Tuesday, May 1, 2012

शैलुङको आलु



शैलुङको आलु

बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
२.०० पहिले चाहि अब दुने भन्ने चलन थियो । आलु चाहि दुई मकै धान चाहि थोरै । हेला गरेर चाही भुस भाको धान दिन्थ्यो । अनि अहिले मकै सरी दिन्छन् यहाँ । पर्सी बीउको बेलामा त चामाल पनि लिएर आको हुन्छ । अनि त्यसरी बिक्री हुन्छ । २.३३
दश बर्ष अगिसम्म गोपेडाँडाका बमबहादुर तामाङ भदौ लागेपछि सकी नसकी आलुको भारी बोकेर ओरालो लाग्थे । बम बहादुर मात्रै होइन, दोलखा र रामेछापको शैलुङ क्षेत्रका धेरै किसानहरुलाई आलुसँग अन्न साट्नु पर्ने बाध्यता थियो । आलु लिएर सकी नसकी बेंशी र औलतिर जाँदा उनीहरुले निकै सास्ती भोग्नु पथ्र्यो । जाँदा आलु बोकर लाने अनि साटेर आएको धान मकै जस्ता अन्न बोकेर फर्कने काम निकै गारो थियो । त्यति मात्रै होइन, आलुसँग अन्न साट्न घरघरै धाउँदा सुन्नुपर्ने वचन पनि निकै पेचिलो हुन्थ्यो ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
७.१८ ए आमै ए बाबै आलु साट्नुहुन्छ भनेर सोध्थ्यौ हामी । अनि त्यसरी सोधेपछि साट्दैनौ साट्दैनौ भनेर भनिन्थ्यो । हिँसा गथ्र्यो । ले ले साट्छौ भनयो भने यस्तो कराई झुसी आलु लगेर मुसे धान हाल्दिथ्यो । अनि घरमा ल्याएर भारी आलु लिएर गयो भने देखि पाँचपाथी आउँथ्यो । कुटेर खान दुई छाकलाई पुग्दैनथ्यो । समस्याथ्यो । अहिले आलु ल्याएन भने चिन्ता छ । यही बिक्रि भैहाल्छ किन लानु प¥यो त्यल्लाई । ८.०६
तर अहिले समयले कोल्टो फेरेको छ । पहिला आलु लिएर मानिसहरु बेंशी झर्थे, अब आलु किन्न तलबाट मानिसहरु लेकतिर जान थालेका छन । शैलुङ क्षेत्र आलु धेरै फल्ने ठाउँ हो । यहाँको बारी आलुका लागि ज्यादै मलिलो छ । मकै, धान, कादो जस्ता अन्न बाली यहाँ फल्दै फल्दैन भने पनि हुन्छ ।
दश बर्ष अगिसम्म यहाँको आलुको बजार थिएन । अन्न खाने रहरले यहाँका मानिसहरुले बारीमा थोरै फले पनि मकै र कोदो जस्ता अन्न बाली लगाउन खोज्थे । तर अहिले यातायातको विकाससँगै यहाँको आलुले बजार पाएको छ । अनि आलु बेचेर चामल खान सकिने भएको छ । अब उनीहरुलाई आलु बोकेर बेंशीतिर जानु पनि पर्दैन ।
लेकमा फल्ने भएका कारण यहाँको आलु स्वादिलो छ । त्यसैले शैलुङ क्षेत्रको आलु सबैले मन पराउँछन । यहाँको आलु काठमाडौंको बजारसम्म सजिलै पुग्छ । काठमाडौंमा यो आलु मुडेको आलु का नामले बिक्छ । तर यो आलु मुडे कै चाहिँ होइन ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
६.३३ शैलुङको आलुलाई मुडेको भनेको हो । मुडेको आलु भन्ने चाहि जक्सन भरेको भएर चाहि मुडेको आलु भनिएको आलुचाहि यतैको हो । ६.४६
यहाँका मानिसहरुले घरखेतबाटै आलु बेचेर पैसा लिएको धेरै भएको छैन । केही समय अगिसम्म आलुलाई दुःख दिने बाली भनेर चिनिन्थ्यो । अन्नसँग साँटेर नसकिएको आलु बेच्न एक दिनको बाटो हिंडेर मुडे बजार सम्म पुग्नुपथ्र्यो । तर यही आलु अहिले पैसा कमाउने बाली भएको छ । त्यसैले यहाँका मानिसहरु अहिले अन्न बालीको साटो आलु र तरकारी खेतिमै जोड दिन थालेका छन ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
१.०५ पहिला मकै कोही रोप्थे त्यती फाइदा हुदैनथ्यो । अहिले आलुमा जोड देको चाहि आलुमा अलि फाइदा भएर गरिराखेको हो । सबै जनाले अलिे । अलिे काउलीहरु गजरहरु रोप्छ । यहाँ निर अहिले रोड आयो अहिले थिएन बेच्न पनि सकिन्नथ्यो । मुडे लान पथ्र्यो आलुबेच्नलाई । अहिले चाहि घर गाउँमै आउने भयो । रोड चाहि राम्रो भाको छैन यहाँ निर । १.५०
काठमाडौंबाट सिन्धुपाल्चोकको मुडे हुँदै शैलङ क्षेत्रको भैसे सम्म कच्चि सडक पुगेपछि यहाँको आलु सजिलै काठमाडौ सम्म पुग्यो । बाटो नराम्रो भएपनि यहाँको आलु लिनकै लागि धेरै ठूलासाना गाडि यो बाटोमा दौडिरहेका हुन्छन् ।
बसुन तामाङ ः शैलुङस्वर – १, दोलखा
२०.०० यो रोड आयो । गाडि आयो त्यसैले सजिलो भाये भनौ न । लगेर साट्ने अलिअलि बेच्ने दुःख त्यस्तै हो सबैको । अन्न हुदैनथ्यो घरमा त्यही त हो नी सबैथोका अबश्यक पर्ने । अब ठूलो कुरा अन्न नहुने अब अनि लग्यो ल्योयो त्यो खायो त्यस्तै त हो नी । २०.५१
बसुन तामाङले भर्खरै बारीबाट आलु खनिन । अब उनी यहाँ काउली फलाउने सुरमा छिन ।
शैलुङक्षेत्रका पाँडेखानी, झोरमनगाउँ, निङाले, ढुङ्गे, दुधपोखरीको फलाटे र रामेछापको डडुवा राम्ररी आलु फल्ने गाउँ हुन् । समुद्र सतहबाट दुइहजार मिटर भन्दा माथि बस्ने यहाँका मानिसहरुको जिवन निकै कष्टकर छ । तर अहिले बाटोले यहाँका मानिसलाई थोरै भएपनि राहत दिएको छ । बाटोकै कारण उनीहरुले फलाएको आलु, गाजर, मुला लगाएतका बालीले बजार पाएको छ । अनि उनीहरुको आम्दानी बढाएको छ ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
५.०० एक बर्षमा बढि बेच्ने हरुले दुइलाख तीनलाख सम्मको बेच्छ । आलु बेच्छ तल्लो स्तरको बेच्नेले चाहि ५० ६० हजार ३० ४० हजार ५ दस हजार सम्मको बेच्छ । ५.१५
पहिला आलु बोकरे घरघरै पुग्ने किसानकै घरमा अहिले आलु किन्ने मानिस आएका छन । तरपनि यहाँका किसानले उचित मुल्य भने पाएका छैनन । किसानबाट सस्तोमा किन्ने र व्यापारीले बढी नाफा खानाले यहाँको आलुले भनेजति मुल्य पाएको छैन । भैंसेमा एक धार्नी आलुको मुल्य ३५ रुपैयाँ छ । यही आलु काठमाडौंको बजारमा ८० रुपैयाँ धार्नीमा बिक्छ । त्यसैले किसानले अझै पनि आफ्नो उत्पादनको उचित मुल्य पाएका छैनन ।
डिभी ३
कान्छि तामाङ ः घ्याङसुकाठोकर – ९, कुने, दोलखा
१४.०० ठेगेदार निमुला घइमाघइमा घान्दे चुबेलारी निवाआरे चाहि निबाआरे । १४.१०
१४.२८ खेती बिसान गर्ने मानिसलाई जहिल्यै समस्यै समस्या हुन्छ नी । १४.३७

