Saturday, February 7, 2015

साइत

बाबुको के बिचार छ त ?
चिया पिउँदै कुरा सुरु भो ।
त्यो भन्दा पहिले सामान्य अनौपचारिक कुराकानी भएका थिए अफिस र आफन्तका ।
मनमा भएका कुरा कताबाट सुरु गर्ने हो । धक लागि रहेको छ । फिल्म हेर्दा केटीलाई आफ्नो विवहाको कुरा गर्दा ‘क्लोजअप’मा औलाले भुँई कोट्याएको देखाउँथे । केटाले विहेको कुरामा के गर्थे ? मैले फिल्ममा देखेको थिइन । लौ फसाद के गर्ने होला ? बिहेका कुरा देखाउँदा केटीका अरु रुप पनि देखाइन्छ । फिल्ममा । अरुका घरमा जाने भएकोले माइतीघरको यादमा रुने । जबरजस्ती जानपर्ने जस्ता । म अरुको घर जाने होइन ल्याउने हुँ । कस्तो ‘सिन’ हाल्दा हुन् यस्तो ‘प्लट’मा । क्यामरा हुँदो हो त मेरै अनुहारको ‘बिगक्लोजअप’ रेकर्ड गरे के फरक पर्दो हो र ? कुराकानी बिस्तारै अघि बढ्दैछ ।
हुनेवाला ससुराबासँग कुरा गर्दैछु । साथीभाइको अनौपचारिक गफगाफमा केटीलाई ‘पट्याउन’ भन्दा बढि गा¥हो त केटी बालाई ‘पट्याउन’ हो भन्छन् । साथीहरु थप सल्लाह गर्छन । बासँग बोल्दा सानो स्वर निकालेर बोल्नु । जे बोल्दा पनि हजुर हजुर भन्नु । धेरै भन्दा धेरै सम्मान गर्नु । नत्र गा¥हो हुन्छ । जीवन डामाडोल हुन्छ । केटीका बालाई रिस उठे राम्रै हिड्ने मान्छेलाई पनि किन बाङ्गो हिडेको भन्छन् रे । राम्रै बोल्नेलाई तोते बोली रैछ भन्छन् रे ।
मेरो भागमा अहिले केटी बा ‘पट्याउने’ ‘प्लट’ परेको छ । यो कुनै फिल्म होइन । साथीभाइले भने जस्तो सजिलो पनि छैन । फेरी यसो सम्झन्छु । अनुभबी साथीहरुले भनेका हुन क्यारे । सुनेको कुरा । यतिखेर ज्यान हेर्दा केही भएको छैन । त्यस्सै काले मान्छे । अलि कालो भएको हुँदो हुँ । अरु राम्रो छु । ठीक छु । भित्र भित्रै भरपुर अप्ठ्यारो छ । असजिलो छ । ज्वरो आएको छ । यस्तो परिस्थितीलाई सहज बनाउँदै हुनेवाला ससुराबाले भने ‘लौ ठीकै छ छोरीले हामीसँग सामान्य कुरा गरेकी छे । तंपाईहरु एक अर्कालाई मन पराउने थाहा पायौ ?’
कुरा त्यतिकै रोकियो । अब थप तं भन केटो भन्न खोजेका त होलान् । भन्न केही खोज्यो । मुखबाट शब्द निस्कदैन । भित्रभित्र डल्लो पर्छ । पेट भन्दा माथीबाट भन्छु भनेर घाँटीसम्म आउँछ । त्यही रोकिन्छ । के भन्ने ? कसरी भन्ने ? मन त पराकै हो । डेटिङ पनि हिडेकै हो । छोरीका बालाई के के कुरा सुनाउने ? के घटाउने । कसरी छोरीसँगको प्रेमकहानी भन्ने ।
अरु पनि अप्ठ्यारा छन् । हुनै लागेको भैनसकेको ससुरालाई के भनेर सम्बोधन गर्ने । बा भन्ने कि अंकल भन्ने ?  अहिले सम्म बोल्दा नमस्कार र हाइहेल्लो सामान्य मात्र चलेको छ सम्बोधन बिना । जे त पर्ला । असजिलो गर्दैै सानो स्वरले एक वाक्य बोलेँ ‘हो हामी मन पराउँछौ बा ।’ बिहेकै कुरा चलेपछि श्रीमतीको बा मेरो पनि ससुराबा हुनक्यारे लौजा । बा नै सम्बोधन गरेँ । यो एक वाक्य बोल्नलाई हुने वाला श्रीमतीलाई प्रेम प्रस्ताव राख्दा भन्दा गाह्रो भो ।
बाले सम्बोधनमा आपति जनाएनन् । सासुआमा पनि हामीलाई सुन्दै चिया खाँदै थिइन । अब उनले कुरा थपिन । ‘तंपाईहरु एक अर्कालाई मन पराएको मान्छे हो । हामीले धेरै के भन्नु । कसरी जीवन चलाउने भन्ने पनि तंपाईहरुकै हातमा छ । तै पनि हामीले औपचारिकता पुरा गर्नु पर्छ । जति सक्यो छिटो विवहा गर्नु पर्यो ।’
