Wednesday, June 8, 2011

शैलुङको शक्ति

शैलुङको शक्ति

भदौको महिनामा देवी देउता घुम्न निस्कन्छन रे । त्यही भएर टाढा टाढाबाट आएका धामीझाँक्रीहरु अहिले शैलुङ डाँडामा जम्मा भएका छन । यो झरीमा उनीहरु यहाँ जम्मा हुनुको एउटै रहस्य हो यिनै बाहिर निस्किएका देवी देउताबाट ज्ञान लिनु । आफूले गर्दै आएको परम्परा कायाम राख्ने र आफूसँग भएको विद्यालाई अझ बढाउने आकांक्षा लिएर विभिन्न ठाउँका झाक्रीहरु यहाँ जम्मा भएका छन ।
दोलखाको शैलुङ क्षेत्रमा भाद्र शुक्ल पुर्णीमा भन्दा तीन दिन अगाडि देखि नै मानिसहरुको घुईंचो लाग्छ ।

रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अघि सत्यजुगमा पराम्परा के रैछ भने सबै देबी देउता चाही नाग पञ्चमीमा भत्रिने रे अनि सबै बर्ता तिर्थ गर्ने घुम्ने कोही बिद्या लिने ज्ञान लिने आफ्नो लिएर जाने रैछ नी त हजुर ।
यो बेलामा शैलुङ नजाने झाँक्री निकै कम हुन्छन । अहिले मानिसहरुमा धामीझाँक्रीले बिरामी निको गराउँछ भन्ने अन्धविश्वास कम हुँदै गएको छ । तर पनि यो नेपाली समाजको निक्कै पुरानो संस्कृति हो, विश्वास हो ।
डिभी ७
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
अगी अगीकाले त थुर्मी उडाउथे कुखुराको फुल उडाउने हामै्र आँखाले देखियो । अहिले कहीकाले पनि सक्दैनन् ।
कथामा सुनेका यस्तै विद्या सिक्न उनीहरु यहाँ आएका हुन । झाक्रीको कुरालाई एकैछिन बिर्सिदिने हो भने शैलुङ साँच्चिनै निकै कुरा सिक्न सकिने ठाउँ हो ।

दोलखाको शैलुङ क्षेत्र काठमाडौबाट १३५ किलोमिटर मात्र टाढा छ । यहाँ जाने बाटो अप्ठ्यारो छ । तर त्यतिकै रमाइलो पनि । यहाँ जाने जो कोहीले मगमग बासना आउने बुकी फूल देख्न र छुन पाउँछन । यो फूलले शैलुङको तामाङ समुदायमा निकै महत्व राख्छ । दशैंमा उनीहरु यही बुकीफूल टाउकोमा सिउरिन्छन । तामाङहरु जमरा राख्दैनन् । बुकेफूलले नै जमराको काम गर्छ ।

बिहान ६ बजेको यो समयमा आकाश खुल्ला छ । हामीले यो क्षेत्रमा बग्ने कोशी नदीको शाखा तामाकोशीको शिर देख्यौ । अनि दोलखाको सदरमुकाम चरिकोट पनि । तर गौरिशंकर हिमाल भने बादलले ढाकेछ ।
उकाली चढ्दै जाँदा जात्रा भर्न जाने मानिसहरुको संख्या पनि बढीरहेको छ ।
शैलुङ क्षेत्र रामेछाप र दोलखा दुइवटै जिल्लामा पर्छ । यहाँको जंगल निक्कै बाक्लो र ठूलो छ । जंगल धेरै जातिका औषधिजन्य जडिबुटीहरु छन ।
नेपाली हाते कागज बनाउन प्रयोग गरिने लोक्ता पनि यहाँ प्रशस्त पाइन्छ । यि लोक्ताका विरुवा हुन । सबै हुर्कन पाए भने पाँच सात बर्षमा यहाँ लोक्ताको निकै ठूलो भण्डार हुनेछ । जंगलको उकालो बाटोमा कतै कतै चियापसल पनि छन । मानिस धेरै नहिंडने हुनाले यस्ता चिया पसलहरु प्राय बन्द हुन्छन ।
बाटो भरिको एकमात्रै चिया पसल हो । आज जात्रा भएकोले मानिसको भिड हुने नै भयो । बिहानै देखि उकालो हिंडेर जात्रा भर्न जाने सबै भोकाएका छन । पसलमा बस्ने कसैलाई फुर्सद छैन । कोही माल्पुवा बनाइरहेका छन । कोही शैलुङको चिसो काटन सघाउने चिया बनाउँदैछन । भोक लागेकाले होलो यहाँ त जे खाए पनि मिठै हुने रहेछ ।

