Tuesday, June 7, 2011

ओक्स्फाम नेपालको लागि बनाइको डोकुमेन्तरी ।

महिला शक्ति

सुर्खेत मैनतडाकी देबी सुनारलाई कुनै दिन गाउँकै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बनेर बिद्यालयको सबै काम हेरुला भन्ने लाग्दैनथ्यो । सधै घरकै काममा ब्यस्त हुने उनी यस्ता काम पुरुषको हो भन्ने ठान्थिन ।

समयसँगै उनको सोच फेरियो । गाउँमा भएको छलफल कक्षाले यसरी परिवर्तन ल्याएको हो । छलफल कक्षाकै कारण महिलाहरु चुल्हो चौकोबाट बाहिरी दुनियामा निक्लन सक्ने भएका छन् ।

देबी अहिले गाउँको देउती प्राथमिक बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष छिन् । अनि गाउँका दिदी बिहिनीको लागि अगुवा पनि । देवी यो गाउँकी स्वस्थ्य स्वयं सेबिका पनि हुन ।

एक बर्ष अगाडि भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने ईच्छा गर्दा धेरै पुरुषले पत्याएनन् । तर भेलामा महिला नै अध्यक्ष बन्नुपर्ने कुरा जोडतोडका साथ उठ्यो । विवाद भयो । महिलाहरु एक भए र आफ्ना कुरा राखे ।

तिल प्रसाद शर्मा ः शिक्षक, देउती प्राबि मैनतडा, सुर्खेत
२३.४० महिलाहरुले हामी अध्यक्ष गर्छौ । तंपाईहरुले अहिले सम्म गरिसक्नु भयो । अहिले हामीलाई दिनुस् । हामीलाई पनि सेवा गर्नु छ ।

देवी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
५९.४८ कोही केही पुरुषले त अझ के सम्म भन्नु भो त्यसो भए महिलालाई अध्यक्ष राख्ने भए बिद्यालयको नाम पनि महिला राख्ने भन्ने कुराकानी भयो । त्यति भइन्जेल सम्म पनि हामी पनि बस्न पाउछौ के त्यसो भए अहिले सम्म बिद्यालयको नाम पुरुष रेहो थियो त ? अहिले महिला रेहपछि महिला राख्ने ? ६१.१४

धेरै छलफल पछि देवी बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष चुनिइन । अध्यक्ष भएको पहिलो बर्ष बिद्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यलयबाट ५० हजार रुपैयाँ ल्याइन । यो पैसाले स्कुल वरिपरि तारबार लगाइयो । लामो समयदेखि अधुरो रहेको शौचालय बनाउने काम पुरा भयो । कक्षा कोठाको भित्री भाग प्लाष्टर गरियो । सहयोग रकम थोरै भएपनि यसले धेरै काम गर्यो ।

बेदप्रसाद शर्मा ः शिक्षक, देउती प्राथमिक बिद्यालय, मैनतडा, सुर्खेत
५६.०७ यहाँहरुले ५० हजारको मर्मत ल्याएर ३ वटा कोठा बनाउन भनेर ल्याको बजेटले कोठा बनाएर दुइटा ट्वाइलेट छ यो पनि बाहिर प्लाटर थिएन । त्यहीबाट बचेको पैसाले समितीले चाही आफ्नो ज्यालाहरु समिती मार्फत गराएर खान पर्ने ज्याला पनि नखाएर यो काम गर्नु भाछ । ५६.३६

यति धेरै काम देवीको एक्लो प्रयासले मात्रै भएको होइन । उनलाई साथ दिने र सहयोग गर्नेहरु धेरै छन् ।

पुसे कामी ः मैनतडा,९, धारापानी, सुर्खेत
८.१६ पहिलेको समितीले के गनुहुन्थ्यो उहाँहरुले पारदर्शी नगर्ने योजना कति आउँछ कति लगानी हुन्छ कति सिध्यो कति बच्यो कति घाटा भयो भन्ने त्यो लेखा जोखा नगर्ने अहिलेको समितीमा थोरै रकम अएपनि हामीसबैलाई यति रकम आयो यो यो कामा गरिम भन्ने अहिले धेरै परिवर्तन आको छ । ८.४१

अक्सफाम नेपालले चलाएको महिला आवाज परियोजनाले महिलाहरुलाई समाजमा केही गर्न सक्ने बनाएको हो । गाउँघरमा संचालन हुने धेरै योजनामा महिलाको पहुँच पुग्न सकेको थिएन । अनि स्थानीय स्तरमा संचालन भइरहेका विकास निर्माणका कामले महिलाको स्तर उकास्न खासै सहयोग गरेको थिएन । वन, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीमा आउने योजनाका काम पुरुषहरुले चाहेजसरी हुन्थे । तर गाउँका समस्या समाधान गर्न महिला संगठित भएपछि अहिले अवस्था फेरिएको छ । महिलाहरु आफ्नो अधिकारका कुरा गर्न सक्ने भएका छन् । अनि गाउँमा हुने विकास निर्माण लगायतका हरेक संरचनामा महिलाहरुले आफ्नो सहभागिताका लागि पैरवी गरिरहेका छन ।

