Monday, September 13, 2010

मोबाइल भावना

मोबाइल भावना

न फाल्न मिल्छ
न बाल्न मिल्छ
भएर पनि बेखुशी
नभएर पनि बेखुशी
मोबाइल फोन ।

राती बिउँझेछु
तिम्रै सपना थियो
यसो मोबाइल हेरे
तर केही थिएन खाली थियो
कति निष्ठुरी है तिमी
मैले खोजेको
जाबो मिस कल न हो
त्यो पनि दिएनछौ ।

हर चोटी उस्तै धुनको
मोबाइल बज्दा
सधै मलाई तिम्रै मिसकल हो कि
झै किन लाग्छ हँ ।

जब म तिमीलाई
कल गर्छु तिम्रो
फोन ब्यस्त छ भन्छ
त्यसमा मलाई
एउटा भाला रोपेझै हुन्छ
बेकार मै ।

एउटा कुरा सुनिनु पर्ने
अर्कै कुरा सुनिन र
नसुनिन पनि सक्छ
वा सम्पर्क हुन सकेन
वा अरु केही
जेहोस गर्न खोजेको कुरा हुन्न
अरु कुरा हुन्छ नेपाली फोनको बिशेषता ।

सेतो बादल

सेतो बादल

म बादलको एक भाग
सेतो रंगको
सुर्यको प्रकाशसँगै परिबर्तन भैरहन्छु
कहिले रातो, निलो,प्याजी वा त्यस्तै बैजनी रंगमा
बिहान, दिउसो र बेलुकी ।

लाग्छ यो सबै रंगमा मैहुँ
फरिएको त मेरो जवानी हो
मान्छेका जातिमा बच्चा,युवा र बृद्धा भए झै

जव छाड्छ सुर्यको प्रकाशले
मेरो रङ्गीन समय सकिन्छ
फेरी म त्यही सेतो बादल बन्छु ।

मेरो रङ्गीन समय
सकिन्छ
एकै छिनमा भनौ १२ घन्टैमा ।

फेरी म त्यही
एक भाग सेतो बादल
फेरी रङ्गीन बन्ने सपना बुन्दै
प्रतिक्षा उदाउने सुर्यको ।

Sunday, September 12, 2010

छोटो कबिता

मौसम नभएको बेलैमा
फूल्नु हुन्न नत्र
दुनियाले भन्छन देखाउदै हेर बेमौसमी ।

भमराहरु झुमिन्छन्
कोपिला मै
तेरो भाग र मेरो भागको हिसाबकिताबमा ।

धेरै भयो कुरा
चौतरी र दोबाटोमा
फुल्न नपाई नै झर्न थालेका
फूलका ।

गजल

छेक बार चाहिदैन हराउनलाई मान्छे
केही चिहुँ चाहिदैन कराउनलाई मान्छे ।

देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा
रातको रुख काफी हुन्छ डराउनलाई मान्छे ।

छिटोछिटो छरितो त कुरा मात्रै कामको
मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे ।

मोबाइल छ ल्यापटप छ बोकी राको सधै
भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।

Thursday, June 10, 2010

Ashoka

Asoka (207-230 B.C.E)
India's foremost royal patron of Buddhism and the first monarch to rule over a united India. Emperor of India, founder of the Maurya Dynasty. A great Buddhist ruler who was converted to Buddhism after a long period of wars of conquest. He abolished wars in his Empire, restricted hunting or killing for food, built hospital for man and beast, and engraved on rocks and pillars throughout the Empire his famous Edicts, setting forth the moral precepts of Buddhism. He sent his son Mahinda and daughter Sanghamitta to Sri Lanka where they converted the ruler and people to Buddhism. The Third Buddhist Council was held at his capitial Pajaliputra, India, in the seventeenth year of his reign.

Monday, May 31, 2010

book

http://books.google.com.np/books?id=KoNT6tjk9mQC&pg=PA170&lpg=PA170&dq=nepali+radio+history&source=bl&ots=oRSVDWEX9r&sig=uba2gIiju_QoUaz1gWS47W9Kr0A&hl=ne&ei=orkDTMuYC4zDrAfWz9k8&sa=X&oi=book_result&ct=result&resnum=9&ved=0CCIQ6AEwCDgK#v=onepage&q&f=false

Wednesday, May 26, 2010

Photo

http://www.google.com/buzz/100445405203551663024/g1jrrc3WRZu/37-photos