ठिङग्रे सल्ला, गोब्रे सल्ला र खस्रुको जंगलका बीच बीचमा नेपालको पहिचान बोकेको गुराँस पनि छ । बैसाख जेठ महिना भएको भए यहाँ फूलेको गुराँसले जंगल रातै हुने थियो ।

यो चाहिँ स्थानीय भाषामा छिरु भनिने फूल हो । धेरै फूलको बास्ना आउँछ । फूलका पारखी र सौखिनहरु यसलाई टिप्ने र सुँघ्ने गर्छन । तर छिरु फूलको भने बासना आउँदैन । बरु यसको निकै कडा गन्ध पो आउँछ । धेरैलाई यसको गन्धले टाउको दुखाउँछ । त्यसैले लेकतिर जाँदा देखिने सबै फूल सुँघ्नु पनि हुँदैन ।
यो निकै चिसो ठाउँ हो । यहाँ अन्न उत्पादन हुँदैन । तर अहिले गर्मीको याम भएकाले मानिहरुले बारीमा आलु काउली लगाएका छन । चिसो सुरु हुनासाथै उनीहरु बेंशीको घरतिर झर्छन ।

यहाँ भने बाँको पाकेर रातै भएछ । यो फल बंगुरको प्रिय भोजन हो । तर बंगुर नहुने ठाउँमा भएकाले यसले जंगलमा यसरी पाक्ने मौका पाएछ ।
बिहानै हिंडेका हामी अब भने शैलुङतिर पुगेका छौं । यो शैलुङ सुरु हुने ठाउँको महादेबको ओडार हो । सत्ययुगमा यतातिर घुम्न आउँदा महादेब यही ओडारमा धुनी लगाएर बस्ने गरेको कहानी सुन्न पाइन्छ ।
यो चाहिँ गोदावरी खुल्ने ओडार । ओडारमा रहेको यो ढुङ्गाबाट १२ बर्षमा एकचोटि दुध बग्छ भनिन्छ । त्यही नै हो गोदाबारी खुलेको ।
विश्वासकै कुरो हो । यो ओडारमा भने पापीहरु छिर्न सक्दैनन रे । त्यसैले यसको नाम नै धर्म दुलो । बल्ल आइपुगियो साँच्चैको शैलुङ डाँडो । डाडैडाँडा भएको यो ठाउँलाई पनि कुहिरोले सबै ढाकिसकेछ ।
बाँकी संसारले जनै पूर्णिमा भनेर चिनेको भाद्र शुक्ल पुर्णीमामा यहाँ ठूलो मेला लाग्छ । तर यहाँको मेला अन्तको जस्तो नुहाउने र जनै लगाउन भने होइन । परम्परागत रुपमा विरामी निको पार्ने भनिएका धामीझाँक्रीहरुले शक्ति र विद्या लिने ठाउँ हो यो । त्यसैले त डाँडो छपक्कै ढाकिएको छ, शैलुङ वरपरका झाँक्रीहरुको जात्राले ।
तीन दिन अगि देखि नै आएका उनीहरु यहाँ आउनु भन्दा अगि चित्त शुद्धि र आत्माशुद्धिका लागि गुफा बस्ने गर्छन । एकान्त खोज्दै हिंड्ने सबैले यसरी नै गुफामा बसेर आत्मशुद्धि गर्न सके कति राम्रो हुने थियो । झाँक्री नै पिच्छे गुफा बस्ने दिन भने फरक फरक हुन्छ । कोही त सात दिन सम्म गुफामा बस्ने रहेछन । यसरी गुफा बस्दा शक्ति बढ्छ रे ।
सन्तबहादुर थोकरः फस्कु ९,निगाले, दोलखा
