Monday, April 30, 2012

बिद्यार्थी जीवन


बिद्यार्थी जीवन

अहिले म बिद्यार्थी बेलाको समय सम्झन्छु । हाम्रो बिद्यालयको खेल्ने ठाँउ ओरालो न ओरालो थियो । अहिले पनि छ कही कही डोजरले खनेर पहिलेको झै ओरालो भने छैन । हामी कटाहरु ओरालैमा फुटवल खेल्दिन्थिउँ । केटीहरु कोही तुतु खेल्थे त कोही गट्टा । कहिले कही हामी टोपी लुकाई पनि खेल्थ्यौ । यो चाही केटा केटी दुवैले खेलेको याद छ ।
अनि अलि ठूलो कक्षामा गए पछि भने हामीले भलिवल खेल्ने भयौ । हाम्रो स्कुलको अघोषित नियम नै भने पनि हुने ठूलाले मात्र भलिवल छुन पाउने । हामी पनि नौ कक्षामा पुग्यो अनि अलिअलि वल खेल्न पाइने भयो ।

हुन त हाम्रो बेलामा सिनियर र जुनियर टोलीले खेल्ने दुइवटा भलिवल कोर्ट थिए । सिनियरले खेल्ने बल नयाँ हुन्थ्यो । नेट नयाँ हुन्थ्यो । अनि जुनियरले खेल्ने नेट त हुन्थ्यो बल नेट कटाएर गएको हो कि बिचै बाट छिर्यो थाहा हुदैनथ्यो । कहिले कही त्यही बिषयलाई लिएर भनाभन पनि हुन्थ्यो । अनि वलको हालत पनि त्यस्तै हुन्थ्यो । बल भलिबल भन्दा बढि फुटवलको झझल्को दिने खालको हुन्थ्यो । पुरानो बिग्रको बलमा नयाँ ट्यू हालेर बनाएको । यति सारो कि सर्भिस गर्नलाई पहलमान नै चाहिने । जो बलियो छ उस्लाई आफ्नो टिममा पार्नको लागि समेत निक्कै दाउपेच हुन्थ्यो । हान्नै सक्नेले पनि एक दुई चोटी सर्भिस गरे पछि अर्को पटक बल छुने आँट गर्दैनथे ।

केटाहरु भन्थे यो बलको सर्ट ¬  खेलकुदको भाषामा स्पाइक भन्छन् क्यार )जस्ले थाप्न सक्छ उ नेसनल गेमको सर्ट थाप्न सक्छ । अबस्था कस्तो थियो भने सर्भिस जताबाट कटायो उतैकाले गेम जित्थे । बल अर्को तिर बाट उडेर आए पछि डिगिङ भन्थे क्यारे थापि हाले पनि बल कता पुग्छ त्यो त थाहा हुदैनथ्यो तर टिङ गरेर तामाको स्वर वज्थ्यो । हातमा ढुङ्गा लागे जस्तो ।

मलाई पनि त्यो बल खेले पछि कन्फिडेन्ड बडथ्यो नेसनल गेम खेल्ने । तर हामी भन्दा सिनियर केटाले उता पटि खेल्ने बल मिसाका थियो । जुन हलुका यियो । अनि सर्ट थाप्न सक्ने तामा नबज्ने । खेल्न छिटो सरितो । हो त्यही कोर्टमा खेल्न पनि नसकिने बेलामा कताको नेसनल गेम खेल्नु ? मुले सिनियरहरुले हामीलाई पनि बल खेल्न दिए पो ।

सारो बल भएकोले अल्छि लागेको बेलामा त्यतिकै बसिन्थ्यो । ओरालो भयो कि मिसाका वालाहरुले सर्ट हाने पछि बल तिनले भेटाउँदैनथे । अरु बेला छुन नदिएको झोक त्यही बेला फेरिन्थ्यो । सिनियरले हातले हान्ने मिसाकालाई पाए सम्म लातले ठोक्ने । खाइस मिसाका । लु जा डाँडा कटेर ।

जसोतसो नौ पास भएपछि एसएलसीको बेलाको १० कक्षा । शिक्षकहरु भन्थे यो बेला भनेको पढ्ने बेला हो । मलाई भने लाग्थ्यो यो बेला भनेको मिसाका भलिवल खेल्ने बेला हो । अनि बिचवाट भलिवल नर्छिने नेटमा खेल्ने बेला हो । अनि केही रुपैया बाजी लगाएर चिउरा दालमोठ जितौरीको रुपमा खाने बेला हो ।

यो सबै खेल्न पाइने बेला भनेको दिउँसोको हाफ छुट्टि थियो । यो हाफ छुट्टि चारौ पिरियड पछि हुन्थ्यो । त्यसैले पनि हामी भलिवल मिसाकालाई माया गर्नेहरु सर नआइदिए हुन्थ्यो भन्ठान्थियो । अलि बढि पढाए भने टेन्सनले पारो तात्थ्यो ।


भलिबलमा आफ्नो पक्षले जित्यो भने त ठीकै छ । हार्न लाग्यो भने डाडाँ कट्ने गरि हानिदिन्थे । यो काम कहिले कही खेल्दै जस्तै गरेर हुन्थ्यो भने कहिले कही थाहा दिएरै । कहिले कही यस्तै बिषयमा बादबिबाद हुथ्यो । कुटाकुटै भने भएन ।

बरु कुटाकुट भन्दा पनि एक पटक जितबहादुरले मलाई कस्सिएको एक मुक्का हानेको भने म राम्ररी सम्झन्छु । जाडोको बेलामा थियो । हामी ओरालो पाखामा घाम ताप्दै पढ्थ्यौ । हामी कक्षा सात थियौ । चारौ पिरियड सकिए पछि हामी कवड्डी खेल्ने भयौ ।

कवड्डीको भनेर खेल्ने यो खेलको नाम अन्त अरु नै हुदो हो सायद । हामी त्यस्तै भन्थेउँ । एउटा खुट्टा एउटा हातले समातेर खेल्नु पर्ने यो खेल अन्त खेलिन्छ या खेलिदैन थाहा छैन । खेलमा केही नियम थिए । झुक्याउन नपाउने खुट्टा समाएको हात खुस्केमा या लडेमा हारको मानिने ।

यो खेल एक एक जना मात्र खेलिने भए पनि रमाइलो हेर्नेको संख्या धेरै हुन्थे । म कक्षामा बलियै बिद्यार्थीमा थिएँ । यो खेल पनि बलियैले जित्ने खेल थियो । खै कसरी हो त्यो दिन मैले जीतलाई जित्न सकिन । अनि हाम्रो झगडा सुरु भो ।
मैले झुक्याएर लडाएका ठाने । उनले ठानेनन् । मुक्काको बिउ त्यही थियो ।

तं हान्न, सक्ने बाउको छोरो भए ।
तं चाही हान्न, आमाको दुध खाएको भए ।
होइन छोएर त हेर, तेरो के हालत हुन्छ ।
तं हेर न, तेरो हालत झन के हुन्छ ।

दुबैले कुम फर्काउँदै मर्काउँदै त्यही कुरा भनिरहेको थियौ । पहिले हात हाल्नेलाई शिक्षकले बढि दोषि ठह¥याउने भएकोले बढि नै सजाएँ भोग्न पर्ने । त्यसैले हामी पहिले हात हाल्न डराउँथ्यौ । डाइलग माथि डाइलग भैरहेको बेलामा उसलाई मज्जैले रिस उठेछ । एक मुक्का हाने । नाकैको छेउमा । यस्तरी दुख्यो कि एक पटक होस गुम्यो । शायद त्यस्तै हुँदा होला तोरीको फूल भन्ने । भन्नेहरु बाहुका बे पनि भन्दा होलान् ।

