Showing posts with label byange. Show all posts
Showing posts with label byange. Show all posts

Sunday, September 12, 2010

गजल

छेक बार चाहिदैन हराउनलाई मान्छे
केही चिहुँ चाहिदैन कराउनलाई मान्छे ।

देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा
रातको रुख काफी हुन्छ डराउनलाई मान्छे ।

छिटोछिटो छरितो त कुरा मात्रै कामको
मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे ।

मोबाइल छ ल्यापटप छ बोकी राको सधै
भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।