Monday, March 26, 2012

अग्रजी सिकाई र अग्रेजी सर

मेरो बिद्यालय तामाङ गाउँमै थियो तर सिङ्गो कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै थिएँ त्यो पनि म त्यही गाउँ फस्कूको थिइन अर्कै गाउँ शैलुङस्वरको । मेरो बिद्यालय घरबाट हिडेर जाँदा लगभग दुई धण्टामा पुगिन्थ्यो । त्यसैले मलाई यति लामो हिडेर बिद्यालयसम्म जान खासै ईच्छा थिएन तर म मेरा बाका अधि जाबो मेरो ईच्छा । उनलाई खै किन हो पढ्नै पर्छ भन्ने लाग्दो रहेछ अनि म तिर ठूलो स्वरले भन्थे तैले स्कुल जसरी भएपनि जानै पर्छ । म बाको कुरालाई नाई किन भन्न सक्थें र ? हुन त तिनले मलाई एक थप्पर पनि लगाएनन् तर पनि बा भने पछि त्यस्सै नै म थरर हुन्थें । अचेल त कहिले कही मात्र गाउँ घरमा गइन्छ तिनलाई मैले कति पढेँ भनेर थाहा छैन । तिनले छोरो पढेर जागिर खाला सुख पाउला भन्ने सोचेका थिए होलान् मैले यत्रो गधापच्चिसी नाग्नै लागेको बेला सम्म पनि जागिर नखाकोमा दुखेसो आमा सङ्ग गरेका थिएरे । त्यसैले त्यो आक्कल झुक्कल हुने भेटमा उनलाई लाग्दो हो यसलाई पढ्नलाई शहर नपठाको भए बरु यतिखेर यतै केही कमाइ गर्दो हो बेकारमा पढाएर बिग्रियो । त्यसैले बा र मेरो लुकाछिपी चल्छ भन्न प¥यो । बा हुँदा म घरमा हुन्न म हुदा बा घरमा हुनन् अर्थात बा बाहिर तिर हिडे पछि म घरतिर पुग्छु । मेरा बालाई मेरा पढाई कति भो जानकारी नभए पनि यो पढ्दैछ भन्ने मात्र थाहा छ । हो तिनै बाले गर्दा म दुई घण्टालामो बाटो हिड्नु पर्ने भो ?
म पाँच कक्षाको जिल्ला स्तरिय परिक्षा पास भयो भनेर उनका नाक घिरौला जत्रो भाको दिन । मलाई फस्कूलगेर गए मलाई भर्ना गर्न । बिद्यालयमा पुग्ने बितिकै मेरो ल्याकत नाप्ने कुरा भो । मास्टर साहेबहरुको भिडमा म र मैले चिनेको त्यही मेरा बा एक्ला ।
यसले पास गरेरै त आएको हो ?
हो यसको यो सर्टिफिकेट पनि छ ।
अनि यो त धेरै सानो पो छ त?