मैले अघि सम्म सम्झेको बिस्तारै हान्लान । आफू पनि मुक्याउला भन्ने सुर थियो । मुक्काले रिस र आँशु दुबै एकै पटक आयो । मैले उनलाई समाउन खोज्दा नखोज्दै सँगै बसेका केटाहरुले छुट्याए ।

अनि मलाई लाग्यो दोषी नै हुने भए पनि हान्न चाही आफैले पहिले हान्नु पर्ने रहेछ । त्यही झगडाले हाम्रो केही महिना बोलचाल भएन । त्यस भन्दा बाहेक हातहाल गरेर झगडा भएन ।

काफल र ऐसेलु पाक्ने बेलामा हामी बिद्यार्थीको रोनक मज्जाको हुन्थ्यो । स्कुल देखि सबै भन्दा नजिक कि त काफ्ले बाहुनको बारीको काफल कि त्यो भन्दा अलि टाढा तामाङको । बिद्यार्थीले खान्छ भनेर काफलको रुखमा काँडा राख्थे । हामी पाकेको काफल भए जाबो काडोलाई डाँडो कटाएर काफ्ले बाहुनका काफल सखाफ पारथ्यौ ।

कहिले कही ती धनिले देखे भने कराउँदै आउँथे । त्यस्तो बेला रुखैबाट हाम फालेर भाग्नुको बिकल्प हुदैनथ्यो । त्यसैले मन पाकेको काफलमा भन्दा पनि कराउँदै आएमा भाग्नको लागि तयार बस्नु पर्ने अबस्था तिर हुन्थ्यो ।

काफल नपाक्दै देखि खाने बानी थियो । नपाकेको काफल अमिलो हुन्छ । अलि धेरै खाए पछि दात कुरीने हुन्छ । दातले केही नचपाउने ।

ऐसेलु खान भने छुट थियो । जता पाकेको छ । त्यतै जाने खाने । हामी यस्तो फलफूल खानलाई निक्कै पर सम्म पुग्थ्यौ । कहिले कही त जंगल घुम्दा घुम्दै सरहरुले हाफ छुट्टी पछिका पिरियड सिध्याउथ्यौ । काफल र ऐसेलुले हाम्रो खाजा खाने मनलाई पुरा गरथ्यौ ।

अहिले कति फेरिए होलान् बिद्यार्थीको स्वाभाव अनि काफ्ले बाहुनले काफलको बिरुवामा काँडा राख्न छाडे होलान् कि  छाडेनन् होलान् ?


बिद्यार्थी जीवनमा पढाउने सर मिसका काट्ने नाम राख्ने चलन थियो र छ । हामी पनि त्यस्तो राख्नबाट पछि थिएनौ । मिस त हाम्रो बेलामा एक जना थिए । अरु सबै सर ।

तिनका नाम जे भए पनि बिद्यार्थीले राख्ने नाम अनेक थिए । ती किन थिए कसैको कारण थियो धेरैको थिएन । तै पनि अनौठा र अचम्मका नाम माथि नाम थिए ।

शैलुङस्वरकै बद्रि खत्री थिए । उनी होचा कद र सानो ज्यान भएका । धेरै बर्ष पछि गएको बर्ष भेट्दा पनि उनको ज्यान त्यस्तै थियो । उनले हिसाव पढाउथे । शान्ता राईको ठाउँमा उनी आएका थिए । हिसाव पढाउने उनको तरिका रमाइलै थियो । बाहिरी दुनियाको कुरा भन्दा कितावको पछिल्लो पन्नामा भएको एन्सर मिलाउनमा उनी तल्लिन हुन्थे । उनी कितावी किरै थिए कि ? ती सरलाई हामी उनलाई फुच्चे खत्री भन्थेउँ ।

अर्का सर थिए पवटी गाउँका शिव भुजेल । उनी आफैले भने भुजेलको पछाडी क्षेत्री लेख्थे । शायद समाजमा बाँच्न सजिलोको लागि होला । पहिले पहिले भुजेललाई घर्ती भन्थे क्यारे । अनि तीनका काम डोली बोक्ने थियो रे । उनले शायद त्यही भएर भुजेल पछि क्षेत्री लेख्थे ।
अहिले भूजेलहरु जनजातिमा छन् । आफ्नै भाषा र संस्कार भएको अनि हिन्दु धर्म नमान्ने । तर शिव सर शायद आफूलाई हिन्दु अनि क्षेत्री बनाउन चाहान्थे । ती शिब सरले हामीलाई संस्कृत पढाउथे । उनले पढाउने बेलामा अलि ढिलो बोले पनि अरु बेला उनले बोलेको कति छिटो थियो भने उनी आफैलाई उनको बोली रेकर्डं गरेर सुनाउने भए शायद उनी नै बुझ्दैनथे । त्यसैले बिद्यार्थीले ती सरलाई भक्भके घर्ती भन्थे । हामी पनि उनलाई रिसाएर भन्न प¥यो भने त्यसै भन्थेउँ ।
पवटी गाउँकै अर्का सर थिए उप्रती । ती सरको विशेषता भनेको टोपी थियो । चिटिक्क परेको टोपी आठमा खैनी र सरलक्क परेको पाइन्टमा सजिएर हिन्थे । पवटी भेग भरि उप्रेतीहरु खानदानीमा पर्थे । ती सर नपर्ने कुरै भएन । पछि ती खानदानी उप्रेतीहरु सामान्ती भए राजनैतिक परिवर्तनसँगै ।
उप्रेती सर हामीलाई अंग्रजी पढाउने भनेर आएका थिए क्यारे । तर झापाली गोपाल राईले अंग्रजीको बागडोर समाले पछि उनको भागमा शिक्षा प¥यो ।
उनी बिद्यालयमा नियमित आउँदैनथे । पढाउने कला भने गज्जवको थियो । ती आठमा थुक आउने गरि मुख बङग्यार भन्थे लिसन कियर फुल्ली । अनि सुरु हुन्थ्यो उनको पाउलो फेरेको शिक्षा पद्दती । पाउलो फेरेको कुरामा उनी प्रसंग मिलाएर कथा भन्थे लोक कथा । हामी बिद्यार्थीलाई भाँड्मा परोस पाउलो फेरे तर लोक कथा रमाइलो लाग्थ्यो । उनले कहिले कही पाउलो फेरे सोधे भने लोक कथा भन्दिथेउँ पाउलो फेरे को हो को हो ?
हामी प्रसंगै नआइ पनि ती सरलाई लोक कथा भन्न कर गर्थेउँ । ती सर धेरै समय त भन्थे कोही कोही बेला भन्दैनथे । शायद वाक्क पनि लाग्दो हो ।
पढाउनु पर्ने पाठ्यक्रमको बिकास, बिद्यार्थी राजकुमारले राजकुमारीलाई राक्षसबाट बचाएको कुरा सुन्ने मन गर्थे । त्यसैले ती सरका कहिले कही कन्सेरी तात्थे क्यारे ती फेरी त्यसै गरि उसै गरि मुख बङ्ग्याएर भन्थे लिसन कियर फुल्ली अनि सुरु हुन्थ्यो पाठ । हो ती सरका ओठ कालो थियो । त्यसैले बिद्यार्थीले गाली गर्नु परे नाम राखेका थिए कालो ओठे ।
फस्कूकै सर थिए धेरै बिद्यालयमा । हेडसर थिए चरिकोट बजार नजिक माटीका नारायण श्रेष्ठ । ती साँच्चैका हेडसर हुन कि झै लाग्थे । ज्यान थियो । भुडी थियो । स्कुल थर्काउने स्वर थियो । उनी किताबमा भएका भरर पढ्थे । अनी उनले भ्याए सम्मको ब्याख्या गर्थे । कबिता भए कन्ठ गर्नु अनिबार्य थियो । मलाई यही काम भारी लाग्थ्यो । ती कबिता कन्ठ भन्न पर्ने दिनमा लौरो ल्याउथे । कुट्न चाही उनले कुटेको याद छैन । तीनलाई लाग्थ्यो मलाई कन्ठ हुन्छ त्यसैले मलाई ती साध्दैनथे । तै पनि सोधि हाले भन्ने डर थियो । ती थिए नै हेडसर ।
कबिता धेरैका थिए । लक्ष्मीप्रसाद देवकोटा, भूमि सेरचन, धरणीधर कोइराला, उही ओखलढुङ्गे शिद्धिचरण, माधव घिमिरे, बिर्खेटोपी धारी आदिकबि, वालकृष्ण सम र अरु धेरैका । कन्ठ गर्ने कबिताको सूचिमा लामो थियो । मलाई अरु धेरै कुरा आउने भए पनि कन्ठ हुदैनथ्यो । त्यसैले तीनका कन्ठ कक्षामा निक्कै डर लाग्थ्यो ।
ती हाम्रा हेडसरलाई हामी पाडो भन्थेउँ । खै किन हो त्यो मलाई थाहा छैन । शायद नेवार भएकोले होला । हामी बिद्यार्थी ती सर आए भने गुरुरु कक्षामा दौडिन्थेउँ पाडोको डरले । ती सर कतै देखि हाले पनि कान कानमा भन्थेउँ पाडो आयो पाडो आयो ।
ती सरसँग झन्डै ९ बर्ष पछि कीर्तिपुरमै भेट भयो । ती सेन्टर लाइबेरी तिर दौडिदैथे । मैले नमस्कार गरेँ उनले मलाई ठम्याए । गोकुल । तिमी अरु कुरा त चन्ज भएछौ स्वर उस्तै रैछ । स्वरबाट चिने । म त्यो बेला मास्टर दोस्रो बर्षमा पढ्दैथिएँ । उनले मास्टर पहिलो बर्षमा भर्ना गरको कुरा सुनाए ।
मलाई लाग्यो यी पाडो सरका दिमाग भने हो । यति लामो समय पछि पनि जाबो म फुच्चेलाई चिने ।

