Saturday, April 2, 2011

हेरिदिने कोही नभएको गुराँसे

म त लाली गुराँस भएछु
मनै भरी फूली दिन्छु
वनै भरि फूली दिन्छु ।
क्षेत्रप्रताप अधिकारीले लेखेको र नारायणगोपालले गाएको चर्चित गुरासे गीत त्यस्सै लेखेको होइन रहेछ भन्ने लाग्छ सुर्खेत र दैलेखको सिमनामा पर्ने गुरासे पुगेपछि । यो ठाँउमा लालीगुरास फुलेर ढपक्कै भएको छ । त्यसैले स्थानिय मानिसले धेरै गुराँस भएकोले ठाँउ नाम नै राखे गुराँसे । तर यो ठाउँको चर्चा कहिल्यै र कतै सुनिन्न ।

यहाँबाट गुराँस मात्र होइन गुराँससँगै देखिने हिमालका दृश्यले पनि मन लोभ्याउँछ । यति धेरै गुरास यी दुबै जिल्लामा फुल्दैनन् । काम बिषेशले काठमाडौबाट आएका सञ्चारकर्मी भिम आत्रेय पनि गुराँसेको सुन्दरताले लठ्ठ परेको बताउँछन् । राजधानी वा अन्य बजारको छेउमै भएको भए यो ठाँउको चर्चा र कुरा धेरै हुने थियो तर यहाँ कसैले यति रमाइलो ठाँउको बारेमा चर्चा गर्दैनन् । अनि सुर्खेत आइ पुगेकै बेलामा पनि कसैले लौ गुरासे घुम्न जाऔ नत भन्दैनन् । म पनि पहिलो पटक यहाँ आइपुग्दा पो छक्क परे जता हे¥यो त्यतै गुराँस ।

स्थानिय मानिस पनि अरु ठाँउको गुराँसको कुरा सुनेर अचम्म पर्छन तर आफ्नो ठाँउको बारेमा केही कतै कुरा नसुन्दा अचम्म लाग्छ रे । गुराँसेमै होटेल चलाएर बसेका राम बोहोरालाई । कति धेरै ठाँउमा एक दुई वटा गुराँसका रुख हुदैमा हल्ला गरेरै भएपनि मानिसहरुको मनमा गुरासै गुराँस होला भन्ने बनाउँछन् तर हाम्रोमा झण्डै तीन वटा गाबिस भरि नै फैलिएको गुरासे जंगलको चर्चा हुदैन । गुराँस पुर्बमा मात्र धेरै हुन्छ भन्ने भएर पनि यस्तो भएको हुन सक्छ । उनले गुनासो पोखे ।

पातिकान्ला सामुदायिक वनमा सबै भन्दा धेरै गुराँस फूल्छ । वन सञ्चालक समितीकी सदस्य हरिमाया सारु जंगलमा फूल्ने गुराँसबाट स्थानिय मानिसले केही फाइदा नगरेको सुनाउँछिन । अरु धेरै ठाँउमा गुराँसको जुस बनाएको पनि सुनिन्छ । गुरास फूलेकै हेर्न आउनेको पनि घुइचो हुने सुनेका छौ तर हाम्रोमा फूल्ने गुराँस फूल्छ र झर्छ । यसको सुन्दरता हेर्ने पनि कोही छैन । उनलाई सिप जाने जुस बनाउने सोच भने आउँदो रहेछ । जुस बनाइन्छ स्वास्थ्यको लागि राम्रो हो भनेको सुनेको छु कसरी बनाउने भन्ने थाछैन । जाने बनाउनु हुन्थ्यो ।

विश्व भरि सात सयको हाराहारीमा गुराँसका प्रजाति पाइन्छन् । नेपालमा भने ३२ प्रजाति मात्र पाइन्छ । यस मध्ये गुरासको राजधानी भनिने तीनजुरे मिल्के जलजले क्षेत्रमा सबै भन्दा बढि २८ प्रजातिको पाइन्छ । पहाडि क्षेत्रमा पाइने गुराँस १२ सय मिटर देखि ३ हजारको हाराहरीमा गुराँसका प्रजाति पाइन्छन् ।

धेरै बर्षमा थोरै बड्ने गुरासका रुखहरु १५ मिटर सम्म अग्लो हुन सक्छ । यस्ता अग्ला रुख यो ठाँउमा पनि धेरै छन् । गाइबाध्ने गुरासेकी झप्पी पुनलाई भने गुरासको प्रयोग धेरै कुरामा हुन सक्छ भन्ने हेक्का छैन । हामीले त दाउरा र पतकर लिने हो । अरु कुरा के के हुन्छ हामी जान्दैनौ । अझ आज भोली त सामुदायिक वन भएपछि समितीले भनेको समयमा मात्र घरयासी प्रयोगका लागि गुराँसको प्रयोग गर्न सकिन्छ ।

