Thursday, March 29, 2012

विद्यार्थी जीवन एक भाग

अहिले म बिद्यार्थी बेलाको समय सम्झन्छु । हाम्रो बिद्यालयको खेल्ने ठाँउ ओरालो न ओरालो थियो । अहिले पनि छ कही कही डोजरले खनेर पहिलेको झै ओरालो भने छैन । हामी कटाहरु ओरालैमा फुटवल खेल्दिन्थिउँ । केटीहरु कोही तुतु खेल्थे त कोही गट्टा । कहिले कही हामी टोपी लुकाई पनि खेल्थ्यौ । यो चाही केटा केटी दुवैले खेलेको याद छ ।
अनि अलि ठूलो कक्षामा गए पछि भने हामीले भलिवल खेल्ने भयौ । हाम्रो स्कुलको अघोषित नियम नै भने पनि हुने ठूलाले मात्र भलिवल छुन पाउने । हामी पनि नौ कक्षामा पुग्यो अनि अलिअलि वल खेल्न पाइने भयो ।

हुन त हाम्रो बेलामा सिनियर र जुनियर टोलीले खेल्ने दुइवटा भलिवल कोर्ट थिए । सिनियरले खेल्ने बल नयाँ हुन्थ्यो । नेट नयाँ हुन्थ्यो । अनि जुनियरले खेल्ने नेट त हुन्थ्यो बल नेट कटाएर गएको हो कि बिचै बाट छिर्यो थाहा हुदैनथ्यो । कहिले कही त्यही बिषयलाई लिएर भनाभन पनि हुन्थ्यो । अनि वलको हालत पनि त्यस्तै हुन्थ्यो । बल भलिबल भन्दा बढि फुटवलको झझल्को दिने खालको हुन्थ्यो । पुरानो बिग्रको बलमा नयाँ ट्यू हालेर बनाएको । यति सारो कि सर्भिस गर्नलाई पहलमान नै चाहिने । जो बलियो छ उस्लाई आफ्नो टिममा पार्नको लागि समेत निक्कै दाउपेच हुन्थ्यो । हान्नै सक्नेले पनि एक दुई चोटी सर्भिस गरे पछि अर्को पटक बल छुने आँट गर्दैनथे ।

केटाहरु भन्थे यो बलको सर्ट ¬ खेलकुदको भाषामा स्पाइक भन्छन् क्यार )जस्ले थाप्न सक्छ उ नेसनल गेमको सर्ट थाप्न सक्छ । अबस्था कस्तो थियो भने सर्भिस जताबाट कटायो उतैकाले गेम जित्थे । बल अर्को तिर बाट उडेर आए पछि डिगिङ भन्थे क्यारे थापि हाले पनि बल कता पुग्छ त्यो त थाहा हुदैनथ्यो तर टिङ गरेर तामाको स्वर वज्थ्यो । हातमा ढुङ्गा लागे जस्तो ।

मलाई पनि त्यो बल खेले पछि कन्फिडेन्ड बडथ्यो नेसनल गेम खेल्ने । तर हामी भन्दा सिनियर केटाले उता पटि खेल्ने बल मिसाका थियो । जुन हलुका यियो । अनि सर्ट थाप्न सक्ने तामा नबज्ने । खेल्न छिटो सरितो । हो त्यही कोर्टमा खेल्न पनि नसकिने बेलामा कताको नेसनल गेम खेल्नु ? मुले सिनियरहरुले हामीलाई पनि बल खेल्न दिए पो ।

सारो बल भएकोले अल्छि लागेको बेलामा त्यतिकै बसिन्थ्यो । ओरालो भयो कि मिसाका वालाहरुले सर्ट हाने पछि बल तिनले भेटाउँदैनथे । अरु बेला छुन नदिएको झोक त्यही बेला फेरिन्थ्यो । सिनियरले हातले हान्ने मिसाकालाई पाए सम्म लातले ठोक्ने । खाइस मिसाका । लु जा डाँडा कटेर ।

जसोतसो नौ पास भएपछि एसएलसीको बेलाको १० कक्षा । शिक्षकहरु भन्थे यो बेला भनेको पढ्ने बेला हो । मलाई भने लाग्थ्यो यो बेला भनेको मिसाका भलिवल खेल्ने बेला हो । अनि बिचवाट भलिवल नर्छिने नेटमा खेल्ने बेला हो । अनि केही रुपैया बाजी लगाएर चिउरा दालमोठ जितौरीको रुपमा खाने बेलय हो ।

यो सबै खेल्न पाइने बेला भनेको दिउँसोको हाफ छुट्टि थियो । यो हाफ छुट्टि चारौ पिरियड पछि हुन्थ्यो । त्यसैले पनि हामी भलिवल मिसाकालाई माया गर्नेहरु सर नआइदिए हुन्थ्यो भन्ठान्थियो । अलि बढि पढाए भने टेन्सनले पारो तात्थ्यो ।

No comments:

Post a Comment