महिला आवाज परियोजना सञ्चालन भएको दैलेख, सुर्खेत र बर्दिया जिल्लाका तीन तीन वटा गाउँ विकास समितीमा अहिले सम्म १२ सय भन्दा बढि महिलाहरु प्रत्यक्ष रुपमा विकास निर्माणका काममा संलग्न छन ।

भीमकला शाही ः मैनतडा ९, सुर्खेत
१३.३८ महिलाहरुको हक अकिकार कहाँ सम्म कति अधिकार छन् भनेर मात्रै नहुने आफ्नो कतब्य पनि अत्रिनु पर्ने कुराहरु बुझियो । १३.५२

देबी कुमारी सुनार ः अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिती देउती प्राबि मैनतडा,सुर्खेत
१९.३० महिलाहरु हामीले ब्यबस्थापनमा बस्न पाउँछौ भन्ने थाहा थिएन हामी पनि बस्न पाउछौ र हामी महिलाको हक र अधिकार यहाा सम्म हुन्छ भन्ने थाहा थिएन । यो छलफल कक्षामा आएपछि हामी महिला पनि हरेक संरचनामा बस्न पर्ने रैछ । २०.०४
२०.२४ पुरुषले त्यस्सै पद खाउ भनेर भन्नु हुदैन । हामी खोसेर पनि ल्याउन पाउने रैछौ भन्ने कुरा थाहा भयो । २०३३

बर्दियाको मैनापोखर बडैयाका महिलाहरु भने मातृशिशु घर बनाउने तयारीमा छन् । यहाँबाट नजिकको स्वास्थ्य चौकी सम्म पुग्न झण्डै डेढ घन्टा लाग्छ । गर्भवती र काखमा साना बच्चा भएका महिलाहरुलाई त यहाँसम्म पुग्न झन बढि समय लाग्छ । गाउँमा केही गर्न परे बस्ने ठाउँ छैन । यिनै समस्यालाई कम गर्न उनीहरुले मातृशिशु घर बनाउने निर्णय गरे र पैसा खोज्न थाले ।

यो भन्दा पहिला गाउँमा संचालन भएका योजनाहरुको हिसाब किताब हेरे । यस्ता योजनामा खर्च भएर बचेको पैसा गाउँका केही पुरुषहरुसँग भएको पत्ता लगाए । अनि महिलाहरु सबै मिलेर त्यस्तो पैसाको हिसाव किताव मागे । तर योजनाको हिसाब किताब राख्नेहरुले बर्षौ सम्म खान पाएको पैसा सजिलै दिन मानेनन् । महिलाहरु एक भए । हिसाब किताब थाहा पाउन प्रहरी प्रशासन सम्म जाने निधो गरे । यसपछि भने बर्षौ पहिले योजनाका नाममा आएको पैसा खानेहरु त्यस्तो पैसा निकाल्न बाध्य भए । यसरी जम्मा भएको पैसा भवन बनाउन खर्च गर्ने निधो गरे ।

सचिला थारु मैनापोखर ३, बढैया, बर्दिया
यहाँको पुरुषहरुले त्यो पैसा दबेको थियो । पहिला धेरै बिकास गथ्र्यो त्यस्तो बेला पैसा बचेको थियो । त्यहाँ हाम्रो एक जना बुद्धिजिबी हुनुहुन्छ । ११ हजार त्यौ पैसा दब्नु भएको थियो । एक जना नौ हजार त्यस्तो पैसा खोज भयो के । यो पैसा को कोले राख्या छ बचेको पैसा ।

चुल्हाही प्रसाद थारु मैनापोखर ३, बढैया, बर्दिया
पहिले पहिलो गाउँ समाजमा उठेको पैसा जस्ले जस्ले राख्यो तुरुन्तै सितिमिति दिदैनथ्यो । अलिहे यिनीहरुले पहल गर्दा यिनीहरुले पुरुषले कहाँ कहाँ गराउँछन हामीलाइ बताउँदैनन् । हामीलाई बिसाव देखाउँनन् । अनि त्यो पैसा हामीले दिएपछि सदुपयोग गर्छौ भनर महिलाहरुले पहल गरेका छन् ।

त्यतिले मात्रै भवन बन्ने कुरा संभव थिएन । मंसीरमा धान पाकेको बेला खेतमै गएर चन्दा मागे । महिलाहरु आफैले झन्डै एक लाख रुपैया जम्मा गरे ।

यतिले भवन बनाउन चाहिने पैसा पुगेन । थप सहयोगका लागि उनीहरु गाउँ विकास समितिमा गए । गाउँ विकास समितिले आलटाल गर्यो । तर महिलाहरुले कार्यालयमा धर्ना दिए ।

कल्पना थारु , मैनापोखर ३, बढैया, बर्दिया
भवन घरको लागि हामी चार दिन धर्ना बस्यौ । दिनकै डेलीगेसन गइयो । गाबिसमा जुटहला कक्षाका गाउँका पनि दिदी बिहिनीहरु गएर चारपाँच दिन माग्यौ । हामीलई भवन घर बनाउनको कालािग एकलाख दिन पछ भनेर ।

सुमा चौधरी, मैनापोखर ३, बडैया, बर्दिया
हाम्रो गाउँमा कुनै भवन छैन । त्यही भएर हामी मिलेर भवन बनाउन एक लाख रुपैया चाहियो भनेर गाबिसमा कुरा राख्यौ ।

मोहनप्रसाद लम्साल, सचिव, मैनापोखर, बर्दिया
गाउँको समाजिक कार्य गर्दा पनि प्रयोग होस महिला र बालबालिको लागि पनि गाउँघर क्लिनिक, खोप क्लिनिक सञ्चालनको लागि सुबिधा हुने भयो सामाजिक भवन भएपछि । त्यो हिसावले त्यहाँका दिदी बहिनीहरुल साह्रै इच्छुक हुनु भयो । जागरुक भएर उहाँहरुले पटकपटक माग राख्नु भयो । हामीले यस्तो यस्तो काम गर्न लागेको छौ । केही सहयोग गरिदिनु प¥यो भनेर उहाँहरुले राख्नु भयो ।

राम्रो कामका अगाडि सबै हार खाए । मातृशिशु घर बनाउन गाउँ परिषदको सर्बसम्मत निर्णयले एक लाख रुपैयाँ प्राप्त भयो । बडैयाका महिलाहरुको खुशीको सिमा रहेन ।

मोहनप्रसाद लम्साल, सचिब, मैनापोखर, बर्दिया
पटक पटक धेरै पटक आउनु भो । योजना तर्जुमा सुरु भए देखि लिएर परिषद सम्म छुट्नु भएन । उहाँहरु मासै आउनुहुन्थ्यो ।
एलडिसिपीको कार्यक्रमबाट १ लाख रुपैया समुदायिक भवनका लागि बिनियोजन गरेपछि साह्रै खुशी भएर उहाँहरु ताली लगाएर हाम्रो यो हललाई नै गुञ्जयमान बनाएर खुशी साथ जानु भयो । त्यही अनुसार कामको सिलसिला अघि बढाइएको छ ।

अहिले उनीहरुसँग अब बन्ने घरको खेस्रा नक्सा छ । अनि एउटा सुन्दर घर बनाउने कल्पना साँचेका छन, बडैयाका महिलाहरुले ।

फूलमती थारु ः बडैया, बर्दिया
त्यो पुरै हाम्रो धर्म भकारीको जग्गा हो । यो यस्तो गोलो गोलो गरेका पिल्लर हो । यो बरन्डा हो । ढोका हो यो ढोका निरैको बैढक कोठा । यसरी जाँदा यो चाही अफिस रुम हो । यो चाही झ्याल हो । यो पनि झ्याल अनि यो पनि झ्याल र यो पनि झ्याल हो । जम्मा गरेर ६ वटा झ्याल छ । यसरी पस्दा यो चाही पहिलो कोठा हो बरण्डा चाही खुल्ला हुन्छ । यसरी नै धर्मघरमा बनेको क्लिनीक घरको नक्सा तयार गरेका छौ ।


अहिले पनि उनीहरु जुटहेलामा आफ्नोे समस्या माथी छलफल गर्छन् र समाधानको उपाय निकाल्छन । महिलाहरुलाई एक भएर अगि बढ्न प्रोत्साहन गर्छन ।

गीत
ए सुन्नुस दिदी बहिनी सुन्नुस् दाजुभाइ
महिलालाई दिऔ समान अधिकार ।

पछि परेका छन् महिलाको जात
सोधी खोजी गरी बढौ नीति निमार्णमा ।

दैलेख जिल्ला गोगनपानीमा पर्ने नौतल्ले गाउँको जमिन निक्कै मलिलो छ । तर यो ठाउँ निक्कै सुख्खा छ । पानी ल्याउन सक्ने हो भने यहाँ धेरै कुरा फलाउन सकिन्छ ।

लक्ष्मी राना ः अध्यक्ष, रोल्पाली खोला सिचाई आयोजना, गोगनपानी १, नौतल्ले दैलेख
२१.५६ फलफूलमा सुन्तलाहरु ह्ुन्छ । माल्टा हुन्छ । कागती हुन्छ । अमिलो हुन्छ । तरकारी भन्दा आलु बन्दा काउली टमाटर हुन्छ खोर्सनी हुन्छ । २२.१२