होइन सर यो पढाईमा जिरे छ । यसका ठुला दिदी दाइ थिए तिनले यसलाई स्कुल लैजान्थे । अनि यो पास हुदै गयो तिनलाई जिति दियो । उमेरले नहुने रैछ । यसको दिदी अहिले ५मा पड्दै छे सर ।
बाले मेरो बारेमा बोले ।
मेरा ती सरहरुले मलाई देखेर शायद सोचेका होलान् । त्यति लेकको तामाङको छोरोले कसरी पढ्दो हो सानै उमेरमा । हो पनि म ६ कक्षामा पुग्दा सारै फुच्चे थिएँ जम्मा १० बर्षको ।
बाले झोला बाट मेरो जिल्ला स्तरिय परिक्षामा पास गरेको सर्टिपिकेट देखाइदिए । तिनले मेरो सर्टिफिकेट हेरे । अनि भर्ना गरे ।
म मेरो पहिलेको प्राथमिक बिद्यालयमा जम्मा तीन जना बिद्यार्थीका बीच तेस्रो हुने मान्छे । शायद भाग्य हुन्छ भने त्यसैले हो कि मेरो मेहनतले हो पास भएछु एक्लै । त्यस्तो ठाँउमा पढेको मलाई १५० बिद्यार्थीको बिचमा बस्दा कम अप्ठ्यारो परेन । मलाई कोसँग सङ्गत गर्ने के भनेर बोल्ने ? कता बस्ने ? यस्ता कुराले साह्रै अप्ठ्यारोमा पा¥यो । यात्रो मान्छे मान्छेको बीचमा म एक्लै र सबैले मै तिर हेरेको भान हुन्थ्यो ।
पहिलो दिनको पहिलो पढाई अग्रेजीको भयो । म जाबो कक्षा चार देखि एबिसिडि सिकेकोलाई राम्रो अग्रजी आउने कुरै भएन । तैपनि सुने । मैले पहिला पढेको प्राबिमा अग्रजी पढाउने सरले यामआर मर मर माने मिस्टर भनेर पढाउथे । जब ठुलो स्कुल गइयो मेरो यामआर मर मर माने मिस्टर भनेर भनिएन । सिधै मिस्टर भनियो मलाई चित्त दुख्नु दुख्यो किनभने आफुले एक एक बर्ष लगाएर पढेको मर एकै पटकमा मिस्टर भएकोमा ।
ती अग्रेजी सरले भोली पढेर आउनु हाईन भने भन्दै चारपाटे घरैबाट ल्याएका लौरो देखाए । लौ अग्रेजी गुरुले मार्ने भए । डरले म थुरुरु । यसो हेर्छु त बा मेरो कक्षाको झ्यालमा बसेर हेरिराका रहेछन् । तीनलाई लागेको हुँदो हो छोरोले अग्रजी पढेर गतिलै मान्छे बन्छ कि क्याहो ?
जेहोस त्यस दिनको पढाइ जसो तसो सकियो । बेलुका बा र म सङ्गै घर फर्कियौ । बा मख्ख थिए । छोरा ६कक्षा पढ्ने भएकोमा । तिनी बाटोमा हिड्ने चिने जति सबैलाई भन्थे यो माइलोले जिल्ला स्तरिय पास ग¥यो भर्ना गरेर ल्याको । यो पढाईमा त चर्को पो छ हो । बुढाले यसो प्रचार गरेको देख्दा मनमा आनन्दै आउँथ्यो । यति लामो बाटो नभाका भए यी बाले मलाई पर्खिदैनथे । यिनले नपर्खेको भए मेरो बारेमा यसरी चिन्ने सबैलाई भन्दा पनि भन्दैनथे । म बाको पछि पछि हिड्दै सोचेँ पढेर पनि राम्रै काम गरिएछ कि के हो ?
भालि पल्ट पनि बा निक्कै तल सम्म पु¥याउन आए । शायद त्यो भेगको म एक्लै भएकोले बालाई चिन्ता लागेर हो कि आमाको करकरले हो जेहोस पु¥याउन आए । कक्षामा पहिलो पिरियडमा नै ती अग्रजी सर आए । गोलो चस्मा लाएका तीनका कपाल भने ठाडा ठाडा थिए । आँखा राता राता साँच्चैका रिसाहा जस्ता देखिन्थे । तिनलाई सबैले एकै पटक उठेर गुड मर्निङ भने हाम्रो प्राबिमा यस्तो पनि थिएन । सर छिर्दा गुड मर्निङ भन्नु पर्ने आफुलाई यसो भन्न नआए पनि उठ्न भने उठियो । आफुलाई यी सरले अग्रेजी नसोधि भटाभट भट्याइ दिए हुने भन्ने लाग्यो तर कहाँ आफुले सोचेजस्तो हुन्थ्योर ? तीनले सोध्न थाले आफुले फुट्टो अक्षर पढेको थिइन । हुनत आए पो पढ्नु । अब प¥यो फसाद । रोल नंम्बरको आधारमा सोध्दै थिए । मलाई दिएको नम्बर थियो १५० । एक्कासी त्यही नम्बर भने । आफुलाई रिङाटा लाग्ला झै भयो । उभिएँ मुर्ति झै । तिनले अग्रजी मै भने मैले बुझ्ने कुरै थिएन । आइ केटा बोली आउदैन ? ती गुरुले नेपालीमै भने । फेरी थपे मुर्तिहोस कि के होस है ?