अर्का सर थिए बासुदेव बुढाथोकी । ती बिद्यालय देखि नजिकैको सर थिए । ती चुच्चे पाइन्ट माथि सर्ट लाउथे । म बिद्यालय पढ्ता ताका खुव चलेको जुता गोल्डस्टार थियो । उनी त्यो जुता टल्काएर आउथे । उनको कपाल ठाडो हुन्थ्यो । उनको लवाईले गर्दा हो कि के हो उनको टाउको बिसाल देखिन्थ्यो ।
निक्कै सफा भएर हिड्ने सरमा पर्थे उनी । पढाउने सरको शैली हामी फस्कुले बिद्यार्थीलाई पच्ने खालको शायद थिएन । उनी अलि भेग तरिकाले पढाउथे ।
बिषय अर्थशास्त्र थियो । उनी देश बिदेशको अर्थ शास्त्रका किताव पढेर हामीलाई सुनाउथे । हामी फस्कु र शैलुङस्वर नकटेकालाई न आडम स्मिथ थाहा थियो न रस्काइल नै । हामीलाई तीनका सिद्धान्तका कुरा धेरै पच्दैनथ्योे । हामीलाई बरु एकादेशका राजकुमार र राजकुमारीको प्रेम कथा अनि राक्षसले दिएको दुःखमा बढि चाख थियो । ती बुढाथोकी सर त्यस्ता कुरा कहिल्यै भन्दैनथे ।
ती सर स्कुल भरिकै राम्रो पढ्ने सरमा थिए । हामी दस कक्षामा पढदा ताका उनको दिमागले राम्ररी काम गरेन भन्ने हल्ला चल्यो पछि ठीक भए । जे होस ती सर दुनिया पढ्न सक्नेमा थिए । ती सरलाई बिद्यार्थीले घन्टाउके सर भन्थे ।

नाम नराखेको सर शायद बाँकी थिएन । कसैलाई फोक्से सर, कसैलाई भेराइटी । कोहीलाई कामी त कसैलाई मिल्के । ती धेरै सर अहिले पनि उसै गरि म जस्ता बिद्यार्थीलाई डुङ्गा तार्न चक डस्टर खियाउँदै छन् । शायद बिद्यार्थी फेरिए शायद तिनलाई दिएको उपनाम फेरिएको हुनसक्छ । अनि धेरै सरहरुका बिद्यालय पनि फेरिए होलान् ।

पछि म देशका अरु भागको गाउँ गाउँ डुल्दा शिक्षकहरु भेटाएँ भने फुर्सदमा गफिन्छु । देश भरिका शिक्षकका कुरा उस्तै हुन् । पहिले रहर पछि बाध्यता । यसमा अपबाद पनि होला । धेरैले भन्छन् यो पेशा भन्नका लागि सम्मानित पेशा हो तर हुनको लागि कहिल्यै जस पाउने पेशा । जस्तो कि म यो मेरो बिद्यार्थी जीवनको सम्झनामा मेरो पढाइको मेलो सार्ने गुरुहरुलाई बिद्यार्थी जीवनमा कसरी गाली गर्ने नाम राख्थेउँ भनेर लेखि रहेको छु ।