कुनै बेला गोगनपानी गाउँमा खानेपानीको समस्या थियो । गाउँ छेउको कुवामा अलिअलि पानी रसाउँथ्यो ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले, दैलेख
२५.१२ आधा घन्टाको बाटो हिड्न पथ्र्यो । हामीलाई गाग्रीमा ल्याउँथ्यो पहिला । तर सबै गाउँलाई नपुग्ने अनि जो अगाडि पुग्यो उसले दुई चार गाग्री ल्यायो अरुलाइ भर्न भने घन्टौ समय लाग्थ्यो । २५.३३
२६.१२ बिहान फुकायो लग्यो । तल खोलामा बेलुकी फरक्यो । भोली पल्ट फेरी भेरी खोलामा लग्यो । २६.२५

पानीको समस्याबाट मुक्ति पाउन यहाँका मानिसहरु धेरै चोटि जिल्लामा रहेको खानेपानी कार्यलय धाए । समस्याको सुनुवाई त भयो तर खानेपानी ल्याउन चाहिने सामान सुर्खेतबाट ओसार्नु पर्ने भयो । सधैभरि पानी बोक्ने समस्याबाट मुक्ति पाउन गोगनपानीका बासिन्दाले दुई दिन टाढाको बाटो सुर्खेत पुगेर सामान ओसारे ।

खड्ग बहादुर राना ः गोगनपानी १, नौतल्ले , दैलेख
२६.४० नेपाल गञ्जबाट सुर्खेत एयरपोर्टमा प्लेनले सामान फाल्थ्यो । त्यहाँबाट सबै बोकेर ल्याउँथ्यो हामीहरुले । त्यो पानीको दुःखले गर्दा खेरीमा पायपहरु सिमेन्टहरु उहाँबाट बोकेर ल्यायो हामीहरुले । २७.०४

खानेपानीको समस्या टर्यो । अनि सुरु भयो सिंचाइका लागि पानी ल्याउने अभियान । महिलाको नेतृत्वमा गाउँले सबै मिलेर छलफल गरे, पानीको स्रोत खोजे र गाउँ भन्दा तीन किलोमिटर परको रोल्पाली खोलाबाट पानी ल्याउने निधो गरे ।

सिंचाई योजनाको काम गर्न लक्ष्मी रानाको अध्यक्षतामा पाँच जना महिला सहित नौ जनाको समिति बन्यो ।

समितीले तत्कालै सिंचाईका लागि चाहिने पैसा जुटाउने काम थाल्यो । उनीहरु विभिन्न बिभिन्न संघ संस्थामा गए, गाउँको समस्या सुनाए । अहिले उनीहरुसँग चारलाख जति रुपैयाँ जम्मा भएको छ । नपुग पैसा बराबर सबै घरले श्रमदान गर्ने निर्णयका साथ उनीहरुले काम थालेका छन ।

सिंचाई योजनाको काम सुरु भैसकेको छ । उनीहरुले एकै दिनमा खोलाबाट पाँच मुरी बालुवा ओसारिसके ।

कलमबहादुर शाही ः गोगनपानी १ , नौतल्ले दैलेख
४२.१० हामीले १२ रुपैया पाथी भनेका छौ उहाँहरुले मान्नु भएको छैन । ४२.३०
४२.४० खानेपानी खाने मात्रै भयो । सिचाइलाई हामीलाई भएन । सुख्खा प¥यो कि अलि । ४२.५२

यहाँका महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउने काम भने गाउँमा संचालन भएको छलफल कक्षाले गरेको हो । सुरुमा महिलालाई साक्षर बनाउन यस्तो कक्षा संचालन भयो । आफ्ना अधिकारका बारेमा जान्दै गएपछि छलफल कक्षामा महिलाले झेलेका समस्या माथि छलफल हुन थाल्यो । विस्तारै उनीहरु एक भए । गाउँमा संचालन हुने योजनामा चासो दिन थाले । महिलालाई सुविधा हुने खालका योजना ल्याउन आवाज उठाए । अनि गाउँमा भएका शिक्षा, विकास निर्माण र समाज सेवा जस्ता संरचनामा सहभागिता जनाए, नेतृत्व लिए । महिलाहरुले छलफल कक्षा सुरु गर्दा पुरुषहरुले निक्कै कुरा काटे ।

लक्ष्मी राना ः अध्यक्ष , रोल्पाली खोला सिचाई आयोजना गोगनपानी १, नौतल्ले दैलेख
२८.५४ उस्तै मान्ेले त क्याम्पस गए माहिलाहरु ऋब पढ्न जाने र ेघरको कम कस्ले गरिदिन्छ अरे उत बस अरे । खर्च सामान लगर जाऔ अरे कतै वास बस्ने उतै पढ्न समन पनि भन्नु भयो । २९.१०
४३.१८

अहिले पनि गाउँका समस्यामा पहिला छलफल कक्षामा कुरा हुन्छ । अनि त्यहीं समाधानका उपाए पनि निस्कन्छन ।

पूर्ण राना ः गोगनपानी १, नौतल्ले दैलेख
४३.१८ घर भित्रको काम घास काट्ने दाउरा काट्ने गाइबस्तु हेर्ने छोराछोरी लाई स्कुल पठाउने त्यस्तै गरेर हामी बाहिर जान सकेनौ । ४३.३२

महिलाहरुको यो प्रयास अब गाउँमा मात्रै सिमित छैन । उनीहरुले आफ्ना कुरा जिल्ला तहमा पनि पु¥याएका छन् । बेलाबेलामा हुने सार्बजानिक सुनुवाईमा उनीहरु आउँछन् र गाउँटोलमा भोग्नु परेका समस्याहरु सम्बन्धित निकायलाई सुनाउँछन् ।

दैलेख

जिल्ला प्रहरी कार्यलयमा पीतित महिला त आउनुहुन्छ तर महिलाहरु सबै लेख्न र पढ्न जान्नुहुन्न । उहाँहरुको त्यो निबेदन दिन नसक्ने भाको हुनाले फर्केर महिला बिकास मञ्च जानुहुन्छ कहिले बकिलहरु खोज्नुहुन्छ एउटा ठाडो निबेदन लेख्न पनि सक्नुहुन्न जो मौखिक सुनुवाई हुने भैदिएको भए छिटो छरितो सेवा पाउने थिए ।


प्राथमिक बिद्यालयमा पाँच पास अनि निमाबिमा ८ पास अनि माबिमा एसएलसि पास भनेको छ होइन त्यसमा चाही माबिमा एसएलसी पास महिलाले मात्र काम गर्न सक्छन् । त्यो आठ पास महिलाले मात्र काम गर्न सक्छन् ? त्यो आठ पास महिलाले त्यो एसएलसी पास महिलालाई जित्न सक्छ उसको योग्याताले ।


निमित जिल्ला शिक्षा अधिकारी
शैक्षिक योग्यता नहुँदा नहुदै पनि अन्या क्षमता होला तर सबैमा त्यसो हुदैन । एउटा सर्ब मान्य सिद्धान्त के हो भने एकेडेमीक क्वलीफिकेसन हुने सँग अन्य क्वालीफिकेसन पनि पक्कै हुन्छ ।

आफ्ना आफ्ना मान्छेलाई राख्नु हुन्छ । सरकारको नियम आफ्नो मान्छेलाई राख्ने हो कि दलित जनजाति पिछडिएकालाई ग्रह्यता दिने हो ?
पहिला हाम्रो गाउँको वनमा पुरुष हुनुहुन्थ्यो । उहाँहरुले वनको खासै चासो दिनु भएन ।

वनअधिकृत
वनको घास दाउरा सोतरको प्रयोग गर्ने कुरा छ यो सदुपयोगको कुरामा वन पैदावारको तुलनामा महिला दिदी बहिनीको प्रत्यक्ष रुपमा त्यसमा चाही संलग्न हुन्छ । सामुदायिक वनको समितीमा अनिवार्य रुपमा ५० प्रतिशत महिलाहरु सहभागीता हाम्रो सामुदायिक वन बिकास निर्दैशकाले किटान गरेको छ । त्यस्तै कि पोस्टमा खास गरी अध्यक्ष , सचिव वा कोषाध्यक्षमा अध्यक्ष सचिव वा कोषाध्यक्ष मध्ये एक हुनै पर्ने । त्यसै गरि त्यो समुहको खाता सञ्चालन गर्दा महिला र पुरुष अनिबार्य हुनुपर्ने भन्ने छ ।

मेरो घर लाटीचौर । रोगब्याधिले मार्न लाग्यो । यसरी रोगब्याधिको उपचार पाउँछु कि पाउँदिन ।

प्रमुख जिल्ला अधिकारी
सुरक्षा भनेको कुरा अर्मुत हुन्छ । त्यो प्रत्येक ब्यतिmलाई सुरक्षाकर्मी दिएर सुरक्षाको अनभुती होइन कि सुरक्षा भनेको चिज अनुभत गर्ने हो । हामी यहाँको जनतालाई शान्ति सुरक्षा दिन तल्लिन छौ ।

स्वास्थ्य प्रमुख
प्रत्येक स्रस्थाको ब्यबस्थापन समिती गठन भउका छ । जुन हामीले केह िसमय पहिले नै यस ब्यबस्थापन समितीलाई नेपाल सरकारको नियम तथा निर्दैशन अनुसार पुर्नगठन गरेका छौ । जस अन्तरगत नौ जनाको समितीमा ३ सदस्य अनिवार्य गरेका छौ ।



महिलाले आफ्ना समस्या सुनाउने यस्तै कार्यक्रम सुर्खेत र बर्दियामा पनि भयो ।


सुर्खेत


तंपाइहरुसँगै काम गर्ने सुन्तली धामीको अबस्था त तंपाईहरुबाटै असुरक्षित हुन्छ भने तंपाई ले सोझा नारीहरुलार्य कसरी सान्त्वना दिन सक्नु हुन्छ कसरी बिस्वास दिलाउन सक्नु हुन्छ हामी तंपाईको सुरक्षा गर्छो भनेर ?

प्रहरी प्रमुख
सुन्तली धामीको केसमा अनुसन्धान भाको छ । त्यसको एउटा पाटो नै भैकोको छ । जो गल्ति गर्छ मैले गल्ति गर्छु भने देखि त्यसको सजाय मैले भोग्नु पर्छ । पुलिसले गल्ति नै गर्दैन भन्ने होइन । पुलिस पनि मानिस नै हो म पनि मानिसै हुँ । त्यो बर्दि लाएरु मत्र पुलिस भको नत्र तंपाईहरु जस्तै समुहबाट आएर पुलिस भको भोली बर्दी छोडेर त्यही समुहमा जानु पर्छ । ऐन कानुन बिपरित काम गर्न मलाई छुट छैन । कुनै कसैलाई पनि छुट छैन । प्रहरी भएपनि त्यसले सँजाएको भागी हुन पर्छ ।

अहिले सम्म बिद्यालय लिडिङ गर्ने सुर्खेतको झण्डै हामीसँग सात आठ सय बिद्यालयमा महिला प्रअ भएको एकदमै न्युन स्कुलहरु छन् । साँच्चैकै महिलाहरु शिक्षाकै कारणले प्रअ हुन नसकेका हुन् ? कि उहाँहरुलाई प्रारटि दिन नसकेको ?

गैरसरकारी संस्थाले अनुगमनको बाटोमा चाही जिल्ला शिक्षा अलि पछि परेको हो कि । यो कुरा चाही आखिर कानुनमा छ भने देखि कनि त्यो कुराको समबन्धित ठाँउहरुका लागि पहल गर्नु भएको छैन ।

जिल्ला शिक्षा अधिकारी
तयो अभिभाबकले बनाउने जिम्मा हो जिल्ला शिक्षा कार्यलयले अब गराउन नसक्ने अबस्थामा हामीले चाहदा चाहदै पनि नसकेको अबस्था हो । अब छात्रबृद्धि समबन्धी हामीले पनि कुरा उठाइ रहेको अबस्था हो । शायद यो कुरा हाउस सम्म पनि उठेको होला ।

गाउँघर स्वास्थ्य क्लिनिकमा हामीस्वयं महिलाहरुले पाँचसय हजार जम्मा गरेर सानोसानो भवन बनाएका छौ । त्यसमा अहिले सम्म पनि यो जिल्ला देखि केही भएको छैन ।

स्थानिय विकास अधिकारी
कम्तिमा पनि एक करोड रुपैया महिलाको क्षेत्रमा खर्च गरेका छौ । जिल्ला बिकास कार्यलयको बजेटलाई मात्र हे¥यौ भने । हाम्रो अप्रत्यक्ष रुपमा भएका कृयाकलपलाई हेर्ने हो भने सामाजिक परिचालनको क्षेत्रमा होस आयआर्जनको सबैको नै डाटा हेर्ने हो भने त्यस्तो निराशा जनक स्थिती छैन । सुधार उन्मुख अबस्था छ । महिलाको प्रतिनिधित्व सहभागिता राम्रो रहेको छ । समाजिक परिचालनको अबस्था पनि असाध्य राम्रो प्रगति भएको देखेका छौ ।



प्रमुख जिल्ला अधिकारी
हिँसा सहियो भने त्यो झ्याङिदै जान्छ त्यसैले घरलु हिँसा ऐन पारित भैसकोको छ । जस अन्तरगत हरेक गाबिसमा उजुरी गर्न सकिन्छ । महिला बिकास कार्यलय जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा उजुरी गर्न सकिन्छ ।


जिल्ला तहमा कुरा राखेपछि महिलाहरु केन्द्रमा समेत आफ्ना कुरा सुनाउन आए । एकै ठाउँ जम्मा भए र देशभरिका समस्यामा छलफल गरे । सबै महिलाको समस्याको एकमुष्ट निचोड निकाले । अनि नीति निर्णयको तहमा आफ्नो आवाज पु¥याउन समन्धित निकायको ढोका ढकढकाए ।

बिन्दा पाण्डे
संबिधान सभामा एक तिहाई महिला उम्मेद्धार हुनु पर्छ भन्ने कुराको ग्यारेन्टिी ग¥यो । त्यो भन्दा बाहेकका कुरा चाही त्यसरी स्पष्ट नलेखेकोले अहिले सम्म पनि त्यो लागु भएको छैन । अनि भोली सन्दर्भमा के त नयाँ संबिधान हामी बनाउँदैछौ भने त्यसको बारेमा पनि हाम्रो बिचार चलिरहेको छ । त्यसमा ५० प्रतिशत महिला हुन पर्छ कि पर्दैन भन्नेमा हुन पर्दैन भन्नेमा कुनै लोजिक छैन । त्यसैले गर्दा मौलिक अधिकार समितीको मौलिक हक अन्तरगत महिलाको हक हेर्ने हो भने महिलाको राज्यको सबै अङ्गमा समाबेशी आधारमा समानुपातिक रुपमा हक हुने छ भन्ने लेखेका छौ ।