बिजुली बिनाको एसि स्कुल


बिजुली बिनाको एसि स्कुल

नेपालका धेरै गर्मी हुने ठाँउ मध्येको एउटा शहर, मध्य पश्चिम तराईको नेपालगञ्ज । यहाँ दिउँसोको तापक्रम 10 डिग्री सेल्सियस सम्म पुगेको भेटिएको छ । नेपालगञ्जबाट झन्डै २५ किलोमिटर टाढा छ, बर्दिया जिल्लाको जनतानगर गाउँ । यो गाउँ मुक्त कमैयाहरुको बस्ती भएको ठाउँ हो । यिनै मुक्त कमैयाहरुका बालबच्चाहरु पढ्छन, यहाँको मुक्तकमैया प्राथमिक बिद्यालयमा ।
गर्मीकै कारण तराइका धरै विद्यालयमा बिहान पढाइ हुन्छ । दिन तात्न लागेपछि स्कुल पनि बन्द हुन्छ ।
गर्मी हुने भए पनि तराईका धेरै बिद्यालयमा टिनकै छाना लगाइन्छ । तर जनतानगरको मुक्तकमैया प्राथमिक विद्यालय भवन र यसको छाना फरक छ । जस्तै गर्मीका बेला पनि यो घरभित्र छिर्दा चिसो हुन्छ । अनि चिसोमा भने बाहिर भन्दा न्यानो हुन्छ । त्यसैले यो भवनको नाम नै एसी भवन । एसि भवनमा बस्न विद्यार्थीहरु निकै मन पराउँछन ।
यो भवन गर्मीमा चिसो र ठण्डीमा तातो हुने कारण यसको वनावट हो । यो भवनको छानामा टिन ओडाइएको छैन । यहाँ त घाँस उमारिएको माटोको छानो छ । भवनको पर्खाल माटोले आधा पुरिएको छ । कोठामा हावा छिरोस भनेर छाना भन्दा मुनी एक एक फिटको दुरीमा भ्यान्टिलेसन राखिएको छ ।
यो भवनका कोठाको तापक्रम अन्तका कोठाको भन्दा झन्डै १२ डिग्री सेल्सियस फरक हुन्छ । बर्खामा बाहिरबाट यहाँ छिर्दा चिसो अनुभव हुन्छ । अनि जाडोमा भने बाहिर भन्दा कोठाभित्रको तापक्रम १२ डिग्री सेल्सियसकै हाराहारीमा बढी न्यानो हुन्छ ।
शिक्षक ।
साना साना बालबालिकाहरुलाई विद्यालय आउने बानी बसाउन कक्षा एक र कक्षा दुईका विद्यार्थीलाई यस भवनमा राखिएको छ । घरमा बस्दा गर्मी बढी हुने भएकोले शितलमा बस्नकै लागि केटाकेटीहरु विद्यालय आउने गरेका छन । त्यसैले अहिले कक्षा कोठामा विद्यार्थीको चाप निक्कै छ । गर्मी धेरै हुँदा अरु कक्षाका विद्यार्थी समेत यही भवनमा आइपुग्छन् ।
शिक्षक
यो घर बनाउने तरिका फरक छ । माटो, सिमेन्ट र वालुवा मिसाएर बनाएको इटा यसमा प्रयोग गरिएको छ । यसरी इटा बनाउँदा यसलाई पोल्नु हुँदैन । बरु घाममा सुकाउनु पर्छ । वातावरणीय हिसाबले हेर्ने हो भने यस्तो इटा पोलेर बनाएको इटा भन्दा आठ गुणा बढि स्वच्छ हुन्छ ।
शिक्षिका ।
सरकारले तराईमा एउटा यस्तै स्कुल भवन बनाउन ६ लाख रुपैयाँ खर्च गरिरहेको छ । यो भवन चाहिँ डेनमार्कबाट आएका विद्यार्थिहरुले बनाएका हुन । उनीहरुले यो भवन बनाउन साढे सात लाख रुपैयाँ खर्च गरे ।

