Friday, June 24, 2011

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

सिमसार सहितको वन ः प्रकृति र समुदायको धन

चितवनको पश्चिमी भेगका सुख्खा जमिनमा सिंचाई गर्न पूर्वी चितवनको खगेडी खोलाबाट पानी ल्याईयो । सिंचाइका लागि ल्याएको नहरको पानी जमेर यहाँ ताल बन्यो । मुहानबाट २० हजार फिट टाढा बनेको यस तालको नाम नै बीसहजारी ताल रह्यो । समय बित्दै जाँदा यो क्षेत्र राम्रो सिमसार बन्यो । यहाँको ३२ सय हेक्टर मध्ये १ सय हेक्टर जमिन अझै पनि पानीले ढाकेको छ । यसको छेउमा १७ हजारी र २८ हजारी नामका ससाना ताल पनि छन ।

बिसहजारी सिमसार क्षेत्रमा अहिले १७ प्रजातिका माछा पाइन्छन । दुर्लभ घडियाल गोही र धेरै थरि चराको वासस्थान बनेको छ, यो तालक्षेत्र । ताल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको छ । त्यसैले यो क्षेत्र दुर्लभ पाटे बाघ र एक सिंगे गैंडाको समेत वासस्थान बनेको छ । धेरै प्रजातिका वनस्पति, जलचर, चराचुरुङ्गी र जनावर पाइने हुँदा यो क्षेत्र जैविक विविधताका हिसाबले अत्यन्त महत्वपूर्ण छ ।

सिमसार क्षेत्रको महत्व जैबिक बिबिधतामा मात्रै सिमित छैन । यो त स्थानीय मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । यस्ता सिमसार क्षेत्रहरु मध्ये धेरै धार्मिक र सांस्कृतिक महत्वका छन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त सबै सिमसार क्षेत्रले मानिसलाई कुनै न कुनै रुपमा आर्थिक फाइदा दिएको छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
बिसहजारी तालको फाइदा गाउँलाई र देशलाई नै ................. छ ।

यो तालको अर्को आकर्षण भनेको हिउँदमा जाडो छल्न र बच्चा हुर्काउन आउने परदेशी चराहरु हुन । जैबिक बिबिधताले भरिपूर्ण यो ताल संरक्षणकै लागि आठ बर्ष अघि यसलाई रामसार सूचिमा सूचिकृत गरिएको छ । रामसार महासन्धीले सिमसार क्षेत्रको दिगो उपयोग र सहभागितामुलक संरक्षणमा जोड दिएको छ । सिमसारलाई जस्ताको तस्तै राख्न संरक्षणका काममा विशेष ध्यान दिनु आवश्यक छ ।

कृष्ण आचार्य ः टिकौली मध्यवर्ती सामुदायिक वन, चितवन
तालको सफाइ गर्न सकेमा निक्कै राम्रो हुने थियो ............. काम गर्न सकेको छैन ।

बिसहजारी तालसम्म पुग्न धेरै गाह्रो छैन । पूर्व पश्चिम राजमार्गमा पर्ने टिकौलीबाट ३ किलोमिटर भित्र छिरेपछि यो ताल भेटिन्छ । ताल वरिपरि मृगका बथान प्रशस्तै देख्न पाइन्छ । जंगलमा छिर्ने बित्तिकै सुनिने थरी थरीका चराहरुको आवाजले जोकोहीलाई आनन्दीत बनाउँछ ।

जगत बहादुर गुरुङ ः पोखरा,४, कास्की
वातावरण भने जस्तो नपाएको फेवातालमा निक्कै हल्लाखल्ला छ भने यहाँ शान्त छ । ............।

तालबाट प्रत्यक्ष फाइदा नपाएपछि संरक्षणका काममा स्थानीय मानिसहरुलाई सहभागी गराउन सकिएको छैन । उनीहरु मन नलागी नलागी यो क्षेत्रको संरक्षणका काम गरिरहेका छन ।
नेपाल सरकारले अनुमोदन गरेपछि सन् १९८८ साल अप्रील महिनाको १७ तारिखदेखि नेपालमा यो सन्धी लागु भएको हो । अहिलेसम्म तराई, पहाड र हिमाली क्षेत्रका समेत गरि ९ वटा सिमसार क्षेत्रहरु रामसारमा सूचिकृत भएका छन । यसले ३४,४५५ हेक्टर क्षेत्रफल ओगटेको छ । रामसारमा परेका सिमासार क्षेत्रहरुमा १७२ प्रजातिका माछा, १९० प्रजातिका चरा, दुर्लभ घडियाल गोही, मगर गोही समेत गरि झण्डै ३७० विभिन्न प्रजातिका जीवजन्तु र चराचुरुङ्गी पाइन्छन । त्यसैले जैबिक बिबधता संरक्षणका हिसाबले यी क्षेत्रहरु संसारकै उत्कृष्ट नमुना हुन ।

