Sunday, December 19, 2010

गरिमा
सम्बोधन बिना नै लेखन सुरु ।
खासै के भन्ने समय आफ्नै रफ्तारमा चलिनै रहेको छ । चाहेर वा नचाहेर पनि । रोक्न र छेक्न सकिने अबस्था पनि छैन ।
आराम बिरामको कुरा के भन्नु यस्तै नै छ चलिरहेको जसो तसो ।
मैले बिगत झण्डै दुई महिना देखि सोचि राखेको कुरा भनेको एउटै हो के भएछ कुन्नि गल्ति ? उत्तर त अहिले पनि ठम्याउन सकेको छैन । जेहोस केही न केही त भयो ?
म तिमीलाई केही कुरा लेख्न चाहान्थे । तर केके मात्र हो अहिले सम्म पनि छुट्याउन सकेको छैन । तिमीले यो पुरै पढ्छौ या हेर्दै नहेरी डिलिट गर्छौ या इनबक्सैमै थन्किन्छ । त्यो त थाहा छैन । जे होस मैले अहिले पुरानो कुरा सम्झि रहेको छु । शायद फिल्मको भाषामा यसैलाई फ्लासब्याक भनिदो हो अनि कसैकसैले भनिदिदा हुन् नोस्टाल्जिया ।
पहिलो पटक कुरा भएको दिन १ अप्रिल । मुर्ख दिवस । समय पनि कस्तो परेछ । पछिका समयमा मैले कति तिमीसँग कुरा गरेँ मुर्खे कुरा भनेर पो पत्यानौ कि ? हामीले कति कुरा ग¥यौ । कुनै रेकर्ड नै छैन । तर तिम्रो स्वर सुनेको भनेको ३१ मर्चमै हो । जुन दिन तिमी आफ्नो जन्मदिन मनाउदै थियौ । एउटा कुरा त पक्का हो मैले तिमीसँग जति कसैसँग पनि फोनमा के साँच्चिकै पनि कुरा गरेको छैन । मेरो परिवारको सदस्यबाहेक । मेरो कुनै साथी छैनन जोसँग मैले पाँच मिनेट भन्दा बढि फोनमा कुरा गरेको होस् । मलाई साथीहरु पटक पटक भन्छन् के अपुरो कुरा हुदै फोन काटेको ? हामीले दिनदिनै साढे दुई घन्टा भन्दा बढि कुरा गरेका थियौ । त्यति धेरै कुरा गर्दा पनि त कुरा पुरा नहुँदो रहेछनी ?
तिमीले पठाएको म्यासेज मेरो मोवाइलमा सुरक्षित छन् । ती ४३ वटा । अहिले हेर्दै गयो फरकफरक कुरा र मुडहरुको म्यसज छन् । कुनै खासै काम नभएको के छ ? चिया पनि भयो । कस्तो भयो त डुलाई ? फेसबुकको इनबक्स र इमेलको एकाउन्टमा पनि छन् ।
तिमीले मलाई नै भनेर पठाएको फोटाहरु पनि सुरक्षित छन् । जुन् तिमीले आफैले पठाएको तिमी र तिम्रो दिदी भएको । अर्को थरी पनि छ जुन तिमी फुच्चि हुँदाको । अर्को थरि फोटो भने फेसबुक बाट लिएको र झन अर्को थरी पनि छ जुन म तिम्रो ठाँउमा आउँदा खिचेका हुन् ।
बेकारको हिसावकिताव भन्न पनि सक्छौ तर यो घाटा र नाफाको होइन खाली सम्झनाको हिसाबकिताब न हो । नसम्झिन पनि नसकिने । यसैलाई भनेको होलान् भन्नेले मनमा बसेको कुरा ।
मैले इमान्दार भएर भन्न पर्दा तिमी देखेको केटी भन्दा राम्री थियौ बिषेश गरि तामाङनीहरुमा । तिमी जतिको राम्री अहिले सम्म पनि देखेको छैन । मैले भनेकै थिएँ तिमीसँग कुरा गर्दा पनि । तिमी बाहिरीमात्र हाइन साचाइ पनि त्यतिकै राम्रो छ । अहिले पनि लाग्छ ।
पृथ्वि गोलो छ । कसैले भनेको भनाइ । भेट मानिस जो जे अवस्थामा रहेपनि हुन्छ । हो झै पनि लाग्छ होइन झै पनि । चाह्यो भने ठूलो पृथ्वि सानो भइदिन्छ चाहेन भने सानो ठाँउ ठूलो पृथ्वि । जेहोस तिमीलाई त्यो दिन याद छ हाम्रो पहिलो भेटको ? जुन ४ को शुक्रवार । तिमीले अलि छिट्टै आउँछु भनेकी थियौ र पर्खि रहेको थिएँ । एकदम अधैर्य भएर । मलाई त्यो दिन अलिअलि सपना झै अलि अलि लाज झै अलि अलि केके हो केके एकै पटक भएको थियो । धन्न रामेश थियौ र पो । नत्र म के गर्दाे हुँ ?