जय प्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी, बर्दिया
सामान्य भवन भन्दा डेढ लाख बढी खर्च लाग्ने भएपनि यो भवन कम समयमा बनाउन सकिन्छ । यो घर जम्मा २० दिनमा तयार भएको हो ।
जय प्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी, बर्दिया ।
तराइका धेरै विद्यालयहरुमा टिनको छाना हुन्छ । त्यसैले बर्खामा कक्षाकोठा तात्छ, अनि जाडोमा त्यही कक्षा कोठा चिसो हुन्छ । छानामा टिन नभएको र पर्खालको आधा भागसम्म माटोले ढाकिएका कारण यो भवनमा भने जमिनको चिसो बसिरहन्छ । त्यसैले पनि तराईमा यो भवन उपयोगी हुन्छ ।
शिक्षक ।
बिजुली बिनाको यो एसि भवन तराइमा चिसो बनाइराख्ने एउटा सरल र प्राकृतिक उपाय हो । माटोले लिपेर घर बनाउने हाम्रो परम्परागत ज्ञानमा थोरै सुधार गरि बनाइएको यो भवन तराइका लागि निकै उपयोगी हुनेछ । अनि गर्मीमा समेत शिक्षक र विद्यार्थिले चिसोमा बसेर पढ्न र पढाउन पाउेछन ।


गाडी सरर  

अहिले मुस्ताङमा वनेको सडक पहिले पयदात्रीका लागि वनेको बाटैबाट बनेको छ । त्यसैले यहाँ पर्यटक घटेकोले नयाँ पैदल बाटो खोज्ने काम भैरहेको छ ।
 
जोड लगाके हैसे 

 कच्चि सडक धेरै गाउँमा वनेका छन् । यस्ता सडक हिउद धुलै धुलो र बर्षामा हिलै हिलो हुन्छ । हिलो सडकमा गुड्ने गाडी कति खेर कहाँ बिग्रने हो र गन्तब्य कहिले पुग्ने हो ठेगान हुदैन । 

मैले बनाउदै गरेको डकुमेन्टरीको केही भाग


मैले बनाउदै गरेको डकुमेन्टरीको केही भाग । 

Monday, April 30, 2012

बिद्यार्थी जीवन


बिद्यार्थी जीवन

अहिले म बिद्यार्थी बेलाको समय सम्झन्छु । हाम्रो बिद्यालयको खेल्ने ठाँउ ओरालो न ओरालो थियो । अहिले पनि छ कही कही डोजरले खनेर पहिलेको झै ओरालो भने छैन । हामी कटाहरु ओरालैमा फुटवल खेल्दिन्थिउँ । केटीहरु कोही तुतु खेल्थे त कोही गट्टा । कहिले कही हामी टोपी लुकाई पनि खेल्थ्यौ । यो चाही केटा केटी दुवैले खेलेको याद छ ।
अनि अलि ठूलो कक्षामा गए पछि भने हामीले भलिवल खेल्ने भयौ । हाम्रो स्कुलको अघोषित नियम नै भने पनि हुने ठूलाले मात्र भलिवल छुन पाउने । हामी पनि नौ कक्षामा पुग्यो अनि अलिअलि वल खेल्न पाइने भयो ।

