Saturday, February 20, 2010

कुरा फेरी आफ्नै ।

कुरा फेरी आफ्नै ।

केही समय पहिले एउटा संस्थाको बार्षिकी थियो । त्यस कार्यक्रममा म निम्तालु नभएरै गएँ । संस्था चिनेकैहरुकै हो । मलाई लाग्यो बाषर्कि हो गए के होला र ? ठीकै कुरा हो झै लाग्यो । म नाडाकिएको मान्छे निम्तालु भएँ त्यो पनि निम्तालुबाटै । मलाई लाने साथिहरुको लामै गु्रप थियो । ती सबै निम्तालु म बाहेक ।
गेटमा एक जना चिनजानकै मान्छे थिए । सबै सँग हात मिलाए तीनका संस्थाको बाषर््िाकीका बधाइ दिए । मैले त्यसो गर्न हात बढाउदा तिनी अर्कै तिर फर्किए । संयोग हाला नी भनेर आफैलाई सम्झाएँ । कार्यक्रममा भाषण बाजी चलिरहेको रहेछ । ठीकै भो भाषण त सबैले सुन्न सक्छन् त्यो
आफैमा सजिलो भयो मन बुझाउनलाई ।
आफैलाई लाग्छ धेरै चोटी म जति धेरै सामाजिक बन्न खोजेपनि त्यति नसक्ने मान्छे । हुनत बानी फेर्न केही त सकिन्छ होला पुरा पुरा सकिने रहेनछ । यो मेरो नितान्त ब्यातिmगत अनुभब हो । सत्यता कतिछ कुनै बैज्ञानिक नापजाच भएको छैन ।
भाषण लगभग चल्यो होला डेढ घण्टा । सञ्चालकले भाषणबाजी सकिएको र अब भोजभतेर हुने कुरा सुनाए । धेरैले यसले सजिलो वा भाषण भन्दा रासन सजिलो बनायो होला मलाई निक्कै अफ्ठ्यारो भएको महसुस भो ।
म एक जना आयोजक मध्ये कसैले नडाकिएको मान्छे । भागुँ त्यात्रो निम्तालुको साथिहरुको बिचमा थिएँ । नभागु मेरो भागमा भात पाकेको थिएन शायद । मैले खाएँ भने त्यहाँ एक जनालाई नपुग्दो हो जसले फेरी खोजी होला हिसाब किताब होला । होटेल वालाले भन्लान् मैले भने जति मान्छेलाई खुवाएको छु । अनि फेरी आयोजकहरु भन्लान् हामीले जति भनेको छौ त्यति नै मान्छे डाकेका छौ कता बाट पुगेन त ।
पछि फेरी मान्छे गन्ने सहमति होला । निम्तालु जति एक लाइन । गन्न प¥यो । आयोजकले माइकमा ठुलो स्वरले भन्लान् । अझ निम्तो कार्ड अनिबार्यरुपमा हातमा लिइदिनुहोला भनेमा के गर्ने होला झन् । अन्त्यमा होटेलकाले पनि मलाई नै देखाउदै भन्लान् यी यो पो रहेछ त भातमासु पड्काउने । फेरी आयोजकले भन्लान् यो होटेलकै मान्छे होइन । होइन हाम्रो त बरु आयोजकको निम्तालु होइनन् यी । होटेलवाला चर्केलान् ।
भातका कुरा हुने बितिकै मेरो मनमा अनेक खालको कुरा आयो । एक छिन त मलाई यो कार्यक्रममा ल्याउने निम्तालुलाई नै केही गरौ झै लाग्यो । मलाई ल्याउनेहरु मस्तराम अरु नै कुरामा गफिएका थिए । आफुलाई पर्न पिर परेको छ उनिहरुलाई आन्नद ।
के गर्ने गर्ने ? खासमा त मेरो दिमागको प्रयोग त्यति धेरै हुदैन । साथिहरु भन्छन् तँ एकदम बिन्दास भइस । केही सोच्दैनस । हाम्रा घरजाम भयो । बच्चाबच्चि भयो । अहिले काठमाडौमा घर घडेरी जोडेका छौ । तेरो पालो कहिले आउँछ । धेरै बिन्दास नबन त । कहिले कहि मेरा हाकिमलाई रिस उठ्दा भन्छन् तँपाई दिमागै लाउनु हुन्न ?