गैडाहवाताल
रुपन्देही बिष्णुपुराको गैडाहवा तालमा कुनै बेला एकसिंगे गैंडा आहाल बस्थ्यो भन्ने भनाई छ । त्यही भएर यो तालको नाम गैडाहवा राखिएको स्थानीय मानिसको विश्वास छ । तर अहिले अबस्था फेरिएको छ । करिव ६५ हेक्टर क्षेत्रमा फैलिएको तालको पानी सकेर चरण क्षेत्र भएको छ ।

बर्खामा पानी परको बेला यो तालमा पानी जम्मा हुन्छ । त्यही पानीले विष्णुपुरा गाउँको पाँच सय बिगाहा खेतमा सिँचाई पुग्छ । सिंचाईका लागि तालको पानी निकाल्दा कति पानी तालमा छोड्ने भन्ने नियम छैन । त्यसैले ताल सुकाएरै खेतिका लागि पानी लगिन्छ ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
ताल बिभिन्न कारणले सुकेको हो ।

तालको पानी सुक्नुको कारण अर्को पनि छ । केही बर्ष अघिसम्म गैंडहवा ताल माछा पालनका लागि ठेक्कामा दिने चलन थियो । गाउँ विकास समितिलाई ५ बर्षका लागि ८ लाख रुपैयाँ तिररे पोखरीमा माछा पाल्न थालियो । ठूलो भएपछि बिक्रिका लागि माछा समाउन गा¥हो भयो । उनीहरुले सजिलो उपाय निकाले । तालको पानी मेसिन लाएर बाहिर फ्याक्ने अनि माछा समाउने । यसले गर्दा तालको पानी बाहिर गयो र ताल हिउँदमा गाइवस्तुको चरण बन्यो ।

वाबुराम मल्ल ः अध्यक्ष, गैडाहवा ताल संरक्षण तदर्थ समिती, रुपन्देही
तालबाट उठ्ने पैसा गाबिसले अरु कामकै लागि प्रयोग गर्छ । ................... ।

ताल छेउकै स्थानिय बासिन्दाले यस्तो कामको बिरोध गरे । बिरोध साम्य पार्न संरक्षणको जिम्मेवारी स्थानीय वासिन्दालाई नै दिने कुरा भयो । ताल संरक्षणका लागि ६ बर्ष पहिले तदर्थ समिति बन्यो । ताल संरक्षणमा लागेकाहरुले व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानिय वासिन्दालाई दिन माग गरे । तर उनीहरुको कुरा सुनिएन । त्यसको परिणाम ताल अहिलेको अवस्थमा आइपुग्यो । पटेरा, रातो हाँस, बकुल्लाका विभिन्न प्रजातिहरु तालको पानीसँगै हराउँदैछन । हिउँदमा आउने परदेशी चराहरु समेत अब देखिन छाडेका छन ।

तुलबहादुर बिक ः बिष्णुपुरा १, गैडहवाताल, रुपन्देही
ताल भएकोमा धेरै फाइदा छ स्थानिय मानिसलाई......... ।

धेरै धार्मिक पर्यटक आउने लुम्वनी देखि १२ किलो मिटर मात्र टाढा रहेको यो तालमा पर्यटनको सम्भावना निक्कै छ । तर त्यसका लागि सबैले काम गर्न जरुरी छ ।

जगदिसपुर ताल

चालिस बर्ष अघि सम्म यहाँ मानिसको बसोबास थियो । अहिले पानी नै पानी भएको यो ठाउँमा जगिरा नामको सानो ताल थियो । त्यही जगिरा तालमा मानिसहरु माछा मार्थे, पौडि खेल्थे ।

कपिलवस्तुको निग्लिहवामा रहेको यो मानव निर्मित तालको १५७ हेक्टर पानीले भरिएको छ । यो पानी बाणगंगा नदीबाट सिंचाइका लागि ल्याइएको हो । लक्षणघाटमा बाँध बाँधेर ल्याएको पानी यहाँको बस्ती उठाएर जमाइयो । जगिरा ताल भएको ठाउँमा सिंचाइका लागि ल्याएको पानी जमाएपछि जगदिशपुर ताल भन्न थालियो । यो नेपालकै ठूलो मानव निर्मित ताल बन्यो ।