हुन त हाम्रो बेलामा सिनियर र जुनियर टोलीले खेल्ने दुइवटा भलिवल कोर्ट थिए । सिनियरले खेल्ने बल नयाँ हुन्थ्यो । नेट नयाँ हुन्थ्यो । अनि जुनियरले खेल्ने नेट त हुन्थ्यो बल नेट कटाएर गएको हो कि बिचै बाट छिर्यो थाहा हुदैनथ्यो । कहिले कही त्यही बिषयलाई लिएर भनाभन पनि हुन्थ्यो । अनि वलको हालत पनि त्यस्तै हुन्थ्यो । बल भलिबल भन्दा बढि फुटवलको झझल्को दिने खालको हुन्थ्यो । पुरानो बिग्रको बलमा नयाँ ट्यू हालेर बनाएको । यति सारो कि सर्भिस गर्नलाई पहलमान नै चाहिने । जो बलियो छ उस्लाई आफ्नो टिममा पार्नको लागि समेत निक्कै दाउपेच हुन्थ्यो । हान्नै सक्नेले पनि एक दुई चोटी सर्भिस गरे पछि अर्को पटक बल छुने आँट गर्दैनथे ।

केटाहरु भन्थे यो बलको सर्ट ¬  खेलकुदको भाषामा स्पाइक भन्छन् क्यार )जस्ले थाप्न सक्छ उ नेसनल गेमको सर्ट थाप्न सक्छ । अबस्था कस्तो थियो भने सर्भिस जताबाट कटायो उतैकाले गेम जित्थे । बल अर्को तिर बाट उडेर आए पछि डिगिङ भन्थे क्यारे थापि हाले पनि बल कता पुग्छ त्यो त थाहा हुदैनथ्यो तर टिङ गरेर तामाको स्वर वज्थ्यो । हातमा ढुङ्गा लागे जस्तो ।

मलाई पनि त्यो बल खेले पछि कन्फिडेन्ड बडथ्यो नेसनल गेम खेल्ने । तर हामी भन्दा सिनियर केटाले उता पटि खेल्ने बल मिसाका थियो । जुन हलुका यियो । अनि सर्ट थाप्न सक्ने तामा नबज्ने । खेल्न छिटो सरितो । हो त्यही कोर्टमा खेल्न पनि नसकिने बेलामा कताको नेसनल गेम खेल्नु ? मुले सिनियरहरुले हामीलाई पनि बल खेल्न दिए पो ।

सारो बल भएकोले अल्छि लागेको बेलामा त्यतिकै बसिन्थ्यो । ओरालो भयो कि मिसाका वालाहरुले सर्ट हाने पछि बल तिनले भेटाउँदैनथे । अरु बेला छुन नदिएको झोक त्यही बेला फेरिन्थ्यो । सिनियरले हातले हान्ने मिसाकालाई पाए सम्म लातले ठोक्ने । खाइस मिसाका । लु जा डाँडा कटेर ।

जसोतसो नौ पास भएपछि एसएलसीको बेलाको १० कक्षा । शिक्षकहरु भन्थे यो बेला भनेको पढ्ने बेला हो । मलाई भने लाग्थ्यो यो बेला भनेको मिसाका भलिवल खेल्ने बेला हो । अनि बिचवाट भलिवल नर्छिने नेटमा खेल्ने बेला हो । अनि केही रुपैया बाजी लगाएर चिउरा दालमोठ जितौरीको रुपमा खाने बेला हो ।

यो सबै खेल्न पाइने बेला भनेको दिउँसोको हाफ छुट्टि थियो । यो हाफ छुट्टि चारौ पिरियड पछि हुन्थ्यो । त्यसैले पनि हामी भलिवल मिसाकालाई माया गर्नेहरु सर नआइदिए हुन्थ्यो भन्ठान्थियो । अलि बढि पढाए भने टेन्सनले पारो तात्थ्यो ।


भलिबलमा आफ्नो पक्षले जित्यो भने त ठीकै छ । हार्न लाग्यो भने डाडाँ कट्ने गरि हानिदिन्थे । यो काम कहिले कही खेल्दै जस्तै गरेर हुन्थ्यो भने कहिले कही थाहा दिएरै । कहिले कही यस्तै बिषयमा बादबिबाद हुथ्यो । कुटाकुटै भने भएन ।

बरु कुटाकुट भन्दा पनि एक पटक जितबहादुरले मलाई कस्सिएको एक मुक्का हानेको भने म राम्ररी सम्झन्छु । जाडोको बेलामा थियो । हामी ओरालो पाखामा घाम ताप्दै पढ्थ्यौ । हामी कक्षा सात थियौ । चारौ पिरियड सकिए पछि हामी कवड्डी खेल्ने भयौ ।

कवड्डीको भनेर खेल्ने यो खेलको नाम अन्त अरु नै हुदो हो सायद । हामी त्यस्तै भन्थेउँ । एउटा खुट्टा एउटा हातले समातेर खेल्नु पर्ने यो खेल अन्त खेलिन्छ या खेलिदैन थाहा छैन । खेलमा केही नियम थिए । झुक्याउन नपाउने खुट्टा समाएको हात खुस्केमा या लडेमा हारको मानिने ।

यो खेल एक एक जना मात्र खेलिने भए पनि रमाइलो हेर्नेको संख्या धेरै हुन्थे । म कक्षामा बलियै बिद्यार्थीमा थिएँ । यो खेल पनि बलियैले जित्ने खेल थियो । खै कसरी हो त्यो दिन मैले जीतलाई जित्न सकिन । अनि हाम्रो झगडा सुरु भो ।
मैले झुक्याएर लडाएका ठाने । उनले ठानेनन् । मुक्काको बिउ त्यही थियो ।

