Saturday, June 30, 2012

जुनबेशीको नुन चिया


जुनबेशीको नुन चिया

प्राकृतिक रुपमा निक्कै रमणिय ठाउँका रुपमा चिनिएको सोलुखुम्वु बिकट पनि छ । यो जिल्लाको धेरै ठाउँ पुग्न कि त प्लेन चढ्नु पर्छ कि त पैदल । धेरै ठाउँमा अहिले खडक खन्ने काम त भएको छ तर डोजर भन्दा अरु केही गुड्दैन । सोलुखुम्वु सगरमाथा हिमाल पर्ने जिल्लाको रुपमा चिन्छन् । सगरमाथा बाहेक पनि धेरै ठाँउ निक्कै रमाइला छन् ।
सोलुखुम्वुको सदरमुकाम फाप्लुमा प्लेनबाट ओर्लिदा नुम्वुर हिमालको  चिसाले स्वागत गर्छ । चिसो मौसममा बाक्लै लुगा चाहिए पनि सधै न्यानो लुगा भने चाहिन्छ । घुम्नका लागि फाप्लुमा धेरै कुरा छन् । जस्तो बुद्धधर्मालम्वीहरुका लस्करै गुम्वा छन् । मन लागे एक छिन घुमेर आनन्द लिन सकिन्छ ।
फाप्लु नजिकैको दोर्पुसल्लेरी  सानो नेवारी गाउँ हो । कुनै बेला सल्लेरीमा ब्यापार गर्न छिरेका नेवारहरुको बस्तिमा अहिले भने गाउँमा भएको मिडिया क्रान्तिको गाउँ भएको छ । उनीहरु आफै मिलेर सोलु खोलाबाट बिजुली निकालेका छन् । त्यसैले काठमाडौमा जस्तो लोडसेडिङको समस्या सल्लेरीमा छैन । गाउँमा रेडियो सोलु छ, योङस्टार केवल टेलीभिजन छ, अनि सोलु समाचार पत्रिका र सोलु अनलाइन न्युज पोर्टल छ । अनि दोर्पुसल्लेरी गाउँ सदरमुकाममा भएको इन्टरनेट सेवाको हब केन्द्र हो ।
यति धेरै सञ्चारका साधन सञ्चालन गर्न एउटै गाउँले सक्नु राम्रो सफलता भएको स्थानिय क्लव योङस्टारका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठ बताए । उनी भन्दै थिए हामी यहाँका सबै राम्रो कुरामा एक भएर काम गर्छौ । सबै मिले पछि असम्भव झै लाग्ने काम पनि सजिलै हुदो रहेछ । त्यसैले पनि अहिले हामी शायद नेपालकै राम्रो सञ्चार सुबिधा भएको गाउँमा पर्छो होला । उनले यसो भनि रहँदा उनको हात भने सामाजिक सञ्जाल फेसवुक चलाउने ब्यस्त थिए ।
फाप्लु गाउँमा बनेको घरहरु आकार्षण काठबाट बनेका छन् । झ्याल, ढोका र घर भित्रको भागमा कलात्मक रुपले बुट्टा कुदिएका छन् । हेर्नेलाई हेरि रहौ जस्तो । बस्ने ठाउँमा बसौ बसौ जस्तो । जुन घर हेर्यो त्यो घर राम्रो । ललिपुरबाट घुम्नको लागि आएकी प्रतिशारा शाक्यलाई पनि घरको कला निक्कै मन प¥यो रे । सक्ने भए यस्तै घर बनाउनु हुन्थ्यो । शहर तिरका सेमेन्टको घर वाक्क लाग्दो छ । सिमेन्टै सिमेन्टको घरहरु बिचमा जन्मिएकी उनले सुनाइन । रमाइलो त यतै छ । काठको घर बनाउनु यताका मानिसको बाध्यता हो । यस्ता घरहरु निक्कै न्यानो भएकोले पनि यस्ता घर धेरै बन्छन् ।
फाप्लु नजिकैको अर्को रमाइलो ठाँउ जुनबेसी हो । शेर्पा बस्ती भएको यो ठाउँमा हिमाली र शेर्पा  संस्कृतिको हेर्न सकिन्छ । यो ठाँउमा पुग्न फाप्लुबाट तीन घन्टाको पैदलबाटो कस्सिएर हिड्नुपर्छ नत्र चार देखि पाँच घन्टा ।
फाप्लु र जुनबेशीको बाटैमा पर्ने बेनी पनि निक्कै रमाइलो ठाँउ छ । चढ्नको लागि घोडा पाइने । हिड्न नसक्नेहरुको लागि घोडा चढेरै रमाइलो बाटो काट्ने थलो बन्न सक्छ । काठमाडौ देखि घुम्नको लागि आएका अर्जुन श्रेष्ठलाई पनि यो ठाँउ निक्कै मन प¥यो रे । गज्जवको ठाँउ रहेछ यहाँ बस्ने हो भने सबै मनका पीर नै भुल्ने । सस्तैमा घोडा पनि चढ्न पाइने रहेछ ।