अधिकारीकै गीतको अंश सापट लिने हो भर्ने हेरि देने कोही भैदिए आँखा भरि फूली दिन्छु । लाइ दिने कोही भइदिए सिउँदो भरि फूली दिन्छु ।’ तर यहाँको गुराँसलाई भने नत हेरि दिने कोही छन् न त लाई दिने नै । बिदेशी पर्यटक मात्र होइन पश्चिम अञ्चलको क्षेत्रीय सदरमुकाम सुर्खेत पुगेका नै मात्र केही समयको लगि गुराँस हेर्न गुरासे पुग्ने हो भने पनि स्थानिय मानिसको जीवनमा गुराँसले केही परिवर्तन गर्न सक्थ्यो । अनि एउटा रमाइलो ठाउँ बन्न सक्थ्यो गुरासे ।




Saturday, January 15, 2011

गजल

मागी मागी चल्ने जिन्दगीलाई सलाम
आँफै सँग छल्ने जिन्दगीलाई सलाम

निहुरिनु नै त छ दाँया बाँया सधैं
अग्लो भिर्मा फल्ने गिन्दगीलाई सलाम

मोज मस्ती अरम छ हुनेखानेलाई
फल्नै नपाई गल्ने जिन्दगीलाई सलाम

रोइ रोइ पनि सास फेरेकै हुन्छन
आफ्नै हात मल्ने जिन्दगीलाई सलाम

छोटा कबिता

जति र जसरी नै
सिङ्गार पटार गरे पनि
बिस्तारै खुम्चिदै जाने
बुढेसकालको अनुहार ।


कुनै प्रेमिकाको प्रेम पत्र झै
वा कुनै महत्वपुर्ण शन्देस भएको पत्र झै
साथ साथ भए नभएको
हेरि रहन्छ र छामी रहन्छ आफ्नो खल्ति
काठमाडौकामान्छेहरु
हप्तै बिच्छे फेरिने
बिजुली जानेको तालिका ।


खल्ति सुकेको बेला
खल्ति मारा देखेर पनि
रिस उठ्दैन रैछ
र मैले पनि भन्दिएँ
बेकारमा के कष्ट गरेको भाइ ।

गीत

बसन्तको गुराँस झै जिन्दगीमा रङग रहोस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


रातको तारा झर्दा पनि भन्थ्यौ तिमी हेर्दैछु म
खुल्ला बादल माथि पनि भन्थ्यौ चित्र केर्दैछु म
एक्लै हुन्छु आज भोली बादल तारा जेझरेनी
होस हुन्न आज भोली जता मैले जेगरेनी
मेरो भागमा पिडा जति तिम्रो भागमा खुशी होस ।
बसन्तको गुराँस झै जिन्दगीमा रङग होस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


अङगालिएर कोही हाँस्दा तिम्रो हासो झै लाग्छ
बेकारको यी सम्झना तिम्रो नासो झै लाग्छ
लैजाउ यो मुटु नै झिकि दिन्छु म मरेनी
तिम्रो केही दोष हुन्न पाप धर्म जेपरेनी
मेरो भागमा आँशु आँशु तिम्रो भागमा हासो होस ।
बसन्तको गुराँस झै जिन्दगीमा रङग होस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


कीर्तिपुर २०,डिसेम्वर, २०१०

जाडो कबिता

जाडो हुनेलाई मात्र
हुन्छ कि के हो
नत्र त कसरी सुत्न सक्थे त
सडकमै मस्तराम ।



जाडोको बेला
न्यानो घामको स्पर्श
कुनै प्रेमीलाई
प्रेमिकाको स्पर्श भन्दा कम हुन्छ र ?



दुई फुई रुई
केही नभएको यो बेला
प्रत्येक पलमा
छोइरहन्छ जोडोले
र त तिमीलाई
झन मिस गरिरहन्छु ।



बाक्लो कपास उडे झै
सुरुरु आउँछ र छोप्छ
यो घरैघरको शहरलाई
तिमीलाई कस्तो लाग्छ
कुन्नि मलाई त खुब
मन पर्छ हुस्सु ।


सिसा जमेको पानीमा
तिम्रो तस्बिरको
कल्पनिक तस्बिर बन्दैथ्यो
घाम आयो र पग्लियो सिसा
बाँकी रहयो
फगत पानी मात्र ।


जाडो एउटा बाहना
थपिएको छ
र म तिम्रोमा
हरेक बेलुका धाइ रहेको छु नि
कान्छी साहुनी ।


अचम्म पर्छु म
कुनै पार्टीमा नाङगै पाखुरी
देखाउनेहरु देखि
जाडोले डल्ल्याएको साँझमा ।