तं हान्न, सक्ने बाउको छोरो भए ।
तं चाही हान्न, आमाको दुध खाएको भए ।
होइन छोएर त हेर, तेरो के हालत हुन्छ ।
तं हेर न, तेरो हालत झन के हुन्छ ।

दुबैले कुम फर्काउँदै मर्काउँदै त्यही कुरा भनिरहेको थियौ । पहिले हात हाल्नेलाई शिक्षकले बढि दोषि ठह¥याउने भएकोले बढि नै सजाएँ भोग्न पर्ने । त्यसैले हामी पहिले हात हाल्न डराउँथ्यौ । डाइलग माथि डाइलग भैरहेको बेलामा उसलाई मज्जैले रिस उठेछ । एक मुक्का हाने । नाकैको छेउमा । यस्तरी दुख्यो कि एक पटक होस गुम्यो । शायद त्यस्तै हुँदा होला तोरीको फूल भन्ने । भन्नेहरु बाहुका बे पनि भन्दा होलान् ।

मैले अघि सम्म सम्झेको बिस्तारै हान्लान । आफू पनि मुक्याउला भन्ने सुर थियो । मुक्काले रिस र आँशु दुबै एकै पटक आयो । मैले उनलाई समाउन खोज्दा नखोज्दै सँगै बसेका केटाहरुले छुट्याए ।

अनि मलाई लाग्यो दोषी नै हुने भए पनि हान्न चाही आफैले पहिले हान्नु पर्ने रहेछ । त्यही झगडाले हाम्रो केही महिना बोलचाल भएन । त्यस भन्दा बाहेक हातहाल गरेर झगडा भएन ।

काफल र ऐसेलु पाक्ने बेलामा हामी बिद्यार्थीको रोनक मज्जाको हुन्थ्यो । स्कुल देखि सबै भन्दा नजिक कि त काफ्ले बाहुनको बारीको काफल कि त्यो भन्दा अलि टाढा तामाङको । बिद्यार्थीले खान्छ भनेर काफलको रुखमा काँडा राख्थे । हामी पाकेको काफल भए जाबो काडोलाई डाँडो कटाएर काफ्ले बाहुनका काफल सखाफ पारथ्यौ ।

कहिले कही ती धनिले देखे भने कराउँदै आउँथे । त्यस्तो बेला रुखैबाट हाम फालेर भाग्नुको बिकल्प हुदैनथ्यो । त्यसैले मन पाकेको काफलमा भन्दा पनि कराउँदै आएमा भाग्नको लागि तयार बस्नु पर्ने अबस्था तिर हुन्थ्यो ।

काफल नपाक्दै देखि खाने बानी थियो । नपाकेको काफल अमिलो हुन्छ । अलि धेरै खाए पछि दात कुरीने हुन्छ । दातले केही नचपाउने ।

ऐसेलु खान भने छुट थियो । जता पाकेको छ । त्यतै जाने खाने । हामी यस्तो फलफूल खानलाई निक्कै पर सम्म पुग्थ्यौ । कहिले कही त जंगल घुम्दा घुम्दै सरहरुले हाफ छुट्टी पछिका पिरियड सिध्याउथ्यौ । काफल र ऐसेलुले हाम्रो खाजा खाने मनलाई पुरा गरथ्यौ ।

अहिले कति फेरिए होलान् बिद्यार्थीको स्वाभाव अनि काफ्ले बाहुनले काफलको बिरुवामा काँडा राख्न छाडे होलान् कि  छाडेनन् होलान् ?


बिद्यार्थी जीवनमा पढाउने सर मिसका काट्ने नाम राख्ने चलन थियो र छ । हामी पनि त्यस्तो राख्नबाट पछि थिएनौ । मिस त हाम्रो बेलामा एक जना थिए । अरु सबै सर ।

तिनका नाम जे भए पनि बिद्यार्थीले राख्ने नाम अनेक थिए । ती किन थिए कसैको कारण थियो धेरैको थिएन । तै पनि अनौठा र अचम्मका नाम माथि नाम थिए ।

शैलुङस्वरकै बद्रि खत्री थिए । उनी होचा कद र सानो ज्यान भएका । धेरै बर्ष पछि गएको बर्ष भेट्दा पनि उनको ज्यान त्यस्तै थियो । उनले हिसाव पढाउथे । शान्ता राईको ठाउँमा उनी आएका थिए । हिसाव पढाउने उनको तरिका रमाइलै थियो । बाहिरी दुनियाको कुरा भन्दा कितावको पछिल्लो पन्नामा भएको एन्सर मिलाउनमा उनी तल्लिन हुन्थे । उनी कितावी किरै थिए कि ? ती सरलाई हामी उनलाई फुच्चे खत्री भन्थेउँ ।

