Showing posts with label gazal. Show all posts
Showing posts with label gazal. Show all posts

Wednesday, May 23, 2012

गजल



गजल 



के रहर हुन्छ र मन मरेको बेला
आफ्ना मुटु अन्तै घर सरको बेला 



कति दुःख बाँकी नै छ यात्रा भरिमा
अध्यारो उज्यालिने जुन झरेको बेला



साथी भाइ साहरा अप्ठ्यारोमा न हो
चाहियो किन लौरो खोला तरेको बेला 



पिडा कति हुन्छ सोचे मात्र पुग्छ
आलो घाउ माथि नुन छरेको बेला



जेष्ठ ७, २०६९, थोकरबस्ती, डेराटोल


Sunday, August 14, 2011

गजल

कहिले पाउने हो भाउ जिन्दगीको

कहिले पाउने हो भाउ जिन्दगीको ।
तर्ने कसरी हो नाउ जिन्दगीको ।

छक्का पन्जा बिनै खाल बस्या छु
लाग्छ कसरी खै दाउ जिन्दगीको ।

अरु देब्रे चल्दा आफु दाहिने तिर
कसरी हो मिल्ने पाउ जिन्दगीको ।

कति कट्ला जोवन यसै गरि गरि
भेटाउने कसरी गाउँ जिन्दगीको ।

Saturday, January 15, 2011

गजल

मागी मागी चल्ने जिन्दगीलाई सलाम
आँफै सँग छल्ने जिन्दगीलाई सलाम

निहुरिनु नै त छ दाँया बाँया सधैं
अग्लो भिर्मा फल्ने गिन्दगीलाई सलाम

मोज मस्ती अरम छ हुनेखानेलाई
फल्नै नपाई गल्ने जिन्दगीलाई सलाम

रोइ रोइ पनि सास फेरेकै हुन्छन
आफ्नै हात मल्ने जिन्दगीलाई सलाम

Wednesday, May 19, 2010

गजल

गजल

सुन्दर संसारको सपना टुट्यो र रोएँ ।
यो जिन्दगीको यात्री छुट्यो र रोएँ ।

दुःख सुखको कुरा अल्झिने त्यो
एउटै थियो मु्टु लुट्यो र रोएँ ।

वचन तिर झै थियो रोप्पियो
आँशु मुल बनेर फुट्यो र रोएँ ।

हाँगा नभाको रुखमा ओत लागिएछ
बिस्वासघात असिनाले चुट्यो र राएँ ।