के मान्छे रैछ बोली आउँदैन ? तीनले चारपाटे लौरो मेरै टाउको माथि ल्याए ।
यसै चारपाटे लौरो त्यसै चारपाटे लौरो मेरो पालो भनिदिएँ । बोली होइन पढ्न आउदैन ।
सबै बिद्यार्थी गलल हाँसे । आफ्नो टाउको माथि चारपाटेलौरो छ यी हास्छन् । अनि ती सबै मै तिर हेर्न थाले । ती गुरुका अगि कोही केही बोल्दैन रैछन् । म बोले । ती सरले पनि लौरो घुमाउदै भने तं कहिले देखि आको ?
हिजो देखि ।
मैले पढाको बेला थिइनस ।
थिएँ ।
किन आउँदैन त ?
मलाई अग्रेजी गा¥हो लाग्छ मेराकोमा सिकाइ माग्न जान पनि कोही छैन त्यसैले मलाई ग¥हो लागेको ।
य त्यसो भए बस् ।
कक्षाका सबै ट्वा परे । म बसेँ । ती गुरुले फेरी एक दुई जनालाई चार पाँच लौरो हाने पछि खुरु खुरु पाठ बढाए । जाने बेलामा मलाई भने भरे हाफ छुट्टिमा तँ मलाई भेट । पढाएर निस्किने बितिकै केटाहरुले घेरे र भने तेरो अघि नै रामधुलाई हुन पर्ने अब अफिसमा हुने भो । अघि मैले ती गुरुसँग बोल्दा यी कक्षाका सबैले किन मलाई हेरेका होलान भनेको त रामधुलाइ खाने बेला भनेर पो रैछन् । अब मलाई पश्चाताप भो बोलेकोमा ।
यसो एक मनले त हाफ छुट्टि अगाडि नै टाप कसौ जस्तो लाग्यो । फेरी मेरा बाले त्यत्रौ प्रचार गरेका छन् मेरो । जिल्ला स्तरियमा पास भयो भनेर । यहाँबाट टाप ठोकेमा बाले फेरी दन्काएर दिए भने मलाई त्यो बेला आमाको खुब याद आयो । आमालाई त जे भने पनि हुने जसरी भने पनि हुने बा जस्ता होइनन् । बिगारै काम भए पनि सजिलै मुत्ति पाइने आमाहरुको कुरै अर्को तर बा काँ त्यस्तो हुनु । तिनले हकारे भने नि आमाले दुई थप्पर हाने भन्दा बढ्ता हुन्थ्यो । झन तिनले भकुरे भने त बितियो । त्यो भन्दा त यी गुरुको चारपाटे खान नै ठीक ।
चारौ पिरियड पछि हाफ छुट्टि भयो । मेरा साथि कोही बनेकै थिएन । त्यसैले केही खेल्ने कुरा पनि आएन । म डराउदै डराउदै गएँ ती गुरु खोज्न । म यसो गुरुहरु बस्ने ठाँउँ तिर जाँदै थिएँ । एउटा स्वरले बोलायो आई केटा ।
म यसो पछि फर्केर हेर्छु ती नै सर थिए । हातमा बिहानको चारपाटे बोकेका बोकै छन् परेन फसाद । कुन दसाले यताको बिद्यालय आइयो । यी बा पनि अचम्मका छन् । सबै सदरमुकाम चरिकोट बसेर पढेका पढ्यै छन् मलाई चाहि यस्तो कालको मुखमा धकेलेर राख्ने । बरु नपढ भन्नु गोठाला नै बरु आनन्दकोथ्यो ।
यहाँ आइज । म ओइलाएको झार झै भएको थिएँ शायद यस्तैलाई नौनारी गलेको भन्छन् क्यारे । छेउमा पुगे पछि घाम आउने चौर तिर देखाउदै भने बस ।