अर्का सर थिए पवटी गाउँका शिव भुजेल । उनी आफैले भने भुजेलको पछाडी क्षेत्री लेख्थे । शायद समाजमा बाँच्न सजिलोको लागि होला । पहिले पहिले भुजेललाई घर्ती भन्थे क्यारे । अनि तीनका काम डोली बोक्ने थियो रे । उनले शायद त्यही भएर भुजेल पछि क्षेत्री लेख्थे ।
अहिले भूजेलहरु जनजातिमा छन् । आफ्नै भाषा र संस्कार भएको अनि हिन्दु धर्म नमान्ने । तर शिव सर शायद आफूलाई हिन्दु अनि क्षेत्री बनाउन चाहान्थे । ती शिब सरले हामीलाई संस्कृत पढाउथे । उनले पढाउने बेलामा अलि ढिलो बोले पनि अरु बेला उनले बोलेको कति छिटो थियो भने उनी आफैलाई उनको बोली रेकर्डं गरेर सुनाउने भए शायद उनी नै बुझ्दैनथे । त्यसैले बिद्यार्थीले ती सरलाई भक्भके घर्ती भन्थे । हामी पनि उनलाई रिसाएर भन्न प¥यो भने त्यसै भन्थेउँ ।
पवटी गाउँकै अर्का सर थिए उप्रती । ती सरको विशेषता भनेको टोपी थियो । चिटिक्क परेको टोपी आठमा खैनी र सरलक्क परेको पाइन्टमा सजिएर हिन्थे । पवटी भेग भरि उप्रेतीहरु खानदानीमा पर्थे । ती सर नपर्ने कुरै भएन । पछि ती खानदानी उप्रेतीहरु सामान्ती भए राजनैतिक परिवर्तनसँगै ।
उप्रेती सर हामीलाई अंग्रजी पढाउने भनेर आएका थिए क्यारे । तर झापाली गोपाल राईले अंग्रजीको बागडोर समाले पछि उनको भागमा शिक्षा प¥यो ।
उनी बिद्यालयमा नियमित आउँदैनथे । पढाउने कला भने गज्जवको थियो । ती आठमा थुक आउने गरि मुख बङग्यार भन्थे लिसन कियर फुल्ली । अनि सुरु हुन्थ्यो उनको पाउलो फेरेको शिक्षा पद्दती । पाउलो फेरेको कुरामा उनी प्रसंग मिलाएर कथा भन्थे लोक कथा । हामी बिद्यार्थीलाई भाँड्मा परोस पाउलो फेरे तर लोक कथा रमाइलो लाग्थ्यो । उनले कहिले कही पाउलो फेरे सोधे भने लोक कथा भन्दिथेउँ पाउलो फेरे को हो को हो ?
हामी प्रसंगै नआइ पनि ती सरलाई लोक कथा भन्न कर गर्थेउँ । ती सर धेरै समय त भन्थे कोही कोही बेला भन्दैनथे । शायद वाक्क पनि लाग्दो हो ।
पढाउनु पर्ने पाठ्यक्रमको बिकास, बिद्यार्थी राजकुमारले राजकुमारीलाई राक्षसबाट बचाएको कुरा सुन्ने मन गर्थे । त्यसैले ती सरका कहिले कही कन्सेरी तात्थे क्यारे ती फेरी त्यसै गरि उसै गरि मुख बङ्ग्याएर भन्थे लिसन कियर फुल्ली अनि सुरु हुन्थ्यो पाठ । हो ती सरका ओठ कालो थियो । त्यसैले बिद्यार्थीले गाली गर्नु परे नाम राखेका थिए कालो ओठे ।
फस्कूकै सर थिए धेरै बिद्यालयमा । हेडसर थिए चरिकोट बजार नजिक माटीका नारायण श्रेष्ठ । ती साँच्चैका हेडसर हुन कि झै लाग्थे । ज्यान थियो । भुडी थियो । स्कुल थर्काउने स्वर थियो । उनी किताबमा भएका भरर पढ्थे । अनी उनले भ्याए सम्मको ब्याख्या गर्थे । कबिता भए कन्ठ गर्नु अनिबार्य थियो । मलाई यही काम भारी लाग्थ्यो । ती कबिता कन्ठ भन्न पर्ने दिनमा लौरो ल्याउथे । कुट्न चाही उनले कुटेको याद छैन । तीनलाई लाग्थ्यो मलाई कन्ठ हुन्छ त्यसैले मलाई ती साध्दैनथे । तै पनि सोधि हाले भन्ने डर थियो । ती थिए नै हेडसर ।
कबिता धेरैका थिए । लक्ष्मीप्रसाद देवकोटा, भूमि सेरचन, धरणीधर कोइराला, उही ओखलढुङ्गे शिद्धिचरण, माधव घिमिरे, बिर्खेटोपी धारी आदिकबि, वालकृष्ण सम र अरु धेरैका । कन्ठ गर्ने कबिताको सूचिमा लामो थियो । मलाई अरु धेरै कुरा आउने भए पनि कन्ठ हुदैनथ्यो । त्यसैले तीनका कन्ठ कक्षामा निक्कै डर लाग्थ्यो ।
ती हाम्रा हेडसरलाई हामी पाडो भन्थेउँ । खै किन हो त्यो मलाई थाहा छैन । शायद नेवार भएकोले होला । हामी बिद्यार्थी ती सर आए भने गुरुरु कक्षामा दौडिन्थेउँ पाडोको डरले । ती सर कतै देखि हाले पनि कान कानमा भन्थेउँ पाडो आयो पाडो आयो ।
ती सरसँग झन्डै ९ बर्ष पछि कीर्तिपुरमै भेट भयो । ती सेन्टर लाइबेरी तिर दौडिदैथे । मैले नमस्कार गरेँ उनले मलाई ठम्याए । गोकुल । तिमी अरु कुरा त चन्ज भएछौ स्वर उस्तै रैछ । स्वरबाट चिने । म त्यो बेला मास्टर दोस्रो बर्षमा पढ्दैथिएँ । उनले मास्टर पहिलो बर्षमा भर्ना गरको कुरा सुनाए ।
मलाई लाग्यो यी पाडो सरका दिमाग भने हो । यति लामो समय पछि पनि जाबो म फुच्चेलाई चिने ।