Sunday, April 1, 2012

हिसाव र शैलुङे

हिसाव र शैलुङे

हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम ।
म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका ।
उनी आएको पहिलो दिन गोपाल गुरुले दुलही ल्याए रे भन्ने खुव चर्चा भयो । बिद्यालय भरी एक खालको हल्ला र तरंग फैलियो । नयाँ शिक्षक आउँदा जहिल्यै पनि हामी कस्तो आउँला भनेर सोच्थ्यौ । उनी हामी स्कुल पुग्नु पहिले नै अफिसमा छिरिछिन् । हामी मास्टर बस्ने कोठालाई अफिस कोठा भन्थिउँ । अफिस कोठाको झ्याल अग्लो थियो । अनि केही भित्र हेर्न परेमा झ्यालमा चढ्नु पथ्र्यो ।
पहिले कहिल्यै नआइकी गोपाल गुरुको दुलहीलाई हेर्न मन नलाग्ने कुरा भएन । त्यसैले कक्षा आउनु भन्दा पहिले नै अफिसमा हेर्ने भयौ । हुन त बिद्यार्थी बेलामा जे मा पनि उत्सुक्ता हुन्छ । झन नयाँ मान्छे आयो भने त मास्टरसाहेबहरुलाई अफिसको सानो प्वाल र झ्यालबाट झुम्मिने बिद्यार्थीलाई धपाउँदैमा बित्छ ।
म पनि अफिसको झ्यालमा झुन्डिएँ । भित्रकी नयाँ दुलही म्याम हेर्नको लागि । भित्र एक सुरले हेर्न मात्र लागेको थिएँ । त्यही बेला एउटा मास्टरले मलाई पक्डिए । अनि एक थप्पर लगाएर छाडे । झ्यालबाट दुलही म्याम त देखिएन नै बेकारको झाप्पु खाइयो । पहिलो गाँसमै ढुङगा । यस्तो कुटाइ खाइखाइ जावो दुलही म्याम । म हारेको अनुहार लगाएर गएँ कक्षा कोठामा ।
एकै छिनमा उनी चक र डस्टर बोकेर हाम्रै कक्षामा आइन । थुक्क एकै छिनमा देखिने रैछ बेकारमा झाप्पुको लागि झुन्डियो । उनले हामीलाई हिसाव बढाउने भइन । यो बिषय मेरा लागि कहिल्यै प्यारो रहेन । मलाई अहिले सम्म पनि केही गा¥हो लाग्छ भने यही हिसाव हो । केटाहरुले थेगो नै बनाएका थिए हिसाव भन्यो कि डरले पिसाव आउँछ । हो यही बिषय पढाउने भइन उनले । हामी सात कक्षामा थियौ ।
पहिले पहिले हामी सानो कक्षामा एक देखि सय सम्म भन्न सिक्यौ । अनि मलाई हिसावको सानो कक्षामा हुदाँ दुनोट खुब रमाइलो लाग्थ्यो । दुनोट भन्दा चाही सबैले एकै स्वरमा दुइ एकाने दुइ दुइ दुना चार दुइ तिया छ भनेर गीत गाउँथे । यस्तो बेलामा जति चर्को स्वरमा कराए पनि पाउने । त्यसैले निक्कै रमाइलो लाग्थ्यो ।
हिसाव जान्नु केही थिएन । सुत्र माथि अर्को सुत्र । त्यो कताबाट कसरी आयो पत्ता नहुने । कताको होल स्क्वायर कताको क्यू । कताको ब्राकेट कताको ट्रयाङ्गल । मलाई केही शुद्धि नआउने । प्रत्येक दिन केही न केही सुत्र पढनै पर्ने । ओहो मलाई अरु पिरियडमा कुनै चिन्ता थिएन तर हिसाव भने पछि त्यस्सै उकुस मुकुस हुन्थ्यो ।
मलाई लाग्थ्यो सुत्र बिनाको हिसाव जान्ने मास्टर आए पो । यी शान्त म्याडमले पनि उस्तै हिसावका सुत्र कन्ठ गर्नु भन्छन् । आफूलाई अरु धेरै कुरा बुझे पनि जिन्दगीभर नबुझेकै कन्ठ गर्नु हो । मलाई कन्ठ गर्ने फुर्सद पनि हुदैन । बेलुकी घर फर्किनु । बिहान बिद्यालय आउनु । लामो बाटोको बिद्यार्थीको मर्का आफ्नै थियो ।
सुत्र कन्ठ नगरे पहिले पहिलेका मास्टरले कुट्थे । वनमाराको सिरकना कति भाचिन्थे भाचिन्थे । आफ्नै हातमा सिरकना भाँच्न आफै वनमारा भाच्न जानु पथ्र्यो । तर अव यी शान्ता म्यामको भने हातमा सिरकनाको डाम होइन कार्वही गर्ने चाला फरक थियो । भन्न जानेनन् भने उनी कि त चुट्किला, कि गीत, कि कबिता जे भने पनि हुने । भन्न चाही भन्ने पर्ने । त्यसैले पनि मलाई सजिलो भयो । त्यो बेला मेरा बाले रेडियो ल्याएका थिए । अनि म रेडियोमा गीत सुन्थे । कुन्ती मोक्तान, नारायण गोपाल, नातिकाजी, प्रमध्वज प्रधान, अरुणा लामा अनि अरु धेरैका । मलाई आउने गीत भनेको कुन्ती मोक्तानको माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई मात्र थियो । अरु गीत सुन्यो बिर्सन्थे । यो गीत आफ्नै गाउँ शैलुङेको भएकोले पनि अलि सम्झन्थे । अनि सुत्र आएन कि म गीत गाउँछु म्याम भन्थे ।
उनी स्विकृतिको लागि टाउको हल्लाउँथिन । म मेरै तालमा माथि माथि शैलुङे भनिदिन्थे । एक दुइ र पटक पटक शैलुङे दोहिरोन थाल्यो । अनि कन्ठको कुरा आयो उनी म तिर हेरेर भन्थिन ।
हन यो केटाले के गर्छ हौ ? अरु गीत त सुनेकै पो छैन कि के हो ? सधै शैलुङे शैलुङे ।
धेरै पटक शैलुङे गाए पछि मैले जानिन भने पनि उनी भन्थिन भो हो भो यो केटाले गाउने त्यही त होला शैलुङे । लु भो हौ बस । शैलुङे जसरी पढेको भापो हुन्थ्यो हो ।

अव मैले गीत पनि गाउन नपर्ने भो । मनमा रमाइलो लाग्यो । अनि मलाई लाग्यो साँच्चै यो शैलुङे कन्ठ भए झै हिसावका होलस्क्वायर र क्यू कन्ठ भए ।

उनले त्यस पछि हामीलाई पढाइनन् । म जसो तसो त्यो बर्ष हिसावमा पास भएँ । जे ग¥यो शैलुङेले ग¥यो । त्यस पछि पनि फेलै त भइन तर मेरो हिसावसँगको दुस्मनी भने कायमै रह्यो ।

Thursday, March 29, 2012

विद्यार्थी जीवन एक भाग

अहिले म बिद्यार्थी बेलाको समय सम्झन्छु । हाम्रो बिद्यालयको खेल्ने ठाँउ ओरालो न ओरालो थियो । अहिले पनि छ कही कही डोजरले खनेर पहिलेको झै ओरालो भने छैन । हामी कटाहरु ओरालैमा फुटवल खेल्दिन्थिउँ । केटीहरु कोही तुतु खेल्थे त कोही गट्टा । कहिले कही हामी टोपी लुकाई पनि खेल्थ्यौ । यो चाही केटा केटी दुवैले खेलेको याद छ ।
अनि अलि ठूलो कक्षामा गए पछि भने हामीले भलिवल खेल्ने भयौ । हाम्रो स्कुलको अघोषित नियम नै भने पनि हुने ठूलाले मात्र भलिवल छुन पाउने । हामी पनि नौ कक्षामा पुग्यो अनि अलिअलि वल खेल्न पाइने भयो ।

हुन त हाम्रो बेलामा सिनियर र जुनियर टोलीले खेल्ने दुइवटा भलिवल कोर्ट थिए । सिनियरले खेल्ने बल नयाँ हुन्थ्यो । नेट नयाँ हुन्थ्यो । अनि जुनियरले खेल्ने नेट त हुन्थ्यो बल नेट कटाएर गएको हो कि बिचै बाट छिर्यो थाहा हुदैनथ्यो । कहिले कही त्यही बिषयलाई लिएर भनाभन पनि हुन्थ्यो । अनि वलको हालत पनि त्यस्तै हुन्थ्यो । बल भलिबल भन्दा बढि फुटवलको झझल्को दिने खालको हुन्थ्यो । पुरानो बिग्रको बलमा नयाँ ट्यू हालेर बनाएको । यति सारो कि सर्भिस गर्नलाई पहलमान नै चाहिने । जो बलियो छ उस्लाई आफ्नो टिममा पार्नको लागि समेत निक्कै दाउपेच हुन्थ्यो । हान्नै सक्नेले पनि एक दुई चोटी सर्भिस गरे पछि अर्को पटक बल छुने आँट गर्दैनथे ।

केटाहरु भन्थे यो बलको सर्ट ¬ खेलकुदको भाषामा स्पाइक भन्छन् क्यार )जस्ले थाप्न सक्छ उ नेसनल गेमको सर्ट थाप्न सक्छ । अबस्था कस्तो थियो भने सर्भिस जताबाट कटायो उतैकाले गेम जित्थे । बल अर्को तिर बाट उडेर आए पछि डिगिङ भन्थे क्यारे थापि हाले पनि बल कता पुग्छ त्यो त थाहा हुदैनथ्यो तर टिङ गरेर तामाको स्वर वज्थ्यो । हातमा ढुङ्गा लागे जस्तो ।

मलाई पनि त्यो बल खेले पछि कन्फिडेन्ड बडथ्यो नेसनल गेम खेल्ने । तर हामी भन्दा सिनियर केटाले उता पटि खेल्ने बल मिसाका थियो । जुन हलुका यियो । अनि सर्ट थाप्न सक्ने तामा नबज्ने । खेल्न छिटो सरितो । हो त्यही कोर्टमा खेल्न पनि नसकिने बेलामा कताको नेसनल गेम खेल्नु ? मुले सिनियरहरुले हामीलाई पनि बल खेल्न दिए पो ।

सारो बल भएकोले अल्छि लागेको बेलामा त्यतिकै बसिन्थ्यो । ओरालो भयो कि मिसाका वालाहरुले सर्ट हाने पछि बल तिनले भेटाउँदैनथे । अरु बेला छुन नदिएको झोक त्यही बेला फेरिन्थ्यो । सिनियरले हातले हान्ने मिसाकालाई पाए सम्म लातले ठोक्ने । खाइस मिसाका । लु जा डाँडा कटेर ।