नीलाम्बर आर्चाय
हाम्रो समाजमा उन्नती ल्याउने हो भने प्रगति ल्याउने हो भने न्यायपूर्ण समाज बनउने हो भनेपछि महिलाको समस्या महिलाको मात्रै होइन भन्ने पुरुषले बुझ्नु पर्छ । महिलाको आवाज महिलाको मात्रै होइन । समाजलाई राम्रो बनाउने सभ्य बनाउने समाजको हो । यदि महिला शशक्त भ एभने घर पनि त शशक्त होला । त्यो कस्तो घर जहाँ आधा जनसंख्या आधा सदस्यहरु अशक्त छन् भने तयो घर त बलियो हुन्न होला त्यो गाउँ त बलियो हुन्न होला त्यो देश त बलियो हुन्नहोला ।

शंकर पोख्रेल
समयलाई लक्ष्य ठान्नु हुदैन । लक्ष्य त हामीले हासिल गर्न खोजेको कुरा न हो । त्यस अर्थमा म के ठान्छु भने समाजको रुपान्तरणको अभियान कर्ता भएको नाताले परिवर्तनका यी सामान्य सत्यलाई बोध गरेर जनताको बिचमा सम्प्रषण गरिदिनु भयो भने निश्चित रुपमा समाजलाई सही ढंगले रुपान्तरण गर्न सक्छौ । ट्राफिकको एउटा भनाइ छ हतार गरे के हो भन्न सकिन्न बिस्तारै गए अबस्य पुगिन्छ । जाखिमपूर्ण यात्राको सन्दर्भमा कुरा गर्दा खेरी चाही धैर्य चाही कायम गर्न पर्छ । सरकार त्यसका लागि सहयोग गर्न हरदम तयार छ ।



महिलाहरु आफ्नो मात्रै होइन, पुरै गाउँको भलाईका लागि काम गरिरहेका छन् । उनीहरुले कतै स्थानीय वनस्रोतको संरक्षण गरेका छन् त कतै महिलाको स्वास्थ्य सुधार ।

दुई बर्ष अगि सम्म दैलेखको भुसय सामुदायिक वनमा अहिलेजस्तो गुराँस फुल्दैनथ्यो । मानिसहरु जंगल छिर्थे र जथाभावी रुख विरुवा काट्थे । सबैले मनलागि गरेपछि जंगलमा एक दुई रुख मात्रै बाँकी भए । जथाभावी कटानीले गाउँमा घाँस दाउराको समस्या भयो ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
वनमा पुरुषलाई भन्दा महिलालाई नै चाहिन्छ बढि भन्ने सोच भयो हाम्रो अब घाँसपात महिलालाई नै हुने भो पुरुषलाई त नहुने भो । दाउरा काट्न पनि महिलानै हुने भो । वन पाले पछि दाउराघाँस सस्तो हुने भो । त्यस कारणले महिलाले नै जोगाऔ भनेर ।

आफैंलाई समस्या आउने भएपछि महिलाहरु वन जोगाउन लागे । घाँसदाउरा गर्दा पालन गर्नुपर्ने नियम बन्यो । जंगलमा रुखविरुवा पलाए । त्यही संरक्षणको परिणाम हो, अहिले भुसय सामुदायिक वनमा फूलेको यो गुराँस ।

हरीमाया सारुमगर कार्यबाहक अध्यक्ष, भुसय सामुदायिक बन, दैलेख
खुलाउँदा खेरी ५ रुपैया टिकट काटेर काट्न मिल्छ । आफ्नो वडा भन्दा अन्यको आएपछि अलि बढि छ लगाउने । आफ्नो वडामा भने आफै सुरक्षा गर्ने आफै अलि कम गर्ने ।

लिलाराम गौतम शिक्षक , नेपाल प्राथमिक बिद्यालय, गाइबन्ना ,दैलेख
यहाँका महिलाहरुले वनको रेखदेख राम्रैसँग गरेका छन् । पटक पटक वनको काँचा दाउरा काट्न नदिने बुटाहरु फाँट्न नदिने सुकेको मात्रै उप्लब्ध गराउने ।

अहिले वनको रुपै फेरिएको छ । पुरुषहरु महिलाले गरेको काम देखेर अचम्म मानिरहेका छन ।