अर्का सर थिए बासुदेव बुढाथोकी । ती बिद्यालय देखि नजिकैको सर थिए । ती चुच्चे पाइन्ट माथि सर्ट लाउथे । म बिद्यालय पढ्ता ताका खुव चलेको जुता गोल्डस्टार थियो । उनी त्यो जुता टल्काएर आउथे । उनको कपाल ठाडो हुन्थ्यो । उनको लवाईले गर्दा हो कि के हो उनको टाउको बिसाल देखिन्थ्यो ।
निक्कै सफा भएर हिड्ने सरमा पर्थे उनी । पढाउने सरको शैली हामी फस्कुले बिद्यार्थीलाई पच्ने खालको शायद थिएन । उनी अलि भेग तरिकाले पढाउथे ।
बिषय अर्थशास्त्र थियो । उनी देश बिदेशको अर्थ शास्त्रका किताव पढेर हामीलाई सुनाउथे । हामी फस्कु र शैलुङस्वर नकटेकालाई न आडम स्मिथ थाहा थियो न रस्काइल नै । हामीलाई तीनका सिद्धान्तका कुरा धेरै पच्दैनथ्योे । हामीलाई बरु एकादेशका राजकुमार र राजकुमारीको प्रेम कथा अनि राक्षसले दिएको दुःखमा बढि चाख थियो । ती बुढाथोकी सर त्यस्ता कुरा कहिल्यै भन्दैनथे ।
ती सर स्कुल भरिकै राम्रो पढ्ने सरमा थिए । हामी दस कक्षामा पढदा ताका उनको दिमागले राम्ररी काम गरेन भन्ने हल्ला चल्यो पछि ठीक भए । जे होस ती सर दुनिया पढ्न सक्नेमा थिए । ती सरलाई बिद्यार्थीले घन्टाउके सर भन्थे ।

नाम नराखेको सर शायद बाँकी थिएन । कसैलाई फोक्से सर, कसैलाई भेराइटी । कोहीलाई कामी त कसैलाई मिल्के । ती धेरै सर अहिले पनि उसै गरि म जस्ता बिद्यार्थीलाई डुङ्गा तार्न चक डस्टर खियाउँदै छन् । शायद बिद्यार्थी फेरिए शायद तिनलाई दिएको उपनाम फेरिएको हुनसक्छ । अनि धेरै सरहरुका बिद्यालय पनि फेरिए होलान् ।

पछि म देशका अरु भागको गाउँ गाउँ डुल्दा शिक्षकहरु भेटाएँ भने फुर्सदमा गफिन्छु । देश भरिका शिक्षकका कुरा उस्तै हुन् । पहिले रहर पछि बाध्यता । यसमा अपबाद पनि होला । धेरैले भन्छन् यो पेशा भन्नका लागि सम्मानित पेशा हो तर हुनको लागि कहिल्यै जस पाउने पेशा । जस्तो कि म यो मेरो बिद्यार्थी जीवनको सम्झनामा मेरो पढाइको मेलो सार्ने गुरुहरुलाई बिद्यार्थी जीवनमा कसरी गाली गर्ने नाम राख्थेउँ भनेर लेखि रहेको छु ।