पहिलो पटक होला मेरो दिमागको साँच्चै यति साह्रो प्रयोग भाको । मलाई पहिलेका कुराले खासै छुदैनथ्यो । आज के भाको दिमाग ।
त्यो संस्थाका संचालकहरु मध्येका नजिकैका चिनेका साथि भाषण बाजी सकेर भातका लागि हिड्दै गर्दा मलाई देखेछन् । उनि म तिर लम्किए । हात मिलाइवरी भने मैले हिजो दिनभरी तँपाईलाई सम्जिएर फोन गरेका केहो तँपाइको फोन ।
केही त गरेको थिइन ।
होइन तँपाइको फोन पटक्कै लागेको थिएन ।
साँच्चै त हो ?
म आफैलाई शंका लाग्यो ।
हिजै हो घरबेटी बुढाको अबको महिना पनि कोठा भाडा नदिए ताला लाग्ने धम्कि पुर्ण कुरा यहि फोनबाट सुनेको । त्यसो त अर्को फोन पनि आएको थियो । कलेजबाट । पहिले सुरिलो स्वर सुनियो हेल्लो गोकुल जी हो । कहिल्यै सुरिलो स्वर नसुनिने मेरो फोनमा त्यस्तो आवाज आए पछि हजुर भन्न करै लाग्यो ।
नत्र त म मेरै फोनमा मेरो नाम लिएर हो भनेमा भनि दिन्छु होइन म यो देशको प्रधानमन्त्रि ।
त्यसो भए तँपाईले कलेजमा भर्ना गरेको बाँकि किस्ता तिर्नु भाको रहेनछ । एक हप्ता भित्र तिर्नु भएन भने तँपाइको नाम रजिष्टारबाट काटिने छ ।
त्याति मात्र हो र झन आर्को फोन पनि आको थियो । गाँउका काका पर्नेको । उनि भन्दै थिए । माइलो म भोली बेलुकि तिर काठमाडौ फिर्दैछु लिन आएस है बसपार्कमा । हिजै मात्र हो मेरोमा यति धेरैको फोन आएको नत्र त सधै बोक्ने मात्र हो यो मोबाइल फोन त । काम न काजको म हरिलठ्ठकलाई कसलाई के खाँचो परोस न फोन आवस् ।
लौ फेरी यही भाषण र रासणको कार्यक्रमको भने निम्तोको लागि साथिले दिन भरि फोन गर्दा पनि नलाग्नु ।
मलाई निक्कै असजिलो लाग्यो ।
के गर्ने होला ? एउटा मन भन्छ मस्काइदिउँ खसि, माछा, कुखरा र बास्ना आउदै गरेको परिकार एउटा मन भन्छ हुन्न त्यसरी तँ नडाकिएको मान्छेले त्यस्तो कार्य गर्न सुहाउदै सुहाउदैन । गर्ने के हो ? बिचारा म फन्दामा परे जस्तो भएँ ।
एक छिन बस्ता बस्ता मेरो पेट दुखे दुखे जस्तो भो । पखाला लाग्ला लाग्ला जस्तो पो भो । लौ मा¥यो । मैले मलाई निम्तो गर्ने साथिहरुलाई यो कुरा सुनाएँ । दौडिन पर्ने भो । तिनले ननिको मान्दै भने हुन्छ कि मस्काएर जाने हो ? कहाँ हुनु नि मेरो पेट खराबी भाछ कसरी होला र मस्काउन ? पहिला मस्काउने अनि गएर औषधी किन्ने नी ?
मलाई भने झन हतारो भयो । दोडिएँ एक्लै दुखेजस्तो पेट समाउदै । धन्न त्यो बेला आयोजकहरु अरु कुरैमा ब्यस्त थिए नत्र त भन्दा हुन हर्सानु हर्सा¥यो अनि दुख्दैन त पेट ?

No comments:

Post a Comment