जसोतसो नौ पास भएपछि एसएलसीको बेलाको १० कक्षा । शिक्षकहरु भन्थे यो बेला भनेको पढ्ने बेला हो । मलाई भने लाग्थ्यो यो बेला भनेको मिसाका भलिवल खेल्ने बेला हो । अनि बिचवाट भलिवल नर्छिने नेटमा खेल्ने बेला हो । अनि केही रुपैया बाजी लगाएर चिउरा दालमोठ जितौरीको रुपमा खाने बेलय हो ।

यो सबै खेल्न पाइने बेला भनेको दिउँसोको हाफ छुट्टि थियो । यो हाफ छुट्टि चारौ पिरियड पछि हुन्थ्यो । त्यसैले पनि हामी भलिवल मिसाकालाई माया गर्नेहरु सर नआइदिए हुन्थ्यो भन्ठान्थियो । अलि बढि पढाए भने टेन्सनले पारो तात्थ्यो ।

Monday, March 26, 2012

अग्रजी सिकाई र अग्रेजी सर

मेरो बिद्यालय तामाङ गाउँमै थियो तर सिङ्गो कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै थिएँ त्यो पनि म त्यही गाउँ फस्कूको थिइन अर्कै गाउँ शैलुङस्वरको । मेरो बिद्यालय घरबाट हिडेर जाँदा लगभग दुई धण्टामा पुगिन्थ्यो । त्यसैले मलाई यति लामो हिडेर बिद्यालयसम्म जान खासै ईच्छा थिएन तर म मेरा बाका अधि जाबो मेरो ईच्छा । उनलाई खै किन हो पढ्नै पर्छ भन्ने लाग्दो रहेछ अनि म तिर ठूलो स्वरले भन्थे तैले स्कुल जसरी भएपनि जानै पर्छ । म बाको कुरालाई नाई किन भन्न सक्थें र ? हुन त तिनले मलाई एक थप्पर पनि लगाएनन् तर पनि बा भने पछि त्यस्सै नै म थरर हुन्थें । अचेल त कहिले कही मात्र गाउँ घरमा गइन्छ तिनलाई मैले कति पढेँ भनेर थाहा छैन । तिनले छोरो पढेर जागिर खाला सुख पाउला भन्ने सोचेका थिए होलान् मैले यत्रो गधापच्चिसी नाग्नै लागेको बेला सम्म पनि जागिर नखाकोमा दुखेसो आमा सङ्ग गरेका थिएरे । त्यसैले त्यो आक्कल झुक्कल हुने भेटमा उनलाई लाग्दो हो यसलाई पढ्नलाई शहर नपठाको भए बरु यतिखेर यतै केही कमाइ गर्दो हो बेकारमा पढाएर बिग्रियो । त्यसैले बा र मेरो लुकाछिपी चल्छ भन्न प¥यो । बा हुँदा म घरमा हुन्न म हुदा बा घरमा हुनन् अर्थात बा बाहिर तिर हिडे पछि म घरतिर पुग्छु । मेरा बालाई मेरा पढाई कति भो जानकारी नभए पनि यो पढ्दैछ भन्ने मात्र थाहा छ । हो तिनै बाले गर्दा म दुई घण्टालामो बाटो हिड्नु पर्ने भो ?
म पाँच कक्षाको जिल्ला स्तरिय परिक्षा पास भयो भनेर उनका नाक घिरौला जत्रो भाको दिन । मलाई फस्कूलगेर गए मलाई भर्ना गर्न । बिद्यालयमा पुग्ने बितिकै मेरो ल्याकत नाप्ने कुरा भो । मास्टर साहेबहरुको भिडमा म र मैले चिनेको त्यही मेरा बा एक्ला ।
यसले पास गरेरै त आएको हो ?
हो यसको यो सर्टिफिकेट पनि छ ।
अनि यो त धेरै सानो पो छ त?
होइन सर यो पढाईमा जिरे छ । यसका ठुला दिदी दाइ थिए तिनले यसलाई स्कुल लैजान्थे । अनि यो पास हुदै गयो तिनलाई जिति दियो । उमेरले नहुने रैछ । यसको दिदी अहिले ५मा पड्दै छे सर ।
बाले मेरो बारेमा बोले ।
मेरा ती सरहरुले मलाई देखेर शायद सोचेका होलान् । त्यति लेकको तामाङको छोरोले कसरी पढ्दो हो सानै उमेरमा । हो पनि म ६ कक्षामा पुग्दा सारै फुच्चे थिएँ जम्मा १० बर्षको ।
बाले झोला बाट मेरो जिल्ला स्तरिय परिक्षामा पास गरेको सर्टिपिकेट देखाइदिए । तिनले मेरो सर्टिफिकेट हेरे । अनि भर्ना गरे ।
म मेरो पहिलेको प्राथमिक बिद्यालयमा जम्मा तीन जना बिद्यार्थीका बीच तेस्रो हुने मान्छे । शायद भाग्य हुन्छ भने त्यसैले हो कि मेरो मेहनतले हो पास भएछु एक्लै । त्यस्तो ठाँउमा पढेको मलाई १५० बिद्यार्थीको बिचमा बस्दा कम अप्ठ्यारो परेन । मलाई कोसँग सङ्गत गर्ने के भनेर बोल्ने ? कता बस्ने ? यस्ता कुराले साह्रै अप्ठ्यारोमा पा¥यो । यात्रो मान्छे मान्छेको बीचमा म एक्लै र सबैले मै तिर हेरेको भान हुन्थ्यो ।
पहिलो दिनको पहिलो पढाई अग्रेजीको भयो । म जाबो कक्षा चार देखि एबिसिडि सिकेकोलाई राम्रो अग्रजी आउने कुरै भएन । तैपनि सुने । मैले पहिला पढेको प्राबिमा अग्रजी पढाउने सरले यामआर मर मर माने मिस्टर भनेर पढाउथे । जब ठुलो स्कुल गइयो मेरो यामआर मर मर माने मिस्टर भनेर भनिएन । सिधै मिस्टर भनियो मलाई चित्त दुख्नु दुख्यो किनभने आफुले एक एक बर्ष लगाएर पढेको मर एकै पटकमा मिस्टर भएकोमा ।
ती अग्रेजी सरले भोली पढेर आउनु हाईन भने भन्दै चारपाटे घरैबाट ल्याएका लौरो देखाए । लौ अग्रेजी गुरुले मार्ने भए । डरले म थुरुरु । यसो हेर्छु त बा मेरो कक्षाको झ्यालमा बसेर हेरिराका रहेछन् । तीनलाई लागेको हुँदो हो छोरोले अग्रजी पढेर गतिलै मान्छे बन्छ कि क्याहो ?
जेहोस त्यस दिनको पढाइ जसो तसो सकियो । बेलुका बा र म सङ्गै घर फर्कियौ । बा मख्ख थिए । छोरा ६कक्षा पढ्ने भएकोमा । तिनी बाटोमा हिड्ने चिने जति सबैलाई भन्थे यो माइलोले जिल्ला स्तरिय पास ग¥यो भर्ना गरेर ल्याको । यो पढाईमा त चर्को पो छ हो । बुढाले यसो प्रचार गरेको देख्दा मनमा आनन्दै आउँथ्यो । यति लामो बाटो नभाका भए यी बाले मलाई पर्खिदैनथे । यिनले नपर्खेको भए मेरो बारेमा यसरी चिन्ने सबैलाई भन्दा पनि भन्दैनथे । म बाको पछि पछि हिड्दै सोचेँ पढेर पनि राम्रै काम गरिएछ कि के हो ?