Sunday, April 1, 2012

हिसाव र शैलुङे

हिसाव र शैलुङे

हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम ।
म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका ।
उनी आएको पहिलो दिन गोपाल गुरुले दुलही ल्याए रे भन्ने खुव चर्चा भयो । बिद्यालय भरी एक खालको हल्ला र तरंग फैलियो । नयाँ शिक्षक आउँदा जहिल्यै पनि हामी कस्तो आउँला भनेर सोच्थ्यौ । उनी हामी स्कुल पुग्नु पहिले नै अफिसमा छिरिछिन् । हामी मास्टर बस्ने कोठालाई अफिस कोठा भन्थिउँ । अफिस कोठाको झ्याल अग्लो थियो । अनि केही भित्र हेर्न परेमा झ्यालमा चढ्नु पथ्र्यो ।
पहिले कहिल्यै नआइकी गोपाल गुरुको दुलहीलाई हेर्न मन नलाग्ने कुरा भएन । त्यसैले कक्षा आउनु भन्दा पहिले नै अफिसमा हेर्ने भयौ । हुन त बिद्यार्थी बेलामा जे मा पनि उत्सुक्ता हुन्छ । झन नयाँ मान्छे आयो भने त मास्टरसाहेबहरुलाई अफिसको सानो प्वाल र झ्यालबाट झुम्मिने बिद्यार्थीलाई धपाउँदैमा बित्छ ।
म पनि अफिसको झ्यालमा झुन्डिएँ । भित्रकी नयाँ दुलही म्याम हेर्नको लागि । भित्र एक सुरले हेर्न मात्र लागेको थिएँ । त्यही बेला एउटा मास्टरले मलाई पक्डिए । अनि एक थप्पर लगाएर छाडे । झ्यालबाट दुलही म्याम त देखिएन नै बेकारको झाप्पु खाइयो । पहिलो गाँसमै ढुङगा । यस्तो कुटाइ खाइखाइ जावो दुलही म्याम । म हारेको अनुहार लगाएर गएँ कक्षा कोठामा ।
एकै छिनमा उनी चक र डस्टर बोकेर हाम्रै कक्षामा आइन । थुक्क एकै छिनमा देखिने रैछ बेकारमा झाप्पुको लागि झुन्डियो । उनले हामीलाई हिसाव बढाउने भइन । यो बिषय मेरा लागि कहिल्यै प्यारो रहेन । मलाई अहिले सम्म पनि केही गा¥हो लाग्छ भने यही हिसाव हो । केटाहरुले थेगो नै बनाएका थिए हिसाव भन्यो कि डरले पिसाव आउँछ । हो यही बिषय पढाउने भइन उनले । हामी सात कक्षामा थियौ ।
पहिले पहिले हामी सानो कक्षामा एक देखि सय सम्म भन्न सिक्यौ । अनि मलाई हिसावको सानो कक्षामा हुदाँ दुनोट खुब रमाइलो लाग्थ्यो । दुनोट भन्दा चाही सबैले एकै स्वरमा दुइ एकाने दुइ दुइ दुना चार दुइ तिया छ भनेर गीत गाउँथे । यस्तो बेलामा जति चर्को स्वरमा कराए पनि पाउने । त्यसैले निक्कै रमाइलो लाग्थ्यो ।
हिसाव जान्नु केही थिएन । सुत्र माथि अर्को सुत्र । त्यो कताबाट कसरी आयो पत्ता नहुने । कताको होल स्क्वायर कताको क्यू । कताको ब्राकेट कताको ट्रयाङ्गल । मलाई केही शुद्धि नआउने । प्रत्येक दिन केही न केही सुत्र पढनै पर्ने । ओहो मलाई अरु पिरियडमा कुनै चिन्ता थिएन तर हिसाव भने पछि त्यस्सै उकुस मुकुस हुन्थ्यो ।
मलाई लाग्थ्यो सुत्र बिनाको हिसाव जान्ने मास्टर आए पो । यी शान्त म्याडमले पनि उस्तै हिसावका सुत्र कन्ठ गर्नु भन्छन् । आफूलाई अरु धेरै कुरा बुझे पनि जिन्दगीभर नबुझेकै कन्ठ गर्नु हो । मलाई कन्ठ गर्ने फुर्सद पनि हुदैन । बेलुकी घर फर्किनु । बिहान बिद्यालय आउनु । लामो बाटोको बिद्यार्थीको मर्का आफ्नै थियो ।
सुत्र कन्ठ नगरे पहिले पहिलेका मास्टरले कुट्थे । वनमाराको सिरकना कति भाचिन्थे भाचिन्थे । आफ्नै हातमा सिरकना भाँच्न आफै वनमारा भाच्न जानु पथ्र्यो । तर अव यी शान्ता म्यामको भने हातमा सिरकनाको डाम होइन कार्वही गर्ने चाला फरक थियो । भन्न जानेनन् भने उनी कि त चुट्किला, कि गीत, कि कबिता जे भने पनि हुने । भन्न चाही भन्ने पर्ने । त्यसैले पनि मलाई सजिलो भयो । त्यो बेला मेरा बाले रेडियो ल्याएका थिए । अनि म रेडियोमा गीत सुन्थे । कुन्ती मोक्तान, नारायण गोपाल, नातिकाजी, प्रमध्वज प्रधान, अरुणा लामा अनि अरु धेरैका । मलाई आउने गीत भनेको कुन्ती मोक्तानको माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई मात्र थियो । अरु गीत सुन्यो बिर्सन्थे । यो गीत आफ्नै गाउँ शैलुङेको भएकोले पनि अलि सम्झन्थे । अनि सुत्र आएन कि म गीत गाउँछु म्याम भन्थे ।
उनी स्विकृतिको लागि टाउको हल्लाउँथिन । म मेरै तालमा माथि माथि शैलुङे भनिदिन्थे । एक दुइ र पटक पटक शैलुङे दोहिरोन थाल्यो । अनि कन्ठको कुरा आयो उनी म तिर हेरेर भन्थिन ।
हन यो केटाले के गर्छ हौ ? अरु गीत त सुनेकै पो छैन कि के हो ? सधै शैलुङे शैलुङे ।
धेरै पटक शैलुङे गाए पछि मैले जानिन भने पनि उनी भन्थिन भो हो भो यो केटाले गाउने त्यही त होला शैलुङे । लु भो हौ बस । शैलुङे जसरी पढेको भापो हुन्थ्यो हो ।

अव मैले गीत पनि गाउन नपर्ने भो । मनमा रमाइलो लाग्यो । अनि मलाई लाग्यो साँच्चै यो शैलुङे कन्ठ भए झै हिसावका होलस्क्वायर र क्यू कन्ठ भए ।

उनले त्यस पछि हामीलाई पढाइनन् । म जसो तसो त्यो बर्ष हिसावमा पास भएँ । जे ग¥यो शैलुङेले ग¥यो । त्यस पछि पनि फेलै त भइन तर मेरो हिसावसँगको दुस्मनी भने कायमै रह्यो ।