कस्तो भने देखि एक गुफामा अर्को गुफामा अर्केा गुफामा वाङलुङ आउने थपिदै थपिदै यो घरको जग लाए जस्तो अनि चोटा छाप्यो अजन अलिकति गा¥हो लयो भोली अलिकती झ्याल हाल्यो छाना छाउदै अनि धुरी टक्क मेट्ने जस्तो हो । ९.१५१६.०० उदेश्य आआफ्नो देउताको फरकफरक हुन्छ होला । शक्ति देउ ज्ञान बढ्न आउ धनसम्पति शक्ति देउ सबै पुराइ देउ भन्ने होला । देउता कोहीलाई देबी, केहीलाई नरुवोन, सुन झाँक्री इत्यादी आउँछ आउन त तर देउता फरक भएपनि माग र गरगहना एउटै हुन्छ सबैको ।
उनीहरुको गुफा बस्ने ठाउँ खोज्ने तरिका पनि भिन्न भिन्न रहेछ ।
रणबहादुर बस्नेतः झाँक्री, शैलुङस्वर १ बस्नेतटोल, दोलखा
त्यो ठाँउ कस्तो छान्ने पर्छ भने अब हिजो आज केही जलाको ठाँउ फेला पा¥यो । पाको गराउन प¥यो नी चेलालाई त्यो भुतभुते पन्छाएर त्यसैमा बति बालेर बसिन्छ च्यानमाथी । एउटा पराम्पराको कुरा के छ भने देखि त्यहाँ मसान बीरहरुलृ बास गरेको हुन्छ रे । त्यो बीर चलाइ आइज त्यो बीरहरुलाई परसर भन्छौ भनेर त्यसलाई राखेर बस्ने ।
झाँक्रीहरुको विस्वास फरक फरक छ । उनीहरुको अनुभवमा धेरै मानिसहरु अझै पनि यस्ता कुरामा बिस्वास गर्छन । देशका अन्य ठाउँको तुलनामा शिक्षा र विकासको ज्वालाले धपक्कै बलेको काठमाडौं उपत्यकाका झाक्रीहरुको पनि यता झरेका छन् ।
गंगाबहादुर कार्कीः कीर्तिपुरनगरपालिका, भत्केपाटी , काठमाडौ
हावाहरुको हेरौ भने त केही पनि देखिदैन । हावाको भरमा काम गर्नु पर्छ गरिन्छ । कस्ता कस्ता डाक्टरका श्रीमतीहरुलाई पनि डाक्टर त जान्ने हुन्छ नी त्यस्तालाई पनि हामीले गएर फुक्दा बिसेक हुन्छ । ३३.२४
अब डाक्टरले हेर्छ । हेरेपछि उसले औषधीहरु दिन्छ । निको हुदैन झारफूक गर्छ झाँकंं्रीले निको हुन्छ । अनी डाक्टरले मात्रै पनि हुदैन । झाँक्रीले मात्रै पनि हुदैन । लागु छ भने झाँक्री चाहियो अन्नबाट निस्केको छ भने बिरामी छ भने डाक्टर चाहियो ।
झाक्रीहरुको दावी कतिसम्म सत्य हो त्यो त मानिसको विश्वास मै भर पर्ला तर के कुरा पक्का हो भने, झाँक्री नहुने हो भने शैलुङको जात्रा खल्लो हुन्छ ।
रामबहादुर कार्कीः झाँक्री शैलु«ङस्वर १ पैती , दोलखा
अण्डा राखेको चाही के भने भाला त्रिशुल चाहीनी आफ्नो मालमतो घन्टा यस्तो रुदंक्षको माला चेला लिएर गुरु लिएर साथमा आउने बेलामा त्यो चार सुरमा राखेको चाही त्या कसैले त्यो धामीझाँक्री पनि कस्तो हुन्छ भने कसैले केही खेलेर त्यो कतिको जान्ने रैछ भनेर हान्छन्। के उताबाट केही उठाएर त्या हान्दा खेरी चाही शिकारी उठाएर हानेको हुन्छ । त्यो छेल्न राखेको हामीले ।