राजेन्द्र धरिकार ः निग्लीहवा १, जगदिसपुर, कपिलवस्तु
कुनै बेला गाउँ भएको कुरा...................।

तालको पानीले कपिलबस्तु जिल्लाकै आधा भागमा सिंचाइ सुविधा पुगेको छ । यहाँको पानीले ६ हजार २ सय हेक्टरमा सिंचाई सुविधा पुगेको छ ।

आत्मराम पौडेल ः निग्लीहवा,२, जगदिसपुर, रुपन्देही
ताल नभएको भए धेरै ठाउमा सिंचाइको काम हुन गा¥हो छ । ......... ।

त्यति मात्र होइन अहिले यो तालमा १३ प्रजातिका पानीमा पाइने बनस्पति छन् । माछाका २५ प्रजाति, १८ प्रजातिका घरपालुवा र जंगली जनावरहरु र ४२ प्रजातिका पन्छीले यही तलाउमा आश्रय पाएका छन ।

जाडोको बेला यो तालको रौनक झन बढ्छ । हिमाली भेगका चराहरु यहाँसम्म आउँछन्, बच्चा हुर्काउँछन र गर्मी बढेपछि फेरी हिमालतिरै फर्कन्छन् । यही महत्वकै कारण यो क्षेत्र पनि रामसारमा सूचिकृत भएको छ ।

जैबिक बिबिधताले धनि यो ठाउँलाई बेलाबेलामा मिचाहा प्रवृतिका लेउ र झारले ढाक्ने गर्छ । केही समय अघि यस्तै झारले तालको पानी ढाक्यो । नेपाल पन्क्षी संरक्षण संघ लगायत अन्य संघसंस्थाको सहयोगमा स्थानीय मानिसहरुले ताल सफा गरे । तालबाट निकालेको जलकुम्भीको उपयोग गर्ने विचार गरे । स्थानीय रुपमा पाइने अरु झार मिसाए र हस्तकलाका आकर्षक सामाग्री बनाए । यहाँ आउनेहरुले अहिले पनि यस्ता सामानहरु जगदिसपुरको चिनोका रुपमा लान्छन् ।

घोडाघोडी ताल
एक सय चालिस प्रजातिका चरा, २९ प्रजातिका माछा, नौ प्रजातिका घस्रने जनावर र ४५० प्रजातिका वनस्पति पाइने घोडाघोडी ताल रामसारमा सूचिकृति अर्को संरक्षित क्षेत्र हो । कैलालीको दरख, रामशिखरझाला र साँडेपानी गाउँ विकास समितीको २५६३ हेक्टर भूभागमा यो ताल फैलिएको छ । प्राकृतिक रुपमै रहेको यो तालमा संरक्षणका काम सुरु गरेपछि यसको अवस्था सुधार भएको छ । संरक्षणका काम गर्नुभन्दा अगाडि सम्म तालको धेरै पानी खेतमा लगिन्थ्यो । ताल सुकेको थियो ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
ताल कुनै बेला सुकेर नौटकी भएको थियो । खेती गर्नेलाई निक्कै फाइदा भएको छ ।

अहिले अबस्था फरिएको छ । तालमा पानी भरिएको छ । गोही, कछुवा र चराहरु रमाउन थालेका छन् । जाडो मौसममा यहाँ झन रमाइलो हुन्छ । परदेशसी चराहरुको झुण्ड साइबेरिया देखि यहाँसम्म आइपुग्छ । हिजोआज यहाँ रमाइलोका लागि आउनेहरुको संख्या पनि बढीरहेको छ ।

बेपतराम चौधरी, डुङ्गा चालक, घोडाघोडी ताल, कैलाली
स्थानिय रुपमा मानिसहरु आएर बसेमा स्थानियलाई नै फाइदा हुने ।

डुङ्गा चढेर ताल घुम्ने र वनभोजका लागि आउनेहरुबाट सानो तिनो आम्दानी भइरहेको छ । यस्तो आम्दानी ताल संरक्षणमै खर्च भइरहेको छ ।

यो ताल थारुहरुका लागि अति नै महत्वपूर्ण छ । यहाँको मन्दिर उनीहरुको धार्मिक स्थाल पनि हो । ताल सँगै रहेको सनातन धर्म संस्कृति बेदबिद्याश्रममा आर्थिक अबस्था कमजोर भएका २० जना बिद्यार्थी पढ्छन् । तालमा उठेको रकम यिनै बिद्यार्थीका लागि खर्च हुन्छ ।