अहिले सम्झदा पनि मलाई त्यो दिनको सम्झनाले फुरुङै बनाउँछ । तिमी आयौ । त्यत्रो दिन लामो प्रतिक्षाको दिन सकियौ । आहो तिमी त्यति धेरै रमाइलो गरि बोल्लाउ भन्ने त लागेकै थिएन । क्या थियो त्यो भेटघाट ।
फोटो र बास्तबिक मान्छेका बारेमा पनि हामीले निक्कै कुरा गरेका थियौ । तिमी त्यति धेरै फरक थिइनौ । बस फरक थियौ त खाली एउटा चन्चलतामा न हो । त्यो दिन चटपट खाको फोटोमा अहिले पनि कस्तरी हासिरको छौ ? मैले तिमीलाई पनि पठाको थिएँ नी ।
भोली पल्ट रमाइलो नै भएको हो । कुराकानी । यस्तै त्यस्तै ।
सबै कुरा त्यति सजिलो नहुने रहेछ । अझ यो सम्झना भनेको के हुदो हो ? मलाई आउने सम्झनाको बारेमा म आफैलाई थाहा हुदैन । कसरी हुन्छ भनेर । कसरी खातखात लागेर बसेको हुदो हो यो ? फुत्त निकालेर फाल्न मिल्दैन होला ? हाहाहा क्या गफाडी है ?
एउटा कुरा भने पक्का हो । मलाई कुनै लैला मज्नुमा विश्वास छैन । न रानी महलमा न ताज महलमै । मान्छेको मनमा बसेको सम्झना भनेको बिस्तारै कम हुदै जान्छ । त्यो पुरै मेटिने भने हुदैन होला । कही न कही बसेकै हुन्छ । केही न केही रुपमा त आइहाल्छ । चकले लेखेको बोर्डमा त डस्टरले मेटेपनि सेतो पुरै मेटिन्न मान्छेको सम्झना त त्यस्ता पनि हाइन होला कि हो ?
मैले तिमीलाई भनेको थिएँ । कुनै दिन मेरो बायोग्राफी बिक्ने जस्तो लागेछ भने तिमीसँगको यो समय निक्कै सुन्दर रुपले लेख्नेमा म ढुक्क छु । यो गफ झै लागेपनि साँच्चै नहोला भन्दिन म । अरु त अरु मैले तिम्रै कारणले एक दुईवटा कविता र एक दुइवटा कथाको प्लट सम्झेको छु । केही लेखेको पनि । तर तिमीलाई इरिटेट गराउन लेखेको भने हाइन नी साथी त्यस्तो नपरोस ।
हामीले कुरा नगरेको बिषय थोरै होलान् । खै कुन दिन हो कुरैकुरामा तिमीले भनेकी थियौ फोन उठाइन भने के गर्छौ ? मैले सजिलै भनेको थिएँ । देहो¥याएर तेहे¥याएर गर्छु । जव सम्म तिमीले उठाउदैनौ । तर वास्तबिक्ता अलि फरक हुदो रहेछ साथी बल्ल थाभो । तिमीले फोन काट्यौ वा कटियो अन्तिम चोटी हामीले गरेको कुरामा । त्यस पछि दोहो¥उनका लागि फोन, ब्यालेन्स र तिम्रो नम्वर भएपनि सकिन । किन त्यसो भएको हो म अहिले पनि भन्न सक्तिन ।
यी सबै लेखेका कुराहरु तिमीलाई गुनासा होइनन् । यो त सम्झनाको एउटा पाटो मात्रै हो साथी ।
एउटा कुरा पनि जोडौ । मैले तिमीलाई मन पराएँ भने पनि तिमीलाई मन नपराउने अधिकार त छ नी । तिमी यसरी भाग्छौ जस्तो लागेको थिएन । तिमीले हाक्कि नै भन्छौ होला झै पो लागेको थियो । तिमी जस्तो यस्तो नपुगेको मान्छेले मलाई जिस्क्याउने ? सबै मान्छेको सोच्ने र वाँच्ने तौर तरिका त फरकफरक हुन्छ नी ? यो काठमाडौका यत्रा बिधि मान्छेको संगतले सिकाएको कुरा त्यही हो । तर तिमीले त्यसो पनि भनेनौ । फेरी पनि यो मेरो गुनासो होइन खाली एउटा प्रश्न न हो ।
लेख्ने कुरा धेरै छन् । मनमा अटेसमटेस भएर बसेका । मिलेछ भने लेखौला अत्यमा सधै राम्रो होस तंपाइको ।

थोकर गोकुल
डेराटोल,स्वर्थीबस्ती
पहिलो बैसाख, २०६९

No comments:

Post a Comment