सुन केटा , मलाई अहिले सम्म यो बिद्यालयमा कुनै बिद्यार्थीले पनि आफुलाई पढ्न नआएको कुरा भन्दैनन् । अनि पढ्न आओ भन्दा पनि आउँदैनन् । तँले आफ्नो कुरा भनिस । आज देखि सधै हाफ छुट्टिमा आएर मसँग भेट । तँलाई अगे्रजी सिकाउछु । मेरो सिकाई सुरु भो । त्यो त्यस्तै चल्यो होला डेढ महिना जति । ती त्यस पछि सरुवा भएर खै झ्याकु होकि कता गए रे । जाने बेलामा बोलाएर भने सुन केटा म भएपनि नभए पनि तँले पढ्न नछोड ।
त्यस पछि ती सरको ठाँउमा अर्का सर आए । ती अचम्मका थिए । ती सरले पहिले छिर्ने बितिकै उल्टो गुड मर्निङ भने । आफ्नो परिचय भन्दै रमाइलो तरिकाले भने । नाम रे गोपाल राई । घर झापा । हामी १५० जनाले पनि आआफ्नो नाम भन्यो । त्यो दिनको पढाइ सकियो ।
भोलिपल्ट तिनले हाम्रा अग्रेजी किताबको शम्भु भन्ने मान्छे तुरुन्तै कालोपाटिमा बनाए । लौ कुरा गर्दा गर्दै तिनले फेरी साबित्री बनाए । त्यति मात्रै हाइन किताबमा भएको चङखे पनि जस्ताको तस्तै बनाए । अचम्म ममात्रै होइन कक्षाका हामी सबै प¥यौ । यस्तो पनि सर । खुब रमाइलो सँग सम्झाए । अग्रजीमा पढाए जस्तो लागेन । तीनको हातमा चारपाटे लौरो पनि थिएन । कक्षाको अन्त्यमा सोधे केही अप्ठ्यारो छ ? मैले मात्र होइन कहिल्यै नबोल्ने साथिहरुले पनि भने हामीलाई अग्रेजी खासै आउँदैन । त्यसैले धेरै बुझ्दैनौ । मैले अनुमान लगाएँ चारपाटे लौरो नभएकोले बोलेका हुन कि ? ती सरले भने भाषा जुन सुकै भए पनि त्यसको प्रयोग कति हुन्छ त्यसैको आधारमा आउने नआउने हुन्छ । त्यसैले आउदैन भनेर बस्न भन्दा नआएपनि प्रयास गर्नु राम्रो । उनले अझ थपे तिमीहरु अग्रेजी सिक्ने हो भने अग्रजीमै सपना र हास्ने गर्नु ।
ती सर गए कक्षा सकाएर । मेरो त घर जाने बाटो पनि टाढाको त्यसैले सम्झिदै हिडे । कसरी हास्ने होला अग्रेजीमा । दात देखाएर होला कि दात छोपेरै होला । ङिच्च होला कि अट्टहासले । कि मिस्क्कि हो कि मुसुक्क । कुन चाहि हासो अग्रेजी हास्न परेको छ किनभने अग्रजी सिक्न पनि परेको छ । त्यसैले कसरी होला ? सपनाको त सजिलै छ भरे सुत्ने बेलामा किताब सिरानी मै हालेर सुत्नु पर्ला । हासो कसरी ? हिड्दै गर्दा आइडिया आयो के भने ऐनामा गएर हास्ने । तैपनि फेरी हास्ने कसरी आफुलाई त अग्रेज हाँसेको थाहा छैन । तैपनि हाँसि त हेर्नु पर्ला ।
घर हतार हतार पुगेर ऐना हर्नलाई । हाम्रो घरमा स्थायी रुपले खासै ऐना नहेर्न भए पनि आमाले कहिले कही कपाल कोर्दा ऐना चाहिएको कुरा बालाई भन्थिन । ऐना ल्यायो फुटि हाल्ने । एक हप्ता भन्दा त बढि चलेको रेकर्ड नै भएन । एकदिन बालाई आइडिया आएछ हाम्रा चपालिको सबै भन्दा ठूलो थाममा नै ऐना खोपेर राख्ने । त्यो बाको आइडियाले काम ग¥यो । बाले आमाको साइज नापेर त्यति नै अग्लो ठाँउमा फुटेको ऐनाको टुक्रालाई खोपेर राखे । हो त्यही ऐनामा हतार हतार गएर मैले अग्रेजी हासो सिक्ने भएँ ।
