Wednesday, February 15, 2012
Tuesday, February 14, 2012
छोटा कबिता
तिम्रो र मेरो फरक
तिमी मेरो
फोन काटेर
रात भर
मस्तले सुत्न सक्छौ
म त्यही कारण
रात भर आखाँ
झिमिक्क नगरि कटाउँछु ।
लतमा परेको म
तिमीलाई फोन गर्ने
त्यही भएर त
हर बेला हातैमा
मोवाइल र तिम्रो मात्रै हुन्छ डायल कल ।
इनबक्स
भरिएको म्यासेजले
घरि घरि हसाउँछ
तिमी पनि यस्तो म्यासेज लेख्थेउ भनेर ।
कहिले कही
नभएको हुन्थ्यो जस्तो लाग्छ धेरै कुरा
जस्तो कि तिम्रो नम्वर ।
कि त ब्यस्त
कि त उठ्दैन भन्ने थाहा पाएर पनि
तिमीलाई फोन गरिरहन्छु
कि यो पटक त उठिहाल्ला भनेर ।
तिमी मेरो
फोन काटेर
रात भर
मस्तले सुत्न सक्छौ
म त्यही कारण
रात भर आखाँ
झिमिक्क नगरि कटाउँछु ।
लतमा परेको म
तिमीलाई फोन गर्ने
त्यही भएर त
हर बेला हातैमा
मोवाइल र तिम्रो मात्रै हुन्छ डायल कल ।
इनबक्स
भरिएको म्यासेजले
घरि घरि हसाउँछ
तिमी पनि यस्तो म्यासेज लेख्थेउ भनेर ।
कहिले कही
नभएको हुन्थ्यो जस्तो लाग्छ धेरै कुरा
जस्तो कि तिम्रो नम्वर ।
कि त ब्यस्त
कि त उठ्दैन भन्ने थाहा पाएर पनि
तिमीलाई फोन गरिरहन्छु
कि यो पटक त उठिहाल्ला भनेर ।
Thursday, February 2, 2012
सुमो र सेवा
सुमो र सेवा
सडक र सवारी नेपालको धेरै फाइदा र अब्यस्थित क्षेत्रमा एक नम्वरमा भएको आरोप सधै लाग्ने गर्छ । यस्ता आरोपको पुष्टि उनीहरुले गर्ने ब्यबहारले बेला बेलामा हुन्छ । गएको बर्ष हटौडामा काम बिशेषले पुगेको थिएँ । फर्कने बेलामा सबै भन्दा सजिलो र सरल तरिकाले काठमाडौ फिर्ने उपाय सुमो हो भन्ने सल्लाहा भयो ।
हेटौडाबाट काठमाडौ आउने सुमो बिहान ६ देखि सातको बीचमा धेरै गुड्ने रहेछन् । त्यस पछिको समयमा गुड्नेको संख्या कम । म पहिलो पटक सुमो चढ्ने सुरमा भएकोलाई यो कुरा थाहा भएन । त्यसैले म सवा सात तिर पुगेको हुँला । त्यो बेला सुमो जानेको संख्या कम भएको हेटौडाकाठमाडौ सुमो चलाउने प्राय समितिको कुरा थियो ।
विकल्पमा स्थानिय साथीले वसपार्कमा कुरे सुमो पाइने कुरा सुनाए । डुवेको बेलामा त्यान्द्रो साहरा भनेझै हेटौडा बसपार्कमा गइयो । त्यहाँ भएको एउटा सुमो काउन्टरमा सोध्दा नौ जना मानिसले सुमो भरको म चढे १० जना हुने र सुमो दौडिने कुरा सुनाए । सुमो चढ्ने धेरैलाई थाहा छ त्यसमा चढ्न सक्ने भनको जम्मा १० जना मात्र हो । म बसपार्क पुग्दा साढे सात भएको हुन पर्छ । पुरै प्याक भएको सुमो पौने आठमा गुड्ने कुरा मलाई सुनाइयो । त्यहाँ न सुमो थियो न अरु ९ यात्री ।
बिकल्प नभएको म १५ मिनेट हेटौडाको चिया पिउने वाहनामा उभिएँ । सुमो आएन । काउन्टर वालाले भने अब १५ मिनेटमा आउँछ । मान्छे लिन गका छन् । फेरी अर्को १५ मिनेट बित्यो । मेरो प्रश्न उस्तै र उस्ले दिन उत्तर पनि उस्तै । यो क्रम ९ बजे सम्म चल्यो ।
अति नै भए पछि मैले पैसा फिर्ता मागेँ । काउन्टरवालाले आनाकानी गरे । मैले सुमो नचढ्ने पक्का गरेको कुरा गरे । काउन्टरमा अरु पनि थिए । उनीहरु सल्लाह गरे । अनि मेरो पैसा फिर्ता । बल्ल मलाई थाहा भयो । उनले मसँग काल्पानीक सुमो तयार गरेछन् । अनि कल्पना गरेरै १० नम्वरको सिट मिलाएका रहेछन् ।
अचम्म धेरै कुरामा लाग्यो । जाबो काल्पानिक गाडिमा पनि अन्तिम सिट । एकातिर समय निक्कै धर्केको थियो अर्को तिर त्यति धेरै समय काल्पिनिक गाडि कुर्दाको दुःख ।
अहिले काठमाडौ हेटौडा चल्ने सुमोको संख्या ५सय भन्दा बढि भएको सुनेको छु । गएको केही महिना पहिले सिस्नेरीको बाटो बनाउँदै गर्दा फाखेलबाट गाडि गुड्यो । अरु बेला सुमोको नाक मुख नदेख्ने स्थानिय बासिन्दालाई त्यो बेला सुमोले धुलो धुवा उडाउँदै दौडिएको देखे पछि उनीहरुले रिस थाम्न सकेनन् । त्यसैले गाउँले मिले र गुड्ने गाडिलाई पालैपालै कसैको सिसा फुटाए कसैको पाङ्ग्राको हावा खुस्काए ।
भोलिपल्ट हेटौडामा सुमोको बिरोध भयो । प्रशासनले कार्बही गर्ने कुरा गरे । अनि क्षतिपुर्ति दिने निर्णय भो । सिस्नेरीको बाटो नबनेसम्म बाइरोडको बाटोमा सुमोले धुलो उडायो । अनि फेरी सिस्नेरी ।
मैले भोगेको एउटा अनुभव अरु धेरैले भोग्नु परको साझा समस्या हो । अनि फाखेल बासिन्दाले भोगेको कुरा ल्हास्सामा सुन भएर पनि सुनलाई आफ्नो भन्न नसक्नुको प्रतिक्रया होला ।
समय र सन्दर्भले अन्य अर्थ नलाए धेरै सुमो समितिमा धेरै कुराको सुधार अबश्यक छ । चढ्ने यात्रीका अनुभव र भोगाई कस्ता छन् सुन्ने सामाथ्र्य हुन पर्छ । अनि कमाउने त हरेक ब्यबसायीले सोचेकै हुन्छ सँगै सेवाको क्षेत्रमा केही सुधार हुन सक्छ । त्यसका लागि फेरी पनि सुमो समितिले तिता कुरा सुन्न वानी पर्नु पर्छ । त्यो भयो भने फेरी न त कुनै यात्रुले काल्पिनिक सुमोलाई घन्टौ कुर्न पर्छ न त बाटोमा सुमो नचला भनेर सुमो फोर्न नै ।

