Showing posts with label nepali poem. Show all posts
Showing posts with label nepali poem. Show all posts

Monday, July 23, 2012

ठमेल


मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल । 


होस हराएर केही भुइमा खोजेझै 
हराइरहन्छ धन्टौ मान्छेहरु 
अनि 
काइलीको भट्टीमा 
सुटुक्क कसैलाई सुइको नदिइ
दुई बोतल रित्याएर 
फेरी रेडलेवलको 
एक पेग लिन हुलका हुल साथीलाई सुनाएर  
दिउसो छोराको महिना फि नतिरी सोजिन्छन् ठमेल । 

एक पेग मस्त मातिन्छन् 
अनि बाहना हुन्छ टन्न खाएको 
भुल्छन् काइलीका भट्टीहरु 
भुलाउँछ ठमेलले । 


प्रत्येक इभहरुमा 
भुइमा जवनी छरिन्छ 
टिप्नलाई 
रुपैया,डलर,युरो,भारु, डिनार, रियाल, युयान
येन सब चल्छ सब । 


यहाँ कसरी कमाएको कुरा हुदैन
पसिना बगाए पनि रगत छदाए पनि । 
तिमीसँग छ भने सबथोक छ 
मसाजका तरिका छन् मसाज गर्नेका बिकल्प छन् 
बस्ने कोठा देखि चुठ्ने भाँडा सम्म । 


खानेका तरिका खानाका परिकार
अनेक छन् अनेक 
नबोलिने भाषा छैन
नपाक्ने परिकार पनि
यो ठमेल हो ठमेल । 


अन्त रात पर्दा 
यहाँ उज्यालो हुन्छ
अन्त गर्ने नहुने कुरा यहाँ सजिलै हुन्छ । 


हर गल्लि र कुनामा
नक्कल हुन्छ नक्कल 
छेउमै भएको असन खुइलिएर भत्किनै लागेको बेला
अझ तन्नेरी झै बसिरहेको ठमेल 
फुलेको कपाल ठाडो पारेर 
रिक्की मार्टन शैलीमा 
चाउरिएको छालामा 
जबरजस्त तन्काउने कस्मेटिक दलेर । 


मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल ।