Saturday, December 19, 2009

खोपडी

गोकुल संकल्प
तेरो खोपडि चल्छ ? पश्न एकै पटक तेर्सियो । मैले बिचार गरेँ चल्छ भन्ने कि चल्दैन भन्ने । चल्छ भनुँ भने अहिले सम्म चलेको थाहा छैन चल्दैन भनुँ भने अरु सबै मनुवाको चल्दो हो मेरो मात्रै नचल्दा मेरो हालत के होला ? प¥यो फसाद । भन्ने के हो ? मलाइ एउटा सजिलो आइडिया आयो । उसलाई नै प्रति प्रश्न गर्ने । तँपाईको चल्छ ?मैले उत्तर नदिएर प्रश्न सोधेकोमा ऊ ट्वा प¥यो । म भन्दा कम नदेखाउन अलि फुल्दै उसले भन्यो चल्छ नि नाथे तेरो जस्ता हो र ?मेरो जस्तो भन्ने कुराबाट म फेरी झस्किएँ । शायद उसको जवाफ मेरो दिमाग चल्दैन भन्ने थियो । यदि चल्छ भने चलेको तँपाईको खोपडि लु देखाउनुस् त ? फेरी ट्वा प¥यो ऊ । एक छिनमा सम्मालिदै फेरी बोल्यो तेरो यस्तो बकाम्फुसे कुराबाटै थाहा भैलाल्यो नि तेरो दिमाग चल्दैन भन्ने । ल मेरो चल्दैन तँपाईको चाहि चल्छ कसरी ? म पनि कम छु र? जिद्दि कसेँ । कि म ऊ जस्तो कि ऊ म जस्तो अर्थात उस्को र मेरो खोपडिको भाउ वा मोल एउटै बनाउने एक शुत्रे अभियानमा म लागेँ । छ्या कस्तो मान्छे हो यो त खोपडी चले पो कुरा बुझ्नु ? खोपडि हुन प¥यो नि कुरा बुझ्न त । खै के भो झन्नक्क भो । उसले अझ थप्यो भाग्यमा लेर आको हुन पर्छ बुझिस् खापडि चल्न तं जस्तो जातको मान्छेको ज्यान त हुन्छ तर खापडि खालि हुन्छ बुझिस् । अनि कहाँबाट कुरा बुझिन्छ । कहाँ खापडि चल्छ ? खै के भयो यसै भन्न सक्दिन । हात अटोमेटिक चलेछन् । साथमा खुट्टा पनि उसको टाउको र दाह्रामा । ऊ म भन्दा कमजोर रैछ कि खोपडिले थिचेर हो कुन्नि भक्कु खाए पछि एक पनि नर्फकाइ टाप कस्यो । ऊ टाप कसे पछि मात्र बल्ल थाभो मेरो खोपडि चलेपनि नचलेपनि हात खुट्टा मेरो राम्रै सङ्ग चल्दो रहेछ ।