भालि पल्ट पनि बा निक्कै तल सम्म पु¥याउन आए । शायद त्यो भेगको म एक्लै भएकोले बालाई चिन्ता लागेर हो कि आमाको करकरले हो जेहोस पु¥याउन आए । कक्षामा पहिलो पिरियडमा नै ती अग्रजी सर आए । गोलो चस्मा लाएका तीनका कपाल भने ठाडा ठाडा थिए । आँखा राता राता साँच्चैका रिसाहा जस्ता देखिन्थे । तिनलाई सबैले एकै पटक उठेर गुड मर्निङ भने हाम्रो प्राबिमा यस्तो पनि थिएन । सर छिर्दा गुड मर्निङ भन्नु पर्ने आफुलाई यसो भन्न नआए पनि उठ्न भने उठियो । आफुलाई यी सरले अग्रेजी नसोधि भटाभट भट्याइ दिए हुने भन्ने लाग्यो तर कहाँ आफुले सोचेजस्तो हुन्थ्योर ? तीनले सोध्न थाले आफुले फुट्टो अक्षर पढेको थिइन । हुनत आए पो पढ्नु । अब प¥यो फसाद । रोल नंम्बरको आधारमा सोध्दै थिए । मलाई दिएको नम्बर थियो १५० । एक्कासी त्यही नम्बर भने । आफुलाई रिङाटा लाग्ला झै भयो । उभिएँ मुर्ति झै । तिनले अग्रजी मै भने मैले बुझ्ने कुरै थिएन । आइ केटा बोली आउदैन ? ती गुरुले नेपालीमै भने । फेरी थपे मुर्तिहोस कि के होस है ?
के मान्छे रैछ बोली आउँदैन ? तीनले चारपाटे लौरो मेरै टाउको माथि ल्याए ।
यसै चारपाटे लौरो त्यसै चारपाटे लौरो मेरो पालो भनिदिएँ । बोली होइन पढ्न आउदैन ।
सबै बिद्यार्थी गलल हाँसे । आफ्नो टाउको माथि चारपाटेलौरो छ यी हास्छन् । अनि ती सबै मै तिर हेर्न थाले । ती गुरुका अगि कोही केही बोल्दैन रैछन् । म बोले । ती सरले पनि लौरो घुमाउदै भने तं कहिले देखि आको ?
हिजो देखि ।
मैले पढाको बेला थिइनस ।
थिएँ ।
किन आउँदैन त ?
मलाई अग्रेजी गा¥हो लाग्छ मेराकोमा सिकाइ माग्न जान पनि कोही छैन त्यसैले मलाई ग¥हो लागेको ।
य त्यसो भए बस् ।
कक्षाका सबै ट्वा परे । म बसेँ । ती गुरुले फेरी एक दुई जनालाई चार पाँच लौरो हाने पछि खुरु खुरु पाठ बढाए । जाने बेलामा मलाई भने भरे हाफ छुट्टिमा तँ मलाई भेट । पढाएर निस्किने बितिकै केटाहरुले घेरे र भने तेरो अघि नै रामधुलाई हुन पर्ने अब अफिसमा हुने भो । अघि मैले ती गुरुसँग बोल्दा यी कक्षाका सबैले किन मलाई हेरेका होलान भनेको त रामधुलाइ खाने बेला भनेर पो रैछन् । अब मलाई पश्चाताप भो बोलेकोमा ।
यसो एक मनले त हाफ छुट्टि अगाडि नै टाप कसौ जस्तो लाग्यो । फेरी मेरा बाले त्यत्रौ प्रचार गरेका छन् मेरो । जिल्ला स्तरियमा पास भयो भनेर । यहाँबाट टाप ठोकेमा बाले फेरी दन्काएर दिए भने मलाई त्यो बेला आमाको खुब याद आयो । आमालाई त जे भने पनि हुने जसरी भने पनि हुने बा जस्ता होइनन् । बिगारै काम भए पनि सजिलै मुत्ति पाइने आमाहरुको कुरै अर्को तर बा काँ त्यस्तो हुनु । तिनले हकारे भने नि आमाले दुई थप्पर हाने भन्दा बढ्ता हुन्थ्यो । झन तिनले भकुरे भने त बितियो । त्यो भन्दा त यी गुरुको चारपाटे खान नै ठीक ।
चारौ पिरियड पछि हाफ छुट्टि भयो । मेरा साथि कोही बनेकै थिएन । त्यसैले केही खेल्ने कुरा पनि आएन । म डराउदै डराउदै गएँ ती गुरु खोज्न । म यसो गुरुहरु बस्ने ठाँउँ तिर जाँदै थिएँ । एउटा स्वरले बोलायो आई केटा ।
म यसो पछि फर्केर हेर्छु ती नै सर थिए । हातमा बिहानको चारपाटे बोकेका बोकै छन् परेन फसाद । कुन दसाले यताको बिद्यालय आइयो । यी बा पनि अचम्मका छन् । सबै सदरमुकाम चरिकोट बसेर पढेका पढ्यै छन् मलाई चाहि यस्तो कालको मुखमा धकेलेर राख्ने । बरु नपढ भन्नु गोठाला नै बरु आनन्दकोथ्यो ।
यहाँ आइज । म ओइलाएको झार झै भएको थिएँ शायद यस्तैलाई नौनारी गलेको भन्छन् क्यारे । छेउमा पुगे पछि घाम आउने चौर तिर देखाउदै भने बस ।
सुन केटा , मलाई अहिले सम्म यो बिद्यालयमा कुनै बिद्यार्थीले पनि आफुलाई पढ्न नआएको कुरा भन्दैनन् । अनि पढ्न आओ भन्दा पनि आउँदैनन् । तँले आफ्नो कुरा भनिस । आज देखि सधै हाफ छुट्टिमा आएर मसँग भेट । तँलाई अगे्रजी सिकाउछु । मेरो सिकाई सुरु भो । त्यो त्यस्तै चल्यो होला डेढ महिना जति । ती त्यस पछि सरुवा भएर खै झ्याकु होकि कता गए रे । जाने बेलामा बोलाएर भने सुन केटा म भएपनि नभए पनि तँले पढ्न नछोड ।
त्यस पछि ती सरको ठाँउमा अर्का सर आए । ती अचम्मका थिए । ती सरले पहिले छिर्ने बितिकै उल्टो गुड मर्निङ भने । आफ्नो परिचय भन्दै रमाइलो तरिकाले भने । नाम रे गोपाल राई । घर झापा । हामी १५० जनाले पनि आआफ्नो नाम भन्यो । त्यो दिनको पढाइ सकियो ।
भोलिपल्ट तिनले हाम्रा अग्रेजी किताबको शम्भु भन्ने मान्छे तुरुन्तै कालोपाटिमा बनाए । लौ कुरा गर्दा गर्दै तिनले फेरी साबित्री बनाए । त्यति मात्रै हाइन किताबमा भएको चङखे पनि जस्ताको तस्तै बनाए । अचम्म ममात्रै होइन कक्षाका हामी सबै प¥यौ । यस्तो पनि सर । खुब रमाइलो सँग सम्झाए । अग्रजीमा पढाए जस्तो लागेन । तीनको हातमा चारपाटे लौरो पनि थिएन । कक्षाको अन्त्यमा सोधे केही अप्ठ्यारो छ ? मैले मात्र होइन कहिल्यै नबोल्ने साथिहरुले पनि भने हामीलाई अग्रेजी खासै आउँदैन । त्यसैले धेरै बुझ्दैनौ । मैले अनुमान लगाएँ चारपाटे लौरो नभएकोले बोलेका हुन कि ? ती सरले भने भाषा जुन सुकै भए पनि त्यसको प्रयोग कति हुन्छ त्यसैको आधारमा आउने नआउने हुन्छ । त्यसैले आउदैन भनेर बस्न भन्दा नआएपनि प्रयास गर्नु राम्रो । उनले अझ थपे तिमीहरु अग्रेजी सिक्ने हो भने अग्रजीमै सपना र हास्ने गर्नु ।
ती सर गए कक्षा सकाएर । मेरो त घर जाने बाटो पनि टाढाको त्यसैले सम्झिदै हिडे । कसरी हास्ने होला अग्रेजीमा । दात देखाएर होला कि दात छोपेरै होला । ङिच्च होला कि अट्टहासले । कि मिस्क्कि हो कि मुसुक्क । कुन चाहि हासो अग्रेजी हास्न परेको छ किनभने अग्रजी सिक्न पनि परेको छ । त्यसैले कसरी होला ? सपनाको त सजिलै छ भरे सुत्ने बेलामा किताब सिरानी मै हालेर सुत्नु पर्ला । हासो कसरी ? हिड्दै गर्दा आइडिया आयो के भने ऐनामा गएर हास्ने । तैपनि फेरी हास्ने कसरी आफुलाई त अग्रेज हाँसेको थाहा छैन । तैपनि हाँसि त हेर्नु पर्ला ।
