु । कसरी जीवन चलाउने भन्ने पनि तंपाईहरुकै हातमा छ । तै पनि हामीले औपचारिकता पुरा गर्नु पर्छ । जति सक्यो छिटो विवहा गर्नु पर्यो ।’
एक छिन सन्नटा छायो । सायद हुनेवाला ससुराबाले थप केही बोल्ला कि भनेर खाली छोडेको हुनु पर्छ । कोठामा खाजा बोकेर मेरी प्रेमिका बन्न लागेको श्रीमती आइन । सासुआमाले खाजा मेरो अघिल्तिरको टेबुलमा राखिन । सासुआमा र बाले आफ्नो प्लेटमा थोरै राखे । न कपाकप खानु न नखानु ।
‘खानु बाबु खाजा ।’ सासुआमा बोलिन् ।
ससुराबा बोलेकै छैनन् । हुनेवाला श्रीमती खाजा राखेर कोठा बाहिर कता हो कता । जे पर्ला खाजा खान हात लम्काएँ ।
ससुराबाले बोले । ‘सधै लभ गरेर मात्रै पनि हुदैन । ब्यवहारिक हुन पर्यो । हाम्रो जातपात मिलेकै छ । साइत हेरेर दिन जुराउनु पर्यो बाबु ।’ पुरै ‘क्लाइमेक्स’को वाक्य ससुराबाले भने ।
फिल्ममा हुँदो हो त यो अबस्था आउनलाई के के हुँदो हो । द्धन्द्ध हुँदो हो । केटी पट्याउन कति काइते काइदा आपनाउनु पर्दो हो । केटी पक्ष र केटा पक्षको कुरा मिलाउन कति गाह्रो हुँदो हो । मेरो त त्यस्तो केही मसलेदार कथा बिना नै क्लाइमेक्समा पुग्यो । जीवन कथा । खाजा कपाकप खादैगर्दा अलि जोस भरिएर आयो । हिन्दी फिल्ममा भनेको झै प्यार किया तो डरना क्या ।
‘हुन्छ । लामालाई डाकेर साइत जुराऔ । मेरो त सबै परिवार गाउँमै हुनुहुन्छ । म मात्रै यता तिर (काठमाडौ) हो ।’
‘अनि के भो त बाबु ?’
मेरो कुरा पुरा नसक्दै हुनेवाला ससुराबाले प्रश्न राखे ।
के भो भन्नु बिहेको दिन फिक्स गर्न अलि असजिलो भो । तामाङहरुको मामालाई नसोधी यस्ता कुरामा ठोस निर्णय हुदैन । मामाहरु आफ्नै तालको भाउ खोज्छन् । भए आफ्नै मामाको छोरी विहे गर्नु पर्ने हो । नभए पनि तिनलाई डालो लान पर्ने हो । अनि यो दिन कस्तो छ ? सोधनी हुनु पर्ने हो । तिनको चित बुझे पछि भन्छन् ठीक छ । भन्जाको विहेको दिन ठीक छ । नत्र तिनले अनेक कुरा भन्छन् । उस्तै परे विहे क्यान्सिल ।
धेरै मामा हुनेलाई सजिलो हुन्छ । एउटा नभए अर्को मामा मान्छन् । आफ्नो त भएको मामा पनि एउटै छ । ती मानेनन् भने । मामा पछि आमा छन् । आमालाई छोराले बुहारी ल्याओस भन्ने छ । तर बुहारी आमाले भने जस्तो हुन पर्छ । ‘घाँस,दाउरा छिटो गर्ने । मेलापातमा दौडिने । पाखुरी बजाएर खाने बुहारी ल्याउनु पर्छ बुझिस् ।’ आमाको माग छ । बा मेरा विहेको बारेमा खासै कुनै माग गर्दैनन् । एक पटक अरुसँगै कुरा गर्दा सुनेकोथे । ‘पढेको छ । ल्याउँला नी आफैले हेरेर ।’ बिचारा बा आमाले एक पटक हकारे भने आफ्नो भनाई चेन्ज गर्न बेर लाउँदैनन् ?
यसो अनासुकीको बिचार गर्छु । म कमाउने मान्छे । खल्ति रितो छ । खातामा पनि केही छैन । तैपनि आटे पछि आट्यो । ‘बिहे गर्न र घर बनाउन कमाएर राख्दैन मान्छेले‘ कतै सुनेको भनाईले हौसला बढायो ।
अघि सम्म एक्लिएको जस्तो लागेको कोठामा सबै आफ्नै लागे । हुन लागेकी श्रीमती कोठामा आउँला कि भनेर हेरेँ । आइनन् । किचन तिर तेलमा केही झानेको स्वर सुनेँ । झ्वाई । सोचेँ किन खाना पकाउन हतारिकी होली । जिन्दगीभर खाना खान त बाँकी छ । एक छिन सँगै बसेकी भए भैहाल्थ्यो । तर अर्को मनले सोचेँ । उनलाई पनि गाह्रो छ नी । आमा बासँग बसेर आफ्नै बिहेको बारे कुरा गर्न ।
अब अघि जस्तो अप्ठ्यारो हराउँदै गयो । बिस्तारै सबै सजिलो हँुदै गए । मनका कुरा राख्न सक्छु जस्तो भो । साइत हेरियो लामासँग । खै कुन कुन ‘छ्याई’ हेर्दै साइत निकाले माघ २५ । बिहे भए पनि दुई बर्ष बित्यो ।