Sunday, January 8, 2012
नयाँ बर्ष
नयाँ बर्ष
न्युइएर इभको
धङधङीले धेरैको टाउको ह्याङ भएको
डान्स पाटीमा नाच्दै गर्दा
पकेट रित्तिएको
नयाँ बर्षको नयाँ दिन ।
धेरैलाई कार्यक्रम जुधेरै हैरान
यतालाई भनेको समय उताले मागेपछि
यताका त रिसाउँछन् नै उताका पनि ।
होटेल, डस्किोथेक, दोहोरी, गजल
जे जस्ता नामका बारहरुमा
नामै नसुनेका देखि सुनेको सम्म
दुर्ई गुणा वा त्यो भन्दा धेरै
बोतलहरु फोरिएका हुनसक्छन् ।
केही थान बदेल भनिने बंगुर
बफ भनिने राँगा भैसी
भेडे खोर्सनीमा मिसिएर चिकेन चिल्ली
बन्ने भिटामिन खुवाइका
केही चल्ला तन्नेरी कुखरा
अनि अझै केही थान बाख्राखसी
बढि काटिए नयाँ बर्षमा ।
नयाँ बर्षमा
भन्नै मन नभए पनि ह्याप्पि न्युइएर ।
बोल्नेका लागि
कमाउनेका लागि
एउटा रमाइलो मौका ।
धेरै घरका श्रीमितीहरुका लागि
फेरी एक पटक रात भर
वान्तै आउने गन्ध बोकेर
लमतन्न परेर धुर्नेसँग सिङ्गै बिताउने रात
अथवा नसामा चुर भएर
भने जस्तै भएर प्रस्तुत हुने दिन ।
प्रमिकाहरुलाई
नयाँ नयाँ ठाँउ घुम्ने प्रस्ताव
नयाँ नयाँ कुराको उपहार ।
धेरैका लागि धेरै
नयाँ बर्ष ।
अर्को फाइदा र घाटामा बितेको सयम
अनि अर्को एउटा त्यस्तै समय

Friday, December 9, 2011
शुन्य सहर
शुन्य सहर
तिमी नभएको शुन्य सहर
होहल्ला कोलाहालको बीचमा पनि ।
हुलका हुल सधै हतारका मान्छेहरु
हजारौ संख्याको मोटरगाडीको कराइ
अझ छन् केही हजार थान कलकारखाना
जहाँ सधै बजिरहन्छ खताराका साइरानहरु ।
बेपत्ताको कचमन्न रात झै
ठिङ्ग उभिएको यो सहर
जिस्क्याउदै मेरो शुन्यतालाई ।
चर्को अग्रेजी गीतको स्वरमा
छिल्लिदै कराउने डान्सबारका डान्सरहरु
दोहोरी गजल वा अन्य केही रेष्टुरेन्टका आवाजहरु
बेलाबेलामा सवारी र बिषेश बेलामा दिने तोपका स्वर
सबै सबै निक्कै सानो छ मेरा लागि ।
म सोच्छु सहर किन यति साह्रो शान्ति छ
मुर्दा शान्ति साँच्चै मुर्दा शान्ति ।
तिमी नभएको सहर शुन्य सहर
यो कोलाहलको वीचमा पनि ।

Subscribe to:
Posts (Atom)