नारायण क्षेत्री दरख गाउँबिकास समिती १,लक्ष्मीपुर, कैलाली
एक लाख रुपैया उठ्छ सनातन बिद्यालयमा खर्च गरका छौ ।

यो ताल चुरे र भावर क्षेत्रमा छ । यसले यो भन्दा तल्लो तराईका लागि सिंचाईको काम गर्छ । यहाँ पाइने केही प्रजातिका चराहरु अन्यत्र कहिं पनि पाईंदैनन । त्यसैले यस्ता सिमसार मासिनु भनेको एउटा सिंगो प्रजातिको वंश नासहुनु हो ।

शुक्लाफाँटा वन्य जन्तु आरक्ष
ताल मात्रै होइन तराईमा फाँटा सहितका सिमसार क्षेत्र पनि त्यत्तिकै महत्वपूर्ण छन । ठूलाठूला घाँसे मैदान भएको शुक्लाफाँटा वन्य जन्तु आरक्ष विश्वमै धेरै बाह्रसिंगा पाइने संरक्षित क्षेत्र हो । भर्खरै गरिएको गणना अुनसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या १८ सयको हाराहारीमा पुगेको छ । त्यसो त यहाँ लोपोन्मुख पाटेबाघ र चितवनबाट ल्याइएका एकसिंगे गैडा पनि छन ।

खरमयुर, धनेश, सारस लगायत ४२४ थरिका पन्छीका लागि यो आरक्ष बासस्थान हो । २४३ बर्ग किलोमिटरमा फैलिएको आरक्षमा तीन थरिका माछा र २५ थरिका पुतली पनि पाइन्छन । संरक्षीत क्षेत्रलाई जनताबाट पर राखेर होइन जनता सँगसँगै लैजाने प्रयासको भएको छ ।

युवराज रेग्मी ः प्रमुख संरक्षण अधिकृत,
शुक्लफाँटा वन्यजन्तु आरक्ष
संरक्षणले जनतालाई फाइदा पु¥याउने.............. ।
प्रत्यक्ष सरोकारवालालाई फाइदा नपु¥याइ संरक्षण असम्भव.. ।

महत्वपूर्ण सिमसार क्षेत्रको अध्ययनको यो काम बिसहजारीबाट सुरु भएर शुक्लाफाँटामा अन्त्य भयो । नेपाल वातावरण पत्रकार समूहले सिमसार संरक्षण तथा सदुपयोग आयोजनाको सहयोगमा विभिन्न संचार माध्याममा काम गरिरहेका पत्रकारहरुका लागि सिमसार क्षेत्रको अवस्था हेर्ने व्यवस्था मिलाएको थियो । पत्रकारहरुले विभिन्न ठाउँमा संरक्षणका काममा स्थानिय मानिसको चासो कम हुनुको कारण पहिल्याउने कोशिस गरे ।

प्रकाश ः तराई भूपरिधी कार्यक्रम
संरक्षण निरपेक्ष हुदैन । जनतालाई फाइदा नल्याई संरक्षण गर्न सकिन्न ।

माधव खड्का ः डब्लुडब्लुएफ नेपाल
जनताको लागि संरक्षण भन्ने भएन भने काम हुदैन ।

बिजयराज पौडेल ः क्षेत्रीय निर्देशक, सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्दैशनालय, धनगढी, कैलाली
सिमसार क्षेत्रलाई संरक्षणमा भैरहेको प्रयास.............

संरक्षणका काममा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । यहाँ भएका राम्रा र नराम्रा कुराहरु बाहिर आउन सके भने यसले अगाडि बढ्न थप बल पुर्याउँछ ।

माधव घिमिरे, रेडियो नेपाल
अरुले बनाइ दिएको कल्पना भन्दा फरक छ । ........ ।
यसले फाइदा पु¥याउला संरक्षणमा......... ।

सीमा लामा, हिमालयन टेलीभिजन
संरक्षणको पर्खाइमा छ सिमसार क्षेत्र ।
समन्वयको अभाव......... ।

मुना कुँवर, न्युज ट्वान्टीफोर
मलाई पनि फाइदा भएको छ । सिमसारको बारेमा निक्कै बुझेकी छु ।
फाइदा स्थानिय जनताले भन्ने बुझे जस्तो छैन ।

राजेन्द्र बस्नेत ः सचिव, नेपाल वातावरण पत्रकार समुह
उचित ब्यबस्थापनको अभाव छ । अपनत्व पनि कम छ ।
भ्रमण उपलब्धी पूर्ण........

No comments:

Post a Comment