प्लेन र सल्लरीमा मोटरबाटो नआउदा सम्म यताका मानिस सबैले जिरीबाट काठमाडौ जानको लागि  हिड्ने बाटो अचेल भने सुन्य छ । कटारी सल्लेरी सडकले यताबाट मान्छे हिड्न छाडे त्यसैले पहिले जस्तो छैन । नत्र धेरै त प्लेनबाटै जान्छन् बेनीमा पसल गरेर बसेकी जुनमाया तामाङले गुनासो गरिन् । मानिसलाई जसरी सजिलो हुन्छ त्यसै गर्ने न हो । पहिले कि प्लेन कि हवाइजहाज । त्यसको बिकल्प थिएन काठमाडौको लागि ।
बाटो भने सबै ढुङ्गा बिछ्याएर बनाइका हिडी रहुँ झै लाग्ने ।  बिच बिचमा बस्नका लागि चौतरा छन् । अनि पिउने हो भने चिसो पानीको धारा छन् । माने र छ्र्योतेनसँगै रहेको दर्जीले बौद्ध धर्मालम्बीहरुको बस्ति बाक्लो रहेको अट्कल गर्न सकिन्छ । यस्तो कुरा हेर्नको लागि दायाँबायाँ जानै पर्दैन बाटैमा छन् । हिड्नेहरुले माने छ्यार्तेनलाई दाया बनाएर घुम्नु पर्छ रे । यसो गरे यात्रा शुभ हुने बिस्वास छ । बाटोमा हिड्नेहरु त्यसरी नै हिड्छन् ।
जुनबेशी कुनै बेला निक्कै चलेको पर्यटकीय ठाँउ अहिले भने सुनसान छ । कुनै बेला जुनबेशीमा बस्ने बास नेपालीले पाउँदैनथे । यो कुनै बेलाको कथा झै भैसक्यो । सानो र चिटिक्क परेको शेर्पा गाउँ अहिले बैस सकिएको मान्छे झै छ । लमतन्न र चुपचाप । तैपनि बेला बेलामा मानिसहरु जुनबेशीको प्राकृतिक सुन्दतरताले लोभ्याएर ल्याइपुर्याउँछ । मान्छेहरु पुगेपछि दुई तीन दिन बस्छन् मस्तले ।
पहिले लुक्ला प्लेन नचल्दा जिरीबाट पर्यटक यही बाटो भएर सगरमाथा आधार क्षेत्रमा जान्थे । जुनबेशी पर्यटकका लागि आराम गर्ने थलो थियो । त्यसैले अहिले पनि यहाँ राम्रै सुबिधा भएको होटेलहरु छन् । जुनबेलोशीमा होटेल चलाएर बसेकी दावा शेर्पाले सुनाइन हाम्रो गाउँको गुम्वा सोलुखुम्वु भरिकै पुरानो गुम्वा र बौद्धधर्मालम्बीको पुरानो गुम्वा मध्यको हो । त्यसैले सगरमाथा जाने मान्छे मात्र होइन धार्मिक आस्था भएको मानिसहरु पनि यता आउन सक्छन् । अचेल त यताबाट होइन सिधै प्लेनबाट बेसक्याम जान सकिन्छ । त्यसैले मानिसहरुले यताको बाटो छोडे । अब हामी मात्र छौ कहिले कही मात्र अरु मानिसहरु यता आइपुग्छन् ।
जुनबोशीमा शेर्पा खाना ज्यादै मिठो गरि पाक्छ । त्यसो त तँपाईले देशी बिदेशी खानको अर्डर दिए नबन्ने नै चाही होइन । चिसो ठाउँ भएकोले चिया मज्जैले पिउनु पर्छ । चिया पनि एक थरी होइन थरी थरी । कालो चिया,सेतो चिया,नुन चिया,कागती मिसाएर बनएको हट लेवन । मिनु लामो छ । अनि बनेका चियाको स्वाद मज्जाको छ । त्यो भन्दा मज्जाका मानिसका मन छन् । धेरै शेर्पाहरु बिदेशमा छन् । होटेल घर धान्ने काम शेर्पिनीहरु हुन् ।  धेरै पहिले देखि गाउँमा होटेल चलाएर बसेकी आङफुटी शेर्पाले सुनाईन अरु धेरै गाउँ जस्तै हो हाम्रो गाउँ पनि । सक्नेहरु कमाउन बिदेशमा छन् हामी यता । तर धन्दा नमान्नुस अरु राम्रो बनाउन नसके पनि शेर्पाले पिउने नुनचिया मिठो बनाउछौ । कि कस्तो लाग्यो ?

No comments:

Post a Comment