घर हतार हतार पुगेर ऐना हर्नलाई । हाम्रो घरमा स्थायी रुपले खासै ऐना नहेर्न भए पनि आमाले कहिले कही कपाल कोर्दा ऐना चाहिएको कुरा बालाई भन्थिन । ऐना ल्यायो फुटि हाल्ने । एक हप्ता भन्दा त बढि चलेको रेकर्ड नै भएन । एकदिन बालाई आइडिया आएछ हाम्रा चपालिको सबै भन्दा ठूलो थाममा नै ऐना खोपेर राख्ने । त्यो बाको आइडियाले काम ग¥यो । बाले आमाको साइज नापेर त्यति नै अग्लो ठाँउमा फुटेको ऐनाको टुक्रालाई खोपेर राखे । हो त्यही ऐनामा हतार हतार गएर मैले अग्रेजी हासो सिक्ने भएँ ।
घर पुगेर टन्नै एकदुई घान मकै भटमास मस्काउने म त्यो दिन भने झोला सोला फालेर ऐना भएको ठाँउमा गएर हास्ने प्रयास गरेँ । आज खाजा नमागि कता गएछ भनेर हेरिछन् आमाले । लौ छोरो त एक्लै कसैसँग केही हासेको छ हासेको छ ऐनाको अगि गएर । पारेन बित्यास । उनले बालाई खोजेर ल्याएर भनिछन् यत्रो बाटो एक्लै नपठाँउ भन्दा मानेनौ नि अब छोरोको हेर हालत एक्लै हास्ने पो भएछ । शायद बनझाँक्रिले भेट्यो क्यारे ।
ओई माइलो ! बाले चिच्याउदा पो मैले अग्रेज हास्ने प्रयास गरेको हेर्ने त हुलै पो भएछन् । तँलाई के भयो आमाले थपिन ।
अग्रेजी सिक्या नि ।
तेरो कस्तो अग्रेजी हो ए मुला ?
कस्तो कस्तो नि हामीलाई पढाउने सरले अग्रेजीमा हास्नु भन्या छ त्यसैले ।
मेरो काम देखेर नहास्ने कोही भएन । म लाजले भुतुक्क भएँ ।
त्यो भोली पल्ट बिहान । राति सपना केमा देखे केही सम्झिन्न । बल्ल बल्ल सम्झेको पनि आफ्नै अलि परको भेडिखोरमा तिल्के गोरुको गाठालो गाको पो देखेछु । कताको अग्रेजीमा सपना देख्थे र ? दुःख लाग्यो । तेत्रो किताब सिरानी हालेको आइडियाले फेल खायो ।
बिद्यालयको पहिलो सर नै तिनै थिए अग्रेजीमा हास्न भन्ने । ती सर आए र सोधे कति जानाले हास्न सिक्यो । सिकेकोले हात उठाउ । कसैको हात उठेन म ढुक्क भएँ । म जस्तै अरुले पनि नजानेकोमा । अनि सपना देख्ने कोही छ ? ती सरले सोधे । किसोर भन्ने साथिले उठायो । के देख्यौ ? सर मैले बासँग सपनामा बोलेको देखेछु अग्रेजीमा । तिम्रा बालाई अग्रेजी आउछ ? अग्रेजी त मलाई पनि आउँदैन बालाई पनि आउदैन । मैले त्यही भएर बोलेको नी सर ।
ती सरले नजानेको भने बिषय रैनछ । ती भाका हालेर गीत सुनाउँछन् । कबिता भन्छन् । चुटकिला त बोल्यो कि त्यही नै भैहाल्छ । अचम्मै रमाइला सर । हामी बिद्यार्थीले त बुझेन भने बुझेन भन्यो । फेरी रमाइलो कथा कबिता र प्रसंग कथ्दै तिनले आधा अग्रेजी आधा नेपालीमै भनि दिन्छन् । पहिले पहिलेको बोझिलो अग्रेजीको कक्षा अब त रमाइलो लाग्ने भयो मलाई मात्र होइन धेरै साथिलाई । तिनै सरले डिक्सनेरी भन्ने किन्न लगाए । टेन्स भन्ने पढाए । पहिलेको त्यो बुझ्दै नबुझ्ने अग्रेजी हल्का बुझिने भयो । केही असजिलो कुरा आयो कि तिनले मिलाएर भन्छन् सजिलो तरिकाले । गीतले भए गीतले, चित्रले भए चित्रले , कथा कबिता प्रसंग जे मिल्छ त्यही मिलाएर तिनले अग्रेजीलाई पढ्न रुचिकर बिषय बनाए । केही नघुस्ने भन्ने दिमागमा केही घुस्ने बनाए । म तीन जानामा तेस्रो हुने १५० जनामा पनि तेस्रो नै भएँ ।
यी चिम्सा आँखा र छोटो ज्यान भाका सर कम्ति सबै बिद्यार्थीको बिचमा हिमचिम चर्चा भएन । जता गए पनि राई सरको चर्चा र पढाउने शैलीको कुरा भो । सधै र प्रायः सबै बिद्यार्थी फेल हुने अग्रेजीमा धेरै बिद्यार्थी सफल हुन थाले । यो क्रम निरन्तर चलिनै रह्यो । हामी दस कक्षा सम्म पुग्दा तिनी हाम्रा साथी जस्ता भैसकेका थिए । एसयलसीको बेलामा कहिले कही साथिको पुजामा जाग्राम बसेको बेलामा ती मलाई भन्थे हेर केटा पढेर होइन ध्यान धर्मले पो पास भइन्छ त । रात छर्लङ नभए सम्म बस नी । फेरी सुत्लास ।
उनको आफ्नो धेरै दाजुभाइ छन भन्थे । गाउँमा बिद्यालय खोल्न घर बनाएको थिए रे । चलाउन दिएनछन । अहिले खाली छ अब त्यसैमा गएर कुखराको फर्म खोल्नु पर्ला । शायद तिनले अस्थयी जागिरको भर नभको भनेर यसो भनेका होलान । अहिले सम्झन्छु । पछि पास भएर काठमाडौ झरेपछि तिनी र मेरो चिठ्ठी मार्फत गाउ शहरको कुरा हुन्थ्यो । पछि तिनले भने अब दोलखा पक्का छोड्छु कि म झापामा गएर कुखरा पालन कि त पुर्बाञ्चलमा नै कतै स्थायी शिक्षक भएर पढाउँछु ।
केही समय मैले लेखेका चिठीको उत्तर आएन । केही पछि तिनले लेखे म पुर्बाञ्चलको पाँचथर पुगेँ । यो जिल्लाको लुङरुपा भन्ने गाबिस छ त्यहीको शिबलिङेस्वर माबिमा पढाउँछु । बिचमा एक दुई वटा जति पत्र आदन प्रदान भए होलान् । त्यस पछि मैले लेखेका पत्रको कुनै जवाफ आएन । शायद म जस्तै अरु धेरै बिद्यार्थी जन्माउनेमा लागेकोले ब्यास्त भए वा मैले लेखेको चिठ्ठी कतै हुलाक कार्यलयमा मुसाको गुँड भयो जे होस हाम्रो पत्र आदन प्रदान बन्द भयो । उनले मलाई अहिले सम्मको अन्तिम पत्रमा आफ्नो फोन नम्बर पनि दिएका थिए तर त्यो पनि उनले दिएका देखि नै स्विचअफ गरिएको छ । तिनले लेखेको पत्रमा कुनै दिन आफुले लेखेको कबिता मलाई पठाएका थिए ।
हाम्रो भुगोल
जतिसुकै गाम्भिर्यमा डुबुल्की मारौ
या जतिसुकै चीर सुखमा सैर गरौ
यो कृतिम भूगोलमा
आक्षेप त विगविगी पाइन्छ नै
वर्वरताको युगमा जतिसुकै विद्धत सभा गरौ
अविष्मरणीय आलोक छरौ
पुरश्चरण यहाँ हुदैन नै
स्नेह जडित लतिका घन लहराऊ
दिब्य वैभव सितरा तरंग छहराहरुनै
एकाकार यहाँ हुदैन नै
कुम्भकर्ण झंगेल्दै अन्धनासक उठपनि
सद्गुण कर्मठ कर्मयोगमा जुटेपनि
पिलन्धरे नरपिचास पाइन्छ नै ।