Sunday, December 19, 2010

गरिमा
सम्बोधन बिना नै लेखन सुरु ।
खासै के भन्ने समय आफ्नै रफ्तारमा चलिनै रहेको छ । चाहेर वा नचाहेर पनि । रोक्न र छेक्न सकिने अबस्था पनि छैन ।
आराम बिरामको कुरा के भन्नु यस्तै नै छ चलिरहेको जसो तसो ।
मैले बिगत झण्डै दुई महिना देखि सोचि राखेको कुरा भनेको एउटै हो के भएछ कुन्नि गल्ति ? उत्तर त अहिले पनि ठम्याउन सकेको छैन । जेहोस केही न केही त भयो ?
म तिमीलाई केही कुरा लेख्न चाहान्थे । तर केके मात्र हो अहिले सम्म पनि छुट्याउन सकेको छैन । तिमीले यो पुरै पढ्छौ या हेर्दै नहेरी डिलिट गर्छौ या इनबक्सैमै थन्किन्छ । त्यो त थाहा छैन । जे होस मैले अहिले पुरानो कुरा सम्झि रहेको छु । शायद फिल्मको भाषामा यसैलाई फ्लासब्याक भनिदो हो अनि कसैकसैले भनिदिदा हुन् नोस्टाल्जिया ।
पहिलो पटक कुरा भएको दिन १ अप्रिल । मुर्ख दिवस । समय पनि कस्तो परेछ । पछिका समयमा मैले कति तिमीसँग कुरा गरेँ मुर्खे कुरा भनेर पो पत्यानौ कि ? हामीले कति कुरा ग¥यौ । कुनै रेकर्ड नै छैन । तर तिम्रो स्वर सुनेको भनेको ३१ मर्चमै हो । जुन दिन तिमी आफ्नो जन्मदिन मनाउदै थियौ । एउटा कुरा त पक्का हो मैले तिमीसँग जति कसैसँग पनि फोनमा के साँच्चिकै पनि कुरा गरेको छैन । मेरो परिवारको सदस्यबाहेक । मेरो कुनै साथी छैनन जोसँग मैले पाँच मिनेट भन्दा बढि फोनमा कुरा गरेको होस् । मलाई साथीहरु पटक पटक भन्छन् के अपुरो कुरा हुदै फोन काटेको ? हामीले दिनदिनै साढे दुई घन्टा भन्दा बढि कुरा गरेका थियौ । त्यति धेरै कुरा गर्दा पनि त कुरा पुरा नहुँदो रहेछनी ?
तिमीले पठाएको म्यासेज मेरो मोवाइलमा सुरक्षित छन् । ती ४३ वटा । अहिले हेर्दै गयो फरकफरक कुरा र मुडहरुको म्यसज छन् । कुनै खासै काम नभएको के छ ? चिया पनि भयो । कस्तो भयो त डुलाई ? फेसबुकको इनबक्स र इमेलको एकाउन्टमा पनि छन् ।
तिमीले मलाई नै भनेर पठाएको फोटाहरु पनि सुरक्षित छन् । जुन् तिमीले आफैले पठाएको तिमी र तिम्रो दिदी भएको । अर्को थरी पनि छ जुन तिमी फुच्चि हुँदाको । अर्को थरि फोटो भने फेसबुक बाट लिएको र झन अर्को थरी पनि छ जुन म तिम्रो ठाँउमा आउँदा खिचेका हुन् ।
बेकारको हिसावकिताव भन्न पनि सक्छौ तर यो घाटा र नाफाको होइन खाली सम्झनाको हिसाबकिताब न हो । नसम्झिन पनि नसकिने । यसैलाई भनेको होलान् भन्नेले मनमा बसेको कुरा ।
मैले इमान्दार भएर भन्न पर्दा तिमी देखेको केटी भन्दा राम्री थियौ बिषेश गरि तामाङनीहरुमा । तिमी जतिको राम्री अहिले सम्म पनि देखेको छैन । मैले भनेकै थिएँ तिमीसँग कुरा गर्दा पनि । तिमी बाहिरीमात्र हाइन साचाइ पनि त्यतिकै राम्रो छ । अहिले पनि लाग्छ ।
पृथ्वि गोलो छ । कसैले भनेको भनाइ । भेट मानिस जो जे अवस्थामा रहेपनि हुन्छ । हो झै पनि लाग्छ होइन झै पनि । चाह्यो भने ठूलो पृथ्वि सानो भइदिन्छ चाहेन भने सानो ठाँउ ठूलो पृथ्वि । जेहोस तिमीलाई त्यो दिन याद छ हाम्रो पहिलो भेटको ? जुन ४ को शुक्रवार । तिमीले अलि छिट्टै आउँछु भनेकी थियौ र पर्खि रहेको थिएँ । एकदम अधैर्य भएर । मलाई त्यो दिन अलिअलि सपना झै अलि अलि लाज झै अलि अलि केके हो केके एकै पटक भएको थियो । धन्न रामेश थियौ र पो । नत्र म के गर्दाे हुँ ?