आफ्ना लागि आफैं छलफल गरेर महिलाले गरेको यो काम यतिमै सिमित छैन । सावा अक्षर सम्म चिनेकी भगनदया थारु बर्दियाको मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समितीमा चुनिइन । उनी व्यवस्थापन समितिमा पुगेपछि महिलाका धेरै समस्या स्वास्थ्य चौकी सम्म आएका छन । समितिमा महिला प्रतिनिधि नहुँदा महिलाहरु यहाँसम्म आइपुग्दैनथे ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
गाबिसमा समिती मै महिला हुनु पर्छ । अनि पो बल्ल महिलाले थाहा पाउँछन् आफ्नो हिस्साको बारेमा । नत्र थाहै पाउन्न महिलाले । अनि पुरुष मबै बसेपछि त खबर थाहै पाउन्न ।

भगनदयाले गाउँका अरु महिलाहरुसँगै जुटेहला कक्षा सुरु गरेकी हुन् । जुटेहलामा जान थालेपछि उनी महिलाका समस्या सजिलै भन्न सक्ने भइन । अहिले उनी गाउँका महिलाको स्वास्थ्यलाई निक्कै ख्याल गर्छिन ।

भगनदया चौधरी सदस्य, मैनापोखर उपस्वास्थ्य चौकी ब्यबस्थापन समिती , बर्दिया
५२.५२ महिलोको भित्री गोप्य कुरा मलाई भन्छन् अनि म हेल्थपोस्टमा जान्छु र उनीहरुको के कस्तो समस्या छ भनेर ।

असनदेवी थारु, मैनापोखर,२, बर्दिया
यो जुटेहला कक्षा आएर पछि पछि सहभागी बन्नु भो । उहाँको धेरै अनुभव भयो । त्यही भएर आफूसगसँगै अरु महिलालाई पनि सक्रिय बनाउनु भयो । अघि अघि आफू लाउनुहुन्छ । पछि पछि सबै दिदीबहिनीलाई जुन कुराको समस्या आउँछ महिला माथि त्यही कुरालाई समाधान गर्न खोज्नु हुन्छ

तुरुपलाल चौधरी मैनापोखर,२, बर्दिया

राम्रो लाग्छ महिलाले पढेकोमा । पढेन भने त बाहिर जाँदा लाटोबुङ्गो भनेर ठगी हाल्छन्नी । सबै मिलेमा राम्रो हुन्छ । सबै जना मिलेर पैसा यताउतीबाट जम्मा गर्दा खाँचोमा काम चल्छ । गर्जो टर्छ ।

स्वास्थ्य चौकीका सबै बैठकमा उनी आफ्नो कुरा राख्छिन् । भगनदयाले नै समितिमा अरु महिला सहभागि गराउन प्रस्ताव गरेपछि अहिले स्वास्थ्य चौकी ब्यबस्थापन समितिमा पाँचजना महिला सदस्य छन् ।

सुरेन्द्र थारु मैनापोखर उपस्वास्थ्य चौकी, मैनापोखर, बर्दिया
एक जना दलितबाट राखेका छौ । बुहारी समुहबाट राखेका छौ । स्वयंसेबिकाको तर्फबाट एक जना राखेका छौ । जनजाति र एकजना किसोरीबाट राखेका छौ ।


यसरी गाउँ गाउँका विभिन्न संरचनामा निर्णय गर्ने तहसम्म महिलाको सम्मानजनक सहभागिता गराउने काम गर्न भने सजिलो छैन ।

भुपाल गुरुङ गुमी सामाजिक कर्यकर्ता, सुर्खेत
१४.२८ पुरुष भएर पनि महिलाको बारेमा बोल्ने केही त्यस्तो खालको अप्ठ्यारो पर्दैन । हामीले नै सहयोग नगरे महिलाहरु कसरी अगाडि बढ्नु हुन्छ त हामी पुरुष महिलाले सहयोग गर्नुपर्छ महिलाहरुले पुरुषसँग मिलेर जानु पर्छ । १४.५५

तर निरन्तरको प्रयासले यो क्षेत्रमा निकै सुधार आएको छ । अब महिलाहरु आफ्ना कुरा राम्ररी भन्न सक्ने भएका छन् ।

दुर्गा गुरुङ शिवनगर २, गुमी , सुर्खेत
१९.४८ सबै सहभागीहरु आफ्नो घर श्रीमान सासु घरपरिवारलाई सम्झाउन सक्ने कुराको बिकास भाको छ । २०.०४

ईश्वरी घले भर्लेनी ,गुमी , सुर्खेत
२४.२६ अहिले छलफल कक्षाबाटै चार जना एकता समुदायिक वनमा जानु भाछ । प्रमुख प्रमुख पद लिनु भाछ । सचिव कोषध्यक्ष, अन्य दुई जना सदस्य हुनु भाछ । २४.४४
२५.३० पहिला त आँटै गर्न नसक्ने । मैले गर्न सक्दिन त्यो हिसाव किताव मैले गर्नै सक्दैन । म हुन्न भनेर लाज मान्ने मान्छे अहिले म सक्छु भनेर अगाडि आयो भने त किन नसकिने सकिदो रहेछनी त । २५.४४

No comments:

Post a Comment