एक छिन सन्नटा छायो । सायद हुनेवाला ससुराबाले थप केही बोल्ला कि भनेर खाली छोडेको हुनु पर्छ । कोठामा खाजा बोकेर मेरी प्रेमिका बन्न लागेको श्रीमती आइन । सासुआमाले खाजा मेरो अघिल्तिरको टेबुलमा राखिन । सासुआमा र बाले आफ्नो प्लेटमा थोरै राखे । न कपाकप खानु न नखानु ।
‘खानु बाबु खाजा ।’ सासुआमा बोलिन् ।
ससुराबा बोलेकै छैनन् । हुनेवाला श्रीमती खाजा राखेर कोठा बाहिर कता हो कता । जे पर्ला खाजा खान हात लम्काएँ ।
ससुराबाले बोले । ‘सधै लभ गरेर मात्रै पनि हुदैन । ब्यवहारिक हुन पर्यो । हाम्रो जातपात मिलेकै छ । साइत हेरेर दिन जुराउनु पर्यो बाबु ।’ पुरै ‘क्लाइमेक्स’को वाक्य ससुराबाले भने ।
फिल्ममा हुँदो हो त यो अबस्था आउनलाई के के हुँदो हो । द्धन्द्ध हुँदो हो । केटी पट्याउन कति काइते काइदा आपनाउनु पर्दो हो । केटी पक्ष र केटा पक्षको कुरा मिलाउन कति गाह्रो हुँदो हो । मेरो त त्यस्तो केही मसलेदार कथा बिना नै क्लाइमेक्समा पुग्यो । जीवन कथा । खाजा कपाकप खादैगर्दा अलि जोस भरिएर आयो । हिन्दी फिल्ममा भनेको झै प्यार किया तो डरना क्या ।
‘हुन्छ । लामालाई डाकेर साइत जुराऔ । मेरो त सबै परिवार गाउँमै हुनुहुन्छ । म मात्रै यता तिर (काठमाडौ) हो ।’
‘अनि के भो त बाबु ?’
मेरो कुरा पुरा नसक्दै हुनेवाला ससुराबाले प्रश्न राखे ।
के भो भन्नु बिहेको दिन फिक्स गर्न अलि असजिलो भो । तामाङहरुको मामालाई नसोधी यस्ता कुरामा ठोस निर्णय हुदैन । मामाहरु आफ्नै तालको भाउ खोज्छन् । भए आफ्नै मामाको छोरी विहे गर्नु पर्ने हो । नभए पनि तिनलाई डालो लान पर्ने हो । अनि यो दिन कस्तो छ ? सोधनी हुनु पर्ने हो । तिनको चित बुझे पछि भन्छन् ठीक छ । भन्जाको विहेको दिन ठीक छ । नत्र तिनले अनेक कुरा भन्छन् । उस्तै परे विहे क्यान्सिल ।
धेरै मामा हुनेलाई सजिलो हुन्छ । एउटा नभए अर्को मामा मान्छन् । आफ्नो त भएको मामा पनि एउटै छ । ती मानेनन् भने । मामा पछि आमा छन् । आमालाई छोराले बुहारी ल्याओस भन्ने छ । तर बुहारी आमाले भने जस्तो हुन पर्छ । ‘घाँस,दाउरा छिटो गर्ने । मेलापातमा दौडिने । पाखुरी बजाएर खाने बुहारी ल्याउनु पर्छ बुझिस् ।’ आमाको माग छ । बा मेरा विहेको बारेमा खासै कुनै माग गर्दैनन् । एक पटक अरुसँगै कुरा गर्दा सुनेकोथे । ‘पढेको छ । ल्याउँला नी आफैले हेरेर ।’ बिचारा बा आमाले एक पटक हकारे भने आफ्नो भनाई चेन्ज गर्न बेर लाउँदैनन् ?
यसो अनासुकीको बिचार गर्छु । म कमाउने मान्छे । खल्ति रितो छ । खातामा पनि केही छैन । तैपनि आटे पछि आट्यो । ‘बिहे गर्न र घर बनाउन कमाएर राख्दैन मान्छेले‘ कतै सुनेको भनाईले हौसला बढायो ।
अघि सम्म एक्लिएको जस्तो लागेको कोठामा सबै आफ्नै लागे । हुन लागेकी श्रीमती कोठामा आउँला कि भनेर हेरेँ । आइनन् । किचन तिर तेलमा केही झानेको स्वर सुनेँ । झ्वाई । सोचेँ किन खाना पकाउन हतारिकी होली । जिन्दगीभर खाना खान त बाँकी छ । एक छिन सँगै बसेकी भए भैहाल्थ्यो । तर अर्को मनले सोचेँ । उनलाई पनि गाह्रो छ नी । आमा बासँग बसेर आफ्नै बिहेको बारे कुरा गर्न ।
अब अघि जस्तो अप्ठ्यारो हराउँदै गयो । बिस्तारै सबै सजिलो हँुदै गए । मनका कुरा राख्न सक्छु जस्तो भो । साइत हेरियो लामासँग । खै कुन कुन ‘छ्याई’ हेर्दै साइत निकाले माघ २५ । बिहे भए पनि दुई बर्ष बित्यो ।

No comments:

Post a Comment