घर पुगेर टन्नै एकदुई घान मकै भटमास मस्काउने म त्यो दिन भने झोला सोला फालेर ऐना भएको ठाँउमा गएर हास्ने प्रयास गरेँ । आज खाजा नमागि कता गएछ भनेर हेरिछन् आमाले । लौ छोरो त एक्लै कसैसँग केही हासेको छ हासेको छ ऐनाको अगि गएर । पारेन बित्यास । उनले बालाई खोजेर ल्याएर भनिछन् यत्रो बाटो एक्लै नपठाँउ भन्दा मानेनौ नि अब छोरोको हेर हालत एक्लै हास्ने पो भएछ । शायद बनझाँक्रिले भेट्यो क्यारे ।
ओई माइलो ! बाले चिच्याउदा पो मैले अग्रेज हास्ने प्रयास गरेको हेर्ने त हुलै पो भएछन् । तँलाई के भयो आमाले थपिन ।
अग्रेजी सिक्या नि ।
तेरो कस्तो अग्रेजी हो ए मुला ?
कस्तो कस्तो नि हामीलाई पढाउने सरले अग्रेजीमा हास्नु भन्या छ त्यसैले ।
मेरो काम देखेर नहास्ने कोही भएन । म लाजले भुतुक्क भएँ ।
त्यो भोली पल्ट बिहान । राति सपना केमा देखे केही सम्झिन्न । बल्ल बल्ल सम्झेको पनि आफ्नै अलि परको भेडिखोरमा तिल्के गोरुको गाठालो गाको पो देखेछु । कताको अग्रेजीमा सपना देख्थे र ? दुःख लाग्यो । तेत्रो किताब सिरानी हालेको आइडियाले फेल खायो ।
बिद्यालयको पहिलो सर नै तिनै थिए अग्रेजीमा हास्न भन्ने । ती सर आए र सोधे कति जानाले हास्न सिक्यो । सिकेकोले हात उठाउ । कसैको हात उठेन म ढुक्क भएँ । म जस्तै अरुले पनि नजानेकोमा । अनि सपना देख्ने कोही छ ? ती सरले सोधे । किसोर भन्ने साथिले उठायो । के देख्यौ ? सर मैले बासँग सपनामा बोलेको देखेछु अग्रेजीमा । तिम्रा बालाई अग्रेजी आउछ ? अग्रेजी त मलाई पनि आउँदैन बालाई पनि आउदैन । मैले त्यही भएर बोलेको नी सर ।
ती सरले नजानेको भने बिषय रैनछ । ती भाका हालेर गीत सुनाउँछन् । कबिता भन्छन् । चुटकिला त बोल्यो कि त्यही नै भैहाल्छ । अचम्मै रमाइला सर । हामी बिद्यार्थीले त बुझेन भने बुझेन भन्यो । फेरी रमाइलो कथा कबिता र प्रसंग कथ्दै तिनले आधा अग्रेजी आधा नेपालीमै भनि दिन्छन् । पहिले पहिलेको बोझिलो अग्रेजीको कक्षा अब त रमाइलो लाग्ने भयो मलाई मात्र होइन धेरै साथिलाई । तिनै सरले डिक्सनेरी भन्ने किन्न लगाए । टेन्स भन्ने पढाए । पहिलेको त्यो बुझ्दै नबुझ्ने अग्रेजी हल्का बुझिने भयो । केही असजिलो कुरा आयो कि तिनले मिलाएर भन्छन् सजिलो तरिकाले । गीतले भए गीतले, चित्रले भए चित्रले , कथा कबिता प्रसंग जे मिल्छ त्यही मिलाएर तिनले अग्रेजीलाई पढ्न रुचिकर बिषय बनाए । केही नघुस्ने भन्ने दिमागमा केही घुस्ने बनाए । म तीन जानामा तेस्रो हुने १५० जनामा पनि तेस्रो नै भएँ ।