अहिले सम्झदा पनि मलाई त्यो दिनको सम्झनाले फुरुङै बनाउँछ । तिमी आयौ । त्यत्रो दिन लामो प्रतिक्षाको दिन सकियौ । आहो तिमी त्यति धेरै रमाइलो गरि बोल्लाउ भन्ने त लागेकै थिएन । क्या थियो त्यो भेटघाट ।
फोटो र बास्तबिक मान्छेका बारेमा पनि हामीले निक्कै कुरा गरेका थियौ । तिमी त्यति धेरै फरक थिइनौ । बस फरक थियौ त खाली एउटा चन्चलतामा न हो । त्यो दिन चटपट खाको फोटोमा अहिले पनि कस्तरी हासिरको छौ ? मैले तिमीलाई पनि पठाको थिएँ नी ।
भोली पल्ट रमाइलो नै भएको हो । कुराकानी । यस्तै त्यस्तै ।
सबै कुरा त्यति सजिलो नहुने रहेछ । अझ यो सम्झना भनेको के हुदो हो ? मलाई आउने सम्झनाको बारेमा म आफैलाई थाहा हुदैन । कसरी हुन्छ भनेर । कसरी खातखात लागेर बसेको हुदो हो यो ? फुत्त निकालेर फाल्न मिल्दैन होला ? हाहाहा क्या गफाडी है ?
एउटा कुरा भने पक्का हो । मलाई कुनै लैला मज्नुमा विश्वास छैन । न रानी महलमा न ताज महलमै । मान्छेको मनमा बसेको सम्झना भनेको बिस्तारै कम हुदै जान्छ । त्यो पुरै मेटिने भने हुदैन होला । कही न कही बसेकै हुन्छ । केही न केही रुपमा त आइहाल्छ । चकले लेखेको बोर्डमा त डस्टरले मेटेपनि सेतो पुरै मेटिन्न मान्छेको सम्झना त त्यस्ता पनि हाइन होला कि हो ?
मैले तिमीलाई भनेको थिएँ । कुनै दिन मेरो बायोग्राफी बिक्ने जस्तो लागेछ भने तिमीसँगको यो समय निक्कै सुन्दर रुपले लेख्नेमा म ढुक्क छु । यो गफ झै लागेपनि साँच्चै नहोला भन्दिन म । अरु त अरु मैले तिम्रै कारणले एक दुईवटा कविता र एक दुइवटा कथाको प्लट सम्झेको छु । केही लेखेको पनि । तर तिमीलाई इरिटेट गराउन लेखेको भने हाइन नी साथी त्यस्तो नपरोस ।
हामीले कुरा नगरेको बिषय थोरै होलान् । खै कुन दिन हो कुरैकुरामा तिमीले भनेकी थियौ फोन उठाइन भने के गर्छौ ? मैले सजिलै भनेको थिएँ । देहो¥याएर तेहे¥याएर गर्छु । जव सम्म तिमीले उठाउदैनौ । तर वास्तबिक्ता अलि फरक हुदो रहेछ साथी बल्ल थाभो । तिमीले फोन काट्यौ वा कटियो अन्तिम चोटी हामीले गरेको कुरामा । त्यस पछि दोहो¥उनका लागि फोन, ब्यालेन्स र तिम्रो नम्वर भएपनि सकिन । किन त्यसो भएको हो म अहिले पनि भन्न सक्तिन ।
यी सबै लेखेका कुराहरु तिमीलाई गुनासा होइनन् । यो त सम्झनाको एउटा पाटो मात्रै हो साथी ।
एउटा कुरा पनि जोडौ । मैले तिमीलाई मन पराएँ भने पनि तिमीलाई मन नपराउने अधिकार त छ नी । तिमी यसरी भाग्छौ जस्तो लागेको थिएन । तिमीले हाक्कि नै भन्छौ होला झै पो लागेको थियो । तिमी जस्तो यस्तो नपुगेको मान्छेले मलाई जिस्क्याउने ? सबै मान्छेको सोच्ने र वाँच्ने तौर तरिका त फरकफरक हुन्छ नी ? यो काठमाडौका यत्रा बिधि मान्छेको संगतले सिकाएको कुरा त्यही हो । तर तिमीले त्यसो पनि भनेनौ । फेरी पनि यो मेरो गुनासो होइन खाली एउटा प्रश्न न हो ।
लेख्ने कुरा धेरै छन् । मनमा अटेसमटेस भएर बसेका । मिलेछ भने लेखौला अत्यमा सधै राम्रो होस तंपाइको ।

थोकर गोकुल
डेराटोल,स्वर्थीबस्ती
पहिलो बैसाख, २०६९