Saturday, January 15, 2011

गीत

बसन्तको गुराँस झै जिन्दगीमा रङग रहोस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


रातको तारा झर्दा पनि भन्थ्यौ तिमी हेर्दैछु म
खुल्ला बादल माथि पनि भन्थ्यौ चित्र केर्दैछु म
एक्लै हुन्छु आज भोली बादल तारा जेझरेनी
होस हुन्न आज भोली जता मैले जेगरेनी
मेरो भागमा पिडा जति तिम्रो भागमा खुशी होस ।
बसन्तको गुराँस झै जिन्दगीमा रङग होस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


अङगालिएर कोही हाँस्दा तिम्रो हासो झै लाग्छ
बेकारको यी सम्झना तिम्रो नासो झै लाग्छ
लैजाउ यो मुटु नै झिकि दिन्छु म मरेनी
तिम्रो केही दोष हुन्न पाप धर्म जेपरेनी
मेरो भागमा आँशु आँशु तिम्रो भागमा हासो होस ।
बसन्तको गुराँस झै जिन्दगीमा रङग होस ।
बेहुली भाको बेलामा झै जिन्दगीमा उमङग होस ।


कीर्तिपुर २०,डिसेम्वर, २०१०

No comments:

Post a Comment