यी चिम्सा आँखा र छोटो ज्यान भाका सर कम्ति सबै बिद्यार्थीको बिचमा हिमचिम चर्चा भएन । जता गए पनि राई सरको चर्चा र पढाउने शैलीको कुरा भो । सधै र प्रायः सबै बिद्यार्थी फेल हुने अग्रेजीमा धेरै बिद्यार्थी सफल हुन थाले । यो क्रम निरन्तर चलिनै रह्यो । हामी दस कक्षा सम्म पुग्दा तिनी हाम्रा साथी जस्ता भैसकेका थिए । एसयलसीको बेलामा कहिले कही साथिको पुजामा जाग्राम बसेको बेलामा ती मलाई भन्थे हेर केटा पढेर होइन ध्यान धर्मले पो पास भइन्छ त । रात छर्लङ नभए सम्म बस नी । फेरी सुत्लास ।
उनको आफ्नो धेरै दाजुभाइ छन भन्थे । गाउँमा बिद्यालय खोल्न घर बनाएको थिए रे । चलाउन दिएनछन । अहिले खाली छ अब त्यसैमा गएर कुखराको फर्म खोल्नु पर्ला । शायद तिनले अस्थयी जागिरको भर नभको भनेर यसो भनेका होलान । अहिले सम्झन्छु । पछि पास भएर काठमाडौ झरेपछि तिनी र मेरो चिठ्ठी मार्फत गाउ शहरको कुरा हुन्थ्यो । पछि तिनले भने अब दोलखा पक्का छोड्छु कि म झापामा गएर कुखरा पालन कि त पुर्बाञ्चलमा नै कतै स्थायी शिक्षक भएर पढाउँछु ।
केही समय मैले लेखेका चिठीको उत्तर आएन । केही पछि तिनले लेखे म पुर्बाञ्चलको पाँचथर पुगेँ । यो जिल्लाको लुङरुपा भन्ने गाबिस छ त्यहीको शिबलिङेस्वर माबिमा पढाउँछु । बिचमा एक दुई वटा जति पत्र आदन प्रदान भए होलान् । त्यस पछि मैले लेखेका पत्रको कुनै जवाफ आएन । शायद म जस्तै अरु धेरै बिद्यार्थी जन्माउनेमा लागेकोले ब्यास्त भए वा मैले लेखेको चिठ्ठी कतै हुलाक कार्यलयमा मुसाको गुँड भयो जे होस हाम्रो पत्र आदन प्रदान बन्द भयो । उनले मलाई अहिले सम्मको अन्तिम पत्रमा आफ्नो फोन नम्बर पनि दिएका थिए तर त्यो पनि उनले दिएका देखि नै स्विचअफ गरिएको छ । तिनले लेखेको पत्रमा कुनै दिन आफुले लेखेको कबिता मलाई पठाएका थिए ।
हाम्रो भुगोल
जतिसुकै गाम्भिर्यमा डुबुल्की मारौ
या जतिसुकै चीर सुखमा सैर गरौ
यो कृतिम भूगोलमा
आक्षेप त विगविगी पाइन्छ नै
वर्वरताको युगमा जतिसुकै विद्धत सभा गरौ
अविष्मरणीय आलोक छरौ
पुरश्चरण यहाँ हुदैन नै
स्नेह जडित लतिका घन लहराऊ
दिब्य वैभव सितरा तरंग छहराहरुनै
एकाकार यहाँ हुदैन नै
कुम्भकर्ण झंगेल्दै अन्धनासक उठपनि
सद्गुण कर्मठ कर्मयोगमा जुटेपनि
पिलन्धरे नरपिचास पाइन्छ नै ।

No comments:

Post a Comment