शैलुङ क्षेत्रको सबैभन्दा अग्लो डाडामा हामी पुगेका छौ । यहाँ रहेको ढुङ्गामा गुरु पद्यसंभबको पाइला भएको मानिन्छ । त्यसैले बौद्ध धर्मावलम्वीहरु पनि यो क्षेत्रलाई पवित्र ठान्छन । पद्यसंभवले बालेका १०८ वटा बत्ति अनुसार नै यहाँका डाँडा बनेका हुन भनिन्छ । यसरी सय भन्दा बढि डाँडा भएकैले यो क्षेत्रको नाम शैलुङ रहेको जनश्रृति छ ।
फरक मान्छे, फरक विश्वास । अनि पुण्य कमाउने होस, धर्म गर्ने होस वा पितृलाई तार्ने सबैका आ आफ्नै तरिका । बौद्ध धर्मालम्वीहरु यसरी जमिनमा सुतेर नाप्दै गर्ने परिक्रमालाई गोङदाप्पा भन्छन । यो उनीहरुले गर्ने उत्कृष्ट र सम्मानित ढोग हो ।
यहाँ चार पाँच सय बर्ष अगाडि बनेका मानेहरु पनि छन ।
यो पवित्र ठाउँ अब कुहिरोले ढपक्कै ढाकेको छ । छेउकै मान्छे पनि चिन्न गारो । मौसम खुलेका बेला यहाँबाट टाढा टाढा सम्म देखिने थियो । वित्रम संवत १९९० सालको भुईंचालो आउनु भन्दा अगाडि यहाँबाट काठमाडौंको १९ तले धरहरा समेत देखिन्थ्यो रे ।
भदौरे झरी बढदै छ । तर पनि झाँक्रीहरुले आफ्नै तालमा एकोहोरो नाच्न छाडेका छैनन् ।
धावा घिसिङ ः डडुवा ९,छागा, रामेछाप
म केही बर यहाँ छ लव्यभव्य त्यो हिसावले । मलाई फलिफप नै छ । म यहाँ आउदा खेरी म सात रात सात दिन गुफा बस्छु । म महादेव थानमा काँचो च्यानमा कि दोभानमा बस्दा खेरी मलाई चाही वर माग्दा खेरी मसानकाट्छु । मलाई वर दिइ रहेको छ ।
मन न हो । बर्ष दिनभरि राम्रो हुने भएपछि कसले पो एक दिन मेहनत नगर्ला र ? तर यहाँ शत्ति पाउन र भक्ति देखाउन मात्रै होइन रमित हेर्न पनि मानिसहरु आएका छन । युवाहरुको यो जमात जात्रा हेर्नकै लागि निकै टाढाबाट आएको रहेछ ।
इन्द्रराज तमाङः जात्रा लाग्दो रैछ यो जनै पुर्नेमा त्यही भएर । त्यही भएर केरे मेला हेर्न आको साथीहरु धेरै हुनुहुन्छ । साथीहरुले जाऔ रे काभ्रेपलाञ्चोक देखि घाएर आको छु ।
यो चाहिँ पहिलो बुद्धले बचाएको बाघ । काभ्रेको नमोबुद्धमा अलपत्र परेको बाघको बच्चालाई बुद्धले आफ्नै मासु खुवाएर बचाएको कहानी सुन्न पाइन्छ । त्यही बाघ शैलुङमा आएर बसेको छ, ढुङ्गाको रुपमा । बुद्धसँग जोडिएका यस्ता प्रसंग यहाँ थुप्रै छन ।

शैलुङ चौरी पाइने ठाउँ हो । चौरीको दुधबाट बनाइने यहाँको छुर्पी निकै राम्रो र स्वादिलो पनि हुन्छ । तर यसपालीको जात्रामा छुर्पी एक दमै कम छ । सायद मानिसको जिवनशैलीमा भएको परिवर्तनसँगै यो पनि हराउँदै गएको होला । हाम्रा ज्ञान र परम्परा दिनदिनै यसरी नै हराउँदै गएका छन । यस्ता कुराको संरक्षण तिर कसैले चासो देखाएको छैन । बर्षौं लगाएर आर्जेको हिमालमा पनि बाँच्न सघाउने यस्ता ज्ञान मासिंदा हुने क्षतिको पूर्ति कहिल्यै होला र ।

बादल लाग्यो आकाशमा
यो शैलुङको डाडोमा दाजुभाइ भेट भयो ।
दोलखा दाजुभाइ भेट भयो
रामेछापको दाजुभाइ भेट भयो
इष्टमित्र भेट भयो ।

स्वयाम्भुको माने फनन
बौद्धको माने फनन
जंगली फूल क्या राम्रो
फूलेको फूल क्या राम्रो
झरेको आशु नराम्रो
फाबरे गीत गाउँ त्यो राम्रो ।

तामाङ जातिको फाबरे गीत ।

यस्तै गीत गाएकै भरमा माया प्रिती साटिन्थ्यो रे पहिले पहिले । त्यसैले जात्रामा गीत गाउन निक्कै तम्सिन्छन तामाङहरु ।
युवाहरु यो गीत गाउन जान्दैनन । गला, भाव र शब्दको मिठास हुने यस्ता गीत गाउने संस्कार हराउँदैछ । यसलाई बाजागाजा सहितका गीतले पन्छाउन खोज्दैछ ।
तामाङ जातीको फाबरे गीत पनि हराउँदो संस्कार र संस्कृतिको शिकार बन्दैछ ।
अनि बाँकी रहनेछ, जात्रेले फ्याँकेको फोहोर र डाँडामा शान्ति छर्ने तथा मृत नातेदारको सम्झना गराउने दर्जी मात्र ।

No comments:

Post a Comment