Wednesday, February 15, 2012

Tuesday, February 14, 2012

छोटा कबिता

तिम्रो र मेरो फरक
तिमी मेरो
फोन काटेर
रात भर
मस्तले सुत्न सक्छौ
म त्यही कारण
रात भर आखाँ
झिमिक्क नगरि कटाउँछु ।


लतमा परेको म
तिमीलाई फोन गर्ने
त्यही भएर त
हर बेला हातैमा
मोवाइल र तिम्रो मात्रै हुन्छ डायल कल ।

इनबक्स
भरिएको म्यासेजले
घरि घरि हसाउँछ
तिमी पनि यस्तो म्यासेज लेख्थेउ भनेर ।


कहिले कही
नभएको हुन्थ्यो जस्तो लाग्छ धेरै कुरा
जस्तो कि तिम्रो नम्वर ।


कि त ब्यस्त
कि त उठ्दैन भन्ने थाहा पाएर पनि
तिमीलाई फोन गरिरहन्छु
कि यो पटक त उठिहाल्ला भनेर ।

Thursday, February 2, 2012

सुमो र सेवा

सुमो र सेवा


सडक र सवारी नेपालको धेरै फाइदा र अब्यस्थित क्षेत्रमा एक नम्वरमा भएको आरोप सधै लाग्ने गर्छ । यस्ता आरोपको पुष्टि उनीहरुले गर्ने ब्यबहारले बेला बेलामा हुन्छ । गएको बर्ष हटौडामा काम बिशेषले पुगेको थिएँ । फर्कने बेलामा सबै भन्दा सजिलो र सरल तरिकाले काठमाडौ फिर्ने उपाय सुमो हो भन्ने सल्लाहा भयो ।
हेटौडाबाट काठमाडौ आउने सुमो बिहान ६ देखि सातको बीचमा धेरै गुड्ने रहेछन् । त्यस पछिको समयमा गुड्नेको संख्या कम । म पहिलो पटक सुमो चढ्ने सुरमा भएकोलाई यो कुरा थाहा भएन । त्यसैले म सवा सात तिर पुगेको हुँला । त्यो बेला सुमो जानेको संख्या कम भएको हेटौडाकाठमाडौ सुमो चलाउने प्राय समितिको कुरा थियो ।
विकल्पमा स्थानिय साथीले वसपार्कमा कुरे सुमो पाइने कुरा सुनाए । डुवेको बेलामा त्यान्द्रो साहरा भनेझै हेटौडा बसपार्कमा गइयो । त्यहाँ भएको एउटा सुमो काउन्टरमा सोध्दा नौ जना मानिसले सुमो भरको म चढे १० जना हुने र सुमो दौडिने कुरा सुनाए । सुमो चढ्ने धेरैलाई थाहा छ त्यसमा चढ्न सक्ने भनको जम्मा १० जना मात्र हो । म बसपार्क पुग्दा साढे सात भएको हुन पर्छ । पुरै प्याक भएको सुमो पौने आठमा गुड्ने कुरा मलाई सुनाइयो । त्यहाँ न सुमो थियो न अरु ९ यात्री ।
बिकल्प नभएको म १५ मिनेट हेटौडाको चिया पिउने वाहनामा उभिएँ । सुमो आएन । काउन्टर वालाले भने अब १५ मिनेटमा आउँछ । मान्छे लिन गका छन् । फेरी अर्को १५ मिनेट बित्यो । मेरो प्रश्न उस्तै र उस्ले दिन उत्तर पनि उस्तै । यो क्रम ९ बजे सम्म चल्यो ।
अति नै भए पछि मैले पैसा फिर्ता मागेँ । काउन्टरवालाले आनाकानी गरे । मैले सुमो नचढ्ने पक्का गरेको कुरा गरे । काउन्टरमा अरु पनि थिए । उनीहरु सल्लाह गरे । अनि मेरो पैसा फिर्ता । बल्ल मलाई थाहा भयो । उनले मसँग काल्पानीक सुमो तयार गरेछन् । अनि कल्पना गरेरै १० नम्वरको सिट मिलाएका रहेछन् ।
अचम्म धेरै कुरामा लाग्यो । जाबो काल्पानिक गाडिमा पनि अन्तिम सिट । एकातिर समय निक्कै धर्केको थियो अर्को तिर त्यति धेरै समय काल्पिनिक गाडि कुर्दाको दुःख ।
अहिले काठमाडौ हेटौडा चल्ने सुमोको संख्या ५सय भन्दा बढि भएको सुनेको छु । गएको केही महिना पहिले सिस्नेरीको बाटो बनाउँदै गर्दा फाखेलबाट गाडि गुड्यो । अरु बेला सुमोको नाक मुख नदेख्ने स्थानिय बासिन्दालाई त्यो बेला सुमोले धुलो धुवा उडाउँदै दौडिएको देखे पछि उनीहरुले रिस थाम्न सकेनन् । त्यसैले गाउँले मिले र गुड्ने गाडिलाई पालैपालै कसैको सिसा फुटाए कसैको पाङ्ग्राको हावा खुस्काए ।
भोलिपल्ट हेटौडामा सुमोको बिरोध भयो । प्रशासनले कार्बही गर्ने कुरा गरे । अनि क्षतिपुर्ति दिने निर्णय भो । सिस्नेरीको बाटो नबनेसम्म बाइरोडको बाटोमा सुमोले धुलो उडायो । अनि फेरी सिस्नेरी ।
मैले भोगेको एउटा अनुभव अरु धेरैले भोग्नु परको साझा समस्या हो । अनि फाखेल बासिन्दाले भोगेको कुरा ल्हास्सामा सुन भएर पनि सुनलाई आफ्नो भन्न नसक्नुको प्रतिक्रया होला ।
समय र सन्दर्भले अन्य अर्थ नलाए धेरै सुमो समितिमा धेरै कुराको सुधार अबश्यक छ । चढ्ने यात्रीका अनुभव र भोगाई कस्ता छन् सुन्ने सामाथ्र्य हुन पर्छ । अनि कमाउने त हरेक ब्यबसायीले सोचेकै हुन्छ सँगै सेवाको क्षेत्रमा केही सुधार हुन सक्छ । त्यसका लागि फेरी पनि सुमो समितिले तिता कुरा सुन्न वानी पर्नु पर्छ । त्यो भयो भने फेरी न त कुनै यात्रुले काल्पिनिक सुमोलाई घन्टौ कुर्न पर्छ न त बाटोमा सुमो नचला भनेर सुमो फोर्न नै ।